BK Murli 6 July 2016 Nepali

BK Murli 6 July 2016 Nepali

२२ आषाढ बुधबार 06.07.2016 बापदादा मधुवन

“मीठे बच्चे– तिमीले यस ड्रामाको आदि-मध्य-अन्त्यलाई जान्दछौ। तिमीलाई बाबाद्वारा ज्ञानको तेस्रो नेत्र मिलेको छ यसैले तिमी हौ आस्तिक।”  

प्रश्न:

बाबाको कुनचाहिँ टाइटल धर्म स्थापकहरूलाई दिन सकिँदैन?

उत्तर:

बाबा हुनुहुन्छ सतगुरू। कुनै पनि धर्म स्थापकलाई गुरू भन्न सकिँदैन किनकि गुरू ऊ हो, जसले दुःखबाट छुडाओस्, सुखमा लैजाओस्। धर्म स्थापना गर्नेको पछि त उनको धर्मका आत्माहरू माथिबाट तल आउँछन्। उनीहरूले त कसैलाई लिएर जादैनन्। बाबा जब आउनुहुन्छ, सबै आत्माहरूलाई घर लैजानुहुन्छ। त्यसैले उहाँ सबैका सतगुरू हुनुहुन्छ।

गीतः–

इस पाप की दुनिया से....

ओम् शान्ति।

मीठा-प्यरा रुहानी बच्चाहरूले गीतको लाइन सुन्यौ। यो हो पापको दुनियाँ। बच्चाहरूले जान्दछन् पनि– यो पाप आत्माहरूको दुनियाँ हो। कति नमीठो शब्द छ। तर मनुष्यले यो बुझ्दैनन्– वास्तवमा यो पाप आत्माहरूको दुनियाँ हो। अवश्य कुनै पुण्य आत्माहरूको दुनियाँ पनि थियो, त्यसलाई भनिन्छ स्वर्ग। पाप आत्माहरूको दुनियाँलाई भनिन्छ नर्क। यहाँ नै स्वर्ग र नर्कको चर्चा धेरै हुन्छ। मनुष्य मर्छन् भने भनिन्छ स्वर्गवासी भयो। यसबाट सिद्ध हुन्छ नर्कवासी थियो। पतित दुनियाँबाट पावन दुनियाँमा गयो। तर मनुष्यहरूलाई केही पनि थाहा छैन, जे आउँछ बोलिदिन्छन्। यथार्थ अर्थ केही पनि बुझ्दैनन्। 

बाबा आएर तिमी बच्चाहरूलाई सान्त्वना दिनुहुन्छ– अब अलिकति धैर्य गर। तिमी पापको बोझले धेरै भारी भएका छौ। अब तिमीलाई पुण्य आत्मा बनाएर यस्तो दुनियाँमा लैजान्छु, जसलाई स्वर्ग भनिन्छ। वहाँ न कुनै पाप हुन्छ, न कुनै दुःख हुन्छ। बच्चाहरूलाई धैर्य मिलेको छ। आज यहाँ छौ, भोलि आफ्नो शान्तिधाम, सुखधाममा जान्छौ। जसरी बिरामीलाई अलिकति ठीक भयो भने डाक्टरले धैर्य दिन्छन्– तपाईंलाई चाँडै नै ठीक हुन्छ। अब यो त हो बेहदको धैर्य। बेहदका बाबा भन्नुहुन्छ– तिमी त धेरै दुःखी पतित बनेका छौ। अब म तिमी बच्चाहरूलाई आस्तिक बनाउँछु। फेरि रचनाको पनि परिचय दिन्छु। ऋषि आदिले त भन्दै आएका छन्– हामी रचयिता र रचनालाई जान्दैनौं। अब उहाँलाई कसले जान्दछ? कहिले र कसद्वारा जान्न सकिन्छ? यो कसैलाई थाहा छैन। ड्रामाको आदि-मध्य-अन्त्यलाई कसैले जान्दैन। बाबा भन्नुहुन्छ– म संगमयुगमा आएर सबैभन्दा पहिला ड्रामा अनुसार तिमी बच्चाहरूलाई आस्तिक बनाउँछु फेरि रचनाको आदि-मध्य-अन्त्यको रहस्य सुनाउँछु अर्थात् तिम्रो ज्ञानको तेस्रो नेत्र खोल्छु। तिमीलाई प्रकाश मिलेको छ। आँखाको ज्योति जान्छ भने मनुष्य अन्धो बन्छन्। यस समय मनुष्यहरूको तेस्रो नेत्र छैन। मनुष्य भएर उहाँ बाबालाई र रचनाको आदि-मध्य-अन्त्यलाई जान्दैनन् भने उनलाई बुद्धिहीन भनिन्छ। गीतमा पनि छ– कोही छन् अन्धाको सन्तान अन्धा, कोही छन् देख्नेवाला। देखाउँछन्– महाभारत लडाई भएको थियो र एक आदि सनातन देवी-देवता धर्मको स्थापना भएको थियो। बाबाले आएर आत्माहरूलाई राजयोग सिकाउनु भएको थियो– सत्ययुगी स्वराज्य दिनको लागि। आत्माले भन्छ– म राजा हुँ, म बेरिस्टर हुँ। तिम्रो आत्माले अहिले जान्दछ– मैले रचयिता बाबाद्वारा विश्वको स्वराज्य पाइरहेको छु। उहाँ केको रचयिता हुनुहुन्छ? नयाँ दुनियाँको। बाबाले नयाँ सृष्टि रच्नुहुन्छ। 

