BK Murli 1 August 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 1 August 2016 Nepali

    १७ श्रावण सोमबार 01.08.2016 बापदादा मधुवन

    “मीठे बच्चे— सबै कुरामा सहनशील बन, निन्दा-स्तुति, जय-पराजय सबैमा समान रहने गर। सुनेको-सुनाएको कुरामा विश्वास नगर।”  

    प्रश्न:

    आत्मा सदा चढ्ती कलामा अगाडि बढिरहोस्, यसको सहज युक्ति के हो?

    उत्तर:

    एक बाबाद्वारा नै सुन, अरुबाट होइन। फाल्तु परचिन्तनमा, अनावश्यक कुरामा आफ्नो समय बर्बाद नगर, तब आत्मा सदा चढ्ती कलामा रहन्छ। उल्टो-सुल्टो कुरा सुन्नाले, त्यसमा विश्वास गर्नाले राम्रा बच्चाहरू पनि गिर्छन्, त्यसैले धेरै सम्हाल गर्नु छ।

    ओम् शान्ति।

    मीठा-प्यारा बच्चाहरूलाई अब स्मृति आएको छ— रावण राज्य शुरु भएपछि आधाकल्प हामीले बाबालाई याद गरेका हौं। यस्तो पनि होइन— कसैले पूरै आधाकल्प याद गरेको छ। जब-जब धेरै दुःख पर्यो, तब याद गरेका हुन्। अहिले तिमीलाई थाहा भएको छ— भक्तिमार्गबाट हामी गिर्दै आएका छौं। ड्रामाको रहस्य बुद्धिमा छ। मुखद्वारा केही भन्नु पनि छैन, हामी उहाँका भयौं त्यसैले धेरै ज्ञानको आवश्यकता छ्रैन। बाबाको बनेपछि बाबाको जायदादको मालिक बन्यौं। कर्मेन्द्रियहरूबाट गर्नुपर्ने केही रहँदैन। भक्तिमार्गमा भगवानसँग मिलन गर्नको लागि कति यज्ञ-तप दान-पुण्य गर्छन्। जहाँ गए पनि सबै ठाउँमा तीर्थ, मन्दिर अथाह छन्। यस्तो मनुष्य कोही छैन जसले सारा भारतवर्षका तीर्थ र अथाह मन्दिर आदि घुम्न सकोस्। यदि घुमे पनि केही पाइँदैन। वहाँ घण्टा घडियाल आदि बजाएर कति आवाज हुन्छ। यहाँ त आवाजको कुरा छैन। न गीत गाउने, न ताली बजाउने कुरा छ। मनुष्यले त के-के गर्दैनन्, अथाह कर्मकाण्ड छन्। यहाँ त तिमी बच्चाहरूलाई केवल याद गर्नु छ, अरु केही पनि पर्दैन। घरमा रहेर सबै कुरा गर्दै केवल बाबालाई याद गर्नु छ। तिमीले जान्दछौ— अहिले हामी देवता बन्छौं। यहीँ दैवी गुण धारण गर्नु छ। खानपिन पनि शुद्ध हुनुपर्छ। ३६ प्रकारका भोजन त वहाँ मिल्छ। यहाँ साधारण रहनु छ। न धेरै उच्च, न धेरै नीच। सबै कुरामा सहनशील हुनुपर्छ। निन्दा-स्तुति, जय-पराजय, सर्दी-गर्मी— यी सबै कुरा सहनुपर्छ। समय नै यस्तो छ। पानी पाइँदैन, यो पाइँदैन, सूर्यले पनि जलन देखाउनेछ। सबै चीज सतोप्रधान बन्छ। यो सृष्टि नै तमोप्रधान छ। तत्व पनि तमोप्रधान छन्। त्यसैले यसले दुःख दिन्छ। निन्दा-स्तुतिमा पनि जानु छैन। धेरै छन्, जो तुरून्तै रिसाउँछन्, कसैले उल्टो-सुल्टो कसैलाई सुनाउँछ। किनकि आजकल कुरामा बनावटीपन धेरै हुन्छ नि। कसैले केही भन्यो, तिम्रा लागि त बाबाले यो भन्नुहुन्छ— उसमा देह-अभिमान छ, बाहिरको आडम्बर धेरै छ। कसैले केही सुनायो, ज्वरो आउँछ। निद्रा पनि लाग्दैन। आधाकल्पका मनुष्य यस्ता छन्, कसैलाई पनि तुरून्तै ज्वरो निकालिदिन्छन्, तुरून्तै पहेंलो हुन्छन्। त्यसैले बाबा भन्नुहुन्छ— कुनै पनि यस्ता अनावश्यक कुरा नसुन। बाबाले कहिल्यै पनि कसैको निन्दा गर्नुहुन्न। बाबाले त सम्झाउनको लागि नै भन्नुहुन्छ। उल्टा-सुल्टा कुरा एक अर्कालाई सुनाउनाले राम्रा-राम्रा बच्चाहरू पनि बिग्रन्छन्। अनि विश्वासघाती बनेर एक अर्कालाई गएर अनावश्यक कुरा सुनाउँछन्। भक्तिमार्गमा पनि कस्ता-कस्ता कथाहरू बनाएका छन्। अहिले तिमीलाई ज्ञान प्राप्त भएको छ त्यसैले तिमीले कहिल्यै पनि हे राम वा हाय भगवान पनि भन्न सक्दैनौ। यी शब्द पनि भक्तिमार्गका हुन्। तिम्रो मुखबाट यस्ता शब्द निस्किनु हुँदैन। 

