BK Murli 15 August 2016 In Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli In Nepali 15 August 2016

    ३१ श्रावण सोमबार 15.08.2016 बापदादा मधुवन

    “मीठे बच्चे– प्राण बचाउनेवाला प्राणेश्वर बाबा आउनुभएको छ तिमी बच्चाहरूलाई ज्ञानको मीठो मुरली सुनाएर प्राण बचाउन।”

    प्रश्न:

    तकदिरवान बच्चाहरूलाई नै कुनचाहिँ निश्चय हुन्छ?

    उत्तर:

    हाम्रो श्रेष्ठ तकदिर बनाउन स्वयं बाबा आउनुभएको छ। बाबाद्वारा हामीलाई भक्तिको फल मिलिरहेको छ। मायाले जुन पँखेटा काटिदिएको छ, ती पँखेटा दिन। आफूसँगै साथमा फर्काएर लैजानको लागि बाबा आउनुभएको छ। यो निश्चय तकदिरवान बच्चाहरूलाई नै हुन्छ।

    गीतः–

    यह कौन आज आया सवेरे

    ओम् शान्ति

    ।सबेरै-सबेरै यो को आएर मुरली सुनाउनुहुन्छ? दुनियाँ त बिल्कुलै घोर अन्धकारमा छन्। तिमीले अहिले ज्ञानसागर, पतित-पावन प्राणेश्वर बाबाद्वारा मुरली सुनिरहेका छौ। उहाँ हुनुहुन्छ प्राण बचाउनेवाला ईश्वर। भन्दछन् नि– हे ईश्वर यस दुःखबाट बचाउनुहोस्। उनीहरूले हदको मदत माग्छन्। अहिले तिमी बच्चाहरूलाई मिल्छ बेहदको मदत किनकि बेहदको बाबा हुनुहुन्छ नि। तिमीले जान्दछौ– आत्मा गुप्त छ, बाबा पनि गुप्त हुनुहुन्छ। जब बच्चाको शरीर प्रत्यक्ष छ भने उसको पिता पनि प्रत्यक्ष छन्। आत्मा गुप्त छ त्यसैले बाबा पनि गुप्त हुनुहुन्छ। तिमीले जान्दछौ– बाबा आउनुभएको छ हामीलाई बेहदको वर्सा दिन। उहाँको हो श्रीमत। सर्व शास्त्रमयी शिरोमणि गीता प्रख्यात छ, केवल त्यसमा नाम परिवर्तन गरिदिएका छन्। अहिले तिमीले जान्दछौ– श्रीमत भगवानुवाच हो। यो पनि जानेका छौ– भ्रष्टाचारीलाई श्रेष्ठाचारी बनाउने एक बाबा नै हुनुहुन्छ। 

    उहाँले नै नरबाट नारायण बनाउनु हुन्छ। कथा पनि सत्य-नारायणको छ। गायनगरिन्छ– अमर कथा, अमरपुरीको मालिक बन्न अथवा नरबाट नारायण बन्नको लागि हो। कुरा एउटै हो। यो हो मृत्युलोक। भारतवर्ष नै अमरपुरी थियो, यो कसैलाई पनि थाहा छैन। यहाँ अमर बाबाले हामीलाई सुनाउनु भएको छ। एक मात्र पार्वती वा द्रौपदी होइनन्। यो ज्ञान त धेरै बच्चाहरूले सुनिरहेका छन्। शिवबाबाले सुनाउनुहुन्छ, ब्रह्माद्वारा। बाबा भन्नुहुन्छ– मैले ब्रह्माद्वारा मीठा-प्यारा आत्माहरूलाई सम्झाउँछु। बाबाले सम्झाउनु भएको छ– बच्चाहरू आत्म-अभिमानी अवश्य बन्नु छ। बाबाले नै बनाउन सक्नुहुन्छ। दुनियाँमा एउटै मनुष्य पनि छैन, जसलाई आत्माकोज्ञान होस्। आत्माको नै ज्ञान छैन भने परमपिता परमात्माको ज्ञान कसरी हुन सक्छ? भनिदिन्छन्– आत्मा नै परमात्मा। सारा दुनियाँ कति ठूलो भूलमा फँसेको छ। यतिबेला मनुष्यको बुद्धि कुनै कामको छैन। आफ्नै विनाशको लागि तयारी गरिरहेकाछन्। तिमी बच्चाहरूको लागि यो कुनै नयाँ कुरा होइन। जान्दछौ– ड्रामा अनुसार उनीहरूको पनि पार्ट छ। ड्रामाको बन्धनमा बाँधिएका छन्। आजकल दुनियाँमा हंगामा धेरै हुन्छ। अहिले तिमी बच्चाहरू हौ विनाशकाले प्रीत बुद्धि, जो बाबासँग विपरीत बुद्धि छन्, उनीहरूको लागि विनशन्ती भनिएकोछ। अब यो दुनियाँ परिवर्तन हुनु छ। यो पनि जान्दछौ– अवश्य महाभारत लडाईं भएको थियो, बाबाले राजयोग सिकाउनुभएको थियो।शास्त्रमा त सम्पूर्ण विनाश लेखिदिएका छन्। तर सम्पूर्ण विनाश त हुँदैन, फेरि त प्रलय हुन्छ। मनुष्य कोही पनि रहँदैन, केवल ५ तत्व रहन्छ। यस्तो त हुनै सक्दैन। प्रलय भयो भने मनुष्य कहाँबाट आउने? देखाउँछन्– कृष्णले औंला चुस्दैसागरमाथि पीपलको पातमा आए। बालक यसरी कसरी आउन सक्छ? शास्त्रमा यस्ता यस्ता कुरा लेखिदिएका छन्, कुरै नगर। 

