BK Murli 18 August 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 18 August 2016 Nepali

    ०२ भाद्र विहिबार 18.08.2016 बापदादा मधुवन

    “मीठे बच्चे– बापदादाको याद-प्यार लिनको लागि सेवाधारी बन। बुद्धिमा ज्ञान भरपुर छ भने वर्षा गर।”  

    प्रश्न:

    कुनचाहिँ नशाले भरिएको बादललाई पनि उडाएर लैजान्छ, बर्सिन दिँदैन?

    उत्तर:

    यदि फाल्तु देह-अभिमानको नशा आयो भने भरिएको बादललाई पनि उडाएर लैजान्छ। बर्सिहाल्यो भने पनि सर्भिसको बदला डिस-सर्भिस गर्छ। यदि बाबासँग प्यार छैन, उहाँसँग योग छैन भने ज्ञान भएर पनि मानौं खाली छ। यस्तो खाली बादलले अनेकौंको कल्याण कसरी गर्न सक्छ?

    ओम् शान्ति।

    बाँकी थोरै बादल बचेको छ। जस्तै बर्सात जब कम हुन्छ, सागरमाथि बादल हुँदैन, ठण्डा हुन्छ। त्यस्तै यहाँ पनि ठण्डा हुन्छन्। बादल उनलाई भनिन्छ, जसले रिफ्रेश भएर वर्षा बर्साउँछन्। यदि कुनै बर्सात गर्दैन भने उसलाई कसरी बादल भन्न सकिन्छ? यो हो ज्ञान बादल। त्यो हो पानीको बादल। ज्ञानको बादल आउँछ, जब सीजन हुन्छ। रिफ्रेश भएर अरुलाई रिफ्रेश गर्छन्। बादल पनि नम्बरवार हुन्छन्। कुनै त धेरै जोडले बर्सिन्छन्। बादलको काम नै हो बर्सिनु र ओइलिएका बिरूवालाई रिफ्रेश गर्नु। जसमा पूरा ज्ञान छ, उनीहरू छिपेर बस्दैनन्। उनलाई बाबाको निर्देशन पनि चाहिँदैन। हुन् नै बादल। आउँछन् नै भरिएर बर्सिनको लागि। जहाँ बाँझो जमीन छ, वहाँ गएर हरियाली बनाउनुपर्छ। महारथी बच्चाहरूले त सबै सेन्टरलाई राम्रोसँग जान्दछन्। कुनचाहिँ सेन्टर ठण्डा छ? कुन सेन्टरको बच्चाहरूलाई धेरै तुफान आउँछ? महारथी सेवाधारीहरूले राम्रोसँग जान्दछन्। बाबा पनि हमेसा भन्नुहुन्छ– सेवाधारी बच्चाहरूलाई यादप्यार देऊ। राम्रा-राम्रा बादल सेवामा जान्छन्। प्रदर्शनीमा पनि सबैले एकरस सम्झाउँदैनन्। मुख्य कुरा नै यो हो। गीताको भगवान निराकार परमपिता परमात्मा हुनुहुन्छ, नकि साकारी श्रीकृष्ण। सम्झाउने बडो राम्रो ढंग चाहिन्छ। सारा दिन यही ख्याल रहनुपर्छ– गएर सबैलाई जगाउँ। सबै घोर अन्धकारमा परेका छन्। सबैलाई प्रेमले सम्झाउँदै गर– दुई पिता हुनुहुन्छ। एक हदको र अर्को बेहदको। बेहदको बाबालाई नै पतित-पावन भनिन्छ। अब तिमी बच्चाहरूलाई बुद्धि मिलेको छ। दुनियाँका मनुष्य बाहिरबाट हेर्दा त तडक-भडक देखिन्छन् तर छन् पत्थरबुद्धि। बाबा स्वयं भन्नुहुन्छ– यी साधुहरूको पनि मैले नै उद्धार गर्नु छ। उनीहरूले पनि रचयिता र रचनालाई जान्दैनन्। सत्ययुगदेखि लिएर फेरि यो ज्ञान प्रायः लोप हुन जान्छ। तर यो कसैलाई पनि थाहा छैन। शास्त्रहरूमा यो ज्ञान छँदै छैन। त्यसबाट कसैको सद्गति हुन सक्दैन। गीताको मान कति छ, तर त्यो त हो भक्ति मार्ग। बाबा त पतित-पावन हुनुहुन्छ, उहाँ बसेर राजयोग सिकाउनु हुन्छ। त्यसैले अवश्य राजाईको लागि नयाँ दुनियाँ हुनुपर्छ। बाबा नै आएर राजयोग सिकाउनु हुन्छ। यो पनि अहिले तिमीलाई थाहा भएको छ। 

