BK Murli 30 July 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 30 July 2016 Nepali

    १५ श्रावण शनिबार 30.07.2016 बापदादा मधुवन

    “मीठे बच्चे– बिग्रेकोलाई सुधार्ने अर्थात् तिम्रो तकदिर बनाउनेवाला एक बाबा हुनुहुन्छ, जसले तिमीलाई ज्ञान दिएर तकदिरवान बनाउनुहुन्छ।”   

    प्रश्न:

    तिमी बच्चाहरूको यस रुहानी भट्ठीमा कुनचाहिँ एउटा मर्यादा छ?

    उत्तर:

    रुहानी भट्ठीमा अर्थात् यादको यात्रामा बस्नेहरूले कहिल्यै पनि यता-उताका विचार चलाउनु हुँदैन। एक बाबालाई याद गर्नु छ। यदि बुद्धि यहाँ-वहाँ भट्किन्छ भने उँगिरहन्छन्, हाई गर्छन्। यसबाट वायुमण्डल खराब हुन्छ। आफ्नै नोक्सान गर्छन्।

    गीतः–

    दिल का सहारा टूट न जाये...

    ओम् शान्ति।

    मीठा-प्यारा रुहानी बच्चाहरूले गीतका दुई शब्द सुन्यौ। बच्चाहरूलाई सावधानी मिल्छ। यस समय जति पनि छन्, तिमी ब्राह्मणहरू बाहेक सबैको तकदिर बिग्रेको छ। तिम्रो अहिले सुध्रिइरहेको छ। बाबालाई भनिन्छ नै तकदिर बनाउनेवाला। तिमीले जान्दछौ– शिवबाबा कति मीठो हुनुहुन्छ। बाबा शब्द धेरै मीठो छ। बाबाबाट सबै आत्माहरूलाई वर्सा मिल्छ। लौकिक पिताबाट छोरालाई वर्सा मिल्छ, छोरीलाई मिल्दैन। यहाँ बच्चा वा बच्ची सबै वर्साका हकदार छन्। बाबाले आत्माहरूलाई अर्थात् आफ्ना बच्चाहरूलाई पढाउनुहुन्छ। आत्माले सम्झन्छ– हामी सबै भाइ-भाइ हौं। अवश्य ब्रदरहुड भनिन्छ नि। एक भगवान्का बच्चा भएर फेरि यति धेरै लडाईं झगडा किन? सबै आपसमा लडार्इं गरिरहन्छन्। अनेक धर्म, अनेक मत छन् र मुख्य कुरा त रावण राज्यमा लडाईं नै हुन्छ किनकि विकारको प्रवेशता छ। काम विकारको लागि पनि कति लडाईं झगडा हुन्छ। यसरी धेरै राजाहरूले लडाईं गरेका छन्। कामको लागि धेरै लडाईं गर्छन्। कति खुशी हुन्छन्। कसैसँग दिल लाग्यो भने मारि पनि दिन्छन्। काम महाशत्रु हो। क्रोध भएकालाई त क्रोधी नै भनिन्छ। लोभ हुनेलाई लोभी भनिन्छ। तर जो कामी छन्, उनीहरूका धेरै नाम राखेका छन्। त्यसैले भनिन्छ– अमृत छोडेर विष किन खाने! शास्त्रहरूमा अमृत नाम लेखिदिएका छन्। देखाउँछन्– सागर मन्थन गरे अनि अमृत निस्कियो। कलश लक्ष्मीलाई दिए। कति कहानीहरू छन्। यसमा पनि सबैभन्दा विशेष कुरा छ सर्वव्यापीको, गीताको भगवान को हुनुहुन्छ? पतित-पावन को हुनुहुन्छ? प्रदर्शनीमा मुख्य यिनै चित्रहरूमा सम्झाइन्छ। पतित-पावन, ज्ञानका सागर र त्यसबाट निस्किएको ज्ञान गंगाहरू वा पानीको नदी वा सागर? कति राम्रा-राम्रा कुरा सम्झाइन्छ। बाबा बसेर सम्झाउनुहुन्छ– मीठा-प्यारा बच्चाहरू! तिमीलाई कसले पावन बनायो? बिग्रिएकालाई सुधार्ने को हुनुहुन्छ। 

