BK Murli 4 July 2016 Nepali

BK Murli 4 July 2016 Nepali

२० आषाढ सोमबार 04.07.2016 बापदादा मधुवन

“मीठे बच्चे– सारा दुनियाँलाई शान्ति दिने एक बाबाको नै काम हो यसैले भन्दछन्– हे शान्ति दाता! त्यसैले पुरस्कार पनि बाबालाई प्राप्त हुनुपर्छ।”   

प्रश्न:

कुनचाहिँ बच्चाले बाबाको पूरा-पूरा अनुसरण गर्न सक्छन्?

उत्तर:

१) जो बाबा समान पावन बन्छन्, उनैले पूरा-पूरा अनुसरण गर्न सक्छन्। २) जो पक्का आशिक बन्छन्, उनैले म माशुकलाई अनुसरण गर्न सक्छन्। यस्ता आशिकलाई नै मैले साथ लैजान्छु। त्यसैले शास्त्रमा देखाउँछन्– गाईको पुच्छर समात्यो भने पार भइन्छ। तर यहाँ गाईको वा पुच्छरको त कुरा नै छैन।

गीतः–

तू प्यार का सागर है.......

ओम् शान्ति।

बापदादा दुवै हुनुहुन्छ नि। अब यो कुरा त बच्चाहरूले जान्दछन्– आत्माहरूका पिता शिवबाबा हुनुहुन्छ। यो पनि तिमीले जान्दछौ– म पतित-पावन हुँ, म निराकार हुँ। तिमी पनि निराकार हौ, शान्त स्वरुप हौ। निराकार बाबा पनि शान्त स्वरुप हुनुहुन्छ, आत्मा पनि शान्त स्वरुप छ। आत्माको स्वधर्म हो नै शान्ति। तिम्रो निवासस्थान हो शान्तिधाम। जब यज्ञ आदि रच्छन्, भन्दछन्– शान्तिदाता किनकि शान्तिको सागर त उहाँ परमात्मा हुनुहुन्छ। सारा दुनियाँलाई शान्ति दिनेवाला उहाँ बाबा हुनुहुन्छ। यस्ता धेरै छन् जसलाई शान्ति पुरस्कार मिल्छ। कसैलाई पुरस्कार मिल्यो भने भन्छन्– यिनी शान्ति स्थापना गर्नको लागि निमित्त बनेका छन्। यसमा ठूला-ठूलाको नाम लिन्छन्। अब शान्ति त हुनुपर्छ, सारा दुनियाँमा। नत्र अशान्तिमा रहनेहरूले अरुलाई पनि अशान्त पार्छन्। यो हो नै रावणराज्य। रावण दुश्मन हो नि, रामलाई दुश्मन भनिँदैन। रामको कहिल्यै पुतला जलाउँदैनन्। न त्रेतावाला रामको, न परमपिता परमात्माको। रामराज्य त सबैले चाहन्छन् तर रामराज्य केलाई भनिन्छ, यो कसैले जान्दैनन्। केवल भन्छन्– नयाँ दुनियाँ होस्, नयाँ दिल्लीमा रामराज्य होस्। नयाँ दिल्ली भन्छन्, नाम त धेरै राख्छन्। दिल्ली सबैको राजधानी रहन्छ। दिल्ली नै परिस्तान थियो। राधा-कृष्णलाई पनि त्यहीँ देखाउँछन्। यी दुवै मुख्य राजकुमार र राजकुमारी हुन्। केवल दुई मात्र होइन अवश्य अरु पनि हुन्छन्। ८ राजाईको त गायन गरिन्छ, बुद्धिद्वारा काम लिनुपर्छ। सत्ययुगमा अवश्य राजाई अरु पनि हुन्छन्। यहाँ पनि हेर, कति राजाहरू थिए, वृद्धि हुँदा-हुँदा धेरै हुन्छन्। फलाना-फलाना गाउँका महाराजा, स-साना गाउँ पनि धेरै छन् नि। सत्ययुगमा यति कहाँ थिए। वहाँ त लक्ष्मी-नारायणको नै नाम प्रख्यात छ। २५०० वर्ष उनीहरूको राज्य चलेको हो। मनुष्यले भन्छन्– लाखौं वर्ष भयो, विचार गर्नुपर्ने कुरा हो। यो हो आत्माहरूको लागि भोजन। बाबाले यो रुहानी भोजन दिनुहुन्छ, तिम्रो बुद्धिलाई, आत्मालाई। तिम्रो बुद्धिको ताला अहिले खुलेको छ। 

