BK Murli 29 July 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 29 July 2016 Nepali

    १४ श्रावण शुक्रबार 29.07.2016 बापदादा मधुवन 

    “मीठे बच्चे– सारा दुनियाँमा तिमी जस्तो भाग्यमानी कोही छैन। तिमी हौ राजऋषि, तिमीले राजाईको लागि राजयोग सिकिरहेका छौ।”   

    प्रश्न:

    निराकार बाबामा कुनचाहिँ संस्कार छ, जुन संगममा तिमी बच्चाहरूले पनि धारण गर्छौ?

    उत्तर:

    निराकार बाबामा ज्ञानको संस्कार छ। उहाँले तिमीलाई ज्ञान सुनाएर पतितबाट पावन बनाउनुहुन्छ। त्यसैले उहाँलाई ज्ञानका सागर, पतित-पावन भनिन्छ। तिमी बच्चाहरूले पनि अहिले त्यो संस्कार धारण गर्छौ। तिमीले नशाका साथ भन्छौ– हामीलाई भगवान्ले पढाउनुहुन्छ। हामीले उहाँसँग सुनेर सुनाउँछौं।

    गीतः–

    आखिर वह दिन आया आज........

    ओम् शान्ति।

    मीठा-प्यारा रुहानी बच्चाहरूले यो गीत सुन्यौ। यो महिमा कसको हो? एक बाबाको। शिवाय नमः, सबै भन्दा उच्च भगवान हुनुहुन्छ नि। बच्चाहरूले जान्दछन्– उहाँ हाम्रा पिता हुनुहुन्छ। यस्तो होइन– हामी सबै पिता हां। गायन पनि गर्छन्– सारा दुनियाँ ब्रदरहुड हो। संन्यासी अथवा विद्वान्हरुको भनाइ अनुसार ईश्वरलाई सर्वव्यापी भन्नाले त फादरहुड हुन जान्छ। ब्रदर हुनाले पिता त सिद्घ हुन्छ, जसबाट वर्सा मिल्छ। फादरहुड हो भने त फेरि वर्साको कुरै हुँदैन। बच्चाहरू जान्दछन्– हामी सबै आत्माहरूको बाबा एक हुनुहुन्छ। उहाँलाई भनिन्छ नै विश्वका परमपिता। विश्वमा को छ? सबै ब्रदर्स छन् अर्थात् आत्माहरू छन्। सबैका गड फादर एक हुनुहुन्छ। उनै पितालाई सबै प्रार्थना गर्छन्। एकको नै वन्दना वा पूजा हुनुपर्छ। त्यो हुन्छ सतोप्रधान पूजा। यो पनि सम्झाइएको छ– ज्ञान, भक्ति, वैराग्य। बाबाले ज्ञान दिनुहुन्छ सद्गतिको लागि। सद्गति भनिन्छ जीवन-मुक्तिधामलाई। यो आत्माले बुद्घिमा धारण गर्नु छ। हाम्रो घर शान्तिधाम हो। त्यसलाई मुक्तिधाम, निर्वाणधाम पनि भनिन्छ। सबैभन्दा राम्रो नाम हो– शान्तिधाम। यहाँ त कर्मेन्द्रियहरू भएका कारणले आत्मा बोलचालमा रहन्छ। बोल्नुपर्छ। सूक्ष्मवतनमा हुन्छ केवल इसारा। इसाराले कुरा हुन्छ, आवाज हुँदैन। तीनै लोकलाई पनि तिमीले जान्यौ। मूलवतन, सूक्ष्मवतन, स्थूलवतन– बुद्घिमा यो राम्रोसँग बसेको छ। मनुष्य सृष्टिको लागि नै गायन गरिन्छ– यो सृष्टिले चक्कर लगाउँछ। त्यसलाई भनिन्छ– विश्वको इतिहास-भूगोल। मनुष्यले नै त त्यसलाई जान्दछन् नि। विश्वको इतिहास-भूगोल सुनाउँछन्। सर्वोच्च बाबा हुनुहुन्छ। विश्वको इतिहास-भूगोल कसरी दोहोरिन्छ, उहाँले नै जान्नुहुन्छ। यो चक्रलाई जान्नाले नै तिमी चक्रवर्ती राजा बनेका हौ। गाउँछन् पनि– देवताहरू सम्पूर्ण निर्विकारी हुन्छन्। लक्ष्मी-नारायणको चित्र छ नि। उनीहरूलाई सम्पूर्ण निर्विकारी र आफूलाई भन्छन् सम्पूर्ण विकारी। सत्ययुगमा हुन्छन् सम्पूर्ण निर्विकारी अथवा सम्पूर्ण पावन। कलियुगमा छन् सम्पूर्ण विकारी, सम्पूर्ण पतित। यहाँको नै कुरा हो। यो कुरा बाबा नै आएर बुद्घिमा बसाउनुहुन्छ, अरु कसैले जान्दैनन्। उनीहरूले त सत्ययुगलाई लामो समय दिएका छन्। सम्झन्छन्– लाखौं वर्ष पहिले सत्ययुग थियो। त्यसैले कसैको बुद्घिमा यो कुरा आउँदै-आउँदैन। 

