BK Murli 12 July 2016 Nepali

BK Murli 12 July 2016 Nepali

२८ आषाढ मंगलबार 12.07.2016 बापदादा मधुवन

“मीठे बच्चे– तिमी बाबाको पासमा आएका छौ आफ्नो जीवन हीरा समान बनाउन, बाबाको यादबाट नै यस्तो जीवन बन्छ।”   

प्रश्न:

नयाँ दुनियाँमा उच्च पदको लागि कुनचाहिँ एक मुख्य पुरूषार्थ गर्नु छ?

उत्तर:

बाबा भन्नुहुन्छ– मीठे बच्चे, जुन पुराना सम्बन्धीहरूले यति दुःखी बनाए, अब उनको मोहजालबाट बुद्धि निकालेर एक मलाई याद गर। उनको साथमा रहेर पनि मनलाई ममा लगाऊ। मनमनाभवको मन्त्र सदा याद राख तब तिमीले नयाँ दुनियाँमा उच्च पद पाउँछौ।

गीतः–

तुने रात गँवाई....

ओम् शान्ति।

जसरी बच्चाहरूलाई सबै शास्त्रको सार सम्झाउँछु, त्यस्तै यी गीतको पनि सार तिमीलाई सम्झाउँछु। उहाँ नै सबैका रुहानी बाबाले रुहानी बच्चाहरूलाई ब्रह्मा तनमा बसेर सम्झाइ रहनु भएको छ। बाबाले सम्झाउनु हुन्छ– हे प्यारा बच्चाहरू! तिमीले जान्दछौ– हाम्रो जीवन हीरा जस्तो बनिरहेको छ। बाबाको पासमा आउँछौ नै हीरा जस्तो जीवन बनाउन। हीरा जस्तो जीवन भनिन्छ स्वर्गवासीहरूको। कौडी जस्तो जीवन हो नर्कवासीहरूको। तिमीले संगम युगलाई पनि जानिसकेका छौ। हामी अहिले संगमयुग निवासी हौं। यो संगमयुग सबैको लागि कल्याणकारी हो। यस संगमयुगमा नै सर्वको गति सद्गति हुन्छ। कसले गर्छ? परमधामबाट आउने मुसाफिरले। उहाँ मुसाफिर (यात्री) हुनुहुन्छ नि। तिमी मुसाफिर होइनौ, तिमी आएर जाँदैनौ। बाबा भन्नुहुन्छ– म पुरानो दुनियाँमा आएर फेरि फर्केर जान्छु। बच्चाहरूले जान्दछन्– यो सेवा गर्ने केवल एक मुसाफिर हुनुहुन्छ, जो आएर हामी बच्चाहरूको महान् सेवा गर्नुहुन्छ। यस्तो सेवा अरु कसैले गर्न सक्दैन। सेवाको लागि नै पुकार्छन्– आएर हामी पतितको सेवा गर्नुहोस्। बाबा पनि भन्नुहुन्छ– म बच्चाहरूको सेवामा आएको छु किनकि बच्चाहरू धेरै दुःखी छन्। पुकार्छन् पनि– हाम्रो दुःख हर्नुहोस् र शान्ति दिनुहोस्। दुइटा चीज सधैं याद रहन्छ– सुख र शान्ति। यहाँ दुःख र अशान्ति छ, तब पुकार्छन्। बाबा नै आएर सृष्टि-चक्रको सारा रहस्य बच्चाहरूलाई सम्झाउनु हुन्छ। बच्चाहरूले बुझेका छन्– अब भक्तिमार्ग समाप्त हुन्छ। कलियुगको अन्त्य अर्थात् भक्ति तल झर्दै आउँछ। ज्ञानबाट तिम्रो चढ्ती कला हुन्छ। तिमीले सर्वोच्च पद पाउँछौ फेरि त्यो प्रारब्धको सुख कम हँदै जान्छ। भक्ति त यहाँ जति हुन्छ, त्यति अन्त कहीँ हुँदैन। आधा कल्प भक्ति चल्छ। 

