BK Murli 28 July 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






     BK Murli 28 July 2016 Nepali

    १३ श्रावण विहिबार 28.07.2016 बापदादा मधुवन

    “मीठे बच्चे– तिमी यहाँ आएका छौ आफ्नो र सारा दुनियाँको शरीर कल्पवृक्ष समान अमर बनाउन, यादद्वारा नै आयु लामो हुन्छ।”  

    प्रश्न:

    नर्कवासीबाट स्वर्गवासी बन्ने विधि के हो? अहिले तिमी बच्चाहरूलाई जीवनदान मिल्छ, कसरी?

    उत्तर:

    नर्कवासीबाट स्वर्गवासी बन्नको लागि अवश्य मर्नुपर्छ। बाबा भन्नुहुन्छ– म आएको हुँ तिमीहरू सबैलाई मृत्यु दिन। तिम्रो यस देहलाई खतम गराएर आत्मालाई लैजान्छु। यही सच्चा जीवनदान हो। यसको लागि यो महाभारत लडाईं हुन्छ, जसमा सबैको विनाश हुन्छ। फेरि आत्माहरू पावन बनेर फर्केर घर जान्छन्। फेरि स्वर्गमा आउँछन्।

    गीतः–

    माता ओ माता......

    ओम् शान्ति।

    मीठा-प्यारा रुहानी बच्चाहरूले गीतको लाइन सुन्यौ। जगत् अम्बाको महिमा सुन्यौ। जगत् अम्बाको यहाँ भारतखण्डमा नै गायन गरिन्छ। जगत् अम्बा भएपछि जगत् पिता पनि अवश्य हुन्छन्। जगत् अम्बा सरस्वतीलाई नै भनिन्छ। वास्तवमा उनको नाम एउटै हुनु पर्छ। तिम्रो पनि नाम एउटै छ नि। २-३ वटा त छैनन्। अब जगत् अम्बालाई साकारमा देखाउँछन्, शरीरधारी हुन्। जगत्पिता पनि छन्, जसलाई प्रजापिता पनि भनिन्छ। जसरी सारा जगत्का अम्बा छिन्, त्यसैगरी सारा जगत्का पिता छन्। अवश्य दुवै नै यहाँ हुन्छन्। दुवैको नाम पनि सुनाएँ। दुवै हुन् प्रजापिता र प्रजा माता। त्यस्तै अर्को जगत् पिता भनिन्छ निराकार शिवबाबालाई, जो सबैका पिता हुनुहुन्छ, उहाँको नाम नै हो परमपिता परम आत्मा शिव। केवल ईश्वर वा परमात्मा भन्नु छैन। उहाँको नाम रुप पनि छ नि, उहाँलाई परमपिता भनिन्छ। एक हुनुहुन्छ आत्माहरूका पिता, अर्का छन् साकारी मनुष्य आत्माहरूका बाबा र मम्मा। शिव हुनुहुन्छ आत्माहरूका पिता। आत्माले भन्छ– उहाँ हाम्रो बाबा हुनुहुन्छ। फेरि आत्मालाई यो साकार शरीर मिल्छ अनि भन्छ– ब्रह्माबाबा, त्यसैले दुईवटा बाबा हुनुभयो। एक शिवबाबा, दोस्रो प्रजापिता ब्रह्मा। शिवबाबाका बच्चा हुन् ब्रह्मा। एक निराकार पिता, एक साकारी पिता। निराकार पितालाई भनिन्छ पतित-पावन। ब्रह्मा वा सरस्वतीलाई पतित-पावन भनिँदैन। पतित-पावन त एक हुनुहुन्छ, यी दोस्रो भए। सबैले पुकार्छन्– पतित-पावन आउनुहोस्, त्यसैले दुई पिता भए नि। शिवबाबा हुनुहुन्छ रचयिता। नयाँ दुनियाँ रच्नुहुन्छ। पहिला ब्रह्मालाई अवश्य रच्नुपर्छ। विष्णु र शंकरलाई कहिल्यै प्रजापिता भनिँदैन। ब्रह्मालाई नै प्रजापिता भनिन्छ। शिवबाबाले प्रजापिता ब्रह्माद्वारा एडप्ट गर्नुहुन्छ। भन्छन्– म पनि शिवबाबाको बच्चा हुँ। 

