BK Murli 9 July 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 9 July 2016 Nepali

    २५ आषाढ शनिबार 09.07.2016 बापदादा मधुवन

    “मीठे बच्चे– यस सभामा बहिर्मुखी बनेर बस्नु हुँदैन, बाबाको यादमा रहनु छ, मित्र सम्बन्धी अथवा धन्दा आदिलाई याद गर्नाले वायुमण्डलमा विघ्न पर्छ।”   

    प्रश्न:

    तिम्रो रुहानी ड्रिलको विशेषता के हो, जसलाई मनुष्यले गर्न सक्दैनन्?

    उत्तर:

    तिम्रो रुहानी ड्रिल बुद्धिको हो, यसको विशेषता यही हो– तिमी आशिक बनेर आफ्नो माशुकलाई याद गर्छौ। यसको इसारा गीतामा पनि छ– मनमनाभव। तर मनुष्यले आफ्नो माशुक परमात्मालाई जानेकै छैनन् भने ड्रिल कसरी गर्न सक्छन्? उनीहरू त एक अर्कालाई शारीरिक ड्रिल सिकाउँछन्।

    ओम् शान्ति।

    बच्चाहरूले पनि सम्झन्छन्, बाबा पनि सम्झनुहुन्छ– बच्चाहरू (योग गराउनेवाला) यहाँ के गरिरहेका छन्! यादको यात्राको ड्रिल गराइरहेका छन्। मुखले केही पनि भन्नु छैन। कसको याद छ? परमपिता परमात्मा शिवबाबाको। उहाँको यादमा रहनाले हाम्रो जति पनि विकर्म छन्, ती भस्म भएर जान्छन् र विकर्माजित बन्छां, जो जति यादको ड्रिलमा रहन्छ। यो आत्माको ड्रिल हो, शरीरको होइन। यहाँ जति पनि ड्रिल सिकाउँछन्, ती सबै हुन् शारीरिक, यो हो रुहानी ड्रिल। यस रुहानी ड्रिललाई तिमी बच्चाहरू सिवाए कसैले जानेकै छैनन्। 

    रुहानी ड्रिलको इसारा गीतामा अवश्य छ। भगवानुवाच अथवा भगवानका बच्चाहरूको पनि वाच हो। तिमी अहिले भगवान शिवबाबाको बच्चा बनेका छौ नि। बच्चाहरूलाई आदेश मिलेको छ– म एकलाई याद गर। बाबाले पनि ड्रिल सिकाउनु हुन्छ। बच्चाहरूले पनि यही ड्रिल सिकाउँछन्। कल्प पहिले पनि बाबाले यही भन्नुभएको थियो– मलाई याद गर। यसमा घरी-घरी भन्ने आवश्यकता छैन, तर भन्नुपर्छ। यहाँ बसेर कसैले आफ्नो मित्र सम्बन्धीलाई, धन्दा आदिलाई याद गरिरहन्छन् भने वायुमण्डलमा विघ्न पार्छन्। बाबा भन्नुहुन्छ– जसरी यहाँ तिमी यादमा बसेका छौ, यसैगरी चल्दा-फिर्दा, कर्म गर्दा यादमा रहनु छ। जसरी आशिक माशुकले एक अर्कालाई याद गर्छन्। उनीहरूको याद हो जिस्मानी। तिम्रो हो रुहानी याद। आत्माहरू भक्ति मार्गमा पनि आशिक हुन्छन् परमपिता परमात्माको। तर माशुकलाई जान्दैनन्, न आफ्नो आत्मालाई जान्दछन्। माशुक बाबा आउनुभएको छ। भक्ति मार्गदेखि नै लिएर आत्माहरू आशिक बनेका छन्। यो हो नै आत्मा र परमात्माको कुरा। बाबा बच्चाहरूलाई सम्मुख भन्नुहुन्छ– तिमी आशिकले म माशुकलाई याद गर्छौ, बाबा आउनुहोस् भनेर। आएर हामीलाई दुःखबाट मुक्त गर्नुहोस् र आफ्नो साथमा शान्तिधाम लिएर जानुहोस्। तिमीले जान्दछौ– अब यस दुःखधाम, मृत्युलोकको विनाश हुनु छ। अमरलोक जिन्दावाद, मृत्युलोक मुर्दाबाद। तिमी अहिले ब्राह्मण बच्चा बनेका छौ, तिमीहरूमा पनि नम्बरवार पुरूषार्थ अनुसार छन्। तिमी बच्चाहरूलाई पूरा निश्चय हुनुपर्छ– हामी अब नर्कवासीबाट स्वर्गवासी २१ जन्मको लागि बन्छौं। कोही मर्यो भने भन्छन् स्वर्गवासी भयो। 

