BK Murli 11 July 2016 Nepali

BK Murli 11 July 2016 Nepali

२७ आषाढ सोमबार 11.07.2016 बापदादा मधुवन

“मीठे बच्चे– बाबा आउनुभएको छ अविनाशी ज्ञान रत्नहरूबाट तिमी बच्चाहरूको झोली भर्न, यी एक-एक ज्ञान रत्न लाखौं रूपियाँका छन्।”  

प्रश्न:

गुप्त दानको यति धेरै महत्व किन छ?

उत्तर:

किनकि बाबाले तिमीलाई अहिले गुप्त ज्ञान रत्नहरूको दान दिनुहुन्छ। यसलाई दुनियाँले जान्दैन। तिमी बच्चाहरूले यी ज्ञान रत्नलाई दान गरेर विश्वको राजाई लिन्छौ। यो पनि गुप्त छ नि– न कुनै लडार्इं, न कुनै बारूद आदि, न कुनै खर्च। गुप्त रीतिबाट बाबाले तिमीलाई राजार्इं दानमा दिनुभयो। त्यसैले गुप्त दानको धेरै महत्व छ।

ओम् शान्ति।

एक शिवबाबाले भन्नुहुन्छ, दोस्रो ब्रह्मा दादाले भन्छन्। दुवैको स्वधर्म हो शान्ति। दुवै शान्तिधाम निवासी हुन्। तिमी बच्चाहरू पनि शान्तिधाम निवासी हौ। निराकार देशका निवासी आएका छौ साकारी देशमा पार्ट खेल्न किनकि यो ड्रामा हो नि। बच्चाहरूको बुद्धिमा ड्रामाको आदि-मध्य-अन्त्यको ज्ञान भरिएको छ, माथिदेखि लिएर तलसम्म। सर्वोच्च भगवान, उहाँका साथमा बच्चाहरू। यी कुरालाई राम्ररी सम्झ। तिमी सिवाय अरु कसैमा यो ज्ञान छैन। तिमीले पढ्छौ, ईश्वरीय विद्यालयमा। भगवानुवाच, भगवान त एउटै हुनुहुन्छ। कुनै १०-२० भगवान छैनन्। जति पनि सबै धर्म छन्, उनका जति पनि आत्माहरू छन्, सबैका एउटै बाबा हुनुहुन्छ। फेरि बाबाले सृष्टि रच्नुहुन्छ अनि भनिन्छ प्रजापिता ब्रह्मा। शिवलाई प्रजापिता भनिँदैन। प्रजा त जन्म-मरणमा आउँछन्। आत्मा संस्कारका आधारमा जन्म-मरणमा आउँछ। फेरि हुनुपर्छ प्रजापिता ब्रह्मा। गायन गरिएको छ– परमपिता परमात्माले प्रजापिता ब्रह्माद्वारा रचना रच्नुहुन्छ। उहाँलाई बोलाइन्छ नै पतित-पावन आउनुहोस् भनेर। जब दुनियाँ पतित बन्छ र त्यसको अन्त्यको समय आइपुग्छ अनि बाबा आउनुहुन्छ, पतितबाट पावन बनाउन। अहिले तिमीले जानेका छौ– बाबा आउनुहुन्छ पनि एक पटक, पछि कहिल्यै आउनुहुन्न। अहिले तिमीलाई सारा ज्ञान मिलेको छ। तिमी त ड्रामाका कलाकार हौ नि। ड्रामाका कलाकारलाई सबैको भूमिकाको विषयमा अवश्य ज्ञान हुनुपर्छ, के-के पार्ट छ? त्यो हुन्छ सानो हदको पार्ट (ड्रामा), त्यसको बारेमा त सबैलाई थाहा हुन्छ। तिमीले पनि हेरेर आउँछौ। चाह्यौ भने लेख्न पनि सक्छौ, याद गर्न सक्छौ। छोटो हुन्छ। यो त धेरै ठूलो बेहदको ड्रामा हो, जसलाई तिमीले सत्ययुगदेखि कलियुगको अन्त्यसम्म जान्दछौ। अहिले तिमी बच्चाहरूले जान्दछौ– हामीलाई बेहदको बाबाद्वारा बेहदको वर्सा मिल्छ। फेरि हदका पिताबाट हदको वर्सा, हदको सम्पत्ति मिल्छ। 