    अब बच्चाहरूले जान्दछन्– हामी अहिले सम्पूर्ण विकारीबाट सम्पूर्ण निर्विकारी बनिरहेका छौं। सम्पूर्ण पतितबाट सम्पूर्ण पावन बन्नु छ। बाबा सम्झाउनुहुन्छ– आत्मामा नै मैला परेको छ। गोल्डन एजबाट आइरन एज बनेको छ। यो आत्माको लागि भनिएको हो। यो राम्रोसँग बुझ्नु छ। तिमी बच्चाहरू धेरै भाग्यमानी छौ, तिमी जस्तो भाग्यमानी अरु कोही छैन। अहिले तिमी राजयोगमा बसेका छौ, तिमी राजऋषि हौ। राजाईको लागि कहिल्यै कुनै पढाइ हुन्छ र? वकिल बनाउँछन् तर विश्वको महाराजा कसले बनाउँछ? बाबा सिवाय कसैले बनाउन सक्दैन। यहाँ महाराजा त कोही छैन। सत्ययुगको लागि त अवश्य चाहिन्छ। कोही त अवश्य आउनुपर्छ। बाबा भन्नुहुन्छ– म आउँछु तब, जब भक्तिको पूरा हुने बेला हुन्छ। अब भक्ति पूरा भयो, यसबाट लिने कुनै कुरा छैन। हामीलाई बाबा बसेर पढाउनुहुन्छ– यो नशा हुनुपर्छ। हामी आत्माहरूलाई निराकार बाबा परमपिता परमात्मा शिवले पढाउनुहुन्छ। शिवलाई त कसैले जान्दै-जान्दैनन्। अब तिमी बच्चाहरूले जान्दछौ– बाबाले फेरि स्वर्गको राजाई स्थापना गरिरहनु भएको छ। हामीले उनीहरूलाई महाराजन श्रीनारायण र महारानी श्रीलक्ष्मी भन्छौं। भक्तिमार्गमा सत्य नारायणको कथा सुनाउँछन्। अमरकथा र तीजरीको कथा। बाबाले तेस्रो नेत्र पनि दिनुहुन्छ। नरबाट नारायण बन्ने कथा सुनाइन्छ। यी कुरा जुन बित्दछन्, ती भक्तिमार्गमा फेरि काममा आउँछन्। अहिले तिमी बच्चाहरूले जान्दछौ– बाबाले हामीलाई स्वर्गको मालिक बनाउनुहुन्छ, हामी हकदार हौं। भगवान त स्वर्गका रचयिता हुनुहुन्छ नि। हामी भगवानका सन्तान हौं भने हामी स्वर्गमा किन छैनौं? परमपिता परमात्माले त नयाँ दुनियाँ रचना गर्नुहुन्छ। पुरानो दुनियाँ भगवान्ले कहाँ रच्नुहुन्छ र! पहिला नयाँ दुनियाँ बनाउनुहुन्छ। त्यसपछि फेरि पुरानोलाई तोड्नुहुन्छ। तिमी जान्दछौ– हामीले सत्ययुगको लागि राज्य लिइरहेका छौं। सत्ययुगमा को हुन्छन्? यिनी लक्ष्मी-नारायणको राजधानी हुन्छ। अरु पनि त राजाहरू हुन्छन् नि। जसको निशानी हो विजय माला। बच्चाहरूले जान्दछन्– अहिले हामी विजय मालामा आउनको लागि पुरूषार्थ गरिरहेका छौं। दुनियाँमा मालाको अर्थ कसैले पनि जान्दैनन्– यो किन पुजिन्छ? माथि फूल किन राखेको हो? माला जप्दा फूल आउँछ अनि नमस्ते गरेर फेरि जप्न थाल्छन्। बसेर माला जपिरहन्छन्– कतै बाहिर ख्याल नजाओस् भनेर। भित्र राम-रामको धुन लगाउँछन्, मानौं बाजा बजिरहेको छ। धेरै अभ्यास गर्छन्। यी सबै हुन् भक्तिमार्गका कुरा। हो, धेरै भक्ति गर्नेले कुनै विकर्म गर्दैनन्। धेरै भक्ति गर्नेको लागि सम्झिन्छ– यी सत्यवादी होलान्। मन्दिरमा माला राखेको हुन्छ, माला जप्दै मुखले राम-राम भनिरहन्छन्। धेरै मानिसले सम्झन्छन्– भक्तिमा पाप हुँदैन। भन्दछन्– नवधा भक्तिद्वारा मनुष्य मुक्त हुन्छ। तर केही पनि होइन। यो एउटा नाटक हो। त्यसमा सतोप्रधान, सतो, रजो, तमोमा सबैलाई आउनु नै छ। फर्केर एउटालाई पनि जानु छैन। जसरी माथि धेरै ठाउँ खाली हुन्छ, त्यसैगरी यहाँ पनि धेरै ठाउँ खाली हुन्छ। दिल्लीको छेउछाउ, सफा नदीको नजिक राजधानी हुन्छ। समुद्र नजिक हुँदैन। यी मुम्बई आदि हुँदैनन्। त्यो त पहिले माछा मार्ने ठाउँ थियो। जाल हान्नेहरू वहाँ रहन्थे। अहिले त समुद्रलाई कति सुकाएका छन्। फेरि माछा मार्ने ठाउँ हुन्छ। सत्ययुगमा त मुम्बई हुँदैन। वहाँ कुनै पहाड आदि पनि हुँदैनन्। कतै जाने आवश्यकता नै हुँदैन। यहाँ मनुष्य थाक्छन् त्यसैले आराम गर्न जान्छन्। सत्ययुगमा थकावट हुने कुनै प्रकारको मेहनत नै हुँदैन, तिमी स्वर्गवासी बन्छौ। अलिकति पनि दुःख हुँदैन। त्यसैले बच्चाहरू अब बाबाको श्रीमतमा चल्नु छ।

