BK Murli 17 July 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 17 July 2016 Nepali

    ०२ श्रावण आइतबार 17.07.2016 बापदादा मधुवन

    हर ब्राह्मण चैतन्य तारा मण्डलको सृंगार


    आज ज्ञान सूर्य, ज्ञान चन्द्रमा आफ्नो तारामण्डललाई हेर्न आउनुभएको छ। सिताराहरूको बीचमा ज्ञान सूर्य, ज्ञान चन्द्रमा दुवै साथमा आउनुभएको छ। त्यसो त साकार सृष्टिमा सूर्य, चन्द्रमा अनि साथमा सिताराहरू त सँगै हुँदैनन् तर यहाँ चैतन्य सिताराहरू सूर्य र चन्द्रमाको साथमा छन्। यो सिताराहरूको अलौकिक सँगठन हो। आज बापदादाले भिन्न-भिन्न सिताराहरूलाई देखिरहनु भएको छ। हरेक सितारामा आ-आफ्नो विशेषता छ। साना-साना सिताराहरूले पनि यस तारामण्डललाई धेरै राम्रो शोभनिक बनाइरहेका छन्। ठूला त ठूला छन् नै तर साना सानाहरूको चमकले सँगठनको शोभा बढिरहेको छ। बापदादा यही कुरा देखेर हर्षित भइरहनु भएको छ– हरेक सितारा कति आवश्यक छन्। सानो भन्दा सानो सितारा पनि अति आवश्यक छन्। महत्वपूर्ण कार्य गर्नेवाला हुन्। आज बापदादाले हरेकको महत्वलाई देखिरहनु भएको थियो। जसरी हदको परिवारमा माता पिताले हरेक बच्चाको गुणको, कर्तव्यको, चाल-चलनको कुरा गर्छन्। त्यसैगरी बेहदको माता-पिता, ज्ञान सूर्य र चन्द्रमा बेहदको परिवार वा सबै सिताराहरूको विशेषताहरूको कुरा गरिरहनु भएको थियो। ब्रह्मा बाबा वा चन्द्रमा आज चारैतर्फ विश्वको कुना कुनामा चम्किरहेका आफ्ना सिताराहरूलाई देखेर खुशीमा विशेष झुमिरहनु भएको थियो। ज्ञान सूर्य बाबालाई हर सिताराको आवश्यकता र विशेषता सुनाउँदै यति हर्षित भइरहेका थिए– कुरै नगर। त्यतिखेरको चित्र बुद्धियोगको क्यामराद्वारा खिच्न सक्छौ? साकारमा जसले अनुभव गर्यौ उनले त राम्रोसँग जान्न सक्छन्। चेहरा अगाडि आयो नि? के देखिइरहेको छ? यति हर्षित भइरहेका छौ जो नयनमा मोती चम्किरहेका छन्। आज जसरी जौहरीले हरेक रत्नको महत्वको वर्णन गर्छन्, त्यस्तै चन्द्रमाले हरेक रत्नको महिमा गरिरहेका थिए। तिमीले बुझेका छौ– तिमीहरू सबैको महिमा के को हुन्छ? आफ्नो महानताको महिमा जान्दछौ? 

