BK Murli 2 July 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 2 July 2016 Nepali

    १८ आषाढ शनिबार 02.07.2016 बापदादा मधुवन

    “मीठे बच्चे– तिमीले विकारको दान दियौ भने राहुको ग्रहण उत्रिएर जान्छ, दान दियौ भने ग्रहण छुट्छ।”   

    प्रश्न:

    वृक्षपति बाबा आफ्ना बच्चाहरूमा बृहस्पतिको दशा बसाउनको लागि कुनचाहिँ स्मृति दिलाउनुहुन्छ?

    उत्तर:

    हे बच्चाहरू! तिम्रो आदि सनातन देवी देवता धर्म अति श्रेष्ठ थियो। तिमी सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण थियौ। म सागरका तिमी बच्चाहरू काम चितामा बसेर काला भएका हौ, ग्रहण लागेको छ। अब म तिमीलाई फेरि गोरो बनाउन आएको छु।

    गीतः–

    ओम् नमो शिवाए....

    ओम् शान्ति।

    यो कसको महिमा सुन्यौ? बेहदका बाबाको। सर्वोच्च बाबा परमपिता परमात्मा नै हुनुहुन्छ। लौकिक बाबाको लागि त सबैले भन्दैनन्। बच्चाहरूले जान्दछन्– सबै आत्माहरूका पारलौकिक बाबा उहाँ उच्च भन्दा उच्च हुनुहुन्छ। उहाँको नाम हो नै शिव। विना नाम रुपको त कुनै चीज हुँदैन। यस समय सबैलाई राहुको ग्रहण लागेको छ, यसैले यसलाई कलियुगी दुनियाँ भनिन्छ। दशाहरू पनि हुन्छन्। बृहस्पतिका दशा, शुक्रको दशा..... अहिले तिमीहरूमाथि छ बृहस्पतिको दशा। जसको महिमा सुन्यौ, सर्वोच्च भगवान शिवबाबा। उहाँको वास्तविक नाम हो शिव। बाँकी किसिम किसिमका अनेक नाम राखिदिएका छन्। वास्तविक नाम हो शिवबाबा। बाबा सम्झाउनुहुन्छ– म बीजरुप, चैतन्य हुँ। सत्-चित् भन्छन् फेरि भन्छन्– उहाँ सुखका सागर हुनुहुन्छ, आनन्द, शान्तिका सागर हुनुहुन्छ। महिमा सारा उहाँ एकको नै हो। महिमा गाउँछन् तर केही जान्दैनन्। एकदम पत्थरबुद्धि भएका छन्। पत्थरबुद्धि कसले बनायो? रावणले। सत्ययुगमा पारसबुद्धि थिए, आजभन्दा ५ हजार वर्ष पहिले पारसपुरी थियो। यहाँ देवी देवता रहन्थे। भारतवर्षलाई अविनाशी खण्ड भनेर गाइएको छ। यहाँ नै पारसबुद्धि देवता थिए, यस समय पत्थरबुद्धि पतित रहन्छन्। पतित कसरी बन्छन्, यो पनि बाबाले सम्झाउनु भएको छ। द्वापरबाट जब काम चितामा बसेका छन्, तब काला बन्छन्। काम अग्निमा सबै भस्म हुँदै गएका छन्। त्यसमा पनि खास यहाँको कुरा हो। यहाँ पारसबुद्धि देवताहरूको राज्य थियो, यसलाई विष्णुपुरी, रामराज्य पनि भनिन्थ्यो। यो कुरा बाबा आएर बताउनुहुन्छ। मीठा-प्यारा बच्चाहरू! जब तिमी सत्ययुगमा थियौ, सर्वगुण सम्पन्न थियौ। यो तिम्रो महिमा हो। वहाँ विकार हुँदैन। द्वापरदेखि रावण, ५ विकारको राज्य शुरु भएको हो। त्यसैले रामराज्य बदलिएर रावण राज्य हुन्छ। अहिले ग्रहण लागेको छ। बिलकुलै कालो भएको छ। बृहस्पतिको दशा सबैभन्दा राम्रो हुन्छ। बृहस्पतिको दशा सत्ययुगमा थियो। फेरि त्रेतामा शुक्रको दशा, तब दुई कला कम हुन गयो। त्यसलाई भनिन्छ नै सिल्भर एज। फेरि द्वापर, कलियुग आयो। सिँढी अर्झै आयौं, शनिको दशा भयो। यस समय सबैमा राहुको दशा छ। सूर्यलाई ग्रहण लाग्यो भने भनिन्छ दान दिएपछि ग्रहण छुट्छ। 

