BK Murli 13 July 2016 Nepali

BK Murli 13 July 2016 Nepali

२९ आषाढ बुधबार 13.07.2016 बापदादा मधुवन

“मीठे बच्चे– तिमीले आफ्नो चिन्तन गर्नु छ, अरुको होइन किनकि ड्रामा अनुसार जसले जे गर्छ उसले त्यो पाउँछ।”  

प्रश्न:

त्रिकालदर्शी बन्नाले आत्मालाई कुनचाहिँ स्मृति आएको छ?

उत्तर:

आत्मालाई स्मृति आएको छ– हामी वास्तवमा मूलवतनका निवासी यस ड्रामामा पार्ट खेल्न आएका हौं। हामीले मुख्य कलाकार बनेर ८४ जन्मको पार्ट खेल्यौं। अहिले बाबाको सम्मुखमा छौं फेरि साथमा घर जान्छौं। पावन बनेर घर जानु छ फेरि सुखधाममा आउनु छ। यो सारा खेल यहाँ नै बनेको छ। यो सबै स्मृति त्रिकालदर्शी बन्नाले आएको हो।

गीतः–

मरना तेरी गली में....

ओम् शान्ति।

यो गीत कसले गाए? बच्चाहरूले। के भन्छन् बच्चाहरू! बाबा अब त हजुरको गलाको हार बन्नु छ। यो शरीर त यहाँ नै छोडिदिनु छ। बच्चाहरूले जान्दछन्– शान्तिधाम वा निर्वाणधाममा बाबा र हामी बच्चा आत्माहरू रहन्छौं। अब बाबाले घरी-घरी भन्नुहुन्छ– आफूलाई आत्मा निश्चय गर। तिमीले जान्दछौ– हामी आत्माहरू निर्वाणधाममा बाबाको साथमा रहन्थ्यौं, फेरि यो शरीर धारण गरेर ८४ जन्मको चक्र लगाएका छौं। बच्चाहरूले जान्दछन्– हामी वास्तवमा परमधामका निवासी हौं। अब फेरि बाबा आउनु भएको छ। तिमी बसेका छौ, देख्छौ बाबा सामुन्ने बस्नुभएको छ। यहाँ छ लौकिक शरीरको सम्बन्ध। हामी वास्तवमा आत्माहरू हौं फेरि लौकिक सम्बन्धमा सुख र दुःखको जीवन बितायौं। अहिले तिमी आत्माहरू त्रिकालदर्शी बनेका छौ। बाबाले नै तीनै काल र तीनै लोकलाई जान्नुहुन्छ। तिमीले पनि नम्बरवार पुरूषार्थ अनुसार जान्दछौ। पढाइको याद त रहनुपर्छ नि। अहिले स्मृति आएको छ। बाबाले सम्झाउनु भएको छ– हामी पनि मूलवतनमा रहनेवाला हौं, अहिले हामी त्रिकालदर्शी बनेका छौं। तिमी जान्दछौ– यस ड्रामाको हामी मुख्य पात्र हौं। सारा ड्रामाको ज्ञान तिम्रो बुद्धिमा अहिले छ। स्मृति आएको छ– हामी आधा कल्प सुखधाममा रहन्छौ। वहाँ रावण हुँदैन। हामी आत्माहरूले पूरा ८४ जन्मको चक्र लगाउँछौं। अहिले बाबा सम्मुख बस्नुभएको छ। हजुरको श्रीमतमा चलेर हामी हजुरको साथमा जान्छौं। जति हुन सक्छ हजुरलाई याद गर्छौं। तिमी बच्चाहरूको सारा दिनमा यो नै ख्याल चल्नुपर्छ, किनकि त्रिकालदर्शी बनेका छौ। सर्वोच्च हुनुहुन्छ भगवान । उहाँको साथमा तिमी बच्चाहरू पनि सबैभन्दा माथि रहन्छौ। अहिले तिमी बच्चाहरूलाई घरको याद आएको छ। हामी पवित्र बनेर आफ्नो परमधाम घरमा जान्छौं। बाबा शिवको पूजा हुन्छ भने शालिग्रामहरूको पनि पूजा हुन्छ। बाबा नै आएर आत्माहरूलाई पावन बनाउनु हुन्छ। आत्माहरूलाई पवित्र बनाउने एक बाबा नै हुनुहुन्छ, अरु कसैले बनाउन सक्दैन। अहिले तिमीले सारा ड्रामाको खेल जानिसकेका छौ। बुझेका छौ– यहाँ नै यो खेल बनेको छ। त्यसैले अहिले तिमी बच्चाहरूलाई बाबाले सम्मुखमा बसेर सम्झाउनु हुन्छ। हरेक जीवको आत्माले जान्दछ– बाबा ज्ञानको सागर हुनुहुन्छ। उहाँलाई भक्ति मार्गमा बोलाउँदै आएका छन् र प्रतिज्ञा गर्दै आएका छन्। बाबा हजुर आउनुभयो भने हामी हजुरको मतमा अवश्य चल्नेछौं। यो कुनै लौकिक सम्बन्धको कुरा होइन। तिमीले देही-अभिमानी बनेर यो ख्याल राख्नु छ, हामी एक बेहदको बाबाको श्रीमतमा चल्नु छ। उहाँलाई नै मान्नु छ। उहाँले धेरै सहज सम्झाउनु हुन्छ। तिम्रो अब ज्ञानको तेस्रो नेत्र खुलेको छ। यो ज्ञान तिमीलाई यहाँ छ। मूलवतनमा बाबा र बच्चाहरू रहन्छन्। वहाँ यो कसैलाई थाहा हुँदैन। अहिले बाबाले तिमी बच्चाहरूलाई आफ्नो अन्त दिनुहुन्छ। उहाँ नै ज्ञानको सागर हुनुहुन्छ, अरु कुनै सत्संगमा यस्तो भनिँदैन– बाबाले हामी आत्माहरूलाई पढाउनु हुन्छ। यो तिमीले जान्दछौ। घरी-घरी तिमीलाई भन्नु पर्ने हुन्छ– देही-अभिमानी बन। आत्मा यस ड्र«ामामा कलाकार हो, पार्ट खेल्छ। हामी आत्माहरूले चोला लिएका छौं। ती कलाकारहरूले कपडा बदल्छन्। 