ऋषि-मुनि आदि सबैले भन्दथे– हामीले रचयिता र रचनालाई जान्दैनौं। अब तिमी बच्चाहरूले त्यसो भन्दैनौ। तिमीले त रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई जान्दछौ। तिमीले आफ्नो ८४ जन्मको चक्रलाई जानिसकेका छौ। आरम्भमा तिमी देवी-देवता थियौ। फेरि मध्यमा रावणको प्रवेश भएपछि विकारी बनेका छौ। अब हो अन्त्य। तिमीले जान्दछौ– अहिले पुरानो दुनियाँको विनाश भएर फेरि आरम्भ हुन्छ। आरम्भमा हुन्छ रामराज्य। मध्यबाट रावण राज्य शुरु हुन्छ। अब रावण राज्य पूरा भएर फेरि रामराज्य शुरु हुन्छ। नरबाट नारायण बन्नु छ नि। यो हो सत्य-नारायणको कथा। तिमीले जान्दछौ– सर्व शास्त्रमयी शिरोमणि श्रीमत गीता हो। श्रीमत मिल्छ, श्रेष्ठ बन्नको लागि। श्री भनिन्छ श्रेष्ठलाई। बच्चाहरूले जान्दछन्– एक गीतालाई नै देवी-देवता धर्मको शास्त्र भनिन्छ, जसबाट देवता धर्मको स्थापना हुन्छ, संगममा। सत्ययुगमा त कोही पतित हुँदैनन्, जसलाई पावन बनाउन परोस्। अहिले तिमीलाई बाबाले सम्झाउनु हुन्छ– गीतालाई पतित-पावनी भन्न सकिँदैन। गीताद्वारा पावन बन्न सकिंदैन। गीताका भगवानलाई पतित-पावन भन्दछन्। यो राम्ररी याद गर। गीता हो आदि सनातन देवी-देवता धर्मको शास्त्र। गीताको समयमा नै महाभारी महाभारत लडाईं भएको थियो, जसद्वारा अनेक धर्म विनाश भएर एक धर्मको स्थापना भयो। गीताको लागि भन्छन्– देवी-देवता धर्मको शास्त्र। ब्राह्मणको शास्त्र भनिँदैन। ब्राह्मणको नाम गीतामा छैन। परमपिता परमात्मा नै आएर ब्रह्माद्वारा यी सबै वेद, शास्त्र आदिको सार बताउनु हुन्छ। अहिले तिमीले बुझेका छौ– सत्ययुगमा त ब्राह्मण हुँदैनन्। वहाँ हुन्छन् लक्ष्मी-नारायण, देवताहरू। ब्रह्मा पछि हुन्छन् विष्णु। चित्रमा पनि देखाइएको छ– ब्रह्माद्वारा स्थापना विष्णुपुरीको। ब्रह्मा र विष्णु सँगसँगै त हुँदैनन्। ब्रह्माद्वारा देवी-देवता धर्मको स्थापना हुन्छ। यी विस्तारमा बुझ्ने कुरा हुन्। 