    शिवबाबाले यसमा प्रवेश गरेर आफ्नो बनाउनुभएको हो। उहाँले नै आत्माहरूलाई पावन बनाउनुहुन्छ, आत्मा नै पतित बनेको छ। यसकारण शरीर पनि पतित मिल्छ। सुनमा चाँदी, तामा, फलामको मिसावट राख्छन्, त्यस्तै आत्मामा पनि मिसावट पर्छ। वास्तवमा आत्मा पवित्र मुक्तिधामको निवासी हो, जहाँ शिवबाबा पनि रहनुहुन्छ। शिवबाबा, प्रजापिता ब्रह्मा– एकलाई बाबा, एकलाई दादा भनिन्छ। यो त तिमीले जान्दछौ– सबै मनुष्य-मात्र शिवका सन्तान हुन्। शिववंशी फेरि हुन्छन् ब्रह्माकुमार, ब्रह्माकुमारी। शिवबाबा र दादा एकसाथ हुनुहुन्छ। शिवबाबा यिनमा विराजमान हुनुहुन्छ, हामीलाई ब्राह्मण बनाएर राजयोग सिकाउनुहुन्छ, मनुष्यलाई देवता बनाउन। देवताहरू रहन्छन् सत्ययुगमा। देवताहरूलाई पतित-पावन, ज्ञानका सागर भनिँदैन। उनलाई बाबा पनि भनिँदैन। अब तिमी विष्णुपुरीको मालिक बनिरहेका छौ। विष्णुका २ रुप लक्ष्मी-नारायण हुन्, यो मनुष्यले जान्दैनन्। जसले भक्ति गर्छन्, उनीहरूका २ पिता अवश्य हुन्छन्। सत्ययुगमा एक पिता हुनुहुन्छ। वहाँ यस्तो भनिँदैन– हे परमपिता परमात्मा, दुःख-हर्ता, सुख-कर्ता आउनुहोस्। वहाँ त देवी-देवताहरूको राज्य थियो। उनीहरूले कहिल्यै हे परमपिता, मुक्तिदाता भन्दैनन्। वहाँ कोही पतित, दुःखी हुँदैनन्, जसकारण पतित-पावनलाई बोलाउन परोस्। तिमीले जान्दछौ– यहाँ आज भन्दा ५ हजार वर्ष पहिले देवी-देवताहरूको राज्य थियो। पछि फेरि १२५० वर्षपछि हुन्छ राम-सीताको राज्य। बाबाले सिद्ध गरेर बताउनुहुन्छ– सत्ययुग-त्रेतामा तिमीले २१ जन्म लियौ। ब्राह्मण, देवता, क्षत्रिय... सबै यहाँ नै बन्छन्। बाबा आएर पुरानो दुनियाँलाई नयाँ बनाउनुहुन्छ। पुनरूत्थान गर्नुहुन्छ। काया-कल्पतरू बनाउनुहुन्छ। अमर बनाउनुहुन्छ। तिमी बच्चाहरूलाई बाबा आएर अमरलोकको मालिक बनाउनुहुन्छ। जब विश्व अमरलोक थियो, तब देवताहरूको राज्य थियो। 

