BK Murli 2 August 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 2 August 2016 Nepali

    १८ श्रावण मंगलबार 02.08.2016 बापदादा मधुवन

    मीठे बच्चे— बाबा र वर्सा याद गर्नुमा तिम्रो कमाई पनि छ भने तन्दुरूस्ती पनि छ। तिमी अमर बन्छौ।”   

    प्रश्न:

    हृदयलाई शुद्ध बनाउने सहज युक्ति के हो?

    उत्तर:

    जहाँ रहे पनि ट्रस्टी भएर रहने गर। सदैव सम्झ— मैले शिवबाबाको भण्डाराबाट नै खान्छु। शिवबाबाको भण्डाराको भोजन खानेहरूको हृदय शुद्ध हुँदै जान्छ। प्रवृत्तिमा रहेर पनि यदि श्रीमत अनुसार बाबाको निर्देशनमा ट्रस्टी भएर रहन्छौ भने त्यो पनि शिवबाबाको भण्डारा हो, मनबाट समर्पित छौ।

    ओम् शान्ति।

    जन्म-जन्मातर आधाकल्प बच्चाहरूले सत्संग गरेका छौ। साधु-सन्त, पण्डित आदि सबै मनुष्यहरूको सत्संग हो। यो कुनै पनि मनुष्यको सत्संग होइन। यसलाई भनिन्छ रुहानी सत्संग। परम आत्माले आत्माहरूका साथ रुहरिहान अर्थात् सत्संग गर्नुहुन्छ। यहाँ तिमीले कुनै मनुष्यबाट सुन्दैनौ, न देवताहरूबाट सुन्छौ। तिमीले सुन्छौ भगवानबाट। भगवानलाई सदैव निराकार भनिन्छ। भगवान आउनुहुन्छ नै तब, जब बच्चाहरूलाई भगवान-भगवती बनाउन पढाउनुपर्छ। भगवान र भगवतीको पद भगवान बाहेक अरु कसैले पनि दिन सक्दैन। तिमी बच्चाहरूले जान्दछौ— कल्प-कल्प संगमयुग हुन्छ, अनि निराकार भगवान आएर हामीलाई ज्ञान दिनुहुन्छ। यो पनि केवल तिमीले नै जानेका छौ, अरु कसैले मुश्किलले बुझ्न सक्छन्। शिवबाबा आउनुहुन्छ अवश्य, तर उहाँको बदलामा कृष्णलाई गीताका भगवान भने। त्यसैले अवश्य सबैको बुद्धिमा मनुष्य तन नै आउँछ। तिमी नै देवी गुण भएका थियौ र अब आसुरी गुणवाला बनेका छौ। फेरि अब दैवी गुणवाला बन्छौ। दैवी गुण भएकालाई ईश्वरीय सम्प्रदाय, आसुरी गुण भएकालाई आसुरी सम्प्रदाय भनिन्छ। अहिले निराकार बाबाले निराकार सम्प्रदाय अर्थात् आत्माहरूलाई पढाउनुहुन्छ, त्यसैले भनिन्छ ईश्वरीय सम्प्रदाय अथवा रुहानी सम्प्रदाय, जसलाई रुहानी बाबा आएर पढाउनुहुन्छ। अहिले तिमी आत्म-अभिमानी बन्छौ। हामी आत्मा हौं, बाबाले हामीलाई पढाउनुहुन्छ। भन्नुहुन्छ— मलाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ। आत्माहरूलाई नै पढाउनुहुन्छ, उहाँ नै ज्ञानका सागर हुनुहुन्छ। ऋषि-मुनि आदि सबैले त नेति-नेति भन्दै आए अर्थात् हामी आत्मालाई जान्दैनौं। जबसम्म उहाँ ज्ञानसागर सम्मुख आउनुहुन्न, ज्ञान कसरी सम्झाउनुहुन्छ? यो राम्ररी बुझ्नुपर्ने कुरा हो। हामीलाई कुनै मनुष्यले पढाउँदैन, हामीलाई बाबाले पढाउनुहुन्छ। उहाँ हुनुहुन्छ बेहदका निराकार बाबा। यो पनि बच्चाहरूलाई सम्झाइएको छ— साकार र निराकार दुई पिता हरेकका हुन्छन्। एक रुहानी र दोस्रो जिस्मानी। रुहानी बाबाले नै आएर आत्माहरूलाई पावन बनाउनुहुन्छ। तिमीले जान्दछौ— हामी पावन थियौं, पतित बन्यौं फेरि पतितबाट पावन कसरी बन्छौं। चित्र पनि सामुन्ने छ, बाबाले राय दिनुहुन्छ— घरी-घरी चक्रको सामुन्ने गएर बस्यौ भने बुद्धिमा सारा ज्ञान आउँछ। हामी अहिले संगमयुगमा बसेका छौं, अरु सबैले आफूलाई कलियुगमा सम्झन्छन्। कलियुगलाई घोर अन्धकारको युग भनिन्छ। अहिले तिमी छौ संगममा। अहिले तिमीलाई प्रकाश मिलेको छ, सत्ययुगमा फेरि तिमीलाई यो ज्ञान मिल्दैन। बाबा जब आउनुहुन्छ अनि मात्रै धेरै उज्यालो हुन्छ। यो संगमयुग हो नै कल्याणकारी युग। यो जस्तो युग कुनै पनि हुँदैन, किनकि यस समयमा बाबा आउनुहुन्छ। सत्ययुगलाई कल्याणकारी भनिदैन। वहाँ कसैको कल्याण हुँदैन। कल्याण संगमयुगमा नै हुन्छ। सत्ययुगमा त हुन्छ नै कल्याण। संगममा कलियुगलाई सत्ययुग, कल्याणकारी बनाउनुहुन्छ। त्यसैले अहिले हेर तिम्रो कति कल्याण हुन्छ। केवल बाबा र वर्सालाई याद गर्नुमा तिम्रो कति कमाई हुन्छ। कमाईमा कमाई पनि छ र तन्दुरूस्तीमा तन्दुरूस्ती पनि छ। तिम्रो जीवन अमर बन्छ। तिम्रो कहिल्यै अकालमा मृत्यु हुँदैन। त्यसैले बच्चाहरूलाई कति खुशी हुनुपर्छ किनकि तिम्रो बुद्धिमा सारा ज्ञान छ। यहाँ तिमी बच्चाहरू आउँदा पुरूषार्थ गरेर म्युजियमको चित्रहरूमा सम्झाउन योग्य बन्नुपर्छ। आफूलाई लायक बनाउनको लागि ७-८ दिन बसेर सिक। अभ्यास भयो, छिट्टै गयो सेवामा। सेवा गरेर फेरि फर्केर आयो। यो सिक्न त धेरै सरल छ। चित्र सामुन्नेमा देख्ने बित्तिकै बुद्धिमा आउँछ, हामी संगममा बसेका छौं। आजको दुनियाँमा धेरै मनुष्य छन्, भोलि धेरै कम हुन्छन्। यतिका सबै फर्केर जान्छन्। अहिले बाबा स्वयं आउनुभएको छ, बच्चाहरूको कति इज्जत राख्नुहुन्छ। दूरदेश का रहने वाला आया देश पराये...... रावणको देश पराई देश हो नि। रामको देशमा त कहिल्यै रावण आउन सक्दैन। यस सम्बन्धमा एक कहानी वा कथा पनि सुनाउँछन्, जति पनि कथा सुनाउँछन्, ती सबै हुन् कहानीहरू। न त कहानीमा कुनै सार हुन्छ, न उपन्यासमा कुनै सार हुन्छ। उपन्यास पनि कति बिक्री हुन्छन्। केवल उपन्यास बेच्नेहरू पनि लखपति हुन जान्छन्। 

