BK Murli 24 August 2016 In Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 24 August 2016 In Nepali

    २०७३ भाद्र ०८ बुधबार 24.08.2016 बापदादा मधुवन

    “मीठे बच्चे– बाबा र दादाको पनि अचम्मको कहानी छ। बाबाले जब दादामा प्रवेश गर्नुहुन्छ, तब तिमी ब्रह्माकुमार-कुमारी वर्साको अधिकारी बन्छौ।”  

    प्रश्न:

    निश्चित ड्रामालाई जानेर पनि तिमी बच्चाहरूले कुनचाहिँ लक्ष्य अवश्य राख्नुपर्छ?

    उत्तर:

    पुरूषार्थ गरेर फड्को मार्ने अर्थात् विनाश भन्दा पहिले बाबाको यादमा रहेर कर्मातीत बन्ने लक्ष्य अवश्य राख्नुपर्छ। कर्मातीत अर्थात् तमोप्रधानबाट सतोप्रधान बन्नु। पुरूषार्थ गर्नको लागि थोरै समय छ। त्यसैले विनाश भन्दा पहिले आफ्नो अवस्थालाई अचल-अडोल बनाउनु छ।

    ओम् शान्ति।

    ओम् शान्ति। यो दुवै कसले भन्छ? एक हुनुहुन्थ्यो बाबा, एक थिए दादा। कहानी सुनाउँछन् नि– एक थिए राजा, एक थिइन् रानी। अब यो हो फेरि नयाँ कुरा। एक बाबा, एक दादा। तिमीले भन्छौ– ५ हजार वर्ष पहिले एक हुनुहुन्थ्यो बाबा, एक हुनुहुन्थ्यो ब्रह्मा दादा। अब शिवका बच्चाहरू त सबै हुन्। सबै आत्माहरू एक बाबाका सन्तान हुन्। त्यो त हुँदै हुन्। ब्रह्माका बच्चाहरू ब्राह्मण पनि थिए, प्रजापिता ब्रह्माको सन्तान ब्रह्माकुमार-कुमारीहरू थिए। उनीहरूलाई कसले पढाउँथ्यो? शिवबाबाले। प्रजापिता ब्रह्माका यी ब्रह्माकुमार-कुमारीहरू, धेरै बच्चाहरू छन् नि। ब्रह्माकुमार कुमारीहरूले मान्दछन्– वास्तवमा हामी शिवबाबाको बच्चाहरू पनि हौं, नातिहरू पनि हौं। बच्चाहरू त हौ नै, अब नाती बनेका छ। ब्रह्माद्वारा शिवबाबासँग वर्सा लिन। अहिले तिमीलाई हजुरबुवाबाट वर्सा मिल्छ, जसलाई शिवबाबा भनिन्छ। तर ब्रह्माकुमार-कुमारी भएको कारणले हामी उहाँलाई दादा भन्छौं। वर्सा शिवबाबाको हो। ब्रह्मा दादाको होइन। वैकुण्ठवासी बन्ने वर्सा उहाँ बाबाबाट मिल्छ। आधाकल्प वर्सा पाउँछौ फेरि तिमीलाई श्राप मिल्छ– रावणबाट। तल झर्दै आउँछौ, मानौं तल झर्ने ग्रहचारी बस्छ। अहिले तिमी बच्चाहरू बुझेका छौ– हाम्रो ग्रहचारी राहूको दशा पूरा भयो। सबैभन्दा खराब राहूको दशा हुन्छ। सबैभन्दा उच्च वृहस्पतिको दशा हो, फेरि राहूको दशा बस्छ। ५ विकारको कारणले हामी काला भएका छौं। अब फेरि बाबा भन्नुहुन्छ– दान दियौ भने ग्रहण छुट्छ। यो तिम्रै कुरा हो। उनीहरूले फेरि सूर्य चन्द्रमाको ग्रहण मानेका छन्। जब ग्रहण लाग्छ भने दान माग्छन्। यहाँ बाबाले तिमीलाई भन्नुहुन्छ– ५ विकारको दान दियौ भने ग्रहचारी उत्रिन्छ। यी विकारले गर्दा नै तिमी पाप आत्मा बनेका छौ। मुख्य हो देह-अभिमान। पहिले यस्तो सतोप्रधान थियौं, फेरि सतो-रजो-तमो बन्यौं। ८४ जन्म लिएका छौं। यो त पक्का निश्चय छ– अवश्य देवताहरूले नै ८४ जन्म लिन्छन्। पहिले उनीहरू नै बाबासँग मिल्नुपर्छ। गायन गरिएको पनि छ– आत्मा परमात्मा अलग रहे बहुकाल...। बाबा भन्नुहुन्छ– सबैभन्दा पहिले तिमीलाई सत्ययुगमा पठाएको थिएँ। फेरि अहिले तिमी नै आएर मिलेका छौ। पहिले त केवल गाउँथ्यौ, त्यसको यथार्थ अर्थ अहिले बाबाले सम्झाउनु हुन्छ। सबै वेद शास्त्र, जप, तप, स्लोगन आदि जति पनि छन्, सबैको सार बाबाले बसेर सम्झाउनु हुन्छ। 

