BK Murli 15 July 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 15 July 2016 Nepali

    ३१ आषाढ शुक्रबार 15.07.2016 बापदादा मधुवन

    “मीठे बच्चे– यादको यात्रामा कहिल्यै नथाक, देह-अभिमानको तुफानले थकाउँछ, देही-अभिमानी बन्यौ भने थकाइ दूर हुन्छ।”  

    प्रश्न:

    कुनचाहिँ संस्कारले २१ जन्मको श्रेष्ठ तकदिरलाई बिगार्छ?

    उत्तर:

    यदि कसैमा रिसाउने संस्कार छ, बाबासँग वा पढाइसँग रिसाउँछन् भने २१ जन्मको तकदिर बिग्रिन्छ। त्यसैले बाबा भन्नुहुन्छ– मीठे बच्चे, देह-अभिमान वश कहिल्यै पनि उल्टो नशा चढ्नु हुँदैन– मैले यतिलाई सम्झाएँ, यति मदत गरेँ। हेर, बाबा कति ठूलो अथोरिटी हुनुहुन्छ फेरि पनि कति निरहंकारी हुनुहुन्छ। त्यसैले बाबालाई हेर।

    गीतः–

    रात के राही थक मत जाना.......

    ओम् शान्ति।

    मीठा-प्यारा सिकीलधे बच्चाहरूले गीत सुन्यौ र जो योगयुक्त सेवाधारी बच्चा छन्, उनीहरूले यसको अर्थ पनि तुरून्तै बुझ्दछन्। हामी रातका राही अर्थात् ब्राह्मणहरूको अब रात पूरा भएको छ। भक्तिमार्गलाई रात भनिन्छ। आधाकल्पको रात समाप्त हुन्छ। हदको पनि दिन र रात हुन्छ। यो फेरि ब्राह्मणहरूको आधाकल्प दिन र आधाकल्प रात हुन्छ। यस समय जसमा बाबा आउनुहुन्छ, यहाँ अन्धकार छ। अब प्रभात हुन लागेको छ अर्थात् बिहान हुँदैछ, यो बच्चाहरूले जान्दछन्। बाबा भन्नुहन्छ– मीठा-प्यारा बच्चाहरू! यादको यात्रामा नथाक। जसरी तीर्थ यात्रा हुन्छन्, पहिले पैदल जान्थे, बिस्तारै-बिस्तारै। बीच-बीचमा बास बस्ने ठाउँ हुन्छ। थाहा हुन्छ, हामी त्यहाँ-त्यहाँ रोकिनु छ। पहिले धेरै श्रद्घाले पैदल जान्थे, त्यसमा धेरै मेहनत छ। अब यो त धेरै सजिलो छ। यसलाई भनिन्छ– सहज याद वा योग। केवल बाबालाई याद गर्नु छ। थाक्नुको मतलब नै हो देह-अभिमानी बन्नु। हो, यसमा कुनै शंका छैन, मायाको विघ्न पर्छ तर यसमा थाक्नु छैन। थाक्नाले देह-अभिमान आउँछ। बाबा भन्नुहुन्छ– शरीर निर्वाहको लागि काम त गर्नु छ, त्यसको लागि छुट्टी छ। ८ घण्टा शरीर निर्वाह, ८ घण्टा आराम, बाँकी ८ घण्टा यसमा देऊ। अहिले त पूरा ८ घण्टा कसैले दिँदैनन्। अन्त्यमा ८ घण्टासम्म रहन्छन्। चार्टलाई बढाउँदै जाऊ। यहाँ जब आएर बस्छौ तब याद दिलाइन्छ, जसलाई तिमी नेष्ठा भन्छौ। आएर बाबाको यादमा बस्छौ। यसको मतलब यो होइन– केवल यहाँ आएर यादमा बस्नु छ। यस्ता धेरै छन्, सम्झन्छन्– ५-१० मिनट योग गरेर उठौं। तर बाबा भन्नुहुन्छ– कामकाज गर्दा, कतै जाँदा-आउँदा पनि तिमी योगमा रहने गर। कतै गंगा स्नान आदि गर्न जान्छन् भने राम-राम जप्छन् नि। यहाँ तिमीले केही पनि जप्नु छैन, केवल बाबालाई याद गर्नु छ। बाबाले बच्चाहरूसँग नै कुरा गरिरहनु भएको छ। तिम्रो कल्याण यादको यात्रामा नै छ, यसमा थाक्नु छैन। यसमा तुफान धैरै आउँछन्। तुफान कुनै धूलो आदिको होइन। मायाको तुफान आउनाले बुद्घिको योग टुट्न जान्छ। 

