BK Murli 10 July 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 10 July 2016 Nepali

    २६ आषाढ आइतबार 10.07.2016 बापदादा मधुवन

    सबै परिस्थितिहरूको समाधान– उड्ता पक्षी बन

    बापदादा सबै बच्चाहरूलाई नयनको भाषाद्वारा यस लोकबाट पर अव्यक्त वतनवासी बनाउने इसारा दिनुहुन्छ। जसरी बापदादा अव्यक्त-वतनवासी हुनुहुन्छ, त्यसैगरी ततत्वम्को वरदान दिनुहुन्छ। फरिश्ताको दुनियाँमा रहेर यस साकार द्नियाँमा कर्म गर्नको लागि आऊ। कर्म गर्यो, कर्मयोगी बन्यो फेरि फरिश्ता बन। यही अभ्यास सदा गरिराख। सदा यही स्मृति रहोस्– म फरिश्ताको दुनियाँमा रहने अव्यक्त फरिश्ता स्वरुप हुँ। फर्श निवासी होइन, अर्श निवासी हुँ। फरिश्ता अर्थात् यस विकारी दुनियाँ, विकारी दृष्टि-वृत्तिबाट पर रहने। यी सबै कुराबाट न्यारा। सदा ऊ बाबाको प्यारो र बाबा उनको प्यारो। दुवै एक अर्काको स्नेहमा समाहित, यस्तो फरिश्ता बनेका छौ? जसरी बाबा न्यारा भएर पनि प्रवेश गरेर कार्यको लागि आउनुहुन्छ। यसैगरी फरिश्ता आत्माहरू पनि कर्म-बन्धनको हिसाबबाट होइन, सेवाको बन्धनबाट शरीरमा प्रवेश भएर कर्म गर्ने र जब चाह्यो तब न्यारा हुन्छन्। यस्तो कर्म बन्धनमुक्त छौ– यसैलाई नै फरिश्ता भनिन्छ। 