    सिँढी झर्दै-झर्दै मृत्युलोकको मालिक बनेका छौं। भन्दछन् नि– हाम्रो देश, प्रजा पनि मालिक भए नि। तिमीले पनि भन्छौ– मेरो देश। हामी मालिक थियौँ, तर नर्कवासी। देवताहरूले भन्छन्– हामी स्वर्गवासी हौं। तिमी पनि स्वर्गवासी थियौ, फेरि ८४ जन्म भोगेर नर्कवासी बन्यौ। यहाँ भारतमा नै शिवबाबाले जन्म लिनुहुन्छ। शिवरात्रि र शिव जयन्ती गायन गरिन्छ। कृष्ण जयन्ती पनि मनाउँछन्, उनको त बेला पनि बताउँछन्। फलानो समय माताको गर्भबाट जन्म भयो। सत्ययुगमा जन्म त अवश्य माताको गर्भबाट नै हुन्छ। कृष्ण जयन्ती हुन्छ सत्ययुग नयाँ दुनियाँमा, फेरि पुनर्जन्ममा आउँछन्। बाबाले केवल एकको कुरा गर्नुहुन्न। कृष्णपुरी सो विष्णुपुरी। राजाहरू झरेपछि सारा राजवंश झर्छ। त्यसमा राजा-रानी प्रजा सबै आउँछन्। जब चन्द्रवंशीको राज्य हुन्छ, सूर्यवंशीको राज्य पूरा भयो। ट्रांसफर भएर चन्द्रवंशीलाई मिल्छ फेरि वैश्यवंशीलाई मिल्छ। 

    अब तिमीले बुझेका छौ– हामी ब्राह्मण कुलका चोटी हौं। चोटी भन्दा माथि हुनुहुन्छ बाबा। हामी पहिले ब्राह्मण थियौं, फेरि शूद्र अथवा पाउ बन्यौं। पाउबाट एकदम चोटी बन्छौं। पहिला शिवबाबा फेरि हुन्छ चोटी। बाबाले तिमीलाई ब्राह्मण बनाउनुहुन्छ। अब तिमी शिवबाबालाई बाबा-बाबा भन्छौ। यस हिसाबले नाति-नातिना भयौ। तिमीले जान्दछौ– हामी सबै ब्रह्माका सन्तान हौं– ब्राह्मण-ब्राह्मणी। एक बाबाका हामी सबै बच्चाहरू हौं। भाइ-बहिनीले कहिल्यै विकारी काम गर्न सक्दैनन्। सबै बच्चाहरूले भन्छन् बाबा... यतिका सबै झुटो कहाँ हुन सक्छन् र! सबैका बाबा त उही निराकार शिव र साकार प्रजापिता ब्रह्मा हुनुहुन्छ। एक बाबाका बच्चाहरू भाइ-बहिनी भए। तिमी पवित्र अवश्य बन्नु छ। स्त्री-पुरूष पवित्र कसरी बन्ने, त्यसैले यो युक्ति ड्रामामा निश्चित छ। यहाँ केवल ब्रह्माकुमार-कुमारी हौ। कुनै शूद्र कुमार-कुमारी छैन्। ती हुन् पतित, शूद्र, तुच्छ बुद्धि किनकि बाबालाई चिनेका छैनन्। भन्छन् हे परमपिता। ठीक छ, उहाँको कर्तव्य के हो? नाम, रुप, देश, काल बताउन्। उहाँको जीवन कहानी बताउन्। यदि जान्दैनन् भने नास्तिक ठहरिए। रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई जान्दैनन्। त्यो हो नै पतित दुनियाँ। सत्ययुगलाई पावन दुनियाँ, कलियुगलाई पतित दुनियाँ भनिन्छ। यस समय बिल्कुल तमोप्रधान छन्, यसलाई रौरव नर्क भनिन्छ। यसको पनि अवस्था हुन्छन्। द्वापरदेखि नर्क बन्न शुरु हुन्छ फेरि वृद्धि हुँदै जान्छ। भक्ति पनि पहिले सतोप्रधान अव्यभिचारी थियो, फेरि सतो, रजो, तमो हुन्छ। तिमीले देखेका छौ होला– जहाँ ३ वटा बाटो मिल्छन्, त्यसलाई त्रिबाटो भन्छन्। त्यहाँ बीचमा तेल आदि चढाउँछन्, ढोग्छन्। अब कहाँ शिवबाबाको पूजा, कहाँ त्रिबाटोको। यसलाई भनिन्छ– तमोप्रधान भक्ति। पानीको पनि पूजा गर्छन्, पतित-पावनी गंगा भनेर धेरै गाउँछन्। अब पतित-पावन को? पानीको गंगा कसरी पतित-पावनी हुन सक्छ! त्यो त पानी हो नि। पतित-पावन त बाबा हुनुहुन्छ। 