    बाबाले केवल भन्नुहुन्छ— मीठा-प्यारा बच्चाहरू! आत्म-अभिमानी बन। कति प्यारसँग सम्झाउनु हुन्छ। कसैका पनि कुरा नसुन, फाल्तु परचिन्तन नगर। एक कुरा पक्का गर, म आत्मा हुँ। आत्मा अविनाशी छ, शरीर विनाशी छ। आत्माले नै संस्कार धारण गर्छ। अब तिमी बच्चाहरू आत्म-अभिमानी बन्नु छ। द्वापरदेखि तिमी रावण राज्यमा देह-अभिमानी बनेका छौ, त्यसैले अब देही-अभिमानी बन्नमा मेहनत लाग्छ। घरी-घरी बुद्धिमा यो आउनुपर्छ— हामीले बेहदको बाबा पाएका छौं। कल्प-कल्प बाबाले वर्सा दिनुहुन्छ। अब उहाँको मतमा चल्नुपर्छ। उहाँको लागि नै गायन छ— हजुर माता-पिता... उहाँ सबै सम्बन्धको सुख दिनेवाला हुनुहुन्छ, उहाँमा सबै मिठास छ। अरु सबै मित्र-सम्बन्धी आदि दुःख दिनेवाला नै हुन्। एउटै बाबा हुनुहुन्छ, जो सबैलाई सुख दिनेवाला हुनुहुन्छ। बाटो पनि बिल्कुलै सहज बताउनुहुन्छ— आफूलाई आत्मा सम्झेर म पितालाई याद गर। बाबाले सम्झाउनुहुन्छ— यो कुनै नयाँ कुरा होइन। तिमीले जान्दछौ— हर ५ हजार वर्षपछि हामी यस्ता बाबाको पासमा आउँछौं, उहाँ कुनै साधु-सन्त हुनुहुन्न। तिमी कुनै साधु-सन्त आदिको पासमा रहँदैनौ। बाबा भन्नुहुन्छ— प्रवृत्ति मार्गका सम्बन्धसँग कर्तव्य निर्वाह गर्नु छ। नत्र अझै खिटपिट हुन्छ, युक्तिसँग चल। प्यारसँग हरेकलाई सम्झाउनु छ, हेर अहिले विनाशको समय नजिक छ। यो आसुरी दुनियाँ समाप्त हुनु छ। अब देवता बन्नु छ, दैवी गुण यहाँ धारण गर्नु छ। प्यारसँग सम्झाउनुपर्छ। देवताहरूले पनि लसुन-प्याज आदि त खाँदैनन्। हामी पनि मनुष्यबाट देवता बन्छौं त्यसैले हामीले यो कसरी खान सक्छौं? तिमीलाई पनि राय दिन्छु— यो छोडिदेऊ। भन— यस्ता चीजहरू हामीले खाँदैनौं। अहिले तिमीले दैवी गुण सिकाउनेवाला बेहदका बाबा पाएका छौ, त्यसैले सर्वगुण सम्पन्न... यहीँ बन्नु छ। यहाँ बन्यौ भने भविष्यमा नयाँ दुनियाँ आउँछ। यो यस्तै हुन्छ, जसरी रात पछि दिन हुन्छ। अहिले रातको अन्त्यमा नै दैवी गुण धारण गर्नु छ अनि फेरि प्रातः हुन्छ। हरेकले आफ्नो परीक्षा आफैं लिनु छ। यस्तो होइन— बाबाले त सबै कुरा जान्नुहुन्छ। तिमीले आफूलाई हेर। विद्यार्थीहरूले कहिल्यै यस्तो भन्दैनन्— शिक्षकले त सबै कुरा जान्नुहुन्छ। परीक्षाका दिन नजिक आउँदै गएपछि बच्चाहरू स्वयंले पनि सम्झन्छन्— म कति