BK Murli 3 July 2016 Nepali

BK Murli 3 July 2016 Nepali

१९ आषाढ आइतबार 03.07.2016 बापदादा मधुवन

सबै खजानाहरूको चाबी एक शब्द– “बाबा”


आज भाग्यविधाता बाबा आफ्ना भाग्यशाली बच्चाहरूलाई देखिरहनु भएको छ। भाग्यशाली त सबै बनेका छौ तर भाग्यशाली शब्दको अगाडि कहीँ सौभाग्यशाली, कहीँ पद्मापदम भाग्यशाली। भाग्यशाली शब्द दुवैका लागि भनिन्छ। कहाँ सय, कहाँ पदम, फरक हुन गयो नि! भाग्य विधाता एउटै हुनुहुन्छ। विधाताको विधि पनि एउटै छ। समय र बेला पनि एउटै हो फेरि पनि नम्बरवार हुन्छन्। विधाताको विधि कति श्रेष्ठ र सहज छ। त्यसो त लौकिक रीतिबाट आजकल कसैमाथि ग्रहचारीका कारण भाग्य बदलिन्छ। त्यसैले ग्रहचारीलाई मेटाएर श्रेष्ठ तकदिर बनाउनका लागि कति प्रकारका विधि गर्छन्। कति समय, कति शक्ति र सम्पत्ति खर्च गर्छन्। फेरि पनि अल्पकालको तकदिर बन्छ। एक जन्मको पनि ग्यारेण्टी छैन किनकि उनीहरूले विधाताद्वारा तकदिर बदल्दैनन्। अल्पज्ञ, अल्प-सिद्धि प्राप्त भएका व्यक्तिद्वारा अल्पकालको प्राप्ति गर्छन्। उनीहरू हुन् अल्पज्ञ व्यक्ति र यहाँ हुनुहुन्छ विधाता। विधाताद्वारा अविनाशी तकदिरको लकीर खिचाउन सक्छौ किनकि भाग्यविधाता दुवै बाबा यस समय बच्चाहरूको लागि हाजिर-नाजिर हुनुहुन्छ। जति भाग्य विधातासँग भाग्य लिन चाहन्छौ त्यति अहिले लिन सक्छौ। यस समयमा नै भाग्य-विधाता भाग्य बाँड्नका लागि आउनुभएको छ। यस समयलाई ड्रामा अनुसार वरदान छ। भाग्यको भण्डारा भरपूर खुल्ला छ। तनको भण्डारा, मनको, धनको, राज्यको, प्रकृति दासी बनाउने, भक्त बनाउने, सबै भाग्यको भण्डारा खुलेको छ। कसैलाई पनि विधाताद्वारा स्पेशल प्राप्तिको चान्स मिल्दैन। सबैलाई एक समान चान्स छ। कुनै पनि कुराको कारण पनि बन्धनको रुपमा छैन। पछि आउनुको कारण, प्रवृत्तिमा रहनाको कारण, तनको रोगको कारण, आयुको कारण, स्थूल डिग्री या पढाइको कारण कुनै पनि प्रकारको कारणको ताला भण्डारामा लगाएको छैन। दिन-रात भाग्य विधाताको भण्डारा भरपूर र खुल्ला छ। कुनै चौकिदार छैन। फेरि पनि लिनमा नम्बर बन्न जान्छ। भाग्य विधाता नम्बरद्वारा दिनुहुन्न। 

