BK Murli 7 July 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 7 July 2016 Nepali

    २३ आषाढ विहिबार 07.07.2016 बापदादा मधुवन

    “मीठे बच्चे– ज्ञान सागर बाबा तिमीलाई ज्ञानको तेस्रो नेत्र दिन आउनु भएको छ, जसबाट आत्माको ज्योति प्रज्वलित हुन्छ।”  

    प्रश्न:

    बाबालाई गर्ने-गराउने किन भनिन्छ? उहाँले के गर्नुहुन्छ र के गराउनुहुन्छ?

    उत्तर:

    बाबा भन्नुहुन्छ– मैले तिमी बच्चाहरूलाई मुरली सुनाउने कार्य गर्छु। मुरली सुनाउँछु, मन्त्र दिन्छु, तिमीलाई लायक बनाउँछु र फेरि तिमीद्वारा स्वर्गको उद्घाटन गराउँछु। तिमीले पैगम्बर बनेर सबैलाई पैगाम दिन्छौ। मैले तिमी बच्चाहरूलाई निर्देशन दिन्छु। यो नै मेरो कृपा वा आशीर्वाद हो।

    गीतः–

    कौन आज आया सवेरे-सवेरे....

    ओम् शान्ति।

    बच्चाहरूले गीत सुन्यौ। हामी बच्चाहरूलाई सबेरै-सबेरै जगाउन को आउनुभयो– जसबाट हाम्रो ज्ञानको तेस्रो नेत्र एकदमै खुल्यो? ज्ञानसागर, परमपिता परमात्माद्वारा हाम्रो ज्ञानको तेस्रो नेत्र खुलेको छ। भनिन्छ पनि– बाबा ज्योति जगाउनेवाला हुनुहुन्छ। तर उहाँ पिता हुनुहुन्छ– यो कसैले जान्दैनन्। ब्रह्म समाजीले भन्छन्– उहाँ दीपक हुनुहुन्छ, ज्योति हुनुहुन्छ। मन्दिरमा सधैं उनीहरूले दीपक बाल्छन् किनकि उनीहरूले परमात्मालाई ज्योति स्वरुप मान्छन्। यसैले वहाँ मन्दिरमा दीयो बलिरहन्छ। अब यहाँ बाबाले कुनै सलाईले दीयो बाल्नुहुन्न। यो त कुरा नै बेग्लै छ। गाइन्छ पनि– ईश्वरको गति-मत न्यारा छ। तिमी बच्चाहरूले अहिले बुझेका छौ– बाबा सद्गतिको लागि आएर ज्ञान-योग सिकाउनु हुन्छ। सिकाउनेवाला त अवश्य हुनुपर्छ नि। शरीरले त सिकाउँदैन। आत्माले नै सबैकुरा गर्छ। आत्मामा नै राम्रो नराम्रो संस्कार रहन्छ। यस समयमा रावणको प्रवेशताको कारणले मनुष्यको संस्कार पनि खराब छन् अर्थात् ५ विकारको प्रवेशता छ। देवताहरूमा यी ५ विकार हुँदैनन्। जब दैवी स्वराज्य थियो, यी खराब संस्कार थिएनन्। सर्वगुणले सम्पन्न थिए, देवी-देवताहरूका कति राम्रा संस्कार थिए, जुन अहिले धारण गरिरहेका छौ। बाबाले नै आएर सेकेण्डमा सबैलाई सद्गति दिनुहुन्छ। बाँकी गुरू गोसाई आदि त भक्ति मार्गमा चल्दै आउँछ, जसमा कसैको पनि सद्गति गर्न सक्दैनन्। बाबा आएपछि नै सबैको सद्गति हुन्छ। परमपिता परमात्मालाई बोलाउँछन् नै पतित दुनियाँको विनाश गरेर पावन दुनियाँको उद्घाटन गर्न वा ढोका खोल्न। बाबा आएर शिव शक्ति माताहरूद्वारा गेट खोल्नुहुन्छ। वन्दे मातरम् गाइएको छ। 