    अब रुहानी बाबा बच्चाहरूलाई सम्झाउनुहुन्छ– यो हो रुहानी ज्ञान। यो कुनै शास्त्रहरूको ज्ञान होइन। शास्त्रहरूको ज्ञानलाई भक्तिमार्ग भनिन्छ। सत्ययुग-त्रेतामा भक्ति हुँदैन। ज्ञान र भक्ति, फेरि हुन्छ वैराग्य अर्थात् यस पुरानो दुनियाँलाई छोड्नुपर्छ। यो हो शूद्र वर्ण। विराट् रुप देखाउँछन् ब्राह्मण, देवता, क्षत्रिय, वैश्य.... यो यहाँको नै कहानी हो। विराट् रुप बनाउँछन् पनि, तर पत्थरबुद्धिले बुझ्दैनन्। पत्थरबुद्धि किन छन्? किनकि पतित छन्। पहिले पारसबुद्धि थिए, सम्पूर्ण निर्विकारी थिए। आजभन्दा ५ हजार वर्ष पहिले स्वर्ग थियो अरु कुनै खण्ड थिएन, यो बाबाले सम्झाउनुहुन्छ। यो राजयोग कसले सिकाउँछ? शिवाचार्यले। उहाँ हुनुहुन्छ ज्ञानका सागर। कुनै मनुष्यलाई ज्ञानका सागर, सर्वका पतित-पावन भन्न सकिँदैन। सर्वका मुक्तिदाता एकै बाबा हुनुहुन्छ। बाबा स्वयं नै आउनुहुन्छ– दुःखबाट, रावणबाट मुक्त गर्न, फेरि गाइड बनेर लिएर जानुहुन्छ। उहाँलाई रुहानी पण्डा भनिन्छ। बाबा भन्नुहुन्छ– म तिमी सबै आत्माहरूका पण्डा हुँ, सबैलाई फर्काएर लैजान्छु। म जस्तो गाइड कोही हुँदैन। भन्छन् पनि– गड फादर लिबरेटर, गाइड, ब्लिसफुल... सबैमाथि दया गर्नुहुन्छ किनकि सबै सागरका बच्चा काम चितामा बसेर जलेर मरेका छन्। त्यसमा पनि खास यहाँको कुरा हो। बाबा भन्नुहुन्छ– तिमी १६ कला सम्पूर्ण, सम्पूर्ण निर्विकारी थियौ। अब काम चितामा बसेर तिमी के बनिसकेका छौ! अब फेरि बाबा आउनुभएको छ। वृक्षपति बाबा आएर मनुष्यमा बृहस्पतिको दशा बसाउनुहुन्छ। सम्पूर्ण विश्वमा यस समय राहुको ग्रहण लागेको छ। बाबा भन्नुहुन्छ– म नै आएर सारा दुनियाँको गति सद्गति गर्छु। तिमी यहाँ आएका छौ नै पारसबुद्धि बन्न। अति प्यारो बाबा हुनुहुन्छ नि– सबै आशिकहरूको माशूक एकै हुनुहुन्छ। सबै देशहरूमा लिंग (प्रतीमा) अवश्य बनाउँछन् किनकि सबैको बाबा हुनुहुन्छ नि। शिवका मन्दिर यहाँ धेरै छन्, जसलाई शिवालय भनिन्छ, रहने ठाउँ। सत्ययुगमा हुन्छन् देवी-देवता धर्मका मनुष्य तर त्यो धर्म कहिले थियो, उनीहरूको राज्य कहिले थियो.... यो थाहा छैन। सत्ययुगको आयु लामो लेखिदिएका छन्। बाबा बसेर सम्झाउनुहुन्छ– तिमी माथि अहिले बृहस्पतिको दशा बसिरहेको छ– २१ जन्मको लागि। वृक्षपति हुनुहुन्छ ज्ञानका सागर पतित-पावन, जसलाई सबैले पुकार्छन्। हजुर माता-पिता हामी हजुरका बालक... सबैले उहाँको महिमा गर्छन्। अवश्य सत्ययुग त्रेतामा सुख धेरै थियो। बाबा हेविनली गड फादर हुनुहुन्छ, स्वर्गको रचयिता हुनुहुन्छ भने अवश्य हामी पनि स्वर्गमा हुनुपर्ने हो। बाबा सम्झाउनुहुन्छ– तिमी सबै स्वर्गवासी थियौ, अहिले नर्कवासी बनेका छौ। यहाँ नै आदि सनातन देवी-देवता धर्म थियो। जसरी क्रिश्चियन धर्मका क्रिश्चियन धर्ममा नै चल्दै आउँछन्। बाबा भन्नुहुन्छ– तिमी देवी-देवता धर्मकाहरूले आफ्नो धर्मलाई किन भुलेका छौ! वास्तवमा तिमी देवी-देवता धर्मका थियौ। 

