BK Murli 7 August 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 7 August 2016 Nepali

    २३ श्रावण आईतबार 07.08.2016 बापदादा मधुवन

    सेवामा सफलताको कुञ्जी


    आज बापदादाले सबै बच्चाहरूलाई कुन रुपमा देखिरहनु भएको छ? आज विश्व सेवाधारी बाबाले आफ्ना सेवाधारी बच्चाहरूलाई देखिरहनु भएको छ अर्थात् आफ्ना ईश्वरीय सेवाधारी बच्चाहरूलाई देखिरहनु भएको छ। जो हुन् नै ईश्वरीय सेवाधारी, उनीहरूलाई सदा स्वतः नै खुदा र खिदमत अर्थात् बाबा र सेवा दुवै साथ-साथ याद अवश्य रहन्छ। हुनत प्रायः आजकलको दुनियाँमा कसैले कसैको कार्य गर्दैनन् वा सहयोगी बन्दैनन्। त्यसैले एक अर्कालाई भन्छन्— भगावन्को नाममा यो कार्य गर वा खुदाको नाममा यो काम गर किनकि सम्झन्छन्— भगवानको नाममा सहयोग मिल्न सक्छ र सफलता पनि मिल्न सक्छ। कुनै असम्भव कार्य वा निराशाजनक कुरा भयो भने पनि यही भन्छन्— “भगवानको नाम लिएपछि काम हुन्छ।” यसबाट के सिद्ध हुन्छ? असम्भवबाट सम्भव, निराशाबाट आशा पूरा गर्ने कार्य बाबाले आएर गर्नु भएको थियो, त्यसैले त अहिलेसम्म यो कहानी चल्दै आएको छ। तिमीहरू सबै त हौ नै ईश्वरीय सेवाधारी। केवल भगवानको नाम लिनेवाला मात्र नभएर भगवानको साथी बनेर श्रेष्ठ कार्य गर्नेवाला हौ। त्यसैले ईश्वरीय सेवाधारी बच्चाहरूको हर कार्य सफल भईसकेको नै छ। ईश्वरीय सेवाधारीको कार्यमा कुनै असम्भव कुरा छैन। सबै सम्भव र सहज छ। ईश्वरीय सेवाधारी बच्चाहरूलाई विश्व परिवर्तनको कार्य के मुश्किल लाग्छ र? भइसकेको छ। यस्तो अनुभव हुन्छ हैन? सदा यही अनुभव गर्छौ— यो त अनेक पटक गरिसकेको हो। कुनै नौलो कुरा लाग्दैन। होला वा नहोला, कसरी होला, यो प्रश्न नै उठ्दैन किनकि बाबाको साथी हौ। जबकि अहिलेसम्म केवल भगवानको नामले नै काम हुन जान्छ भने साथमा कार्य गर्नेवाला बच्चाहरूको हर कार्य त सफल अवश्य हुनु नै छ, त्यसैले बापदादाले बच्चाहरूलाई सदा सफलतामूर्त भन्नुहुन्छ। सफलताका सितारा आफ्नो सफलताद्वारा विश्वलाई रोशन गर्नेवाला। त्यसैले सदा आफूलाई यस्तो सफलतामूर्त अनुभव गर्छौ? यदि चल्दा-चल्दै कहिले असफलता वा मुश्किलको अनुभव हुन्छ भने त्यसको कारण केवल सेवाधारी बन्न पुग्छौ। ईश्वरीय सेवाधारी बन्दैनौ। खुदालाई खिदमतबाट अलग गरिदिन्छौ त्यसैले एक्लै हुनाका कारण सहज मुश्किल हुन जान्छ र सफलताको मंजिल टाढा देखिनमा आउँछ। नाम नै छ ईश्वरीय सेवाधारी। त्यसैले कम्बाइण्डलाई अलग नगर। अलग गरिदिन्छौ नि! सदा यो नाम याद रह्यो भने सेवामा स्वतः नै ईश्वरीय जादु भरिन पुग्छ। सेवाको क्षेत्रमा जुन भिन्न-भिन्न प्रकारका स्व प्रति वा सेवा प्रति विघ्न आउँछ, त्यसको पनि कारण केवल यही हुन्छ, जुन स्वयंलाई केवल सेवाधारी सम्झन्छौ। ईश्वरीय सेवाधारी, केवल सेवा होइन, ईश्वरीय सेवा— यही स्मृतिले याद र सेवा स्वतः नै कम्बाइण्ड हुन जान्छ। याद र सेवाको सदा सन्तुलन रहन्छ हैन! जहाँ सन्तुलन छ वहाँ स्वयं सदा ब्लिसफुल अर्थात् आनन्द स्वरुप र अन्य प्रति सदा ब्लेसिँग अर्थात् कृपादृष्टि सहजै रहन्छ। उनीहरू माथि कृपा गरुँ, यो सोच्ने आवश्यकता पनि हुँदैन। हौ नै कृपालु। सधैंको काम नै हो कृपा गर्नु। यस्तो अनादि संस्कार स्वरुप बनेको छ? जुन विशेष संस्कार हुन्छ त्यसले स्वतः नै कार्य गरिरहन्छ। सोचेर गर्दैनौ, आफैं हुन्छ। बारम्बार यही भन्छौ— मेरो संस्कार यस्तो छ, त्यसैले भइ हाल्यो। मेरो त्यस्तो भावना होइन, मेरो लक्ष्य थिएन तर हुन गयो। किन? संस्कार छ। यस्तो भन्छौ नि हैन? कतिले भन्छन् मैले क्रोध गरेको होइन मेरो बोल्ने संस्कार नै यस्तै हो। यसबाट के सिद्ध हुन्छ? अल्पकालको संस्कार पनि स्वतः नै बोली र कर्ममा प्रकट हुन्छ। त्यसैले सोच— अनादि, वास्तविक संस्कार तिमी श्रेष्ठ आत्माहरूको कुन हो? सदा सम्पन्न र सफलतामूर्त। सदा वरदानी र महादानी— त्यसैले यी संस्कार स्मृतिमा रह्यो भने स्वतः नै सबै माथि कृपा दृष्टि अवश्य रहन्छ।