    जसलाई कल्प पहिले सम्झाएको थिएँ, उनलाई नै अहिले सम्झाउँछु फेरि बुझ्दछन्। यो लडाई कुनै त्यो होइन, जसरी हमेसा हुँदै आइरहेको छ। ८-१० वर्ष लडाईं हुन्छ फेरि बन्द हुन्छ। ड्रामा अनुसार यी बम्ब जो बनेका छन्, ती कुनै राख्नको लागि होइन। पतित मनुष्यहरूको मृत्यु नभएसम्म सत्ययुग आउँदैन। शान्ति कसरी स्थापना हुन्छ– यो पनि सम्झाउनुपर्छ। शान्ति स्थापना गर्ने वा श्रेष्ठाचारी दुनियाँ बनाउने– यो त एक बाबाको नै काम हो। बाबा भन्नुहुन्छ– अरुसँग बुद्धिको योग तोडेर एकसँग जोड्नु छ। देह सहित जति पनि देखिन्छ, यी सबैसँग तोड्नु छ। अब हामी फर्केर जानु छ, त्यसैले घरलाई नै याद गर्नु छ। अहिले तिमीले बुझेका छौ– यो हो मृत्युलोक। हामी अमरलोकमा जानको लागि अमर कथा सुनिरहेका छौं। देवताहरूलाई भनिन्छ दैवीगुण भएका मनुष्य। यहाँ त एउटा पनि हुन सक्दैनन्। कृष्णको लागि पनि कति ग्लानि लेखिदिएका छन्। केही पनि बुद्धिमा आउँदैन। 

    अब तिमी बच्चाहरूले राम्रोसँग पुरूषार्थ गर्नु छ, दैवीगुण धारण गर्नु छ। दैवीगुण केलाई भनिन्छ– त्यो पनि सम्झाइन्छ। सम्पूर्ण निर्विकारी अवश्य बन्नु छ। यो हो मुख्य पहलो गुण। जहाँ पनि तिमीले देखेका छौ– पवित्रको अगाडि अपवित्रले शिर झुकाउँछन्। सत्ययुगमा हुन्छन् नै पवित्र, त्यसैले वहाँ मन्दिर हुँदैनन्। फेरि जब पुजारी बन्छन्, अनि मन्दिर बनाउँछन्। जो पावन थिए, उनै पतित बन्छन्। यो हो धेरै जन्मको अन्त्यको जन्म। बाबा भन्नुहुन्छ– यस पुरानो दुनियाँलाई, पुरानो शरीरलाई पनि बिर्सिनु छ। यस पुरानो दुनियाँ अब खतम हुनु छ। यसको समाप्त हुन समय लाग्दैन। यो पुरानो दुनियाँ, धन, दौलत, सम्पत्ति सबै गयो कि गयो। थोरै दिन बाँकी छन्। दुनियाँमा कहाँ कसैलाई थाहा छ र– यो पुरानो दुनियाँ खतम हुन्छ। तिमीले सुनाउँछौ तर जब विश्वास बसे त हो नि। 

