BK Murli 31 July 2016 Nepali

BK Murli 31 July 2016 Nepali

१६ श्रावण आईतबार 31.07.2016 बापदादा मधुवन

बाबा र बच्चाहरूको रुहानी मिलन

रुहानी बाबाले रुहानी बच्चाहरूसँग मिलन मनाइरहनु भएको छ। यो रुहानी मेला केवल तिमी बच्चाहरूले नै मनाउन सक्छौ। एक बाबासँग एकै समय यो मेला मनाउन सक्छौ। तिमी सबै दीपावलीको मेला मनाउन आएका छौ। मेलामा एक हुन्छ मनाउनु, दोस्रो एक अर्कासँग मिल्नु, तेस्रो केही लिनु, केही दिनु र चौथो खेल्नु। तिमीहरूले पनि यी चारै कुरा गर्यौ। मेलामा त आयौ तर मनाउनु अर्थात् सदा अविनाशी उत्साहले भरपुर, उमंगले भरपुर जीवनमा सदा रहने दृढ संकल्प गर्नु। यो रुहानी मेला मनाऊ, अविनाशी उत्सव मनाऊ, एक दुई दिनको लागि होइन, संगमयुग हो नै सदा उत्सव अर्थात् उत्साह बढाउने वाला। त्यसैले दीपावली गएको छैन, दीपावली अझै छ। नयाँ वर्ष सदाको लागि हो। हर घडी तिम्रो लागि नयाँ छ। जसरी नयाँ वर्षमा त्यसै दिन विशेष नयाँ-नयाँ वस्त्र, नयाँ-नयाँ सृंगार, नयाँ उमंग र विशेष खुशीको दिन सम्झदै सबैलाई बधाई दिन्छन्। मुख मीठा गराउँछन्। त्यस्तै तिमी रुहानी बच्चाहरूको लागि संगमयुगको हर दिन सबैलाई बधाई दिने समय हो र सबैको सदाको लागि मुख मीठा गर्ने समय हो। यसरी सदा उत्साहमा रहने गर अनि अरुलाई पनि उत्साह दिलाऊ। सदा मुखमा मीठो बोल, यो हो मुख मीठो गर्नु र अरुहरूलाई पनि मीठो बोलीद्वारा मीठे बाबाको स्मृति दिलाउनु, सम्बन्धमा ल्याउनु, यो हो मीठो मुख गर्नु। सदा मुख मीठो छ? मीठो बोलीको मिठाई सदा तिम्रो मुखमा छ र सदा अरुलाई खुवाउने गर्छा। हर दिन श्रेष्ठ स्थिति अर्थात् हर दिन आफूमा नवीनता धारण गरिरहन्छौ। जुन सेकेण्ड बित्यो, नयाँ स्थिति। जुन एक सेकेण्ड पहिलाको स्थिति थियो त्यो अर्को सेकेण्ड चढती कलाको अनुभूति हुनाको कारण सदा श्रेष्ठ वा नयाँ हुन्छ। स्थिति धारण गर्नु अर्थात् नयाँ वस्त्र धारण गर्नु। 

सत्ययुगमा त स्थूलमा सदा नयाँ ड्रेस पहिरिन्छौ, विश्व महाराजन् वा राज्यवंशीले पहिले पहिरेको ड्रेस पहिरिदैनन्। यो संस्कार यहाँबाट राज्य-अधिकारी आत्माहरूको भर्छौ। हर समय नयाँ स्थिति र हर समय बाप-दादाद्वारा ज्ञान, विज्ञानद्वारा नयाँ सृंगार भइरहेको छ। जसरी सबै भन्दा धेरै सम्पत्तिवानले सदा नयाँ-नयाँ सृंगार गर्छन्। सर्वश्रेष्ठ सम्पन्न बाबा, तिमी श्रेष्ठ सम्पन्न बच्चाहरूको सधैं नयाँ सृंगार गर्नुहुन्छ नि! सधैं नयाँ वर्ष भयो नि! नयाँ वस्त्र, नयाँ सृंगार, नयाँ उत्सव अर्थात् उत्साह अनि सदा मुख मीठा। सदैव मुखमा मीठापनको मिठाई, त्यसैले बाबाले पनि के भन्नुहुन्छ? (मीठा प्यारा बच्चाहरू) यो त पक्का याद छ नि। बाबाले पनि मीठा-प्यारा बच्चाहरू भन्नुहुन्छ। बच्चाहरूले पनि के भन्छन्? (मीठा प्यारा बाबा) मुखमा के भयो? सधैं नयाँ वर्ष भयो नि! नयाँ वर्ष त के नयाँ घडी भयो। यसै गरि मनायौ? या उत्सव गयो अनि उत्साह पनि गयो? यस्तो अल्पकालको त मनाएका छैनौ नि? यहाँ रुहानी मेला अर्थात् अविनाशी मेला, अर्को कुरा मनाउना साथ मिल्नु। त्यसैले रुहानी मिलन मनाउनु अर्थात् बाबा समान बन्नु। यो केवल गला मिलाउनु होइन, गुणहरूसँग मिलन, संस्कारहरूसँग मिलन। मिल्नु अर्थात् समान बन्नु, त्यसैले सँगको रंगको गायन छ। यस्तो रुहानी मिलन मनायौ? वा केवल एक अर्कासँग हात मिलायौ वा गला मिलायौ? गुणहरूको मिलन वा संस्कारहरूको मिलन, यो त सदा कालको हुन्छ नि? सधैं मिलन मनाउनु पर्छ। चेक गर मेलामा आयौ त्यसैले यस्तो मिलन मनायौ? 

