BK Murli 5 August 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 5 August 2016 Nepali

    २१ श्रावण शुक्रबार 05.08.2016 बापदादा मधुवन

    “मीठे बच्चे— बाबाको राइट हेन्ड बन्नु छ भने हरेक कुरामा राइटियस (सदाचारी) बन, सदा श्रेष्ठ कर्म गर।”  

    प्रश्न:

    कुनचाहि संस्कारले सेवामा धेरै विघ्न पार्छ?

    उत्तर:

    भाव-स्वभावका कारणले आपसमा जुन द्वैत मतको संस्कार हुन्छ, त्यसले सेवामा धेरै विघ्न पार्छ। दुई मतले धेरै नोक्सान हुन्छ। क्रोधको भूत यस्तो छ, जसले भगवानसँग पनि सामना गर्न पछि पर्दैनन्। त्यसैले बाबा भन्नुहुन्छ— प्यारा बच्चाहरू! यस्तो कुनै पनि संस्कार छ भने त्यसलाई निकालिदेऊ।

    गीतः—

    तकदीर जगाकर आई हूँ...

    ओम् शान्ति।

    मीठा-प्यारा रुहानी बच्चाहरूले गीत सुन्यौ। रुहानी बच्चाहरू अर्थात् शिवबाबा, जो परम आत्मा हुनुहुन्छ, उहाँका बच्चा आत्माहरूले शरीररुपी कर्मेन्द्रियहरूद्वारा गीत सुन्यौ। अब त बच्चाहरू आत्म-अभिमानी बन्नु छ। धेरै मेहनत पनि छ। घरी-घरी आफूलाई आत्मा सम्झिएर बाबालाई याद गर्नु छ। यो हो गुप्त मेहनत। बाबा पनि गुप्त, त्यसैले मेहनत पनि गुप्त गराउनुहुन्छ। बाबा स्वयं आएर भन्नुहुन्छ— प्यारा बच्चाहरू! मलाई याद गर्यौ भने कल्प ५ हजार वर्ष पहिले जस्तै फेरि सतोप्रधान बन्छौ। बच्चाहरूले जान्दछन्— हामी नै सतोप्रधान थियौं फेरि हामी नै अहिले तमोप्रधान बनेका छौं। सतोप्रधान अवश्य बन्नु छ। गीतमा पनि भनिएको छ— तकदिर जुन गुमाएका छौं, त्यो फेरि पाउनको लागि पुरूषार्थ गराउने एक सर्वशक्तिमान बाबा हुनुहुन्छ, किनकि सबैलाई पावन बनाउनुहुन्छ नि। बाबाले बच्चाहरूलाई सम्झाउनुहुन्छ— हे रुहानी बच्चाहरू! अहिले तकदिर बनाउन आएका छौ। विद्यार्थीहरू विद्यालयमा तकदिर बनाउन जान्छन् नि। उनीहरू त साना बच्चा हुन्छन्। तिमी साना छैनौ, तिमी त ठूला बुज्रुक छौ। तकदिर बनाइरहेका छौ। हो, कोही वृद्घ पनि छन्। वृद्घ अवस्थामा भन्दा जवानीमा पढ्न राम्रो हुन्छ। जवानको बुद्घि राम्रो हुन्छ। यो त सबैको लागि धेरै सहज छ। तिम्रो शरीर त ठूलो छ नि। यिनी त साना छन्, त्यति बुझ्न सक्दैनन् किनकि कर्मेन्द्रियहरू साना छन्। स्तुति-निन्दा, दुःख-सुख यी कुरालाई तिमीले बुझ्न सक्छौ। आत्मा त बिन्दु हो। शरीर बढिरहन्छ। आत्मा त एकनास नै रहन्छ। कहिल्यै घट्ने-बढ्ने हुँदैन। तिम्रो आत्माको बुद्घिको लागि बाबाले कस्तुरी जस्तो सौगात दिइरहनु भएको छ किनकि अहिले त बुद्घि बिलकुल तमोप्रधान बनेको छ। त्यही अब स्वच्छ पनि बनिरहेको छ। यी चित्रहरू तिमीलाई सम्झाउँदा धेरै काममा आउँछन्। भक्तिमार्गमा देवताहरूको अगाडि गएर शिर निहुराउँछन्, पूजा गर्छन्। पहिले तिमी पनि अन्धश्रद्घाले जान्थ्यौ। शिवको मन्दिरमा जान्थ्यौ। तिमीलाई यो कहाँ थाहा