    यस समयका कुनै पनि माताहरूको वन्दना गरिँदैन किनकि कुनै पनि माता श्रेष्ठाचारी छैनन्। श्रेष्ठाचारी उनलाई भनिन्छ, जो योगबलबाट पैदा हुन्छन्। लक्ष्मी-नारायणलाई श्रेष्ठाचारी भनिन्छ। यहाँ जब देवी-देवता थिए, दुनियाँ श्रेष्ठाचारी थियो। यी कुरालाई त मनुष्यले जानेकै छैनन्। उनीहरूले आफ्नै प्लान बनाइरहेका छन्। गान्धीले पनि रामराज्य चाहन्थे, यसबाट सिद्ध हुन्छ रावण राज्य हो। भारत पतित छ। तर रामराज्य स्थापना गर्नको लागि त बेहदको बापूजी चाहिन्छ, जसले रामराज्यको स्थापना र रावण राज्यको विनाश गरुन्। बच्चाहरूले जान्दछन्– रावण राज्यलाई अब आगो लाग्नु छ। सबै आत्माहरू अज्ञान अँध्यारोमा सुतेका छन्। तिमीले जान्दछौ– हामी पनि सुतेका थियौं, बाबाले आएर जगाउनुभयो। भक्तिको रात पूरा भयो, दिन शुरु हुन्छ। रात पूरा भएर अहिले दिन शुरु भइरहेको छ। बाबा संगममा आउनुभएको छ। बच्चाहरूलाई दिव्य दृष्टि र ज्ञानको तेस्रो नेत्र दिनुहुन्छ, जसद्वारा तिमीले सारा विश्वलाई जान्दछौ। तिम्रो बुद्धिमा बसेको छ– यो बनिबनाउ अविनाशी ड्रामा हो, जुन घुमिरहन्छ। अहिले तिमी कति जागृत भएका छौ, सारा दुनियाँ सुतेको छ। 

    अहिले तिमी बच्चाहरूले सारा विश्वको आदि-मध्य-अन्त्य, मूलवतन, सूक्ष्मवतन, स्थूलवतनलाई जान्दछौ। बाँकी सारा दुनियाँ कुम्भकर्णको अज्ञान निद्रामा सुतिरहेको छ। पतित-पावन को हुनुहुन्छ? यो कसैलाई थाहा छैन। पुकार्छन्– हे पतित-पावन आउनुहोस्। यो भन्दैनन्– आएर सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनुहोस्। बाबा भन्नुहुन्छ– तिमी यस सृष्टिचक्रलाई जानेपछि नै चक्रवर्ती राजा बन्छौ। यादद्वारा नै पावन बन्छौ। यो पनि जान्दछौ– विनाश सामुन्ने खडा छ, लडाई पनि हुनु छ। बाँकी कौरव, पाण्डवको लडाई भएको होइन। पाण्डव को थिए, यो पनि कसैलाई थाहा छैन। सेना आदिको कुनै कुरा नै होइन। तिमीतिर हुनुहुन्छ साक्षात् पारलौकिक परमपिता। उहाँ पिताबाट नै वर्सा मिल्छ। तिमीले जानिसकेका छौ– कृष्णको आत्माले ८४ जन्म भोगेर अहिले बाबाबाट फेरि वर्सा लिइरहेको छ। विश्वको इतिहास-भूगोल दोहोरिन्छ। अब तिमी बच्चाहरूलाई विनाश भन्दा पूर्व सतोप्रधान अवश्य बन्नु छ। गृहस्थ व्यवहारमा रहेर कमल फूल समान पवित्र रहनु छ। गाइएको पनि छ– भगवानुवाच, गृहस्थ व्यवहारमा रहेर यो एक जन्म पवित्र बन। जो हुनु थियो, त्यो भयो। यो त ड्रामामा निश्चित छ। सृष्टिलाई सतोप्रधान बन्नु नै छ, यो ड्रामाको भावी हो। ईश्वरको भावी होइन, ड्रामाको भावी यस्तो बनेको छ, यो बाबा बसेर सम्झाउनु हुन्छ। आधाकल्प जब पूरा हुन्छ, तब बाबा आउनुहुन्छ। बाबा भन्नुहुन्छ– जब रात पूरा भएर दिन शुरु हुन्छ, तब नै म आउँछु। शिवरात्रि पनि भन्छन् नि। शिवका पुजारीले शिवरात्रिलाई मान्छन्। सरकारले त सरकारी बिदा पनि दिँदैन। नत्र कम भन्दा कम एक महिना बिदा हुनु पर्ने हो। कसैलाई पनि थाहा छैन– शिवबाबा सबैको सद्गति गर्नेवाला हुनुहुन्छ। उहाँ नै सबैको दुःखहर्ता, सुखकर्ता हुनुहुन्छ। उहाँको जयन्ती त बडो धूमधामसँग एक महिनासम्म सबै धर्मले मनाउनुपर्छ। बाबा डाइरेक्ट आएर सद्गति दिनुहुन्छ। जब यहाँ स्वर्ग थियो, देवी-देवताहरूको राज्य थियो। त्यस समय अरु कुनै धर्म थिएन, देवताहरू विश्वको मालिक थिए। कुनै विभाजन आदि थिएन यसैले भनिन्छ हामीले फेरि अटल, अखण्ड, सुख-शान्ति, सम्पत्तिले सम्पन्न दैवी राज्य प्राप्त गरिरहेका छौं। बेहदका बाबाबाट बेहदको वर्सा ५ हजार वर्ष पहिले पनि मिलेको थियो। सूर्यवंशी, चन्द्रवंशी राज्यमा कुनै दुःखको नाम थिएन। गायन पनि छ– राम राजा, राम प्रजा, राम.... वहाँ अधर्मको कुनै कुरा हुँदैन। 

