BK Murli 8 June 2016 Nepali

BK Murli 8 June 2016 Nepali

२६ जेष्ठ २०७३ बुधबार 8.06.2016 बापदादा मधुबन

“मीठे बच्चे– पावन बन्ने एकमात्र उपाय हो बाबाको याद। यादको मेहनत नै अन्त्यमा काम आउँछ।”  

प्रश्न:

संगममा कुनचाहिँ तिलक दियौ भने स्वर्गको राजाईको तिलक मिल्छ?

उत्तर:

संगममा तिलक देऊ– म आत्मा बिन्दु हुँ, म शरीर होइन। भित्र यही चिन्तन गरिराख– म आत्मा हुँ, मैले बाबाबाट वर्सा लिनु छ। बाबा पनि बिन्दु हुनुहुन्छ, हामी पनि बिन्दु हौं। यस तिलकले स्वर्गको राजाईको तिलक प्राप्त हुन्छ। बाबा भन्नुहुन्छ– म ग्यारेन्टी गर्छु– तिमीले याद गर्यौ भने आधा कल्प रूनबाट छुट्छौ।

ओम् शान्ति।

तिमीलाई यो चिन्तन रहनुपर्छ– म आत्माले बाबालाई अवश्य याद गर्नु छ, तब नै पावन बन्न सक्छु। मेहनत जे-जति छ यसैमा छ, जुन बच्चाहरूबाट पुग्दैन। मायाले धेरै हैरान गर्छ। एक बाबाको याद भुलाइदिन्छ, अरुको याद आउँछ। बाबालाई अर्थात् साजनलाई याद गर्दैनन्। यस्तो साजनलाई त कम भन्दा कम ८ घन्टा याद गर्ने सेवा दिनु छ अर्थात् साजनलाई मदत दिनु छ– याद गर्ने। अथवा बच्चाहरूलाई बाबालाई याद गर्नुपर्छ– यो हो धेरै ठूलो मेहनत। गीतामा पनि छ मनमनाभव। बाबालाई याद गरिराख। उठ्दा-बस्दा, हिँड्दा-डुल्दा एक बाबालाई नै याद गरिराख, अरु केही गर्नु पर्दैन। पछि गएर यो याद नै काम आउँछ। आफूलाई आत्मा अशरीरी सम्झ। अब हामी फर्केर जानु छ। यो मेहनत धेरै गर्नु छ। सबेरै स्नान आदि गरेर फेरि एकान्तमा माथि छतमा वा हलमा आएर बस। जति एकान्त, त्यति राम्रो। हमेसा यही ख्याल राख– मैले बाबालाई याद गर्नु छ। बाबाबाट पूरा वर्सा लिनु छ। यो मेहनत हरेक ५ हजार वर्ष पछि तिमीले गर्नुपर्छ। सत्ययुग, त्रेता, द्वापर, कलियुग– कहीं पनि तिमीलाई यो मेहनत गर्नु पर्दैन। यस संगममा नै तिमीलाई बाबा भन्नुहुन्छ– मलाई याद गर। यही बेला हो जसमा बाबा भन्नुहुन्छ– मलाई याद गर। बाबा आउनु पनि संगममा नै हुन्छ, अरु बेला बाबा आउनुहुन्न। तिमीले पनि नम्बरवार पुरूषार्थ अनुसार जान्दछौ। धेरै बच्चाहरूले बाबालाई भुल्छन् यसैले धेरै धोका खान्छन्। रावण धेरै धोकेबाज छ। आधाकल्पको यो नै दुश्मन हो यसैले बाबा भन्नुहुन्छ– सधैं सबेरै उठेर यो विचार सागर मन्थन गर र यही चार्ट राख– कति समय मैले बाबालाई याद गरें! कति खिया उत्रियो होला! सारा कुरा यादमा नै भर पर्छ। बच्चाहरूले पूरा कोसिस गर्नु छ, आफ्नो पूरा वर्सा पाउन। नरबाट नारायण बन्नु छ। यो हो सच्चा सत्य-नारायणको कथा। भक्तहरूले पूर्णिमाको दिन सत्य नारायणको कथा लगाउँछन्। अहिले तिमीले जान्दछौ– १६ कला सम्पूर्ण बन्नु छ। त्यो बन्छौ सत्य बाबालाई याद गर्नाले। बाबा हुनुहुन्छ श्रीमत दिनेवाला। बाबा भन्नुहुन्छ– गृहस्थमा बस, काम-धन्दा आदि जे पनि गर। बाबालाई याद अवश्य गर्नु छ र पावन बन्नु छ। याद गर्दैनौ भने रावणबाट कहीँ न कहीँ धोका खाइरहनेछौ। यसैले मुख्य कुरा सम्झाउनु हुन्छ यादको। शिवबाबालाई याद गर्नु छ। देह सहित देहका जति पनि सम्बन्धी छन्, उनीहरूलाई भुलेर आफूलाई आत्मा निश्चय गर। बाबाले पटक-पटक सम्झाउनु हुन्छ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ। नत्र फेरि अन्तमा धेरै-धेरै पछुताउनेछौ। धेरै धोका खान्छौ। कुनै एउटा जोडले थप्पड लाग्नेछ, जसले गर्दा मायाले एकदम कालो मुख गराउँछ। बाबा आउनु भएको छ गोरो मुख