    अल्पकालको संस्कारलाई अनादि संस्कारमा परिवर्तन गर। त्यस पछि भिन्न-भिन्न प्रकारका विघ्न अनादि संस्कार प्रकट भए पछि सहजै समाप्त हुन जान्छ। बापदादालाई अहिलेसम्म पनि बच्चाहरूको स्व परिवर्तन वा विश्व परिवर्तनको सेवामा मेहनत देखेर सहन हुँदैन। ईश्वरीय सेवाधारी अनि मेहनत! जब नामबाट नै काम निकालिरहेका छन् भने तिमी त अधिकारी हौ। तिमीलाई मेहनत कसरी हुन सक्छ? फेरि पनि सानोतिनो गल्ती गर्छौ, कुनचाहिँ गल्ती गर्छौ, थाहा छ? राम्रोसँग थाहा भएर पनि किन गर्छौ? मजबूर बन्न पुग्छौ। केवल सानो गल्ती गर्छौ— “मेरो संस्कार, मेरो स्वभाव।” अनादि कालको सट्टामा मध्यकालको संस्कारलाई सम्झिन्छौ। मध्यकालको संस्कार स्वभावलाई मेरो संस्कार, मेरो स्वभाव सम्झिनु यही भूल हुन पुग्छ। यो रावणको स्वभाव हो, तिम्रो होइन। पराई चीजलाई आफ्नो मान्नु— यही गल्ती गर्छौ। मेरो भन्ने र सम्झिने गरेपछि मेरोमा स्वतः नै झुकाव हुन पुग्छ, त्यसैले छोड्न चाहेर पनि छोडन सक्दैनौ। बुझ्यौ— गल्ती के भएको छ?

