BK Murli 6 August 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






     BK Murli 6 August 2016 Nepali

    २२ श्रावण शनिबार 06.08.2016 बापदादा मधुवन

    “मीठे बच्चे— तिमीले आफ्नो योगबलद्वारा यस पुरानो दुनियाँलाई परिवर्तन गरेर नयाँ बनाउँछौ, तिमी प्रकट भएका हौ रुहानी सेवाको लागि।”   

    प्रश्न:

    इमानदार सच्चा पुरूषार्थी बच्चाहरूको निशानी के हुन्छ?

    उत्तर:

    १) इमानदार बच्चाहरूले कहिल्यै पनि आफ्नो भूललाई लुकाउँदैनन्। झट्ट बाबालाई सुनाउँछन्। उनीहरू धेरै निरहंकारी हुन्छन्। उनीहरूको बुद्धिमा सदा यही विचार रहन्छ— जस्तो कर्म मैले गर्छु...। २) उनीहरूले कसैको डिस-सर्विसको वर्णन गर्दैनन्। आफ्नो सेवामा लागिरहन्छन्। उनीहरू कसैको पनि अवगुण देखेर आफ्नो दिमागलाई खराब गर्दैनन्।

    गीतः—

    धीरज धर मनुवा......

    ओम् शान्ति।

    मीठा-प्यारा रुहानी बच्चाहरूप्रति रुहानी बाबा धैर्य दिनुहुन्छ। जसरी लौकिक बाबाले पनि धैर्य दिन्छन् नि। कोही बिमारी भयो, उनलाई धैर्य दिन्छन्। तिम्रो बिमारीको, दुःखका दिन बदलिएर सुखका दिन आउँछ। ती हदका बुवाले हदको धैर्य दिन्छन्। अब यहाँ त हुनुहुन्छ बेहदका बाबा। बच्चाहरूलाई बेहदको धैर्यता दिइरहनु भएको छ। प्यारा बच्चाहरू अहिले तिमीहरूका सुखका दिन आइरहेका छन्। बाँकी यी थोरै दिन छन्। अब तिमी बाबाको यादमा रहेर अरुलाई पनि सिकाऊ। तिमी पनि शिवशक्तिहरू हौ। शिवबाबाका शक्तिसेना फेरि प्रकट भएका छौ। यी गोप पनि आत्माहरू हुन्। यी सबैले पनि शिवबाट शक्ति लिन्छन्। तिमीले पनि शक्ति लिन्छौ। बाबाले सम्झाउनुभएको छ— यसमा कृपा वा आशीर्वादको कुनै कुरा छैन। यादमा रहेर शक्ति लिँदै जाऊ। यादद्वारा नै तिम्रो विकर्म विनाश हुन्छ र तिमी शक्तिमान बन्दै जान्छौ। शिवको शक्ति सेना यति सर्वशक्तिमान थिए, जसले पुरानो दुनियाँलाई पल्टाएर नयाँ बनाइदिए। तिमीले जान्दछौ— योगबलबाट हामीले यस पुरानो दुनियाँलाई पल्टाउँछौं। अंगुलीबाट पनि मानिस यस्तो इसारा गर्छन्— अल्लाहलाई, गडलाई याद गर। बच्चाहरूले अब जान्दछन्— बाबाको यादबाट यो पत्थरको पहाड अर्थात् दुनियाँ बदलिन्छ। अहिले हामी परिस्तान स्थापना गरिरहेका छौं। बाबा बच्चाहरूलाई सम्झाउनुहुन्छ— प्रदर्शनीमा खुब सेवा गर, मेहनत गर। जुन समय मिल्छ, त्यसमा बसेर सिक। धेरै सजिलो छ। बच्चाहरूलाई हर प्रकारको शिक्षा मिलिरहन्छ। हरेकको कर्मको हिसाब छ। कन्याहरूको कर्म राम्रो छ। जसको विवाह भइसकेको छ, उनीहरू भन्छन्— यस समय यदि म कन्या हुने हो भने यी सबै बन्धनबाट छुटेकी, स्वतन्त्र पन्छी हुन्थेँ। कन्याहरू स्वतन्त्र पन्छी हुन्। तर खराब संगतमा नोक्सान हुन जान्छ। स्त्रीलाई पुरूष, बच्चा आदिको कति बन्धन हुन्छ। यसमा रसम-रिवाज आदिका कति बन्धन रहन्छन्। कन्याहरूलाई कुनै बन्धन आदि हुँदैन। 

