BK Murli 16 August 2016 In Nepali

BK Murli 16 August 2016 In Nepali

३२ श्रावण मंगलबार 16.08.2016 बापदादा मधुवन 


“मीठे बच्चे– विशाल बुद्धि बनेर ठूला-बडाहरूको राय लिएर अनेक आत्माहरूको कल्याण गर, उनीहरूसँग हल आदि लिएर धेरै प्रदर्शनी लगाऊ।”

प्रश्न:

अहिले तिमीलाई कुनचाहिँ स्मृति आएको छ, जसको स्मरण गर्यौ भने कहिल्यै दुःखी हुँदैनौ?

उत्तर:

अहिले स्मृति आएको छ– हामी पूज्य राजा थियौं, फेरि प्रजा बन्यौं। अब फेरि बाबाले हामीलाई राजा बनाइरहनु भएको छ। बाबाले अहिले हामीलाई सारा विश्वको समाचार सुनाउनुहुन्छ। हामीले विश्वको इतिहास-भूगोल जानिसकेका छौं। यिनै स्मृतिको स्मरण गर्दै रह्यौ भने कहिल्यै आफूलाई दुःखी सम्झिदैनौ। सधैं खुशी रहन्छौ।

गीतः–

नयन हीन को राह बताओ प्रभू

ओम् शान्ति।

मीठा-प्यारा सिकीलधे रुहानी बच्चाहरूले गीत सुन्यौ। बच्चाहरूले बुझेका छन्– बाबासँग मिल्न वा बाबाबाट वर्सा लिन धेरै सहज छ। गायन पनि छ– बाबाबाट एक सेकेण्डमा जीवनमुक्तिको वर्सा मिल्छ। जीवनमुक्ति अर्थात् सुख-शान्ति-सम्पत्ति आदिको वर्सा। जीवनमुक्ति र जीवनबन्धदुई शब्द छन्। बच्चाहरूले जान्दछन्– यस समयमा भक्तिमार्ग र रावण राज्यको कारण सबै जीवनबन्धमा छन्। बाबा आएर बन्धनबाट मुक्त गर्नुहुन्छ, वर्सा दिनुहुन्छ। जसरी बच्चा जन्मियो, माता-पिता, मित्र-सम्बन्धी आदिले सम्झन्छन्– वारिस पैदा भयो। जसरी यो बुझ्न सहज छ, त्यस्तै यो पनि सहज छ। बच्चाहरूले भन्दछन्– बाबा कल्प पहिले जस्तै हजुर हामीसँग आएर मिल्नु भएको छ। हजुरबाट नै सहज वर्सा पाउने बाटो मिलेकोछ। यो त हरेकले जान्दछन्– नयाँ सृष्टिका रचयिता भगवान नै हुनुहुन्छ।

उहाँले हामीलाई भट्किनबाट बचाउनुहुन्छ। हिजो भक्ति गथ्र्यौं, आज बाबाबाट सहज ज्ञान र राजयोगको बाटो मिलेको छ। बच्चाहरूले आफ्नो अनुभव सुनाउँछन्– हामीले बी.के. द्वारा सुन्यौं दुई पिता छन्। यो कुरा तिमी बाहेक अरुकसैले पनि मुखबाट भन्न सक्दैनन्– दुई पिता छन्। तिम्रा हरेक कुरा आश्चर्यजनक छन्। अहिले स्मृतिमा आएको छ– जो यहाँका हुन्, उनलाई छिट्टै स्मृतिमा आउँछ। हो, स्मृतिमा आएकालाई पनि मायाले कुनै समयमा जोडले थप्पड लगाएर विस्मृत गरिदिन्छ। यसमा बच्चाहरू धेरै खबरदार रहनुपर्छ। स्मृति त बाबाले दिलाउनु भएको छ। पवित्रताको कंगन पनि बाँध्नुपर्छ। रक्षाबन्धनको रहस्य के हो, त्यो त अहिले तिमीले जान्दछौ। कसले यो प्रतिज्ञा गराएको हो? काम त महाशत्रु हो। बाबा भन्नुहुन्छ– मसँग प्रतिज्ञा गर, कहिल्यै पनि पतित बन्ने छैन। मलाई याद गर्दै रह्यौ भने आधा कल्पको पाप जलेर खतम हुन्छन्।

