BK Murli 20 July 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 20 July 2016 Nepali

    ०५ श्रावण बुधबार 20.07.2016 बापदादा मधुवन

    “मीठे बच्चे– यस पुरानो दुनियाँमा मनुष्यले जुन प्रकारको आशा राख्छन्, त्यस्तो आशा तिमीले राख्नु हुँदैन, किनकि यो दुनियाँ विनाश हुँदैछ।”  

    प्रश्न:

    संगमयुगमा कुनचाहिँ आशा राख्यो भने सबै आशाहरू सदाको लागि पूरा हुन्छन्?

    उत्तर:

    मैले पावन बनेर, बाबालाई याद गरेर उहाँबाट पूरा वर्सा लिनु छ– केवल यही आशा होस्। यसै आशाद्वारा अरु सबै आशाहरू सदाको लागि पूरा हुन्छन्। आयुष्मान् भव, पुत्रवान भव, धनवान भव.... सबै वरदान मिल्छन्। सत्ययुगमा सबै कामनाहरू पूरा हुन्छन्।

    गीतः–

    तुम्हीं हो माता, तुम्हीं पिता हो....

    ओम् शान्ति।

    मीठा-प्यारा रुहानी बच्चाहरू अर्थात् आत्माहरूप्रति परमपिता परमात्माले यो सम्झाइरहनु भएको छ। तिमीले जान्दछौ– बेहदका बाबाले हामीलाई वरदान दिइरहनु भएको छ। उनीहरूले आशीर्वाद दिन्छन्– पुत्रवान भव, आयुष्मान् भव, धनवान भव। अहिले बाबाले तिमीलाई वरदान दिनुहुन्छ– आयुष्मान् भव। तिम्रो आयु धेरै लामो हुन्छ। वहाँ पुत्र पनि सुख दिनेवाला हुन्छ। यहाँ जति पनि बच्चाहरू छन्, दुःख दिनेवाला छन्। सत्ययुगमा जो बच्चाहरू हुन्छन् सुख दिनेवाला हुन्छन्। अहिले तिमी बच्चाहरू जान्दछौ– बेहदका बाबाले बेहदको वर्सा दिइरहनुभएको छ। वास्तवमा हामी आयुष्मान्, धनवान पनि बन्छौं। अहिले कुनै पनि कामना दिलमा राख्नु छैन। तिम्रा सबै कामनाहरू सत्ययुगमा पूरा हुन्छन्। यस नर्कमा कुनै पनि कामना राख्नु छैन। धनको पनि कामना नराख। धेरै धन होस्, ठूलो नोकरी मिलोस्– यो पनि धेरै इच्छा गर्नु छैन। पेटले त एक पाउ रोटी खान्छ, बढी लोभ गर्नु छैन। धन धेरै भए पनि त्यो खतम हुनु छ। बच्चाहरूले जान्दछन्– बाबाले हामीलाई स्वर्गको मालिक बनाउनुहुन्छ। अब बाबा भन्नुहुन्छ– दान दियौ भने ग्रहण छुट्छ। कुनचाहिँ दान? यी ५ विकार हुन्। यो दानमा दिन्छौ भने ग्रहण छुट्छ र तिमी १६ कला सम्पूर्ण बन्छौ। तिमीले जान्दछौ– हामीलाई सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण... यहाँ बन्नु छ। ५ विकारको दान दिनुपर्छ। बच्चाहरूलाई बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! बेहदका बाबाबाट बेहदको वर्सा लिनु छ, अरु कुनै पनि आशा नराख। बाँकी थोरै समय छ। गायन पनि छ– धेरै गयो थोरै रह्यो। यसको विनाश हुन थोरै समय बाँकी छ त्यसैले यस पुरानो दुनियाँको कुनै पनि आशा नराख। केवल बाबालाई याद गरिराख। यादद्वारा बच्चाहरू सतोप्रधान बन्नु छ। यस दुनियाँमा मनुष्यहरू जुन आशा राख्छन्, त्यस्तो कुनै आशा नराख। आशा केवल यो राख्नु छ– हामीले एक शिवबाबाबाट स्वर्गको वर्सा लिनु छ। कसैलाई पनि कहिल्यै दुःख दिनु छैन। एक-अर्कामा काम कटारी चलाउनु– यो सबैभन्दा बढी दुःख हो, त्यसैले संन्यासीहरू स्त्रीबाट अलग हुन्छन्। भन्दछन्– यिनले छोडिदिए। यस समयमा रावण राज्यमा सबै पतित, पाप आत्माहरू छन्। 