    अहिले बम्बईमा पनि कन्याहरू तयार भइरहेका छन्। भन्छन्— हामी आफ्नो प्रान्तलाई आफै सम्हाल्छौं। सबैले आफ्नो प्रान्तको लागि कति मेहनत गर्छन्। भन्छन्— हाम्रो गुजरात, हाम्रो यू.पी.... तिमी अहिले आफ्नो स्वराज्य लिन्छौ। यसमा म फलानो हुँ, फलानो प्रान्तको हुँ। यो पनि नरहोस्। तिमीलाई कसैसँग पनि ईष्र्या राख्नु हुँदैन। कसैको अवगुण आदि देखेर दिमाग खराब हुनु हुँदैन। आफूलाई हेर्नुपर्छ— मैले कति आत्माहरूलाई, भाइ-बहिनीलाई सुखको मार्ग बताएको छु! यदि मार्ग बताउँदैन भने ऊ कुनै कामको छैन। दिलमा चढ्न सक्दैन। बापदादाको दिलमा चढेन भने तख्तमा बस्न सक्दैन। बाबा जान्नुहुन्छ— कुनै-कुनै बच्चाहरूलाई सेवाको धेरै सोख छ। अलिकति पनि देहको अभिमान छैन। कोही-कोही त बडो अहंकारमा रहन्छन्। सम्झन्छन्— आफूमाथि होइन, बाबामाथि कृपा गर्दैछु। कहिल्यै पनि कसैको अवगुणलाई हेर्नु छैन। फलानो यस्तो छ, यसो गर्छ। आजकल यस्ता समझदार पनि छन्, जसले एक अर्काको डिस-सर्विसको गायन गर्छन्। फलानोले यसो गर्छ, यस्तो छ। अरे तिमी आफ्नो सेवा गर। ब्राह्मण बच्चाहरूको काम हो सेवामा लाग्नु। बाबा बस्नुभएको छ। बाबाको पासमा सबै समाचार आउँछ। हरेकको अवस्थालाई बाबा जान्नुहुन्छ। सेवा देखेर महिमा पनि गर्नुहुन्छ। बच्चाहरूमा सेवाको जोश आउनुपर्छ। हरेकले आफ्नो कल्याण गर्नु छ— यस रुहानी सेवाद्वारा। त्यो धन्दा आदि त जन्म-जन्मान्तर गर्दै आयौ। यो धन्दा विरलै कुनै व्यापारीले गर्छ। बाबाले तरिका धेरै सहज सम्झाउनुहुन्छ, सेवाको। कहिल्यै पनि अरुको निन्दा नगर। यस्तो धेरैले गर्छन्। राम्रा-राम्रा महारथीहरूलाई पनि मायाले नाकमा समात्छ। बाबालाई याद गरेनौ भने मायाले समात्छ। बाबा पनि भन्नुहुन्छ नि— मलाई साधारण तनमा आएको देखेर चिन्न सक्दैनन्। बाबालाई पनि राय दिन्छन्— यसो-यसो गर्नुपर्छ। अवस्था यस्तो हुन्छ, जसलाई बाबाले थोरै पनि इसारा गर्नुभयो भने ट्रेटर बन्छन्। बाबालाई पनि आफ्नो विचार पठाउँछन्। 

    भनाइ छ नि— मूसालाई बेसारको पोको मिल्यो, सम्झियो व्यापारी हुँ। यो बुझ्दैनन्— हामीले डिस-सर्विस गर्छौं। गल्ती त धेरैबाट भइरहन्छ। कहिले अवस्था उच्च, कहिले नीच। यो चल्दै आएको छ। हरेकले आफ्नो अवस्थालाई देखोस्। इमानदार बच्चाले आफ्नो अवस्था झट्ट बताउँछन्। कसैले त आफ्नो भूललाई लुकाउँछन्, यसमा बडो निरहंकारीपना चाहिन्छ। सेवालाई बढाउनमा लाग्नुपर्छ। सदैव यो विचार रहनुपर्छ— जस्तो कर्म मैले गर्छु, मलाई देखेर अरुले गर्नेछन्। मैले कसैको निन्दा गरेँ भने अरुले पनि गर्नेछन्। धेरैलाई यो विचार आउँदैन। बाबा सम्झाउनुहुन्छ— तिमी आफ्नो सेवामा लागिहाल। नत्र धेरै पछुताउँछौ। दुश्मन पनि धेरै बन्छन्। 