तेस्रो कुरा– लिनु र दिनु। लौकिक रीतिबाट पनि कुनै मेलामा गयौ भने पैसा दिन्छौ अनि कुनै चीज लिन्छौ। केही न केही अवश्य लिन्छौ। अनि लिनु भन्दा पहिला दिनु त छंदैछ। सदा लिन्छौ? एक आपसमा पनि सदा हरेकको विशेषता वा गुणहरूलाई लिन्छौ। सधं लिन्छौ हैन? लिनु अर्थात् स्वयंमा धारण गर्नु। जब विशेषता धारण गर्छौ साधारणता स्वतः नै खतम भएर जान्छ। गुणलाई धारण गरेपछि त्यस गुणले धरणाको कमजोरी स्वतः नै समाप्त भएर जान्छ। यो नै दिनु हो। गुजरात वालाले लियौ अनि दियौ हैन? लेनदेन गर्यौ? यो लेनदेन पनि हर समय चलिरहेको छ र चलि नै रहन्छ। हर सेकेण्ड लिन्छौ अनि दिन्छौ किनकि लिएपछि दिनलाई बाँधिन्छ। दिनमा पनि उदारदिल छौ या कन्जुस छौ? उदारदिल छौ हैन? अनि दिन्छौ पनि के र? जुन कुरामा मजबुर छौ त्यही दिन्छौ। बाबा पनि तब आउनु हुन्छ जब सबै बच्चाहरू बिल्कुल खाली हुन्छन्। न तनको शक्ति, न मनको, न धनको। तनको शक्तिबाट खाली– यसको यादगार शिवको बरात कस्तो देखाइएको छ? अनि मनको शक्तिको समाप्तिको निशानी– “निरन्तर पुकार” को यादगार हो। सधैं पुकारी रहन्छन् नि। धनबाट खाली भएको निशानी– अहिले हेर जुन केही सुन रहेको छ, त्यस माथि पनि सदैव सरकारको दृष्टि रहन्छ। डराई-डराई लगाउँछन्। यदि धन छ भने पनि त्यसको नाम के भनिन्छ? “कालो धन”। जति ठूलो धनवान नाम हुन्छ त्यति ९० प्रतिशत ब्लैकमनी हुन्छ। नामको धन रह्यो या कामको? जब सबै तिरबाट खाली हुन्छौ, केवल सुदामाको कनिका चामल रहन पुग्छ अनि बाबा आउनुहुन्छ। न पकाइकन चामल खायो भने नोक्सान हुन्छ। केवल चामल दिन्छौ त्यो पनि काँचो अनि लिन्छौ के? सर्वगुण, सर्वशक्ति, सर्व खजाना। ३६ प्रकार भन्दा पनि धेरै भेराइटी, लिनु भयो या दिनु भयो? चामलपनि ढुंगा माटो मिसिएको ल्याउँछौ। माटो कै स्मृति रहन्छ नि! अब त परिवर्तन भयौ जतिखेर बाबाको पासमा आएका थियौ, त्यतिखेर माटो वाला नै थियौ। माटोलाई हेथ्र्यौ, माटोसँग खेल्थ्यौ अरु के गथ्र्यौ! अहिले रत्नहरूसँग खेल्छौ। लिनु अनि दिनु यो पनि सदा चलि नै रहन्छ। दिने पनि माटोको सुक्खा चामल हो फेरी पनि कुनै बच्चाले दिनको लागि पनि नाज-नखरा धेरै गर्छन्। आज भन्छन् दिएँ अनि सुदामाले जस्तै त्यो पनि छिपाएर राख्छन्। बाबाले त लिन सक्नुहुन्छ, दिने वालाको भाग्य बन्छ त? यदि खोसेर लिनु भयो तिमीले स्वयं दिएनौ भने, त्यसमा कमी पर्न जान्छ। एक दिनु, पदम प्राप्त गर्नु। स्व-इच्छा अर्थात् दृढ संकल्पद्वारा एक दिनु पदम पाउनु, त्यसैले दिनु तिमीले नै पर्छ किनकि दिनमा नै कल्याण छ। बुझ्यौ लेनदेन के हो! 