अंक ल्याएर पास हुन्छु? कुन विषयमा म कमजोर छु? अंक थोरै आउँछ फेरि सबै मिलाएर पास हुन्छु। यसमा पनि आफ्नो जाँच गर्नु छ। म भित्र के कमी छ? म धेरै मीठो बनेको छु? सबैलाई प्यारसँग सम्झाउनु छ— हामी आत्माहरूका पिता परमपिता परमात्मा हुनुहुन्छ। मनुष्यको कुरा होइन। हामीले निराकारलाई भगवान भन्छौं, रचयिता भगवान एउटै हुनुहुन्छ, बाँकी सबै हुन् रचना। रचनाद्वारा कसैलाई वर्सा प्राप्त हुन सक्दैन, नियम नै छैन। सबै रचनाका सद्गति दाता एउटै बाबा रचयिता हुनुहुन्छ, त्यसमा साधु-सन्त सबै आउँछन्। हुन् त सबै आत्माहरू नै। हो, मनुष्य राम्रा-नराम्रा त हुन्छन् नै, पद पनि ठूलो-सानो हुन्छ। संन्यासीहरूमा पनि नम्बरवार हुन्छन्। कतिले त हेर भीख मागिरहन्छन्, सबैको पाउ पर्छन्। तिमी बच्चाहरू पनि धेरै उच्च बन्नु छ, धेरै मीठो बन। कहिल्यै पनि रिसाएर कुरा गर्नु हुँदैन। जति हुन सक्छ प्यारसँग काम लेऊ। भन्छन्— केटाकेटीहरूले धेरै हैरान पार्छन्। त्यो त आजकलका केटाकेटी छन् नै यस्तै। प्यारसँग उनीहरूलाई सम्झाऊ। देखाउँछन्— कृष्णले चंचलता गर्दथे त्यसैले उनलाई डोरीले बाँध्दथे। जति हुन सक्छ प्यारसँग सम्झाउनु छ या त हल्का सजायँ। बिचराहरू अबोध (अन्जान) छन्। समय पनि यस्तै छ। बाहिरको संगदोष धेरै नराम्रो छ। अहिले बेहदका बाबा भन्नुहुन्छ— तिमीले मूर्ति आदि राख्ने कुनै आवश्यकता छैन। केही पनि मेहनत गर्ने आवश्यकता छैन। शिवको चित्र पनि किन राख्ने! उहाँ त तिम्रो पिता हुनुहुन्छ नि। घरमा बच्चाहरूले पिताको चित्र किन राख्छन्? पिता त सदा सामुन्ने हुन्छन् नि। बाबा भन्नुहुन्छ— म अहिले सामुन्ने छु नि। फेरि चित्रको आवश्यकता त छैन। मैले बच्चाहरूसँगै बसेर सम्झाउँछु। भन्दछन्— बापदादालाई देखौं। तर बाबा त हुनुहुन्छ निराकार, उहाँलाई देख्न सकिँदैन। बुद्धिद्वारा जान्न सकिन्छ। बाबा भन्नुहुन्छ— म यिनमा प्रवेश गरेर बसेर तिमीलाई ज्ञान दिन्छु। नत्र त कसरी आऊँ? कृष्णको तनमा कसरी आउँछु। संन्यासीहरूमा पनि आउन सक्दिनँ। म आउँछु नै उनमा जो पहिलो नम्बरमा थिए। उनै अहिले अन्तिम नम्बरमा छन्। तिमीले पनि अहिले पढेर फेरि पहिलो नम्बरमा जानु छ। पढाउनेवाला त एउटै हुनुहुन्छ, जसलाई ज्ञानका सागर भनिन्छ। तिमीलाई धेरै राम्रो ज्ञान मिल्छ। तिमीले जान्दछौ— शान्तिधाम