    चक्र त बिल्कुलै सहज छ। अहिले कलियुग र सत्ययुगको संगम हो। लडाई पनि सम्मुख खडा छ। यो पनि तिमीलाई निश्चय छ– सत्ययुगको स्थापना हुन्छ। कलियुगमा जति पनि छन्, ती सबैको शरीर खतम हुन्छ, बाँकी आत्माहरू पवित्र बनेर हिसाब-किताब पूरा गरेर जान्छन्। यो सबैको मृत्युको समय हो। आत्माहरू शरीर छोडेर जान्छन्। यो तिम्रो बुद्धिमा अहिले छ। जबसम्म हाम्रो कर्मातीत अवस्था हुँदैन, तबसम्म संगममा छौं। एकातर्फ छन् करोडौं मनुष्य, दोस्रोतर्फ केवल थोरै तिमी छौ। तिमीहरूमा पनि कति छन्, जो निश्चय बुद्धि बन्दै जान्छन्। निश्चय बुद्धि विजयन्ती नै फेरि गएर विष्णुको गलाको माला बन्छन्। एउटा छ रूद्राक्षको माला, दोस्रो छ रुण्ड माला। त्यस रुण्ड मालामा सानो-सानो अनुहार हुन्छ। यो निशानी हो। हामी आत्माहरू नै आएर फेरि बाबाको गलाको मालाको दाना बन्छौं फेरि यहाँ नम्बरवार आउँछौं। माला ८ को पनि छ, १०८ को पनि छ, १६१०८ को पनि छ। अब १६ हजार छन् वा ५-१० हजार छन्, त्यसको कुनै हिसाब निकालिदैन। यी मालाहरूको गायन छ। बाबा भन्नुहुन्छ– यो सबै तिमीले किन विचार गर्छौ? जति राजाहरू कल्प पहिले सत्ययुग त्रेतामा बनेका थिए, उति नै बन्छन्। १०० बन्छन् वा २-३ सय बनुन्, यो सोध्नु छैन। 