जबदेखि द्वापर शुरु हुन्छ, अरु-अरु धर्मको स्थापना हुन थाल्छ, तबदेखि भक्ति शुरु हुन्छ। भक्ति पनि पहिले धेरै राम्रो हुन्छ। जसरी स्वर्ग पहिले धेरै राम्रो हुन्छ फेरि बिस्तारै-बिस्तारै कला कम हुँदै जान्छ। जब भक्ति शुरु हुन्छ, सबैभन्दा पहिले शिवका पुजारी बन्छन्। आधा कल्प कुनै पूजा हुँदैन। फेरि भक्तिमार्ग शुरु हुन्छ, अरु धर्म पनि शुरु हुन्छन्। यति भक्ति अरु कसैले गर्न सक्दैनन्, पूरा आधाकल्प भक्ति चल्छ। यो पनि तिमी बच्चाहरूले जान्दछौ– बाबा जसले सबैलाई सद्गति गर्नुहुन्छ, स्वर्गको मालिक बनाउनु हुन्छ, उही दूर देशका मुसाफिर आउनुभएको छ– हामी बच्चाहरूलाई फेरि स्वर्गको बादशाही दिन। वर्सा पनि कति शक्तिशाली छ। तर एउटा पनि कुरा कसैको बुद्धिमा बस्दैन। यहाँ भक्ति कति गर्छन्। कति मन्दिर छन्। भारतखण्डमा त धेरै मन्दिर छन्। अहिले तिमीले जान्दछौ– यो कसका मन्दिर हुन्। सबैभन्दा पहिले त शिवबाबाको मन्दिर बन्छन्, फेरि बन्छन् देवताहरूका। ती मन्दिर पनि तिम्रो सामुन्नेमा खडा छन्। एकातर्फ शिवबाबाको पूजा गर्छन्, अर्कोतर्फ शिवबाबाले तिमीलाई पूज्य बनाइरहनु भएको छ। तिमी यहाँ आएका छौ पूज्य देवता बन्न। जति पनि देवताहरूका पुजारी छन्, वास्तवमा उनीहरू पनि यहाँ आएर ब्राह्मण बन्छन्। बिस्तार-बिस्तारै वृद्धि हुँदै जान्छ। सबैले त सँगै पढन सक्दैनन्। समय लाग्छ। कल्प पहिले जसले पनि पढेका थिए, उनीहरूले फेरि पढछन्। एक अर्कालाई पढाउँदै रहनुपर्छ। बाबाले सबैलाई सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउनुहुन्छ, जसबाट मनुष्य स्वर्गको मालिक बन्न सक्छन्। त्यो कुरा आएर सम्झ। तिमी बच्चाहरूको बुद्धिमा छ– यो नाटक कसरी चक्कर लगाउँछ। कहानी लाखां वर्षको त सुनाउन सकिँदैन। 