    तिमी अहिले शूद्रबाट ट्रान्सफर भएर ब्रह्मामुख वंशावली ब्राह्मण भएका छौ। जसमा ५ विकार छन्, उनीहरू हुन् आसुरी सम्प्रदाय। तिमी हौ दैवी सम्प्रदाय। तिमी देवता बन्नको लागि विकारमाथि विजय पाइरहेका छौ। देवताहरू त यहाँ छैनन्। देवताहरू सत्ययुगमा हुन्छन्। तिमी अहिले दैवी सम्प्रदाय बनिरहेका छौ। 

    तिमी बच्चाहरूलाई अहिले सम्झाउनको लागि चान्स मिल्छ। प्रदर्शनीमा सम्झाउँदै गर। प्रदर्शनी, मेलामा हरेकको अवस्था थाहा हुन्छ। प्रोजेक्टरमा त कसैलाई सम्झाउन सक्दैनौ। सम्मुख सम्झाउँदा नै बुझ्न सक्छन्। प्रदर्शनी मेला राम्रो चीज हो। त्यसमा लेख्न पनि सकिन्छ। प्रदर्शनी मेलाको सोख हुनुपर्छ। नित्य पढ्नाले नै नशा चढ्छ। बाँधेली हौ भने घरमा बसेर बाबालाई याद गरिराख, तब विकर्म विनाश हुन्छ। घरमा बस्दा पनि याद गर्नु राम्रो हो। तर याद गर्नु— यो बच्चाहरूको लागि बडो मुश्किल कुरा भएको छ। बाबा, जसबाट २१ जन्मको वर्सा मिल्छ, उहाँलाई याद गर्दैनन्। राम्रा-राम्रा भाषण गर्नेवाला महारथीले पनि बाबालाई याद गर्दैनन्। नत सबेरै उठ्न सक्छन्। उठिहाले भने पनि बसेर उँगिरहन्छन्। याद गर्नको लागि सबेरैको समय नै राम्रो हुन्छ। भक्तिमार्गमा पनि सबेरै उठेर यादमा लाग्छन्। उनीहरूको त झर्ने कला छ। यहाँ त छ नै चढ्ने कला। मायाले कति विघ्न ल्याउँछ। सबेरै उठेर बाबालाई याद गर्दैनौ भने धारणा कसरी हुन्छ? विकर्म विनाश कसरी हुन्छ? बाँकी केवल मुरली चलाउनु, त्यो त साना केटा-केटीले पनि सिकेर सम्झाउन थाल्छन्। यो पढाइ ठूलाहरूको लागि हो। कति ठूलो युनिभर्सिटी छ। हामीलाई पढाउनेवाला को हो— यो बच्चाहरूलाई नशा रहँदैन। मायाले कसैलाई धोका दियो भने हामी उसलाई नदेखी आफ्नो सेवामा लागिरहौं। बाबाको पासमा सबै समाचार आइरहन्छन्। कोही देह-अभिमानमा आएर सम्झन्छन्— यसले यसो गर्छ, यसो गर्छ। अरुको नै निन्दा गर्दै समय वेस्ट गर्छन्। तिम्रो काम हो सेवामा रहनु। कुनै पनि कुरा छ बाबालाई इसारा गर्यो, पुग्यो। परचिन्तन गर्नु हुँदैन। सेवामा बच्चाहरू दिन-रात लाग्नुपर्छ। तिम्रो धन्दा हो नै यो। नित्य प्रदर्शनीमा सम्झाऊ— उहाँ शिवबाबा, यी प्रजापिता ब्रह्मा। कल्प पहिले पनि प्रजापिता ब्रह्मा गाइएको छ। प्रजापिता ब्रह्माद्वारा मनुष्य-सृष्टि रच्नुहुन्छ। यस्तो होइन— मनुष्य छँदै थिएन। मनुष्य सृष्टि रच्नुहुन्छ अर्थात् काँडालाई फूल बनाउनुहुन्छ। ब्रह्माद्वारा सृष्टि रच्नुहुन्छ भने माथि कसरी सृष्टि रच्नुहुन्छ र! ब्रह्मा त यहाँ हुनुपर्यो नि। कति स्पष्ट सम्झाइन्छ। 

