BK Murli 21 July 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 21 July 2016 Nepali

    ०६ श्रावण विहिबार 21.07.2016 बापदादा मधुवन

    “मीठे बच्चे– तिमीलाई नशा हुनुपर्छ– हाम्रो बाबा आउनुभएको छ, हामीलाई विश्वको मालिक बनाउन, हामी उहाँको सम्मुख बसेका छौं।”  

    प्रश्न:

    कर्मको गहन गतिलाई जान्ने बच्चाहरूले कुनचाहिँ पुरूषार्थ अवश्य गर्छन्?

    उत्तर:

    यादमा रहने। किनकि उनीहरूलाई थाहा छ– यादबाट नै पुरानो हिसाब-किताब चुक्ता हुन्छ। उनीहरूले जान्दछन्– आत्माले यदि पुरानो हिसाब-किताब, कर्मभोग चुक्ता गरेन भने उसले सजाय खानु पर्नेछ र पद पनि भ्रष्ट हुन्छ। पुनर्जन्म पनि त्यस्तै हुन्छ।

    ओम् शान्ति।

    बच्चाहरूलाई अपार खुशीको पारा चढ्छ, जब देख्छौ बापदादा सम्मुख आउनुभएको छ र यो पनि बच्चाहरूले जान्दछौ– ५ हजार वर्षपछि फेरि शिवबाबा ब्रह्मा तनमा आउनुभएको छ। के गर्न? बच्चाहरूलाई यो नशा चढेको छ। सबै बच्चाहरूले जान्दछन्– स्वर्गको मालिक बनाउन बाबा आउनुभएको छ। हामीलाई लायक बनाइरहनु भएको छ। हामीलाई तमोप्रधानबाट सतोप्रधान बन्ने युक्तिहरू बारम्बार बताइरहनु भएको छ। युक्ति धेरै सहज छ। बिल्कुल सहज याद बच्चाहरूलाई सिकाउनुहुन्छ। अज्ञान कालमा पिताको बच्चा हुन्छ भने सम्झन्छन्– हाम्रो वारिस पैदा भयो। तिमीले जान्दछौ– यस समय बाबा आएर हामी बच्चाहरूलाई धर्मपुत्र बनाउनुहुन्छ। हुन त तिमी सबै शिवबाबाका बच्चा हौ। तर बाबाले आफ्नो कसरी बनाउने? कसरी हामीलाई सुनाउन सक्नुहुन्छ र हामीले उहाँबाट सुन्न सक्छौं? शिवबाबाले यस ब्रह्मा तनद्वारा भन्नुहुन्छ– म तिम्रो बाबा हुँ। तिमीलाई स्वर्गको मालिक बनाउँछु। तिम्रो आत्मा जो पतित छ, ऊ न मुक्तिमा, न जीवनमुक्ति धाममा जान सक्छ। तिमीहरू सबै एक बाबाका सन्तान हौ। सबैले बाबाको सम्पत्ति लिनु छ। धेरै बच्चाहरू छन्, वृद्धि हुँदै जान्छ। गोदमा लिँदै जानुहुन्छ। हे आत्माहरू! तिमी मेरा सन्तान हौ। आफूलाई रुह आत्मा सम्झ, हामीलाई बाबा मिल्नुभएको छ, जसलाई आधाकल्प याद गथ्र्यौं। यो कहिल्यै नबिर्स। आधाकल्प आत्माले यस शरीरद्वारा याद गर्दै आयो– हे पतित-पावन, हे दुःख-हर्ता, सुख-कर्ता किनकि रावण राज्य हो नि। जसले अहिले सम्झन्छन्– हामी धेरै सुखी छौं, मसँग यति पदम छ, यति मिलहरू छन्, कारखाना आदि छन्, यो त सबै अल्पकालको लागि हो। अन्त्यमा त धेरै त्राहि-त्राहि गर्नेछन्। दुःखको पहाड गिर्नेछ। यति सारा सम्पत्ति सेकेण्डमा समाप्त हुन्छ। बाबासँग तिमीलाई सेकेण्डमा वर्सा मिल्छ। भन्नुहुन्छ– तिमीलाई सेकेण्डमा स्वर्गको बादशाही दिन्छु। यो पुरानो दुनियाँ समाप्त भएर जान्छ। लडाईं लाग्छ, प्राकृतिक प्रकोप हुनेछ। सफाई त हुनुपर्छ नि। 