    बाबा भन्नुहुन्छ– तिमी जति नजिक पुग्छौ, तिमीले यो सबै बुझ्दै जान्छौ। आज हामी यहाँ छौ, भोलि विनाश हुन्छ फेरि सत्ययुगमा थोरै मात्र देवी-देवता हुन्छन्। पछि गएर वृद्धि हुँदै जान्छ। सत्ययुगको लक्षण पनि देखिन थाल्छन्। बाँकी लाखौं गएर रहन्छन्, फेरि लाख रहुन् वा ९-१० लाख रहुन्, एक्युरेट भन्न सकिँदैन। हो, जब तिमी एक्युरेट सम्पूर्ण लायक बन्छौ, तिमीलाई अझै बढी साक्षात्कार हुन्छ। अहिले त धेरै कुरा बुझ्ने समय बाँकी छ। धेरै साक्षात्कार गरिरहनेछौ। लडाइको तयारी पनि धेरै भइरहनेछ। सबै चीजहरू महंगो हुँदै जान्छ। बेलायतमा पनि अब खुब ट्याक्स आदि लागिरहन्छन्। धेरै-धेरै महंगी बढेर फेरि एकदम सस्तो हुनेछ। सत्ययुगमा कुनै चीजमा खर्च हुँछैन। सबै खानी आदि भरपुर हुन्छन्। नयाँ दुनियाँमा वैभव धेरै हुन्छ। लक्ष्मी-नारायणको पासमा धेरै वैभव थियो नि। श्रीनाथ द्वारेमा मूर्तिहरूको अगाडि पनि कति वैभवको भोग लगाउँछन्। वहाँ धेरै माल बनाउँछन् र खाइरहन्छन्। भन्छन्– हामीले देवताहरूलाई भोग चढाउँछौं। भन्छन्– देवताहरूलाई भोग लगाएनौं भने नाराज हुन्छन्। अब यसमा नाराज हुने त कुरै छैन। तिमी कसैसँग नाराज हुँदैनौ। जान्दछौ– ड्रामा अनुसार यो विनाश हुनु नै छ। कलियुग बद्लिएर सत्ययुग हुन्छ। हामीले ड्रामालाई बुझ्दछौ। ड्रामा अनुसार अब नयाँ चक्र सुरू हुनु छ। तिमी पनि ड्रामाको वशमा छौ। ड्रामा अनुसार बाबा पनि आउनु भएको छ। ड्रामामा एक मिनेट पनि तल माथि हुन सक्दैन। जसरी बाबा आउनुभयो, तिमीले देख्यौ। कल्प पछि पनि ठीक यस्तै हुन्छ। शास्त्रहरूमा त कल्पको आयु लामो लेखिदिएका छन्। अहिले तिमी बच्चाहरूको बुद्धिमा छ– वास्तवमा विनाश सम्मुख खडा छ। अहिले तिमी फड्को मारिरहेका छौ। जान्दछौ– बाबालाई याद गरेर हामी कर्मातीत अवस्था अवश्य प्राप्त गर्नु छ अर्थात् तमोप्रधानबाट सतोप्रधान बन्नु छ। अहिले यदि पुरूषार्थ गरेनौ भने पद भ्रष्ट हुन्छ। हे आत्माहरू! तिमी अहिले पतित बनेका छौ। यो पनि जान्दछौ– धेरै किसिमका आउँछन्, जो अन्य धर्ममा बदली भएका छन्, उनीहरू निक्लेर आइरहन्छन्। आएर आफ्नो पुरूषार्थ गरिरहन्छन्– बाबाबाट वर्सा लिन। ब्राह्मण धर्ममा आएर फेरि देवता धर्ममा आउँछन्। ब्राह्मण धर्ममा आउँदैनन् भने फेरि देवता धर्ममा कसरी आउँछन्? ब्राह्मणको दिन-प्रतिदिन वृद्धि हुँदै जान्छ। देख्छन्– विनाश सम्मुख आइसकेको छ, यो त ठीकै भन्छन्, फेरि वृद्धि हुँदै जान्छ। ब्राह्मणहरूको वृक्षको वृद्धि भएर पूरा हुन्छ फेरि फर्केर जान्छन्। देवताहरूको वृक्ष बढ्नेछ। 

