BK Murli 5 July 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 5 July 2016 Nepali

    २१ आषाढ मंगलबार 05.07.2016 बापदादा मधुवन

    “मीठे बच्चे– शिवबाबालाई यो पनि आशा छैन बच्चाहरू ठूलो भएपछि मेरो सेवा गर्नेछन्। उहाँ कहिल्यै पनि वृद्ध हुनुहुन्न। बाबा हुनुहुन्छ नै निष्काम सेवाधारी।”   

    प्रश्न:

    भोलानाथ शिवबाबा हामी सबै बच्चाहरूको धेरै ठूलो ग्राहक हुनुहुन्छ– कसरी?

    उत्तर:

    बाबा भन्नुहुन्छ– म यति भोला ग्राहक हुँ, तिम्रो सबै पुरानो चीज खरिद गर्छु र त्यसको बदलामा सबै नयाँ-नयाँ चीजहरू दिन्छु। तिमीले भन्छौ– बाबा यो तन-मन-धन सबै हजुरको हो। त्यसको बदलामा तिमीलाई सुन्दर तन मिल्छ, अपार धन मिल्छ।

    गीतः–

    भोलेनाथ से निराला..........

    ओम् शान्ति।

    यो भक्तिमार्गमा गीत गाउँछन्। जति पनि गीत छन्, ती सबै भक्तिमार्गका हुन्, त्यसको पनि अर्थ बाबाले सम्झाउनु हुन्छ। बच्चाहरूले पनि सम्झन्छन्– भोलानाथ कसलाई भनिन्छ। देवताहरूलाई भोलानाथ भनिँदैन। गायन पनि छ– सुदामाले दुई मुट्ठी अन्न दिए, उनलाई महल मिल्यो। त्यो पनि कति समयको लागि? २१ जन्मको लागि। अब बच्चाहरूले बुझेका छन्– बाबा आएर हामीलाई अवश्य हीरा-जुहारतको महल दिनुहुन्छ। केको बदलामा दिनुहुन्छ? बच्चाहरूले भन्दछन्– बाबा यो तन-मन-धन सबै हजुरको हो। हजुरले नै दिनुभएको हो। कसैको बच्चा जन्मियो भने भन्दछन्– भगवानले दिनुभयो। धनको लागि पनि भन्छन् भगवानले दिनुभयो। भन्नेवाला को हो? आत्मा। भगवान अर्थात् बाबाले दिनुभयो। बाबा भन्नुहुन्छ– सबै कुरा तिमीले अब दिनुपर्छ। त्यसको बदलामा म तिमीलाई धेरै सुन्दर तन दिन्छु, अपार धन दिन्छु। तर कसलाई दिन्छु? अवश्य बच्चाहरूलाई दिन्छु। लौकिक पिताबाट अल्पकालको लागि धन मिल्छ। बेहदको बाबाले हामीलाई बेहदको वर्सा दिनुहुन्छ। बाबाले सम्झाउनु हुन्छ– ज्ञान र भक्तिमा रात-दिनको फरक छ। भक्तिमा अल्पकालको लागि मिल्छ। धन छ त सुख छ। धन भएन भने मनुष्य कति दुःखी हुन्छन्। बच्चाहरूले जान्दछन्– बाबाले हामीलाई अथाह धन दिनुहुन्छ यसैले खुशी हुन्छ। सुखधाममा त सुखको कुनै कमी हुँदैन। हरेकको आ-आफ्नो राजधानी हुन्छ। त्यसलाई भनिन्छ पवित्र गृहस्थ आश्रम। बाबा कति भोला हुनुहुन्छ, के लिनु हुन्छ र के दिनुहुन्छ! कति राम्रो ग्राहक हुनुहुन्छ बाबा! हुन पनि बच्चाहरूको त पिता ग्राहक नै हुन्छन्। बच्चा पैदा भयो, सारा सम्पत्ति उसको हुन्छ। 

