BK Murli 1 September 2016 In Nepali

BK Murli 1 September 2016 In Nepali

२०७३ भाद्र १६ गते विहिबार 01.09.2016 बापदादा मधुवन


“मीठे बच्चे– तत्वहरू सहित सबै मनुष्य मात्रलाई परिवर्तन गर्ने युनिभर्सिटी केवल एउटै छ, यहाँबाट नै सबैको सद्गति हुन्छ।”

प्रश्न:

बाबामा निश्चय हुने बित्तिकै कुनचाहिँ राय तुरून्त व्यवहारमा ल्याउनुपर्छ?

उत्तर:

१) जब निश्चय भयो, बाबा आउनु भएको छ, बाबाको सबैभन्दा पहलो राय छ– यी आँखाद्वारा जे जति देख्छौ, त्यसलाई बिर्स। एक मेरो मतमा चल। यस रायलाई तुरून्तै व्यवहारमा ल्याउनुपर्छ। २) अब तिमी बेहदको बाबाको बनेका छौ, त्यसैले पतितहरूसँग तिम्रो लेन-देन हुनु हुँदैन। निश्चय बुद्धि बच्चाहरूलाई कहिल्यै कुनै कुरामा संशय आउन सक्दैन।

ओम् शान्ति।

यो घरको घर पनि हो र युनिभर्सिटी पनि हो। यसलाई नै ईश्वरीय विश्व-विद्यालय भनिन्छ किनकि सारा दुनियाँका मनुष्य मात्रको सद्गति हुन्छ। वास्तविक विश्व-विद्यालय यो हो। घरको घर पनि हो। माता-पिताको सम्मुख बसेका छौ, फेरि युनिभर्सिटी पनि हो। आध्यात्मिक पिता बस्नुभएको छ। यो रुहानी ज्ञान हो, जुन रुहानी बाबाद्वारा मिल्छ। रुहानी ज्ञान रुहानी बाबा सिवाय अरु कुनै मनुष्यले दिन सक्दैन। उहाँलाई नै ज्ञानको सागर भनिन्छ र ज्ञानद्वारा नै सद्गति हुन्छ। त्यसैले ज्ञान सागर, सर्वका सद्गति दाता एक बाबा नै हुनुहुन्छ। बाबाद्वारा सम्पूर्ण विश्वका मनुष्य त के, हर चीज ५ तत्व पनि सतोप्रधान बन्छन्। सबैको सद्गति हुन्छ। यो कुरा बडो बुझ्नु पर्ने छ। अब सबैको सद्गति हुनु छ। पुरानो दुनियाँ र दुनियाँमा रहने सबै चेन्ज हुन्छन्। जे जति यहाँ देख्छौ, त्यो सबै परिवर्तन भएर नयाँ हुनेछ। गायन पनि गरिन्छ– यहाँ छ झूटो माया, झूटो काया... यो झुटखण्ड बन्छ। भारत सचखण्ड थियो, अहिले झुटखण्ड बनेको छ। रचयिता र रचनाको बारेमा जे मनुष्यले भन्छन्, त्यो झूट हो। अहिले तिमीले बाबाद्वारा जान्दछौ– भगवानुवाच। भगवान एक बाबा हुनुहुन्छ नि। उहाँ हुनुहुन्छ निराकार। वास्तवमा त सबै आत्माहरू निराकार छन्, फेरि यहाँ साकार रूप लिन्छन्। वहाँ आकार हुँदैन। आत्माहरू मूलवतन वा ब्रह्म महतत्वमा निवास गर्छन्। त्यो हो हामी आत्माहरूको घर, ब्रह्म महतत्व। यो आकाश तत्व हो, जहाँ साकारी पार्ट चल्छ। विश्वको इतिहास-भूगोल दोहोरिन्छ। यसको अर्थ पनि बुझ्दैनन्, केवल भन्छन् मात्र दोहोरिन्छ। गोल्डेन एज, सिल्भर... फेरि के आउँछ? फेरि गोल्डेन एज अवश्य आउँछ। संगमयुग एकै हुन्छ। सत्ययुग र त्रेता वा त्रेता र द्वापरको संगम होइन, त्यो गलत हुन जान्छ। बाबा भन्नुहुन्छ– म कल्प-कल्प, कल्पको संगमयुगमा आउँछु। मलाई बोलाउँछन् नै तब, जब पतित बन्छन्। भन्दछन्– हजुर पावन बनाउन आउनुहोस्। पावन बन्छन् नै सत्ययुगमा। अहिले हो संगम, यसलाई कल्याणकारी संगमयुग भनिन्छ। आत्मा र परमात्माको मिलनको संगम, यसलाई कुम्भ पनि भनिन्छ। उनले फेरि देखाउँछन् नदीहरूको मेला। दुई नदी त छन्, तेस्रो फेरि गुप्त नदी