    अहिले तिमी बच्चाहरूको पालना त बाबाको हातमा छ। तिमीसँगै खाऊँ अर्थात् तिम्रो भण्डाराबाटै खाऊँ... तिम्रो सारा पालना यहाँ नै हुन्छ। जो समर्पित हुन्छन् उनको पालना त हुन्छ नै तर जो मनबाट पनि सम्झन्छन्— यो सबैथोक ईश्वरको हो, म ट्रस्टी हुँ, म श्रीमतमा चलेर नै खर्च आदि गर्छु। यस्तो जसले सम्झन्छन्— उनीहरूले पनि मानौं शिवबाबाको भण्डाराबाट नै खान्छन्। शिवबाबाको भण्डाराबाट खानाले हृदय शुद्ध हुन्छ। यस्तो पनि होइन— उनीहरूले शिवबाबाको भण्डाराबाट खाँदैनन्। बाबाको डाइरेक्शन अनुसार चल्नेहरूले पनि मानौं बाबाको भण्डाराबाट नै खान्छन्। जुन भण्डाराबाट खाए, त्यो भण्डारा भरपुर काल कंटक दूर..... त्यसपछि तिम्रो कहिल्यै पनि अकालमा मृत्यु हुँदैन। यस समयमा नै शिवबाबा आउनुहुन्छ, उहाँको महिमाको गायन छ। शिवजयन्ती पनि मनाउँछन् तर उहाँको भण्डारा कस्तो हुन्छ, यो कसैले पनि जान्दैनन्। बाबा पनि अवश्य आउनुहुन्छ नि। बच्चाहरू जति पनि आउँछन्, उनलाई शिवबाबाको भण्डाराबाट खाना मिल्छ। ठीक छ, पुरूष समर्पित हुन्छ भने त राम्रो, यदि ऊ समर्पित हुँदैन भने माताले के गरुन्? किनकि कमाई हुन्छ पतिको। ऊ त समर्पित हुँदैन। उसले जब आम्दानी गर्छ तब स्त्रीले पनि खान्छिन्। ठीक छ, युग नै समर्पित छन् भने त शिवबाबाको भण्डाराबाट पालना हुन सक्छ। यो कुरा बाबाले बच्चाहरूलाई राम्रोसँग सम्झाउनुहुन्छ। बुद्धिमा रहनुपर्छ— हामी बाबाको पासमा बसेका छौं, जबसम्म कर्मातीत अवस्था हुँदैन। दिन-प्रतिदिन हामी आफ्नो स्वराज्यको नजिक आउँदै जान्छौं। समय बित्दै जान्छ। तिमी नजिक आउँदै जान्छौ। सत्ययुगको पहिलो वर्षको लागि अब कति वर्ष बाँकी छ? अब कति नजिक आइपुगेका छौं? बाबा भन्नुहुन्छ— प्यारा बच्चाहरू! अब तिम्रो ८४ को चक्र पूरा हुन्छ। तिमीले अब ८४ जन्मको चक्रलाई जानेका छौ। चक्रलाई देख्ने बित्तिकै भन्छौ— हामी अहिले संगममा छौं। यतातिर छ कलियुग, उतातिर छ सत्ययुग। भोलि हामी आफ्नो सुखधाममा हुनेछौं। दुनियाँलाई थाहा छैन। उनीहरू त बिलकुल घोर अन्धकारमा छन्। तिमी बच्चाहरूलाई धेरै खुशी हुनुपर्छ। बेहदका बाबाबाट हामीले २१ जन्मको कमाई गर्छौं। सदा सुखको वर्सा पाइरहेका छौं— यो खुशी रहन्छ। स्वर्गवासी बन्नु, यो तिम्रो नै तकदिरमा छ। स्वर्ग एउटा आश्चर्यजनक चीज हो। जसरी ७ आश्चर्य देखाउँछन् नि। यो त सबैभन्दा ठूलो आश्चर्य हो। चित्रमा पनि छ— आश्चर्यजनक स्वर्गको। यी लक्ष्मी-नारायण स्वर्गका मालिक थिए। त्यसैले बाबाले भन्नुभएको थियो— माथि सूर्यवंशी लेख, त्यसको तल चन्द्रवंशी लेख अनि आधाकल्प पूरा हुन्छ। सूर्यवंशी, चन्द्रवंशी १२५० वर्ष। फेरि त लाखौं वर्षको कुरा हराउँछ। वहाँ बाहुबलमा कति खर्च हुन्छ। यहाँ शुरुदेखि लिएर अन्त्यसम्म केही पनि खर्च हुँदैन। यो त बाबा र बच्चाहरूको हिसाब हो, खर्चको कुरा छैन। यहाँ बच्चाहरू आएर रिफ्रेस हुन्छन् त्यसैले घर आदि बनाइन्छ। बच्चाहरूको नै पैसा हो, त्यो पनि कति दिन त बितिसक्यो। बाँकी थोरै दिन छ, खर्च केही पनि छैन। तिमीले जीवनमुक्ति पाउँछौ, विना कौडी खर्च। यसमा केवल मेहनतको कुरा हो। भगवानलाई त सबै भक्तहरूले याद गर्छन्, तर यो कुरा जान्दैनन्— भगवान को हुनुहुन्छ? भगवानलाई नजान्नाले धेरैलाई भगवान मान्दछन्। अब तिमी बच्चाहरूले सच्चा बाबाको परिचय दिनु छ। बाबाले कति पटक सम्झाउनुभएको छ— ठूला-ठूला चित्र मुख्य स्थानमा लगाऊ। जसरी हवाई मैदान छ, हवाई विभागले के लिन्छन्? उनलाई सम्झाऊ— यो त सबै मनुष्यको कल्याणको लागि हो। यसलाई बुझे भने मनुष्यले बाबाबाट वर्सा लिएर विश्वको मालिक बन्न सक्छन्। मुख्य हो दिल्ली। दिल्ली राजधानी हो नि। वहाँ सबै जम्मा हुन्छन्। वहाँ टिनमा यस्ता ठूला-ठूला चित्र होस्। मुख्य हुन् नै त्रिमूर्ति, सृष्टि-चक्र र कल्प-वृक्ष। यो सिँढी त कमालको छ। यसमा विनाश आदि पनि राम्ररी लेखिएको छ। पतित-पावन परमपिता परमात्मा हुनुहुन्छ वा पानीको गंगा? निर्णय गर्नुहोस्। ब्रह्माकुमार-ब्रह्माकुमारीहरूले सोध्छन्— ईश्वर सर्वव्यापी हुनुहुन्छ वा एक निराकार परमपिता परमात्मा हुनुहुन्छ? बाबाबाट त बच्चाहरूलाई वर्सा मिल्छ। मुख्य हो नै यो चित्र। त्रिमूर्तिको चित्र पनि धेरै मूल्यवान छ। ब्रह्माद्वारा विष्णुपुरीको स्थापना हुन्छ, फेरि उनैले पालना पनि गर्छन्। 