जब यस्तो मनाउने, मिल्ने र लिने-दिने हुन जान्छ त्यसपछि के हुन्छ? सदा बाबाको साथमा खुशीले खेल्छौ। सदा अतीन्द्रिय सुखको झूलामा झूल्छौ। यस्तो मेला मनायौ? यही रुहानी मेला सदा मनाइ राख। सधैं मेला छ! बुझ्यौ– अच्छा। 

यस्ता हर सेकेण्ड मेला मनाउने, सदा स्वयंको र सबैको मुख मीठो गर्ने, सदा नयाँ उत्साह राख्ने अर्थात् सदा उत्सव मनाउने, हर सेकेण्ड चढती कलाको नयाँ स्थिति अर्थात् नयाँ वस्त्रधारी, नयाँ सृंगारधारी, सदा बाबाको साथ खुशीमा खेल्ने, यस्ता सदा रुहानी मेला मनाउने श्रेष्ठ आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 

युगलहरूसँगः– आफ्नो विशेषतालाई जानेका छौ? यस ग्रुपको विशेषता के हो? यो ग्रुप संन्यासी, महात्माहरूलाई पनि झुकाउने वाला हुन्। संन्यासी अर्थात् आजकलका महान आत्माहरू। आजकलका महात्मा कहलाउनेहरूलाई पनि आफ्नो जीवनद्वारा बाबाको परिचय दिलाउने वाला हौ। यसै विशेषतालाई सदा स्मृतिमा राख्दै हर कदम उठायौ भने हर कार्य चरित्र हुन्छ। जसरी ब्रह्माको हर कर्म चरित्रको रुपमा वर्णन् गर्छा नि। यहाँ मधुबनमा ब्रह्मा बाबाको चरित्र भूमि सम्झेर आउँछौ नि। जसरी ब्रह्मा बाबाको हर कर्म चरित्र बन्यो किनकि श्रेष्ठ कर्म थियो। यस्तै यस ग्रुपको विशेषता हो हर कर्म चरित्र समान गर्ने वाला, किनकि अब अलौकिक बाबाको बच्चा अलौकिक भयौ। ब्रह्माकुमार, कुमारीको अलौकिक नाता भयो। अलौकिक बाबा, अलौकिक बच्चा अनि अलौकिक कर्म। अलौकिक कर्मलाई नै चरित्र भनिन्छ। सारा दिनमा अमृतबेलादेखि लिएर रातीसम्म हर कर्म चरित्र होस्, साधारण होइन, अलौकिक होस्। अलौकिक जीवन हुनेले साधारण कर्म गर्न नै सक्दैनन्। 

