BK Murli 19 July 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 19 July 2016 Nepali

    ०४ श्रावण मंगलबार 19.07.2016 बापदादा मधुवन

    “मीठे बच्चे– यो भारतभूमि निराकार बाबाको जन्मभूमि हो, यहाँ नै बाबा आउनुहुन्छ तिमीलाई राजयोग सिकाएर राजाई दिन, तिम्रो सेवा गर्न।”   

    प्रश्न:

    शिवबाबाले आफ्ना हरेक बच्चाहरूलाई कुनचाहिँ प्रतिज्ञा गराउनुहुन्छ?

    उत्तर:

    मीठे बच्चे! प्रतिज्ञा गर– बाबा मैले कुनै पनि विकर्म गर्ने छैन। मैले ५ विकारको दान दिन्छु। भित्र डर रहनुपर्छ– यदि मैले दान दिएर फेरि फिर्ता लिन्छु भने धेरै पाप बन्छ, जसको कडा सजायँ खानु पर्नेछ। हरिश्चन्द्रको कथा पनि यसैको बारेमा बनेको छ।

    ओम् शान्ति।

    यो हो बच्चाहरूको ईश्वरीय विद्यार्थी जीवन। बच्चाहरूले जान्दछन्– हामी उहाँको पासमा आएका छौं। उहाँले नै आएर कल्प-कल्प बच्चाहरूलाई राज्य भाग्य दिनुहुन्छ। यहाँ नै आउनुहुन्छ नि। यो भारतभूमि हो। आफ्नो भूमिको धेरै प्यार र सम्मान हुन्छ। जसरी कोही बेलायतको ठूलो मानिस यहाँ मर्छ भने उसलाई बेलायतमा लिएर जान्छन् अथवा यहाँको कोही ठूलो मानिस बेलायतमा मर्छ भने उसलाई पनि यहाँ लिएर आउँछन्। आफ्नो भूमिको मान राख्छन्। भारतलाई भनिन्छ भगवानको जन्मभूमि। यो पनि जान्दछौ– जसलाई भगवान अथवा अल्लाह, परमात्मा भनिन्छ, उहाँको सामुन्ने अहिले तिमी बसेका छौ। नाम त अवश्य हुनुपर्छ नि। अल्लाह भन्छन् तर पनि लिङ्गको पूजा गर्छन्। ईश्वर अथवा खुदा भन्छन् भने अवश्य उहाँको निशानी हुनुपर्छ नि। लिङ्गलाई सबैतर्फ पुज्दछन्। चित्रमा पनि आजकल देवताहरूको अगाडि परमपिता परमात्माको चित्र लिङ्ग देखाइन्छ। उहाँ हुनुहुन्छ सबैभन्दा उच्च, उहाँको आफ्नो शरीर छैन, त्यसैले निराकार भनिन्छ। साकार हुनुहुन्न। अहिले तिमी बच्चाहरूले जान्दछौ– हामी उहाँको सामुन्ने कल्प-कल्प हाजिर हुन्छौं– शिक्षा लिनको लागि। भगवानुवाच छ भने अवश्य राजयोग सिकाउनुहुन्छ। विद्यार्थीहरूलाई राजयोग सिकाउनुभएको थियो र उनीहरू राजा-रानी बनेका थिए। लडाईं आदिको त कुरा होइन। यी लक्ष्मी-नारायण आदिले लडाईंबाट बादशाही कहाँ पाएका हुन् र! बिलकुल होइन। दुनियाँले बिलकुल जान्दैनन्– सत्ययुगमा यिनीहरूले राजाई कसरी पाए? अहिले तिमी बच्चाहरू बुझेका छौ– हामीले बाबाबाट राज्य लिइरहेका छौं। हामी उहाँको सम्मुख बसेका छौं। उहाँ नै बाबा हुनुहुन्छ, कृष्ण होइनन्। कृष्ण त साना बच्चा हुन्, उनी हुन् रचना। अहिले कृष्णले आफ्नो पद लिइरहेका छन्, जो फेरि भविष्यमा कृष्ण कहलाउँछन्। यो हो सारा पढाइको कुरा। 