    बच्चाहरूलाई अथाह खुशी रहनुपर्छ— बेहदका बाबाले हामीलाई पढाउनुहुन्छ, स्वर्गको मालिक बनाउनको लागि। बाबा आएर स्वर्गको स्थापना र नर्कको विनाश गराउनुहुन्छ। त्यसैले महाभारत लडाईं पनि साथमा छ। हर ५००० वर्ष पछि यो चक्र फिर्छ। बाबा पनि कल्प-कल्प, कल्पको संगमयुगमा आउनुहुन्छ। गीतामा उनीहरूले फेरि युगे-युगे लेखिदिएका छन्। त्यसो हो भने पनि ५ युग छन्, पाँच पटक मात्र आउनुपर्ने। फेरि २४ अवतार, फलानो अवतार किन लेखे! मनुष्यले कति यज्ञ, तप, तीर्थ आदि गर्छन्। सम्झन्छन्— यी सबै भगवानसँग मिल्ने बाटो हुन्। तर भगवानको पासमा त कोही पनि जान सक्दैनन्। आधाकल्प कति मेहनत गरे। जन्म-जन्मान्तर चक्कर लगाए, यो गरे..... फेरि पनि बाबा मिल्नुभएन। अहिले बाबा तिमी बच्चाहरूको कति नजिक हुनुहुन्छ। तिमीसँग कुरा गरिरहनु भएको छ। तिमीले सम्झन्छौ— कल्प-कल्प हुबहु हामीले यसैगरी मिलन गर्छौं। जुन कुरा बित्यो, कल्प-कल्प हुन्छ। यिनै दादा जौहरी बन्छन्। फेरि बाबा उनैमा प्रवेश गर्नुहुन्छ, फेरि उनै बच्चाहरू आएर बाबाका बन्छन् र फेरि स्वर्गको वर्सा लिन्छन्। यो बाबाको तिमी बच्चाहरूसँग अनादि अविनाशी पार्ट कल्प-कल्प यस्तै दोहोरिइरहन्छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) यो कल्याण्कारी संगमयुग हो। यसमा हरेक कुरामा कल्याण छ, कमाई नै कमाई छ। बाबा र वर्सालाई याद गरेर २१ जन्मको लागि जीवनलाई अमर बनाउनु छ।