बाबाले सम्झाउनुभएको थियो– जो राजा बन्छन् उनीहरूले अघिल्लो जन्ममा दान-पुण्य आदि गरेर एक जन्मको लागि राजा बन्छन्। यस्तो होइन, उनीहरू अर्को जन्ममा पनि बन्छन्! तिमी जो सत्ययुगमा राजा-महाराजा थियौ। यस्तो नसम्झ तिम्रो राजाईं गुम हुन्छ फेरि जब भक्ति मार्ग हुन्छ अनि नै उनीहरूले धेरै दान-पुण्य गर्छन्, अनि उनीहरू पनि राजाईंमा जान्छन्। तर फेरि तिनीहरू हुन्छन् विकारी राजाहरू। तिमी नै जो पूज्य थियौ तिमी नै फेरि पुजारी बनेका हौ। त्यो हुन्छ अल्पकालको सुख। दुःख त केवल अहिले हुन्छ। अहिले तमोप्रधानतामा पनि तिमीलाई सुख छ, कुनै लडाईं-झगडाको कुरा छैन। यो त पछि हुन्छ, जब लाखौंको संख्यामा हुन्छन् अनि लडाईं आदि शुरु हुन्छ। तिमी बच्चाहरूलाई त सत्ययुग, त्रेता, द्वापरमा पनि सुख हुन्छ। जब तमोप्रधानता शुरु हुन्छ अनि अलिकति दुःख हुन्छ। अहिले त छ नै तमोप्रधान। बाबाले सम्झाउनु हुन्छ– यो हो नै तमोप्रधान दुनियाँ। तिमीले जान्दछौ– यो बेहदको ड्रामा हो, यसबाट कोही पनि छुट्न सक्दैन। मनुष्य दुःखी भएपछि दिक्क हुन्छन् अनि भन्छन्– भगवानले यस्तो खेल किन रच्नुभएको होला? यदि भगवानले नरच्नु भएको भए दुनियाँ हुने नै थिएन, केही हुँदैनथ्यो। रचयिता र रचना त हुन्छन् नि। यसको विस्तार पनि छ, सत्ययुगदेखि कलियुग अन्त्यसम्म, अब थोरै दिन बाँकी छ। तिमीले पनि यथार्थमा देख्नेछौ। पहिल्यै देखि त देखाउँदिन। ५ हजार वर्षको चक्र थोरै बाँकी छ। त्यो अहिले कहाँ देखाउँछु र, जब हुन्छ तब त्यसलाई पनि साक्षी भएर देख्नेछौ। जो हुनु पर्ने हुन्छ त्यो कल्प पहिला जस्तै हुन्छ। यो त देखेकै छौ, तयारी भइरहेको छ। विनाश त अवश्य हुन्छ नै। सबैको तयारी भइरहेको छ। त्यो ड्रामामा पहिल्यै देखि निश्चित छ। विनाश अवश्य हुन्छ। अहिले तिमी बच्चाहरूलाई बाबाले सम्झाउनु हुन्छ– तिम्रो आत्मा जुन तमोप्रधान बनेको छ, उसलाई पनि यहाँ सतोप्रधान बनाउनु छ। यो कुरा तिमीले अहिले बुझेका छौ। 

बाबा गुप्त रुपमा आउनुहुन्छ, गुप्तै रहेर तिमीलाई ज्ञान दिइरहनु भएको छ। दुनियाँमा कसैले जान्दैन। गुप्त रीतिबाट तिमीले विश्वको राज्य लिन्छौ, कुनै पनि आवाज हुँदैन। बिल्कुलै गुप्त दान भनिन्छ। बाबा आएर बच्चाहरूलाई अविनाशी ज्ञान रत्नहरूको गुप्त दान दिनुहुन्छ। बाबा पनि कति गुप्त हुनुहुन्छ, कसैले पनि जान्दैनन्। यी सबै कहाँ जान्छन्, ब्रह्माकुमार कुमारीहरूले के गर्छन्, केही बुझ्दैनन्। तिमी बच्चाहरूले जान्दछौ– बाबा कति गुप्त हुनुहुन्छ। तिमी बच्चाहरूलाई गुप्त रुपमा विश्वको मालिक बनाउनु हुन्छ। न कुनै लडाईं, न कुनै बारूद, न कुनै खर्च। यहाँ त एक सानो गाउँ लिनको लागि नै कति झगडा, मारामार चल्छ। बाबा आएर गुप्त दान दिनुहुन्छ। अविनाशी ज्ञान रत्नबाट तिम्रो झोली भर्नुहुन्छ। भन्दछन्– भरिदिनुहोस् झोली, शिव भोला भण्डारी। 