    भगवानुवाच– जब बुझ्नेछन्, तब बुद्धिमा बस्छ। बाबा तिमी बच्चाहरूलाई भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर। बच्चाहरूले जान्दछन्– बेहदका बाबाले हामीलाई राजयोग सिकाउनु हुन्छ। उहाँ हुनुहुन्छ सबै आत्माहरूको पिता। सबै भाइ-भाइ हुन्। स्वर्गमा सबै भाइ-भाइ सुखी थिए, कलियुगमा सबै भाइ-भाइ दुःखी छन्। सबै आत्माहरू नर्कवासी छन्। केवल आत्मा नै त हुँदैन। शरीर पनि त चाहिन्छ नि। अब तिमी बच्चाहरूलाई आत्म-अभिमानी बन्नु छ, यसमा नै मेहनत छ। सानीआमाको घर होइन। यो अवस्था पक्का तब हुन्छ, जब पहिले यो निश्चय हुन्छ– परमपिता परमात्माले हामीलाई पढाउनु हुन्छ। शिवबाबा आउनुहुन्छ नै यस शरीरद्वारा पढाउन। हामीले पनि शरीरद्वारा सुन्छौं, धारण गर्छौं। संस्कार अनुसार नै एक शरीर छोडेर अर्को धारण गर्छौं। जस्तै बाबाले लडाई गर्नेहरूको उदाहरण दिनुहुन्छ। लडाईको संस्कार लिएर जान्छन्, अनि फेरि उनमा नै आउँछन्। अब बाबाको संस्कार पनि तिमीलाई थाहा छ– निराकार बेहदको बाबामा के संस्कार छ! उहाँ मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ। पतित-पावन, ज्ञानको सागर हुनुहुन्छ। उहाँ नै आएर पावन बनाउनु हुन्छ। बाबा भन्नुहुन्छ– म एकलाई याद गर्यौ भने तिम्रो जन्म-जन्मान्तरको विकर्म विनाश हुन्छन्। नत्र धेरै सजाय खानु पर्नेछ। पद केही पनि मिल्दैन। 

    अहिले बच्चाहरूले जान्दछन्– बाबाले हामीलाई सहज बाटो बताइदिनुहुन्छ। भन्नुहुन्छ– मनमनाभव। यो शब्द पनि गीतामा छ, तर यसको अर्थ बुझ्दैनन्। बाबा भन्नुहुन्छ– म एकलाई याद गर। देह सहित देहका सबै धर्महरूलाई छोडेर आफूलाई आत्मा सम्झेर म परमपिता परमात्मालाई याद गर। यादलाई नै योग अग्नि भनिन्छ। योग कमन शब्द हो। गीतामा पनि छ, तर केवल कृष्णको नाम राखेर घोर अँध्यारो गरिदिएका छन्। अहिले तिमीले सम्झाउँदा भनिदिन्छन्– यो तिम्रो कल्पना हो। केही पनि जान्दैनन्। उनलाई वर्सा त लिनु नै छैन। पहला त जब यो बुझून्– उहाँ बेहदको बाबा, पिता पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ, सतगुरू पनि हुनुहुन्छ। उहाँले नै हामीलाई पढाउनु हुन्छ। यो पक्का निश्चय हुनुपर्छ। नयाँ मानिसलाई निश्चय बसिहालोस्, असम्भव छ। कुनै-कुनै नयाँ-नयाँ पनि समझदार छन् भने बुझ्दछन्। कोही त यहाँ आउन पनि चाहँदैनन्, केही पनि बुझ्दैनन्। अलिकति पनि बुद्धिमा आउँदैन। यति धेरै बी.के. छन्, अवश्य यिनीहरूलाई बाबाबाट वर्सा मिलेको हुनुपर्छ। यो परिवार हो। नाम नै लेखिएको छ– ब्रह्माकुमार-कुमारी, त्यसैले परिवार भयो नि। प्रजापिता ब्रह्माको परिवार कति ठूलो छ, तर यो कुरा कसैको बुद्धिमा आउँदैन। तपाईंको लक्ष्य-उद्देश्य के हो भनेर सोधेमा भन– बाहिर बोर्डमा लेखिएको छ, प्रजापिता ब्रह्माकुमार-कुमारी, त्यसैले परिवार भयो। हजुरबुवाबाट वर्सा मिल्छ। प्रजापिता ब्रह्मा मुखद्वारा शिवबाबाले रचना रच्नुहुन्छ। त्यसैले उहाँ रचयिता हुनुभयो, स्वर्ग रच्नुहुन्छ। अवश्य बच्चाहरूलाई स्वर्गको वर्सा दिनुहुन्छ। त्यसैले यो परिवार भयो नि। बाबा, बच्चाहरू, बच्चीहरू र दादा छन्। ब्रह्मा पनि छन्, शिव पनि हुनुहुन्छ। उहाँ हुनुहुन्छ रचयिता। निराकार भएकाले बच्चाहरूलाई वर्सा कसरी दिने? त्यसैले ब्रह्माद्वारा वर्सा दिनुहुन्छ। यो राम्रोसँग सम्झाउनुपर्छ। भन, यो हाम्रो बाबाको घर हो। यसलाई भनिन्छ– रूद्र ज्ञान यज्ञ। हामी ब्राह्मण हौं, बाबा सिवाए अरु कसैले राजयोग सिकाउन सक्दैन। गीतामा पनि छ नि– मनमनाभव अर्थात् म एकलाई याद गर। 