    सबैको विशेष एक कुराको विशेषता वा महानता धेरै स्पष्ट छ। जो कोही पनि महारथी होस् वा पैदल सेना होस्। सानो सितारा होस् वा ठूलो सितारा होस्, बाबालाई जान्ने विशेषता, बाबाको बन्ने विशेषता, यो त सबैमा छ नि। बाबालाई ठूला-ठूला शास्त्रहरूका अथोरिटी, धर्मको अथोरिटी, विज्ञानको अथोरिटी, राज्यको अथोरिटी, ठूला-ठूला विनाशी टाइटल्सका अथोरिटी, उनीहरूले जानेनन् तर तिमी सबैले जान्यौ। उनीहरूले अहिलेसम्म आह्वान नै गरिरहेका छन्। शास्त्रवादीले त अहिलेसम्म हिसाब लगाइरहेका छन्। वैज्ञानिकहरू आफ्नो खोजमा यति लागिरहेका छन्, जसकारण बाबाको कुरा सुन्न र बुझ्नलाई फुर्सदै छैन। आफ्नै कार्यमा मगन छन्। राज्यको अथोरिटीज आफ्नो राज्यको कुर्सीलाई सम्हाल्नमा व्यस्त छन्। फुर्सदै छैन। धर्म नेताहरू आफ्नो धर्मलाई सम्हाल्नमा व्यस्त छन्– कहीँ हाम्रो धर्म प्रायः लोप हुन नपुगोस्। यसैगरी हाम्रो-हाम्रोमा खुब व्यस्त छन्। तर तिमीहरू सबै आह्वानको सट्टा मिलन मनाउनेवाला हौ। यो विशेषता वा महानता सबैको छ। यस्तो त सम्झदैनौ– हामीमा के विशेषता छ वा हामीमा त कुनै गुण छैन। यो त भक्तहरूको बोल हो– हामीमा कुनै गुण छैन। गुणहरूको सागर बाबाको बच्चा बन्नु अर्थात् गुणवान बन्नु। हरेकमा कुनै न कुनै गुणको विशेषता छ, बाबा त्यही विशेषतालाई देख्नु हुन्छ। बाबाले जान्नु हुन्छ– जसरी राज्य परिवारको हर व्यक्तिमा यति सम्पन्नता अवश्य हुन्छ, जसकारण ऊ भिखारी हुन सक्दैन। यस्ता गुणहरूको सागर बाबाको बच्चा कुनै पनि गुणको विशेषता विना बच्चा कहलाउन सक्दैन। सबै गुणवान हौ, महान हौ, विशेष आत्मा हौ, चैतन्य तारामण्डलको शृंगार हौ। बुझ्यौ– तिमीहरू सबै को हौ? निर्बल छैनौ, बलवान छौ किनकि मास्टर सर्वशक्तिमान हौ। यस्तो रुहानी नशा सदैव रहन्छ? रुहानियतमा अभिमान हुँदैन। स्वमान हुन्छ। स्वमान अर्थात् स्व-आत्माको मान। स्वमान र अभिमान दुवैमा अन्तर छ। सदा स्वमानको सिटमा स्थित होऊ। अभिमानको सिट छोड। अभिमानको सिट बाहिरबाट धेरै सजी-सजाऊ छ। देख्नमा आराम पसन्द, दिल-पसन्द हुन्छ तर भित्र काँडाको सिट छ। यो अभिमानको सिट यस्तो सम्झ जसरी कहावत छ– खाए पनि पछुताउने नखाए पनि पछुताउने। एक अर्कालाई देखेर विचार गर्छन्– हामी पनि चाखौं। फलाना-फलानाले अनुभव गरे भने हामीले पनि किन नगर्ने। छोड्न पनि सक्दैनन् र जब बस्छन् अनि काँडा त अवश्य लाग्छ नै। यस्तो बाहिरबाट देखावटी, धोखा दिनेवाला अभिमानको सिटमा कहिल्यै पनि बस्ने प्रयत्न नगर। स्वमानको सिटमा सदा सुखी, सदा श्रेष्ठ, सदा सर्व प्राप्ति स्वरुपको अनुभव गर। आफ्नो विशेषता, बाबालाई जान्ने अनि मिलन मनाउने यही स्मृतिमा रहेर सदा हर्षित रहने गर। जसरी सुनाएँ– चन्द्रमा सिताराहरूलाई देखेर हर्षित भइरहेका थिए, त्यसैगरी फलो फादर। अच्छा।

    यसरी सदा स्वमानको सिटमा स्थित रहने, सदा आफूलाई विशेष आत्मा सम्झेर विशेषताद्वारा अरुलाई पनि विशेष आत्मा बनाउने, चन्द्रमा र ज्ञान सूर्यलाई सदा फलो गर्ने, यस्ता वफादार, फरमानबरदार, सपूत बच्चाहरूलाई बाप-दादाको याद, प्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई यादप्यार, गुडमर्निङ्ग, नमस्ते। 