अहिले तिमी बच्चाहरूले शिवबाबासँग वर्सा लिन्छौ। हकदार ठहरियौ नि! मुख्य धर्म शास्त्र छन् ४, श्रीमद् भगवत गीता हो नम्बरवन शास्त्र जसद्वारा नम्बरवन धर्मको स्थापना हुन्छ। फेरि हुन्छन् इस्लामी, बौद्धी। एक गीता नै हो जसमा श्रीमत भगवत गीता लेखिएको छ, अरु कुनै शास्त्रमा श्रीमत छैन। श्रीमत ईस्लामी वा श्रीमत बौद्धी शास्त्र भनेर गायन गरिँदैन। श्रीमत भगवत गीता हो नै एक। त्यसद्वारा कुनचाहिँ धर्म स्थापना गर्नुभयो? आदि सनातन देवी-देवता धर्मको स्थापना भयो र स्थापना भइसक्छ अन्त्यमा। यी बुझ्ने कुरा हुन्। अहिले बाबाले हामीलाई टिचरको रुपमा पढाउनु हुन्छ, यो बुद्धिमा रहनुपर्छ। बाबा हाम्रो पिता हुनुहुन्छ र टिचर पनि हुनुहुन्छ। बाबाले पढाइद्वारा सबैको सद्गति गर्नुहुन्छ त्यसैले सतगुरू पनि हुनुभयो। बाबालाई सबैले याद गर्छन्। तर गीतामा कृष्णको नाम राखिदिएका छन्। उनी त ज्ञानका सागर होइनन्। उनलाई ज्ञानको सागर बाबाले यस्तो बनाउनु भएको हो, त्यसैले उहाँ टिचर पनि हुनुहुन्छ। यहाँ तिमीले नयाँ कुरा सुन्छौ, शास्त्र आदि त धेरै पढ्दै, सुन्दै आएका छौ। अब तिमीले बाबाद्वारा डाइरेक्ट सुन्छौ। पहिले सबै शरीरधारी मनुष्यद्वारा सुनेका थियौ। अहिले तिमीले बुझेका छौ– हामी आत्माहरू वास्तवमा अशरीरी थियौं। पछि फेरि शरीर धारण गरेका हौं। बाबा पनि अशरीरी हुनुहुन्छ। शिवलिंग बनाउँछन् नि। आत्माले शरीरद्वारा त्यसलाई पुज्दछ। पुकार्छन् पनि– हे परमपिता परमात्मा आएर हामी पतितलाई पावन बनाउनुहोस्। लिंगको पूजा गर्छन् तर यो कहाँ सम्झन्छन् र– उहाँ पतित-पावन बाबा हुनुहुन्छ, जसलाई हामीले पुकार्छां उहाँ शिव भगवान हुनुहुन्छ, ईश्वर हुनुहुन्छ। त्यत्तिकै याद गर्छन्। उहाँलाई बाबा भन्ने हो भने त बुद्धिमा आउनुपथ्र्यो– बाबाद्वारा वर्सा पाउनुपर्छ। हामीलाई वर्सा मिलेको छ, त्यसैले हामीले पूजा गर्छौं। हामीलाई वर्सा अवश्य मिलेको थियो। कहिले मिल्यो, यो बिर्सियौं। अहिले तिमी बच्चाहरूले बुझेका छौ। बच्चाहरूले भन्छन्– हामी बाबाको पासमा आएका छौं। शिवबाबाले ब्रह्मा तनका आएर सम्झाउनु हुन्छ। त्रिमूर्तिको नाम प्रख्यात छ। त्रिमूर्ति मार्ग नाम पनि राखेका छन्। 