    बाबा स्मृति दिलाउनुहुन्छ– तिम्रो सबैभन्दा श्रेष्ठ धर्म, कर्म थियो। अहिले तिमी नीच, पापी, कंगाल बनेका छौ। तिमी हौ नै देवताहरूका पुजारी, फेरि आफूलाई हिन्दू किन कहलाउँछौ? भारतको यो के हाल भएको छ। जो देवता धर्मका हुन्, उनीहरू विकारी बनेका कारण आफूलाई देवता भन्दैनन्। बाबा भन्नुहुन्छ– अब यस पतित दुनियाँको अन्त्य छ, महाभारत लडार्इं पनि खडा छ। भगवानुवाच– म तिमीलाई सत्ययुगको लागि राजयोग सिकाउँछु। भगवान त एकै हुनुहुन्छ, हामी उहाँका बच्चा शालिग्राम हौं। बाबा भन्नुहुन्छ– तिमी जो पूज्य थियौ, तिमी नै पुजारी भक्त बनेका छौ। अहिले फेरि ज्ञान लिन्छौ पूज्य देवता बन्नको लागि। फेरि द्वापरदेखि पूज्यबाट पुजारी बन्छौ। तिमी पूरै ८४ जन्म लिन्छौ। जसले ८४ जन्म लिन्छन्, उनीहरू नै आएर ब्रह्माकुमार-कुमारी बन्छन्। ब्रह्माद्वारा आदि सनातन धर्मको स्थापना, यो पनि गाइएको छ। प्रजापिता छन् त्यसैले धेरै बच्चाहरू पनि हुन्छन्। उनी त अवश्य यहाँ नै चाहिन्छ। कति धेरै प्रजा छन्। यी ब्राह्मणहरू नै फेरि देवता बन्नु छ। बाबा आएर शूद्रबाट बदलेर ब्राह्मण धर्मको स्थापना गर्नुहुन्छ। यस संगममा नै आदि सनातन देवी-देवता धर्मको स्थापना हुन्छ। यो हो कल्याणकारी संगमयुग। यस लडाईंलाई नै कल्याणकारी भनिन्छ। यस विनाशपछि फेरि स्वर्गको गेट खुल्छ। तिमी यहाँ आएका छौ स्वर्गवासी बन्न वा विष्णुपुरीमा जान। तिमी बच्चाहरूमाथि अहिले अविनाशी बृहस्पतिको दशा छ। १६ कला सम्पूर्ण भनिन्छ। फेरि दुई कला कम हुन्छ तब शुक्रको दशा भनिन्छ। सत्ययुगमा बृहस्पतिको दशा हुन्छ फेरि त्रेतामा शुक्रको दशा। फेरि तल गिर्दै आयौ, मंगलको, शनिको, राहुको दशा पनि हुन्छ। जन्म-जन्मान्तर उल्टो दशाहरू फेरिदै आएका छन्। अहिले बाबाद्वारा बृहस्पतिको दशा बसेको छ। उहाँ हुनुहुन्छ बेहदका बाबा ज्ञानका सागर, पतित-पावन। उहाँ नै तिम्रो बाबा पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ, सद्गुरू पनि हुनुहुन्छ। बाँकी सबै झुटा हुन्, कसैका सद्गति गर्न सक्दैनन्। यसलाई विकारी दुनियाँ भनिन्छ। त्यो हो निर्विकारी दुनियाँ। अहिले विकारी दुनियाँमा सबै धेरै दुःखी छन्। लडाईं मारा-मारी के के भइरहेको छ, यसलाई भनिन्छ– खुने नाहेक खेल... विना कुनै कसुर के के गरिरहन्छन्। एउटै बम यस्तो गिराउँछन्, जसबाट सारा समाप्त हुन्छन्। यो त्यही संगमयुगको समय हो। तिमी देवताहरूका लागि फेरि नयाँ दुनियाँ हुनुपर्छ। बाबा भन्नुहुन्छ– मीठा प्यारा बच्चाहरू मनमनाभव। यो कुनचाहिँ बाबाले भन्नुभयो? शिवबाबाले। उहाँ त हुनुहुन्छ निराकार। हुन त निराकार त तिमी पनि हौ। तर तिमी पुनर्जन्ममा आउँछौ, म आउँदिनँ। यस समय सबै पतित छन्, एउटा पनि पावन छैन। पतित बन्नु नै छ। सतो-रजो-तमोमा झर्नै पर्छ। यस समय सारा वृक्ष जीर्ण बनेको छ। दुनियाँ बिलकुल पुरानो भएको छ। अब फेरि त्यसलाई नयाँ बनाउनुपर्छ। पतित दुनियाँमा हेर मनुष्य कति छन्। पावन दुनियाँमा धेरै कमले राज्य गर्छन्। एउटै धर्म थियो, अरु कुनै धर्म थिएन। त्यसलाई नै स्वर्ग भनिन्छ। गायन छ– घटैमा सूर्य, घटैमा चन्द्रमा...। सत्ययुगमा ९ लाख हुन्छन्, पछि फेरि वृद्धि हुन्छ। पहिले धेरै सानो फूलको वृक्ष हुन्छ, काँडाको कति ठूलो जंगल छ। दिल्लीमा मुगल गार्डेन हेर कति राम्रो छ। त्यो भन्दा ठूलो कुनै गार्डेन छैन। जंगल हेर कति ठूलो हुन्छ। सत्ययुगी गार्डेन पनि धेरै सानो छ। फेरि वृद्धि हुँदा-हुँदा ठूलो हुन जान्छ। अहिले त काँडाको जंगल भएको छ। रावण आएपछि काँडा बन्छन्। यो हो काँडाको जंगल। आपसमा लडाई गर्दा एक अर्कालाई मार्छन्। कति क्रोध छ। बाँदर भन्दा पनि खराब भनिन्छ। त्यसैले बाबा भन्नुहुन्छ– मेरा प्यारा बच्चाहरू! तिमीमाथि अहिले वृक्षपतिको दशा छ। अब दान दियौ भने ग्रहण छुट्छ। सम्पूर्ण निर्विकारी अहिले यहाँ नै बन्नु छ। फेरि यो शरीर छोडेर गएर शिवालयमा आउँछौ। शिवालयमा धेरै सुख हुन्छ। देवी-देवताहरूको राज्य हुन्छ। सत्ययुगलाई शिवालय, कलियुगलाई वेश्यालय भनिन्छ। यो वेश्यालय रावणले स्थापना गरेको हो। अब बाबा भन्नुहुन्छ– पतितबाट पावन बन्नु छ, कसरी बन्ने? के त्रिवेणीमा, गंगामा स्नान गर्नाले पावन बनिन्छ? यो त जन्म जन्मान्तर गर्दै आयौ। करोडौं मनुष्य गएर स्नान गर्छन्। धेरै नदीहरू, नाला, तलाउ आदि छन्। जहाँ पानी देख्छन् गएर स्नान गर्छन् किनकि आफूलाई पतित सम्झन्छन्। अब पारसनाथले तिम्रो पारस बुद्धि बनाइरहनु भएको छ। त्यसैले यस्तो पारसनाथ बाबालाई कति प्यारसँग याद गर्नुपर्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) यस काँडाको दुनियाँबाट फूलको बगैंचामा जानका लागि जति पनि काँडा (विकार) छन्, तिनलाई निकालिदिनु छ। पारस बनाउने बाबालाई बडो प्रेमले याद गर्नु छ।