    तर कति समयको लागि स्वर्गवासी भयो... यो कसैले पनि जान्दैनन्। अहिले तिमी पुरूषार्थ गरिरहेका छौ स्वर्गवासी बन्नको लागि। यो कसले निश्चय गराउनुहुन्छ? उहाँ हुनुहुन्छ गीताको भगवान। तर उहाँ त एकै निराकार हुनुहुन्छ। मनुष्यले सम्झन्छन्– निराकार त निराकार नै हुन्छ। उहाँ कसरी यहाँ आएर सिकाउनुहुन्छ? बाबालाई नजानेका कारण ड्रामा अनुसार कृष्णको नाम भूल वश राखिदिएका छन्। कृष्ण र शिवको सम्बन्ध यस समय नजिकको छ। शिव जयन्ती हुन्छ संगममा। फेरि भोलि हुन्छ कृष्ण जयन्ती। शिव जयन्ती हुन्छ रातमा, कृष्ण जयन्ती हुन्छ बिहान, त्यसलाई प्रभात भनिन्छ। जब शिवरात्रि पूरा हुन्छ, तब फेरि कृष्ण जयन्ती हुन्छ। यी कुरा बच्चाहरूले नै बुझ्न सक्छन्, काइदा छ– यहाँ सभामा कोही बहिर्मुखी नहोस्। बाबाको यादमा रहनु छ। मनुष्यले पुकार्छन् पनि– हे पतित-पावन आउनुहोस्, आएर पावन बनाउनुहोस्। तर ड्रामा अनुसार पत्थरबुद्धिले केही पनि बुझ्दैनन्। यदि जानेको भए त बताउने थिए। उनीहरूलाई यो पनि थाहा छैन– अब कलियुगको अन्त्य छ। फेरि जब बाबा आउनुहुन्छ, तब आदि हुन्छ। मनुष्य त बिलकुल घोर अन्धकारमा छन्। मनुष्यहरूले त सम्झन्छन्– कलियुग अझै ४० हजार वर्ष बाँकी छ। बेहदको बाबाले सम्झाउनु हुन्छ– हदको बाबा कहिल्यै पतित-पावन हुन सक्दैनन्। बापू नाम त धेरैका राखिदिएका छन्। बुज्रुकलाई पनि बापू अथवा पिताजी भन्दछन्। यहाँ रुहानी पिताश्री त एकै हुनुहुन्छ जो पतित-पावन, ज्ञानको सागर हुनुहुन्छ। बच्चाहरूलाई पावन हुनको लागि ज्ञान चाहिन्छ। पानीमा स्नान गर्नाले कोही पावन कहाँ बन्छ र! तिमीले जान्दछौ– शिवबाबा हाम्रो सामुन्नेमा यिनमा प्रत्यक्ष हुनुहुन्छ। ब्रह्माद्वारा ब्राह्मणहरूलाई राजयोग सिकाइरहनु भएको छ। 