    बाबा भन्नुहुन्छ— म धेरै जन्मको अन्त्यको जन्ममा प्रवेश गरेर मनुष्यलाई देवता बनाउँछु। त्यसैले बच्चाहरूले सेवामा रात-दिन मेहनत गर्नुपर्छ। धन्दा आदिबाट थोरै समय निकालेर यसमा लाग्नुपर्छ। यस्तो होइन— फुर्सद मिल्दैन। बिमारी भयौ भने के फेरि यसो भन्छौ र— फुर्सद छैन! पुरूषार्थ गर्नुपर्छ। प्रेरणाले केही पनि हुन सक्दैन। भगवानबाट नै प्रेरणाले काम हुन सक्दैन भने अरुबाट कसरी हुनसक्छ? सम्झन्छन्— भगवानले के गर्न सक्नुहुन्न। मरेकालाई जिउँदो गर्न सक्नुहुन्छ। अरे! भगवानलाई तिमी भन्छौ— हे पतित-पावन! आएर हामीलाई पतितबाट पावन बनाउनुहोस्। अरु कुनै कुरा गर्दैनन्। यस्तो कहाँ भन्छन् र— आएर मुर्दालाई जिउँदो गरिदिनुहोस्। उहाँ हुनुहुन्छ नै पतित-पावन। दुनियाँ पावन थियो नि। बाबा भन्नुहुन्छ— म कल्प-कल्प आएर पावन बनाउँछु। मायाले फेरि आएर पतित बनाउँछ। अहिले फेरि म आएको छु पावन बनाउन। कति सजिलो कुरा बताउनुहुन्छ। वैद्यहरूले ठूलो बिमारीलाई पनि जडीबुटीद्वारा ठीक गरिदिन्छन्, फेरि उनीहरूको महिमा पनि हुन्छ। कसैलाई धन वा बच्चा मिल्यो भने भन्छन्— गुरू कृपा भयो। फेरि बच्चा मर्यो भने भन्छन्, भावी। यी सबै कुरालाई अहिले तिमी बच्चाहरूले बुझ्दछौ। संन्यासीहरू पवित्र बन्छन् त्यसैले उनीहरूको मान्यता हुन्छ। तर उनीहरू हुन् हठयोगी। उनीहरूले राजयोग सिकाउन सक्दैनन्। ती संन्यासी, हामी गृहस्थी। फेरि हामीले आफूलाई कसरी शिष्य भन्न सक्छौं। बाबा त भन्नुहुन्छ—बच्चाहरूले पूरा अनुसरण गर्नु छ— मनमनाभव। मलाई याद गर्यौ भने तिमी पवित्र बन्छौ अनि मसँगै जान्छौ। म त सदा पवित्र छु। मनुष्यले पतित बनाउँछन्, बाबाले आएर पावन बनाउनुहुन्छ। उहाँ पवित्रता, सुख-शान्तिका सागर हुनुहुन्छ। तिमीलाई पनि यस्तो बनाइरहनु भएको छ। तिमी योगबलद्वारा आत्मालाई पवित्र बनाउँछौ। जान्दछौ— हामीलाई फस्टक्लास शरीर मिल्नेछ। मनुष्यलाई देवता प्राक्टिकलमा बनाउनु छ। यस्तो कहाँ हो र— केवल देवताको कपडा आदि लगायो। 