    अहिले तिमी संगममा राजयोग सिक्दैछौ। यस संगमलाई कल्याणकारी युग भनिन्छ। संगमको नै गायन छ– गंगा सागरको मेला देखाउँछन्। त्यो सबै हो भक्ति मार्गको। उहाँ हुनुहुन्छ ज्ञान सागर र उहाँबाट निक्लेका ज्ञान गंगाहरू। ज्ञान सागरसँग पतित-पावन शब्द जोडिन्छ। उनीहरू सम्झन्छन्– पतित-पावनी गंगा हो, त्यसैले फेरि गंगामा स्नान गर्दै आउँछन्। यी नदीहरू त सत्ययुग देखि नै हुन्छन्। आजकल त नदीहरूले पनि कहीँ कहीँ डुबाइदिन्छ। प्रकृति पनि तमोप्रधान, सागर पनि तमोप्रधान बनेका छन्। सागरमा छाल आयो भने सबैकुरा खलास हुन्छ। सत्ययुगमा केवल हामी थोरै मात्र रहन्छौं– यमुनाको तटमा। देहली परिस्तान थियो फेरि बन्नु छ। सत्ययुगमा थोरै मात्र जीव आत्माहरू रहन्छन् फेरि बिस्तारै-बिस्तारै आउँदै जान्छन्। अहिले छ– कलियुगको अन्त्य। कति धेरै मनुष्य भएका छन्। बेहदको नाटक हो, जसलाई राम्रोसँग बुझ्नु छ। चाहे कसैले आफूलाई कलाकार सम्झन्छन् पनि, तर कल्प ५ हजार वर्षको छ, यो कसैलाई थाहा छैन। कहाँ ८४ जन्म, कहाँ ८४ लाख। अहिले तिमी उज्यालोमा छौ। तिमीलाई बाबाबाट वर्सा मिल्छ। बाबा भन्नुहुन्छ– मनमनाभव। बाबालाई याद गर्नु छ। शिव भगवानुवाच, कृष्ण ज्ञानको सागर कहाँ हुन् र। भगवानको महिमा र देवताहरूको महिमामा धेरै फरक छ। बाबाले जुन नयाँ रचना रच्नुहुन्छ, उनीहरूको महिमा छ सर्वगुण सम्पन्नÒ अहिले तिमी यस्तो बनिरहेका छौ। बाबाको महिमा र यिनको महिमामा रात-दिनको अन्तर छ। यो राजयोग हो नि। गाइएको पनि छ– भगवानले राजयोग सिकाउनु हुन्छ। उहाँ हुनुहुन्छ निराकार, त्यसैले अवश्य निराकारबाट साकारमा आउनुपर्छ। भगवानको यति महिमा छ भने अवश्य आउनुपर्छ। उहाँको जन्म दिव्य अलौकिक छ, अरु कसैको जन्मलाई दिव्य जन्म भनिदैन। यो पनि बच्चाहरूलाई सम्झाइएको छ– एक लौकिक पिता, दोस्रो पारलौकिक पिता, जसलाई नै भगवान भनेर याद गर्छन् र तेस्रो अलौकिक पिता। उहाँ फेरि अनौठो पिता हुनुहुन्छ। बाबाले जब एडाप्ट गर्नुहुन्छ, बीचमा यी अलौकिक पिता आउँछन्। प्रजापिता ब्रह्माका कति धेरै बच्चाहरू छन्। शिवबाबा आएर ब्रह्माद्वारा तिमीलाई आफ्नो बनाउनु हुन्छ। कति ब्रह्माकुमार-कुमारी बन्छन्। लौकिक पिताका त धेरै भए ८-१० बच्चा होलान्। शिवबाबा पनि हुनुहुन्छ पारलौकिक पिता। उहाँका त अनेक बच्चाहरू छन्। सबै आत्माहरूले भन्छन्– हामी सबै भाइ-भाइ हौं। 

    अब फेरि यस संगममा अलौकिक पिता मिल्नुहुन्छ। यो ज्ञान तिमीलाई वहाँ रहँदैन। प्रजापिता ब्रह्मा बाबा मिल्नुहुन्छ नै तब, जब बाबा आएर नयाँ सृष्टि रच्नुहुन्छ। त्यसैले यो अलौकिक जन्म भयो नि, यसलाई कसैले बुझ्न सक्दैन। उनी लौकिक, उहाँ पारलौकिक र यी हुन् संगमयुगी अलौकिक पिता। लौकिक पिता त सत्ययुग देखि नै हुन्छन्। पारलौकिक पितालाई वहाँ कसैले याद गर्दैनन्, वहाँ हुन्छन् नै एक पिता। हे भगवान, हे परमात्मा भनेर याद गर्दैनन्। द्वापरमा जब भक्ति मार्ग सुरू हुन्छ, अनि दुईवटा पिता हुन्छन्। संगममा हुन्छन् तीनवटा पिता। प्रजापिता ब्रह्मा पनि अहिले मिल्छ। अहिले तिमी उनको बनेका छौ। जान्दछौ– उहाँ अलौकिक पिता हुनुहुन्छ। अहिले तिमीले यी कुरालाई राम्रोसँग जान्दछौ र याद गर्छौ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। सत्ययुगमा याद गर्ने आवश्यकता नै रहँदैन। दुःखमा पारलौकिक पितालाई सबैले स्मरण गर्छन्। यो त बिल्कुलै सहज कुरा छ। सत्ययुग त्रेतामा एक पिता हुन्छन्, द्वापरमा दुई पिता हुन्छन्। यस समयमा तिमी अलौकिक पिताका बच्चा बनेका छौ, जसद्वारा तिमीले वर्सा पाउँछौ। तिमी बच्चाहरू नै ब्राह्मण बन्छौ, फेरि देवता बन्छौ। विनाश पनि तिमीले नै देख्नु छ। तिमीले यी आँखाले देख्नेछौ, बमहरू छोड्नेछन्। मनुष्य त मर्छन् नि। जापानमा पनि बम छोडे। देख्यौ नि, कसरी मनुष्य मरे? यहाँ लडाई भइरहन्छ। स्वयं पनि भन्छन्– हामी हैरान हुन्छौं। १०-१० वर्षसम्म पनि लडाई चलिरहन्छ। बमले त सेकेण्डमा सबैकुरा खतम हुन्छ। आगोको सानो झिल्कोले शहर नष्ट हुन्छ। यो त बम हो। आगो पनि लाग्नु छ। 