बाबाले ग्यारेन्टी गर्नुहुन्छ। यो त बच्चाहरूले सम्झन्छन् पनि– बाबा ग्यारेन्टी गर्नुहुन्छ, यो कुरा त ठीक हो नि। सुनारले पनि के ग्यारेन्टी गर्छन्? म पुरानो गहनालाई नयाँ बनाउँछु। उनको त यो काम नै हो। आगोमा राख्नालेअवश्य त्यो सच्चा सुन बन्छ नै। बाबाले सम्झाउनु हुन्छ– आत्मामा पनि मैला परेको छ। कसरी सतो-रजो-तमोमा आउँछ– यो कुरा धेरै सहज छ। चित्र पनि यसैले बनाइएका हुन् ताकि यसमा सजिलै सम्झाउन सकियोस्। युनिभर्सिटी, कलेज आदिमा पनि नक्शाहुन्छन् नि, अनेक प्रकारका। तिम्रा पनि यी नक्शा हुन्। तिमीले राम्रोसँग कसैलाई सम्झाउन सक्छौ। ज्ञानसागर, पतित-पावन बाबा नै आएर यो बाटो बताउनु हुन्छ। अरु कसैले पतितबाट पावन बनाउन सक्दैनन्। मनुष्य नयनहीन दुःखी छन्। तिमी बच्चाहरूले जान्दछौ– पहिलो दुई युगमा दुःख हुँदैन। न भक्ति हुन्छ। त्यो हो नै स्वर्ग। यस समयका मनुष्यको र प्राचीन मनुष्यहरूमा फरक छ नि। यो अरु कसैले बुझ्न सक्दैनन्। कति पूजा चल्छ। जति जो धनवान छ, त्यति देवी-देवताहरूलाई राम्रा गहना पहिराउँछन्। बाबा स्वयं अनुभवी छन्।

मम्बईमा जुन लक्ष्मी-नारायणको मन्दिर छ, उसका ट्रस्टीले लक्ष्मी-नारायणको लागि हीराका हार बनाएका थिए। बाबालाई ती ट्रस्टीको नाम पनि याद छ। पहिले शिवबाबाको मन्दिर बनाए, उनलाई धेरै सजाए, फेरि देवताको बनाए अनि लक्ष्मी-नारायण आदिलाई पनि कति गहना पहिराए। त्यस समयमा कति धन होला! मुहम्मद गजनवीले कति ऊँट भरेर लिएर गए। भारतमा कति अथाह धन थियो। अहिले तिमीले यथार्थ रुपले जान्दछौ। हाम्रो भारतवर्ष के थियो! यहाँ कुबेरको खजाना थियो। हीरा-जुहारतका मन्दिर बनाउँथे। अहिले त्यो चीज छैन, सबै लुटेर लिएर गए। अहिले त के हाल भएको छ!तिमी नै पूज्य राजा थियौ, फेरि तिमी नै ८४ जन्म लिएर पूरा रंकबनेका छौ। यस्ता-यस्ता कुरा घरी-घरी स्मरण गर्नुपर्छ। फेरि तिमीले आफूलाई कहिल्यै पनि दुःखी सम्झिने छैनौ। दिलमास्मरण गर्दै रहनुपर्छ– हामीले बाबाबाट के लिइरहेका छौं? बाबा आएर हामीलाई सारा विश्वको समाचार सुनाउनुहुन्छ। यो विश्वको इतिहास-भूगोल कसैले पनि जान्दैनन्। तिमीले जान्दछौ– पहिले एक धर्म, एक राज्य, एउटै मत, एक भाषा थियो। सबै सुखी थिए। पछि यिनीहरू आपसमा लडाईं-झगडा गर्न थाले, टुक्रा-टुक्रा हुन लाग्यो। पहिले यस्तो थिएन। वहाँ कुनै पनि प्रकारको दुःख थिएन। बिमारीको नाम निशान थिएन। त्यसको नाम नै हो स्वर्ग। तिमीलाई आफ्नो स्मृति आएको छ। अवश्य हामीलाई कल्प-कल्प विस्मृति हुन्छ, फेरि स्मृतिमा आउँछ। पहिले एकज भूल भयो, जसकारण रचयिता र रचनालाई भुल्यौं। अहिलेतिमीले आदि-मध्य-अन्त्यलाई जान्दछौ। सत्ययुगमा पनि यो ज्ञान हुँदैन। फेरि परम्परा कसरी चल्न सक्छ? त्यस समयमा मुख्य राजाहरू नै हुन्छन्। ऋषि-मुनि कहाँ हुन्छन् र! उनीहरू द्वापरदेखि आउँछन्।