    अहिले तिमी कुमारीहरूद्वारायी विद्वान्, भीष्म पितामह आदिलाई पनि ज्ञान बाण लाग्नु छ। तिनीहरू पनि पछि गएर आउँछन्। जति-जति तिमीले सेवामा जोड दिन्छौ, बाबाको परिचय सबैलाई दिन्छौ, त्यति तिम्रो प्रभाव पर्छ। हो, विघ्न पनि पर्छन्। यो पनि गायन गरिएको छ– आसुरी सम्प्रदायद्वारायस ज्ञान यज्ञमा धेरै विघ्न पर्छन्। तिमीले सिकाउन सक्दैनौ। ज्ञान र योग बाबाले नै सिकाइरहनु भएको छ। सद्गतिदाता एकै बाबा हुनुहुन्छ। उहाँले नै पतितलाई पावन बनाउनु हुन्छ, त्यसैले अवश्य पतितहरूलाई नै ज्ञान दिनुहुन्छ नि। बाबालाई कहाँ सर्वव्यापी मान्न सकिन्छ र! तिमी बच्चाहरूले बुझेका छौ– हामी पारसबुद्धि बनेर पारसनाथ बन्छौं। मनुष्यहरूले मन्दिर कति धेरै बनाएका छन्। तर उनीहरू को थिए, के गरेर गए, अर्थ जान्दैनन्। पारसनाथको पनि मन्दिर छ। भारतखण्ड पारसपुरी थियो। सुन, हीरा, जुहारतका महल थिए। हिजोको कुरा हो। उनीहरूले त लाखौं वर्ष भनिदिन्छन्, केवल एक सत्ययुगलाई। त्यसैले बाबा भन्नुहुन्छ– सारा ड्रामा नै ५ हजार वर्षको छ त्यसैले भनिन्छ– आजको दुनियाँ कस्तो छ, हिजो कस्तो थियो! लाखौं वर्षको त कसैलाई स्मृति रहन सक्दैन। तिमीबच्चाहरूलाई अहिले स्मृति मिलेको छ। जान्दछौ– ५ हजार वर्षको कुरा हो। बाबा भन्नुहुन्छ– योगमा बस। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। यो ज्ञान भयो नि। उनीहरू त हुन् हठयोगी। गोडामाथि गोडा चढाएर बस्छन्। के-के गर्छन्! तिमी माताहरूले त यस्तो गर्न सक्दैनौ। बस्न पनि सक्दैनौ। कति धेरै चित्रहरू छन्, भक्ति मार्गका। बाबा भन्नुहुन्छ– मीठे बच्चे! तिमीलाई यो केही गर्ने आवश्यकता छैन। 

