BK Murli 26 July 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 26 July 2016 Nepali

    ११ श्रावण मंगलबार 26.07.2016 बापदादा मधुवन 

    “मीठे बच्चे– तिमी बाबा समान सच्चा-सच्चा पैगम्बर वा मेसेन्जर बन्नु छ, सबैलाई घर जाने सन्देश दिनु छ।”   

    प्रश्न:

    आजकल मनुष्यको बुद्धि सारा दिन कहाँ भट्किन्छ?

    उत्तर:

    फेशनमा। मनुष्यहरूलाई आकर्षण गर्नको लागि अनेक प्रकारका फेशन गर्छन्। यो फेशन चित्रबाट नै सिकेका हुन्। सम्झन्छन्– पार्वतीले पनि यस्तै फेशन गर्थिन्, केश आदि बनाउँथिन्। बाबा भन्नुहुन्छ– तिमी बच्चाहरूले यस पतित दुनियाँमा फेशन गर्नु हुँदैन। तिमीलाई त म यस्तो दुनियाँमा लिएर जान्छु, जहाँ स्वाभाविक सुन्दरता रहन्छ। फेशनको आवश्यकता हुँदैन।

    गीतः–

    तुम्हीं हो माता पिता.........

    ओम् शान्ति।

    बच्चाहरूले गीत सुन्यौ। जब महिमा गाउँछन्, बुद्धि माथि जान्छ। आत्माले नै बाबालाई भन्छ– उहाँ नै खिवैया, पतित-पावन अथवा सच्चा-सच्चा मेसेन्जर हुनुहुन्छ। बाबा आएर आत्माहरूलाई मेसेज दिनुहुन्छ। जसलाई मेसेन्जर वा पैगम्बर भन्दछन्, कोही साना वा ठूला हुन्छन्। वास्तवमा उनीहरूले मेसेज वा पैगाम दिँदैनन्। यो झुटो महिमा गरेका छन्। बच्चाहरूले सम्झन्छन्– एकको बाहेक यस मनुष्य सृष्टिमा अरु कसैको महिमा छैन। सबैभन्दा धेरै महिमा यी लक्ष्मी-नारायणको छ किनकि यी हुन् नयाँ दुनियाँका मालिक। त्यो पनि जान्दछन्। दुनियाँले केवल यो जान्दछन्– भारत प्राचीन देश हो। यहाँ नै भगवान-भगवतीको राज्य थियो। कृष्णलाई पनि भगवान भनिदिन्छन्। यिनीहरूलाई भगवान-भगवती भन्छन्। तर यो कसैलाई थाहा छैन, यी भगवान-भगवतीले सत्ययुगमा राज्य गर्दथे। भगवान्ले गड-गडेजको राज्य स्थापना गर्नुभयो। बुद्धिले पनि भन्छ– हामी भगवान्का बच्चाहरू हौं त्यसैले हामी पनि भगवान-भगवती हुनुपर्छ। सबै एकका बच्चा हुन् नि। तर भगवान-भगवती भन्न सकिँदैन। उनीहरूलाई भनिन्छ देवी-देवता। यी सबैकुरा बाबाले बसेर सम्झाउनुहुन्छ। हामी पहिले नयाँ दुनियाँमा थियौं। नयाँ दुनियाँ त सबैले चाहन्छन्। बापूजीले पनि नयाँ दुनियाँ, नयाँ रामराज्य चाहन्थे। तर रामराज्यको अर्थ बिलकुलै बुझेका छैनन्। आजकल मनुष्यहरूलाई आफ्नो अहंकार कति छ। कलियुगमा छन् पत्थरबुद्धि, सत्ययुगमा हुन्छन् पारसबुद्धि। तर यो कुरा कसैलाई थाहा छैन। यहाँ नै सत्ययुगमा पारसबुद्धि थियो। अहिले कलियुगमा पत्थरबुद्धि छन्। मनुष्यले त यसलाई नै स्वर्ग सम्झन्छन्। भन्दछन्– स्वर्गमा विमान थिए, ठूला-ठूला महल थिए, ती त सबै अहिले छन्। विज्ञानले कति उन्नति गरेको छ, कति सुख छ। फेशन आदि कति छ। बुद्धि सारा दिन फेशनको पछाडि नै रहन्छ। बनावटी सुन्दर बन्नको लागि केश आदि कस्तो बनाउँछन्। कति खर्च गर्छन्। यो सबै फेशन निस्केको हो चित्रहरूबाट। सम्झन्छन्– पार्वती समान हामी बाल आदि बनाउँछौं। यो सबै आकर्षण गर्नको लागि नै बनाउँछन्। पहिले पारसीका स्त्रीहरू मुखमा कालो जाली लगाउँथे, ताकि कोही पनि देखेर आशिक नहुन्। यसलाई भनिन्छ पतित दुनियाँ। 