    उनीहरू हुन् हदका ग्राहक, यहाँ हुनुहुन्छ बेहदको भोलानाथ। बेहदको बच्चाहरूका ग्राहक। बाबा भन्नुहुन्छ– म परमधामबाट आएको हुँ। पुरानो सबै तिमीबाट लिएर नयाँ दुनियाँमा तिमीलाई सबै कुरा दिन्छु यसैले दाता भनिन्छ। दाता पनि उहाँ जस्तो कोही पनि छैन। निष्काम सेवा गर्नुहुन्छ। बाबा भन्नुहुन्छ– म निष्कामी हुँ। मलाई कुनै पनि लालच छैन। यस्तो त भन्दिनँ– बच्चाहरूको काम हो वृद्ध बाबाको सम्हाल गर्नु किनकि मैले तिम्रो सम्हाल गरेको छु। यो नियम हुन्छ– पिता वृद्ध भएपछि बच्चाहरूले उनको सम्हाल गर्नु। शिवबाबा त कहिल्यै पनि बूढो हुनुहुन्न, सदा जवान हुनुहुन्छ। आत्मा कहिल्यै पनि बूढो हुँदैन। यो त जान्दछौ, लौकिक पिताले बच्चाहरूमा आश राख्छन्– म बूढो भएपछि बच्चाहरूले मेरो सेवा गर्नेछन्। हुन त सबै कुरा बच्चाहरूलाई दिन्छन् फेरि पनि सेवा त लिन्छन्। यहाँ शिवबाबा भन्नुहुन्छ– म हुँ नै अभोक्ता। मैले कहिल्यै पनि खान्नँ। म आउँछु नै केवल बच्चाहरूलाई ज्ञान दिन। परमात्माले आत्मालाई बसेर सम्झाउनु हुन्छ। आत्माले नै सुन्छ, हरेक कुरा आत्माले नै गर्छ। संस्कार पनि आत्माले नै लिएर जान्छ, जसको आधारमा शरीर मिल्छ। यहाँ मनुष्यहरूको अनेक मत छन्। कसैले भन्दछन्– आत्मा नै परमात्मा हो। आत्मालाई कुनै पनि लेप-क्षेप लाग्दैन। आत्मा निर्लेप छ भनिदिन्छन्। यदि आत्मा निर्लेप भएको भए त पाप आत्मा, पुण्य आत्मा किन भनिन्छ? यदि आत्मा निर्लेप छ भने भन्नु पर्ने हुन्छ– पाप शरीर, पुण्य शरीर। अहिले तिमी जान्दछौ– सबै आत्माहरूको रुहानी बाबाले हामी आत्माहरूलाई पढाइरहनु भएको छ, यस शरीरद्वारा। आत्मालाई बोलाउँछन् पनि। भन्दछन्– हाम्रो बुवाको आत्मा आयो, स्वाद लिनुभयो। आत्माले नै स्वाद लिन्छ। बाबाले त यस्तो भन्नुहुन्न। 