बनाउन। यस समयमा सबैले एक-अर्काको कालो मुख गरिरहन्छन्। गोरो बनाउने एक बाबा नै हुनुहुन्छ, जसको यादले तिमी गोरो स्वर्गको मालिक बन्छौ। यो हो नै पतित दुनियाँ। बाबा आउनुहुन्छ नै पतितहरूलाई पावन बनाउन। बाँकी तिम्रो काम-धन्दासँग बाबाको केही सम्बन्ध छैन। शरीर निर्वाह अर्थ तिमीलाई जे गर्नु छ गर। बाबा त केवल भन्नुहुन्छ मनमनाभव। तिमीले भन्छौ पनि– हामी कसरी पावन दुनियाँको मालिक बनौं। बाबा भन्नुहुन्छ– केवल मलाई याद गर। पावन बन्ने अरु कुनै उपाय छैन। जतिसुकै दान-पुण्य आदि गरुन्, जतिसुकै मेहनत गरुन्। चाहे आगोबाट आऊन्-जाऊन्, केही पनि काममा आउन सक्दैन– एक बाबाको याद सिवाय। धेरै सजिलो कुरा छ, यसलाई भनिन्छ– सहज योग। आफैंसँग सोध– मैले मेरो मीठा-प्यारा बाबालाई दिनभरीमा कति याद गर्छु! निद्रामा त कुनै पाप हुँदैन। अशरीरी हुन्छन्। बाँकी दिनमा धेरै पाप भइरहन्छन् र पुराना पापहरू पनि धेरै छन्। मेहनत गर्नु छ यादको। यहाँ आउँदा यो मेहनत गर्नु छ। बाहिरको व्यर्थ संकल्पहरूलाई उडाइदेऊ। नत्र वायुमण्डल धेरै खराब गरिदिन्छौ। घरको, खेती-पातीको ख्याल चलिरहन्छन्। कहिले छोरा-छोरी याद आउँछन्, कहिले गुरूको याद आउँछ। संकल्प चलिरह्यो भने वायुमण्डल खराब गर्छौ। मेहनत नगर्नेले विघ्न पार्छन्। यी यति महीन कुरा छन्। तिमीले पनि अहिले नै जान्दछौ, फेरि कहिल्यै जान्ने छैनौ। बाबाले अहिले नै वर्सा दिनुहुन्छ, फेरि आधाकल्पको लागि निश्चित हुन्छ। लौकिक पिताको ख्यालमा र बेहदका पिताको ख्यालमा कति अन्तर छ। बाबा भन्नुहुन्छ– भक्ति मार्गमा मलाई कति नशा रहन्छ। भक्तहरूले कति घरी-घरी याद गर्छन्। सतयुगमा कसैले पनि याद गर्दैनन्। बाबा भन्नुहुन्छ– तिमीलाई यति सुख दिन्छु, तिमीलाई वहाँ याद गर्ने आवश्यकता नै रहँदैन। म जान्दछु– मेरा बच्चाहरू सुखधाम, शान्तिधाममा बसेका छन्। अरु कुनै मनुष्यले बुझ्न सक्दैन। यस्तो बाबामा निश्चयबुद्धि हुनमा मायाले विघ्न पार्छ। बाबा भन्नुहुन्छ– केवल मलाई याद गर्छौ भने तिमीमा जुन चाँदी, तामा, फलाम... मिसावट परेको छ त्यो निक्लन्छ। गोल्डन एजबाट सिल्वर एजमा आउना साथ दुई कला कम हुन्छ। यो कुरा तिमीले सुन्छौ र बुझ्दछौ। जो सच्चा ब्राह्मण हुन्छन्, उनीहरूको बुद्धिमा राम्रोसँग बस्छ। नत्र बस्दैन। याद टिक्दैन। सारा कुरा बाबाको यादमा भर पर्छ। बारम्बार भन्नुहुन्छ– प्यारा बच्चाहरू! बाबालाई याद गर। यी बाबाले पनि भन्नुहुन्छ– शिवबाबालाई याद गर। शिवबाबाले स्वयं पनि भन्नुहुन्छ– म बाबालाई याद गर। आत्माहरूलाई भन्नुहुन्छ– हे प्यारा बच्चाहरू। उहाँ निराकार परमात्माले पनि आत्माहरूलाई भन्नुहुन्छ। मूल कुरा नै यो हो। जो सुकै आए पनि उनीहरूलाई सबैभन्दा पहिले भन– बाबालाई याद गर्नुहोस्, अरु बढी कुरा गर्नु छैन। केवल भन– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नुहोस्। यो नै भित्र घोट्नु छ। हामी आत्मा हौं। गाउँछन् पनि– तुलसीदास चन्दन घिसे, तिलक देत रघुवीर... तिलक कुनै स्थूल कहाँ हो र। तिमीले बुझेका छौ– तिलक वास्तवमा यस समयको यादगार हो। तिमीले याद गरिरहन्छौ अर्थात् राजाईको तिलक दिन्छौ। तिमीलाई राजाईको तिलक मिल्छ, डबल सिरताज बन्छौ। राजाईको तिलक मिल्छ अर्थात् स्वर्गको महाराजा, महारानी बन्छौ। बाबाले कति सहज बताउनु हुन्छ। केवल यो याद गर– म आत्मा हुँ, शरीर होइन। मैले बाबाबाट वर्सा लिनु छ। 