उहाँ रचयिता पनि हुनुहुन्छ त्यसैले उहाँमा सारा ज्ञान पनि छ। सारा विश्वको इतिहास एउटाले पनि जान्दैन। ज्ञानको तेस्रो नेत्र कसैको पनि छैन। बाबा सिवाय ज्ञानको तेस्रो नेत्र कसैले पनि दिन सक्दैन। विश्वको इतिहास-भूगोल, मूलवतन, सूक्ष्मवतन, स्थूलवतन... यो सबै तिमीले जान्दछौ। मूलवतन हो आत्माहरूको सृष्टि। संन्यासीहरूले भन्छन्– हामी ब्रह्ममा लीन हुन्छौं वा ज्योति ज्योतिमा समाहित हुन्छ। यस्तो हुँदैन। तिमीले जान्दछौ– ब्रह्म तत्वमा गएर निवास गर्छौं। त्यो शान्तिधाम घर हो। उनीहरूले भनिदिन्छन्– ब्रह्म नै भगवान हो, कति फरक छ। ब्रह्म त तत्व हो। जसरी आकाश तत्व हो, त्यसैगरी ब्रह्म पनि तत्व हो, जहाँ हामी आत्माहरू र परमपिता परमात्मा निवास गर्छौं। त्यसलाई स्वीट होम भनिन्छ। त्यो हो आत्माहरूको घर। बच्चाहरूलाई थाहा छ– ब्रह्म महतत्वमा कुनै आत्मा लीन हुँदैन र आत्माको कहिल्यै विनाश हुँदैन। आत्मा अविनाशी छ। यो ड्रामा पनि बनिबनाउ अविनाशी हो। यस ड्रामामा कति धेरै कलाकार छन्। अहिले हो संगमयुग, अहिले सबै कलाकारहरू हाजिर छन्। नाटक पूरा भएपछि सबै कलाकार, रचयिता आदि सबै आएर हाजिर हुन्छन्। यस समय यो बेहदको ड्रामा पनि पूरा हुन्छ फेरि दोहरिन्छ। ती हदको नाटकमा फरक हुन सक्छ। ड्रामा पुरानो हुन्छ। यो त बेहदको ड्रामा अनादि अविनाशी छ। बाबाले त्रिकालदर्शी, त्रिनेत्री बनाउनु हुन्छ। देवताहरू कोही त्रिकालदर्शी हुँदैनन्, नत शूद्रवर्णवाला त्रिकालदर्शी हुन्छन्। त्रिकालदर्शी त केवल तिमी ब्राह्मण वर्णवाला नै हौ। ब्राह्मण नबनेसम्म ज्ञानको तेस्रो नेत्र मिल्न सक्दैन। तिमीले वृक्षको आदि-मध्य-अन्त्य, सबै धर्महरूलाई जान्दछौ। 