तिमीले जान्दछौ– शिवबाबाले अविनाशी ज्ञान रत्नबाट हाम्रो झोली भरि रहनु भएको छ। एक-एक रत्न लाखौं रूपियाँका छन्। तिमीले कति रत्न दिन्छौ। फेरि तिमी कति दानी बन्छौ। त्यो पनि गुप्त छ। देवताहरूलाई कति हतियारहरू, हातहरू बनाइदिएका छन्। वास्तवमा केही पनि होइन। सत्ययुगमा देवताहरूका यतिका हात आदि त हुँदैनन्। कलियुगमा कति अनेकौं प्रकारका हतियार बनाइदिएका छन्। विनाशको लागि त बम्बहरू छन्, फेरि तलवार, बाण आदि के गर्ने? तिमीले भन्छौ– ज्ञान खड्ग, ज्ञान तलवार, उनीहरूले हतियार सम्झिएका छन्। वास्वतमा केही पनि होइन। तिमीलाई त गुप्त दान मिल्छ। तिमीले फेरि सबैलाई गुप्त दान दिन्छौ। तिमीले जान्दछौ– बाबाले हामीलाई श्रीमत दिइरहनु भएको छ, श्रीमत हो नै भगवानको। तिमीले जान्दछौ– हामी आउँछौं नरबाट नारायण बन्न। उनलाई सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण, दैवी गुणधारी भनिन्छ। दैवी गुण केवल देवी-देवताहरूमा हुन्छ, फेरि कला कम हुँदै जान्छ। जसरी सम्पूर्ण चन्द्रमाको प्रकाश उज्यालो हुन्छ, फेरि कम हुँदै जान्छ। कम हुँदा हुँदा एकदम सानो घेरा बँच्दछ। पूरै हराउँदैन। रेखा अवश्य हुन्छ जसलाई औंसी भनिन्छ। यो तिम्रो हो बेहदको कुरा। तिमी १६ कला सम्पूर्ण बन्छौ। देखाउँछन्– कृष्णको मुखमा उनको माताले चन्द्रमा देख्छिन्। यी हुन् साक्षात्कारका कुरा, जसको ज्ञान बाबाले बसेर दिनुहुन्छ। अब तिमी सम्पूर्ण बन्नु छ। मायाको सम्पूर्ण ग्रहण लागेको छ। गएर लकीर बँच्दछ, सिँढी झर्दै आएका छौ। सबैले सिँढी झर्नै पर्छ अनि मात्र सबै फर्केर जान्छौ। तिमी त अहिले थोरै छौ। बिस्तारै-बिस्तारै वृद्धि हुन्छ। पढाइमा धेरै पास हुँदैनन्। तिम्रा सेवाकेन्द्रहरू पनि विस्तारै विस्तारै वृद्धि हुँदै जान्छन्। समय नजिक आएपछि फेरि सम्झन्छन्– यिनीहरूमा के छ? दिन-प्रनिदिन वृद्धि हुँदै जान्छ। अहिले भन्छन्– हामीले सम्झेका थियौं– यिनीहरू कहिलेसम्म चल्छन्, छोडिदिन्छन्। शुरुमा यही डरले धेरै भागे। थाहा छैन के होला! न यहाँका, न वहाँका रहिन्छ, यसभन्दा त भाग। 