    उहाँ पतित-पावन कहिले आउनुहुन्छ? यो खेल कस्तो बनेको छ! कसैले पनि जान्दैनन्। बाबालाई भनिन्छ नै ज्ञानका सागर, आनन्दका सागर, शान्तिका सागर। भनिन्छ पनि– बिग्रेकोलाई बनाउनेवाला एक हुनुहुन्छ। यो त बुझिन्छ– अवश्य रावणले हामीलाई बिगार्छ। यो खेल हो हार-जितको। रावणलाई पनि तिमीले जान्दछौ, जसलाई भारतवासीले वर्ष-वर्ष जलाउँछन्। यो भारतको दुश्मन हो। भारतमा नै हर वर्ष जलाउँछन्। उनीहरूसँग सोध– कहिलेदेखि जलाउँदै आउनुभयो? भन्छन्– यो त अनादि चल्दै आएको हो, जबदेखि सृष्टि शुरु भयो। शास्त्रमा जे पढ्यो सत्-सत् गर्दै आउँछन्। मुख्य भूल हो ईश्वरलाई सर्वव्यापी भन्नु। बाबा यो भन्नुहुन्न– यो यसको भूल हो! यो ड्रामामा निश्चित छ। हार-जितको खेल हो मायासँग हारे-हार, मायासँग जिते-जित। मायासँग कसरी हार खान्छौ, त्यो पनि सम्झाइन्छ। पूरा आधाकल्प रावण राज्य चल्छ। एक सेकेन्डको पनि फरक हुन सक्दैन। रामराज्यको स्थापना र रावण राज्यको विनाश। आफ्नो समयमा एक्युरेट चल्छन्। सत्ययुगमा त लंका हुँदैन। त्यो त बुद्ध धर्मको खण्ड हो। पढे लेखेकाको बुद्धिमा रहन्छ, लण्डन यतातिर, अमेरिका यतातिर छ। पढाइबाट बुद्धिको ताला खुल्दछ, प्रकाश आउँछ। यसलाई ज्ञानको तेस्रो नेत्र भनिन्छ। बूढी माताहरूले धेरै कुरा बुझ्न सक्दैनन्। यिनीहरूले एउटा मुख्य कुरा धारणा गर्नु छ, जुन कुरा नै अन्त्यमा काम आउँछ। मनुष्यले शास्त्र त धेरै पढ्छन्। अन्त्यमा फेरि पनि एक अक्षर भनिदिन्छन्– राम राम भन। यस्तो भन्दैनन्– शास्त्र सुन, वेद सुन। अन्त्यमा भनिन्छ, रामलाई याद गर। जो धेरै समय जुन चिन्तनमा रहन्छ, अन्त्यमा पनि त्यही याद आउँछ। अब विनाश त सबैको हुनु छ। तिमीले जान्दछौ– सबैले कसलाई याद गर्छन्? कसैले कृष्णलाई, कसैले आफ्नो गुरूलाई याद गर्छन्। कसैले आफ्नो देहको सम्बन्धीलाई याद गर्छन्। देहलाई याद गर्यो, खेल समाप्त। यहाँ तिमीलाई एउटै कुरा सम्झाइन्छ– आफूलाई आत्मा सम्झिएर बाबालाई याद गरिराख। 

    चार्ट राख– मैले कति याद गर्छु? जति याद गर्छा, पावन हुँदै जान्छौ। यस्तो होइन– गंगामा स्नान गर्नाले पावन बनिन्छ। आत्माको कुरा हो नि। आत्मा नै पतित, आत्मा नै पावन बन्छ नि। बाबाले सम्झाउनु भएको छ– आत्मा एक तारा बिन्दु हो। भृकुटीको बीचमा रहन्छ। भन्दछन्– आत्मा स्टार अति सूक्ष्म छ। तिमी बच्चाहरूले नै यी कुरालाई बुझ्न सक्छौ। बाबा भन्नुहुन्छ– म कल्पको संगमयुगमा आउँछु। उनीहरूले फेरि कल्प शब्द छोडेर युगे-युगे शब्द लेखिदिएका छन्। त्यसैले मनुष्यले उल्टो बुझेका छन्। मैले भनेको छु– कल्प-कल्प संगमयुगमा आउँछु। सम्पूर्ण अँध्यारो र सम्पूर्ण उज्यालाको संगममा। बाँकी युग-युगमा आउने त आवश्यकता नै छैन। सिँढी झर्दै नै आउँछन्। जब पूरा ८४ जन्मको सिँढी झर्छन् अनि बाबा आउनुहुन्छ। यो ज्ञान सारा दुनियाँको लागि हो। संन्यासीहरूले त भनिदिन्छन्– यिनीहरूको चित्र सबै कल्पना हो। तर कल्पनाको त यसमा कुनै कुरा छैन। यो सबैलाई सम्झाइन्छ, नत्र मनुष्यलाई कसरी थाहा होस्? त्यसैले यी चित्र बनाइएका छन्। यो प्रदर्शनी देश-विदेशमा धेरै भइरहनेछन्। बाबा भन्नुहुन्छ– धेरै हिन्दू बच्चाहरू बसेका छन्। हुन त सबै बच्चाहरू हुन् नि। अनेक धर्महरूको यो वृक्ष हो। बाबा बसेर सम्झाउनुहुन्छ– यी सबै काम चितामा बसेर जलेर मरेका छन्। सत्ययुगमा जो पहिला शुरुमा आउँछन्, उनीहरू नै फेरि शरुमा द्वापरदेखि लिएर काम अग्निमा जल्छन्, त्यसैले काला भएका छन्। अब सबैको सद्गति हुनु छ। तिमी निमित्त बन्छौ। तिम्रो हुँदा सबैको सद्गति हुनु छ। बाबा कति सहज रीतिसँग सम्झाउनुहुन्छ। भन्नुहुन्छ– केवल बाबालाई याद गर। आत्माले नै दुर्गति पाएको छ। आत्मा पतित बन्नाले शरीर पनि यस्तो मिल्छ। आत्मालाई पावन बनाउने युक्ति बाबाले बिलकुल सहज बताउनु हुन्छ। 