तिमी पनि मास्टर ज्ञानको सागर बन्छौ। बाबाले बच्चाहरूलाई आफू समान बनाउनु हुन्छ नि। ज्ञानको सागर त एक बाबा नै हुनुहुन्छ, जो सबै आत्माहरूको पिता हुनुहुन्छ। सबै बच्चाहरूलाई आस्तिक बनाएर त्रिकालदर्शी बनाउनु हुन्छ। अब तिमी बच्चाहरूले सबैलाई यो भन्नु छ– शिवबाबा आउनु भएको छ, उहाँलाई याद गर्नुहोस्। जो आस्तिक बन्छन् उनीहरूले बाबालाई राम्रोसँग प्यार गर्छन्। तिमीसँग बाबाको पनि प्यार छ। तिमीलाई स्वर्गको वर्सा दिनुहुन्छ। गाइएको छ– विनाश काले विपरीत बुद्धि विनश्यन्ती र विनाश काले प्रीत बुद्धि विजयन्ती। गीतामा कुनै-कुनै शब्द सत्य छन्। श्रीमद् भगवत गीता हो सर्वोत्तम शास्त्र, आदि सनातन देवी-देवता धर्मको शास्त्र। यो पनि सम्झाइएको छ– मुख्य धर्म शास्त्र छन् नै ४ र अरु जो धर्म छन्, उनीहरू आउँछन् नै केवल आफ्नो धर्मको स्थापना गर्न। राजाई आदिको कुरा छैन। उनीहरूलाई गुरू पनि भन्न सकिँदैन। गुरूको त काम नै हो फर्काएर लैजानु। इब्राहिम, बुद्ध, क्राइस्ट आदि त आउँछन् फेरि उनीहरूको पछि उनको वंशावली पनि आउँछन्। गुरू ऊ हो, जसले दुःखबाट छुटाएर सुखमा लैजान्छ। उनीहरू त केवल धर्मको स्थापना गर्न आउँछन्। यहाँ त धेरैलाई गुरू भनिदिन्छन्। ब्रह्मा, विष्णु, शंकरलाई पनि गुरू भन्न सकिँदैन। एक शिवबाबा नै सबैका सद्गति दाता हुनुहुन्छ। पुकार्छन् पनि एक रामलाई। शिवबाबालाई पनि राम भनिन्छ। धेरै भाषाहरू छन् त्यसैले नाम पनि धेरै राखिदिएका छन्। वास्तविक नाम हो शिव। उहाँलाई सोमनाथ पनि भनिन्छ। सोमरस पिलाउनुभयो अर्थात् ज्ञान धन दिनुभयो। बाँकी पानी आदिको त कुरा होइन। तिमीलाई सम्मुखमा ज्ञानको सागर, आनन्दको सागर बनाइरहनु भएको छ। बाबा त ज्ञानको सागर हुनुहुन्छ। तिमी बच्चाहरूलाई ज्ञान नदी बनाउनु हुन्छ। सागर एउटै हुन्छ। एक सागरबाट अनेक नदीहरू निक्लन्छन्। अहिले तिमी छौ संगममा। यस समय यो सारा धर्ती रावणको स्थान हो। केवल एक लंका थिएन, सारा धर्तीमा रावणको राज्य छ। 