थियो र— यो शिवबाबाको प्रतिमा हो भनेर। बाबाबाट अवश्य वर्सा मिलेको थियो, त्यसैले त उहाँको महिमा गायन गरिन्छ। कसैले राम्रो काम गरेर गए भने उनको महिमा गायन गरिन्छ। हुलाक टिकट बनाउनुपर्छ शिवबाबाको। शिवबाबा गीताका उपदेशक.... यस्तो टिकट सजिलै बन्न सक्छ। उहाँ बाबा सबैलाई सुख दिनेवाला हुनुहुन्छ। बाबा भन्नुहुन्छ— म तिमीलाई सुखधामको मालिक बनाउनेवाला हुँ। वृद्घ माताहरूले पनि यो त बुझेका छौ— हामी आएका छौं शिवबाबाको पासमा, जो विचित्र हुनुहुन्छ, जसले यो चित्रमा प्रवेश गर्नुभएको छ। निराकारलाई विचित्र भनिन्छ। बुद्घिमा रहन्छ— हामी शिवबाबाको पास जान्छौं, जसले यो अस्थायी चित्र धारण गर्नुभएको छ। पतितलाई पावन बनाएर मुक्ति-जीवनमुक्ति दिनुहुन्छ अथवा शान्तिधाम, सुखधामको निवासी बनाउनुहुन्छ। मनुष्यहरूले शान्तिको लागि नै कोसिस गर्छन्। भगवान मिलोस् अनि शान्ति मिल्छ, सुखको लागि पुरूषार्थ गर्दैनन्। बाबाको पासमा घर जान पाऊँ, भगवान मिलोस्, पुग्यो। यस समयमा सबै मुक्तिको चाहना राख्छन्। जीवनमुक्ति लिने केवल तिमी ब्राह्मण छौ। बाँकी सबैले मुक्तिको चाहना राख्छन्। जीवनमुक्तिको बाटो बताउने कोही छँदै छैन। संन्यासी आदिको पासमा गएर शान्ति माग्छन्। भन्छन्— मनको शान्ति कसरी मिल्छ? जति पनि बाटो बताउँछन्, उनीहरू हुन् नै मुक्तिमा जानेवाला। मोक्ष कस्तो हुन्छ, त्यो पनि बुद्घिमा आउँदैन। दिक्क भएर भन्छन्— मुक्तिमा जान पाए त हुन्थ्यो। वास्तवमा मुक्तिधाम हो आत्माहरूको रहने स्थान। यति सेन्टरहरूमा बच्चाहरू छन्, सबैले जान्दछन्— हामीले नयाँ दुनियाँको लागि राज्य-भाग्य लिन्छौं। बाबाले हामीलाई नयाँ दुनियाँको राज्य दिनुहुन्छ। कहाँ दिनुहुन्छ? नयाँ दुनियाँमा दिनुहुन्छ वा पुरानो दुनियाँमा दिनुहुन्छ? बाबा भन्नुहुन्छ— म संगममा आउँछु। म नत सत्ययुगमा, नत कलियुगमा आउँछु। दुवैको बीचमा आउँछु। बाबाले त सबैलाई सद्गति दिनुहुन्छ नि। यस्तो त होइन, दुर्गतिमा छोडेर जानुहुन्छ। सद्गति र दुर्गति दुवै एकसाथ रहन सक्दैनन्। बच्चाहरूले जान्दछन्— यो पुरानो दुनियाँ विनाश हुनु छ, त्यसैले यससँग प्यार राख्नु छैन। बुद्घिले भन्छ— अवश्य हामी संगममा छौं, यो दुनियाँ बदलिँदैछ, अहिले बाबा आउनुभएको छ। बाबा भन्नुहुन्छ— म कल्प-कल्प संगममा आउँछु। तिमीलाई दुःखबाट छुटाएर हरिको द्वार लैजान्छु। यो ज्ञानको कुरा हो। हरिद्वार अर्थात् कृष्णको द्वार कृष्णपुरीलाई भनिन्छ। त्यसको पछाडि फेरि लक्ष्मण झुला लगाइदिएका छन्। पहिला हरिद्वार आउँछ। सत्ययुगलाई हरिद्वार भनिन्छ। फेरि राम, लक्ष्मण आदि देखाउँछन्। त्यस्तो कुनै कुरा होइन। त्यो त बनावटी कुरा हो। रामका कति भाइहरू देखाएका छन्! ४ भाइ त हुँदैनन्। ४-८ भाइ त यहाँ हुन्छन्। एकातर्फ छन् ईश्वरीय सन्तान, अर्कातर्फ छन् आसुरी सन्तान।