    उनीहरूले त भनिदिन्छन्– भगवानुवाच अर्जुनप्रति। ब्राह्मणहरूको नाम निशान छैन। गाइन्छ– ब्रह्माद्वारा स्थापना, विष्णुद्वारा पालना। स्थापना त ब्रह्माद्वारा नै गर्नुहुन्छ, नकि विष्णुद्वारा, न शंकरद्वारा। तिमी बच्चाहरूलाई यो ज्ञान अहिले मिल्छ। बाबालाई यहाँ आउनुपर्छ, फर्केर त कोही आत्मा पनि जान सक्दैन। जति पनि आउँछन्, उनीहरूले सतो-रजो-तमोबाट पार गर्नु नै छ। कृष्णले पनि पूरा ८४ जन्म लिन्छन्। उनले पूरा ५ हजार वर्ष पार्ट खेले। जब आत्मा पेटमा हुन्छ, तब पनि जन्म त मानिन्छ। कृष्णको आत्मा जब आउँछ, गर्भमा प्रवेश गरेदेखि ५ हजार वर्ष सम्ममा ८४ जन्मको पार्ट खेल्छ। जसरी शिव जयन्ती मनाइन्छ त्यसैले यिनमा बस्नुभएको हुनुपर्छ नि, हैन? कृष्णको आत्मा पनि गर्भमा आएपछि चल्न शुरु हुन्छ, त्यतिखेर देखि ५ हजार वर्षको हिसाब शुरु हुन्छ। यदि कमबेसी हुने हो भने फेरि ५ हजार वर्षमा कम हुने थियो। यो धेरै बुझ्नुपर्ने कुरा हो। बच्चाहरूले जान्दछन्– कृष्णको आत्माले फेरि यो ज्ञान लिइरहेको छ फेरि श्रीकृष्ण बन्नको लागि। तिमी पनि कंसपुरीबाट कृष्णपुरीमा जान्छौ। यी कुरा बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ।

    बाबा भन्नुहुन्छ– माया धेरै शक्तिशाली छ। राम्रा-राम्रा महारथीहरूलाई पनि हराइदिन्छ। ज्ञान लिँदा लिँदै ग्रहचारी बस्छ। आश्चर्यवत् मेरा बनन्ती, कथन्ती... अहो माया फेरि पनि भागन्ती हुन्छन्। कमाईमा ग्रहचारी बस्छ। राहुको ग्रहण सबैलाई लागेको छ। अहिले तिमीमाथि वृहस्पतिको दशा बसेको छ फेरि चल्दा-चल्दै कोही माथि राहुको ग्रहण बस्न जान्छ, तब भन्दछु– महान् दुर्भाग्यशाली यस दुनियाँमा देख्नु छ भने यहाँ हेर। तिम्रो आत्माले भन्छ– हामी बाबाबाट सदा सुखको वर्सा लिइरहेका छौं। बाबा हजुरबाट कल्प पहिले पनि यो वर्सा लिएको थिएँ। फेरि अहिले बाबाको पासमा आएको छु। बाबाले सम्झाउनुभएको छ– बाहिर तिम्रो सेन्टरमा धेरै आउँछन् बुझ्नको लागि। यहाँ यो हो इन्द्रसभा। इन्द्र शिवबाबा हुनुहुन्छ नि, जसले ज्ञान वर्सा वर्साउनुहुन्छ। यस्तो सभामा कोही आउन सक्दैन। सब्जपरी पुखराजपरी जो ब्राह्मणीहरू पण्डा बनेर आउँछन्, उनीहरूलाई भनिन्छ– आफूसँग कुनै पनि विकारमा जानेहरूलाई ल्याउन सक्दैनौ। नत्र दुवै जिम्मेवार हुन्छौ। कुनै विकारीलाई साथमा लिएर आए भने उनीहरूलाई धेरै दाग लाग्छ। फेरि धेरै भारी सजाय मिल्छ। परीहरूमाथि ठूलो जिम्मेवारी छ। भनिन्छ– मानसरोवरमा स्नान गर्नाले परी बनिन्छ। वास्तवमा यो हो ज्ञान मानसरोवर। बाबा मनुष्य तनमा आएर ज्ञान वर्सा वर्साउनुहुन्छ। ज्ञानसागर हुनुहुन्छ नि। तिमी नदीहरू पनि हौ, सरोवर पनि हौ। ज्ञान सागर यिनमा बसेर बच्चाहरूलाई लायक बनाउनु हुन्छ– स्वर्गमा जानको लागि। स्वर्गमा हुन्छ श्री लक्ष्मी-नारायणको राज्य। यो हो प्रवृत्ति मार्गको लक्ष्य-उद्देश्य। भन्छन्– हामी दुवै ज्ञान चितामा बसेर लक्ष्मी-नारायण बन्छौं। उच्च पद पाउनु छ नि। आधाकल्प आत्माहरू तड्पिइरहन्छन्– बाबा आउनुहोस्, आएर हामीलाई राजयोग सिकाएर पावन बनाउनुहोस्। बाबा इसारा दिनुहुन्छ। हिन्दूहरू, जो देवी देवताहरूलाई मान्नेहरू हुन्छन्, उनीहरूले अवश्य ८४ जन्म भोगेका छन्। जो देवी देवताहरूका भक्त छन्, कोसिस गरेर उनीहरूलाई सम्झाऊ। 