रामराज्यमा धेरै कम मनुष्यहरू हुन्छन्। यो केवल अहिले तिम्रो बुद्धिमा छ। बाबाले सम्झाउनु भएको छ– मैले ३ धर्मको स्थापना गर्छु– ब्राह्मण, देवता, क्षत्रिय। फेरि वैश्य, शूद्र वर्णमा अरु सबै आएर आ-आफ्नो धर्म स्थापना गर्छन्। अनेक धर्मको विनाश पनि गराउनुहुन्छ। भारतमा त्रिमूर्तिको चित्र पनि बनाउँछन्। तर त्यसमा शिवको चित्र गुम गरिदिएका छन्। स्वयं शिवबाट नै सिद्ध हुन्छ– परमपिता परमात्मा शिवले ब्रह्माद्वारा स्थापना, विष्णुद्वारा पालना गराउनुहुन्छ, उहाँलाई गर्ने-गराउने भनिन्छ। स्वयंले पनि कर्म गर्नुहुन्छ, तिमी बच्चाहरूलाई पनि सिकाउनु हुन्छ। कर्म-अकर्म-विकर्मको गति पनि सम्झाउनु हुन्छ। रावणराज्यमा तिमीले जुन कर्म गर्छौ, त्यो विकर्म बन्छ। सत्ययुगमा जो कर्म गर्छौ, त्यो अकर्म हुन्छ। यहाँ विकर्म नै हुन्छ किनकि रावणको राज्य छ। सत्ययुगमा ५ विकार नै हुँदैन। एक-एक कुरा बुझ्न योग्य छ र सेकेण्डमा बुझाइन्छ। ओम्को अर्थ उनीहरूले त धेरै विस्तारमा सम्झाउँछन्। बाबा भन्नुहुन्छ– ओम् अर्थात् अहम् आत्मा र यो मेरो शरीर। कति सहज छ। तिमीले बुझेका छौ– हामी सुखधाममा गइरहेका छौं। कृष्णको मन्दिरलाई सुखधाम भन्दछन्। कृष्णपुरी पनि हो। माताहरूले कृष्णपुरीमा जानको लागि धेरै मेहनत गर्छन्। तिमीले अब भक्ति गर्दैनौ। तिमीलाई ज्ञान मिलेको छ, अरु कुनै पनि मनुष्य मात्रमा यो ज्ञान छैन। मैले तिमीलाई पावन बनाएर जान्छु फेरि पतित कसले बनाउँछ? यो कसैले बताउन सक्दैन। सबै मेल अथवा फिमेल भक्त हुन्, सीता हुन्। सबैको सद्गति गर्नेवाला बाबा हुनुहुन्छ। सबै रावणको जेलमा छन्। यो हो नै दुःखधाम। बाबाले तिमीलाई सुखधामको मालिक बनाउनु हुन्छ। यस्ता बाबालाई ५ हजार वर्ष पछि केवल तिमीले देख्छौ। लक्ष्मी-नारायणको आत्मालाई अहिले ज्ञान छ। म बाल्यकालमा यस्तै कृष्ण हुन्छु, फेरि ठूलो हुन्छु, यसरी शरीर छोड्छु। फेरि अर्को लिन्छु, अरु कसैलाई यो ज्ञान छैन। 