    गायन पनि छ– तिमी नै माता-पिता हौ... तर यो कसलाई भन्नुपर्छ? माता-पिता को हुनुहुन्छ? यो पनि जान्दैनन्। माता-पिताले अवश्य वर्सा दिनुभएको हुनुपर्छ। बाबाले तिमी बच्चाहरूलाई सुखको वर्सा दिनुभएको थियो। भन्छन् पनि– बाबा हामीले त हजुर बाहेक अरु कसैको कुरा पनि सुन्दैनौं। अहिले तिमीले जान्दछौ– शिवबाबाको महिमाको गायन गरिन्छ। ब्रह्माको आत्माले पनि स्वयं भन्छ– हामी नै पावन थियौं, अहिले पतित बनेका छौं। ब्रह्माका बच्चाहरूले पनि यस्तै भन्छन्– हामी ब्रह्माकुमार-कुमारीहरू नै देवी-देवता फेरि ८४ जन्मको अन्त्यमा पतित बनेका छौं। जो नम्बरवन पावन, उनै नम्बरवन पतित। जस्तो पिता, त्यस्तै बच्चाहरू। यिनले स्वयं पनि भन्छन्, शिवबाबा पनि भन्नुहुन्छ– म यिनको धेरै जन्मको अन्त्यको शरीरमा आउँछु, जो पहिलो नम्बरमा पूज्य लक्ष्मी-नारायणका वंशजमा थिए। अहिले हो संगम, तिमी कलियुगमा थियौ, अब संगमयुगी बनेका छौ। बाबा संगमयुगमा नै आउनुहुन्छ, ड्रामा अनुसार बच्चाहरू वृद्धि भइरहन्छन्। अब बच्चाहरूलाई ज्ञान त मिलेको छ। हामी नै देवता थियौं फेरि क्षत्रिय, वैश्य, शूद्र बनेका छौं। सारा चक्रलाई राम्ररी तिमीले जान्दछौ। यो त धेरै सहज छ– हामीले ८४ जन्म लियौं। कतिको बुद्धिमा यो पनि बस्दैन। विद्यार्थीहरूमा नम्बरवार त हुन्छन् नै। राम्रोबाट शुरु गरिन्छ– फस्ट क्लास, सेकेण्ड क्लास, थर्ड क्लास। बच्चाहरू स्वयं भन्छन्– मेरो थर्ड क्लास बुद्धि छ। मैले कसैलाई पनि सम्झाउन सक्दिनँ। दिल त धेरै हुन्छ तर बोल्न सक्दिनँ, बाबा के गरुँ? यो भयो आफ्नो कर्मको हिसाब-किताब। अब बाबा भन्नुहुन्छ– म तिमीलाई कर्म-अकर्म-विकर्मको गतिको ज्ञान सुनाउँछु। कर्म गर्नु छ, यो त तिमी बच्चाहरूले जान्दछौ। थर्डक्लास बुद्धिले यी कुरालाई बुझ्न सक्दैनन्। यो हो नै रावण राज्य, तर यो कसैलाई थाहा छैन। रावण राज्यमा मनुष्यले विकर्म नै गर्छन् अनि तलै झर्छन्। गुरू बनाइन्छ दुःखको दुनियाँमा। सद्गतिको लागि गुरू बनाउँछन्, उनले मुक्तिमा लिएर जाऊन् भनेर। त्यो हो निर्वाणधाम– वाणीबाट परको स्थान, मनुष्यले आफूलाई वानप्रस्थी भन्छन्। त्यो त भन्ने मात्र हो। वानप्रस्थीहरूको पनि सभा हुन्छ। सबै कुरा सम्पत्ति आदि बच्चाहरूलाई दिएर गुरूको पासमा गएर बस्छन्। खान-पान आदि त अवश्य बच्चाहरूले नै दिन्छन्। तर वानप्रस्थको अर्थ कसैले पनि बझ्दैनन्। कसैको बुद्धिमा यो आउँदैन– हामी निर्वाणधाममा जानु छ। आफ्नो घरमा जानु छ। उनीहरूले घरको बारेमा बुझेका छैनन्। उनीहरूले त सम्झन्छन्– ज्योति ज्योतिमा समाहित हुन्छ। निर्वाणधाम त रहने स्थान हो। पहिले ६० वर्ष पछि वानप्रस्थ लिन्थे, यो नियम जस्तै नै थियो। अझै पनि यस्तो गर्छन्। अब तिमीले सम्झाउन सक्छौ– वाणीभन्दा पर त कोही पनि जान सक्दैनन्। यसको लागि त बाबालाई नै बोलाउँछन्– हे पतित-पावन बाबा आउनुहोस्, हामीलाई पावन बनाएर घरमा लिएर जानुहोस्। मुक्तिधाम आत्माहरूको घर हो। तिमी बच्चाहरूलाई सत्ययुगको लागि पनि सम्झाइएको छ– वहाँ को रहन्छन्! कसरी वृद्धि हुन्छ! जनसंख्याको बारेमा पनि कसैलाई थाहा छैन। रामराज्यमा जनसंख्या कति हुन्छ! बच्चा आदिले कसरी जन्म लिन्छन्! केही पनि बुझ्दैनन्। कुनै पनि विद्वान्, आचार्य, पण्डित छैनन्, जसले यस ड्रामाको चक्रलाई बुझाउन सकून्। ८४ लाखको चक्र कसरी हुन सक्छ! कति गलत कुरा छ। एकदम अलमलिएका छन्। बाबाले सम्झाउनुहुन्छ, अहिले तिमीले जान्दछौ। बाबाले कर्म-अकर्म-विकर्मको सारा रहस्य सम्झाउनुभएको छ। सत्ययुगमा तिम्रो कर्म अकर्म हुन जान्छ। वहाँ कुनै पनि नराम्रो कर्म हुँदैन, त्यसैले कर्म, अकर्म हुन जान्छ। यहाँ मनुष्यले जो कर्म गर्छन्, त्यो विकर्म हुन जान्छ। 