    बाबा भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू! शरीर निर्वाह अर्थ धन्दा आदि त गर्नु छ। विद्यालयमा विद्यार्थी पढेर फेरि घर गएर पढ्छन्। घरको कामकाज पनि गर्छन्। यो पनि त्यस्तै हो। यो पढाइमा त तिमीलाई कुनै दुःख छैन। त्यो पढाइमा कति विषय हुन्छन्। यहाँ त एकै पढाइ र एकै प्वाइन्ट हुन्छ– मनमनाभव, यसद्वारा तिम्रो पाप नाश हुन्छ। भगवानुवाच हो नि, उनीहरूले सम्झन्छन्– गीता, भगवान्ले द्वापरमा सुनाउनुभयो। तर द्वापरमा सुनाएर के गर्छन् त? कृष्णको चित्रमा लेखिएको त धेरै राम्रो छ। यो लडार्इं त एक निमित्त मात्र हो। सबै मर्छन् त्यसैले त फर्केर मुक्ति-जीवनमुक्तिमा जान्छन्। त्यो पनि केवल लडाईंमा मात्र कहाँ मर्छन् र! अनेक प्रकारका विपत्तिहरू आउँछन्। बच्चाहरूलाई कुनै दुःख हुनु हुँदैन। मनुष्यलाई हर्टफेल हुँदा त्यसमा कुनै दुःख हुँदैन। मृत्यु होस् त यस्तो। बस्दा-बस्दै हर्टफेल भयो, खलास। डाक्टर आइपुग्दासम्म आत्मा निस्किसक्छ। अब त सबैको मृत्यु हुनु छ। अन्त्यमा न हस्पिटल, न डाक्टर रहन्छन्। न काज-क्रिया गर्ने रहन्छन्। केही पनि रहँदैन। सबैको प्राण तनबाट निस्कन्छ। मुसलधारे पानी पर्छ। मृत्यु हुन कुनै ढिलो कहाँ हुन्छ र? कोसिस गरिरहेका छन्– यस्तो बम बनाऊँ, जसले मनुष्य तुरून्त मरुन्। यस्ता-यस्ता बम बनाइरहन्छन्। बमहरूको क्षमता विकास गरिरहन्छन्। यो ड्रामामा निश्चित छ। ड्रामामा बनिबनाऊ खेल हो, कल्प-कल्प विनाश हुन्छ। सत्ययुगमा तिमीमा यो ज्ञान रहँदैन। बाबाले नै आएर ज्ञान दिनु छ। स्थापना हुन्छ, फेरि ज्ञानको कुरै रहँदैन। फेरि जब रावण राज्य शुरु हुन्छ, अनि भक्ति शुरु हुन्छ। अब भक्ति पूरा भयो, अब तिमीले योगबलद्वारा पावन बन्नु छ। पावन बनेर नै सुखधाम, शान्तिधाममा जान सकिन्छ। चार्ट (प्रगति विवरण) राख्नुपर्छ। यो त बुझेका छौ– हामीले बाबालाई याद गरेर तमोप्रधानबाट सतोप्रधान यहाँ बन्नु छ। यस्तो कुनै शास्त्र आदिमा लेखिएको छैन। बच्चाहरूले गीत सुन्यौ– आखिर त्यो दिन आयो आज..... तिमीहरू फेरि राजाहरूका राजा बन्छौ। राजाहरूका राजा अर्थात् महाराजा बन्छन्। पछि त्रेतामा हुन्छन्– राजा-रानी। फेरि जो पूज्य महाराजा-महारानी थिए, उनीहरू द्वापरमा वाममार्गमा आएर पुजारी बन्छन्। आफै पूज्य, आफै पुजारी हुन्छन्। बाबा भन्नुहुन्छ– म पुजारी बन्दिनँ। देवताहरू पूज्य हुन्छन्, म बन्दिनँ। न पुजारी बन्छु। हिन्दूहरूले देवी-देवताहरूको नै मन्दिर बनाएर उनीहरूको पूजन गर्छन्। लक्ष्मी-नारायण, जो पहिला पूज्य थिए, फेरि भक्तिमार्गमा उनै शिवबाबाका पुजारी बन्छन्। जुन शिवबाबाले महाराजा-महारानी बनाउनुभयो, उहाँको फेरि मन्दिर बनाएर पूजा गर्छन्। विकारी पनि तुरून्तै बन्दैनन्। बिस्तारै-बिस्तारै बन्छन्। निशानी पनि देवताहरूको वाममार्गमा देखाउँछन्। जो पूज्य लक्ष्मी-नारायण थिए, उनै फेरि पुजारी बन्छन्। सबैभन्दा पहिला शिवको मन्दिर बनाउँछन्। त्यो समयमा हीरालाई काटेर लिंग बनाउँथे, पूजा गर्नको लागि। यो कसैलाई पनि थाहा छैन– परमात्मा सानो बिन्दु हुनुहुन्छ। यो अहिले तिमीले जान्दछौ– यति ठूलो लिंग हुँदैन। मन्दिर त धेरै बनाउँछन्। राजालाई देखेर प्रजाले पनि त्यस्तै गर्छन्। पहिला शिवबाबाको पूजा हुन्छ। त्यसलाई भनिन्छ– अव्यभिचारी सतोप्रधान पूजा फेरि सतो, रजो, तमोमा आउँछन्। तिमी रजो, तमोमा आयौ, त्यसैले नाम नै हिन्दू राखिदिएका छन्। वास्तवमा थियौ देवी-देवताहरू। बाबा भन्नुहुन्छ– तिमी वास्तवमा देवी-देवता धर्मका हौ। तर तिमी धेरै पतित बनेका छौ, त्यसैले आफूलाई देवता भन्न सक्दैनौ किनकि अपवित्र छौ। हिन्दू नाम त धेरै पछि राखेका हुन्। 