    आफूमाथि पूरा ध्यान दिनु छ। देह-अभिमान नआओस्। बाबा म त हजुरबाट वर्सा लिएरै छोड्छु। तिमी पनि भन्छौ— हामी विश्वलाई श्रेष्ठाचारी बनाएर नै छोड्छौ। निश्चय भएकाले नै भन्छन् नि। कसैले त भन्छन्— यति थोरै समयमा कसरी हुन्छ? वास्तवमा कहिल्यै पनि यो संशय ल्याउनु हुँदैन। संशयमा आउनाले फेरि सेवामा उमंग हुँदैन। समय धेरै कम छ। जति हुन सक्छ पुरूषार्थ खुब गर्नुपर्छ। थोरै लडाईं आदिको हंगामा भयो भने फेरि हेर कति मेहनत गर्न थाल्छन्। सम्झन्छन् पनि— हामी यादमा पूरा रहँदैनौ फेरि त्यो समयमा मेहनत त गर्न सकिँदैन। त्यस समयमा त धेरै आपत्ति आदि हुन्छन्। त्यसैले बाबा भन्नुहुन्छ— जति हुन सक्छ फड्को मार्दै जाऊ। यो आत्माहरूको दौड हो। बाबा कति राम्रोसँग सम्झाउनुहुन्छ। निशानामा गएर अर्थात् बाबाको घर गएर फेरि आउनु छ, नयाँ दुनियाँमा। बडो राम्रो दौड छ। बाबा भन्नुहुन्छ— मलाई छोएर अर्थात् मूलवतनमा पुगेर फेरि आउनु छ। सबैभन्दा पहिले उनीहरू आउँछन्, जो योगयुक्त हुन्छन्। चाहना हुन्छ हामी मुक्तिधाममा जाऊँ। त्यसैले बाबा भन्नुहुन्छ— मलाई याद गर्यौ भने जान सक्छौ। मुक्तिधाममा त सबैलाई राम्रो लाग्छ, फेरि आउँछौं पार्ट खेल्न। मोक्ष कसैलाई मिल्दैन। ईश्वरीय इतिहास भूगोलमा मोक्ष शब्द छैन। एक सेकेन्डमा तिमीलाई जीवनमुक्ति मिल्छ, बाँकी सबै मुक्त भएर जान्छन्। रावण राज्यबाट मुक्त हुनु नै छ। जसले पुरूषार्थ गर्छ, उसैले नै उच्च पद पाउँछ। बच्चाहरू बडो मीठो बन्नु छ। स्वभाव बडो मीठो चाहिन्छ। क्रोधी बन्नु छैन। दुर्वासाको नाम छ नि। यी राजऋषिहरूमा पनि कोही-कोही यस्ता छन्। हमेसा आफ्नो दिलमा हात राख्नुपर्छ— म के गर्छु! यसबाट मलाई के पद मिल्छ! यदि सेवा गरिनँ, आफूसमान बनाइनँ भने के पद मिल्छ? थोरैमा राजी हुनु छैन। बाबा भन्नुहुन्छ— म आएको छु, बच्चाहरूलाई पूरा बादशाही दिन। त्यसैले हिम्मत राखेर गरेर देखाउनुपर्छ। केवल भनेर मात्र त हुन सक्दैन। बाबाको सेवामा त हड्डी पनि दिनु छ। गर्छन् पनि, फेरि कहाँ देह-अभिमान आउनाले नशा आउँछ, फेरि गिर्छन्। माया पनि कम पहलवान छैन। बाबाको श्रीमतमा नचल्दा मायाले आक्रमण गर्छ, अनि बाबालाई छोडिदिन्छन्। बाबाले सुखधामको मालिक बनाउनुहुन्छ, त्यसैले आफूमाथि दया आउनुपर्छ। बाबा राय बडो सहज दिनुहुन्छ। मायाका तूफान त धेरै आउँछन् तर महावीर बन्नु छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) सेवाको सोख राखेर आफ्नो र अरुको कल्याण गर्नु छ। कुनै पनि डिस-सर्विसको गायन गर्नु छैन। परचिन्तनमा आफ्नो समय गुमाउनु छैन।

    २) इमानदार र निरहंकारी बनेर सेवालाई बढाउनु छ। सबेरै-सबेरै उठेर बाबालाई प्यारसँग याद गर्नु छ। भनाइ र गराइ समान बनाउनु छ।

    वरदान:

    ज्ञान-योगको शक्तिशाली किरणद्वारा पुरानो संस्काररुपी कीटाणुलाई भस्म गर्ने मास्टर ज्ञान सूर्य भव:-  

    जस्तोसुकै पतित वातावरणलाई बदल्नको लागि अथवा पुरानो संस्काररुपी कीटाणुलाई भस्म गर्नको लागि यही स्मृति राख— म मास्टर ज्ञान सूर्य हुँ। सूर्यको कर्तव्य हो— प्रकाश दिनु र फोहोरलाई भस्म गर्नु। त्यसैगरी ज्ञान-योगको शक्ति वा श्रेष्ठ चलनद्वारा यही कर्तव्य गरिराख। यदि शक्ति कम छ भने ज्ञानले केवल प्रकाश दिन्छ तर पुरानो संस्काररुपी कीटाणु खत्तम हुँदैन। त्यसैले पहिले योग तपस्याद्वारा शक्तिशाली बन।

    स्लोगन:

    शुभ भावना, शुभ कामनाको श्रेष्ठ संकल्पले नै जम्माको खाता बढाउँछ।   



    ***OM SHANTI***