तिमीले जान्दछौ– हामी आत्माहरू बिन्दु समान छौं, बाबा पनि बिन्दु हुनुहुन्छ। बाबा ज्ञानको सागर, सुखको सागर हुनुहुन्छ। उहाँले हामीलाई वरदान दिनुहुन्छ। यिनको नजिकै आएर बस्नुहुन्छ। गुरूले आफ्नो शिष्यलाई नजिकै बसाएर सिकाउँछन्। यिनी पनि नजिकै बसेका छन्। बच्चाहरूलाई केवल भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ, म एकलाई याद गर। सत्ययुगमा पनि तिमीले आफूलाई आत्मा सम्झन्छौ, तर बाबालाई जान्दैनौ। हामी आत्माहरूले शरीर छोड्छौं फेरि अर्को लिनु छ। ड्रामा अनुसार तिम्रो पार्ट नै यस्तो छ यसैले तिम्रो आयु वहाँ लामो रहन्छ, पवित्र रहन्छौ। सत्ययुगमा आयु लामो हुन्छ, कलियुगमा छोटो हुन्छ। वहाँ हुन्छन् योगी, यहाँ छन् भोगी। पवित्र हुन्छन् योगी। वहाँ रावण राज्य नै हुँदैन। आयु लामो रहन्छ। यहाँ आयु कति छोटो छ, यसलाई कर्मभोग भनिन्छ। वहाँ अकाले मृत्यु कहिल्यै हुँदैन। बाबा भन्नुहुन्छ– बाबालाई चिन्यौ त्यसैले श्रीमतमा चल। एक बाबालाई याद गर। आफूलाई आत्मा सम्झ। हामी अब जानु छ, यो शरीर छोड्नु छ। बाँकी समय सेवामा लगाउनु छ। 