यहाँ भाग्य लिनका लागि क्यू पनि छैन। अमृतबेला हेर– देश-विदेशका सबै बच्चाहरू एउटै समयमा भाग्य विधातासँग मिलन मनाउन आउँछन् त्यसैले मिलन त भइहाल्छ। मिलन मनाउनु नै मिल्नु हुन्छ। माग्दैनौ, तर सर्वोच्च बाबासँग मिल्नु अर्थात् भाग्यको प्राप्ति हुनु। पहिलो हुन्छ बाबा र बच्चाहरूको मिलन, दोस्रो हुन्छ कुनै चीज मिल्नु। मिलन पनि हुन जान्छ र भाग्य पनि मिल्छ किनकि ठूलो व्यक्तिले कहिल्यै पनि कसैलाई खाली पठाउँदैनन्। बाबा त हुनुहुन्छ नै विधाता, वरदाता, भरपूर भण्डारी। खाली कसरी पठाउन सक्नुहुन्छ? फेरि पनि भाग्यशाली, सौभाग्यशाली, पदम भाग्यशाली, पद्मापद्म भाग्यशाली– यस्तो किन बन्छन्? दिनेवाला पनि हुनुहुन्छ, भाग्यको खजाना पनि भरपूर छ। समयको पनि वरदान छ। यी सबै कुराको ज्ञान अर्थात् समझ पनि छ। अन्जान पनि छैनन् फेरि पनि अन्तर किन? (ड्रामा अनुसार) ड्रामालाई नै अहिले वरदान छ यसैले ड्रामा भन्न सक्दैनौ। विधि पनि हेर कति सरल छ। कुनै मेहनत पनि दिनुहुन्न। धक्का खुवाउनुहुन्न, खर्च गराउनुहुन्न। विधि पनि एक शब्दको छ। कुनचाहिँ एक शब्द? एक शब्द जान्दछौ? एउटै शब्द सर्व खजानाहरूको वा श्रेष्ठ भाग्यको चाबी हो। त्यही चाबी हो, त्यही विधि हो। त्यो के हो? यो “बाबा” शब्द नै चाबी र विधि हो। चाबी त सबैको पास छ नि? फेरि फरक किन? चाबी अट्किन्छ किन? दाहिने तर्फको सट्टा देब्रे तर्फ घुमाउँछौ। स्वचिन्तनको सट्टा परचिन्तन, यो उल्टो तर्फको चाबी हो। स्वदर्शनको बदला परदर्शन, बदल्नुको सट्टा बदला लिने भावना, स्व-परिवर्तनको सट्टा पर-परिवर्तनको इच्छा राख्नु। काम मेरो नाम बाबाको, यसको सट्टा नाम मेरो काम बाबाको। यस प्रकारको उल्टो चाबी घुमाउँछौ। खजाना भएर पनि भाग्यहीनले खजाना पाउन सक्दैन। भाग्य विधाताका बच्चा भएर पनि के बन्छन्? अलिकति अञ्चली लिनेवाला बन्छन्। त्यस्तै अरु के गर्छन्? 

आजकलको दुनियाँमा जो अमूल्य खजाना लकर्स वा सेफमा राख्छन्। त्यसलाई खोल्ने विधि डबल चाबी लगाउँछन् वा दुई पटक घुमाउनु पर्ने हुन्छ। यदि त्यो विधि नगर्ने हो भने खजाना मिल्न सक्दैन। लकर्समा देखेका छौ होला– एउटा तिमीले चाबी लगाउँछौ, अर्को बैंकले लगाउँछ। डबल चाबी हुन्छ नि। यदि केवल तिमीले मात्र आफ्नो चाबी लगाएर खोल्न चाह्यौ भने खुल्न सक्दैन। यहाँ पनि तिमी र बाबा दुवैको यादको चाबी चाहिन्छ। कोही बच्चाहरू आफ्नो नशामा आएर भन्छन्– मैले सबैथोक जानेको छु। मैले जे चाह्यो, त्यो गर्न सक्छु, गराउन सक्छु। बाबाले त हामीलाई मालिक बनाइ दिनुभएको छ। यसरी उल्टो मैं-पनको नशामा बाबासँग सम्बन्ध भुलेर स्वयंलाई नै सबैथोक सम्झिन लाग्छन्। र, एउटै चाबीबाट खजाना खोल्न चाहन्छन् अर्थात् खजानाहरूको अनुभव गर्न चाहन्छन् तर बाबाको सहयोग वा साथ विना खजाना मिल्न सक्दैन, डबल चाबी चाहिन्छ। कति बच्चाले बाप-दादा अर्थात् दुवै बाबाको सट्टा एउटै बाबाद्वारा खजानाको मालिक बन्ने विधिलाई अपनाउँछन्। यसले पनि प्राप्तिबाट वञ्चित हुन्छन्। मेरो निराकारसँग डाइरेक्ट कनेक्शन छ। साकारले पनि निराकारसँग पाए यसैले म पनि निराकारद्वारा नै सबै पाउँछु। साकारको के आवश्यकता छ? तर यस्तो चाबी खण्डित चाबी बन्न जान्छ, यसैले सफलता मिल्दैन। हाँसोको कुरा त नाम आफ्नो ब्रह्माकुमार, कुमारी कहलाउँछन् र कनेक्शन शिव बाबासँग राख्छन्। त्यसो हो भने त आफूलाई शिवकुमार, कुमारी भने भइहाल्यो नि। ब्रह्माकुमार र कुमारी किन भन्छौ? सरनेम नै छ शिववंशी ब्रह्माकुमार, ब्रह्माकुमारी, त्यसैले दुवै बाबाको सम्बन्ध भयो नि। 