    अहिले तिमीले जान्दछौ— शिवबाबा ब्रह्मा तनमा आउनुभएको छ। शिवबाबा हुनुहुन्छ, ब्रह्मा हुन् दादा। प्रजापिता हुन्। उहाँ आत्माहरूका पिता त अनादि हुनुहुन्छ। यस समयमा ब्राह्मणहरूलाई रच्नुहुन्छ। यस्तो होइन— शिवबाबाले शालिग्रामलाई रच्नुहुन्छ। शालिग्राम त अविनाशी छँदै छन्। बाबा आएर केवल पवित्र बनाउनुहुन्छ। जबसम्म आत्मा पवित्र बन्दैन, तबसम्म शरीर पवित्र कसरी बन्न सक्छ? हामी आत्माहरू पवित्र थियौं, त्यसैले सतोप्रधान थियौं। अहिले अपवित्र तमोप्रधान छौं, फेरि सतोप्रधान कसरी बन्ने? यो त सजिलै बुझ्ने कुरा हो। तिमी यस समयमा मैला पर्नाले पतित तमोप्रधान भएका छौं। अब फेरि सतोप्रधान बन्नु छ। हिसाब-किताब चुक्ता गरेर सबै शान्तिधाम वा सुखधाममा आउँछौं। आत्माहरू निराकारी घरबाट कसरी आउँछौं, त्यसको यादगार पनि वृक्षमा बल्ब लगाएर क्रिश्चियनहरूले मनाउँछन्। तिमीले जान्दछौ— यी सबै धर्मका बेग्ला-बेग्लै शाखाहरू हुन्। त्यहाँबाट पहिला आत्माहरू कसरी क्रमैसँग तल उत्रिन्छन्, यसको तिमीलाई ज्ञान मिलेको छ। हामी आत्माहरूको घर शान्तिधाम हो। अहिले हो संगम। त्यहाँबाट सबै आत्माहरू आउँछन् फेरि सबै जान्छन्। प्रलय हुने कुरा त होइन। तिमीले जान्दछौ— हामी बाबासँग भाग्य बनाउन र फेरि स्वराज्य लिन आएका छौं। यो कुनै केवल भन्ने मात्र होइन। यादद्वारा नै वर्सा मिल्छ। बाबा भन्नुहुन्छ— देह सहित जति पनि देहका मित्र-सम्बन्धी आदि छन्, सबैलाई बिर्सिदेऊ। चित्र र विचित्र हुन्छ नि। विचित्र उसलाई भनिन्छ, जसलाई देखिँदैन। यो धेरै महीन कुरा हो। आत्मा कति सानो हुन्छ। त्यसले घरी-घरी पार्ट खेल्नुपर्छ। अरु कसैको बुद्घिमा यस्तो कुरा हुँदैन। पहिला त यो बुद्घिमा बसाउनुपर्छ— हामी आत्मा हौं, उहाँ हाम्रा बाबा हुनुहुन्छ। उहाँलाई नै पतित-पावन, हे भगवान भनेर याद गर्छन्। अन्त कहीँ जाने आवश्यकता छैन। याद पनि एकैलाई गर्नुपर्छ नि। भगवानलाई याद गर्छन् भने अवश्य उहाँबाट केही मिल्छ। फेरि द्वार-द्वार धक्का किन खान्छन्! भगवानलाई त परमधामबाट आउनुपर्छ नि। हामी त जान सक्दैनौं किनकि पतित छौं। पतित वहाँ जान सक्दैनन्। अहिले तिमीलाई अनौठो लाग्छ। भक्तिमार्गको पार्ट कति अनौठो छ! एक भगवानलाई नै याद गर्छन्। भन्छन्— हे ईश्वर, हे परमपिता, ओ गड फादर। जब उहाँ एक मात्र हुनुहुन्छ भने फेरि अर्कोतिर धक्का किन खान्छन्? उहाँ माथि रहनुहुन्छ। तर यो सबै निश्चित छ। ड्रामा अनुसार भक्ति गर्छन्, बेहद अज्ञानताले। अहिले तिमी फेरि बेहद समझदार बन्छौ। श्रीमतमा चल्नेहरू नै समझदार बन्छन्। उनीहरू फेरि छिपेर रहन सक्दैनन्। उनीहरूले सदैव श्रेष्ठाचारी काम नै गर्छन्। बाबा भन्नुहुन्छ— म दुःख-हर्ता सुख-कर्ता हुँ, त्यसैले बच्चाहरू पनि कति मिठो बन्नुपर्ने हुन्छ। बाबाको दाहिने हात बन्नुपर्छ। यस्ता बच्चाहरू नै बाबालाई प्रिय लाग्छन्। दाहिने हात हौ नि। तिमीलाई थाहा छ— देब्रे हातले त्यति काम गर्न सकिँदैन, किनकि राइट हेन्डद्वारा श्रेष्ठ काम गरिन्छ। त्यसैले यी दाहिने हातलाई नै शुभ कार्यमा लगाउँछन्। पूजा सदैव दाहिने हातले गरिन्छ। बाबा भन्नुहुन्छ— हरेक कुरामा सदाचारी बन। बाबा मिल्नुभएको छ त्यसैले खुशी हुनुपर्छ।