    २) यस कल्याणकारी संगमयुगमा शूद्रबाट ब्राह्मण सो देवता बन्ने पुरूषार्थ गर्नु छ। राहुको ग्रहणलाई उतार्नका लागि विकारलाई दान दिनु छ।

    वरदान:

    पुरूषार्थ शब्दलाई यथार्थसँग प्रयोग गरेर सदा अघि बढ्नेवाला श्रेष्ठ पुरूषार्थी भव:-  

    कुनै बेला पुरूषार्थी शब्द पनि हार खानमा वा असफलता प्राप्त हुँदा राम्रो ढाल बन्छ। जब कुनै पनि गल्ती हुन्छ भने भनिदिन्छौ– म त अहिले पुरूषार्थी हुँ। तर यथार्थ पुरूषार्थीले कहिल्यै हार खान सक्दैन किनकि पुरूषार्थ शब्दको यथार्थ अर्थ हो स्वयंलाई पुरूष अर्थात् आत्मा सम्झेर चल्नु। यस्तो आत्मिक स्थितिमा रहने पुरूषार्थीहरू सदैव लक्ष्यलाई सामुन्ने राखेर चल्छन्, उनीहरू कहिल्यै रोकिँदैनन्, हिम्मत उल्लासलाई छोड्दैनन्।

    स्लोगन:

    मास्टर सर्वशक्तिमानको स्मृतिमा रहने गर– यस स्मृतिले नै मालिकपनको स्मृति दिलाउँछ।   



    ***OM SHANTI***