भागेर गए फेरि ती मध्येबाट आउँदै रहन्छन्। बाबाले कति सहज रीतिसँग बसेर सम्झाउनु हुन्छ। यी अबलाहरू, अहिल्याहरूलाई कुनै मेहनत दिनुहुन्न। यिनीहरूको पनि उद्धार त हुनु छ। भन्दछन्– मैले त केही पढेलेखेकी छैन। बाबा भन्नुहुन्छ– केही नपढेकी भए धेरै राम्रो हुन्छ। शास्त्र आदि जति पनि पढेका छौ, त्यो सबै बिर्स। मैले धेरै केही पढाउँदिन। केवल भन्दछु– मलाई याद गर्यौ भने विश्वको बादशाही तिम्रो हुन्छ। तिम्रो बेडा पार हुन्छ। बच्चा जन्मियो, बाबा भन्यो, वर्साको हकदार बन्छ। यहाँ पनि तिमी हकदार बन्छौ। बापदादालाई याद गर्छौ, त्यसैले तिम्रो राजधानीको गायन गरिन्छ, सेकेण्डमा जीवनमुक्ति। धनवानहरूको हो पछाडिको पार्ट। पहिला गरिबहरूको पालो हुन्छ। तिमीहरूसँग आफै आउँछन्। मेत्तरहरूको पनि उद्धार हुनु छ। भिलनीको पनि गायन छ। भन्दछन्– रामले भिलनीका बयर खाए। वास्तवमा रामले पनि होइन, शिवबाबाले पनि होइन। हो, हुन सक्छ यी ब्रह्माले खानुपर्छ। भिलनी आदि आउँछन्। मानौं टोली आदि लिएर आए भने इन्कार कसरी गर्न सकिन्छ? भिलनी, गणिकाहरूले ल्याए भने तिमीले पनि खान्छौ। शिवबाबा भन्नुहुन्छ– मैले त खान्न, म त अभोक्ता हुँ। तिम्रो पासमा सबै आउनेछन्। सरकारले पनि मदत गर्नेछ– यिनीहरूलाई उठाऊ। तिमीलाई पनि स्वाभाविक रुपमा प्रेरणा हुन्छ। बाबा गरिब निवाज हुनुहुन्छ त्यसैले म पनि गरिबहरूलाई सम्झाऊँ। भिलनीहरूबाट पनि निस्किन्छन्। यति ठूलो वृक्ष छ, यिनीहरू मध्ये एउटै पनि देवी-देवता धर्मका रहेनन्, अन्य धर्ममा परिवर्तन भएर गएका छन्। अहिले बाबा भन्नुहुन्छ– जो भक्ति गर्नेवाला छन्, उनीहरूलाई सम्झाऊ। तिमीले देखिरहेका छौ, कलमी कसरी लाग्छ। ब्राह्मण कसरी बन्छन्! जो सूर्यवंशी, चन्द्रवंशी देवता बन्छन्, उनै आउँदै जान्छन्। एक पटक मात्र सुने भने पनि स्वर्गमा अवश्य आउँछन्। बाबाले काशी कलवटको पनि उदाहरण सुनाउनु भएको छ। गएर शिवमाथि बलि चढ्थे। उनीहरूलाई पनि केही त मिल्नुपर्छ। तिमी पनि बलि चढ्छौ। 