    बाबाको बन्यौ अर्थात् पुरानो देह र देहको दुनियाँको सम्बन्ध समाप्त भयो, यसैले यसलाई मरजीवा जीवन भन्छौ। पुरानो कर्महरूको खाता समाप्त भयो, नयाँ ब्राह्मण जीवनको खाता शुरु भयो। यो त सबैले जान्दछौ र मान्छौ नि– मरजीवा बन्यौ? बनिसक्यौ वा बनिरहेका छौ? के भन्छौ? बनिसक्यौ वा बनिरहेका छौ? मरिरहेका छौ वा मर्यौ? मरिसक्यौ अर्थात् पहिलेको हिसाब समाप्त भयो। ब्राह्मण जीवन कर्म-बन्धनको जीवन हुँदैन। कर्मयोगी जीवनको जीवन हुन्छ। मालिक बनेर कर्म गर्छौ भने कर्मबन्धन भएन, कर्मेन्द्रियहरूको मालिक बनेर जे चाह्यो, जस्तो कर्म चाह्यो, जति समय कर्म गर्न चाह्यो त्यसरी कर्मेन्द्रियहरूबाट गराउनेवाला हुन्छौ। ब्राह्मण अर्थात् फरिश्ता। कर्मबन्धनी आत्मा होइन, सेवाको शुद्ध बन्धनवाला। यो देह सेवाको लागि मिलेको हो। तिम्रो कर्मबन्धनको हिसाब-किताबको जीवन समाप्त भयो। यो नयाँ जीवन हो। यो त सबैले मान्दछौ नि! पुरानो हिसाब अहिलेसम्म रहेको त छैन? के सम्झन्छौ महाराष्ट्र? टिचर्स के सम्झन्छौ? हिसाब-किताब चुक्ता गर्नमा होशियार छौ वा सुस्त छौ? चुक्ता गर्न त आउँछ नि? फरिश्ता बन, तब मेहनतबाट छुट्छौ। हिँड्ने, दौड्ने, जम्प लगाउने– यी सबैभन्दा उँचा उड्नेवाला भयौ भने मेहनतबाट छुट्छौ। अनादि रुपमा हौ नै उड्नेवाला। आत्मा उड्ता पक्षी हो, हिँड्ने पक्षी होइन। अनादि संस्कार, जुन बोझको कारण भुलेका थियौ, फरिश्ताको सट्टा कर्मबन्धनी, उड्ता पक्षीको सट्टा पिँजडाको पक्षी बन्यौ। अब फेरि अनादि संस्कार उड्ता पक्षीको इमर्ज गर अर्थात् फरिश्ता रुपमा स्थित होऊ। तत् त्वम्को वरदानी बन। यसलाई नै सहज पुरूषार्थ भनिन्छ। भिन्न-भिन्न परिस्थितिहरूमा के गरुँ, कसरी गरुँको जुन मेहनत गर्छौ, यसबाट परिस्थिति ठूलो र तिमी सानो हुन्छौ। परिस्थिति शक्तिशाली र तिमी कमजोर हुन्छौ। कुनै पनि परिस्थितिमा चाहे प्रकृतिको आधारमा कुनै परिस्थिति होस्, चाहे आफ्नो तनको सम्बन्धबाट कुनै परिस्थिति होस्, चाहे लौकिक अलौकिक सम्बन्धको आधारमा कुनै परिस्थिति होस्, आफ्नो वा अर्काको संस्कारको आधारमा कुनै परिस्थिति होस्, सबै परिस्थितिहरूमा के र किनको एउटै उत्तर छ– “उड्ता पक्षी बन”। परिस्थिति तल र तिमी माथि हुन्छौ। माथिबाट तलको वस्तु जतिसुकै ठूलो होस् तर सानो अनुभव हुन्छ। यसैले सबै परिस्थितिहरूलाई सहज पार गर्नेको सहज बाटो हो– “फरिश्ता बन, उड्ता पक्षी बन।” बुझ्यौ– सहज पुरूषार्थ के हो? मेरो यो स्वभाव छ, संस्कार छ, बन्धन छ। यस मेरोपनको बन्धनलाई मरजीवा बनेपछि के समाप्त गरेनौ? फरिश्तापनको भाषा मेरो-मेरो होइन। फरिश्ता अर्थात् मेरो सो तेरो भयो। यो मेरो-मेरोले नै फर्शवासी बनाउँछ र तेरो-तेरोले नै तख्तवासी बनाउँछ। फरिश्ता बन्नु अर्थात् मेरो-मेरोको बन्धनबाट मुक्त बन्नु। अलौकिक जीवनमा पनि मेरो एक बाबा दोस्रो मेरो कोही छैन। यस्तो फरिश्ता बनेका छौ? महाराष्ट्र निवासी के बन्छौ? फरिश्ता बन्न आउँछ नि? सबै समस्याहरूको एउटै समाधान याद राख– उड्ता पक्षी बन्नु छ र बनाउनु छ। बुझ्यौ। अच्छा! 

    यस्ता बाबा समान अव्यक्त रुपधारी फरिश्ता स्वरुप, एक बाबा मेरो, दोस्रो कोही छैन मेरो, यस्ता न्यारा र प्यारा स्थितिमा रहने, सदा कर्मेन्द्रियजीत, कर्मयोगी र कर्मातीत, यसै अभ्यासमा रहने, सदा बन्धनमुक्त, सेवाको सम्बन्धमा रहने– यस्ता बाबा समान तत् त्वम्को वरदानी बच्चाहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 

    पार्टीहरूको साथ अव्यक्त भेटघाटः–

    १) सदा आफूलाई यस सृष्टि ड्रामामा हीरो पार्टधारी सम्झेर चल्छौ? जो हीरो पार्टधारी हुन्छ, उसको हर कदममा आफूमाथि अटेन्शन रहन्छ। उसको हर कदम यसरी उठ्छ, जसलाई सदा वाह-वाह गर्छन् वन्समोर गर्छन्। यदि हीरो पार्टधारीको कुनै पनि एक कदम तल-माथि हुन जान्छ भने ऊ हीरो कहलाउन सक्दैन। तिमी सबै डबल हीरो हौ। हीरो विशेष पार्टधारी पनि हौ र हीरा जस्तो जीवन बनाउनेवाला पनि। यस्तो आफ्नो स्वमान अनुभव गर्छौ? एक हुन्छ जान्नु, दोस्रो हुन्छ जानेर चल्नु। जान्दछौ वा जानेर चल्छौ? सदा आफ्नो हीरो पार्टलाई देखेर हर्षित होऊ, वाह ड्रामा र वाह मेरो पार्ट। यदि अलिकति पनि साधारण कर्म भयो भने हीरो कहलाउन सक्दैनौ। जसरी बाबा हीरो पार्टधारी हुनुहुन्छ त्यसैले उहाँको हर कर्म गाइन्छ र पूजिन्छ। यसैगरी बाबाको साथ जो सहयोगी आत्माहरू छन् उनीहरूको पनि हीरो पार्ट हुनाको कारण हर कर्म गायन र पूजन योग्य हुन जान्छ। यति नशा छ या भुल्छौ? आधाकल्प त भुल्यौ, अब पनि भुल्नु छ र? अब त याद स्वरुप बन। स्वरुप बनेपछि कहिल्यै भुल्न सक्दैनौ। 