    तिम्रो आत्मा पनि अब पवित्र बनिरहेको छ। बापदादा दुवैले बुझ्न सक्नुहुन्छ– बच्चाहरूले कति मेहनत गर्छन्। बाबाबाट वर्सा प्राप्त गर्ने मेहनत बिल्कुल थोरैले गर्छन्। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। उहाँ रुहानी बाबा हुनुहुन्छ निराकार, हामी आत्माहरूले उहाँलाई बोलाउँछौं नि। बाबा भन्नुहुन्छ– तिम्रो आत्मा जो पतित छ, ऊ पावन कसरी बनोस्। पतित-पावन त एक बाबा हुनुहुन्छ नि। पानीको नदी पतित-पावनी हो भने झट्ट गएर डुबुल्की लगाएर आउनुपर्छ। गंगा स्नान धेरैले गर्छन् फेरि पनि पतित किन? रात-दिन यही धुन लगाइरहन्छन्– पतित-पावन सीताराम अर्थात् सबै जो भक्त छन् अथवा सीता छन्, सबैका रक्षक एक राम परमपिता परमात्मा हुनुहुन्छ। पतित-पावन, पतिहरूका पति उहाँ नै हुनुहुन्छ। उहाँ जब आउनुहुन्छ, तब आएर पावन बनाउनुहुन्छ। अब बाबा भन्नुहुन्छ– मेरो श्रीमतमा तिमी चल्नु छ, अरु कसैको मतमा नचल। उनीहरूले त सम्झन्छन्– भक्तिबाट भगवान मिल्नुहुन्छ, यदि भक्तिबाट भगवान मिल्नुहुन्छ भने यस्तो किन भनिन्छ– भक्तहरूको रक्षा गर्न आउनुहुन्छ। भक्तहरूमा के आपद् आयो, जसकारण उनको रक्षा गर्नुहुन्छ? रक्षा तब गरिन्छ, जब कुनै आपद् आउँछ। बाबा भन्नुहुन्छ– तिम्रो कति दुर्गति भएको छ। यो हो रौरव नर्क, सबै दुःखी रोगी छन्। घर-घरमा हेर के भइरहेको छ। दुःखै दुःख, त्यसैले पुकार्छन्– बाबा हाम्रो दुःख हर्नुहोस्, सुख दिनुहोस्। यहाँ नै सदा सुख थियो, अब दुःख छ। यहाँको नै कुरा हो, अरु खण्ड त हुन् नै अलग। ती त आउँछन् नै पछि। कसैले ६० जन्म, कसैले यो भन्दा पनि कम जन्म लिन्छन्। ८४ जन्म देवता धर्मकाले लिन्छन्। यस हिसाबले आधाकल्प पछि जो आउँछन्, उनीहरूको ८४ बाट आधा जन्म लिनुपर्ने हुन्छ। यस्तो होइन सबैले ८४ को चक्र पूरा गर्छन्। मनुष्यहरूलाई त जो आउँछ, त्यो बोलिदिन्छन्। अब तिमी बच्चाहरूले बाबाद्वारा अविनाशी ज्ञान रत्नहरूले झोली भरिहेका छौ। रत्न त धेरै मूल्यवान छन्। बाबाले धेरै सहज गरेर सम्झाउनुहुन्छ। बाबा भन्नुहुन्छ– तिमीले बोलाउँदै आयौ, हे पतित-पावन आएर हामीलाई पावन बनाउनुहोस्, त्यसैले बाबा आउनुभएको छ। 