    फेरि देह-अभिमानमा आउनाले कामकाज, बच्चाहरू याद आउँछन्। बाबा भन्नुहुन्छ– अब त यी कामकाज आदि सबै खलास हुनु छ। तिम्रा बच्चा हकदार बन्नै पाउँदैनन्। सबै खतम हुनु छ। अहिले बेहदका बाबाका वारिस यहाँ छन्। हदको वर्सा मुर्दाबाद हुन्छ। धनवानहरूले सम्झन्छन्– बच्चा ठूलो हुन्छ, विवाह गर्छ फेरि यो हुन्छ। बाबा भन्नुहुन्छ– अब यति समय छैन त्यसैले दुनियाँबाट बिल्कुल मोह हटाइदेऊ। यो त चिहान हो। कामकाजको, बच्चा आदिको चिन्तनमा लागिरह्यौ भने व्यर्थैमा आफ्नो बर्बादी गर्छौं। शिवबाबालाई याद गर्र्यौ भने उन्नति धेरै हुन्छ। देह-अभिमानमा आउनाले बर्बादी हुन्छ। देही-अभिमानी बन्नाले उन्नति हुन्छ। जति याद गर्छौ, त्यति भविष्य २१ जन्मको लागि वर्सा पाउँछौ। याद गरेनौ भने धेरै घाटा पर्छ। त्यो फेरि कल्प कल्पको लागि हुन्छ। यति ठूलो घाटाको कुरा छ। ख्याल गर्नुपर्छ– मैले पूरा वर्सा कसरी पाउन सक्छु! धनको पनि धेरै लोभ गर्नु छैन। अतिमा जानु छैन। कोही कंगाल बन्यो भने धेरै चिन्ता गर्छन्। शिव बाबालाई बिल्कुल भुल्छन्। फेरि दोष दिन्छन्– ज्ञानमा आएकोले यस्तो भएको हो। बिरामी भएको हो। यस्तो कहिल्यै सोच्नु हुँदैन। बिरामी आदि भइन्छ, त्यो त कर्मभोग हो। राम्रो हो, विकर्म विनाश हुन्छ। धर्मराजको डन्डा खानु भन्दा त बिरामी हुनु राम्रो हो नि। कर्मभोग चुक्ता गर्नु छ। यो त महारोगी शरीर हो। कति सम्हाल गरिन्छ। हिँड्दा-हिँड्दै रोकिन्छन्। हर्टफेल हुन्छन्। यस्तो पुरानो दुनियाँलाई त बुद्घिद्वारा एकदम भुल्नुपर्छ। बच्चाहरूले देख्छन्– पिताले नयाँ घर बनाउँदै छन् भने पुरानोबाट एकदम दिल हट्छ। भन्छन्– बाबा चाँडै घर बनाउनुहोस्। पुरानो घरमा धेरै दुःख छ। तिमीले पनि जान्दछौ– यो पुरानो दुनियाँ त धेरै फोहोरी छ। तिम्रो यो बेहदको संन्यास हो। उनीहरूले संन्यास गर्छन् घरबारको। त्यसलाई हदको संन्यास भनिन्छ। तिमीले संन्यास गर्छौ, विकारहरूको। बाबा भन्नुहुन्छ– देह सहित देहका जति पनि तिम्रो सम्बन्ध छ, सबैलाई तोडेर म एकलाई याद गर। यो दुनियाँ जुन यी आँखाले देख्छौ, यसलाई भुल। अहिले तिम्रो बुद्घिले जान्दछ– हामीहरूले स्वर्गको राजधानीको लागि पुरूषार्थ गरिरहेका छौं। 