तिमी आत्माहरू निराकारी दुनियाँबाट यहाँ आएर यो शरीर रुपी चोला लिन्छौ। उनीहरूले केवल आफ्नो कपडा बदल्छन्। हामी आत्माहरूलाई बाबाले फेरि आएर राजयोग सिकाइरहनु भएको छ। अब तिमी बच्चाहरूले बुझेका छौ– बाबा आउनु भएको छ, हामी बच्चाहरू अवश्य उहाँको सहयोगी बन्नु छ। पवित्र बनेर सारा दुनियाँलाई पवित्र बनाउँछौं। हामी श्रीमतमा नै चल्नु छ। श्रीमतले भन्छ– बाबालाई याद गर्नु छ। जसले गर्छ, उसले पाउँछ। सबैले त आएर पुरूषार्थ गर्दैनन्। जसले कल्प पहिले पुरूषार्थ गरेका छन्, उनीहरूले नै गर्छन्। अब फर्केर जानु छ यसैले पुरूषार्थ गरेर पवित्र अवश्य बन्नु छ। हामी माथि मूलवतनमा रहनेवाला हौं। सबैभन्दा पहिले हामी नै स्वर्गमा आएका थियौं फेरि सींढी तल झर्दै आयौं। बाबाले तिमीहरूलाई नै सम्झाउनु हुन्छ। यहाँ नै आउनुहुन्छ। याद पनि यहाँ नै गर्छन्– आएर हामीलाई पावन बनाउनुहोस्। शरीर धारण गरेर हामीलाई श्रेष्ठ कर्म सिकाउनुहोस्। शरीरको नाम पनि गायन छ। यो भाग्यशाली रथ हो। बाबाले पनि भन्नुहुन्छ– म साधारण तनमा प्रवेश गर्छु। पहिले पनि भनेको थिएँ। तिमी बच्चाहरूलाई स्मृति आएको छ– वास्तवमा ५ हजार वर्ष पहिले पनि बाबाले यही भन्नुभएको थियो, अरु कसैले यो कुरा बताउन सक्दैन। बाबाले नै भन्नुहुन्छ– ५ हजार वर्ष पहिले पनि मैले यस शरीरमा आएर तिमीलाई सम्झाएको थिएँ। अब फेरि तिमी बच्चाहरूलाई भन्छु– आत्म-अभिमानी बन। जसरी नाटक खेल्नेलाई याद रहन्छ नि– मैले कुनचाहिँ वस्त्र पहिरिएर, के-के पार्ट खेल्नु छ। तर उनीहरू त हुन्छन् देह-अभिमानी। यो हो बेहदको कुरा। देही-अभिमानी बन्नु छ। हामी वास्तवमा आत्मा नै हौं। अब हाम्रो पार्ट पूरा हुन्छ। बाबा सम्मुखमा बसेर सबै कुरा तिमीलाई सम्झाउनु हुन्छ, यो भुल्नु छैन। मायाले कति विघ्न पार्छ। बाबा सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! तिमीले कुनै पनि विकर्म गर्नु छैन। मनसा तूफान त धेरै आउँछन्। आफ्नो परीक्षा लिनु छ। मेरा कर्मेन्द्रियहरू चलायमान त हुँदैनन्? मैले कामलाई जित्न सक्छु? तिम्रो लागि त धेरै सहज छ। हामी आत्मा हौं, एक बाबाका बच्चा हौं। बाबासँग नै योग लगाउनु छ। कर्मेन्द्रिय चलायमान हुनु, यो पनि देह-अभिमान भयो नि। तिमी कसैसँग पनि डराउनु छैन। निर्भय बन्नु छ। जहाँ जाँदा पनि साक्षी भएर हेर, म त आत्मा हुँ। यस खेललाई तिमीले पूरा जानिसकेका छौ। सर्वोच्च हुनुहुन्छ बाबा, यो बुद्धिमा आएको छ, उहाँलाई बिन्दु भनिन्छ। निराकारी दुनियाँमा आत्माहरूको वृक्ष छ। बीजबाट वृक्ष निक्लन्छ फेरि नम्बरवार पातहरू निक्लन्छन्। यो पनि यस्तै हो। माथिबाट नम्बरवार आत्माहरू आउँछन्। आत्माले प्रवेश कसरी गर्छ? निक्लन्छ कसरी? यो कसैले देख्न