    अब तिमीले बुझेका छौ– हामी पावन बन्छां, तब स्वर्गको मालिक बन्छौं। शिवबाबाले हामीलाई पत्थरबुद्धिबाट पारसबुद्धि, पत्थरनाथबाट पारसनाथ बनाउन आउनुभएको छ। भक्तिमार्गका चित्र सबै ढुंगाका बनेका छन्। ढुंगालाई ढोगिरहन्छन्। बाबा भन्नुहुन्छ– तिमीले जति नै मेहनत गर, फाइदा केही हुनु छैन। पहिला त तिमी बलि चढ्थ्यौ। फेरि पनि के फाइदा भयो? मुश्किलले देवीको साक्षात्कार होला, फेरि जस्ताको तस्तै। पतित-पावन बाबा आउनुहुन्छ– एक पटक संगममा। सत्ययुगमा त भक्तिमार्गको कुरा नै हुँदैन। बाबाले त भन्नुहुन्न– गला काट। यो गर। भक्तिमार्गमा अनेक प्रकारले के-के गर्छन्। पहिले देवीहरूको मूर्तिमा मनुष्यको बलि चढाउँथे। बाबा भन्नुहुन्छ– तिमी सुिध्रएका थियौ त्यसैले देवता थियौ। अब कति पत्थरबुद्धि बनेका छौ। तिमीलाई स्वर्गको बादशाही दिएको थिएँ। कति सुन, हीरा-जुहारतका महल थिए, अथाह धन थियो। त्यो के गर्यौ? अब तिमी कति दुःखी बनेका छौ। तिमी वास्तवमा देवी-देवता धर्मका थियौ नि। अब तिमी रजो तमोमा आएका छौ। तिमी त देवता धर्मका थियौ फेरि आफूलाई हिन्दू किन कहलाउँछौ? अरु सबै धर्मकाले आ-आफ्नो धर्मलाई नै मान्छन्। धर्म त एकै हुन्छ नि। मुसलमानहरूको मुस्लिम धर्म, क्रिश्चियनको क्रिश्चियन धर्म चल्दै आउँछ। तिमीलाई के भयो? तिमी धेरै सुखी, पवित्र, सम्पूर्ण निर्विकारी थियौ। अहिले कति विकारी बनेका छौ। कसैलाई थाहा नै छैन– वास्तवमा हामी सम्पूर्ण निर्विकारी थियौं फेरि सम्पूर्ण विकारी कसरी बन्यौं? ८४ जन्म लिँदै सतोबाट तमो बन्यौं, अब बिल्कुलै तमोप्रधान पतित छौं। सत्ययुग हुँदै कलियुग अवश्य आउनु छ। सबै धर्मलाई सतो-रजो-तमोमा आउनु नै छ। वृद्धि हुनु छ। तिमी पनि वृक्षमा छौ नि। वृक्षमा हेर– अन्त्यमा ब्रह्मा उभिएका छन्, वृक्षको टुप्पो चोटीमा ब्रह्मा छन्। ८४ जन्म लिएर अन्त्यमा उभिएका छन्। तिमी पनि जो तल ब्राह्मण बसेका छौ, उनै फेरि अन्त्यमा पतित शूद्र बनेका छौ। फेरि तल राजयोग सिकिरहेका छौ। तिमी पनि शूद्र थियौ, अब ब्राह्मण बनेका छौ। यो धेरै बुझ्नुपर्ने कुरा हो। 