    विद्यालयमा विद्यार्थीहरू मर्यादा अनुसार बस्छन्। बाबाले त्यसो पनि भन्नुहुन्न। जसरी चाहन्छौ त्यसरी बस। बस्दा-बस्दा थाक्यौ भने ठीकै छ पल्टिए पनि हुन्छ। बाबाले कुनै कुरामा मनाही गर्नुहुन्न। यो त सहजै बुझ्ने कुरा हो, यसमा कुनै मेहनतको कुरा छैन। जतिसुकै बिमारी भए पनि, हुन सक्छ सुन्दा-सुन्दा शिवबाबाको यादमा रहँदा-रहँदा प्राण तनबाट निस्कियोस्। गायन गरिन्छ गंगाजल मुखमा होस्.... तब प्राण तनबाट निस्कियोस्। ती त सबै हुन् भक्ति मार्गका कुरा। वास्तवमा यो ज्ञान अमृतको कुरा हो। तिमीले जान्दछौ– वास्तवमा त्यसैगरी प्राण तनबाट निस्कनुपर्छ। तिमी बच्चाहरू आउँछौ, मलाई छोडेर जान्छौ। बाबा भन्नुहुन्छ– मैले त तिमी बच्चाहरूलाई साथमा लिएर जान्छु। म आएकै हुँ तिमी बच्चाहरूलाई घर लिएर जानको लागि। तिमीलाई न आफ्नो घरको बारेमा थाहा छ, न आत्माको बारेमा थाहा छ। मायाले बिल्कुलै पँखेटा काटिदिएको छ, त्यसैले आत्मा उड्न सक्दैन किनकि तमोप्रधान छ। जबसम्म सतोप्रधान बन्दैन तबसम्म शान्तिधाममाकसरी जान सक्छ? यो पनि जान्दछौ– ड्रामा प्लान अनुसार सबै तमोप्रधान बन्नु नै छ। यतिबेला सारा वृक्ष सडिसकेको छ। यहाँ कसैको पनि सतोप्रधान अवस्था हुन सक्दैन। यहाँ आत्मा पवित्र भए पछि फेरि बस्दैन, एकदमै भाग्छ। सबैले भक्ति गर्छन् नै मुक्तिको लागि। तर कोही पनि फर्केर जान सक्दैनन्। नियमले दिँदैन। 

    बाबाले बसेर यी सबै रहस्य सम्झाउनु हुन्छ, धारण गर्नको लागि। फेरि पनि मुख्य कुरा हो बाबाको याद गर्नु, स्वदर्शन चक्रधारी बन्नु। बीजलाई याद गर्नाले सारा वृक्ष बुद्धिमा आउँछ। तिमीले एक सेकेण्डमा सबै जान्दछौ। दुनियाँमा कसैलाई पनि थाहा छैन– मनुष्य सृष्टिको बीजरुप सबैका एक बाबा नै हुनुहुन्छ। कृष्ण भगवान होइनन्। कृष्णलाई श्याम सुन्दर भन्छन्। यस्तो होइन कुनै तक्षक सर्पले डस्यो अनि काला भए। यो त काम चितामा चढ्नाले मनुष्य काला हुन्छन्। रामलाई पनि काला देखाउँछन्, उनलाई केले डस्यो! केही पनि बुझ्दैनन्। फेरि पनि जसको तकदिरमा छ, निश्चय छ भने अवश्य बाबाद्वारा वर्सा लिन्छन्। निश्चय भएन भने कहिल्यै पनि बुझ्दैनन्। तकदिरमा छैन भने पुरूषार्थ पनिके गर्छन्। तकदिरमा छैन भने फेरि यसरी बस्छन्, मानौं केही पनि बुझेका छैनन्। यति पनि निश्चय हुँदैन बाबा आउनुभएको छ–बेहदको वर्सा दिन। जसरी कुनै नयाँ मानिस मेडिकल कलेजमा गएर बस्छ भने के बुझ्न सक्छ, केही पनि बुझ्दैन। यहाँ पनि त्यसरी नै आएर बस्छन्। यस अविनाशी ज्ञानको विनाश त हुँदैन। फेरि उनीहरू आएर के पाउँछन्? राजधानी स्थापना हुन्छ त्यसैले नोकर चाकर प्रजा, प्रजाका पनि नोकर चाकर सबै चाहिन्छ नि। पछि गएर केही पढ्ने कोसिस गर्नेछन् तर हुन्छ मुश्किल किनकि त्यतिबेला धेरै हंगामा हुन्छ। दिन प्रतिदिन तूफान बढ्दै जान्छ। यति धेरै सेवा केन्द्रहरू छन्, कतिले आएर राम्ररी बुझ्नेछन्। यो पनि लेखिएको छ– ब्रह्माद्वारा स्थापना। विनाश पनि सामुन्ने खडा छ। विनाश त हुनु नै छ। भन्दछन्– जन्म कम होस्। 