    उहाँ त अभोक्ता हुनुहुन्छ। ब्राह्मणहरूलाई खुवाउँछन्, आत्मा आउँछ। कहीँ त विराजमान हुन्छ नि। ब्राह्मण आदिलाई खुवाउनु यहाँ सामान्य कुरा हो। आत्मालाई बोलाउँछन्, उससँग सोध्छन्। फेरि उसका कैंयौ कुरा सच्चा पनि हुन्छन्। यो पितृ आदि खुवाउनु– यो पनि ड्रामामा निश्चित छ। यसमा कुनै आश्चर्य मान्नु पर्ने कुरा छैन। बाबाले सारमा ड्रामाको रहस्य बताउनुहुन्छ। विस्तारमा त ड्रामाको यति धेरै ज्ञान दिन सकिँदैन। एक-एक कुरा सम्झाउनमा वर्ष लाग्न सक्छ। तिमी बच्चाहरूलाई बडो सहज शिक्षा मिल्छ। गायन पनि गर्छन्– हे पतित-पावन आउनुहोस्, आएर हामीलाई पावन बनाउनुहोस्। उहाँको नाम नै हो पतित-पावन। ब्रह्मा-विष्णु-शंकरलाई पतित-पावन भन्न सकिँदैन। बाबालाई नै पतित-पावन, लिबरेटर भन्दछन्। दुःख-हर्ता, सुख-कर्ता पनि उहाँलाई नै भनिन्छ। उहाँ हुनुहुन्छ निराकार। शिवको मन्दिरमा गएर हेर वहाँ लिङ्ग राखिएको हुन्छ। अवश्य चैतन्य हुनुहुन्छ, त्यसैले त पूजा गर्छन्। यी देवताहरू पनि कुनै समय चैतन्य थिए, त्यसैले त उनीहरूको महिमा छ। नेहरू चैतन्यमा थिए, त्यसैले त उनको फोटो राखेर महिमा गर्छन्। कसैले राम्रो काम गरेर जान्छन् भने उनको जड चित्र बनाएर महिमा गर्छन्। पवित्रको नै पूजा गर्छन्। कुनै पनि मनुष्यको पूजा गर्न सकिँदैन। विकारबाट जन्म हुन्छ त्यसैले उनको पूजा हुन सक्दैन। पूजा देवताहरूको हुन्छ, जो सदैव पवित्र हुन्छन्। तिमीले जान्दछौ– बाबा आउनुभएको थियो, अब फेरि संगममा आउनुभएको छ–स्वर्गको स्थापना गर्न। फेरि द्वापरदेखि रावण राज्य शुरु हुन्छ। रावणको राज्य शुरु हुने बित्तिकै शिवको मन्दिर बनाउँछन्। अहिले त चैतन्यमा ज्ञान सुनाइरहनु भएको छ। उहाँ सत् हुनुहुन्छ, चैतन्य हुनुहुन्छ। उहाँको नै महिमा गाउँछन्। निराकारलाई शरीर त चाहिन्छ नि। बाबा नै आएर विश्वलाई स्वर्ग बनाउनु हुन्छ। त्यस स्वर्गमा राज्य गर्नको लागि तिमीले पुरूषार्थ गरिरहेका छौ। तिमी स्वर्गवासी बनिरहेका छौ। निराकार परमपिता परमात्मा ज्ञानको सागर हुनुहुन्छ। 

    तर कसरी सुनाउनुहुन्छ? भन्नुहुन्छ– म यस शरीरमा आएको छु, मेरो ड्रामामा यो पार्ट छ। मैले प्रकृतिको आधार लिन्छु। यी जो पहिलो नम्बरका हुन्, उनको नै धेरै जन्मको अन्त्यमा म आएर प्रवेश गर्छु र यिनको नाम ब्रह्मा राख्छु। पहिला यी सबै भट्ठीमा थिए, त्यसबेला धेरैको नाम दिएको थिएँ। तर धेरैले छोडिदिए त्यसैले नाम राखेर के फाइदा? तिमीले त्यो नाम देख्यौ भने आश्चर्य मान्छौ। एकै लिस्टमा कति रमणिक नामहरू आए। सन्देशीले नाम लिएर आउँथिन्। त्यो लिस्ट पनि अवश्य राख्नुपर्छ। संन्यासीहरू पनि जब संन्यास गर्छन्, तब उनको नाम पनि बदलिन्छ। घरबार छोडिदिन्छन्। तिमीले छोड्दैनौ। तिमी ब्रह्माको बन्छौ। शिवका त हौ नै। तिमीले भन्दछौ नै बापदादा। संन्यासीहरूको यस्तो हुँदैन। हुन त नाम बदल्छन् तर बापदादा मिल्नुहुन्न। उनलाई केवल गुरू मिल्छन्। हठयोगी हदका संन्यासी र राजयोगी बेहदको संन्यासीमा रात-दिनको फरक छ। गायन पनि छ– ज्ञान, भक्ति र वैराग्य। उनीहरूको पनि वैराग्य हुन्छ। तर उनीहरूको हुन्छ घरबारबाट वैराग्य। तिमीलाई सारा दुनियाँबाट वैराग्य छ। उनलाई थाहा नै छैन सृष्टि बदलिन्छ। तिम्रो हो बेहदको वैराग्य। यो सृष्टि खतम हुनु छ। तिम्रो लागि नयाँ दुनियाँ बनिरहेको छ। वहाँ जानु छ तर पावन नबनेसम्म त वहाँ जान सकिँदैन। दिलमा जँच्दछ– अवश्य नयाँ दुनियाँमा देवी-देवताहरूको राज्य थियो, जुन बाबाले अहिले स्थापना गरिरहनु भएको छ। तिमीले जान्दछौ– शिवबाबालाई याद गर्नाले हामी पुण्य आत्मा बन्छौ। धेरै सहज छ, तर याद भुलिन्छ। भक्तिमार्गको रीति-रिवाज बिलकुलै अलग छ। फर्केर आफ्नो घरमा त कोही पनि जान सक्दैन। पुनर्जन्म त अवश्य सबैले लिनुपर्छ। घरमा जाने समय एकै हो। फलानोले मोक्ष प्राप्त गर्यो भन्नु त गफ हो। बाबा भन्नुहुन्छ– कोही पनि आत्मा बीचैबाट फर्केर जान सक्दैन। नत्र सारा खेल नै बिग्रिन्छ। हरेक सतो-रजो-तमोमा अवश्य आउनुपर्छ। मोक्षको लागि त धेरै आउँछन्, तर सम्झाइन्छ मोक्ष हुँदैन। यो त अनादि बनिबनाऊ ड्रामा हो। यो कहिल्यै पनि बदलिँदैन। 