    २) जीवनलाई श्रेष्ठ बनाउने सहज साधन कुनचाहिँ हो? श्रेष्ठ जीवन तब बन्छ, जब आफूलाई ट्रस्टी सम्झेर चल्छौ। ट्रस्टी अर्थात् न्यारा र प्यारा। सबैलाई बाबाले ट्रस्टी बनाइदिनु भयो। ट्रस्टी हौ हैन? ट्रस्टी भएर रहनाले गृहस्थीपन स्वतः निक्लिन्छ। गृहस्थीपनले नै श्रेष्ठ जीवनबाट तल ल्याउँछ। ट्रस्टीको मेरोपन केही हुँदैन। जहाँ मेरोपन हुँदैन, वहाँ नष्टोमोहा स्वतः हुन्छ। सदा निर्मोही अर्थात् सदा श्रेष्ठ, सुखी। मोहमा दुःख हुन्छ त्यसैले नष्टोमोहा बन। 

    ३) सदा कर्मयोगी बनेर हरेक कर्म गर्छौ? कर्म र योग दुवै कम्बाइण्ड रहन्छ? जसरी शरीर र आत्मा दुवै कम्बाइन्ड भएर कर्म गरिरहेका छन्, यस्तै कर्म र योग दुवै कम्बाइन्ड रहन्छ? कर्म गर्दा याद नबिर्सियोस् र यादमा रहँदा कर्म नबिर्सियोस्। कसैले यस्तो गर्छन्, जब कर्म क्षेत्रमा जान्छन्, याद बिर्सिन्छन्। यसबाट सिद्ध हुन्छ– कर्म र याद अलग भयो। तर यी दुवै कम्बाइन्ड छन्। टाइटल नै छ कर्मयोगी। कर्म गर्दा यादमा रहनेवाला सदा न्यारा र प्यारो हुन्छन्, हल्का हुन्छन्। कुनै पनि कर्ममा बोझ अनुभव गर्र्दैनन्। कर्मयोगीलाई नै दोस्रो शब्दमा कमल पुष्प भनिन्छ। कमल पुष्प समान रहन्छौ? कहिल्यै कुनै पनि प्रकारको कीचडा अर्थात् मायाको भायब्रेशन टच त हुँदैन? कहिलेकाहीँ माया आउँछ या विदाई लिएर गयो? मायालाई आफ्नो साथमा त बसाउँदैनौ? मायालाई बसाउनु अर्थात् बाबाबाट किनारा हुनु, यसैले मायाको पनि ज्ञानवान बनेर टाढाबाटै त्यसलाई भगाइदेऊ। ज्ञानको अनुभवको आधारमा जान्दछौ– मायाको उत्पत्ति कहिले र कसरी हुन्छ? मायाको जन्म कमजोरीबाट हुन्छ। कुनै पनि प्रकारको कमजोरी हुन्छ भने माया आउँछ। जस्तै कमजोरीबाट अनेक बिमारीका किटाणुहरू पैदा हुन्छन्। त्यस्तै आत्माको कमजोरीबाट मायाको जन्म हुन्छ। कारण हो आफ्नो कमजोरी र त्यसको निवारण हो– सधैंको मुरली। मुरली नै ताजा भोजन हो। शक्तिशाली भोजन हो। जे शक्ति चाहिन्छ, त्यो सबै सधैंको भोजनबाट मिल्छ। जसले सधैं शक्तिशाली भोजन ग्रहण गर्छ, ऊ कमजोर हुन सक्दैन। सधैं यो भोजन त खान्छौ नि। यस भोजनको व्रत राख्ने अवश्यकता छैन। सधैं यस्तो शक्तिशाली भोजन मिल्नाले मास्टर सर्वशक्तिमान रहन्छौ। भोजनको साथ-साथ भोजनलाई हजम गर्ने पनि शक्ति चाहिन्छ। यदि केवल सुन्ने शक्ति छ। मनन गर्ने शक्ति छैन भने पनि शक्तिशाली बन्न सक्दैनौ। सुन्ने शक्ति अर्थात् भोजन खायो र मनन शक्ति अर्थात् भोजनलाई हजम गर्यो। दुवै शक्तिवाला कमजोर हुन सक्दैनन्। 