बाबा भन्नुहुन्छ– तिमी सबै पार्वती हौ, शिवबाबाले तिमीलाई अमरकथा सुनाइरहनु भएको छ अमर बनाउनको लागि, अमरलोकमा लैजानको लागि। यो मृत्युलोक हो। तिमी सबै पार्वतीहरू अमरनाथद्वारा अमरकथा सुनिरहेका छौ। तिमी वास्तवमा बन्छौ। केवल बाबालाई याद गर्नाले तिम्रो आत्मा अमर बन्छ। जहाँ दुःखको कुरै हुँदैन। जसरी सर्पले एक खाल छोडेर अर्को लिन्छ। यी सबै उदाहरणहरू यहाँका हुन्। कुमालकोटीको उदाहरण पनि यहाँको हो। तिमी ब्राह्मणहरूले के गर्छौ? विकारी कीरालाई परिवर्तन गरेर देवता बनाउँछौ। मनुष्यको नै कुरा हो। कुमालकोटीको त दृष्टान्त मात्र हो। तिमी ब्राह्मण बच्चाहरू अहिले बाबाद्वारा अमरकथा सुनिरहेका छौ। अरुलाई बसेर ज्ञानको भूँ-भूँ गर्छौ, जसद्वारा मनुष्यबाट देवता, स्वर्गको परी बन्छन्। बाँकी यस्तो होइन– मानसरोवरमा डुब्की लगाउनाले कोही परी बन्छन्। यो सबै झूट हो। तिमीले झूटो नै सुन्दै आयौ। अहिले बाबाले सत्य बताउनु हुन्छ। अब बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ। तिमीले बुझेका छौ– निराकार परमपिता परमात्माले यस मुखद्वारा सुनाइरहनु भएको छ। हामी यी कानद्वारा सुनिरहेका छौं। आत्म-अभिमानी बन्नु छ, तब परमात्माले अनुभव गराउनुहुन्छ– उहाँ को हुनुहुन्छ? अरु कसैले पनि आत्म-अभिमानी बनाउन सक्दैन। बाबा बाहेक अरु कसैले भन्न सक्दैन– तिमी आत्म-अभिमानी बन। शिव जयन्ती पनि मनाउँछन् तर उहाँको जयन्ती कसरी हुन्छ, यो जान्दैनन्। बाबाले नै स्वयं आएर सम्झाउनु हुन्छ– म साधारण वृद्ध तनमा प्रवेश गर्छु। नत्र ब्रह्मा कहाँबाट आऊन्? पतित तन नै हुनुपर्छ। सूक्ष्मवतनवासी ब्रह्मामा विराजमान भएर त ब्राह्मण रच्नुहुन्न। भन्नुहुन्छ– म पतित शरीर, पतित दुनियाँमा आउँछु। गाइएको छ– ब्रह्माद्वारा स्थापना। फेरि जसको स्थापना गर्नुहुन्छ, जसले यो ज्ञान पाउँछन्, ती देवता बन्छन्। मानिसहरू ब्रह्माको चित्र देखेर अलमलिन्छन्। भन्छन्– यो त दादाको चित्र हो। प्रजापिता ब्रह्मा त अवश्य यहाँ हुन्छन्। सूक्ष्मवतनमा कसरी प्रजा रच्नुहुन्छ? प्रजापिताका बच्चाहरू हजारौं ब्रह्माकुमार-कुमारी छन्। झूट कहाँ हो र। हामी शिवबाबाद्वारा वर्सा पाइरहेका छौं। तिमी बच्चाहरूलाई सम्झाइएको छ– ती अव्यक्त ब्रह्मा हुन्। प्रजापिता त साकारमा हुनुपर्छ। यी पतित नै त पावन बन्छन्। तत् त्वम्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) आत्म-अभिमानी बनेर यी कानद्वारा अमरकथा सुन्नु छ। ज्ञानको भूँ-भूँ गरेर आफू समान बनाउने सेवा गर्नु छ।

२) बाबा समान ज्ञानको सागर, सुखको सागर बन्नु छ। सोमरस पिउनु र पिलाउनु छ।

वरदान:

पास विद अनर बन्नको लागि सबैबाट सन्तुष्टताको पासपोर्ट प्राप्त गर्ने सन्तुष्टमणि भव:-  

जो बच्चाहरू स्वयंबाट, आफ्नो पुरूषार्थबाट वा सेवाबाट, ब्राह्मण परिवारको सम्पर्कबाट सदा सन्तुष्ट रहन्छन्, उनलाई नै सन्तुष्टमणि भनिन्छ। सबै आत्माहरूको सम्पर्कमा आफूलाई सन्तुष्ट राख्नु वा सबैलाई सन्तुष्ट गर्नु– यसमा जो विजयी बन्छन् उनीहरू नै विजय मालामा आउँछन्। पास विद अनर बन्नको लागि सबैद्वारा सन्तुष्टताको पासपोर्ट मिल्नुपर्छ। यो पासपोर्ट लिनको लागि केवल सहन गर्ने वा समाहित गर्ने शक्ति धारण गर।

स्लोगन:

रहमदिल बनेर सेवाद्वारा निराश र थाकेका आत्माहरूलाई सहारा देऊ।  



***OM SHANTI***

Google+ Followers