बाबाको महिमा धेरै छ। गीतमा पनि सुन्यौ– प्यारका सागर हुनुहुन्छ...., सबैका सद्गति दाता हुनुहुन्छ। सबैलाई सुख-शान्ति दिनेवाला हुनुहुन्छ। सर्वका दुःख-हर्ता सुख-कर्ता हुनुहुन्छ। धेरै प्रिय हुनुहुन्छ नि। उहाँ भन्दा प्यारो चीज अरु कुनै हुँदैन। जुन बाबाले स्वर्गको मालिक बनाउनु हुन्छ, उहाँ अवश्य प्रिय हुनुहुन्छ नि। उहाँ हुनुहुन्छ बेहदका बाबा। भन्नुहुन्छ– प्यारा बच्चाहरू, मबाट स्वर्गको बादशाही मिल्छ नि। तिमी आत्माहरू भाइ-भाइ हौ। अहिले बाबाद्वारा सुनिरहेका छौ। सबै आत्माहरूले बाबालाई याद गर्छन्, बाबा आएर हामीलाई पावन बनाउनुहोस्। आत्माले भन्छ– बाबा आउनुभएको छ पावन बनाउन। भन्नुहुन्छ– प्यारा बच्चाहरू! ५ हजार वर्ष पहिले तिमीलाई पावन बनाउन आएको थिएँ। अब म बाबालाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ र तिम्रो सबै दुःख दूर हुन्छ। पुकार्छन् पनि– हे पतित-पावन आउनुहोस् अथवा ताली बजाइरहन्छन्, पुकारिरहन्छन्– पतित-पावन सीताराम... त्यसैले स्वयं पतित ठहरिए नि। यो हो नै नर्क, यसलाई रौरव नर्क भनिन्छ। गरूड पुराणमा त रोचक कुरा धेरै लेखिदिएका छन्– यो गर्नाले यो बनिन्छ, यो हुन्छ.... फेरि भन्छन्, गाईको पुच्छर समात्यो भने स्वर्गमा गइन्छ। यस्तै केही लेखिएको छ। जनावरको त कुरा होइन। तिमी गौ माता हौ नि। तिम्रो पुच्छर जबसम्म कसैले पक्रिदैन तबसम्म बाटो पाउन सकिँदैन। पुच्छर त छैन। भन्छन् पनि– हजुरको पुच्छर समातेर तर्छु। अब यहाँ पुच्छर त समात्नु छैन, तर अनुसरण गर्नु छ। संन्यासीहरूका अनुयायीहरू त धेरै छन् तर अनुसरण गर्नु अर्थात् पवित्र बन्नु। तिमी त सच्चा सच्चा अनुयायी हौ। शिवबाबा भन्नुहुन्छ– म आएको छु तिमीहरू सबैलाई फर्काएर लैजान। तिमीले मलाई याद गर्यौ भने तिम्रो पाप भस्म हुन्छ। पावन नबनी अनुसरण गर्न सकिँदैन। शिव बाबालाई पूरा अनुसरण गर्नु छ। तिमी यहाँ बसेका छौ, अनुसरण गर्नको लागि। भक्ति मार्गमा पनि मलाई याद गर्दै आएका हौ। तिमीले जान्दछौ– आत्माहरू आशिक हुन् परमात्मा माशुक हुनुहुन्छ। 

आत्माहरूले उहाँलाई याद गर्छन्, उहाँ आउनुभएको छ लैजानको लागि। भन्नुहुन्छ– मलाई अनुसरण गर्यौ भने तिमीलाई साथ लिएर जान्छु। कसरी अनुसरण गर्ने त्यो पनि सम्झाउँछु,– म हुँ पावन, तिमी हौ पतित। त्यसैले अवश्य पावन बन्नुपर्छ, अनुसरण गर्नुपर्छ। विकारीले त अनुसरण गर्न सक्दैनन्। अनुसरण गर्नको लागि म समान पवित्र बन। के मैले पतितहरूलाई आफ्नो शान्तिधाममा लैजान्छु? यतिका सबै मनुष्यले भक्ति, तप, दान-पुण्य आदि गर्छन्, मुक्ति पाउनको लागि किनकि यहाँ दुःख छ। त्यसैले चाहन्छन्– हामी आफ्नो घर फर्केर जाऔं। बाबा भन्नुहुन्छ– पवित्र अवश्य बन्नुपर्छ। म पावन हुँ, तब त तिमीलाई पावन बनाउँछु। आउँछु पनि ब्रह्माको तनमा। म रचयिता हुँ। म यी ब्रह्माको तनमा आउँछु। देखाउँछन् पनि– ब्रह्माद्वारा बाबाले देवी-देवता धर्मको स्थापना गर्नुहुन्छ। तिमी बी.के. हौ। अहिले जान्दछौ– शिवबाबाको अनुसरण गर्नु छ। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने म प्रतिज्ञा गर्छु, मैले पावन दुनियाँमा लैजान्छु। अरु कुनै उपाय छैन। भन्दछन् पतित-पावन..... या त दृष्टि माथि जान्छ या त पानी तर्फ हेर्छन्। गंगा त पतित-पावनी होइन। यी त सागरबाट निस्किएका नदीहरू हुन्। अब पुच्छर त तिम्रो समात्नुपर्छ। 