भन्छन्। यो पनि झूट। गुप्त नदी कुनै हुन सक्छ र? विज्ञानले पनि मान्दैन– कुनै गुप्त नदी हुन सक्छ। तीर मारियो, गंगा निक्लेर आयो, यो सबै हो झूट। गायन गरिएको छ– ज्ञान, भक्ति, वैराग्य। यो शब्द समातेका छन् तर अर्थ जान्दैनन्। पहिला सुरूमा हुन्छ ज्ञान-दिन सुख, फेरि हुन्छ भक्ति-रात दुःख। ब्रह्माको दिन, ब्रह्माको रात। अब केवल एकको मात्रै त हुन सक्दैन, धेरैको हुनुपर्छ नि। दिन हुन्छ आधाकल्पको, फेरि रात पनि हुन्छ आधाकल्पको। फेरि हुन्छ सारा पुरानो दुनियाँबाट वैराग्य।
बाबा भन्नुहुन्छ– देह सहित जे जति पनि तिमीले यी आँखाले देखेका छौ, तिनलाई ज्ञानद्वारा बिर्सिनु छ। धन्दा आदि सबै गर्नु छ। बच्चाहरूलाई पनि सम्हाल्नु छ। तर बुद्धिको योग एकसँग लगाउनु छ। आधाकल्प तिमी रावणको मतमा चल्यौ। अब बाबाको बनेका छौ त्यसैले जे गर्नु छ, बाबाको राय लिएर गर। तिम्रो लेन-देन अहिलेसम्म पतितहरूसँग चल्दै आयो, त्यसको नतीजा के भयो! दिन-प्रतिदिन पतित नै बन्दै आयौ किनकि भक्तिमार्ग हो नै कला घट्ने मार्ग। सतोप्रधान, सतो रजो तमोमा आउनुपर्छ। अवश्य झर्नुपर्छ। यसबाट कसैले छुटाउन सक्दैन। लक्ष्मी-नारायणको पनि ८४ जन्म बताइएको छ नि। अंग्रेजीका शब्द पनि बडो राम्रा छन्। गोल्डेन एज... खाद पर्छ, यस समय आएर आइरन एजेड बनेका छौ। गोल्डेन एजमा नयाँ दुनियाँ थियो, नयाँ भारत थियो। यी लक्ष्मी-नारायणको राज्य थियो। हिजोको कुरा हो। शास्त्रहरूमा लेखिदिएका छन्, लाखौं वर्ष। अब बाबा भन्नुहुन्छ– तिम्रो शास्त्र सही हो या म सही हुँ? बाबालाई भनिन्छ– विश्व अलमाइटी अथोरिटी। जसले वेद-शास्त्र धेरै पढ्छन्, उनलाई अथोरिटी भनिन्छ। बाबा भन्नुहुन्छ– यो सबै भक्ति मार्गको अथोरिटी हुन्। ज्ञानको लागि त मेरो गायन गर्छन्– हजुर ज्ञानको सागर हुनुहुन्छ, हामी होइनौं। मनुष्य सबै भक्तिको सागरमा डुबेका छन्। सत्ययुगमा कोही पनि विकारमा जाँदैनन्। कलियुगमा त मनुष्य आदि-मध्य-अन्त्य दुःखी भइरहन्छन्। बाबाले कल्प पहिले पनि यसरी नै सम्झाउनुभएको थियो, अब फेरि सम्झाइरहनु भएको छ। बच्चाहरूले बुझेका छन्– कल्प पहिले पनि बेहदको बाबाबाट वर्सा लिएका थियौं, अब फेरि पढेर पाइरहेका छौं। समय धेरै कम छ। यो त विनाश हुन्छ, त्यसैले बेहदको बाबासँग पूरा वर्सा लिनुपर्छ। उहाँ बाबा, टिचर, गुरू पनि हुनुहुन्छ। सुप्रीम फादर, सुप्रीम टिचर पनि हुनुहुन्छ। विश्वको इतिहास-भूगोल कसरी दोहोरिन्छ, सारा ज्ञान दिनुहुन्छ। यो अरु कसैले सम्झाउन सक्दैन। अहिले बच्चाहरूले बुझेका छन्– ५ हजार वर्ष पहिले जस्तै यो उही गीताका भगवान हुनुहुन्छ, श्रीकृष्ण होइन। मनुष्यलाई भगवान भनिँदैन। भगवान त हुनुहुन्छ नै पुनर्जन्म रहित। यसलाई दिव्य जन्म भनिन्छ। नत्र म निराकारले कसरी बोलूँ? मलाई त अवश्य आएर पावन बनाउनको लागि युक्ति बताउनुपर्छ। तिमीले जान्दछौ– हामी आत्मा अमर हौं। रावण राज्यमा तिमी सबै देह-अभिमानी बनेका छौ। सत्ययुगमा देही-अभिमानी हुन्छौ। बाँकी परमात्मा रचयिता र उहाँका रचनालाई वहाँ पनि कसैले जान्दैनन्। वहाँ पनि हामी फेरि यसैगरी गिर्नुपर्छ भन्ने थाहा भएमा राजाईंको खुशी नै रहँदैन। त्यसैले बाबा भन्नुहुन्छ– यो ज्ञान वहाँ प्रायः लोप हुन्छ। जब तिम्रो सद्गति हुन्छ, फेरि ज्ञानको आवश्यकता नै छैन। ज्ञानको आवश्यकता नै दुर्गतिमा हुन्छ। यस समय सबै दुर्गतिमा छन्, सबै काम-चितामा बसेर जलेका छन्। बाबा भन्नुहुन्छ– मेरो बच्चा आत्मा, जसले आएर शरीरद्वारा पार्ट खेल्छ, ऊ काम-चितामा बसेर तमोप्रधान बनेको छ। बोलाउँछन् पनि– हामी पतित बनेका छौं। पतित बन्छौ नै काम-चिताबाट। क्रोध वा लोभबाट पतित बनिँदैन। साधु-सन्त आदि पावन हुन्छन्, देवताहरू पावन हुन्छन् त्यसैले पतित मनुष्य गएर ढोग्छन्। गायन पनि छ– हजुर निर्विकारी, हामी विकारी हौं। पावन दुनियाँ, पतित दुनियाँ भनेर गायन गरिन्छ नि। भारत नै पावन थियो। अहिले पतित छ। भारतको साथ-साथै सारा विश्व नै पतित छ। पावन दुनियाँमा आज भन्दा ५ हजार वर्ष पहिले एकै धर्म थियो, पवित्रता थियो त्यसैले शान्ति, सुख तीनै थिए। पवित्रता हो फस्ट। अहिले पवित्रता छैन त्यसैले शान्ति, सुख पनि छैन।
ज्ञानको सागर, सुखको सागर, प्यारको सागर एकै बाबा हुनुहुन्छ। तिमीलाई पनि यस्तै प्यारो बनाउनु हुन्छ। यी लक्ष्मी-नारायणको राजधानीमा सबै प्रिय हुन्छन्। मनुष्य, जनावर आदि सबै प्यारो हुन्छन्। बाघ र बाख्रा सँगै जल पिउँछन्। यो एक दृष्टान्त हो। वहाँ यस्तो फोहोर गर्ने कुनै हुँदैनन्। यहाँ रोग, लामखुट्टे आदि धेरै छन्। वहाँ यस्तो चीज हुँदैन। धनवान मानिसको पासमा फर्नीचर पनि फस्टक्लास हुन्छ। गरिबहरूको फर्नीचर पनि साधारण। भारत अहिले गरिब छ, कति फोहोर छ। सत्ययुगमा कति सफाई रहन्छ। सुनको महल आदि कति फस्टक्लास हुन्छन्। वैकुण्ठका गाई पनि हेर कति फस्टक्लास हुन्छन्। कृष्णका कति राम्रो गाई देखाउँछन्। कृष्णपुरीमा गाई त हुन्छन् नि। वहाँ चीज कति फस्टक्लास हुन्छन्। स्वर्गको के कुरा! यस पुरानो फोहोरी दुनियाँमा त धेरै फोहोर छ। यो सबै यस ज्ञान यज्ञमा स्वाहा हुन्छ। कस्ता-कस्ता बम्ब बनाइरहन्छन्। बम्ब खसाए भने आगो निस्कन्छ। आजकल त यस्तो जीवाणु पनि राख्छन्, यस्तो विनाश गर्छन्, जसले गर्दा बेहदमा खतम हुन्छन्। हस्पिटल आदि त रहँदैनन्, जसमा दबाई आदि गर्न सकून्। बाबा भन्नुहुन्छ– बच्चाहरूलाई कुनै कष्ट हुनु हुँदैन, त्यसैले गायन गरिएको छ– प्राकृतिक प्रकोप, मुसलधारे बर्सात। बच्चाहरूले विनाशको साक्षात्कार पनि गरेका छन्। बुद्धिले पनि भन्छ– विनाश त अवश्य हुनु छ। कसैले भन्छन्– विनाशको साक्षात्कार भयो भने मान्छु। ठीक छ, नमान तिम्रो मर्जी। कसैले भन्छन्– मैले आत्माको साक्षात्कार गरुँ अनि म मान्छु। ठीक छ, आत्मा त बिन्दु हो। देख्यौ भने पनि के भयो त! के यसबाट सद्गति हुन्छ? भन्छन्– परमात्मा अखण्ड ज्योति स्वरूप, हजारौं सूर्य भन्दा तेजोमय हुनुहुन्छ। तर यस्तो हुनुहुन्न। गीतामा लेखिएको छ– अर्जुनले भने, पुग्यो अब बन्द गर्नुहोस्, मैले सहन गर्न सक्दिनँ। यस्तो कुरा होइन। पितालाई