सक्दैन। अब बाबा सम्झाउनु हुन्छ– तिम्रो आत्मा पतित बनेको छ, यसलाई पावन बनाऊ। यिनीद्वारा बाबाले बसेर सम्झाउनु हुन्छ। कुरा त कर्मेन्द्रियद्वारा गर्नुहुन्छ नि। आत्मा बिन्दु यसमा भएन भने कर्मेन्द्रियले केही पनि गर्न सक्दैन। यति सानो बिन्दु कति शक्तिशाली छ, यसमा सारा ज्ञान छ। बाबा ज्ञानको सागर हुनुहुन्छ, जसले तिमीलाई बसेर सम्झाउनु हुन्छ। उहाँमा सारा ज्ञान छ। यो पनि उहाँको पार्ट निश्चित छ। तिम्रो आत्मामा पनि ८४ जन्मको पार्ट छ। तिमीले दुःख-सुखको पार्ट खेल्छौ। दुःखमा धेरै कष्ट भोग्छौ। बाबा भन्नुहुन्छ– म त पुनर्जन्ममा आउँदिन, तिमीले ८४ जन्म लिन्छौ। मैले त लिन्न। मैले आएर तिमी बच्चाहरूलाई सहज युक्ति बताउँछु– मलाई याद गर्यौ भने पावन बन्छौ। आधाकल्प तिमी काम चितामा बसेर तमोप्रधान बनेका छौ। आत्माहरूसँग नै बाबाले कुरा गर्नुहुन्छ। आत्माका अंगहरू पहिले साना हुन्छन् फेरि ठूला हुन्छन्। आत्मा त सानो ठूलो हुँदैन। आत्माले नै भन्छ– हे पतित-पावन आउनुहोस्। आत्माले बाबालाई पुकार्छ। बाबा भन्नुहुन्छ– म कल्प-कल्प आउँछु, तिमी पतितहरूलाई पावन बनाउन। अहिले तिमी जान्दछौ आत्मा कसरी आउँछ-जान्छ। मनुष्यले धेरै टाउको दुखाउँछन्– हेरौं आत्मा कसरी निक्लन्छ, तर कसैलाई थाहा हुँदैन किनकि यो अति सूक्ष्म छ। सानो आत्मामा कति ठूलो पार्ट छ। जसरी बीजमा सारा ज्ञान हुन्छ, त्यो त भयो जड बीजको कुरा। वरको वृक्षको बीज कति सानो हुन्छ, त्यसबाट वृक्ष कति ठूलो निक्लन्छ। कलकत्ताको वरको वृक्षलाई कतिले देखेका छौ होला। धेरै ठूलो वृक्ष छ। अब त्यसको जरा सबै सडिसकेका छन्। बाँकी वृक्ष खडा छ। यो पनि यस्तै हो। देवता धर्मको फाउन्डेशन नै छैन। वृक्षको पनि अब जीर्ण अवस्था छ। यो पनि तिमीले जान्दछौ, त्यसैले त सरकारलाई पनि भन्छौ– हामीले यति समयमा दुनियाँलाई पावन बनाएर देखाउँछौं। मनुष्यले यी कुरालाई बुझ्दैनन्। तिमीलाई त निश्चय छ– हामी यस विश्वलाई श्रेष्ठाचारी अवश्य बनाउँछौं, अनि भ्रष्टाचारी दुनियाँको विनाश हुन्छ। यो जुन चाहन्छन्, शान्ति होस् भनेर। आत्मा पार्ट बजाउँदा-बजाउँदा थाकिसकेको छ यसैले पुकार्छन्– हे शान्तिदेवा। यो कहाँ सम्झन्छन् र– आत्मा शान्त स्वरुप छ। तर यहाँ आत्मालाई कर्मेन्द्रियद्वारा कर्म त अवश्य गर्नु नै छ। शान्ति दिनुहोस् भन्छन्। यो कसैलाई थाहा छैन शान्तिधाम अलग हो, सुखधाम अलग हो। सुखधाममा धेरै कम मनुष्य हुन्छन्। त्यो हो नै पावन दुनियाँ। वहाँ शान्ति त कसैले माग्दैन। कर्म त वहाँ पनि गर्छन्, तर वहाँ अशान्ति हुँदैन। जीवनमुक्तिधाम अथवा शान्तिधाम दुवै अलग हुन्। सत्ययुगमा जीव आत्मालाई सुख पनि हुन्छ भने शान्ति पनि हुन्छ। सदा निरोगी सम्पन्न रहन्छन्। 