    बाबा भन्नुहुन्छ— म एकलाई नै याद गर, तब अन्त्य मति सो गति हुन्छ। मत र गत अर्थात् गति गर्ने मत एउटै मात्र छ। गायन पनि छ— ईश्वरको गति मति ईश्वरले नै जान्नुहुन्छ। पतित-पावन उहाँ नै हुनुहुन्छ। उहाँले जान्नुहुन्छ— मैले मनुष्यहरूलाई पावन बनाएर दुर्गतिबाट सद्गतिमा कसरी लैजान्छु? भक्तिमार्गमा कति मेहनत गर्छन् तर पनि सद्गति हुँदैन। फल केही पनि मिल्दैन। सद्गति दिने त एक बाबा मात्रै हुनुहुन्छ। भक्तिमा जसले जुन भावनाले पूजा गर्छन्, उनीहरूलाई त्यो फल दिने म नै हुँ। त्यो पनि ड्रामामा निश्चित छ। उनीहरूलाई स्वतः मिल्छ, आफ्नो पुरूषार्थद्वारा। अब पवित्र पनि आफ्नो पुरूषार्थद्वारा बन्नु छ। बाबा भन्नुहुन्छ— मीठा-प्यारा बाबालाई याद गर। उहाँ नै सर्वशक्तिमान, सर्वोच्च अधिकारीले कति राम्रो बनाउनुहुन्छ। तिमीले सबैथोक जानिसकेका छौ, फेरि बाबासँग वर्सा लिइरहेका छौ। रचयिता र रचनाको ज्ञान तिम्रो बुद्घिमा छ। तिमीले जान्दछौ— यो ज्ञान हामीमा थिएन। यज्ञ-तप आदि गर्नु, शास्त्र आदि सुन्नु— त्यो हो शास्त्रहरूको ज्ञान। त्यसलाई भक्ति भनिन्छ। त्यसमा लक्ष्य-उद्देश्य केही छैन। पढाइमा लक्ष्य-उद्देश्य रहन्छ। कुनै न कुनै प्रकारको ज्ञान हुन्छ। हामीलाई पतितबाट पावन बन्ने ज्ञान पतित-पावन बाबाले दिनुभएको छ। सृष्टिको आदि, मध्य, अन्त्यको ज्ञान बाबाले दिनुभएको छ। यो सृष्टि चक्र कसरी घुम्छ? यसमा सबै कलाकार पार्टधारी हुन्। यो अनादि नाटक बनेको छ। यो बेहदको ज्ञान त अवश्य हुनुपर्छ।