हेरेर बच्चाले मैले सहन गर्न सक्दिनँ भन्नु, यस्तो केही पनि होइन। जस्तो आत्मा छ, त्यस्तै परमपिता परमात्मा बाबा हुनुहुन्छ। उहाँ केवल ज्ञानको सागर हुनुहुन्छ। तिमीमा पनि ज्ञान छ। बाबा नै आएर पढाउनु हुन्छ, अरु कुनै कुरा होइन, जस-जसले जुन भावनाले याद गर्छन्, त्यो भावना पूरा गरिदिन्छु। त्यो पनि ड्रामामा निश्चित छ। बाँकी भगवान कसैलाई मिल्न सक्दैन। मीरा साक्षात्कारमा कति खुशी हुन्थिन्। अर्को जन्ममा पनि भक्तिनी बनिन् होला। वैकुण्ठमा त जान गइनन्। अहिले तिमी बच्चाहरू वैकुण्ठमा जाने तयारी गरिरहेका छौ। जान्दछौ– हामी वैकुण्ठ, कृष्णपुरीको मालिक बनिरहेका छौं। यहाँ त सबै नर्कको मालिक छन्। इतिहास-भूगोल दोहोरिन्छ नि। बच्चाहरूले जान्दछन्– हामीले आफ्नो राज्य-भाग्य फेरि लिइरहेका छौं। यो हो राजयोग बल। बाहुबलको लडाई त अनेक पटक, अनेक जन्म चल्यो। योगबलबाट तिम्रो चढ्ती कला हुन्छ। जान्दछौ– अवश्य स्वर्गको राजधानी स्थापना भइरहेको छ। जसले कल्प पहिले पुरूषार्थ गरेका थिए, त्यसैगरी गर्नेछन्। निराश हुनु हुँदैन। जो पक्का, निश्चयबुद्धि छन्, उनलाई कहिल्यै संशय आउन सक्दैन। संशयबुद्धि पनि हुन्छन् अवश्य। बाबाले भन्नुभएको छ– आश्चर्यवत् सुनन्ती, कथन्ती, भागन्ती... अहो माया! तिमीले यिनीहरूमाथि जित पाउँछौ। माया धेरै बलवान छ। राम्रा-राम्रा फस्टक्लास सेवा गर्ने, सेन्टर चलानेहरूलाई पनि मायाले थप्पड मारिदिन्छ। लेख्छन्– बाबा विवाह गरेर मुख कालो गरिदिएँ। काम-कटारीसँग मैले हार खाएँ। अब त बाबा हजुरको सामुन्ने आउन लायक रहिनँ। फेरि लेख्छन्– बाबा सम्मुख आऊँ? बाबा लेख्नुहुन्छ– कालो मुख गरेर अब यहाँ आउन सक्दैनौ। यहाँ आएर के गर्छौ? फेरि पनि वहाँ रहेर पुरूषार्थ गर। एक पटक गिर्यौ सो गिर्यौ। यस्तो होइन राजाई पद पाउन सक्छौ। भनिन्छ नि– चढे त चाखे बैकुण्ठ रस, गिरे त एकदम चण्डाल... हड्डी नै टुट्छ। ५ तल्लाबाट गिर्छन् फेरि कसै-कसैले सत्य लेख्छन्। कोही त सुनाउँदै सुनाउँदैनन्। इन्द्रप्रस्थको परीहरूको पनि उदाहरण छ नि। यो हो सारा ज्ञानको कुरा। यस सभामा कुनै पतितलाई बस्ने हुकुम छैन। तर कुनै हालतमा बसाउनु पर्ने हुन्छ। पतित नै त आउँछन् नि। अहिले त हेर कति द्रोपदीहरूले पुकार्छन्, भन्छन्– बाबा हामीलाई नंगन हुनबाट बचाउनुहोस्। बाँधेलीहरूको पनि पार्ट चल्छ। कामेशु, क्रोधेशु हुन्छन् नि। धेरै खिटपिट हुन्छ। बाबाको पासमा समाचार आउँछन्। बेहदको बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यसमाथि जित प्राप्त गर। अब पवित्र रहने गर, मलाई याद गर्यौ भने ग्यारेन्टी छ– विश्वको मालिक बन्छौ। अखबारहरूमा पनि स्वयं छपाउँछन्– कुनै प्रेरक छ, जसले हामीबाट यो बम्ब आदि बनाउन लगाउँछ, यसबाट आफ्नै कुलको नाश हुन्छ। तर के गर्ने, ड्रामामा निश्चित छ, दिन-प्रतिदिन बनाइरहन्छन्। समय धेरै त छैन नि। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूको नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः

१) सत्ययुगी प्यारको राजधानीमा जानको लागि धेरै-धेरै प्यारो बन्नु छ। राजाई पदको लागि पावन अवश्य बन्नु छ। पवित्रता फस्ट हो, त्यसैले काम महाशत्रु माथि विजय पाउनु छ।

२) यस पुरानो दुनियाँसँग बेहदको वैरागी बन्नको लागि यी आँखाले देह सहित जे जति देखिन्छ, त्यसलाई देखेर पनि देख्नु छैन। हर कदममा बाबासँग राय लिएर चल्नु छ।

वरदान:

बोलीद्वारा ज्ञान रत्नहरूको दान गर्ने मास्टर ज्ञानसागर भव:-

जसले बोलीद्वारा ज्ञान रत्नहरूको दान गर्छ, उसलाई मास्टर ज्ञानका सागरको वरदान प्राप्त हुन्छ। उसको एक-एक शब्दको धेरै मूल्य हुन्छ। उसको एक-एक वचन सुन्नको लागि अनेक आत्माहरू प्यासी हुन्छन्। उसको हर शब्दमा सार भरिएको हुन्छ। उसलाई विशेष खुशीको प्राप्ति हुन्छ। उसको पास खजाना भरपुर रहन्छ। त्यसैले ऊ सदा सन्तुष्ट र हर्षित रहन्छ। उसको बोली प्रभावशाली हुँदै जान्छ। वाणीको दान गर्नाले वाणीमा धेरै गुण आउँछ।

स्लोगन:

स्वराज्यको मालिक बन्यौ भने सम्पूर्ण वर्साको अधिकार मिल्छ।


***OM SHANTI***

Google+ Followers