बाबा भन्नुहुन्छ– तिमी पावन बन्नु छ, मेरो अनुसरण गर्नु छ, अनि मात्र साथै जान सक्छौ। बाबा भन्नुहुन्छ– तिमी मसँगै रहन्थ्यौ, अहिले ८४ को चक्कर लगाएर पतित बनेका छौ। अब फेरि मलाई याद गर्यौ भने पावन बन्छौ। संन्यासीहरूले पनि गृहस्थीहरूलाई भन्छन्– अनुसरण गर्ने हो भने घरबारलाई छोड। बाबा भन्नुहुन्छ– म परमधाममा रहन्छु, तिमी पनि जान्छौ वा यहीँ विषय सागरमा रहन राम्रो लाग्छ? तिमीले त पुकार्दै आयौ– हे पतित-पावन आउनुहोस्। अहिले बाबा आउनुभएको छ, साथै लैजानुहुन्छ। कल्प-कल्प आएर तिमीलाई साथ लैजान्छु। फेरि सत्ययुगमा तिमी धेरै सुखी रहन्छौ। यी लक्ष्मी-नारायण स्वर्गको मालिक थिए नि। यिनीहरूलाई यति सुख दिनेवाला को हुनुहुन्छ? स्वर्ग स्थापना गर्ने परमपिता परमात्मा। बाबाले याद दिलाउनुहुन्छ– तिमीले मेरो जयन्ती मनाउँछौ। परमपिता परमात्माको जयन्ती सबैले मनाउँछन्। मेरो यो जन्मस्थान हो। क्रिश्चियनहरूले कहाँ मान्छन् र। उनीहरूले त क्राइस्टलाई मान्छन्। शिवजयन्ती हिन्दूहरूले नै मनाउँछन्। यो सर्वका पतित-पावन बाबाको जन्मस्थान हो। बाबाले सबैलाई सुख दिनुहुन्छ। सबैलाई मुक्त गर्नेवाला हुनुहुन्छ। त्यसैले उहाँ कति उच्च हुनुहुन्छ! 

बाबाले जान्नुहुन्छ– ड्रामा अनुसार जब मेरा बच्चाहरू धेरै दुःखी हुन्छन्, तब म आउनुपर्छ, वर्सा दिन। बाबा हुनुहुन्छ ज्ञानका सागर, सुखका सागर..... बच्चाहरूलाई वर्सा दिइरहनु भएको छ। भन्नुहुन्छ– मलाई अनुसरण गर। यो जान्दछौ– हामी आत्माहरू विकारी छौं त्यसैले शरीर पनि विकारी नै छ। सत्ययुगमा आत्मा पवित्र हुन्छ त्यसैले शरीर पनि पवित्र मिल्छ। अहिले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू पावन बन। यादद्वारा नै तमोप्रधानबाट सतोप्रधान बन्छौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः

१) बाबासँग स्वर्गको वर्सा लिनको लागि “हामी आत्मा भाइ-भाइ हौं” यो निश्चय गर्नु छ। धेरै प्यारसँग रहनु छ। जसरी बाबा सबैभन्दा प्रिय हुनुहुन्छ, त्यस्तै प्रिय बन्नु छ।

२) बाबा समान पावन बनेर बाबालाई पूरा-पूरा अनुसरण गर्नु छ। बाबासँग फर्केर घर शान्तिधाम जानको लागि पावन अवश्य बन्नु छ।

वरदान:

ज्ञानको लाइट-माइटद्वारा आफ्नो भाग्य जगाउने सदा सफलतामूर्त भव:-  

जुन बच्चाहरूले ज्ञानको लाइट-माइटद्वारा आदि-मध्य-अन्त्यलाई जानेर पुरूषार्थ गर्छन्, उनीहरूलाई सफलता अवश्य प्राप्त हुन्छ। सफलता प्राप्त हुनु पनि भाग्यको निशानी हो। ज्ञानवान बन्नु नै भाग्य जगाउने साधन हो। ज्ञान केवल रचयिता र रचनाको मात्र होइन, ज्ञानवान अर्थात् हर संकल्प, हर शब्द र हरेक कर्म ज्ञान स्वरुप होस् तब सफलतामूर्त बन्छौ। यदि पुरूषार्थ सही हुँदाहुँदै पनि सफलता देखिंदैन भने यही सम्झनुपर्छ– यो असफलता होइन, परिपक्व बन्ने साधन हो।

स्लोगन:

न्यारा बनेर कर्मेन्द्रियहरूद्वारा कर्म गरायौ भने कर्मातीत स्थितिको अनुभव सहजै गर्न सक्छौ।   



***OM SHANTI***

Google+ Followers