हाम्रो घर हो, सुखधाम हाम्रो राजधानी हो। दुःखधाम रावणको बादशाही हो। अहिले बाबा भन्नुहुन्छ— मीठा-प्यारा बच्चाहरू! आफ्नो घर शान्तिधामलाई याद गर, सुखधामलाई याद गर। दुःखधामको बन्धनलाई बिर्सिंदै जाऊ। यस्तो कसैले भन्न सक्दैन। न उनीहरू जान सक्छन्। ड्रामाको बीचमा नै फर्केर कोही पनि जान सक्दैन। यो जुन भन्दछन्— फलाना ज्योति ज्योतिमा समाहित भयो वा पार निर्वाणमा गयो। एउटा पनि जान सक्दैन। सबैका पिता अथवा मालिक एउटै परमपिता परमात्मा हुनुहुन्छ। उहाँ सबै आशिकहरूका एकै माशुक हुनुहुन्छ। ती जिस्मानी आशिक माशुकले एक अर्कालाई याद गर्छन्। बुद्धिमा चित्र आउँछ। फेरि एक अर्कालाई याद गरिरहन्छन्। भोजन गरिरहन्छन्, याद पनि गरिरहन्छन्। ती त हुन् एक जन्मका आशिक-माशुक। तिमीहरू जन्मजन्मका आशिक हौ, एक माशुकका। तिमीले अरु केही पनि गर्नु पर्दैन। केवल एक बाबालाई याद गर्नु छ। ती आशिक माशुकका सामुन्ने चित्र आउँछ। उनलाई हेर्दा-हेर्दै काम पनि रोकिन्छ, फेरि चेहरा हराउँछ अनि काम गर्न थाल्छन्। यसमा त यस्तो होइन। आत्मा पनि बिन्दु, परमात्मा पनि बिन्दु हुनुहुन्छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ, यसैमा मेहनत छ। कसैले पनि यस्तो अभ्यास गर्दैनन्। आत्माको ज्ञान मिल्यो अर्थात् आत्मा अनुभूति भयो, बाँकी रह्यो परमात्मा। त्यो पनि तिमीले जान्दछौ। बाबा आएर यहाँ (भृकुटीमा) बस्नुहुन्छ। यिनको स्थान पनि यहीँ हो। आत्मा कहीँबाट पनि जान सक्छ, थाहै हुँदैन। त्यसको मुख्य स्थान भृकुटी हो। बाबा भन्नुहुन्छ— म पनि बिन्दु हुँ, यिनमा आएर बस्छु। तिमीलाई थाहा पनि हुँदैन। बाबाले बसेर तिमी बच्चाहरूलाई सुनाउनुहुन्छ। तिमीलाई जे सुनाउनुहुन्छ, त्यो मैले पनि सुन्छु। ज्ञान त बिल्कुलै ठीक छ। जो दैवी धर्मका हुन्, उनीहरूले तुरून्तै बुझ्दछन्। यो राजधानी स्थापना भइरहेको छ। पहिला स्थापना अनि विनाश पनि हुन्छ। अरु कुनै धर्म स्थापकले यसो गर्दैनन्। उनीहरूले केवल आफ्नो धर्म स्थापना गर्छन्, फेरि वृद्धि हुँदै जान्छ, यहाँ त जसले जति पुरूषार्थ गर्छ, भविष्यमा त्यत्ति उच्च पद पाउँछ। तिमीले भविष्यका २१ जन्मको लागि प्रारब्ध बनाउँछौ। त्यसैले कति पुरूषार्थ गर्नुपर्छ र छ पनि धेरै सहज, योग पनि सहज छ, जसद्वारा तिम्रो विकर्म विनाश हुन्छ। 