    अब समय धेरै कम छ। तिमी यदि बाबाको श्रीमतमा चलेनौ भने श्रेष्ठ बन्दैनौ। बच्चाहरू उँच भन्दा उँच बन्नु छ। त्यसैले ५ विकारको दान दिनु छ तब ग्रहण छुट्छ। सबैमाथि ग्रहचारी छ, बिल्कुलै कालो बनेका छन्। बाबा भन्नुहुन्छ– यदि मबाट वर्सा लिनु छ भने पावन बन। द्वापरदेखि तिमी पतित बन्दा-बन्दा सतोप्रधानबाट तमोप्रधान बनेका छौ। त्यसैले त गाउँछौ– पतित-पावन आउनुहोस्, आएर हामीलाई पावन बनाउनुहोस्। त्यसैले बाबाले आज्ञा गर्नुहुन्छ– प्यारा बच्चाहरू! अब पतित नबन। काम महाशत्रुलाई जित, यसैबाट तिमीले आदि-मध्य-अन्त्य दुःख पाएका छौ। बाबा भन्नुहुन्छ– तिमी स्वर्गमा बिल्कुलै पवित्र थियौ। अब रावणको मतमा तिमी पतित बनेका छौ, त्यसैले त देवताहरूको अगाडि गएर उनीहरूको महिमा गाउँछौ– हजुर सर्वगुण सम्पन्न, सम्पूर्ण निर्विकारी र हामी विकारी छौं। निर्विकारी रहँदा सुख नै सुख छ। बाबा भन्नुहुन्छ– अब म आएको छु, तिमी बच्चाहरूलाई निर्विकारी बनाउन। अब तिमी बच्चाहरूले सबै इच्छा छोड्नु छ। ठीक छ, आफ्नो काम-धन्दा गर। एक-अर्कालाई ज्ञान अमृत पिलाऊ। गाइएको पनि छ– अमृत छोडेर विष किन खाने? बाबा भन्नुहुन्छ– कुनै पनि कामना नराख। हामी यादको यात्राले पूरा सतोप्रधान बन्छौं। ६३ जन्म जुन पाप गरेका छौं, त्यो यादले नै समाप्त हुन्छन्। अब निर्विकारी बन्नु छ। चाहे मायाको तूफान आओस्, पतित बन्नु छैन। मनुष्यबाट देवता बन्नु छ। तिमी नै सतोप्रधान पूज्य देवता थियौ फेरि तिमी नै पूज्यबाट पुजारी बन्छौ। हामी निरोगी थियौं फेरि रोगी बन्छौं, अब फेरि निरोगी बनिरहेका छां। जब निरोगी थियौ, आयु लामो थियो। अब त हेर बस्दा-बस्दै मनुष्य मर्छन्। त्यसैले कुनै पनि आशा राख्नु छैन। यी सबै फोहरी आशाहरू हुन्। काँडाबाट फूल बन्नको लागि एउटै फस्टक्लास आशा छ। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने पुण्य आत्मा बन्छौ। यस समयमा सबैमाथि राहुको ग्रहण लागेको छ। सारा दुनियाँमा राहुको ग्रहण छ। फेरि हुनुपर्छ– बृहस्पतिको दशा। तिमीले जान्दछौ– हामीमाथि बृहस्पतिको दशा बसेको छ। दुनियाँ स्वर्ग थियो नि। सत्ययुगमा तिमीमाथि बृहस्पतिको दशा थियो। यस समय छ राहुको दशा। अब फेरि बेहदका बाबाबाट बृहस्पतिको दशा मिल्छ। बृहस्पतिको