ऋषि-मुनि आदिको खानपान पनि राजाहरूसँग नै मिल्छ। राजाहरूले सम्हाल गर्छन् किनकि फेरि पनि संन्यास गर्छन् नि। प्राचीन भारतवर्षको प्राचीन राजयोगको गायन छ। प्राचीन ऋषि-मुनि भनिदैन। उनीहरू त द्वापरमा आउँछन्। उनीहरू राजाहरूको आधारमा चल्छन्। भन्दछन्– हामीले रचयिता र रचनालाई जान्दैनौ। बाबा भन्नुहुन्छ– यो स्वयं राजाहरूले पनि जान्दैनन्। यस दुनियाँमा कसैले पनि यो ज्ञान जान्दैनन्। अहिले तिमी बच्चाहरू समझदार बनेका छौ। लक्ष्मी-नारायणको मन्दिर जसले बनाउँछन्, उनलाई पनि तिमी लेख्न सक्छौ। यति लाखौं रूपैया खर्च गरेर मन्दिर बनाउनु भएको छ तर उनको जीवन कहानीलाई तपाईंले जान्नुहुन्छ? यिनीहरूले राज्य कसरी पाए? फेरि कहाँ गए? अहिले कहाँ छन्? हामी तपाईंलाई सबै रहस्य बताउन सक्छौं। यस्तो उनीहरूलाई लेख्न सक्छौ। तिमी बच्चाहरूले त हरेकको जीवन कहानीलाई जानिसकेका छौ, त्यसैले किन लेख्दैनौ?हामीलाई समय दिनुभयो भने हामी एक-एकको जीवन कहानी बताउन सक्छौं। शिवको मन्दिर जसले बनाउँछन्, उनलाई पनि तिमीले लेख्न सक्छौ। बनारसमा शिवको मन्दिर कति ठूलो छ। वहाँ पनि ट्रस्टीहरू हुन्छन्। कोसिस गर्नुपर्छ– ठूला-बडाहरूलाई सम्झाऔं। ठूला मानिसहरूले बुझे भने उनको आवाज धेरै हुन्छ। गरिबहरूले छिट्टै सुन्छन्। मदत ठूलाहरूको लिनुपर्छ। राय पनि ठूला-बडालाई लेखाउनु छ किनकि उनको आवाजले मदत गर्छ। वास्तवमा उनीहरूले त्यति आवाज गर्दैनन्, जति हुनुपर्छ। तिमीले राष्ट्रपतिलाई पनि सम्झाउन सक्छौ। राम्रो-राम्रो पनि भन्छन्। मुख्य मन्त्री, गभर्नर आदिले उद्घाटन गर्छन्, लेख्दछन्– यी बी. के. ले ईश्वरसँग मिल्ने धेरै राम्रो सहज बाटो बताउँछन्। तर ईश्वर के चीज हो, यो केही पनि जान्दैनन्। केवल त्यस समयमा भन्छन्– बाटो धेरै राम्रो छ। शान्ति पाउनेमार्ग राम्रो छ। तर स्वयं बुझ्दैनन्।बाबाले ठूला-बडाहरूलाई सम्झाउनको लागि पनि भन्नुहुन्छ। ठूला-ठूला मनुष्यबाट ठूला-ठूला जो प्रसिद्ध हलहरू छन्, ती लेऊ। भन, हामी सबै मनुष्यहरूको कल्याणको लागि यो प्रदर्शनी सधैंको लागि राख्न चाहन्छौं, केवल विज्ञापन गर्छौं। यस्ता ५० वा १०० हल लिनुपर्छ। भारतवर्ष त धेरै ठूलो छ नि। एक-एक शहरमा १०-१२ हल लेऊ। समाचारपत्रमा छापिनुपर्छ– यतिका हलमाप्रदर्शनी भइरहेको छ।