    प्रवृत्तिवालासँगः– 

    सबै प्रवृत्तिमा रहँदै सदा न्यारा र प्यारा स्थितिमा रहनेवाला हौ हैन? प्रवृत्तिको कुनै पनि लौकिक सम्बन्ध वा लौकिक वायुमण्डल, भायब्रेशनमा त आउँदैनौ? यी सबै लौकिकताबाट पर अलौकिक सम्बन्धमा, वायुमण्डलमा, भायब्रेशनमा रहन्छौ? लौकिकपन त छैन हैन? घरको वायुमण्डल पनि यस्तै अलौकिक बनाएका छौ, जुन लौकिक घर नलागोस्, सेवाकेन्द्रको वायुमण्डल अनुभव होस्। जो आए पनि अनुभव गरुन्– यो अलौकिक हो लौकिक होइन। कुनै पनि लौकिकताको फिलिंग नहोस्। आउनेवाला अनुभव गरुन्– यो कुनै साधारण घर होइन, मन्दिर हो। यही हो पवित्र प्रवृत्तिवालाको सेवाको प्रत्यक्ष स्वरुप। स्थानले पनि सेवा गरोस्। वायुमण्डलले पनि सेवा गरोस्। जस्तै सेवाकेन्द्रमा यदि कुनै अलिकति पनि स्वभाव-संस्कारको वश भएर त्यस्तो चाल-चलन चल्छन् भने सबैले भन्छौ– यस्तो हुनु हुँदैन। यसैगरी तिम्रो घरको स्थानमा पनि यस्तो महसुसता होस्– यस स्थानमा यस्तो कुनै कर्म हुनु हुँदैन। यस्तो फिलिङ्ग दिलमा आओस्– यस्तो कर्म मैले गर्न सक्दिनँ। जसरी सेवा स्थानमा कुनै पनि कमी देख्यौ भने ठीक गरिदिन्छौ। यसैगरी आफ्नो लौकिक स्थानलाई र स्थितिलाई ठीक गर। घर मन्दिर लागोस्, गृहस्थी होइन। जसरी मन्दिरको वायुमण्डलले सबैलाई आकर्षित गर्छ। त्यसैगरी तिम्रो घरबाट पवित्रताको सुवास आओस्। जसरी अगरबत्तीको सुवास चारैतिर फैलिन्छ, त्यसैप्रकार पवित्रताको सुवास टाढा-टाढासम्म फैलिनुपर्छ। यसलाई भनिन्छ पवित्र प्रवृत्ति। अच्छा!


    वरदान:

    आफ्नो विजय वा सफलतालाई निश्चित सम्झेर सदा निश्चिन्त रहने निश्चयबुद्धि भव:-  

    जो बच्चा सदा बाबामा, स्वयंको पार्टमा र ड्रामाको हर सेकण्डको एक्टमा १०० प्रतिशत निश्चय बुद्धि छ उसको विजय वा सफलता निश्चित छ। निश्चित विजय हुनाको कारण ऊ सदा निश्चिन्त रहन्छ। उसको चेहराबाट चिन्ताको कुनै पनि रेखा देखिँदैन। ऊ सदा निश्चयमा रहन्छ– यो कार्य वा यो संकल्प सिद्ध हुनु नै छ। उसलाई कहिल्यै कुनै कुरामा प्रश्न उठ्न सक्दैन।

    स्लोगन:

    सुन्दा-सुनाउँदा भावना र भावलाई परिवर्तन गर्नु नै वायुमण्डल खराब गर्नु हो।   



    ***OM SHANTI***