    २) प्रवृत्तिमा रहेर मन-बुद्धिबाट समर्पित हुनु छ। श्रीमत अनुसार खर्च गर्नु छ। पूरा ट्रस्टी भएर रहनु छ। शिवबाबाको भण्डारा भरपुर, काल कंटक दूर...।

    वरदान:

    तोड्नु, मोड्नु र जोड्नु— यी तीन शब्दको स्मृतिद्वारा सदा विजयी भव:-  

    सारा पढाइ र शिक्षाको सार यी तीन शब्द हुन्ः— (१) कर्मबन्धन तोड्नु छ। (२) आफ्नो स्वभाव-संस्कारलाई मोड्नु छ र (३) एक बाबासँग सर्व सम्बन्ध जोड्नु छ। यही तीन शब्दले सम्पूर्ण विजयी बनाइदिन्छ। यसको लागि सधैं यही स्मृति रहोस्— जति पनि यी नयनबाट विनाशी चीज देखिन्छन्, ती सबै विनाशी छन्। तिनलाई देखेर पनि आफ्नो नयाँ सम्बन्ध, नयाँ सृष्टिलाई देख, तब कहिल्यै हार हुन सक्दैन।

    स्लोगन:

    योगीको निशानी हो— सदा सच्चाइ र सफाइ (क्लीन र क्लीयर)।   


    ***OM SHANTI***