    बाबाले तिमीलाई ब्रह्मा र विष्णुको बारेमा पनि सम्झाउनु भएको छ– यी दुवैको आपसमा के सम्बन्ध छ? ब्रह्माको नाभिबाट विष्णु निक्ले... यो कस्तो अनौठो चित्र बनाएका छन्। बाबाले सम्झाउनु हुन्छ– यी लक्ष्मी-नारायण नै अन्तमा आएर ब्रह्मा सरस्वती, जगत् अम्बा, जगत् पिता बन्छन्, जो दुवै फेरि विष्णु अर्थात् लक्ष्मी-नारायण बन्छन्। बाबा बसेर सम्झाउनु हुन्छ– जति पनि चित्र देख्छौ यिनमा कुनै पनि यथार्थ छैन। शिवको ठूलो चित्र बनाउँछन्, त्यो पनि अयथार्थ छ। भक्तिको कारणले ठूलो बनाएका छन्। नत्र बिन्दुको पूजा कसरी हुन सक्छ? ठीक छ, फेरि ब्रह्मा, विष्णु, शंकरलाई पनि यथार्थ रुपमा जान्न सक्दैनन्। त्रिमूर्ति ब्रह्मा भनिदिन्छन्। ब्रह्माद्वारा स्थापना, विष्णुद्वारा पालना... यो पनि भन्छन् तर ब्रह्माले त स्थापना गर्दैनन्। स्वर्गको स्थापना ब्रह्माले गर्छन् र? गर्दैनन्, स्वर्गको स्थापना त परमपिता परमात्माले नै गर्नुहुन्छ। यो आत्मा त पतित छ, यिनलाई व्यक्त ब्रह्मा भनिन्छ। यही आत्मा पावन बनेर जान्छ र सत्ययुगमा गएर नारायण बन्छ। त्यसैले प्रजापिता ब्रह्मा अवश्य यहाँ हुनुपर्छ नि। चित्र फेरि वहाँ देखाउँछन्। यी ज्ञानका अलंकार वास्तवमा तिम्रा हुन् तर विष्णुको हातमा देखाउँछन्। नवधा भक्तिमा पनि साक्षात्कार हुन्छ। मीराको पनि नाम गाइएको छ नि। पुरूषमा नम्बरवन भक्त नारद हुन्। माताहरूमा मीराको नाम गाइएको छ। तिमी अहिले नारायण अथवा लक्ष्मीलाई वरण गर्नको लागि यो ज्ञान सुनिरहेका छौ। तिम्रो नै स्वयंवर हुन्छ। नारदको लागि पनि देखाउँछन्– सभामा आएर भने मैले लक्ष्मीलाई वरण गर्न सक्छु! अहिले लक्ष्मीलाई वरण गर्न लायक तिमी बनिरहेका छौ। बाँकी ती सबै भक्ति मार्गका कथा हुन्। बाबाले सत्य कुरा बसेर सम्झाउनु हुन्छ। लक्ष्मी सत्ययुगमा, नारद भक्त द्वापरमा। सत्ययुगमा नारद फेरि कहाँबाट आए? राधे-कृष्णको नाम नै स्वयंवर पछि लक्ष्मी-नारायण हुन जान्छ। यो पनि कसैले जान्दैनन्। 

    कति अज्ञान अन्धकार छ। बाबा हुनुहुन्छ कल्याणकारी। तिमीलाई पनि कल्याणकारी बनाउनु हुन्छ। अब विचार सागर मन्थन गर्नुपर्छ अरुलाई पनि कसरी सम्झाऊँ? त्यसैले बाबाले सम्झाउनु हुन्छ– चित्र आदि कस्तो बनाएका छन्। गान्धीको नाभिबाट नेहरू निक्ले। कहाँ उनी विष्णु देवता, कहाँ यी मनुष्य। यी सबै कुरालाई तिमी बच्चाहरूले अब बुझेका छौ। नम्बरवार तिमीलाई खुशी हुन्छ। बेहदका बाबाले हामीलाई पढाइरहनु भएको छ। यस्तो त कहिल्यै सुनेका थिएनौ किनकि गीतामा त कृष्ण भगवानुवाच लेखिदिएका छन्। भगवान कहिले आउनुभयो, कहिले आएर गीता सुनाउनुभयो? तिथि-मिति केही छैन। कल्पको आयु नै लाखौं वर्ष भनिदिन्छन्। कसैको पनि बुद्धिमा आउँदैन। अब बाबाले बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। ब्राह्मणहरूको वृक्षको वृद्धि हुँदै जान्छ। वृद्धि हुँदा-हुँदा अनगिन्ती हुन्छन्। तिमी बच्चाहरूले जान्दछौ– वर्ण कसरी चक्र लगाउँछौं। हामी ब्राह्मणहरूको वर्ण सबैभन्दा उच्च हो। हामी हौं गुप्त सच्चा रुहानी समाजसेवी। परमपिता परमात्माले हामीबाट सेवा गराइरहनु भएको छ। हामीले रुहानी सेवा गर्छौं, उनीहरूले शारीरिक सेवा गर्छन्। तिमीलाई सोध्छन्– तिमीले देशको के सेवा गर्छा? भन– हामी हौं रुहानी सेवाधारी। स्वर्गको उद्घाटन गराइरहनु भएको छ, स्थापना गराइरहनु भएको छ। शिवबाबा हुनुहुन्छ गर्ने गराउने, जसले गराइरहनु भएको छ। उहाँले गर्नु पनि हुन्छ। मुरली कसले चलाउँछ? त्यसैले कर्म गर्नुहुन्छ! तिमीलाई पनि सिकाउनु हुन्छ– यसरी चलाऊ। महामन्त्र दिनुहुन्छ मनमनाभव। कर्म सिकाउनु भयो नि। फेरि तिमीलाई भन्नुहुन्छ– अरुलाई सिकाऊ, यसैले गर्ने-गराउने भनिन्छ। तिमी बच्चाहरूले पनि यही शिक्षा दिन्छौ– बाबालाई याद गर र वर्सालाई याद गर। 