    तिमीले जान्दछौ– बाबाले हामीलाई राजयोग सिकाउनुहुन्छ। जसरी मनुष्यले मनुष्यलाई वकिल, इन्जिनियर आदि बनाउँछन्। हुन् त मनुष्य नै। तिमीले बुझेका छौ– हामी पनि मनुष्य हौं, तर हामी पतित छौं। अहिले बाबाले पावन पनि बनाउनुहुन्छ र हामीलाई वर्सा पनि दिनुहुन्छ। पावन दुनियाँ त नयाँ दुनियाँ नै हो। नयाँ दुनियाँमा हुन्छ नै राजाई। अहिले तिमी बाबाको सम्मुख बसेका छौ। जसरी लौकिक पिताले बच्चाहरूलाई प्यारले बसेर सम्झाउँछन्, त्यस्तै यहाँ हुनुहुन्छ पारलौकिक विचित्र बाबा, जसको लागि तिमीले गाउँदै आएका थियौ– त्वमेव माताश्च पिता...... यस समय तिमीले जान्दछौ– उहाँले आफ्नो पार्ट खेल्नुहुन्छ, जसको भक्तिमार्गमा हामी गायन गर्छौं। तिमी भन्छौ– हामी शिवबाबाको पासमा आएका छौं। चिट्ठी पनि लेख्छौ– शिवबाबा मार्फत (केयर अफ) ब्रह्मा। कसैलाई तिमीले चिट्ठी देखायौ भने आश्चर्य मान्छन्– शिवबाबा मार्फत ब्रह्मा, यस्तो त कहिल्यै सुनेका पनि थिएनौं। शिवबाबाले ब्रह्मामा आएर विष्णुपुरीको स्थापना गरिरहनु भएको छ, सामुन्ने खडा छन्। माथि हुनुहुन्छ शिवबाबा। शिवबाबाले ब्रह्माद्वारा स्थापना गर्नुभएको थियो, अब फेरि पनि गरिरहनु भएको छ। यो हो प्रवृत्ति मार्ग। राजविद्यामा पनि कानुन पढाउँछन् भने मेल फिमेल दुवैले पढ्छन्। फिमेल पनि न्यायाधीश, वकिल, डाक्टर आदि बन्छन्। यो पनि प्रवृत्ति मार्ग हो। संन्यासीहरूको हो निवृत्ति मार्ग, त्यो बेग्लै हो। यो पनि बाबाले सम्झाउनुभएको छ– शंकराचार्य यदि नआएको भए पवित्रताको अंश पनि रहँदैनथ्यो। विश्व बिलकुलै जलेर मथ्र्यो। यो निश्चित छ– विश्वलाई थमाउनको लागि। भारत धेरै पवित्र थियो फेरि अपवित्र बनेको छ। अहिले भारत कति कंगाल बनेको छ। भन्छन्– सुनको लंका समुद्रको तल गयो। अब लंका त सुनको हुन सक्दैन। यी सबै कथाहरू बसेर लेखेका हुन्, जसबाट केही पनि फाइदा छैन। 