    त्यसैले हामी उहाँ एक बाबालाई नै याद गर्छौं। भक्ति मार्गमा गायन गर्छन्– बाबा हजुर आउनुभयो भने हामी समर्पित हुन्छौं, हामी हजुरको बन्नेछौं। हामी आत्माले यस देहलाई छोडेर हजुरको साथमा जान्छौं। हजुरको बन्नेछौं, अवश्य हजुरको साथमा पनि जान्छौं। विवाह भएपछि साजनले साथमा लैजान्छन् नि। यहाँ शिव साजनले पनि भन्नुहुन्छ– म तिमीलाई यस दुःखबाट छुटाएर सुखधाममा लैजान्छु। फेरि आ-आफ्नो पुरूषार्थ अनुसार गएर राजाई गर्छौ। जसले जति ज्ञान धन धारण गर्छन्, उति उच्च पद पाउँछन्। साना-साना कुमारीहरूले पनि सेवा गरिरहेका छन्। उनीहरूले नै ठूला-ठूला विद्वान, पण्डित आदिलाई सम्झाउनु छ, सोख हुनुपर्छ। कुश्तीमा ठूला ठूला चुनौति दिन्छन्– यसको साथमा म लड्छु। सेवाधारी बच्चाहरू आरामसँग सुत्नु हुँदैन। आराम हराम हो। जसले आफूलाई महारथी सम्झन्छन्, सुखसँग सुत्नु छैन। सेवामा चक्र लगाउनुपर्छ। आजकल बाबा प्रदर्शनी धेरै बनाउन लगाइरहनुहुन्छ। ठूला-बडालाई निमन्त्रण पठाइदेऊ। अहिले नआए पछि आउनेछन्। साधु-सन्त महात्मा कुनै पनि होस्, जगाउँदै गर। तर कुरा गर्ने महारथी हुनुपर्छ। जसको बाबासँग योग छैन, प्यार छैन, ऊ त खाली बादल जस्तै हो। उसले के गर्न सक्छ! यो त जान्दछौ– अनपढले पढेकाहरूको अगाडि भारी बोक्छन्। हरेकले स्वयंलाई जान्न सक्छन्– मैले कहाँसम्म पढेको छु? सेवा गरेर देखाउँछु। यदि बादल भरिएको छ, तर बर्सिदैन भने त्यो बादल के कामको? हरेकको आफ्नो समझ हुनुपर्छ। फाल्तु देह-अभिमानको नशामा रहन्छौ भने उच्च पद हमेसाको लागि गुमाइदिन्छौ। बाबालाई सेवाको कति सोख छ। सरकारलाई सम्झाउनुपर्छ– हामीलाई हल दिनुहोस्, जहाँ हामी यो रुहानी सेवा गरेर मनुष्यलाई देवता बनाऊँ। बाबा आउनुभएको हो नै राजयोग सिकाउन तर युक्तियुक्त सम्झाउनुपर्छ। जसले भाषण गर्न जान्दैनन्, उनले कहाँ सम्झाउन सक्छन्। उच्च पद पाउन सक्दैनन्। पद उनले पाउन सक्छन्, जसले सेवा गर्छन्। ठूला-बडालाई लेख– यस ज्ञान विना दुनियाँको कल्याण हुन सक्दैन। शिक्षा हो मुख्य। यी लक्ष्मी-नारायणले पनि शिक्षाबाट नै पद पाएका हुन् नि। अघिल्लो जन्ममा राजयोग सिकेका हुन्। हामी पनि अहिले यहाँ पढिरहेका छौं। विद्यालयमा विद्यार्थीले सम्झन्छन्– हामी यो परीक्षा दिएर फेरि यो बन्नेछौं। यो तिमीलाई जुन ज्ञान मिल्छ, त्यो यस दुनियाँको लागि होइन। तिमी पनि पढ्छौ भविष्य २१ जन्मको लागि, प्रारब्ध बनाउनको लागि। 