    यही पैगाम तिमी बच्चाहरूले पुर्याउनु छ। यस्तो होइन, अरुलाई पैगाम दिने स्वयं यादमा नरहने, अनि के होला? अरु पुरूषार्थमा उच्च जान्छन्, मेसेज दिनेवाला पछाडि रहन्छन्। यादको पुरूषार्थ नगरे त्यति उच्च पद पाउन सकिँदैन, अरु यादको यात्राबाट पावन बन्छन्। जसरी बाबाले बाँधेलीहरूको उदाहरण दिनुहुन्छ। उनीहरू यादमा बढी रहन्छन्। देखे विना नै पत्र लेख्छन्। बाबा म हजुरको भइसकेकी छु, म पवित्र अवश्य रहन्छु। तिमी बच्चाहरूको छ बाबासँग प्रीत बुद्धि। तिम्रो नै माला बनेको छ। विष्णुको माला वा रूद्राक्षको मालामा माथि छ मेरू। माला उठाउने बित्तिकै पहिला फूल अनि दुई दाना हातमा आउँछन्, त्यसलाई नमस्कार गर्छन्। त्यसपछि हुन्छ माला। तिमीले दुनियाँलाई स्वर्ग बनाइरहेका छौ। त्यसैले यो माला तिम्रो नै यादगार हो। बाबाले यो गीता ज्ञान यज्ञ रच्नुभएको छ। यसमा सारा पुरानो दुनियाँ स्वाहा हुनु छ। बाबा हुनुहुन्छ सबैभन्दा प्यारो पिता। तिमीलाई भविष्य २१ जन्मको लागि सदा सुखको वर्सा दिनुहुन्छ। जसले कल्प पहिले वर्सा लिएका थिए, उनीहरू ड्रामा प्लान अनुसार अवश्य आउँछन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू, सुखधाममा जानु छ भने पवित्र अवश्य बन्नु छ। मलाई याद गर। माग्नु केही पनि छैन– कृपा गर्नुहोस् वा मदत गर्नुहोस् भनेर। मैले त सबैलाई मदत गर्छु। पुरूषार्थ त तिमीले गर्नु छ। आशीर्वादको कुरा छैन। बाबा भन्नुहुन्छ– म एकलाई याद गर। याद गर्नु तिम्रो काम हो। निर्देशन दिनु– यही कृपा हो। बाँकी त खाऊ, पिऊ, घुम-फिर गर... तिमीले पवित्र भोजन नै खानु छ। हामी देवी-देवता बन्छौं, वहाँ प्याज आदि कहाँ हुन्छ र। यी चीजहरू सबै यहाँ छोड्नु छ। यी चीज वहाँ हुँदैनन्। बीज नै हुँदैन। जसरी सत्ययुगमा बिमारी आदि हुँदैन। अहिले त हेर कति बिमारीहरू निक्लेका छन्। वहाँ तमोगुणी कुनै चीज हुँदैन। हरेक चीज सतोप्रधान। यहाँ हेर मनुष्यले के-के खान्छन्। अब बाबाले बच्चाहरूलाई भन्नुहुन्छ– मलाई याद गर, अरु सँगत तोडेर मसँग जोड्यौ भने तिमी पावन बन्छौ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) पास्ट इज पास्ट, जे बित्यो त्यसलाई बिर्सिएर गृहस्थ व्यवहारमा रहेर सतोप्रधान बन्ने पुरूषार्थ गर्नु छ। विनाश भन्दा पहिले पावन अवश्य बन्नु छ।

    २) विश्वलाई स्वर्ग बनाउने सच्चा-सच्चा सेवामा तत्पर रहनु छ। खान-पान धेरै शुद्ध राख्नु छ। पवित्र भोजन नै खानु छ।

    वरदान:

    मास्टर ज्ञानको सागर बनेर अज्ञानतालाई समाप्त गर्ने ज्ञान स्वरुप, योगयुक्त भव:-  

    मास्टर ज्ञानसागर बन्नेहरूमा कुनै पनि प्रकारको अज्ञानता रहँदैन। उनीहरूले यस्तो भनेर आफूलाई छुटाउन सक्दैनन्– यस कुराको त मलाई थाहै थिएन। ज्ञान स्वरुप बच्चाहरूमा कुनै पनि कुराको अज्ञान रहँदैन र जो योगयुक्त छन् उनीहरूलाई अनुभव हुन्छ– मानौं पहिलेदेखि नै सबै जान्दछु। उनीहरूले यो पनि जान्दछन्– मायाको छम-छम, रिमझिम कम छैन, माया पनि धेरै आकर्षक छ, यसैले त्यसबाट बचेर रहनु छ। जो सबै रुपबाट मायालाई जान्दछन्, उनीहरूको लागि हार खानु असम्भव छ।

    स्लोगन:

    जो सदा प्रसन्नचित्त छन्, उनीहरू कहिल्यै प्रश्नचित्त हुन सक्दैनन्।   



    ***OM SHANTI***