दोस्रो कुरा– शिव बाबाले पनि ब्रह्माद्वारा नै स्वयंलाई प्रत्यक्ष गर्नुभयो। ब्रह्माद्वारा ब्राह्मण एडप्ट गर्नु भयो। एक्लैले गर्नुभएन। ब्रह्मा माँले बाबाको परिचय दिलाउनुभयो। ब्रह्मा माँले पालना गरेर बाबासँग वर्साको योग्य बनाउनुभयो। तेस्रो कुरा– राज्य-भाग्यको प्रारब्धमा कसको साथ आउँछौ? निराकार त निराकारी दुनियाँको वासी हुनुहुन्छ। साकार ब्रह्मा बाबाको साथ राज्य-भाग्यको प्रारब्ध भोग्छौ। साकारमा हीरो पार्ट खेल्ने सम्बन्ध साकार ब्रह्मा बाबासँग छ वा निराकारसँग? साकार विना सबै भाग्यको भण्डाराको मालिक कसरी हुन सक्छौ? त्यसैले खण्डित चाबी नलगाऊ। भाग्य विधाताले भाग्य बाँड्नु भएको नै ब्रह्माद्वारा हो। ब्रह्माकुमार, कुमारी नबनिकन भाग्य बन्न सक्दैन। 

तिम्रो यादगारमा पनि यही गायन छ– ब्रह्माले भाग्य बाँडेको समयमा सुतेका थिए! सुतेका थिए वा गुम भएका थिए? यसैले उल्टो चाबी नलगाऊ, डबल चाबी लगाऊ। डबल बाबा पनि र डबल तिमी र बाबा पनि। यसै सहज विधिबाट सदा भाग्यको खजानाद्वारा पद्मापद्म भाग्यशाली बन्न सक्छौ। कारणलाई निवारण गर, तब सदा सम्पन्न बन्छौ। बुझ्यौ? अच्छा! 

यस्ता भाग्य विधाताका सदा श्रेष्ठ भाग्यवान बच्चाहरूलाई, सहज विधिद्वारा विधातालाई नै आफ्नो बनाउने, सदा सर्व भाग्यका खजानाहरूसँग खेल्ने, “बाबा-बाबा” भन्ने मात्र होइन, बाबालाई आफ्नो बनाउने र खजाना प्राप्त गर्ने, यस्ता सदा अधिकारी बच्चाहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 