जसलाई बुझ्नु छ आएर बुझ्नुहोस्। कतिको कल्याण हुनेछ। बच्चाहरूले धेरै विशाल बुद्धि बन्नुपर्छ। बच्चाहरूले सेवा गर्नुपर्छ नि। बाबा सबै बच्चाहरूलाई भन्नुहुन्छ– प्रदर्शनीहरू धेरै जोडसँग गर। बाबा तयारी गराइरहनु भएको छ। बच्चाहरूले कोसिस गर्नुपर्छ। यी सबै सम्झिनुपर्ने कुरा हुन्। भगवान आउनुहुन्छ, प्रजापिता ब्रह्माद्वारा रचना रच्नुहुन्छ प्रजाको। कति ब्राह्मण रच्नुभएको थियो। अहिले फेरि रचिरहनु भएको छ। कति ब्राह्मण-ब्राह्मणीहरू छन्। बाबाले यो ब्राह्मण धर्म रच्नुहुन्छ संगमयुगमा। तिमीले प्राक्टिकलमा देखिरहेका छौ र बुझिरहेका छौ। यी कुरा कुनै शास्त्रमा छैनन्। तिमी बच्चाहरूले सम्झन्छौ– बाबा आउनु नै तब हुन्छ, जब पतित दुनियाँलाई पावन बनाउनुपर्छ। यो पनि जान्दछौ– परमात्माले प्रजापिता ब्रह्माद्वारा नै रचना रच्नुहुन्छ। तर कहिले रच्नुहुन्छ– यो बुझ्दैनन्। उनीहरूले त सम्झन्छन्– भगवानले कुनै नयाँ रचना रच्नुहुन्छ होला। ब्रह्मालाई त सूक्ष्मवतनमा सम्झन्छन्। अहिले तिमीले बुझेका छौ– प्रजापिता ब्रह्मा त यहाँ नै छन्। तिमी सूक्ष्मवतनमा जान्छौ। पवित्र बनेर फेरि फरिश्ता बन्छौ, साक्षात्कार गर्छौ। बच्चाहरूले आएर सुनाउँछन् वहाँ इशारा (मुवी) चल्छ। त्यो हो नै मूवी विश्व, तिमीले मूवी चलचित्र पनि देखेका थियौ। अहिले प्रक्टिकलमा सबै कुरालाई तिमीले जानिसकेका छौ। मूलवतन हो शान्तिधाम, वहाँ आत्माहरू रहन्छन्।

सूक्ष्मवतनमा सूक्ष्म शरीर पनि हुन्छ। अवश्य कुनै भाषा पनिहुनुपर्छ। तिमी बच्चाहरूको बुद्धिमा छ– हामी आत्माहरूको स्थान शान्तिधाम हो फेरि छ सूक्ष्मवतन। वहाँ ब्रह्मा-विष्णु-शंकर रहन्छन्। र, यो हो कलियुग र सत्ययुगको संगम। यहाँ बाबा आउनुहुन्छ, यहाँबाट तिमी ब्राह्मण जान्छौ। माइतिघर र पराई घर हुन्छ नि। यहाँ दुवै तिम्रो पिता हुनुहुन्छ। बापदादा दुवैले मेहनत गर्नुहुन्छ, बच्चाहरूलाईसुन्दर फूल बनाउन। मुसलमानले पनि भन्छन्– गार्डन अफ अल्लाह। कराचीमा एक पठान थियो– ऊ सामुन्ने उभिन्थ्यो। देख्दा-देख्दै भुईंमा लड्थ्यो। सोध्यो भने भन्थ्यो– म खुदाको बगंचामा गएँ, खुदाले फूल दिनुभयो। अब उसलाई ज्ञान त थिएन। अहिले तिमीले जान्दछौ– बगैंचा केलाई भनिन्छ! यो हो काँडाको जंगल र त्यो हो फूलको बगैंचा। तिम्रो बुद्धिमा सारा रहस्य छ। सत्ययुग के हो, कलियुग के हो? तिमीलाई धेरै खुशी हुनुपर्छ। सारा चक्र तिम्रो बुद्धिमा छ। यसको विस्तारत धेरै छ। तिम्रो बुद्धिमा कति सार रुपमा बसेको छ। तिमी बच्चाहरूले रचयिता बाबाद्वारा रचयिता र रचनालाई जानेका छौ। ब्रह्मालाई रचयिता भनिदैन। रचयिता एक हुनुहुन्छ– महानता पनि एकको नै हो।