तिमी बच्चाहरू धेरै गरिब छौ यसैले बाबालाई दया लाग्छ। तिमी वृद्धा, कुब्जा आदिलाई कुनै मेहनत दिनुहुन्न। वृद्धाहरूलाई कुब्जा भनिन्छ। उनलाई सम्झाइन्छ– बाबालाई याद गर। तिमीलाई कसैले कहाँ जान्छौ भनी सोध्यो भने भन– गीता पाठशाला जान्छौं। यहाँ त कृष्णको आत्माले ८४ जन्म लिएर अहिले बाबाबाट ज्ञान लिइरहेको छ। 

बच्चाहरूले प्रदर्शनी आदिमा कति खर्च गर्छन्, लेख्छन् पनि– फलानो राम्ररी प्रभावित भयो। तर एक जनाले पनि यस्तो लेख्दैन– वास्तवमा यस समयमा बेहदको बाबा यस ब्रह्मा तनमा आउनु भएको छ। उहाँबाट नै स्वर्गको वर्सा मिल्न सक्छ। बाबाले सम्झनुहुन्छ– एउटालाई पनि निश्चय भएको छैन। केवल प्रभावित हुन्छन्, यो ज्ञान धेरै राम्रो छ। सिँढी ठीकसँग देखाइएको छ। तर स्वयं योगमा रहेर तमोप्रधानबाट सतोप्रधान बनोस्, त्यो छैन। केवल भन्छन्– ज्ञान धेरै राम्रो छ, परमात्माबाट वर्सा पाउने। तर स्वयंले पाओस्, त्यो छैन। केही पनि पुरूषार्थ गर्दैनन्, प्रजा धेरै बन्छन्। बाँकी राजा बन्नमा मेहनत छ। हरेकले आफ्नो दिलसँग सोधोस्– म कहाँसम्म बाबाको यादमा हर्षित रहन्छु? हामी फेरि देवता बन्दैछौं। यसरी एकान्तमा बसेर आफैंले आफैंसँग कुरा गर, कोसिस गरेर हेर। बाबालाई याद गर्दै गर्यौ भने बाबा ग्यारेन्टी गर्नुहुन्छ– तिमी आधाकल्प कहिल्यै रूने छैनौ। अहिले तिमीले भन्छौ– बाबाले आएर रावण मायामाथि विजयी बनाउनुहुन्छ। जसले जति मेहनत गर्छन् आफ्नै लागि गर्छन्। फेरि तिमी आउनेछौ नयाँ दुनियाँमा। तिमी तमोप्रधानबाट सतोप्रधान बन्नु छ भने पुरानो दुनियाँको हिसाब-किताब पनि चुक्तु गर्नु छ। पावन बन्ने युक्ति पनि बताउनु हुन्छ। यो हो महापरिवर्तनको समय, सबैको विनाश हुनु छ। नयाँ दुनियाँको स्थापना हुनु छ। तिमीले जान्दछौ– हामी यस मृत्युलोकमा यस शरीरलाई छोडेर फेरि नयाँ दुनियाँ अमरलोकमा आउँछौं। हामी पढ्छौं नै नयाँ दुनियाँको लागि अरु कुनै यस्तो पाठशाला छैन, जहाँ भविष्यको लागि पढाइन्छ। हो, जसले धेरै दान-पुण्य गर्छन् भने राजाको पासमा जन्म लिन्छन्। मुखमा सुनको चम्चा (गोल्डन स्पून इन माउथ) भनिन्छ सत्ययुगमा तिमीलाई मिल्छ, कलियुगमा पनि जसले राजाको पासमा जन्म लिन्छ, उसलाई पनि मिल्छ। फेरि पनि यहाँ त अनेक प्रकारको दुःख रहन्छ। तिमीलाई त २१ जन्मको लागि कुनै दुःख हुँदैन। कहिल्यै बिरामी हुने छैनौ। गोल्डन स्पून इन स्वर्ग। यहाँ छ अल्पकालको लागि राजाई। तिम्रो हो २१ जन्मको लागि। बुद्धिले राम्रोसँग काम लिनु छ, फेरि सम्झाउनु छ। यस्तो होइन– भक्ति मार्गमा राजा बन्न सकिँदैन। कसैले कलेज अथवा हस्पिटल बनाउँछ भने उसलाई पनि त्यसको फल मिल्छ। अस्पताल बनाउँछन् भने अर्को जन्ममा राम्रो स्वास्थ्य मिल्छ। भन्छन् नि– यिनलाई सारा आयु कहिल्यै ज्वरो पनि आएन। लामो आयु हुन्छ। धेरै दान आदि गरेको छ, अस्पताल आदि बनाएको छ त्यसैले आयु बढी हुन्छ। यहाँ त योगले तिमी सदा हेल्दी-वेल्दी बन्छौ। योगद्वारा तिमी २१ जन्मको लागि निरोगी हुन्छौ। यो त धेरै ठूलो अस्पताल, धेरै ठूलो कलेज हो। बाबाले हरेक कुरालाई राम्रोसँग सम्झाउनुहुन्छ। बाबा भन्नुहुन्छ– जसलाई जहाँ मज्जा आउँछ, जहाँ मन लाग्छ, वहाँ गएर पढ्न सक्छ। यस्तो होइन– हाम्रो सेन्टरमा आओस्, उनको पासमा किन जान्छ? जसलाई जहाँ मन पर्छ, वहाँ जाओस्। कुरा त एउटै हो। मुरली त पढेर सुनाइन्छ। त्यो मुरली यहाँबाट जान्छ, फेरि कसैले विस्तार पूर्वक राम्रोसँग सम्झाउँछ, कसैले केवल पढेर सुनाउँछ। भाषण गर्नेले राम्रोसँग चुनौती दिन सक्छन्। जहाँ पनि भाषण गर्छौ, सबैभन्दा पहिले बताऊ– शिवबाबा भन्नुहुन्छ, आफूलाई आत्मा सम्झेर मलाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ र पावन बनेर पावन दुनियाँको मालिक बन्छौ। कति सहज रीतिले सम्झाउनु हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) बाहिरको व्यर्थ ख्यालहरूलाई छोडी एकान्तमा बसेर यादको मेहनत गर्नु छ। सबेरै-सबेरै उठेर विचार सागर मन्थन गर्नु छ, आफ्नो चार्ट हेर्नु छ।