    तिमी बच्चाहरू जान्दछौ– अवश्य बाबाले हामीलाई सहज यादको बलबाट कति उच्च बनाउनुहुन्छ! बाबाले ग्यारेन्टी गर्नुहुन्छ– यदि निरन्तर याद गर्ने पुरूषार्थ गर्यौ भने विकर्म विनाश हुन्छ। भक्तिमार्गमा पनि याद गर्ने पुरूषार्थ गरेका छौ नि। किन याद गर्छन्? हामीलाई साक्षात्कार होस्। यस्तो होइन, याद गर्नाले हामीलाई कृष्णपुरीमा बादशाही मिलोस् वा हामी नरबाट नारायण बनौं। तिमीलाई पनि यो आशा थिएन हामी मनुष्यबाट देवता बनौं। गायन पनि छ– मनुष्यबाट देवता बनाउनुभयो... तिमीले देख्छौ– अवश्य कलियुग पछि सत्ययुग आउँछ। कलियुगमा यत्तिका मनुष्य छन्। सत्ययुगमा एक धर्म हुन्छ। अहिले तिमीलाई आत्मा र परमात्माको ज्ञान मिलेको छ। दुनियाँमा एक जना पनि छैन, जसलाई आत्माको ज्ञान होस्। आत्मामा ८४ जन्मको पार्ट कसरी निश्चित छ, यो कसैले पनि जान्दैनन्। यो शब्द पनि कहिल्यै कसैले सुनेका छैनन्। बाबा त ज्ञानका सागर, पतित-पावन, निराकार। तिमीले जान्दछौ– हाम्रो आत्मा अब पाप आत्माबाट पुण्य आत्मा बनिरहेको छ। सत्ययुगमा त सबै पुण्य आत्माहरू हुन्छन्। यहाँ छन् पाप आत्माहरू। यस्तो होइन धेरै दान-पुण्य गर्नेहरूलाई पुण्य आत्मा भनिन्छ। पुण्य आत्मा हुन्छन् नै सत्ययुगमा। यहाँ जो मनुष्यले दान-पुण्य गर्छन्, उनलाई पुण्य आत्मा सम्झन्छन्। वहाँ तिमीलाई दान-पुण्य आदि गर्नुपर्ने आवश्यकता नै पर्दैन। वहाँ कोही पनि गरिब हुँदैनन्। तिमी वहाँ सदाको लागि पुण्य आत्मा हुन्छौ। तिमीले तन-मन-धन सबै बेहदका बाबाको सेवाको लागि दिन्छौ, जसलाई बलिहार जानु भनिन्छ। बाबा भन्नुहुन्छ– पहिला म बलिहार जान्छु वा तिमी? बाबा भन्नुहुन्छ– पहिला तिमी बलिहार जान्छौ, तब फेरि २१ जन्मको लागि बलिहारी मिल्छ। यो कुरा तिमीले अहिले राम्ररी बुझ्दछौ, डाइरेक्ट सुन्छौ। घरमा रहन्छौ भने पनि वहाँ मुरली आउँछ। टाढैबाट सुन्छौ। अहिले त बाबाको सम्मुख बसेका छौ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म तिम्रो बाबा पनि हुँ। यहाँ कुनै अन्धश्रद्धाको कुरा छैन। बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ। 

    बाबाको बनेपछि उहाँले यो शिक्षा दिनुहुन्छ। तिम्रो बुद्धिमा अब सारा ज्ञान छ। ८४ को चक्र पनि तिमीलाई सम्झाइन्छ। जसले ८४ जन्म लिँदैनन्, उनीहरूले बुझ्दैनन्। तिमीले बुझेका छौ– अवश्य हामी ८४ को चक्र लगाएर अब फर्केर जान्छौं। बाबा भन्नुहुन्छ– तिमी आत्मा अशरीरी आएका थियौ, फेरि अशरीरी भएर फर्केर जानु छ। तिमी पवित्र बनेर जान्छौ। पवित्र बन्नको लागि तिमीले पुरूषार्थ गरिरहेका छौ। योगबल अर्थात् यादबलबाट तिमी पवित्र बन्छौ। योग शब्द शास्त्रको हो। सही शब्द हो याद। स्त्रीलाई पतिको अथवा पुरूषलाई पत्नीको याद रहन्छ नि। योगको अर्थ नै हो याद। बाबा पनि भन्नुहुन्छ– म एकलाई याद गर अरुसँग बुद्धियोग तोडेर म आफ्नो बाबासँग बुद्धियोग जोड। याद गर। जति याद गर्छौ, त्यति तिम्रो विकर्म विनाश हुन्छ। अवश्य तिमीलाई कल्प-कल्प वर्सा मिल्छ। शिवजयन्ती पनि प्रसिद्ध छ। जसरी बुद्ध, क्राइष्ट आदिको जयन्ती हुन्छ, त्यस्तै निराकार शिवको पनि जयन्ती हुन्छ। उहाँ सर्वोच्च हुनुहुन्छ। कृष्ण जयन्ती पनि प्रसिद्ध छ। तर उनले आएर के गर्छन्, यो कसैलाई पनि थाहा छैन। कृष्ण सत्ययुगका राजकुमार थिए। अवश्य उनलाई कसैले यस्तो कर्म सिकाएको हुनुपर्छ, जसद्वारा सत्ययुगका राजकुमार बने। सानो बच्चा त पवित्र नै हुन्छ। वहाँ विकारको कुरा हुँदैन। बच्चा शुद्ध रहन्छ। भगवान त एकै निराकार हुनुहुन्छ, गड इज वन। बाँकी सारा हुन् रचना। रचनाबाट रचनालाई कहिल्यै वर्सा मिल्न सक्दैन। वर्सा बाबाबाट मिल्छ। भाइलाई भाइबाट वर्सा मिल्दैन। तिमीहरू सबै भाइ-भाइ हौ। ब्रदरहुड भनिन्छ नि। बाबा त एकै हुनुहुन्छ, वर्सा बाबाबाट मिल्छ। सबै भाइहरूका सद्गतिदाता एक बाबा हुनुहुन्छ। सबै आत्माहरूलाई बाबाबाट वर्सा मिलिरहेको छ। बाबा भन्नुहुन्छ– मैले आएर आत्माहरूलाई पढाउँछु, आत्माहरूलाई सद्गति दिन्छु। बाबा बसेर राजयोग सिकाउनुहुन्छ। यस पढाइको पद तिमीले यहाँ पाउँदैनौ। ती वकिल आदि यस जन्ममा बन्छन्, अर्को जन्म लिएर फेरि पढ्छन्। 