    त्रिमूर्तिको चित्रमा ब्रह्माको चित्र देखेर मनुष्यले हाय-हाय मचाइदिन्छन्। यिनलाई ब्रह्मा किन भन्छौ? ब्रह्मा त सूक्ष्मवतन वासी देवता हुन्, यहाँ कहाँबाट आए? यी दादा त प्रख्यात थिए। अखबारमा सबैतिर आएको थियो, एक जौहरीले भन्छ– म श्रीकृष्ण हुँ, मलाई १६१०८ रानीहरू चाहिन्छ। बडो हंगामा मच्चिएको थियो, भगाउने। अब एक-एकसँग कसले टाउको दुखाउने? यति धेरै मनुष्य छन्। आबूमा पनि कोही आउँछन् भने उनलाई झट्ट भन्छन्– अरे ब्रह्माकुमारीको पासमा जान्छौ! उनीहरूले त जादू गरिदिन्छन्। स्त्री-पुरूषलाई भाइ-बहिनी बनाइदिन्छन्। लम्बा-चौडा कुरा सुनाएर दिमागै खराब गरिदिन्छन्। बाबा भन्नुहुन्छ– तिमीले मलाई ज्ञानसागर वल्र्ड अलमाइटी अथोरिटी भन्छौ। वल्र्ड अलमाइटी अर्थात् सर्वशक्तिमान, सबै वेद शास्त्र आदिलाई जान्नेवाला। ठूला विद्वान्लाई पनि अथोरिटी भन्दछन् किनकि उनीहरूले सबै वेद, शास्त्र आदिलाई पढ्छन् फेरि वनारसमा गएर पदवी लिएर आउँछन्। महा महोपाध्याय, श्री श्री १०८ सरस्वती– यी सबै पदवी वहाँ नै मिल्छन्। जो धेरै होसियार छ, उसलाई ठूलो पदवी मिल्छ। शास्त्रमा जनकको लागि लेखिएको छ। उनले भने– सच्चा ब्रह्म ज्ञान कसैले मलाई सुनाओस्। अब ब्रह्म ज्ञान त हुँदैन। कुरा सारा यहाँका हुन्। कहानी लामो बनाइदिएका छन्। शंकर-पार्वतीको पनि कहानी लेखिएको छ। कति कहानी बसेर बनाएका छन्। शंकरले पार्वतीलाई कथा सुनाए, वास्तवमा हुनुहुन्थ्यो शिव उनीहरूले फेरि शंकर-पार्वतीको नाम दिएका छन्। भागवत आदिमा यी सबै यस समयका कुरा हुन्। फेरि कहानीमा बताउँछन्, उनलाई विचार आयो– राजालाई गएर यो ज्ञान दिऊँ। बाबा पनि सम्झाउनुहुन्छ– राजाहरूलाई गएर ज्ञान देऊ। 