    अहिले तिमीले जान्दछौ– हामी सो पूज्य थियौं, अहिले संगमयुगमा न पूज्य छौं, न पुजारी छौं। तिमीले के गर्छौ? श्रीमतमा पूज्य बनिरहेका छौ, अरुलाई पनि बनाइरहेका छौ। तिमी हौ ब्राह्मण, तिम्रो आत्मा पवित्र हुँदै जान्छ। पूरा पवित्र भएपछि यो पुरानो चोला छोड्नपर्छ। बाबा भन्नुहुन्छ– बिलकुल सहज छ। बूढी माताहरूलाई धारण हुँदैन। बाबा भन्नुहुन्छ– यो त जान्दछौ– हामी आत्मा हौं। आत्मामा नै राम्रो वा नराम्रो संस्कार हुन्छन्। आत्माले जुन कर्म गर्छ त्यो अर्को जन्ममा भोग्नु पर्ने हुन्छ। बाबाले पनि आत्माहरूसँग कुरा गर्नुहुन्छ। बाबा भन्नुहुन्छ– हे बच्चाहरू! आत्मा अभिमानी बन। निराकार शिवबाबाले निराकारी आत्माहरूलाई पढाउनुहुन्छ। निराकार बाबामा ज्ञानको संस्कार छ। शरीर त उहाँको छैन। त्यसैले उहाँ ज्ञानका सागर, पतित-पावन हुनुहुन्छ। उहाँमा सबै गुणहरू छन्। बाबा भन्नुहुन्छ– म आएर तिमी बच्चाहरूलाई पावन बनाउँछु। युक्ति कति सहज छ। शब्द नै एउटा छ– मनमनाभव, म एकलाई याद गर। यादद्वारा नै तिम्रो विकर्म विनाश हुन्छ। यो पनि जान्दछौ– अहिले हामी ब्राह्मण हौं। फेरि सूर्यवंशी, चन्द्रवंशी, वैश्य, शूद्रवंशी बन्छौ। हामी नै यो ८४ को चक्करमा आउँछौं। माथिबाट तल झर्छां फेरि बाबा आउनुहुन्छ। अवश्य यो सृष्टि चक्र घुमिरहन्छ। यो सृष्टि पुरानो हुन्छ, फेरि बाबा आउनुहुन्छ नयाँ बनाउन। यो त बुद्घिमा बस्छ नि। यो चक्र बुद्घिमा घुमिरहनुपर्छ। अहिले तिमी स्वदर्शन चक्रधारी बन्छौ, जसबाट फेरि गएर चक्रवर्ती राजा बन्छौ। अच्छा!