    ज्ञानको तेस्रो नेत्र मिलेको छ। यो सबै चिहान हुनु छ, यससँग प्यार गर्नु छैन। आजकल मनुष्यहरूको पासमा पैसा धेरै छ त्यसैले विकार पनि बढेको छ। काम विकार कति बढेको छ। काम विकार विना रहन सक्दैनन्। ४-५ वर्ष पवित्र रहेर फेरि लेख्छन्– बाबा आज यिनलाई भूत लाग्यो त्यसैले कालो मुख बनाए। कत्रो चोट खाए! एकदम ५ तल्लाबाट गिरे। सबैभन्दा पहिलो हो देह-अभिमान। माथिबाट गिर्यो, चकनाचुर भयो। खलास, हातखुट्टा भाँचिन्छन्। फेरि पुरूषार्थ गर्नमा समय लाग्छ। यो हो सबैभन्दा ठूलो चोट, त्यसैले बाबा भन्नुहुन्छ– काम महाशत्रु हो। विकारलाई नै पतितपना भनिन्छ। भन्छन्– बाबा हामीलाई पतितबाट पावन बनाउनुहोस्। यहाँ नै सम्पूर्ण निर्विकारी थिएँ नि। पहिले निर्विकारी थियो। अहिले विकारी छ। सम्पूर्ण निर्विकारी सूर्यवंशीलाई भनिन्छ। हुन त रामचन्द्रको राज्यमा पनि विकारको कुरा हुँदैन। तर कला त कम हुन्छ। १२५० वर्ष कम भयो त्यसैले त्यो दुनियाँको तागत कम भयो नि। त्यसैले त्यसलाई सतोप्रधान फेरि सतो भनिन्छ। तिमीले चाहन्छौ– मम्मा-बाबालाई अनुसरण गरेर सूर्यवंशी महाराजा महारानी बनौं। यसमा कष्ट वा खर्च आदिको कुरा नै छैन। यसमा मुखले केही बोल्नु पनि पर्दैन। केवल याद गर्नु छ, यसैलाई सहज योग भनिन्छ। यसमा धेरै मेहनत चाहिन्छ। बाबाको अगाडि त सबै महारथी हुन्। यसमा योग पूरा चाहिन्छ तब केही तीर लाग्छ। योगबल हो नि। योगको धेरै कमी छ। विघ्न पनि योगमा धेरै पर्छन्। बेहदका बाबाले मीठा-प्यारा बच्चाहरूलाई बसेर सम्झाउनुहुन्छ। बाबासँग वा पढाइसँग कहिल्यै रिसाउनु हुँदैन। रिसायौ भने २१ जन्मको भाग्यसँग पनि रिसाउँछौ। धेरै राम्रा-राम्रा बच्चाहरू पनि रिसाउँछन्। नशा चढ्छ देह-अभिमानको। मैले यतिलाई सम्झाएको छु। देह-अहंकार आउनाले नै फेरि गिर्छन्। यसमा अहंकार आउनु हुँदैन। शिव बाबालाई कुनै अहंकार छ? कति निरहंकारी हुनुहुन्छ र हुनुहुन्छ कति ठूलो अथोरिटी। भन्नु पनि हुन्छ– म साधारण तनमा, साधारण घरमा आउँछु। 