दशामा २१ जन्मको सुख रहन्छ। त्रेतामा हुन्छ शुक्रको दशा। जति जसले याद गर्छन्, धेरै याद गर्छन् भने बृहस्पतिको दशा रहन्छ। यो पनि सम्झाइएको छ– अब सबैलाई फर्केर घर जानु छ त्यसैले बाबालाई याद गर्दै रह्यो भने विकर्म विनाश हुन्छन् र तिमी उड्ने लायक बन्छौ। मायाले तिम्रो पँखेटा काटिदिएको छ। अहिले तिमीलाई ईश्वरीय मत मिलेको छ, जसबाट तिमी सदा सुखी बन्छौ। ईश्वरीय मतमा तिमी स्वर्गको मालिक बन्छौ। विश्वको बादशाही लिइरहेका छौ। ईश्वरीय मत मिलेको छ– बाबालाई याद गर्यौ भने अन्त मति सो गति हुन्छ। यादद्वारा नै विकर्म विनाश हुन्छन्, तिमी पवित्र बन्छौ। पवित्र आत्मा नै स्वर्गको लायक बन्छ। वहाँ तिम्रो शरीर पनि निरोगी हुन्छ र आयु पनि लामो हुन्छ। धन पनि धेरै हुन्छ। वहाँ कहिल्यै धर्मपुत्र बनाउँदैनन्। बाबा भन्नुहुन्छ– आयुष्मान् भव, सम्पत्तिवान भव। पुत्र पनि अवश्य एउटा हुन्छ। यतिबेला बाबाले सबैलाई धर्मपुत्र बनाउनुहुन्छ। त्यसैले सत्ययुगमा कुनै धर्मपुत्र हुँदैन। एक बच्चा र एक बच्ची हुन्छन्, योगबलबाट। सोध्छन्– वहाँ बच्चा कसरी पैदा हुन्छ? वहाँ हुन्छ नै योगबल। ड्रामामा निश्चित छ। सत्ययुगमा सबै योगी हुन्छन्। कृष्णलाई योगेश्वर भनिन्छ। यस्तो होइन– कृष्ण योगमा रहन्छन्। उनी त पूरा पवित्र योगी हुन्। ईश्वरले सबैलाई योगेश्वर बनाउनुभएको छ, त्यसैले भविष्यमा योगी रहन्छन्। बाबाले योगी बनाउनुभएको छ। योगीहरूको आयु लामो रहन्छ। भोगीको आयु छोटो हुन्छ। ईश्वरले बच्चाहरूलाई पवित्र बनाएर योग सिकाएर देवता बनाउनुहुन्छ, उनलाई भनिन्छ योगी। योगी अथवा ऋषि पवित्र हुन्छन्। तिमीलाई सम्झाइएको छ– तिमी राजऋषि हौ। राजयोग सिकिरहेका छौ, राजाई पद पाउनको लागि। यस समयमा बाबालाई याद गर्नु छ, यहाँ छोरा जन्मियोस् भन्ने कुनै उल्टो आशा राख्नु छैन। त्यसको लागि त विकारमा जानुपर्छ नि, काम कटारी चलाउनु पर्ने हुन्छ। देह-अभिमानीले काम कटारी चलाउँछन्, देही-अभिमानीले काम कटारी चलाउँदैनन्। बाबा सम्झाउनुहुन्छ– पवित्र बन। आत्माहरूसँग कुरा गर्नुहुन्छ– अब यो काम कटारी नचलाऊ। पवित्र बन्यौ भने तिम्रा सबै दुःख दूर हुन्छन्। तिमीलाई स्वर्गको मालिक बनाउनुहुन्छ। बाबाले कति सुख दिनुहुन्छ। बाबासँग त पूरा वर्सा लिनुपर्छ। 