    यस वृक्षको चित्रमा धेरै राम्रो ज्ञान छ। अहिले तिमी राजयोगको तपस्या गरिरहेका छौ, तिम्रो नै यादगार खडा छ। यो चैतन्य देलवाडा मन्दिर, त्यो जड। सत्ययुगमा यो थिएन। यस समय तिमीले आफ्नो यादगार देख्छौ। तिमी यथार्थमा सच्चा-सच्चा देलवाडा मन्दिरमा चैतन्यमा बसेका छौ। स्वर्गको स्थापना भइरहेको छ। फेरि स्वर्गमा गएपछि यी मन्दिर आदि केही पनि हुँदैनन्। यी मम्मा-बाबा र हामी बच्चाहरू बसेका छौं। हुबहु यो तिम्रो मन्दिर हो। नाम नै राखिएको छ मधुबन, चैतन्य देलवाडा मन्दिर। फेरि जब भक्तिमार्ग शुरु हुन्छ, फेरि यी मन्दिर बनाउँछन्। बाबाले तिमीलाई धेरै धनवान बनाउनुभएको थियो, त्यसैले तिमीले नै फेरि उहाँको मन्दिर बनाउँछौ। शिवको मन्दिर एक जनाले मात्र बनाउँदैनन्, सबैले बनाउँछन्, यथा योग्य यथा शक्ति। 

    तिमीले जान्दछौ– हामी पूज्य थियौं फेरि द्वापरमा पुजारी बन्यौं। शिवबाबा, जसले यति धनवान बनाउनुहुन्छ, भक्तिमा फेरि तिमीले नै उहाँको मन्दिर बनाउँछौ। यी कुरालाई अहिले तिमीले नै जान्दछौ। त्यसैले अब पुरूषार्थ गरेर फेरि राजाहरूको राजा बन्नुपर्छ। सत्ययुगमा भनिन्छ महाराजा। त्रेतामा भनिन्छ राजा। फेरि दुनियाँ पतित बन्छ फेरि महाराजा पनि पतित, राजाहरू पनि पतित हुन्छन्। उनले निर्विकारी, महाराजाहरूको मन्दिर बनाएर पूजा गर्छन्। पहिला शुरुमा शिवको मन्दिर बनाउँछन् फेरि देवताहरूका बनाउँछन्, स्वयं नै मन्दिर बनाएर पुज्दछन्, ८४ जन्म त भोग्छन् नि। आधाकल्प तिमी पूज्य फेरि आधाकल्प पुजारी बन्छौ। मनुष्यले फेरि सम्झन्छन्– भगवान आफै पूज्य आफै पुजारी हुनुहुन्छ। सबैथोक उहाँले नै दिनुहुन्छ, उहाँले नै छिन्नुहुन्छ। ठीक छ, जबकि उहाँले दिनुभयो अनि लिनुभयो फेरि तिमीलाई चिन्ता किन? तिमी त ट्रस्टी भयौ। फेरि रूने के आवश्यकता छ! बाबा बसेर आत्माहरूलाई सम्झाउनुहुन्छ। अब तिमी आत्म-अभिमानी बन्छौ, नम्बरवार। कसैले त बाबालाई बिल्कुल यादै गर्दैनन्। देही-अभिमानी रहँदैनन्। यहाँ कति सम्झाइन्छ– अरे तिमी आत्मा हौ, परमात्माले तिमीलाई पढाउनुहुन्छ। आत्मामा नै संस्कार रहन्छ। आत्मा नै वकिल आदि बन्छ, आत्मा हाकिम बन्छ। भोलि के बन्छ? यदि आत्माले बाबालाई राम्रोसँग याद गरिरहन्छ भने फेरि अमरलोकमा गएर जन्म लिन्छ। मृत्युलोकमा फेरि अर्को जन्म लिँदैन। यदि केही हिसाब-किताब रहेछ भने सजाय खानुपर्छ। कर्मभोग भोगेर चुक्ता गर्नुपर्छ फेरि पद उच्च मिल्दैन। यो कर्मको गहन गति बाबाले बच्चाहरूलाई नै बसेर सम्झाउनुहुन्छ। यो पनि बच्चाहरूले जान्दछन्– सत्ययुग हो सतोप्रधान। हर चीज वहाँ सतोप्रधान हुन्छ। भन्दछन्– कृष्णले गाई पाल्दथे राजाहरूले गाई पाल्छन् र? यस्तो कुरा त हुनै सक्दैन। यो देखाउँछन्– सत्ययुगमा गाई पनि बडो फस्टक्लास हुन्छन्, उनलाई कामधेनु भनिन्छ। जगत् अम्बा सरस्वती पनि कामधेनु हुन्। 