    बाबा आएर कसरी ३ धर्म स्थापना गर्नुहुन्छ। ब्राह्मण, सूर्यवंशी, चन्द्रवंशी, तीनै धर्म बाबाले स्थापना गर्नुहुन्छ। आधाकल्प फेरि अरु कुनै धर्म स्थापना हुँदैन। फेरि आधा कल्पमा कति मठ पन्थ आदि धेरै धर्म स्थापना हुन्छन्। कहाँ आधा कल्पमा एक धर्म, त्यो पनि संगमयुगमा भविष्यको लागि राजधानी स्थापना गर्नुहुन्छ। उनीहरू सबैले पुरानो दुनियाँमा नै आफ्नो धर्म स्थापना गर्छन्। यहाँ बाबा आधाकल्पको लागि एक धर्मको स्थापना गर्नुहुन्छ। अरु कसैमा शक्ति छैन। बाबाले तिमीलाई आफ्नो बनाएर, सूर्यवंशी चन्द्रवंशी घरानाको स्थापना गरेर बाँकी सबैको विनाश गराइदिनुहुन्छ। सबै आत्माहरू शान्तिमा जान्छन्। तिमी सुखमा आउँछौ, त्यस समय कुनै दुःख हुँदैन, जसकारण भगवानलाई याद गर्नुपरोस्। तिमीले जान्दछौ– बाबा जो ज्ञानको सागर हुनुहुन्छ, उहाँले ज्ञान दिइरहनु भएको छ। सागर त एउटै हुनुहुन्छ। तिमीले आफूलाई सागर कहलाउन सक्दैनौ। तिमी उहाँको सहयोगी बन्छौ यसैले तिम्रो नाम छ ज्ञान गंगा। बाँकी त्यो हो पानीको नदी। बाबा भन्नुहुन्छ– म सागरका बच्चा तिमीहरू काम चितामा बसेर जलेर मरेका छौ अर्थात् पतित बनेका छौ। अब फेरि मलाई याद गर्नाले नै तिमी पावन बन्छौ। यो सृष्टिको चक्र ५ हजार वर्षको छ। यो पनि कसैलाई थाहा छैन। सृष्टिको चक्र पूरा ४ भागमा छ। ४ युग छन् नि। यो संगमयुग हो कल्याणकारी। कुम्भ भन्छन् नि। कुम्भ भनिन्छ मेलालाई। नदी आएर सागरसँग मिल्छ। आत्मा आएर परमात्मासँग मिल्छन्, यसलाई कुम्भ भनिन्छ। आत्मा र परमात्माको मेला पनि तिमीले देखेका छौ। तिमी आपसमा मिलेका छौ, सेमिनार गर्छौ, यसलाई कुम्भ मेला भनिन्छ। सागर त आफ्नो ठाउँमा बस्नुभएको हुन्छ। यस तनमा हुनुहुन्छ नि। जहाँ यिनको तन, वहाँ ज्ञानको सागर। बाँकी तिमी आपसमा ज्ञान गंगाहरू मिल्छौ। नदीहरू साना ठूला त हुन्छन् नि। वहाँ स्नान गर्न जान्छन्। गंगा, जमुना, सरस्वती आदि हुन्छन् नै। दिल्ली जमुनाको कण्ठमा हुन्छ स्वर्ग। कृष्णपुरी त हुन्छ। दिल्लीको लागि भनिन्छ परिस्तान थियो। 