    अहिले तिमी बच्चाहरूले जान्दछौ– हामी साना-ठूला सबैको, सारा दुनियाँको वानप्रस्थ अवस्था छ। सबै वाणीभन्दा पर जानेछन्। भन्दछन्– हे पतित-पावन आउनुहोस्, आएर पतितबाट पावन बनाउनुहोस्। तर जबसम्म पावन दुनियाँ हुँदैन, यहाँ पतित दुनियाँमा पावन त कोही पनि रहन सक्दैनन्। यो जुन पतित दुनियाँ छ, सबै खतम हुन्छ। तिमीले जान्दछौ– हामी फेरि नयाँ दुनियाँमा जानु छ। कसरी जान्छौं? यो सारा ज्ञान हो। यो नयाँ ज्ञान, नयाँ दुनियाँ, अमरलोक वा पावन दुनियाँको लागि। तिमी अहिले संगममा बसेका छौ। यो पनि जान्दछौ– अरु जति पनि मनुष्य छन्, ब्राह्मण होइनन्, उनीहरू कलियुगमा छन्। हामी सबै संगममा छौं। जादैछौं सत्ययुगमा, अवश्य यो संगमयुग हो। त्यो त हो नै स्वर्ग। त्यसलाई संगमयुग भनिँदैन। संगमयुग हो अहिले। यो संगमयुग सबैभन्दा सानो छ। यसलाई धर्म गर्ने युग भनिन्छ, जसमा मनुष्य पाप आत्माबाट धर्म आत्मा बन्छन् त्यसैले यसलाई धर्माऊ युग भनिन्छ। कलियुगमा सबै मनुष्य अधर्मी छन्। वहाँ त सबै धर्मात्मा हुन्छन्। भक्तिमार्गको कति ठूलो प्रभाव छ। पत्थरको मूर्ति बनाउँछन्, जसलाई कसैले देख्नासाथ दिल खुशी हुन्छ। यो हो पत्थर पूजा। शिवको मन्दिरमा कति टाढा-टाढा जान्छन्, पूजाको लागि। शिवको चित्र त घरमा पनि राख्न सक्छन्। फेरि यति टाढा-टाढा किन भट्किनुपर्छ। यो ज्ञान अब बुद्धिमा आएको छ। अब तिम्रो आँखा खुलेको छ, बुद्धिको ढोका खुलेको छ। बाबाले ज्ञान दिनुभएको छ। परमपिता परमात्मा यस मनुष्य सृष्टिका बीजरुप, ज्ञानका सागर, नलेजफुल हुनुहुन्छ। आत्माले पनि त्यो ज्ञान धारण गर्छ। आत्मा नै राष्ट्रपति आदि बन्छ। मनुष्यले त देह-अभिमानी भएका हुनाले देहको नै महिमा गरिरहन्छन्। अहिले तिमीले जान्दछौ– आत्माले सबै कुरा गर्छ। तिमी आत्मा ८४ जन्मको चक्कर लगाएर बिलकुल दुर्गतिमा आइपुगेको छ। अहिले हामी आत्माले बाबालाई चिनेका छौं। बाबासँग वर्सा लिइरहेका छौ। आत्माले शरीर त अवश्य धारण गर्नुपर्छ। शरीर विना आत्माले कसरी बोल्छ! कसरी सुन्छ! बाबा भन्नुहुन्छ– म निराकार हुँ। मैले पनि शरीरको आधार लिन्छु। तिमीले जान्दछौ– शिवबाबाले