अहिले तिमीले जान्दछौ– स्वर्ग केलाई भनिन्छ। दुनियाँमा यो कसैलाई थाहा छैन– स्वर्ग के हो? यी लक्ष्मी-नारायण बच्चा हुन् नि। यी बच्चाहरूलाई पनि सुख कसले दियो? सुख दिनेवाला कोही त छ नि। के यिनको राज्य फेरि आउँछ? स्वर्ग अवश्य फेरि दोहोरिन्छ। स्वर्गमा छँदा वहाँ यस्तो भनिँदैन– नर्क फेरि दोहोरिन्छ। अहिले भन्छौ– पवित्रता, सुख-शान्तिको नयाँ दुनियाँ फेरि दोहोरिन्छ। यो पुरानो दुनियाँ त दुःखधाम हो, यसलाई आइरन एज भनिन्छ। नयाँ दुनियाँ पनि त थियो नि। त्यसलाई स्वर्ग भनिन्छ। यो ज्ञान तिम्रो बुद्धिमा बसेको छ। वास्तवमा हामी फेरि देवी-देवता बनिरहेका छौं। तिम्रो लक्ष्य-उद्देश्य नै यो हो। हामी फेरि स्वर्गको बादशाही लिन्छौं। बेहदको बाबाबाट वर्सा अवश्य पाउँछौं। यो राम्रोसँग याद गर्नु छ। हामी आत्माहरू वहाँ रहन्छौं, फेरि हामी यहाँ आएका छौं, पार्ट खेल्न। अब स्मृति मिलेको छ– ८४ जन्म कसरी लिन्छौं? बाबाले सम्झाउनु हुन्छ पनि तिमी ब्रह्मा मुखवंशावली ब्राह्मणहरूलाई। ब्राह्मण नबनेसम्म, प्रजापिता ब्रह्माका बच्चा नबनेसम्म शिवबाबासँग वर्सा कसरी लिन सक्छौ? प्रजापिता ब्रह्मा त प्रख्यात छन् नि। ब्रह्माद्वारा नयाँ दुनियाँको स्थापना गर्छु। त्यसैले नयाँ दुनियाँको राज्य पनि उनलाई मिलेको थियो। ५००० वर्ष पहिले पनि ब्रह्माद्वारा विष्णुपुरीको स्थापना गरेको थिएँ। अब फेरि दोहोरिन्छ। यसको लागि तिमीले तयारी गरिरहेका छौ। कति बच्चाहरूले सोद्धछन्– ड्रामालाई ठूलो मानौं वा पुरूषार्थलाई? सम्झाइन्छ– पुरूषार्थ त अवश्य गर्नु नै छ। पुरूषार्थ विना प्रारब्ध कसरी मिल्छ? पूरा पुरूषार्थ गर्नु छ। कसैले राम्रोसँग पुरूषार्थ गर्छन् भने सम्झाइन्छ– ड्रामा अनुसार यिनको पुरूषार्थ राम्रो चल्छ। पद पनि राम्रो पाउँछन्। यिनको पुरूषार्थ धेरै तीव्र चल्छ। फेरि चल्दा चल्दै कसैको पद कम पनि हुन्छ। ब्राह्मणीहरूले जान्दछन्– ब्राह्मणीको पासमा आउनेहरूले पनि जान्दछन्। फलानो धेरै राम्रो थियो। आजकल आउँदैन। भन्छन्– मेरो बुद्धिमा खोई किन बस्दैन, बाबालाई मैले याद नै गर्न सक्दिनँ। अब म चल्न सक्दिनँ। उच्च लक्ष्य छ। यस्तो-यस्तो लेख्छन्। मूल कुरा हो निर्विकारी बन्नु। विकारलाई छोड्नु धेरै मुश्किल छ। तिमीले जान्दछौ– ड्रामा अनुसार कल्प पहिले जस्तै यिनको अवस्था यस्तै चल्दै आइरहेको छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) यस बेहदको खेललाई साक्षी भएर हेर्नु छ। कसैसँग पनि डराउनु छैन। निर्भय बन्नको लागि “म आत्मा हुँ” यो पाठलाई पक्का गर्नु छ।