    तिमी बच्चाहरू जान्दछौ– बाबा आउनु भएको छ स्थापना र विनाश गर्न। त्यसैले अवश्य यो सबै हुन्छ। अहिले पुरूषार्थ गर्ने समय हो। मायाले घरी-घरी तिम्रो बुद्धियोग तोडिदिन्छ। अहिले तिमी अडोल स्थिर कहाँ बनेका छौ र? भन्छौ– बाबा मायाको तूफान धेरै आउँछ। कसैले त दिनभरिमा आधा घन्टा पनि याद गर्दैनन्। बाबा भन्नुहुन्छ– तिमी कर्मयोगी हौ। ८ घन्टा त यो सेवा गर्नु छ। ८ घन्टा याद गर्न सकियोस् यति पुरूषार्थ गर्नु छ। याद गरिरहेमा विकर्म विनाश हुँदै जान्छ, यसलाई नै योग अग्नि भनिन्छ। यो हो मेहनत। गृहस्थ व्यवहारमा रहेर केवल याद गर्नु छ। यो पनि बाबाले बताउनु हुन्छ– जसले गहस्थ छोडेका छन्, बच्चा बनेका छन्, उनीहरूले पनि यति याद गर्दैनन्। घरमा रहनेले झन् बढी याद गर्छन्। अर्जुन र भीलको पनि उदाहरण छ नि। मेहनत छ– बाबालाई याद गर्नमा र चक्रलाई सम्झनु छ। महाभारत लडाई पनि अवश्य लाग्छ। सत्ययुगमा कहाँ लाग्छ र। तिमी बच्चाहरूलाई अन्धाहरूको लठ्ठी बन्नु छ। सबैलाई बाटो बताउनु छ– बाबालाई याद गरौं, चक्रलाई याद गरौं। स्वदर्शन चक्रधारी बनौं। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) कम्तीमा ८ घन्टा यादमा रहने पुरूषार्थ गर्नु छ। आफ्नो अवस्थालाई अचल-अडोल बनाउनको लागि यादको अभ्यास बढाउनु छ। लापर्बाही गर्नु हुँदैन।

    २) यो ड्रामा एक्युरेट बनेको छ, त्यसैले कसैसँग पनि नाराज हुनु छैन। निश्चयबुद्धि बन्नु छ।

    वरदान:

    स्नेही बन्ने गहन रहस्यलाई बुझेर सबैलाई राजी गर्नेवाला राजयुक्त, योगयुक्त भव:-  

    जो बच्चाहरू एक सर्वशक्तिमान बाबाको स्नेही बनेर रहन्छन्, उनीहरू सर्व आत्माहरूको स्नेही स्वतः बन्छन्। यस गहन रहस्यलाई जसले बुझ्दछन्, उनीहरू राजयुक्त, योगयुक्त वा दिव्यगुणले युक्तियुक्त बन्छन्। यस्ता राजयुक्त आत्माले सबै आत्माहरूलाई सजिलै राजी गर्छन्। जसले यस रहस्यलाई जान्दैनन्, उनले कहिल्यै अरुलाई नाराज गर्छन् र कहिले स्वयं नाराज रहन्छन्। त्यसैले सदा स्नेहीको राजलाई जानेर राजयुक्त बन।

    स्लोगन:

    जो निमित्त छन् उनीहरू जिम्मेवारी सम्हालेर पनि सदा हल्का रहन्छन्।   



    ***OM SHANTI***