    शिव जयन्ती पनि यहाँ हुन्छ, त्यसैले अवश्य भारतमा नै आएको हुनुपर्छ– पतितहरूलाई पावन देवता बनाउन। ब्रह्मा तनमा आएर मनुष्यहरूलाई देवता बनाउनुहुन्छ। यहाँ तिमी आउँछौ नै पतितबाट पावन बन्नको लागि। जस्तै तिम्रा २ हात छन्, त्यसैगरी उनीहरूका पनि २ हात हुन्छन्। ४-८ हात भएका कोही मनुष्य हुँदैन। यो अलंकार दिइएको हो। चतुर्भुज देखाएका छन्– प्रवृत्ति मार्ग देखाउनको लागि। विष्णुपुरी, लक्ष्मी-नारायणको पुरीलाई भनिन्छ। वैष्णव शब्द पनि विष्णुबाट निक्लिएको हो। देवताहरू वैष्णव थिए। वल्लभाचारी वैष्णव हुन्छन् शाकाहारी, तर उनीहरू कुनै निर्विकारी त हुँदैनन्। उनीहरूको ठूला हवेलीहरू हुन्छन्। वैष्णवको अर्थ नै जान्दैनन्। विष्णुपुरीमा रहनेलाई वैष्णव भनिन्छ। वैष्णव पवित्रलाई भनिन्छ। राधा-कृष्णको अलग मन्दिर। लक्ष्मी-नारायणको अलग मन्दिर बनाएका छन्। जानेकै छैनन्– उनीहरूमा के फरक छ। राधा-कृष्ण नै लक्ष्मी-नारायण बन्छन्, यो कसैलाई पनि थाहा छैन। त्यो हो बचपनको रुप। त्यो हो ठूलो भइसकेपछिको रुप। लक्ष्मी-नारायणको बचपनको चित्र कुनै छैन। लक्ष्मी-नारायणलाई सत्ययुगमा, राधा-कृष्णलाई द्वापरमा लगेका छन्। अहिले तिमीले रचयिता बाबा र रचनाको आदि-मध्य-अन्त्यलाई जानिसकेका छौ। बाबाले वृक्षको पनि रहस्य सम्झाउनुहुन्छ। ड्रामाको पनि रहस्य सम्झाउनुहुन्छ। वृक्षलाई हेरेपछि बुझ्नेछन्– शंकराचार्य त कलियुगमा आउँछन्। संन्यासीहरूको डिनायस्टी सत्ययुगमा त हुन सक्दैन। सबै भगवानका सन्तान हौं त्यसैले स्वर्गवासी हुनुपर्ने हो। तर स्वर्गवासी त सबै हुँदैनन्, केवल देवताहरू नै हुन्छन्। अहिले तिमी ब्राह्मणवंशी बनेका छौ, फेरि देवता बन्छौ। पवित्र अवश्य बन्नु छ। 