    दादीजीसँगः– तिमीले पनि सबैको विशेषताहरू देख्यौ नि। यात्रामा के देख्यौ? सानाको पनि विशेषता, ठूलाको पनि विशेषता देख्यौ नि। विशेषता वर्णन गर्नमा, सुन्नमा सबै कति हर्षित हुन्छन्। सबै हर्षित भएर सुनिरहेका थिए नि। (दादीजीले अम्बाला र फिरोजाबाद मेलाको समाचार क्लासमा सुनाउनु भएको थियो) यसैगरी सदा सबैको विशेषता कै वर्णन गर्यौ भने के हुन जान्छ? सदा जसरी विशेष कार्यमा खुशीको बाजा बज्छन् त्यसैगरी ब्राह्मण परिवारमा चारै तर्फ खुशीको नै साज बजिरहन्छ वा बाजा बजिरहन्छ। छोटो अनि मीठो सफर रह्यो। खुशीको खानी लिएर सबैलाई खुशीद्वारा मालामाल गरेर आयौ। हर स्थानको हिम्मत, उल्लास, एक अर्को भन्दा श्रेष्ठ छ। बाबाले पनि बच्चाहरूको हिम्मत र उल्लासमा हर बच्चाको महिमाको गुणहरूको पुष्प बर्साउनु हुन्छ। अच्छा! 





    पार्टीहरूको साथः– 

    १) हरेकले आफ्नो श्रेष्ठ तकदिरलाई जान्दछौ हैन? कति श्रेष्ठ तकदिर श्रेष्ठ कर्मद्वारा बनाइरहेका छौ। जति श्रेष्ठ कर्म त्यति तकदिरको रेखा लामो र स्पष्ट। जसरी हातद्वारा तकदिर हेर्दा के देख्छन्? रेखा लामो छ, बीच-बीचमा काटिएको त छैन। त्यस्तै यहाँ पनि यस्तै हुन्छ। यदि सदा श्रेष्ठ कर्म गर्नेवाला छन् भने तकदिरको रेखा पनि लामो र सदाकोलागि स्पष्ट र श्रेष्ठ हुन्छ। यदि कहिलेकाहीँ श्रेष्ठ, कहिले साधारण छ भने रेखामा पनि बीच-बीचमा कट हुँदै जान्छ। अविनाशी हुँदैन। कहिले रोकिन्छ, कहिले अगाडि बढ्छ, त्यसैले सदा श्रेष्ठ कर्मधारी। बाबाले तकदिर बनाउने साधन दिनु नै भएको छ– श्रेष्ठ कर्म। कति सजिलो छ तगदिर बनाउन। श्रेष्ठ कर्म गर अनि पद्मापदम भाग्यशाली तगदिर प्राप्त गर। श्रेष्ठ कर्मको आधार हो– श्रेष्ठ स्मृति। सर्वोच्च बाबाको स्मृतिमा रहनु अर्थात् श्रेष्ठ कर्म हुनु। यस्तो तगदिरवान हौ हैन? तकदिरवान त सबै छौ तर श्रेष्ठ छौ या साधारण, यसमा नम्बर हुन्छ। सदाको तगदिरको भाग्य खिच्यौ या छोटो खिच्यौ? लामो छ नि, अविनाशी छ नि। बीच-बीचमा खतम हुनेवाला हैन, सदा चल्नेवाला, यस्तो तगदिरवान। अहिले पनि तकदिरवान र अनेक जन्म पनि तगदिरवान। 

    २) सबै आफूलाई यस ड्रामा भित्र बाबाको साथ स्नेही र सहयोगी आत्माहरू हौं, यस्तो सम्झेर चलिरहेका छौ? हामी आत्माहरूलाई यति श्रेष्ठ भाग्य मिलेको छ। यो अक्यूपेशन सदा याद रहन्छ? जसरी लौकिक अक्यूपेशनवाला आत्माको साथमा कार्य गर्ने वालालाई पनि कति उच्च सम्झन्छन् तर तिम्रो पार्ट, तिम्रो कार्य स्वयं बाबाको साथमा छ। कति श्रेष्ठ पार्ट भयो। यस्तो सम्झन्छौ? पहिला त केवल पुकार गर्दथ्यौ– केही क्षणको लागि दर्शन मिलोस्। यही इच्छा राख्थ्यौ नि। अधिकारी बन्ने इच्छा वा संकल्प त सोच्न पनि सक्दैनथ्यौ। असम्भव सम्झन्थ्यौ तर अहिले जुन असम्भव कुरा थियो त्यो सम्भव र साकार भयो। यो स्मृति रहन्छ? सदा रहन्छ वा कहिलेकाहीँ? यदि कहिलेकाहीँ रहन्छ भने प्राप्ति के गर्छौ? कहिलेकाहीँ राज्य मिल्छ। कहिले राजा बन्छौ कहिले प्रजा बन्छौ। जो सदा सहयोगी हुन्छ ऊ नै सदाको राजा हुन्छ। अधिकार त अविनाशी अनि सदाकालको हुन्छ। जति समय बाबाले ग्यारेण्टी दिनुभएको छ, आधाकल्प त्यसमा सदाकाल राज्य पदको प्राप्ति गर्न सक्छौ। तर राजयोगी छैनौ भने राज्य पनि हुँदैन। जब चान्स सदाको छ भने थोरै समयको किन लिन्छौ। अच्छा! 