    उनीहरूले पढ्छन्, यस जन्मको सुखको लागि। त्यो पनि पढ्नु छ र साथ-साथ यो पनि शिक्षा सिक्नु छ, यसमा डराउनुपर्ने कुरा छैन। आध्यात्मिक ज्ञान किन नलिने? चित्र लिएर गएर सम्झाउनुपर्छ। भन– ज्ञान सबैको लागि धेरै आवश्यक छ, तर बच्चाहरू अझै खडा हुँदैनन्। नोकरी टोकरीमा फँसिरहन्छन्। बन्धनमुक्त छौ भने फेरि सेवामा लाग्नुपर्छ। सबै श्रीमतमा त चल्दैनन्। बीचमा मायाले नोक्सान गरिदिन्छ। कुनै-कुनै बच्चाहरूलाई सोख धेरै छ, तर नशा चढ्दैन– हामी गएर धेरैको कल्याण गरौं। बाबा पनि सम्झनुहुन्छ– बालिग भइसकेपछि कमजोर किन बन्छौ! भन्न सक्छौ– मैले त देशको उद्धार गर्नु छ। सच्चा सेवा गरेर मनुष्यलाई देवता बनाउनु छ। बाबालाई त आश्चर्य लाग्छ, नशा चढ्दैन। त्यसैले बाबा भन्नुहुन्छ– रजो बुद्धि छन्। चान्स धेरै राम्रो छ। यस्ता पनि धेरै छन्, जसलाई ज्ञानको घमण्ड धेरै छ, तर डिस-सर्भिस धेरै गर्छन्। यो त यिनले जान्दछन् वा बाबाले जान्नुहुन्छ (गुड जाने गुड की गोथरी जाने)। राहुको ग्रहण बस्छ। बृहस्पतिको दशा उत्रेर राहुको बस्छ। भर्खरै हेर राम्रो चलिरहेका छन्। उत्तिखेरै हेर फेरि ग्रहचारी बस्छ, गिर्न पुग्छन्। बच्चाहरू त धेरै बहादुर हुनु छ। जिम्मेवारी लिनु छ– हामीले यस दुनियाँलाई स्वर्ग बनाएरै छोड्नेछौं। तिम्रो धर्म हो, नर्कवासीलाई स्वर्गवासी बनाउनु, भ्रष्टाचारीलाई श्रेष्ठाचारी बनाउनु। बाबाले नशा त धेरै राम्ररी चढाउनुहुन्छ, तर बच्चाहरूमा नम्बरवार चढ्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) बन्धनमुक्त बनेर विश्वको सच्चा सेवा गर्नु छ। रुहानी सेवा गरेर मनुष्यलाई देवता बनाउनु छ। ज्ञानको घमण्डमा आउनु छैन। रुहानी नशामा रहनु छ।

    २) निश्चयबुद्धि बनेर पहिला आफ्नो अवस्था पक्का गर्नु छ। देह सहित जे जति देखिन्छ, उनीहरूबाट बुद्धि तोड्नु छ, एक बाबासँग जोड्नु छ।

    वरदान:

    निष्काम सेवाद्वारा विश्वको राज्य प्राप्त गर्ने विश्व कल्याणी, रहमदिल भव:-  

    जो निष्काम सेवाधारी हुन्छन्, उनमा कहिल्यै यो संकल्प आउन सक्दैन– मैले यति गरेँ, मलाई यसकारण केही मान-शान वा महिमा मिल्नुपर्छÒ यो पनि लिनु जस्तो भयो। दाताका बच्चाहरूले यदि लिने संकल्प गर्छन् भने दाता भएनन्। यो लिनु पनि दातालाई शोभा दिँदैन। जब यो संकल्प समाप्त हुन्छ, तब विश्व महाराजनको पद मिल्छ। यस्तो निष्काम सेवाधारी, बेहदको वैरागी नै विश्व कल्याणी, रहमदिल बन्छ।

    स्लोगन:

    आफ्नो गल्ती अरुमाथि लगाउनु– यो पनि परचिन्तन हो।   


    ***OM SHANTI***