पार्टीहरूसँग व्यक्तिगत भेटघाटः–

सुन्न त धेरै सुन्यौ, सुनेपछि स्वरुप बन्यौ? सुन्नु अर्थात् स्वरुप बन्नु। यसलाई भनिन्छ मनरस। केवल सुन्ने मात्र त कनरस हुन्छ। तर सुन्नु अर्थात् बन्नु– यो हो मनरस। मन्त्र नै छ मनमनाभव। मनलाई बाबामा लगाउनु। जब मन लाग्छ, जहाँ मन हुन्छ, वहाँ स्वरुप पनि सहज बन्न जान्छ। जस्तै कुनै पनि स्थानमा बस्दा सुख वा खुशीको कुरामा मन जान्छ भने स्वरुप नै त्यो बन्न जान्छ। मनरस अर्थात् जहाँ मन हुन्छ त्यस्तै बन्नु। अब कनरसको समय समाप्त भयो र मनरसको समय चलिरहेको छ। त्यसैले अब के बन्यौ? भाग्यको खजानाको मालिक, सर्वश्रेष्ठ भाग्यवान बन्यौ नि। जस्तो बाबा हुनुहुन्छ त्यस्तै हामी। यस्तै सम्झन्छौ नि? चाबी पनि सुनाइदिएँ र विधि पनि सुनाइदिएँ। अब लगाउनु तिम्रो काम हो। चाबी लगाउन त आउँछ नि? यदि चाबीलाई उल्टो घुमायौ भने धेरै मुश्किल हुन जान्छ। चाबी पनि खतम हुन्छ, खजाना पनि खतम हुन्छ। तिमीहरू सबै सुल्टो चाबी लगाउने पद्मापद्म भाग्यशाली हौ नि? पद्मापदम भाग्यशालीको निशानी के हुन्छ? उनको हर कदममा पनि पदम हुन्छ र उनले हर कदममा पनि पद्मौंको कमाई जम्मा गर्छन्। एक कदम पनि पद्मौंको कमाईबाट वञ्चित हुँदैन। यसैले डबल पदम, पदम कमल पुष्पलाई पनि भनिन्छ। यदि कमल पुष्प समान छैन भने पनि आफ्नो भाग्यलाई बनाउन सक्दैनौ। किचडमा फँस्नु अर्थात् भाग्यलाई गुमाउनु। पद्मापद्म भाग्यशाली अर्थात् पदम समान रहनु र पदमौंको कमाई गर्ने– यी दुई निशानीहरू हुन्। सदा न्यारा र बाबाको प्यारा बनेका छौ? न्यारापन नै बाबाको प्यारो छ। जति जो न्यारा रहन्छ त्यति स्वतः नै बाबाको प्यारो हुन जान्छ किनकि बाबा पनि सदा न्यारा हुनुहुन्छ। ऊ पनि बाबा समान हुने भयो नि। हर कदममा चेक गर– हर कदम अर्थात् हर सेकेण्ड, हर संकल्पमा, हर बोलमा, हर कर्ममा, पद्मौंको कमाई हुन्छ। बोल पनि समर्थ, कर्म पनि समर्थ, संकल्प पनि समर्थ, समर्थमा कमाई हुन्छ। व्यर्थमा कमाई जान्छ। हरेकले आफ्नो चार्ट स्वतः नै चेक गर। गर्नु भन्दा पहिला चेक गर। यो हो यथार्थ चेकिंग। तर गरेपछि चेक गर्दा जुन भइसक्यो त्यो त भइ नै सक्यो नि! यसैले पहिला चेक गर, फेरि गर। समझदार वा ज्ञानीको निशानी नै हो पहिला सोच्नु, फेरि गर्ने। गरेपछि यदि सोच्यो भने आधा गुमायौ, आधा पायौ। गर्नु भन्दा पहिला सोचेमा सदा पाइन्छ। ज्ञानी आत्मा अर्थात् समझदार केवल राती र बिहान मात्र चेकिंग गर्दैनन्, हर समय पहिला चेकिंग अनि गर्छन्। जस्तै ठूला मानिसले पहिला भोजनलाई चेक गराउँछन् अनि खान्छन्। यो संकल्प पनि बुद्धिको भोजन हो यसैले तिमी बच्चाहरूले संकल्पको पनि चेकिंग गरेर मात्र स्वीकार गर्नु छ अर्थात् कर्ममा ल्याउनु छ। संकल्प नै चेक भयो भने वाणी र कर्म स्वतः नै चेक हुन्छ। बीज त संकल्प हो नि। तिमी जस्तो महान्, अरु कोही कल्पमा भएको नै छैन। 

टिचर्सका साथः– सेवाधारीको विशेषता हो नै त्याग र तपस्या। जहाँ त्याग र तपस्या हुन्छ, त्यहाँ सेवाधारीको सदा सफलता हुन्छ। सेवाधारी अर्थात् जसको एक बाबा सिवाय अरु कोही छैन। एक बाबा नै सारा संसार हुन्छ। जब संसार नै बाबा हुनुभयो भने अरु के चाहियो? बाबा बाहेक अरु केही नदेखियोस्। हिँड्दा-डुल्दा, खाँदा-पिउँदा एक बाबा दोस्रो न कोही। यही स्मृतिमा राख्नु अर्थात् सफलतामूर्त बन्नु। सफलता कम हुन्छ भने चेक गर– अवश्य बापदादाको साथ-साथै कुनै दोस्रो बीचमा आएको छ। सफलतामूर्तको निशानी एक बाबामा सारा संसार। 