    बाबा त गरिब निवाज हुनुहुन्छ। गाइएको पनि छ– सुदामाले दुई मुट्ठी चामल दिए, उनलाई महल मिल्यो। बाबाले २१ जन्मको लागि वर्सा दिनुहुन्छ। यो पनि जान्दछौ– अब सबै फर्केर जानु छ। शिवबाबाको स्थापनाको कार्यमा जसले जति पनि मदत गर्न सक्छ। घरमा युनिभर्सिटी वा हस्पिटल खोल। बोर्डमा लेख– २१ जन्मको लागि सदा स्वस्थ र सदा सम्पन्न बन्नु छ भने आएर बुझ्नुहोस्। हामी एक सेकेण्डमा सदा स्वस्थ र सम्पन्न बन्ने बाटो बताउँछौं। तिमी सर्जन हौ नि। सर्जनले बोर्ड त अवश्य लगाउँछन्, नत्र मनुष्यहरूलाई कसरी थाहा हुन्छ? तिमीले पनि आफ्नो घर बाहिर बोर्ड लगाउन सक्छौ। जो आए पनि उनलाई दुई पिताको रहस्य सम्झाऊ। हदको पिताबाट हदको वर्सा लिँदै आयां। बेहदका बाबा भन्नुहुन्छ– म एकलाई याद गर्यौ भने बेहदको वर्सा मिल्छ। प्रोजेक्टर, प्रदर्शनीमा पहिले यो सम्झाऊ– यस्तो पुरूषार्थले हामी यस्तो बन्छां। अहिले हो संगम। कलियुगबाट सत्ययुग बन्नु छ। तिमी सतोप्रधान थियौ, अहिले तमोप्रधान बनेका छौ। अब बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिमी स्वर्गको मालिक बन्छौ। शब्द नै दुइटा छन्। अल्फलाई याद गर्छौ भने बादशाही तिम्रो। यस यादद्वारा खुशी रहन्छौ। यस फोहरी दुनियाँमा कुनै पनि प्रकारको आश नराख। यहाँ तिमीले पुरूषार्थ गर्छौ– जीवन छँदै मर्नको लागि। उनीहरूले त मरेपछि भन्छन्– स्वर्गवासी भयो। तिमीले सबैलाई भन्छौ– हामीले स्वर्गवासी बन्नको लागि बाबालाई याद गर्छौं। उहाँबाट बेहदको सुख मिल्छ। बाबालाई याद गर्नाले तिमी कहिल्यै रूने-कराउने छैनौ। मायाका तूफान आउँछन् त्यसको ख्याल नगर। मायाका तूफान त आउँछन् नै। यो हो युद्ध। संकल्प-विकल्प आउँछन्, समय व्यर्थ जान्छ। तूफान त बितेर जान्छ, सदा कहाँ रहन्छ र! सबेरै उठेर बाबालाई याद गर्नु छ, बाबासँग वर्सा लिनु छ। यो धुन भित्र लागिरहोस्। बाबाले अरु कुनै मेहनत दिनुहुन्न। केवल बाबालाई याद गर्नु छ। अरु सबैलाई भुल, यी सबै मरेका छन्। आपसमा यो नै कुरा गरिराख। बाबा अब त केवल हजुरलाई नै याद गर्छु। हजुरबाट स्वर्गको वर्सा लिन्छु। समय मिलाऊ– म ३-४ बजे उठेर अवश्य बाबालाई याद गर्नेछु। चक्रलाई पनि याद राख्नु छ। बाबाले हामीलाई रचयिता र रचनाको ज्ञान दिनुभएको छ। हामीले यतिबेला यस मनुष्य सृष्टिको वृक्षलाई जान्दछौं। हामीले २१ जन्म कसरी लिन्छौं– यो बुद्धिमा छ। अब फेरि हामी जान्छौं, अनि फेरि स्वर्गमा आएर पार्ट खेल्छौं। हामी आत्मा हौं, आत्मालाई नै राज्य मिल्छ। बाबालाई याद गर्नाले वर्साको हकदार बन्छौं। यो राजयोग हो। बाबालाई याद गर्छौं। बेहदका बाबाद्वारा अनेक पटक विश्वको मालिक बनेका छौं, फेरि नर्कवासी बनेका छौं। अब फेरि स्वर्गवासी बन्छौं, एक बाबाको यादद्वारा। बाबाको यादले नै पाप भष्म हुन्छन्, त्यसैले यसलाई योग अग्नि भनिन्छ। तिमी ब्राह्मण हौ राजऋषि, ऋषि सधैं पवित्र हुन्छन्। बाबालाई याद गर्छन् र राजाईको वर्सा लिन्छन्। अब विकारको लागि कहाँ आशा राख्नु छ र! यो फोहोरी आशा हो। अब त पारलौकिक बाबाबाट वर्सा लिनु छ। बिरामी हुँदा पनि याद गर्न सक्छौ। बाबालाई पनि बच्चा प्यारो लाग्छ। बाबाले कति बच्चाहरूलाई पत्र आदि लेख्नु पर्ने हुन्छ। शिवबाबाले लेखाउनुहुन्छ। तिमीले पनि पत्र लेख्छौ– शिवबाबा केयर अफ (मार्फत) ब्रह्मा। हामी सबै शिवबाबाका बच्चा भाइ-भाइ हौं। रुहानी बाबाले आएर हामीलाई पावन बनाउनुहुन्छ, त्यसैले भनिन्छ पतित-पावन। सबै आत्माहरूलाई पावन बनाउनुहुन्छ। कसैलाई पनि छोड्दिनँ, प्रकृति पनि पावन बन्छ। तिमीले जान्दछौ– सत्ययुगमा प्रकृति पनि पावन रहन्छ। अहिले शरीर पनि पतित छ, त्यसैले त गंगामा शरीरलाई धुन जान्छन्, तर आत्मा त पावन हुँदैन। त्यो त हुन्छ योग-अग्निद्वारा। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) यस कलियुगी दुनियाँमा कुनै पनि उल्टो आशा राख्नु हुँदैन। सम्पूर्ण सतोप्रधान बन्नको लागि ईश्वरीय मतमा चल्नु छ।