    मीठे-मीठे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) श्रीमतमा चलेर पूज्य बन्नु छ। आत्मामा जुन नराम्रा संस्कार आएका छन्, तिनलाई ज्ञान योगद्वारा समाप्त गर्नु छ। सम्पूर्ण निर्विकारी बन्नु छ।

    २) शरीर निर्वाह अर्थ कर्म गरेर पनि पढाइ पढ्नु र पढाउनु छ। योगबलद्वारा पावन बनेर राजाई पद लिनु छ।

    वरदान:

    बुद्घिरुपी पाउद्वारा यस पाँच तत्वहरूको आकर्षणदेखि पर रहने फरिश्ता स्वरुप भव:-  

    फरिश्ताहरूलाई सदा प्रकाशको कायामा देखाउँछन्। प्रकाशको कायावाला यस देहको स्मृतिबाट पनि पर रहन्छ। उसको बुद्घिरुपी पाउ यस पाँच तत्वको आकर्षणदेखि उच्च अर्थात् पर हुन्छ। यस्तो फरिश्तालाई माया वा कुनै पनि मायाको रुपले छुन सक्दैन। तर यो तब हुन्छ, जब कहिल्यै कसैको अधीनमा हुँदैनौ। शरीरको पनि अधिकारी भएर चल्नु, मायाको पनि अधिकारी बन्नु, लौकिक वा अलौकिक सम्बन्धको पनि अधीनतामा नआउनु।

    स्लोगन:

    शरीरलाई हेर्ने बानी छ भने प्रकाशको शरीरलाई हेर, प्रकाश रुपमा स्थित होऊ।  



    ***OM SHANTI***