२) जसरी भक्तिमा दान-पुण्यको महत्व छ, यसरी नै ज्ञानमा यादको महत्व छ। यादद्वारा आत्मालाई सदाको लागि स्वस्थ, सम्पन्न बनाउनु छ। अशरीरी रहने अभ्यास गर्नु छ

वरदान:

आफ्नो स्मृतिको ज्योतिले ब्राह्मण कुलको नाम उज्ज्वल गर्ने कुल दीपक भव:-  

यो ब्राह्मण कुल सबैभन्दा उत्तम कुल हो। यस कुलका तिमी सबै दीपक हौ। कुल दीपक अर्थात् सदा आफ्नो स्मृतिको ज्योतिले ब्राह्मण कुलको नाम उज्ज्वल गर्नेवाला। अखण्ड ज्योति अर्थात् सदा स्मृति स्वरुप र समर्थी स्वरुप। म मास्टर सर्वशक्तिमान हुँ– यदि यो स्मृति रह्यो भने समर्थ स्वरुप स्वतः रहन्छौ। यस अखण्ड ज्योतिको यादगार तिम्रो जड चित्रको अगाडि अखण्ड ज्योति जलाउँछन्।

स्लोगन:

जसले सबै आत्माहरू प्रति शुद्ध संकल्प राख्छ, ऊ नै वरदानी मूर्त हो।   



***OM SHANTI***

Google+ Followers