पुरूषार्थ गर्छौ राजाईको लागि। भक्ति मार्गमा राजाई त हुँदैन। फर्केर कोही पनि जान सक्दैनन्। अनि के हुन्छ, उनीहरूले जुन पाप गरेका छन्, त्यसको सजायँ भोगेर चुक्ता गर्छन्। फेरि शुरुबाट जन्म हुन्छ। पछि पाप शुरु हुन्छ। रहने त सबै यहीँ हो। नम्बरवनमा तिमी नै छौ। तिमीले नै ८४ जन्म भोग्छौ। सबैलाई सतो-रजो-तमोमा आउनुपर्छ। बाबा भन्नुहुन्छ– यतिबेला सारा मनुष्य सृष्टिको वृक्ष जीर्ण भएको छ। मनुष्य त बिल्कुलै घोर अन्धकारमा कुम्भकर्णको निद्रामा सुतेका छन्। एउटा मात्र कुम्भकर्ण होइन, अनेक छन्। तिमीले जति सम्झाए पनि सुन्दै सुन्दैनन्। जसको पार्ट छ, उनैले पुरूषार्थ गर्छन् र उनै माता-पिताको दिलमा चढ्छन्। तख्तनशीन पनि उनै बन्छन्। कति बच्चीहरूले सोद्धछन्– बाबा बच्चाहरूलाई हप्काउनुपर्छ। बाबा भन्नुहुन्छ– त्यसको त्यति पाप बन्दैन। तिमीले पुकार्छौ– हामी पतितलाई पावन बनाउनुहोस्। बाबाले पनि भन्नुहुन्छ– काम महाशत्रु हो। यस्तो भनिँदैन क्रोध शत्रु हो। माताहरूमा त्यति हुँदैन, पुरूषहरूले धेरै लडाईं गर्छन्। अहिले बाबाले तिमी माताहरूलाई अगाडि राख्नु भएको छ। वन्दे मातरम्। नत्र माताहरूलाई भन्दछन्– तिम्रो पति गुरू, ईश्वर हुन्। उनको मतमा चल्नुपर्छ। विवाह गरेपछि तुरून्तै पतित बन्छन्। यस्तो ईश्वर मिल्यो उनलाई। अब रामराज्य स्थापना हुन्छ, बाँकी सबै मर्दै जान्छन्। बाबाले सम्झाउनुभएको छ– विकाश कालमा विपरीत बुद्धि। विनाशकालमा प्रीत बुद्धि। तिम्रो परमपिता परमात्मासँग प्रीत बुद्धि छ। तिम्रो आत्माले जान्दछ– शिवबाबा यिनमा आउनुहुन्छ, यिनीद्वारा मैले सुनिरहेको छु। यति सानो बिन्दु छ। शिवबाबाको यो अस्थायी रथ हो, यिनीद्वारा यो रूद्र ज्ञान यज्ञ रचिएको हो, जुन वृद्धि हुँदै जान्छ। बच्चाहरूको थोपा-थोपाबाट तलाउ भरिइरहन्छ। बच्चाहरूले आफ्नो सफल (सदुपयोग) गरिरहन्छन् किनकि जान्दछन्– यो त सबै माटोमा मिल्छ। केही पनि रहँदैन। यति त सफल होस्। सुदामाको पनि उदाहरण छ नि। बच्चीहरू बाबाको पासमा चामल मुठ्ठी वा ६-८ रूपियाँ पठाइदिन्छन्। वाह बच्ची! बाबा त गरिब निवाज हुनुहुन्छ नि। यो सबै ड्रामामा निश्चित छ, फेरि पनि हुन्छ। बाँधेलीहरू छन्। बाबा भन्नुहुन्छ– भाग्यशाली छौ, शिवबाबाको हात त मिल्यो नि। एक दिन आउनेछ– सबै आर्य समाजी आदि पनि आउनेछन्। जान्छन् कहाँ? मुक्ति-जीवनमुक्तिको पसल त एउटै छ। सजायँ खाएर सबै मुक्तिमा जानु छ। यो हो परिवर्तनको समय। सबै फर्केर जान्छन्। यो हो प्रियतमको बरियाँत। कसरी बरियाँत जान्छन्, त्यो पनि साक्षात्कार हुन्छ। तिमीहरू सिवाय अरु कसैले देख्न सक्दैन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः

१) बाबाद्वारा ज्ञानको जुन गुप्त दान मिलेको छ, त्यसको महत्वलाई जानेर आफ्नो झोली ज्ञान रत्नहरूबाट भरपुर गर्नु छ। सबैलाई गुप्त दान दिँदै जानु छ।

२) यस परिवर्तनको समयमा फर्केर जानु छ, त्यसैले आफ्नो सबै कुरा सफल (सदुपयोग) गर्नु छ। प्रीत बुद्धि बन्नु छ। मुक्ति र जीवनमुक्तिको मार्ग सबैलाई बताउनु छ।

वरदान:

बुद्धिरुपी पाउ मर्यादाको रेखा भित्र राख्नेवाला सर्व प्राप्ति सम्पन्न शक्तिशाली भव:-  

जुन बच्चाहरूले बुद्धि रुपी पाउलाई मर्यादाको रेखा भन्दा बाहिर निकाल्दैनन्, उनीहरू लक्की र लवली बन्छन्। उनीहरूको पासमा कहिल्यै पनि कुनै विघ्न अथवा तूफान, चिन्ता, उदासी आउन सक्दैन। यदि आयो भने सम्झनुपर्छ– बुद्धिरुपी पाउ अवश्य मर्यादाको रेखा भन्दा बाहिर निकालेको छ। रेखाबाट बाहिर निस्कनु अर्थात् फकीर बन्नु त्यसैले कहिल्यै फकीर अर्थात् माग्नेवाला होइन, सर्व प्राप्ति सम्पन्न शक्तिशाली बन।

स्लोगन:

जो सदा न्यारा र बाबाको प्यारा छन्, उनै सुरक्षित रहन्छन्।   



***OM SHANTI***

Google+ Followers