    तिमीले जान्दछौ– यस पढाइबाट हामीले २१ जन्मको लागि प्रारब्ध पाउँछौं। वहाँ सत्ययुगमा डाक्टर आदि कोही हुँदैनन्। वहाँ बिमारी आदि नै हुँदैन। वहाँ तिमी गर्भ महलमा रहन्छौ। यहाँ गर्भ जेलमा रहन्छौ, जहाँ धेरै सजाय मिल्छ। त्यसैले त पुकार्छन्– यस जेलबाट बाहिर निकाल्नुहोस्, मैले फेरि कहिल्यै भूल गर्दिनँ। धर्मराजसँग प्रतिज्ञा गर्छन्। यहाँ तिमीले शिवबाबासँग प्रतिज्ञा गर्नु छ। बाबा मैले कहिल्यै विकर्म गर्नेछैन। ५ विकार मैले हजुरलाई दिन्छु। यो पनि बाबाले जान्नुहुन्छ– विकार यत्तिकै तुरून्तै छुट्दैन। भित्र डर रहनुपर्छ, मैले विकारको दान दिएर फेरि लिएँ भने धेरै पाप लाग्छ। जसरी राजा हरिश्चन्द्रको उदाहरण छ। बाबाले जान्नुहुन्छ– यस्तो होइन, ५ विकार तुरून्तै छुट्छन्। होइन, समय लाग्छ। तिम्रो कर्मातीत अवस्था भएपछि लडाईं हुन्छ। यी ५ विकार हुन् ठूला दुश्मन। त्यसमा पनि एक मुख्य हो देह-अभिमान। त्यसको दान दिनु कति मुश्किल छ। घरी-घरी बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर। तर यो हुँदैन। देह-अभिमानी बन्नाले फेरि कामको चोट लाग्छ। देह-अभिमान सबैभन्दा तिखो छ। देही-अभिमानी बन्नमा मेहनत छ। मुख्य देह-अभिमान आउनाले नै पाप भएको हो। ५ विकारको दान दिनुपर्छ, यसमा समय लाग्छ। साजन विना सजनीहरू त जान सक्दैनन्। पहिला साजन जानुपर्छ फेरि सजनीहरू। साजन आएर सबै आत्माहरूलाई लिएर जानुहुन्छ। जबसम्म कर्मातीत अवस्था हुँदैन, तबसम्म पुरूषार्थ गर्नु छ। देह-अभिमान आउनाले नै भूल हुन्छ। भन्छन्– बाबा देह-अभिमान आउनाले विकारमा गिरेँ। तूफान त धेरै आउँछन्। विकारी संकल्प आउन सक्छन् तर कर्मेन्द्रियहरूबाट कहिल्यै कुनै पाप गर्नु हुँदैन। मायालाई जित्नको लागि कति मेहनत गर्नुपर्छ। बाबा भन्नुहुन्छ– यदि विवाहित हौ भने पवित्र रहेर देखाऊ तब संन्यासीहरूले पनि देख्नेछन्। तिम्रो आमदानी हेर कति धेरै छ। पवित्र रहेर देखायौ भने धेरै उच्च पद पाउँछौ। तिमी माथि त सबै बलिहार हुन्छन्। बाबाले पनि महिमा गर्नुहुन्छ। ठीक छ पवित्र बन तर फेरि योग पनि हुनुपर्छ। योगमा नै घरी-घरी विघ्न पर्छन्। देह-अभिमान आइहाल्छ। 