सबैको गाडी दुई पाँग्रावाला ठीक चलिरहेको छ नि? कहिलेकाहीँ कुनै पाँग्रा तल माथि त हुँदैन! एक पाँग्रो अगाडि चल्ने अर्को पछाडि यस्तो त हुँदैन। तिमी सबैको यही विशेषता होस्– जो एक दुई भन्दा अगाडि पनि छौ अनि एक अर्कालाई अगाडि गर्नेवाला पनि। एक अर्कालाई अगाडि राख्नु नै अगाडि हुनु हो। यस्तो होइन म पुरूष हुँ र उनीहरू सम्झुन् म शक्ति हुँ। यदि तिमी शक्ति हौ भने ती पाण्डव पनि कम छैनन्। शक्तिहरू पनि कम छैनन्। दुवै नै बाबाको सहयोगी हुन् त्यसैले पाण्डव अगाडि छौ या शक्तिहरू अगाडि छौ, यो पनि भन्न सक्दैनौ। शक्तिहरूलाई ढाल यसैले भनिन्छ किनकि उनीहरू आफूलाई धेरै समयदेखि तल सम्झन्छन्, त्यसैले नशा चढाउनको लागि अगाडि राखिएको हो। शक्तिहरूलाई अगाडि राख्नमा नै पाण्डवहरूलाई फायदा छ। शक्तिहरू पछाडि रहे भने तिमीलाई पनि पछाडि खिच्छन् किनकि शक्तिहरूमा आकर्षण गर्ने शक्ति धेरै हुन्छ। त्यसैले शक्तिहरूलाई अगाडि राख्नु नै तिमी अगाडि हुनु हो। त्यसै पनि शक्तिहरू पाण्डवहरूको ढाल हुन्। पाण्डवले कहीँ यस्तो भाषण गरे भने डण्डा खान पर्ने हुन्छ। त्यसैले गीता पाठशाला खोले पछि बहिनी पठाइदिनु होस् भन्छौ। माता गुरू हुन् त्यसैले मातामा भावना सहज बस्न पुग्छ। ब्रह्मा बाबा पनि ब्याकबोन रहे र शक्तिहरूलाई अगाडि गरे त्यसैले तिमी पनि ब्रह्माको साथी हौ। जसरी बाबाले शक्तिहरूलाई अगाडि गरे त्यसैले सफलता मिल्यो त्यस्तै तिमीले पनि शक्तिहरूलाई अगाडि राख्यौ भने सफलता मिल्छ। 

प्रवृत्तिमा कुनै खिटखिट त हुँदैन? कहिले वर्तन, बर्तनसँग ठोकिएर आवाज त आउँदैन? किनकि कुनै पनि आवाज भयो भने के भन्छन्? भगवानको बच्चा, अनि बर्तन, बर्तनसँग टकराउँछन्! त्यसो त बर्तन, बर्तनमा ठोकियो भने आवाज अवश्य हुन्छ, तर यहाँ आवाज हुन सक्दैन, किन? किनकि यहाँ बीचमा बाबा हुनुहुन्छ! जहाँ बीचमा बाबा आउनु भए पछि त्यहाँ आवाज हुन्छ? जब बीचबाट बाबालाई निकाली दिन्छौ अनि टक्कर हुन्छ, आवाज हुन्छ। सदा बाबालाई साथ राख। बाबा साथमा हुनुहुन्छ भने कुनै कुरा भयो भने पनि ठीक हुन्छ। त्यसै पनि जब कुनै दुईजना कुरा भएको बेला तेस्रो बीचमा आयो भने कुरा खतम हुन जान्छ नि। त्यसैगरी बाबालाई बीचमा राख्यौ भने कुरा बढ्दैन, फैसला हुन्छ। 

प्रवृत्तिमा रहेर पनि सदा देहको सम्बन्धबाट निवृत बन, त्यसपछि पवित्र प्रवृत्तिको पार्ट बजाउन सक्छौ। म पुरूष हुँ, यिनी स्त्री हुन् यो भान स्वप्नमा पनि आउनु हुँदैन। आत्मा भाइ-भाइ भए पछि स्त्री पुरूष कहाँबाट आयो। युगल त तिमी र बाबा हो नि, फेरि यिनी मेरो युगल हुन्– यस्तो कसरी भन्न सक्छौ? यो त निमित्त मात्र केवल सेवा अर्थ हो, बाँकी कम्बाइण्ड रुप त तिमी र बाबा हौ। फेरि पनि बापदादा मुबारक दिनुहुन्छ, हिम्मत गरेकोमा। हिम्मत राखेर अगाडि चलिरहेका छौ र चल्दै रहनेछौ। यो हिम्मतको लागि मुबारक दिनुहुन्छ। 