तिमीले जान्दछौ– ५ हजार वर्ष पहिले के थियो? कसको राज्य थियो? यहाँ हामी पूज्य देवी-देवताको राज्य थियो। याद आयो नि– हामी पूज्य थियां, फेरि पुजारी बन्यां। पहिले यो थाहा थिएन– हामी नै पूज्य देवता थियौं, फेरि हामीले ८४ जन्म लियौं। ८४ जन्मको कहानी लक्ष्मी-नारायणको हो। तिमीले आफ्नो ८४ जन्मको कहानी सुनाउँछौ। उनीहरूलाई त आफ्नो कहानी बसेर लेख्नमा धेरै समय लाग्छ। तिमीले एक मिनेटमा ८४ जन्मको कहानी बताउन सक्छौ। उनीहरूले त एक जन्मको कहानी लेख्छन्। सानो उमेरमा के के गरेँ। यिनले पनि आफ्नो कहानी बताउँछन्। हामीले ८४ को चक्कर कसरी लगाउँछौं। एउटाको मात्रै त कुरा होइन, धेरै ब्राह्मणहरू छन्। तिमीले नै यस चक्रलाई जान्दछौ। यस चक्रलाई जानेर तिमी राजा-रानी बन्छौ फेरि अरुलाई पनि बनाउँछौ। भक्ति पनि हिन्दूहरूले जस्तो अरु कसैले गर्दैनन्। अरु जति पनि मठ पन्थ आदि छन्, ती हाम्रो भक्तिको समयमा स्थापना हुन्छ। पहिला शुरुमा हाम्रो कति सानो फूलको बिरूवा थियो, रुहानी बगैंचा थियो। तिमी चैतन्य फूल थियौ। यसलाई भनिन्छ फूलको बगंचा। फेरि त्यही काँडाको बगैंचा हुन जान्छ। यस समयमा सबै काँडा बनेका छन्। फेरि काँडाबाट फूल कसरी बन्छ, त्यो बाबाले बसेर सम्झाउनु हुन्छ। एक अर्कालाई दुःख दिनु काँडा लगाउनु हो। विद्यार्थी जीवन श्रेष्ठ जीवन भनिन्छ। त्यो जीवन साह्रै राम्रो हुन्छ। बच्चा-बच्ची बडो खुशीमा पढिरहन्छन्। विवाह गरेपछि एक अर्कालाई काँडा लगाउन शुरु गरे। सत्ययुगमा कसैले काँडा लगाउँदैनन्। अहिले तिमी फेरि फूल बन्छौ। तिमीले जान्दछौ– जब स्वर्ग थियो तब कति अपार सुख थियो। सुनको खानीहरू थियो। अहिले त्यो खाली भएका छन्। फेरि तिमीलाई सुन भरपुर मिल्छ। यहाँ नै सुन, हीरा, जुहारतको खानी थियो। त्यस समयमा अमेरिका आदि केही हुँदैन। बम्बई पनि हुँदैन। आश्चर्य छ नि। कलियुगको अन्त्यमा सुन आदि केही पनि देखिँदैन फेरि सत्ययुग आदिमा यति धेरै सुनका खानी भरपुर हुन्छन्। सुनका महल बन्छन्। आश्चर्य छ नि। वहाँ खानीबाट कति सुन निकाल्छन्। जसरी यहाँ माटोका ईंटा बन्छन्, त्यस्तै वहाँ सुनका ईंटा बन्छन्। माया मच्छन्दरको खेल देखाउँछन् नि। ध्यानमा देखे यहाँ त सुन नै सुन छ। अवश्य सत्ययुगमा सुन हुन्छ। यहाँ त हेर माटोका ईंटा पनि मिल्दैनन्। जति यहाँ ईंटा पैसाले मिल्छन्, त्यति वहाँ सुनका ईंटा निःशुल्क मिल्छन्। रात-दिनको फरक छ। त्यसैले किन पुरूषार्थ नगर्ने, नयाँ दुनियाँमा उच्च पद पाउने! यहाँ मोहजालमा किन फँस्ने! 