    २१ जन्मका लागि सबैको मनोकामना पूरा गर्छिन्। तिमी पनि कामधेनु हौ। त्यही नाम फेरि यहाँका गाईलाई राखेका छन्, जसले धेरै दूध दिन्छन्। राजाहरूका घरमा बडो राम्रा फस्टक्लास गाईहरू हुन्छन्। यहाँ पनि राजाहरूको पासमा यस्ता राम्रा-राम्रा हुन्छन् भने स्वर्गमा कति सुन्दर होलान्! वहाँ कुनै दुर्गन्ध आदि बिल्कुल हुँदैन। अहिले बाबाले बच्चाहरूलाई भन्नुहुन्छ– म आएको हुँ तिमीलाई सुन्दर फूल बनाएर साथमा लैजान्छु। मलाई बोलाउँछन् नै– हे पतित-पावन आउनुहोस्। पतित दुनियाँ, पतित शरीरमा आउनुहोस्। यी हुन् पतित, उनी हुन् पावन फरिश्ता। मिलन देखाउनुहुन्छ। तिमी पनि पतितबाट यस्तो पावन फरिश्ता बन्छौ। सत्ययुगी देवताहरूलाई डीटी भनिन्छ। सूक्ष्मवतनवासी हुन् फरिश्ता। अब तिमी फरिश्ता पवित्र बन्छौ। बाबाले कति सहज शिक्षा दिनुहुन्छ। यहाँ जब आउँछन्, कुनै पनि बाहिरका मित्र-सम्बन्धी, घरबार, कामधन्दा आदि याद गर्नु छैन। बाबाको सम्मुख आएका छौ नि। यहाँ आएका नै हौ– योगको कमाई गर्न, त्यसैले यसमा लाग्नुपर्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) सजायँहरूबाट मुक्त हुनको लागि पुरानो सबै हिसाब-किताब योगबलद्वारा चुक्ता गर्नु छ। ट्रस्टी भएर सबैथोक सम्हाल्नु छ। कुनै पनि कुराको चिन्ता गर्नु छैन। आत्म-अभिमानी बन्नु छ।

    २) यो कमाईको समय हो। यसमा घरबार, कामधन्दा आदि याद गर्नु छैन। फरिश्ता बन्नको लागि एक बाबाको यादमा रहने पूरा-पूरा पुरूषार्थ गर्नु छ।

    वरदान:

    सम्पूर्ण समर्पणको विधिद्वारा सर्वगुण सम्पन्न बन्ने पुरूषार्थमा सदा विजयी भव:-  

    सम्पूर्ण समर्पण उसलाई भनिन्छ, जसको संकल्पमा पनि देहभान नहोस्। आफ्नो देहको भान पनि अर्पण गरिदिनु, म फलानी हुँ– यो संकल्प पनि अर्पण गरेर सम्पूर्ण समर्पण हुनेवाला नै सबै गुणहरूमा सम्पन्न बन्छ। उसमा कुनै पनि गुणको कमी रहँदैन। जसले सर्व समर्पण गरेर सर्वगुण सम्पन्न वा सम्पूर्ण बन्ने लक्ष्य राख्छन्, यस्ता पुरूषार्थीलाई बापदादाले सदा विजयी भवको वरदान दिनुहुन्छ।

    स्लोगन:

    मनलाई वशमा गर्नेवाला नै मनमनाभव रहन सक्छ।   



    ***OM SHANTI***