    तिमीले जान्दछौ– साना-ठूला सबै ब्रह्माकुमार-कुमारी हुन्। दुवैले भन्छन्– बाबा हामी हजुरका बच्चा हौं, ब्राह्मण हौं। यहाँ हुनुहुन्छ बापदादा– आदि देव ब्रह्मा र शिवबाबा। तिमीले जान्दछौ– हामी ब्रह्मा बाबा र शिवबाबाको सामुन्ने बसेका छौं। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने पतितबाट पावन बन्छौ। हामीले वर्सा शिवबाबासँग लिन्छौं। शिवबाबा हाम्रा बाबा पनि हुनुहुन्छ, पतित-पावन पनि हुनुहुन्छ, गुरू पनि हुनुहुन्छ। अब यो हो संगमयुग। पतितबाट पावन बन्ने मेला। पतित-पावनद्वारा नै पावन बन्छन्। संगममा नदी र सागरको मेला हुन्छ। नदीहरूको मेला त हुँदैन। अहिले ज्ञानसागर र तिमी आत्माहरूको मेला लाग्छ। तिमी आएका छौ ज्ञान सागरको पासमा। तिमी ज्ञान गंगा ज्ञान सागरबाट निस्किएका हौ। तिमीले ज्ञान स्नान गराएर पावन बनाउँछौ, योग सिकाउँछौ। सागरको परिचय दिएर तिमीले यहाँ लिएर आएका छौ, मेलामा। यस समय तिमी जब ब्राह्मण बन्छौ, तिम्रा ३ बाबा हुनुहुन्छ। लौकिक पिता पनि छन् र प्रजापिता पनि छन्, फेरि शिवबाबा पनि हुनुहुन्छ। भक्तिमार्गमा २ पिता हुन्छन्। सत्ययुगमा एक पिता हुन्छन्। यो बुझ्नुपर्ने कुरा हो। अहिले तिम्रो आत्माले भन्छ– मेरो त एक शिवबाबा, दोस्रो कोही छैन। मित्र-सम्बन्धी आदि भएर पनि भन्छन्– मेरो त एक शिवबाबा हुनुहुन्छ। उहाँको यादद्वारा नै पतितबाट पावन बन्नु छ। आत्माले जान्दछ– उहाँ हाम्रो बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, सतगुरू पनि हुनुहुन्छ। हामी आत्मालाई बाबा लिन आउनुभएको छ। ब्रह्मा तनमा प्रवेश गरेर पावन बनाउनुहुन्छ। तिमीलाई लिएर जानको लागि बाबा आउनुभएको छ। तिमीहरू सबैलाई मृत्यु दिन आएको छु। नर्कवासीबाट स्वर्गवासी बन्नको लागि अवश्य मर्नुपर्छ नि। तिम्रो यस देहलाई खतम गराएर बाँकी आत्माहरूलाई लिएर जान्छु। बाबा भन्नुहुन्छ– तिमीलाई जीवनदान दिन्छु। यो महाभारत लडाईं हो नि। सबैको विनाश हुन्छ। नत्र कसरी लिएर जाऊँ? आत्माहरूलाई पवित्र बनाएर घर लैजान्छु। त्यो त शान्तिधाम हो। सत्ययुग आउँछ, त्यसैले कलियुग अवश्य विनाश हुन्छ। यसको लागि महाभारत लडाईं प्रसिद्ध छ। हुन्छ पनि यही संगममा नै, जबकि तिमी मनुष्यबाट देवता बन्दछौ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) ज्ञान सागरमा ज्ञान स्नान गरेर स्वयंलाई पावन बनाउनु छ। मित्र-सम्बन्धीहरूको साथमा रहेर पनि बुद्धिमा रहोस्– मेरो त एक शिवबाबा, दोस्रो न कोही।

    २) विष्णुपुरीमा जानको लागि पक्का वैष्णव अर्थात् पवित्र बन्नु छ। जीवन छँदै नर्कबाट मरेर बुद्धियोग स्वर्गमा लगाउनु छ।

    वरदान:

    सदा मर्यादाको रेखा भित्र रहने मर्यादा पुरूषोत्तम भव:-  

    जो बच्चाहरू आफैलाई एकै बाबा अर्थात् रामको सत्य सीता मानेर सदा मर्यादाको रेखा भित्र रहन्छन् अर्थात् यो केयर गर्छन्, उनीहरू नै केयरफुल सो चियरफुल (हर्षित) स्वतः रहन्छन्। बिहानदेखि रातीसम्म जति पनि मर्यादाहरू मिलेका छन्, त्यसको स्पष्ट ज्ञान बुद्धिमा राखेर, स्वयंलाई सत्य सीता मानेर मर्यादाको रेखा भित्र रहने गर तब भनिन्छ मर्यादा पुरूषोत्तम।

    स्लोगन:

    सेवाको अतिमा नजाऊ, सेवा र स्व पुरूषार्थको सन्तुलन राख।   



    ***OM SHANTI***