बाबा भन्नुहुन्छ– पुराना सम्बन्धमा तिमीले कति दुःख पाउँछौ! बाबाले यस्तो पनि भन्नुहुन्न– यिनीहरूलाई छोडिदेऊ। केवल बुद्धियोग एक बाबामा लगाऊ, तिमी विश्वको मालिक बन्छौ। मनमनाभवको अर्थ नै हो– मलाई याद गर अनि विष्णु चतुर्भुजलाई अर्थात् विष्णुपुरीलाई याद गर। मूल कुरा छ नै एक शब्द। भक्तिमार्गमा त धेरै पञ्चायत छ। अहिले तिमी सबै आत्माहरू आशिक हौ एक माशूक परमपिता परमात्माका। उहाँले तिमीलाई सुखधामको मालिक बनाउनु हुन्छ। सबै आत्माहरूले उहाँलाई याद गर्छन्। तिमी रुहानी आशिक रुहानी माशूकका एकै पटक मात्र बन्छौ। बाँकी त सबै मनुष्य हुन् शारीरिक आशिक-माशूक। अहिले बेहदका आशिकहरूसँग बेहदको माशूक आएर मिल्नुभएको छ। उहाँलाई भनिन्छ पनि– आउनुहोस् आएर हामीलाई पतितबाट पावन बनाउनुहोस्। एकलाई नै पुकार्छन्। तिमीले जान्दछौ– हाम्रो आत्मा पतित बनेको छ, त्यसैले पुकार्छन्– पतित-पावन आउनुहोस्। कुम्भको मेला लाग्छ, कति गएर गंगा स्नान गर्छन्। फाइदा केही पनि छैन। पावन कोही पनि बन्दैनन्। अहिले बाबा आएर ज्ञान वर्षा गर्नुहुन्छ। तिमी माथि ज्ञान वर्षा भइरहेको छ, यसबाट काँडाको जङ्गल फेरि फूलको बगैंचा बन्छ। तिमीले जान्दछौ– हाम्रो जब राज्य हुन्छ, वहाँ कोही पनि पतित हुँदैनन्। सारा विश्वमा ज्ञान वर्षा हुन्छ। सबै कुरा हरा-भरा बन्छ। खानीहरू पनि हीरा जुहारतका नयाँ बन्छन्। अब तिमी बच्चाहरू कति खुशीमा रहनुपर्छ। सम्मुखमा देख्छौ, बेहदका बाबाले बसेर सम्झाउनु हुन्छ– तिमीले मलाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ। ठीक छ तिमी जहाँ बस, स्नान गर, बुद्धिमा बाबाको याद रहोस्। यहाँ त याद गर्ने फुर्सद छ। बाबालाई जति याद गर्छौ, त्यति कमाई हुन्छ। यादबाट नै कमाई हुन्छ। यस्तो कहिल्यै सुनेका छौ– यादबाट कमाई हुन्छ! कति ठूलो कमाई छ, तिमी विष्णुपुरीका मालिक बन्छौ। तिमीले जान्दछौ– हामी आत्माहरूका बाबा निराकार हुनुहुन्छ। उहाँले यस शरीरको आधार लिनुभएको छ। भागीरथको पनि वर्णन छ नि। भाग्यशाली रथ, जुन रथमा परमपिताको परम आत्मा सवारी हुन्छ। आत्माको रथ जब तयार हुन्छ, तुरून्तै आत्मा आएर प्रवेश गर्छ। बाबाले त यस रथमा आएर केवल ज्ञान दिनु छ। यिनको धेरै जन्मको अन्त्यको जन्ममा जब वानप्रस्थ अवस्था हुन्छ, बाबा भन्नुहुन्छ– म आएर यिनमा प्रवेश गर्छु अथवा यस रथमा विराजमान हुन्छु। बाँकी कुनै घोडा गाडीको रथको कुरा छैन। अहिले तिमीलाई यो ज्ञान मिलेको छ। बाबा सम्मुख बसेर तिमी बच्चाहरूलाई सम्झाउनु हुन्छ। तिमीलाई त धेरै खुशी हुनुपर्छ। आई. सी. एस. को पढाई पढ्नेहरूमा धेरै नशा रहन्छ। त्यो हुन्छ सबैभन्दा ठूलो परीक्षा। तिम्रो पनि यो पढाइ हो। यो भगवानको पाठशाला हो। अब प्रश्न उठ्छ– भगवान को हुनुहुन्छ? के श्रीकृष्ण वा शिवबाबा? सबैका भगवान को हुनुहुन्छ? सबैले एक निराकारलाई सिवाय त कृष्णलाई मान्दैनन्। सबै आत्माहरूका पिता उहाँ निराकार परमपिता परमात्मा हुनुहुन्छ। उहाँ सदा परमधाममा रहनुहुन्छ। एकै पटक आउनुहुन्छ– बच्चाहरूलाई स्वर्गको मालिक बनाउन। तिमीले जान्दछौ– उही बाबा कल्प-कल्प आएर हामीलाई रंकबाट राजा बनाउनु हुन्छ। भारत अहिले रंक बनेको छ नि। फेरि अर्को जन्ममा के बन्नु छ, तिमीलाई सबै साक्षात्कार भएको छ। विनाशको पनि साक्षात्कार गरेका छन्। स्थापनाको पनि गरेका छन्। भगवानुवाच– म तिमीलाई राजाहरूका राजा बनाउँछु। धेरै दान-पुण्य गर्नाले कसै-कसैलाई अल्पकालको सुख मिल्छ। राजाहरूको पासमा जन्म लिएर तुरून्त मर्छन्। कोही गर्भमा पनि मर्छन्। कोही लुला, लङ्गडा, काना बन्छन्। जस्तो कर्म गर्छन्, त्यस्तै पद पाउँछन्। अब तिमीलाई त राजाहरूका राजा बनाउनु हुन्छ। तिमीले भन्छौ– बाबा हामी बलिहार जान्छौं। त्यसैले अवश्य राजाई पनि तिमीले नै पाउँछौ। यसलाई महादानी खण्ड भनिन्छ। यहाँ दान-पुण्य धेरै गर्छन्। त्यो फरि शुरु हुन्छ भक्तिमार्गमा। अब बाबाले तिमीलाई २१ जन्मको लागि दान दिनुहुन्छ। अहिले तिमी बाबामा बलिहार जान्छौ। तन-मन-धन सबै कुरा दिइसक्यौ। अब बाबा भन्नुहुन्छ– ट्रस्टी भएर बस। आफ्नो घरबार सम्हाल। सबै शिव बाबाको हो। म हजुरको हुँ, हजुरलाई नै याद गर्छु। दिलबाट नै समर्पित गर्छन्। बाबा भन्नुहुन्छ– ठीक छ महलमा बस, घुम, फिर मोज मनाऊ, केवल मलाई याद गर्यौ भने तिमी धेरै खुशीमा रहन्छौ। तिमी विश्वको मालिक थियौ। अब फेरि तिमी पुरूषार्थ गरेर त्यही बन्छौ। बाबाले सम्झाउनु हुन्छ– मीठा-प्यारा बच्चाहरू! यस योगबलबाट नै तिमी विकर्माजित बन्छौ, बाबाको यादबाट तिमी विश्वको मालिक बन्छौ। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) राजाई पद पाउनको लागि बाबा माथि पूरा-पूरा बलिहार जानु छ। तन-मन-धन सबै समर्पण गरेर ट्रस्टी भएर रहनु छ। विकर्माजित बन्ने पुरूषार्थ गर्नु छ।