    धनवानको घरमा कहाँ आउँछु र! त्यसैले अब बच्चाहरू ब्यूँझिनु छ। बाबाले युक्तिहरू त धेरै राम्रो बताउनुहुन्छ। तिमी बच्चाहरूबाट नै ढिलो भएको छ। ड्रामा अनुसार अझै अवस्थामा बल भरिएको छैन। पछि गएर बल भरिन्छ। हामीले सरकारलाई जानकारी गराउनेछौं– यति-यति वर्षमा स्वर्गको स्थापना हुन्छ। यो अखबार आदिमा मनुष्यहरूले पढ्छन् अनि तिमीसँग आएर सोध्छन्। केही वर्ष भित्रमा स्थापना हुन्छ त्यसैले विनाश पनि अवश्य हुन्छ। धेरै आउँछन्। यो सम्पत्ति आदि थोरै समयको लागि हो। यो सम्पत्तिलाई तिमीले कुनै सम्पत्ति कहाँ सम्झन्छौ र! तिमीले जान्दछौ– यो त थोरै दिनको लागि हो। यी भवन आदि रहनको लागि बनाइएको हो किनकि मधुबनमा धेरै बच्चाहरू आउँछन्, रिफ्रेश हुनको लागि। हेड अफिस मधुबन हो। आज तिमीले के गर्छौ, भोलि के गर्छौ। यहाँ तपस्या गर्छौ फेरि दिल्ली वृन्दावन आदिमा गएर राज्य गर्छौ। हाम्रो यादगार कसरी खडा छ, यो राम्रोसँग देखाउनु छ। जुन काम हामीले अहिले गरिरहेका छां, ५ हजार वर्ष पहिले पनि गरेका थियौं। पहिला शुरुमा शिवबाबाको मन्दिर बनाउँछन्। बाँकी देलवाडा मन्दिर आदि त पछि बनेका हुन्। बुद्घिले काम लिनु पर्ने हुन्छ। देलवाडा मन्दिरको पनि हिसाब निकाल्यो भने निस्किन सक्छ। पूरा हाम्रो यादगार हो। तिमीले जानेका छौ– यो स्थापनाको यादगार हो।

    तिमी मीठा-प्यारा बच्चाहरूलाई धेरै खुशी हुनुपर्छ। यो सबै सेवा बढाउने युक्तिहरू निकाल्नु छ। राम गयो रावण गयो... जसको बहु परिवार छ। रावणको हेर कति ठूलो परिवार छ। रामको कति सानो परिवार छ, गायन सही छ। तर कसैले बुझ्न सक्दैन। बाबा बसेर सम्झाउनुहुन्छ तैपनि निश्चय बस्दैन। शरीर निर्वाह अर्थ पनि कर्म अवश्य तिमीले गर्नुपर्छ। हो, जो सेवाधारी बच्चाहरू छन्– पाण्डव, उनीहरूले त सरकारद्वारा पालना लिन सक्छन्। हामीले पनि उनको पालना गर्नुपर्छ। अवस्था बच्चाहरूको यस्तो हुनुपर्छ, बाबाको यादमा। यो दुनियाँको सबैथोक भुल्नु छ। यादको यात्रामा जो पक्का मस्त रहन्छ, उसको अवस्था पनि धेरै मजबुत हुन्छ। मानौं शिवबाबाको यादमा रहेर तिमीले शरीर छोड्छौ। संन्यासीहरूले ब्रह्मको यादमा शरीर छोड्छन् तर पनि वायुमण्डलमा कति सन्नाटा हुन जान्छ। बाबालाई अनुभव छ। मनुष्य मर्छन् भने घरमा सन्नाटा हुन्छ नि, यसमा पनि त्यस्तै हुन्छ। अन्त्यमा, सबैथोक भुल्दै जान्छन्। अब हामीलाई फर्केर घर जानु छ। देह-अभिमान छुट्दै जान्छ। अन्त्यमा शरीर खुशीले छोड्नुपर्छ, हर्षितमुख भएर। म कहाँ गइरहेको छु, यस्तो अवस्था जब हुन्छ तब विजय मालामा उनिन लायक बन्छौ। तिमीसँग शान्तिको करेन्ट छ। कोही पनि आउँछन्, भन्छन्– यहाँ धेरै शान्ति छ। यो हो वास्तविक शान्ति। आत्मा शरीरबाट अलग हुन्छ। तिमीले जान्दछौ– हामी आत्मा शान्त स्वरुप छौं। हामी आफ्नो स्वधर्ममा बस्छौं। कर्म विना त कोही मनुष्य रहन सक्दैन। उनीहरूले हठयोगबाट के-के गर्दैनन् र। तिमीले अहिले बुझ्दछौ– हाम्रो स्वधर्म नै शान्ति हो। यहाँ हामी आएका छौं पार्ट खेल्न। 