यस ब्रह्मा तनद्वारा हामीलाई सुनाउनुहुन्छ। यी कुरा तिमी ब्रह्माकुमार-कुमारीहरूले नै सम्झाउँछौ। तिमीलाई अहिले ज्ञान मिलेको छ। ब्रह्माद्वारा आदि सनातन देवी-देवता धर्मको स्थापना हुन्छ। उहाँ बाबाले नै राजयोग सिकाइरहनु भएको छ। यसमा अल्मलिनु पर्ने कुरा छैन। शिवबाबाले हामीलाई सम्झाउनु हुन्छ, फेरि हामीले अरुलाई सम्झाउँछौ। हामीलाई सुनाउनेवाला शिवबाबा नै हुनुहुन्छ। अहिले तिमीले भन्छौ– हामी पतितबाट पावन बनिरहेका छौं। बाबाले सम्झाउनुहुन्छ– यो हो नै पतित दुनियाँ, रावणको राज्य हो नि। रावणले पाप आत्मा बनाउँछ। यो अरु कसैले पनि जान्दैनन्। हुन त रावणको पुतला जलाउँछन् तर केही पनि बुझ्दैनन्। सीतालाई रावणले लिएर गयो, यो गर्यो... कति कथा बसेर लेखेका छन्। जब बसेर सुन्छन्, रून पनि थाल्छन्। ती हुन् सबै दन्त्य कथाहरू। बाबाले हामीलाई विकर्माजित बनाउनको लागि सम्झाउनुहुन्छ। भन्नुहुन्छ– म एकलाई याद गर। अन्त कहीँ पनि बुद्धि नलगाऊ। शिवबाबाले हामीलाई आफ्नो परिचय दिनुभएको छ। पतित-पावन बाबा आएर आफ्नो परिचय दिनुहुन्छ। अब तिमीले जान्दछौ– कति मीठो बाबा हुनुहुन्छ, जसले हामीलाई स्वर्गको मालिक बनाइरहनु भएको छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) कर्म-अकर्म र विकर्मको गतिलाई जानेर श्रेष्ठ कर्म गर्नु छ। ज्ञान दान गरेर धर्मात्मा बन्नु छ।

    २) यो वानप्रस्थ अवस्था हो– यस अन्तिम घडीमा पावन बनेर पावन दुनियाँमा जानु छ। पावन बन्ने सन्देश सबैलाई दिनु छ।

    वरदान:

    आसक्तिलाई अनासक्तिमा परिवर्तन गर्नेवाला शक्ति स्वरुप भव:-  

    शक्ति स्वरुप बन्नको लागि आसक्तिलाई अनासक्तिमा परिवर्तन गर। आफ्नो देहमा, सम्बन्धमा कुनै पनि पदार्थमा यदि कहीँ पनि आसक्ति छ भने माया पनि आउन सक्छ र शक्ति रुप बन्न सक्दैनौ त्यसैले पहिला अनासक्त बन अनि मायाको विघ्नको सामना गर्न सक्छौ। विघ्न आउँदा कराउनु, आत्तिनुको सट्टा शक्ति रुप धारण गर, तब विघ्न-विनाशक बन्छौ।

    स्लोगन:

    दया निःस्वार्थ र लगावमुक्त हुनुपर्छ, स्वार्थवाला होइन।   



    ***OM SHANTI***