    झिँगा यहाँबाट पास भयो फेरि ५ हजार वर्ष पछि यसरी नै पास हुन्छ। यो त जान्दछौ– बाबा कति भोला हुनुहुन्छ। पतित-पावन बाबा आफ्नो परमधामबाट आउनुहुन्छ, पार्ट खेल्न। उहाँले नै सम्झाउनुहुन्छ– यो ड्रामा कसरी बनेको छ? यसमा मुख्य को-को छन्? जस्तै भन्दछन्– यस दुनियाँमा सबैभन्दा धनवान को छ? त्यसमा नम्बरवार नाम निकाल्छन्। तिमी जान्दछौ– सबैभन्दा धनवान को हो? उनीहरूले भन्छन् अमेरिका। तर तिमी जान्दछौ– स्वर्गमा सबैभन्दा धनवान यी लक्ष्मी-नारायण बन्छन्। तिमीले पुरूषार्थ गर्छौ भविष्यको लागि, सबैभन्दा ठूलो धनवान बन्नको लागि। यो दौड हो। यी लक्ष्मी-नारायण जस्तो धनवान कोही होला? अल्लाह अवलदिनको पनि कथा बनाउँछन्। ठक्क गर्दा कुबेरको खजाना निस्केर आयो। धेरै किसिम-किसिमका नाटक बनाउँछन्। अहिले तिम्रो बुद्धिमा छ– यो शरीर छोडेर स्वर्गमा जान्छौं। हामीलाई कारुनको खजाना मिल्छ। बाबा भन्नुहुन्छ– मलाई याद गर्नाले माया एकदम भाग्छ। बाबालाई याद गरेनौ भने मायाले दिक्क पार्छ। भन्दछन्– बाबा मलाई मायाको तूफान धेरै आउँछ। ठीक छ बाबालाई धेरै प्यारले याद गर्यौ भने तुफान हटेर जान्छन्। बाँकी नाटक आदि बसेर बनाएका हुन्। कुरा केही पनि होइन। बाबाले कति सहज सम्झाउनुहुन्छ– केवल बाबालाई याद गर्यौ भने तिमीमा जुन खाद छन्, तिनीहरू निस्केर जान्छन्, अरु कुनै मेहनत दिन्नँ। आत्मा जुन पवित्र सच्चा सुन थियो, त्यो अहिले झुटो बनिसकेको छ। फेरि सच्चा बन्छ– यस याद अग्निबाट। आगोमा नराखी सुन पवित्र हुन सक्दैन। यसलाई पनि योग अग्नि भन्दछन्। हो यादको कुरा। उनीहरूले त विभिन्न प्रकारको हठयोग सिकाउँछन्। तिमीलाई त बाबा भन्नुहुन्छ– उठ्दा, बस्दा याद गर। आसन आदि तिमी कहाँसम्म लगाउँछौ। यो त हिँड्दा, डुल्दा काम गर्दा यादमा रहनुपर्छ। बिरामी हुँदा पनि यहाँ पल्टेर बाबालाई याद गर्न सक्छौ। शिवबाबालाई याद गर अनि चक्र घुमाऊ, पुग्यो। उनीहरूले त लेखेका छन्– गंगाको तट होस्, अमृत मुखमा होस्। 