कुमारीहरूसँगः– कुमारीहरूलाई देखेर बापदादा धेरै हर्षित हुनुहुन्छ। किन? किनकि एक-एक कुमारीले अनेकलाई जगाउने निमित्त हौ। कुमारीहरूको भविष्यलाई देखेर हर्षित हुनुहुन्छ। एक-एक कुमारी विश्व कल्याणकारी बन्छन्। परिवार कल्याणवाला होइन। विश्व कल्याण गर्नेवाला। यदि कुमारी गृहस्थी बन्छन् भने परिवार कल्याणकारी भए। यदि ब्रह्माकुमारी बनेमा विश्व कल्याणकारी हुन्छन्। के बन्नेवाला हौ? यसै पनि हेर कुमारीहरूको भक्तिकालको अन्तमा पनि पूजन हुन्छ। लास्टसम्म पनि यति श्रेष्ठ छौ। कुमारी जीवनको धेरै महत्व छ। कुमारीहरूलाई ब्राह्मण जीवनमा लिफ्ट पनि छ। कुमारीहरू कति छिटो सेवाकेन्द्रका इन्चार्ज बन्छन्। कुमारहरूलाई ढिलो चान्स मिल्छ। कुमारी यदि रेसमा अगाडि गए भने आफूलाई धेरै अगाडि बढाउन सक्छन्। एक कुमारीले अनेक सेवाकेन्द्रलाई सम्हाल्न सक्छन्। ड्रामा अनुसार यो लिफ्ट गिफ्टको रीतिले मिलेको छ। मेहनत गरेर होइन। कुमारीहरूको विशेषता के हो? कुमारी जीवन अर्थात् सम्पूर्ण पावन। यदि कुमारी जीवनमा यो विशेषता छैन भने उनको कुनै महत्व हुँदैन। ब्रह्माकुमारी अर्थात् मनसामा पनि अपवित्रताको संकल्प नहोस्, तब पूज्य हुन्छौ, नत्र खण्डित हुन्छौ। खण्डितको पूजा हुँदैन। यस विशेषतालाई जान्दछौ? 

यतिका सबै कुमारीहरू सेवाधारी बने भने कति सेन्टर खुल्ने थियो! बापदादा कसैलाई लौकिक सेवा छोड्नको लागि पनि भन्नुहुन्न। तर ब्यालेन्स राख। जति-जति यस सेवामा बिजी हुँदै जान्छन्, त्यो आफैं नै छुट्छ। कसैलाई नोकरी छोड्न भन्यो भने सोचमा पर्छन्। जस्तै अज्ञानीलाई बिँडी छोड, सिग्रेट छोड भन्यो भने छुट्दैन, अनुभवद्वारा छोड्छन्। यसैगरी तिमी पनि जब यस सेवामा बिजी हुन्छौ, तब त्यो छुट्छ। अहिलेसम्म गुजरातलाई दाइजोमा सेन्टर मिलेको छैन, बम्बईलाई मिलेको छ। गुजरातले जे चाह्यो त्यो गर्न सक्छ। कमी छैन, केवल संकल्प र सिस्टम शुरु भएको छैन। सबै कुमारीहरू बापदादाका कुलका दीपक हौ नि? आफ्नो भाग्यलाई देखेर सदा हर्षित होऊ– यस जीवनमा बाबाको बन्यौ। यही जीवन गिराउनेवाला पनि हो र चढाउनेवाला पनि हो। सबै चढ्ती कलाको मार्गमा आइपुग्यौ। अच्छा! 


वरदान:

कदम-कदममा सावधानी राख्दै पद्मौंको कमाई जम्मा गर्ने पद्मपति भव:-  

बाबाले बच्चाहरूलाई धेरै उच्च स्टेजमा रहन सावधानी दिइरहनु भएको छ। त्यसैले अहिले अलिकति पनि लापरवाही गर्ने समय होइन। अब त कदम-कदममा सावधानी राख्दै, कदममा पद्मौंको कमाई गर्दै पद्मपति बन। जस्तो नाम छ पद्मापदम भाग्यशाली, त्यस्तै कर्म पनि होस्। एक कदम पनि पदमको कमाईको विना नजाओस्। धेरै सोचेर बुझेर श्रीमत प्रमाण हर कदम उठाऊ। श्रीमतमा मनमत मिक्स नगर।

स्लोगन:

मनलाई अर्डर प्रमाण चलायौ भने मनमनाभवको स्थिति स्वतः रहन्छ।   

  

***OM SHANTI***

Google+ Followers