    अब फर्केर घर जानु छ। बाबा भन्नुहुन्छ– मलाई याद गर अनि घरलाई पनि याद गर। बाबालाई याद गर्नाले वर्सा मिल्छ। बाबा भन्नुहुन्छ– मलाई पनि घरमा याद गर। यहाँ त म अस्थायी आउँछु। तिम्रो बुद्घि शान्तिधाममा टिक्नुपर्छ– बाबाको यादमा। घरको पनि वर्सा लिनु छ नि। त्यो हो आत्माहरूको घर। यो हो जीव-आत्माहरूको घर। आफ्नो घरलाई पनि नभुल। बाबालाई पनि नभुल। बाबालाई याद गर्नाले नै पवित्र बनेर घर गइन्छ। ज्ञान धारणा गर्नाले फेरि राजाई गर्न आउँछौ नयाँ दुनियाँमा। जति हुन सक्छ अरुलाई बाटो बताउँदै जाऊ। सधैं बाबालाई हेर। तिमीले जान्दछौ– बाबाले के गर्नुभयो! सबै थोक माताहरूलाई दिनुभयो। उनैले निर्देशन दिए– सबैथोक माताहरूको सेवामा लगाऊ। एउटालाई देखेर अर्काले अनुसरण गरे। स्वाहा भए। तर फेरि टिक्न पनि सक्नुपर्यो नि। ड्रामा अनुसार भट्ठी पनि बन्नु थियो। पाकिस्तान-हिन्दुस्तान भयो। तिम्रो भट्ठी पहिला शुरु भयो नै पाकिस्तानमा। तिमीले नदीलाई पार गर्यौ– शास्त्रमा त के-के कुरा लेखिदिएका छन्। यथार्थमा त अहिले तिमीले सुन्छौ नि। फेरि कल्प पछि तिमीले नै सुन्छौ। अहिले बाबा भन्नुहुन्छ– नराम्रो न सुन, धन्दा आदि गर, तर नराम्रो नसुन। बाबा भन्नुहुन्छ– प्रत्येक कुरामा श्रीमत लेऊ। बाबा यो हालतमा मैले के गरुँ? बाबाले सबै बताइदिनुहुन्छ। कुनै पनि कुरा सोध्नु छ भने तिमी बाबाको पासमा आऊ। तिमी डराउँछौ किन? कदम-कदममा सोध्नुपर्छ। श्रीमतमा चल्नाले कदम-कदममा पदम छ। तिम्रो सेकेण्ड बाई सेकेण्ड जुन बित्दछ त्यसमा पदमको कमाई छ। त्यसैले कति कमाई भइरहेको छ? अच्छा! 

    मीठे-मीठे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) विजय मालामा उनिनको लागि यस शरीरबाट अलग हुने पूरा-पूरा पुरूषार्थ गर्नु छ। देह-अभिमानलाई छोड्दै जानु छ। यो दुनियाँलाई बुद्घिबाट भुल्नु छ।

    २) धेरै धनको लालचमा जानु छैन। बाबाको याद सिवाय अर्को कुनै चिन्तन नरहोस्। कहिल्यै पनि बाबासँग वा पढाइसँग रिसाउनु हुँदैन।

    वरदान:

    मनमनाभवको स्थितिद्वारा मनको भावलाई जान्ने सफलता स्वरुप भव:-   

    जुन बच्चाहरू मनमनाभवको स्थितिमा स्थित रहन्छन्, उनीहरूले अरुको मनको भावलाई जान्न सक्छन्। बोली जस्तो भए तापनि उसको भाव के हो, त्यसलाई जान्ने अभ्यास गर्दै जाऊ। हरेकको मनको भावलाई बुझ्नाले उनीहरूको जुन चाहना वा प्राप्तिको इच्छा छ, त्यो पूरा गर्न सकिन्छ। यसबाट उनीहरू अविनाशी पुरूषार्थी बन्छन् फेरि सेवाको सफलता थोरै समयमा धेरै देखिन्छ र तिमी पुरूषार्थी स्वरुपको बदला सफलता स्वरुप बन्छौ।

    स्लोगन:

    सुत्ने समयमा सबैथोक बाबालाई सुम्पिएर खाली होऊ अनि व्यर्थ वा विकारी स्वप्न आउँदैनन्।  



    ***OM SHANTI***