    २) पावन बनेर घर जानु छ, यही एक आशा राख्नु छ। अन्त मति सो गति। मायाको तूफानमा समय गुमाउनु छैन।

    वरदान:

    आलस्यका भिन्न-भिन्न रुपलाई समाप्त गरेर सदा उल्लासमा रहने तीव्र पुरूषार्थी भव:-  

    वर्तमान समयमा मायाको आक्रमण आलस्यको रुपमा भिन्न-भिन्न तरिकाबाट हुन्छ। यो आलस्य पनि विशेष विकार हो, यसलाई खतम गर्नको लागि सदा उल्लासमा रहने गर। जब कमाई गर्ने उल्लास हुन्छ, आलस्य खतम हुन्छ। त्यसैले कहिल्यै पनि उल्लासलाई कम नगर। सोच्नेछु, गर्नेछु, गरिहाल्छु नि, भइहाल्छ नि... यी सबै आलस्यका निशानीहरू हुन्। यस्ता आलस्यका निर्बल संकल्पहरूलाई समाप्त गरेर यही सोच– जे गर्नु छ, जति गर्नु छ अहिले नै गर्नु छ, तब भनिन्छ तीव्र पुरूषार्थी।

    स्लोगन:

    सच्चा सेवाधारी ऊ हो, जसको सोचाइ र भनाइ समान हुन्छ।   



    ***OM SHANTI***