२) यादमा नै कमाई छ, त्यसैले निरन्तर यादमा रहने पुरूषार्थ गर्नु छ। यस्तो रुहानी फूल बन्नु छ, जसबाट फूलको बगैंचाको अधिकारी बन्न सकियोस्। भित्र कुनै पनि काँडा नरहोस्।

वरदान:

अलौकिक खेल र खेलौनासँग खेल्दै सदा शक्तिशाली बन्ने अचल अडोल भव:-  

अलौकिक जीवनमा मायाको विघ्न आउनु पनि अलौकिक खेल हो, जसरी शारीरिक शक्तिको लागि खेल गराइन्छ, त्यस्तै अलौकिक युगमा परिस्थितिलाई खेलौना सम्झेर यो अलौकिक खेल खेल। यिनीहरूसँग नडराऊ, नआत्तिऊ। सर्व संकल्प सहित स्वयंलाई बापदादा माथि बलिहार गरिदेऊ तब मायाले कहिल्यै आक्रमण गर्न सक्दैन। सधैं अमृतबेला साक्षी बनेर स्वयंलाई सर्वशक्तिहरूले शृङ्गार गर, तब अचल अडोल रहन्छौ।

स्लोगन:

कुनै पनि संसारी समाचार सुन्नु, सुनाउनु– यो पनि स्वयंमा फोहर जम्मा गर्नु हो।   



***OM SHANTI***

Google+ Followers