    पवित्र रहन्छौ, त्यो त ठीक छ, पवित्रताबाट नै पवित्र दुनियाँमा वर्सा पाउँछौ। तर मायाले पनि जोड लगाउँछ, मायाले धेरै युद्ध गर्छ। बाबाले सम्झाउनुहुन्छ– यो सबै हुन्छ। बहादुरी देखाउँछन् तर साथ-साथै निरन्तर याद पनि रहोस् तब नै विकर्म विनाश हुन्छ। जो बलवान बन्छन्, उनलाई मायाले पनि धेरै सताउँछ। यादमा मुश्किलले रहन सक्छन्। जो रहन सक्छन्, उनीहरूसँग अनुभव सोध्नुपर्छ– के बुझ्नुभएको छ, कसरी रहनुहुन्छ। यादमा रहनाले विकर्म विनाश हुन्छ। यो कुरा बिलकुल भिन्न र नयाँ छ। यहाँ बसेका छौ त्यसैले नशा चढेको छ। यो पनि बुझेका छौ– भगवान एउटै निराकार हुनुहुन्छ, नकि कृष्ण। वास्तवमा कृष्णको लागि शास्त्रमा यस्तो कुरा लेखेको छ– ओखलमा बाँधे, यो गरे... यो कुनै कुरा होइन। यो पनि उनको ग्लानि गर्छन्, अपमान गर्छन्। कृष्णमा त कुनै अवगुण थिएन। चञ्चलता गर्नु, यो पनि एक अवगुण नै हो। कृष्ण त बिलकुल मर्यादा पुरूषोत्तम हुन्। उनको महिमामा गायन छ– सर्वगुण सम्पन्न...। गायन गरिन्छ– गुरू ब्रह्मा, गुरू विष्णु... भन, गुरू त हाम्रो हुनुहुन्न। हामी त यिनलाई नत गुरू, न ईश्वर मान्छौं। पतित-पावन त एउटै निराकार हुनुहुन्छ नि। साकार गुरू कोही पतित-पावन हुन सक्दैनन्। यस समयमा तिमी परमपिता परमात्माको सारा जीवन कथालाई जान्दछौ। ५ हजार वर्षमा शिवबाबाको के पार्ट चल्छ– यो तिमीले जान्दछौ, बाबाद्वारा। ज्ञानका सागर त बाबा हुनुहुन्छ नि। सुख-शान्ति, आनन्दका सागर... यो महिमा उहाँको हो। पितासँग सम्पत्ति छ भने अवश्य बच्चाहरूलाई दिन्छन् नि। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) कर्मातीत अवस्था प्राप्त गर्नको लागि यी कर्मेन्द्रियहरूबाट कुनै पनि भूल गर्नु हुँदैन। पवित्र रहनुको साथ-साथै यादमा पनि मजबुत हुनु छ।

    २) सदा पुण्य आत्मा बन्नको लागि तन-मन-धनबाट बाबामा बलिहार जानु छ। एक पटक बलिहार जानाले २१ जन्मको लागि पुण्य आत्मा बन्छौ।

    वरदान:

    आफ्नो स्मृति, वृत्ति र दृष्टिलाई अलौकिक बनाउने सर्व आकर्षणहरूबाट मुक्त भव:-  

    भनिन्छ– “जस्तो संकल्प, त्यस्तै सृष्टि”। नयाँ सृष्टि रच्नको लागि जो निमित्त विशेष आत्माहरू छन्, उनको एक-एक संकल्प श्रेष्ठ अर्थात् अलौकिक हुनुपर्छ। जब स्मृति-वृत्ति र दृष्टि सबै अलौकिक हुन्छ, यस लोकको कुनै पनि व्यक्ति वा कुनै पनि वस्तुले आफूतिर आकर्षित गर्न सक्दैन। यदि आकर्षित गर्छ भने अवश्य अलौकिकताको कमी छ। अलौकिक आत्माहरू सर्व आकर्षणबाट मुक्त हुन्छन्।

    स्लोगन:

    दिलमा परमात्म प्यार वा शक्ति समाहित छ भने मनमा उल्झन आउन सक्दैन।   



    ***OM SHANTI***