    तिमी बच्चाहरूले जान्दछौ— अहिले हामी घोर अन्धकारबाट निस्किएर उज्यालोमा गइरहेका छौ। तिमी अहिले देवता बनिरहेका छौ। यो पनि सम्झाउनु छ— आदि सनातन त देवी-देवता धर्म हो, जसलाई हिन्दू धर्म भनिदिएका छन्। बिस्तारै-बिस्तारै यो कुरा पनि बुझ्नेछन्। बच्चाहरू खडा हुनुपर्छ। यसमा त धेरै बच्चाहरू चाहिन्छ। दिल्लीमा सभा गर्नुपर्छ। परिस्तान पनि दिल्लीलाई भनिन्छ। यही जमुनाको किनार थियो। दिल्ली राजधानी हो। धेरैको हातमा आएको छ। देवताहरूको राजधानी पनि यहीँ थियो। दिल्लीमा धेरै ठूलो सभा हुनुपर्छ तर माया यस्तो छ, जसले गर्न दिँदैन। धेरै विघ्न पार्छ। आजभोलि भाव-स्वभाव पनि धेरै भएको छ। बच्चाहरू आपसमा मिलेर सेवामा लाग्नु छ। उनीहरू पनि आपसमा मिल्दैनन् त्यसैले राजाई नै उड्छ। दुई पार्टी भएर राष्ट्रपतिलाई पनि हटाइदिन्छन्। द्वैतमतले धेरै नोक्सान गर्छ। फेरि भगवानसँग पनि सामना गर्न पछि पर्दैनन्। नोक्सान पनि धेरै पार्छन्। क्रोधको भूत आउँछ, फेरि कुरै नगर। त्यसैले बाबा भन्नुहुन्छ— गुड जाने गुड की गोथरी जाने। बाबाले बच्चाहरूलाई सृष्टिको आदि, मध्य, अन्त्यको ज्ञान सुनाइरहनु भएको छ। अब कसैले धारणा गरोस् वा नगरोस्, त्यो पुरूषार्थ माथि भरपर्छ। यस्तो होइन कसैमाथि बाबाले आशीर्वाद वा कृपा गर्नुहुन्छ। यसमा कृपा आदि माग्ने कुरा छैन। प्रेरणाबाट यदि योग र ज्ञान सिकाउने भए फेरि म यो फोहोरी दुनियाँमा आउँथें नै किन? प्रेरणा, आशीर्वाद यी सबै भक्तिमार्गका शब्द हुन्। यसमा पुरूषार्थ गर्नुपर्ने हुन्छ, प्रेरणाको कुरा छैन। तिमीलाई ३ इन्जिन मिलेको छ एकैसाथ। वहाँ त पिता अलग्गै, शिक्षक अलग्गै, गुरू अन्त्यमा मिल्छ। यहाँ त तीनै सँगै हुनुहुन्छ। बाबा भन्नुहुन्छ— मैले तिमीलाई पूज्य बनाउँछु, तिमी फेरि पुजारी बन्छौ। बडो युक्तिले सम्झाउनुपर्छ। यस्तो नहोस्— कोही बेहोश बनोस्। पहिले मुख्य हो— दुई पिताको कुरा। भगवान पिता हुनुहुन्छ, उहाँको जन्म शिवजयन्ती पनि यहाँ मनाउँछन्। अवश्य स्वर्गको मालिक बनाउनुहुन्छ। यहाँ नै स्वर्ग थियो। अहिले नर्कको विनाशको लागि महाभारत लडाईं तयार छ। अवश्य बाबा, नयाँ दुनियाँको स्थापना गराउनेवाला, पनि हुनुहुन्छ। बाबाको श्रीमत अनुसार नै हामीले भन्छौं— विश्वलाई पावन बनाएर नै छोड्छौं। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) जसरी बाबा दुःख-हर्ता सुख-कर्ता हुनुहुन्छ, त्यस्तै बाबा समान बन्नु छ। धेरै मिठो बन्नु छ। सदैव शुभ कार्य गरेर बाबाको दाहिने हात बन्नु छ।

    २) कहिल्यै दुई मत बनाउनु छैन। भाव-स्वभावमा आएर एक-अर्कासँग सामना गर्नु छैन। क्रोधको भूत निकालिदिनु छ।

    वरदान:

    निमित्त आत्माहरूद्वारा कर्मयोगी बन्ने वरदान प्राप्त गर्ने मास्टर वरदाता भव:-  

    निमित्त आत्माहरूद्वारा कर्मयोगी बन्ने वरदान प्राप्त गर्ने मास्टर वरदाता भव:- जब कुनै पनि चीज साकारमा देखिन्छ भने त्यसलाई छिटै ग्रहण गर्न सकिन्छ। त्यसैले निमित्त बनेका जो श्रेष्ठ आत्माहरू छन्, उनीहरूको सेवा, त्याग, स्नेह, सर्वको सहयोगीपनको प्रत्यक्ष कर्म देखेर जुन प्रेरणा मिल्छ, त्यही वरदान बन्छ। जब निमित्त आत्माहरूले कर्म गर्दा यी गुणहरू धारणा भएको देख्छन्, तब सहज कर्मयोगी बन्ने मानौं वरदान मिल्छ। जसले यसरी वरदान प्राप्त गरिरहन्छन्, उनीहरू स्वयं पनि मास्टर वरदाता बन्छन्।

    स्लोगन:

    नामको आधारमा सेवा गर्नु अर्थात् उच्च पदमा नाम पछाडि पार्नु हो।  



    ***OM SHANTI***