२) आफ्नो जाँच गरेर स्वयंको परीक्षा लिनु छ– कुनै पनि कर्मेन्द्रिय चलायमान त हुँदैनन्? काम विकारमाथि विजय पाएको छु? देही-अभिमानी कहाँसम्म बनेको छु?

वरदान:

स्वयंको स्मृतिमा रहेर आफ्ना हरेक कर्मलाई संयम (नियम) बनाउने अथोरिटी स्वरुप भव:-  

जसरी साकार बाबाले स्वयंको स्मृतिमा रहेर जुन कर्म गरे, त्यही ब्राह्मण परिवारको संयम बन्यो। स्वयंको नशामा रहनाले अथोरिटीसँग भन्दथे– यदि साकारद्वारा कुनै उल्टो कर्म भयो भने पनि बाबाले त्यसलाई सुल्टो बनाइदिनुहुन्छ। स्वयंको स्वरुपको स्मृतिमा रहनाले यो नशा रहन्छ– कुनै पनि कर्म उल्टो हुनै सक्दैन। तिमी बच्चाहरू पनि जब स्वयंको स्थितिमा स्थित रहन्छौ भने जुन संकल्प चल्छ, जुन बोली बोल्छौ वा कर्म गर्छौं, त्यो नै संयम (नियम) बन्छ।

स्लोगन:

पवित्रताको पिल्लर मजबुत बनायौ भने यसले लाइट हाउसको काम गरिरहन्छ।   



***OM SHANTI***

Google+ Followers