    ३) संगमयुगलाई नवयुग पनि भन्न सक्छौ किनकि सबैथोक नयाँ हुन जान्छ। नवयुग वालाहरूको हर समयको हरेक चाल नयाँ। उठ्ने पनि नयाँ, बोल्ने पनि नयाँ, हिड्ने पनि नयाँ। नयाँ अर्थात् अलौकिक। नयाँ तात, नयाँ बात, सबै नयाँ भयो नि। स्मृतिमा नै नवीनता आयो। जस्तो स्मृति त्यस्तो स्थिति भयो। कुरा पनि नयाँ, मिल्नु पनि नयाँ, सबै नयाँ। देख्दा पनि आत्मा, आत्मालाई देख्छौ! पहिला शरीरलाई देख्दथ्यौ, अहिले आत्मालाई देख्छौ। पहिला सम्पर्कमा आउँदा कोही विकारी भावनाले आउँथे। अहिले भाइ-भाइको दृष्टिबाट सम्पर्कमा आउँछौ। अहिले बाबाको साथी बन्यौ। पहिला लौकिक साथी थियौ। ब्राह्मणहरूको भाषा पनि नयाँ। तिम्रो भाषा दुनियाँवालाले बुझ्न सक्दैनन्। यदि भगवान आउनुभएको छ भन्यौ भने पनि आश्चर्य खान्छन्, बुझ्दैनन्। भन्छन् यो के भन्दैछौ! तिम्रो सबै कुराहरू नयाँ छन् त्यसैले हर सेकेण्ड आफूमा पनि नवीनता ल्याऊ। जुन एक सेकेण्ड पहिलाको अवस्था थियो त्यो अर्को सेकेण्डमा नहोस्, त्यो भन्दा अझै राम्रो होस्। त्यसलाई भनिन्छ फास्ट पुरूषार्थ। जो कहिले चढती कलामा, कहिले रुकती कलामा आउँछ उसलाई नम्बरवन पुरूषार्थी भनिदैन। नम्बरवन पुरूषार्थको निशानी हो हर सेकेण्ड, हर संकल्प चढ्ती कला। अहिले ८० प्रतिशत छ भने सेकेण्ड पछि ८१ प्रतिशत, यस्तो होइन ८० को ८० नै रहोस्। चढ्ती कला अर्थात् सदा अगाडि बढ्दै रहनु। ब्राह्मण जीवनको कार्य नै हो बढ्नु र बढाउनु। तिम्रो चढ्ती कलामा सबैको भला हुन्छ। यति जिम्मेवारी छ तिमीहरू सबै माथि। अच्छा– ओम् शान्ति। 


    वरदान:

    व्यर्थको लिकेजलाई समाप्त गरेर समर्थ बन्ने कम खर्च बालानशीन भव:-  

    संगमयुगमा बापदादाद्वारा जुन खजाना मिलेको छ ती सबै खजानाहरूलाई व्यर्थ जानबाट बचायौ भने कम खर्च बालानशीन बन्नेछौ। व्यर्थबाट बचाऊ गर्नु अर्थात् समर्थ बन्नु। जहाँ समर्थी छ त्यहाँ व्यर्थ जाओस्– यो हुन सक्दैन। यदि व्यर्थको लिकेज छ भने जति पुरूषार्थ गरे पनि, मेहनत गरे पनि शक्तिशाली बन्न सक्दैनौ त्यसैले लिकेजलाई चेक गरेर समाप्त गर्यौ भने व्यर्थबाट समर्थ हुन्छौ।

    स्लोगन:

    प्रवृत्तिमा रहेर सम्पूर्ण पवित्र रहनु– यही योगी वा ज्ञानी आत्माको चुनौती हो।   

      

    ***OM SHANTI***