कुमारहरूसँगः– 

आफूलाई सदा राजऋषी सम्झन्छौ? अधिकारी र ऋषि अर्थात् तपस्वी। स्व को राज्य प्राप्त भएपछि स्वतः नै तपस्वी बन्छौ किनकि स्व को राज्य भएपछि स्वयंलाई आत्मा सम्झेर बाबाको बनेपछि, यो नै तपस्या हुन पुग्छ। आत्मा बाबाको बन्नु अर्थात् तपस्वी बन्नु। राज्य पनि अनि ऋषि पनि। सबै स्वराज्य अधिकारी बनेका छौ? कुनै पनि कर्मेन्द्रियले आफूतिर आकर्षित नगरोस्। सदा बाबातिर आकर्षण रहोस्। कुनै पनि व्यक्ति वा वस्तु तर्फ आकर्षण न जाओस्। यस्तो राज्य अधिकारी तपस्वी कुमार हौ? बिल्कुल विजयी किनकि वायुमण्डल त कलियुगी छ नि। साथ पनि हंस र बगुलाको छ। यस्तो वातावरणमा रहेर स्वराज्यधारी बन्यौ भने सेफ रहन्छौ। अलिकति पनि दुनियाँको भाइब्रेशनको आकर्षण नहोस्। कुनै कम्प्लेन नहोस्, सदा कम्प्लिट। कुमारहरूको कम्प्लेन आउँछ। कुमार यदि विजयी बने भने सबै भन्दा महान् बन्छन् किनकि सरकारले पनि युवालाई अगाडि बढाउँछ। त्यसमा पनि कुमार धेरै हुन्छन्। कुमारले जे चाह्यो त्यो गर्न सक्छ किनकि शक्ति धेरै हुन्छ। शक्तिलाई व्यर्थ त गुमााउँदैनौ! संकल्प र स्वप्नमा बाबा सिवाय अरु कोई नहोस् तब भनिन्छ नम्बरवन कुमार। कुमार निर्विघ्न भयो भने सबैलाई निर्विघ्न बनाउन सक्छन्। कुमारहरूको टाइटल नै हो विघ्न-विनाशक। कुनै पनि प्रकारको विघ्न– मनसा, चाहे वाचा, चाहे कर्मणा, कुनै पनि विघ्नको बशीभूत न हुने बच्चाहरूको नै टाइटल हो विघ्न-विनाशक। गणेश बच्चा हो नि। तिम्रो यादगारमा विघ्न-विनाशक नाम प्रसिद्ध छ। 

प्राक्टिकल बनेका छौ त्यसैले यादगार बनेको छ। विघ्न-विनाशक बनेपछि स्वतः नै मनसाद्वारा पनि सेवा भइरहन्छ। वायुमण्डल पनि निर्विघ्न बन्दै जान्छ। जसरी तत्वहरूले मौसम बद्लिदिन्छ, त्यसैगरी विघ्न-विनाशक बच्चाहरूबाट वायुमण्डल बदलिन्छ। चारैतिर विघ्न-विनाशकको लहर फैलियोस्। सदा यही स्मृतिमा राख– हामीले विजयी वायुमण्डल बनाउनु छ। जसरी सूर्य स्वयं शक्तिशाली छ। त्यसैले चारै तर्फ आफ्नो शक्तिद्वारा प्रकाश फैलाउँछ। त्यसैगरी शक्तिवान बन। कुमारहरूलाई कुनै न कुनै काम अवश्य चाहिन्छ। कुमार यदि फ्रि भए भने खिटखिट हुन पुग्छ। कुमार विजी रहे भने स्वको पनि कल्याण, विश्वको पनि कल्याण। विघ्न-विनाशक बनेर वायुमण्डल बनाउनमा बिजी रहने गर। आफ्नो विशेषतालाई यस कार्यमा लगाऊ। एक-एक कुमार अनेकलाई संजीवनी बूटी दिने महावीर अर्थात् मूर्छितलाई सुरजित गर्नेवाला हौ। सदा आफ्नो यो अक्युपेशन याद राख। जसरी लौकिक अक्यूपेशन भूल्दैनौ, त्यसैगरी यो अलौकिक अक्युपेशन पनि सदा याद रहोस्। संगमयुगमा बाबाद्वारा जति पनि टाइटल मिलेको छ त्यो स्मृतिमा रहोस्। टाइटल याद आएपछि स्वतः नै ज्ञान र ज्ञान दाता दुवैको याद आउँछ। अच्छा! 


वरदान:

आफ्नो सम्पूर्ण स्वरुपको आह्वानद्वारा आवागमनको चक्रबाट छुट्ने लक्की सितारा भव:-  

अहिले आफ्नो सम्पूर्ण स्थिति वा सम्पूर्ण स्वरुपको आह्वान गर्यौ भने त्यही स्वरुप सदा स्मृतिमा रहन्छ। फेरि कहिले उच्च स्थिति, कहिले निच स्थितिमा आउने-जाने चक्र, बारम्बार स्मृति र विस्मृतिको चक्रमा आउँछौ, यस चक्रबाट मुक्त हुन्छौ। उनीहरू जन्म-मरणको चक्रबाट छुट्न चाहन्छन्, तिमी व्यर्थ कुराबाट छुटेर चम्किरहने लक्की सितारा बन्छौ।

स्लोगन:

कुनै पनि विघ्नको वश हुनु अर्थात् डायमण्डमा दाग लगाउनु हो।   



***OM SHANTI***

Google+ Followers