पहिलो-पहिलो रचना ब्रह्माको हो फेरि भनिन्छ कृष्णको। ब्रह्मा त छन्, ब्राह्मण पनि अवश्य चाहिन्छ। पाण्डवहरूलाई ब्राह्मण भनिँदैन। ब्रह्माद्वारा ब्राह्मण हुनुपर्छ। यो हो रुहानी यज्ञ। यसलाई आध्यात्मिक ज्ञान भनिन्छ। रुहलाई बाबाले नै ज्ञान दिनुहुन्छ। तिमीले जान्दछौ– हामीलाई मनुष्यले पढाउँदैनन्। सबै आत्माहरूलाई बाबाले पढाउनु हुन्छ। भन्दछन् पनि ब्रह्माद्वारा स्थापना।कृष्णलाई कहाँ भनिन्छ र! उनी त हुनै सक्दैन। ब्रह्माद्वारा स्थापना कसले गराउँछ? के कृष्णले? होइन। परमपिता परमात्मा। विष्णुद्वारा पालना। ब्रह्मा र विष्णुको कति पार्ट छ। ब्रह्मा मुख वंशावली नै फेरि गएर विष्णुपुरीका देवता बन्छन्। ब्रह्मा नै विष्णु, विष्णु नै ब्रह्मा। यो पनि बच्चाहरूलाई सम्झाइएको छ। ब्रह्मा नै विष्णु बन्नमा एकसेकेण्ड, विष्णु नै ब्रह्मा बन्नमा ८४ जन्म। कति आश्चर्यजनक कुरा छ। कसैले पनि बुझ्न सक्दैनन्। यो हो बेहदको कुरा। बेहदका बाबाबाट बेहदको पढाइ पढेर बेहदको राज्य लिनु छ। सृष्टि चक्रलाई जान्नु छ। आत्माले नै जान्दछ,शरीरद्वारा। यस्तो होइन शरीरले ज्ञान लिन्छ, आत्माद्वारा। होइन, आत्माले ज्ञान लिन्छ। तिमीलाई कति खुशी छ। यो आन्तरिकगुप्त खुशी हुनुपर्छ। पढाइको संस्कार आत्मामा हुन्छ। दुःख पनि आत्मालाई हुन्छ। भन्दछन्– मेरो आत्मालाई दुःख नदेऊ। बच्चाहरूलाई अब कति प्रकाश मिलिरहेको छ। तिमीलाई खुशी रहन्छ। सागरबाट रिफ्रेश भएर बादल मिलेर वर्षा वर्साउनु छ। आपसमा मिलेर मिलेर प्रदर्शनी आदि तयार गर्न मदत गर। सोख हुनुपर्छ। सर्भिस, सर्भिस र धेरै सर्भिस। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः

१) बाबाबाट मिलेको ज्ञानलाई स्मरण गरेर अपार खुशीमा रहनु छ।विशाल बुद्धि बनेर जोडले सेवा गर्नु छ।

२) बाबाद्वारा जुन स्मृति मिलेको छ, त्यसलाई बिर्सिनु छैन। पवित्र रहने बाबासँग जुन प्रतिज्ञा गरेका छौ, त्यसलाई पूरा पालना गर्नु छ।

वरदान:

गर्नु र भन्नु– यी दुवैलाई समान बनाएर क्वालिटीको सेवा गर्ने सच्चा सेवाधारी भव:-सदा ध्यान रहोस्– पहिला गर्नु छ अनि भन्नु छ। 

भन्न सजिलो हुन्छ, गर्नमा मेहनत हुन्छ। मेहनतको फल मीठो हुन्छ। तर यदि अरुलाई भन्छौ, स्वयं गर्दैनौ भने सर्भिसको साथ-साथै डिस-सर्भिस पनि प्रत्यक्ष हुन्छ। जसरी अमृतमा विषको एक थोपा पर्नाले सारा अमृत विष बन्छ, त्यस्तै जतिसुकै सेवा गर तर एक सानो गल्तीले सेवालाई समाप्त गरिदिन्छ। त्यसैले पहिले आफूमाथि ध्यान देऊ तब भनिन्छ सच्चा सेवाधारी।

स्लोगन:

अनेकतामा एकता ल्याउनु, बिग्रेकोलाई बनाउनु– यो सबैभन्दा ठूलो विशेषता हो।


***Om Shanti***



Google+ Followers