    गंगाको किनारामा त गंगाजल नै मिल्छ, यसैले मनुष्य हरिद्वारमा गएर बस्छन्। बाबा त भन्नुहुन्छ– तिमी जहाँ बस, ठीक छ बिरामी छौ भने पनि बाबालाई याद गर। स्वदर्शन चक्र घुमाइराख तब प्राण तनबाट निस्कोस्। यो अभ्यास गर्नुपर्छ। त्यस भक्तिमार्गको कुरा र यस ज्ञान मार्गको कुरामा कति रात-दिनको फरक छ। बाबाको यादबाट तिमी स्वर्गको मालिक बन्छौ। उनीहरू त लडाईं गर्नेलाई भन्छन्– जो युद्धको मैदानमा मर्छ, ऊ स्वर्गमा जान्छ। वास्तवमा युद्ध यही हो। उनीहरूले कौरव, पाण्डवका सेना देखाएका छन्। महाभारत लडाईं भयो फेरि के भयो? रिजल्ट केही पनि छैन। बिलकुल घोर अन्धकार छ, केही पनि बुझ्दैनन्। त्यसैले अज्ञान अन्धकार भनिन्छ। बाबा फेरि उज्यालो बनाउन आउनुभएको छ। उहाँलाई ज्ञानको सागर, नलेजफुल भनिन्छ। अहिले तिमीलाई पनि सारा ज्ञान मिलेको छ। त्यो हो मूलवतन, जहाँ तिमी आत्माहरू रहन्छौ, त्यसलाई ब्रह्माण्ड पनि भनिन्छ। यहाँ रूद्र यज्ञ रचे भने बाबाको साथै तिमी आत्माहरूको पनि पूजा गर्छन्। किनकि तिमीले धेरैको कल्याण गर्छौ। बाबाको साथमा तिमीले सारा दुनियाँको रुहानी सेवा गर्छौ, त्यसैले बाबाको साथ तिमी बच्चाहरूको पनि पूजा हुन्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) मायाको तूफानलाई भगाउनको लागि बाबालाई धेरै प्यारले याद गर्नु छ। आत्मालाई योग अग्निबाट सच्चा-सच्चा सुन बनाउनु छ।

    २) बेहदको वैरागी बनेर यस पुरानो दुनियाँलाई भुल्नु छ। दुनियाँ बदलिइरहेको छ, नयाँ दुनियाँमा जानु छ त्यसैले यसबाट संन्यास लिनु छ।

    वरदान:

    महान् र मेहमान (पाहुना)– यी दुई स्मृतिद्वारा सर्व आकर्षणबाट मुक्त बन्ने उपराम र साक्षी भव:-  

    उपराम वा साक्षीपनको अवस्था बनाउनको लागि दुई कुरा ध्यानमा रहोस्– एक त म आत्मा महान् हुँ, दोस्रो– म आत्मा अब यस पुरानो सृष्टिमा वा यस पुरानो शरीरमा मेहमान (पाहुना) हुँ। यस स्मृतिमा रहनाले स्वतः र सहज सर्व कमजोरीहरू वा लगावको आकर्षण समाप्त हुन्छ। महान् सम्झिनाले जो साधारण कर्म वा संकल्प संस्कारको वश चल्छन्, ती परिवर्तन हुन्छन्। महान् र मेहमान सम्झेर चल्नाले महिमा योग्य पनि बन्छौ।

    स्लोगन:

    सबैको शुभ-भावना र सहयोगको थोपा-थोपाबाट ठूलो कार्य पनि सहज हुन्छ।  



    ***OM SHANTI***