    बाबा भन्नुहुन्छ— मैले ग्यारेन्टी गर्छु, कल्प-कल्प म नै आएर तिमी बच्चाहरूलाई पावन बनाउँछु। वहाँ एउटा पनि पतित हुँदैन। ज्ञान पनि कति सहज छ, ८४ जन्मको चक्कर कसरी लगाउँछौ, त्यो पनि बुद्धिमा ज्ञान छ। हामीले ८४ को चक्कर लगाएका छौं, यो निश्चय हुनुपर्छ। निश्चयमा नै विजय छ। यस्तो होइन— थाह छैन मैले ८४ जन्म लिन्छु वा केही थोरै। तिमी ब्राह्मण भएपछि तिमीलाई निश्चय हुनुपर्छ— अवश्य मैले ८४ जन्मको चक्र पूरा भोगेको छु। यो त धेरै सहज ज्ञान हो। बच्चाहरूलाई सम्झाइएको छ— यी चित्रहरू सबै दिव्य दृष्टिद्वारा बाबाले बनाउन लगाउनु भएको हो। सुधार पनि गराउनुभयो। शुरुमा जब बाबा बनारसमा एकान्तमा रहन्थे, यस्तो चक्र बसेर भित्तामा बनाउँथे। केही पनि जान्दैनथे, यो के हो। खुशी हुन्थ्यो। साक्षात्कार हुँदा उडे जस्तै हुन्थ्यो। यो के भएको हो, थाहै हुँदैनथ्यो। तिमीले जान्दछौ— जुन चित्र पहिला बनेका थिए, ती परिवर्तन गरेर नयाँ-नयाँ बनाउँदै गएका हुन्। अहिले नयाँ-नयाँ चित्रहरू कल्प पहिला जस्तै बन्दै जान्छन्। सिँढीको चित्र हेर कति राम्रो छ। यसमा सम्झाउन सहज छ। पछि आउनेहरूलाई अझै सहज ज्ञान मिल्छ। अहिले जो नयाँ-नयाँ आउँछन्, तिनले ७ दिनमा सारा ज्ञान बुझ्नेछन्। पुराना भन्दा पनि अगाडि गइरहेका छन्। कतिले भन्दछन्— पहिल्यै ज्ञानमा आएको भए राम्रो हुन्थ्यो। अरे, यो पनि चिन्ता नगर। पहिल्यै आएर भागन्ती भएका भए! ढिलो आउनेहरूको लागि सहजै तख्त मिल्छ। पहिला जो थिए, हेर उनीहरू फेरि अहिले छैनन् पनि। समाप्त भए। अन्त्यमा परिणामको बारेमा थाहा हुन्छ, को पास भयो। नयाँ-नयाँ निस्कन्छन् अनि तुरून्तै सेवामा लाग्छन्। पुराना त्यत्ति लाग्दैनन्। नयाँ-नयाँ बच्चीहरू सेवाद्वारा दिलमा चढिरहन्छन्। पुराना कति त समाप्त भए। त्यसैले बाबा भन्नुहुन्छ— जसलाई सर्वोत्तम ब्राह्मण कुल भूषण भनिन्छ, तिनमा पनि कोही आश्चर्यवत् सुनन्ती, भागन्ती हुन्छन्। जुन गायन गरिएको छ, त्यो अहिले यथार्थमा भइरहेको छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) आफ्नो जाँच आफैं गर्नु छ। हेर्नु छ— म धेरै मीठो बनेको छु? म भित्र के-के कमी छ? सबै दैवी गुण धारण भएका छन्? आफ्नो चालचलन देवताको जस्तो बनाउनु छ। आसुरी खानपिन त्यागिदिनु छ।

    २) कुनै पनि अनावश्यक कुरा नत सुन्नु छ, नत बोल्नु छ। सहनशील बन्नु छ।

    वरदान:

    हर संकल्प र कर्ममा सिद्धि अर्थात् सफलता प्राप्त गर्ने सम्पूर्ण मूर्त भव:-  

    संकल्पको सिद्धि तब मिल्छ, जब समर्थ संकल्पहरूको रचना गर्छौ। जसले अधिक संकल्पहरूको रचना गर्छ, उसले तिनको पालना गर्न सक्दैन। त्यसैले जति रचना धेरै, उत्ति शक्तिहीन हुन्छौ। त्यसैले पहिला व्यर्थ रचना बन्द गर अनि सफलता मिल्छ। यही कर्ममा सफलता प्राप्त गर्ने युक्ति हो। कर्म गर्नुभन्दा पहिला आदि-मध्य र अन्त्यलाई बुझेर मात्र कर्म गर। यसद्वारा नै सम्पूर्ण मूर्त बन्छौ।

    स्लोगन:

    समयमा दुःख र धोकाबाट बचेर सफल हुनेवाला नै बुद्धिमान हो।  



    ***OM SHANTI***