    तिमी नै सूर्यवंशी थियौ, फेरि चन्द्रवंशी, वैश्यवंशी, शूद्रवंशी बन्यौ। तिम्रो राजधानी नै समाप्त भएको छ। अब फेरि सूर्यवंशी राजधानी लिनु छ भने पुरूषार्थ गर। राजयोग सिकाउनेवाला बाबा आउनुभएको छ। फेरि आएर बेहदको स्वराज्य लेऊ। राजाको पासमा पनि धेरै चिठीहरू आउँछन्, तर उनलाई कहाँ पुग्छ र! उनका प्राइभेट सेक्रेटरीले चिठी हेर्छन्। कति चिठीहरू फ्याँकिदिन्छन्। कुनैमा यस्तो जरुरी कुरा छ भने उनलाई देखाइदिन्छन्। भन्दछन्– अष्टावक्रले जनकलाई सेकेण्डमा जीवनमुक्तिको साक्षात्कार गराए। यो पनि अहिले कुरा हो। अहिले बाबा बसेर कति राम्रोसँग तिमीलाई सम्झाउनुहुन्छ। जो बुझ्नेवाला छैनन्, उनीहरू यता-उता हेरिरहन्छन्। बाबा झट्ट सम्झनुहुन्छ– यिनको बुद्धिमा केही बस्दैन। बाबाले चारैतिर हेर्नुहुन्छ– सबैले राम्रोसँग सुनेका छन्! यिनको बुद्धि कहीँ भट्किइरहन्छ। हाई गरिरहन्छन्। ज्ञान बुद्धिमा बसेन भने उँगिरहन्छन्, नोक्सान हुन्छ। कराँचीमा यी बच्चाहरूको भट्ठी थियो। कसैले उँग्यो भने झट्ट बाहिर निकालिन्थ्यो। आफ्नै बस्दथे। बाहिरको कोही आउँदैनथ्यो। शुरुमा यिनीहरूको ठूलो पार्ट चल्यो। लामो इतिहास छ। शुरुमा त बच्चीहरू धेरै ध्यानमा जान्थे। अहिलेसम्म पनि भनिरहन्छन्– जादू छ। परमपिता परमात्मालाई जादूगर भनिन्छ नि। शिवबाबा हेर्नुहुन्छ– यिनको धेरै प्रेम छ, त्यसैले देख्नेबित्तिकै झट्ट ध्यानमा जान्छन्। वैकुण्ठ त सबैलाई धेरै प्यारो छ। कोही मर्छ भने पनि भन्छन्– वैकुण्ठवासी भयो, स्वर्गवासी भयो। अहिले यो त हो नै नर्क। सबै नर्कवासी हुन्, त्यसैले त भन्छन्– फलानो स्वर्गवासी भयो। तर स्वर्गमा त कोही जाँदैन। अहिले केवल यो तिमीले जान्दछौ– हामी स्वर्गवासी थियौं फेरि ८४ जन्म लिएर नर्कवासी भनेका हां। अब फेरि बाबाले स्वर्गवासी बनाइरहनु भएको छ। स्वर्गमा हुन्छ राजधानी। राजधानीमा धेरै पद हुन्छन्। पुरूषार्थ गरेर नरबाट नारायण बन्नु छ। तिमीले जान्दछौ– यी मम्मा-बाबा भविष्यमा लक्ष्मी-नारायण बन्छन्। अहिले पुरूषार्थ गरिरहेका छन्, त्यसैले भनिन्छ फलो मदर-फादर। जसरी यिनले पुरूषार्थ गर्छन्, तिमी पनि गर। यिनी पनि यादमा रहन्छन्, स्वदर्शन चक्रधारी बन्छन्। तिमीले पनि बाबालाई याद गर र वर्सालाई याद गर। त्रिकालदर्शी बन। तिमीलाई सारा चक्रको ज्ञान छ, यसमा तत्पर भइराख, अरुलाई सम्झाइराख। यस सेवामा नै लागिरह्यौ भने अरु कुनै धन्दा आदि याद आउँदैन। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) सत्ययुगमा उच्च पद पाउनको लागि माता-पितालाई पूरा-पूरा अनुसरण गर्नु छ। उहाँ समान पुरूषार्थ गर्नु छ। सेवामा तत्पर रहनु छ। एकाग्र भएर पढाइ गर्नु छ।

    २) यादको सच्चा-सच्चा चार्ट राख्नु छ। आफूलाई आत्मा सम्झिएर बाबालाई याद गर्नु छ, देह वा देहधारीलाई याद गर्नु छैन।

    वरदान:

    स्वार्थ शब्दको अर्थलाई जानेर सदा एकरस स्थितिमा स्थित हुने सहज पुरूषार्थी भव:-   

    आजकल एक अर्कामा जुन लगाव छ, त्यो स्नेहका कारण होइन, स्वार्थका कारण हो। स्वार्थका कारण लगाव छ। लगावको कारण न्यारा बन्न सक्दैनौ, त्यसैले स्वार्थ शब्दको अर्थमा स्थित होऊ अर्थात् पहिला स्वको रथलाई स्वाहा गर। यो स्वार्थ गयो भने न्यारा बनिहाल्छौ। यस एउटा शब्दको अर्थलाई जानेपछि सदा एकको र एकरस बन्छौ– यही सहज पुरूषार्थ हो।

    स्लोगन:

    फरिश्ता रुपमा रह्यौ भने कुनै पनि विघ्नले आफ्नो प्रभाव पार्न सक्दैन।  



    ***OM SHANTI***