    तर वृक्षको वृद्धि त हुनु नै छ। जबसम्म बाबा हुनुहुन्छ, सबै धर्मका आत्माहरू यहाँ आउनै पर्छ। जाने समय भएपछि आत्माहरू आउन बन्द हुन्छ। अहिले त सबै आउनु नै छ, तर यीकुरा कसैले जान्दैनन्। भन्दछन् पनि– भक्तहरूका रक्षक भगवान। अवश्य भक्तहरूमाथि आपद आउँछ। रावण राज्यमा बिल्कुलै सबै पाप आत्मा बन्छन्। रावण राज्य हो कलियुगको अन्त्यमा, रामराज्य हो सत्ययुगको आरम्भमा। यतिबेला सबै आसुरी रावण सम्प्रदायका छन् नि। भन्दछन्– फलाना स्वर्गवासी भयो, यसको मतलब यो नर्क हो नि। स्वर्गवासी भयो त राम्रो हो। यहाँ त्यसोभए के थियो त? अवश्य नर्कवासी थियो। यो पनि बुझ्दैनन्– म नर्कवासी हुँ। अहिले तिमीले जान्दछौ– बाबाले नै आएर स्वर्गवासी बनाउनु हुन्छ। गायन पनि गरिन्छ– हेविनली गड फादर। उहाँ नै आएर स्वर्ग स्थापना गर्नुहुन्छ। सबैले गाइरहन्छन्– पतित-पावन सीताराम। हामी पतित छौं, पावनबनाउनेवाला हजुर हुनुहुन्छ। ती सबै हुन् भक्ति मार्गका सीताहरू। बाबा हुनुहुन्छ राम। कसैलाई सीधा भन्यौ भने मान्दैनन्। रामलाई बोलाउँछन्। अहिले तिमी बच्चाहरूलाई बाबाले तेस्रो नेत्र दिनुभएको छ। तिमी मानौं अलग दुनियाँकाभएका छौ।बाबा सम्झाउनु हुन्छ– अहिले सबै तमोप्रधान पनि अवश्य बन्नु छ, अनि त बाबा आएर सतोप्रधान बनाउनु हुन्छ। बाबा बसेर कति राम्ररी सम्झाउनु हुन्छ। भन्नुहुन्छ– तिमी बच्चाहरूले सेवा पनि गर्छौ, केवल एक कुरा याद राख– बाबालाई याद गर। 

    सतोप्रधान बन्ने मार्ग अरु कसैले बताउन सक्दैन। सबैका रुहानी सर्जन एउटै हुनुहुन्छ। उहाँ नै आएर आत्माहरूलाई इन्जेक्शन लगाउनुहुन्छ किनकि आत्मा नै तमोप्रधान बनेको छ। बाबालाई अविनाशी सर्जन भनिन्छ। आत्मा अविनाशी छ, परमात्मा पिता पनि अविनाशी हुनुहुन्छ। अहिले आत्मा सतोप्रधानबाट तमोप्रधान बनेको छ, यसलाई इन्जेक्शन चाहिन्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! आफूलाई आत्मानिश्चय गरेर आफ्नो बाबालाई याद गर। बुद्धियोग माथि लगायौ भने स्वीट होममा जान्छौ। तिम्रो बुद्धिमा छ– अब हामी आफ्नोस्वीट साइलेन्स होममा जानु छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

    धारणाको लागि मुख्य सारः

    १) ज्ञान र योगद्वारा बुद्धिलाई पारस बनाउनु छ। जति बिरामी भए पनि, कष्ट भए पनि एक बाबाको याद रहोस्।

    २) आफ्नो उच्च तकदिर बनाउनको लागि पूरा-पूरा निश्चयबुद्धि बन्नु छ। बुद्धियोग आफ्नो स्वीट साइलेन्स होममा लगाउनु छ।

    वरदान:

    संकल्प, वृत्ति एवं स्मृतिद्वारा व्यर्थलाई समाप्त गर्ने सच्चा ब्राह्मण सम्पूर्ण पवित्र भव:-आफ्नो संकल्प, वृत्ति एवं स्मृतिलाई जाँच गर। 

    यस्तो होइन कुनै गल्ती भयो, पश्चात्ताप गरेँ, माफी मागेँ, छुट भयो। कसैले जतिसुकै माफी मागे तापनि जुन पाप वा व्यर्थ कर्म भयो त्यसको निशानी मेटिन्न। रजिष्टर सफा स्वच्छ हुँदैन। केवल यो रीति-रिवाजलाई नअपनाऊ। स्मृति रहोस्– म सम्पूर्ण पवित्र ब्राह्मण हुँ, अपवित्रताले संकल्प, वृत्ति वा स्मृतिमा पनि छुन सक्दैन। यसको लागि कदम-कदममा सावधान बन।

    स्लोगन:

    बाबाको साथको उपयोग गर्यौ भने कहिल्यै निराश हुँदैनौ।



    ***Om Shanti***