    जब लक्ष्मी-नारायणको राज्य थियो। यस्तो होइन कृष्णको राज्य थियो। राधे-कृष्ण युगल भएपछि नै राज्य गर्न सक्छन्। अब तिमी बच्चाहरू कति खुशीमा छौ। मायाको तुफान धेरै आउनेछन्। बेहदको बक्सिङ्ग हो। हरेकको ५ विकारसँग युद्ध चल्छ। हामी चाहन्छौं बाबालाई निरन्तर याद गरौं। मायाले हाम्रो योगलाई उडाइदिन्छ। एउटा खेल पनि देखाउँछन्– परमात्माले आफूतर्फ खिच्नुहुन्छ, मायाले आफूतर्फ। यस्तो एउटा नाटक बनाएका छन्। चलचित्रको फेशन अहिले निकालेका छन्। तिमीलाई ड्रामा अनुसार नै चलचित्रद्वारा सम्झाउनु थियो। नाटकमा त अदली-बदली हुन्छ। यो त अनादि अविनाशी ड्रामा बनिबनाउ छ। बनिबनाउ बनिरहेको छ.... फलानो मर्यो यति नै पार्ट थियो, हामी किन चिन्ता गर्ने? ड्रामा हो नि। शरीर छोडिदिए पछि फेरि कहाँ आउन सक्छ र! रोएर के फाइदा? यसको नाम हो नै दुःखधाम। सत्ययुगमा मोहजित राजाहरू हुन्छन्। यसमा कहानी पनि छ। सत्ययुगमा मोहको कुरा हुँदैन। यहाँ त मनुष्यको कति मोह छ। कोही रूँदैन भने उसलाई पनि रून लगाउँछन्, जसकारण सम्झिऊन् यसले अफसोच गर्छ। नत्र निन्दा हुन्छ। यहाँ नै यी सबै रिवाज छ। यहाँ नै सुख, यहाँ नै धेरै दुःख हुन्छ। यहाँ भगवान-भगवतीले राज्य गर्दथे। विदेशीहरूले पुराना चित्रलाई बडो खुशीले किन्छन्। पुरानो चीजको मान हुन्छ। सबैभन्दा पुरानो शिव त यहाँ आउनुभएको थियो नि। उहाँको कति पूजा गर्छन्। अहिले त शिवबाबा आउनुभएको छ, तिमीले पूजा गर्दैनौ। जो बितेर गएका छन्, उनीहरूको पूजा गरिरहन्छन्। अच्छ!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) ड्रामाको ज्ञानलाई बुद्धिमा राखेर निश्चिन्त बन्नु छ। कुनै पनि प्रकारको चिन्ता गर्नु छैन किनकि जान्दछौ– बनिबनाउ बनिरहेको छ... निर्मोही बन्नु छ।

    २) बाबाद्वारा बृहस्पतिको दशा बसेको छ त्यसैले सम्हाल गर्नु छ– राहुको ग्रहण नलागोस्। कुनै पनि ग्रहचारी छ भने त्यसलाई ज्ञान दान गरेर समाप्त गर्नु छ।

    वरदान:

    शक्ति रुपको स्मृतिद्वारा पतित संस्कारहरूलाई नाश गर्ने काली रुप भव:-  

    सदा आफ्नो यो स्वरुप स्मृतिमा रहोस्– म सर्व शस्त्रधारी शक्ति हुँ, म पतित-पावनी माथि कुनै पतित आत्माको नजरको छायाँ पनि पर्न सक्दैन। पतित आत्माको पतित संकल्प पनि चल्न नसकोस्– यस्तो आफ्नो ब्रेक पावरफुल हुनुपर्छ। यदि कुनै पतित आत्माको प्रभाव पर्छ भने यसको अर्थ हो– प्रभावशाली छैनौ। जो स्वयं संघारी छ ऊ कहिल्यै कसैको शिकार बन्न सक्दैन। यस्तो काली रुप बन, कसैले तिम्रो सामुन्नेमा यस्तो संकल्प गर्छ भने पनि उसको संकल्प मूर्छित होस्।

    स्लोगन:

    रोयल रुपको इच्छाको स्वरुप नाम, मान र शान हो।   



    ***OM SHANTI***