    त्यसैले सदा याद राख ईश्वरीय सेवाधारी हौं। “मैले गरेको” होइन, खुदाले मद्वारा गराउनुभयो। यो एक स्मृतिद्वारा सहजै सबै विघ्नहरूको बीजलाई सदाको लागि समाप्त गरिदेऊ। सबै प्रकारका विघ्नहरूको वीज दुई शब्दमा हुन्छ। त्यो कुनचाहिँ दुई शब्द हुन्, जुन शब्दले नै विघ्नको रुप आउन पुग्छ? विघ्न आउने ढोका थाहा छ? त्यसैले त्यो नामीग्रामी दुई शब्द कुनचाहिँ हो? विस्तार त धेरै छ तर दुई शब्दमा सार आउँछ। १. अभिमान र २. अपमान। सेवाको क्षेत्रमा विशेष विघ्न यी दुई बाटोबाट आउँछ। कि त “मैले गरेको”, यो अभिमान कि त मलाई किन अगाडि राखिएन, मलाई यस्तो किन भनियो, यो मेरो अपमान गरियो। यही अभिमान र अपमानको भावना भिन्न-भिन्न विघ्नहरूको रुपमा आउँछ। जब हौ नै ईश्वरीय सेवाधारी, गर्ने गराउनेवाला बाबा हुनुहुन्छ भने अभिमान कहाँबाट आयो? अपमान कहाँबाट भयो? सानो गल्ती हो नि! त्यसैले भनिन्छ— खुदालाई जुदा (अलग) नगर। सेवामा पनि कम्बाइण्ड रुप याद राख। खुदा र खिदमत। के यस्तो गर्न आउँदैन? धेरै सहज छ। मेहनतबाट छुट्छौ। बुझ्यौ के गर्नु छ? अच्छा!

    यस्ता सदा अनादि संस्कार स्मृति स्वरुप, सदा स्वयंलाई निमित्त मात्र र बाबालाई करन-करावनहार अनुभव गर्ने, सदा स्वयं अनादि स्वरुप अर्थात् ब्लिसफुल, कुनै पनि प्रकारका विघ्नहरूको बीजलाई समाप्त गर्नमा समर्थ आत्मा, यस्ता सदा बाबाको साथी, ईश्वरीय सेवाधारीहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बापदादालाई यादप्यार एवं नमस्ते।

    अधर कुमारहरूसँगः— सबैले आफूलाई बाबाको स्नेही र सहयोगी श्रेष्ठ आत्माहरू सम्झन्छौ हैन? सदा यो नशा रहन्छ— हामी सर्वश्रेष्ठ आत्मा हौं किनकि बाबाको साथमा पार्ट बजाउनेवाला हौं। सारा चक्र भित्र यो समय बाबाको साथ पार्ट खेल्नको लागि निमित्त हौ। उच्च पार्ट खेल्नको लागि निमित्त हौ। सर्वोच्च भगवानको साथ पार्ट खेल्नेवाला कति उच्च आत्माहरू हुन गए। लौकिकमा पनि कुनै श्रेष्ठ पदवालासँग काम गर्दा उनीहरूलाई पनि कति नशा रहन्छ! प्रधानमन्त्रीको स्वकीय सचिवलाई पनि कति नशा रहन्छ। त्यसैले तिमी कसको साथमा छौ! सर्वोच्च बाबाको साथ अनि फेरि त्यसमा पनि यो विशेषता छ— एक कल्पको लागि होइन, अनेक कल्प यो पार्ट खेलेका थियौ र सदा खेलिरहन्छौ। परिवर्तन हुन सक्दैन। यस्तो नशामा रह्यौ भने सदा निर्विघ्न रहन्छौ। कुनै विघ्न त आउँदैन नि? वायुमण्डलको, भाइब्रेशनको, सँगतको कुनै विघ्न त छैन नि? कमलपुष्प समान छौ? कमलपुष्प समान न्यारा र प्यारा। बाबाको कति प्यारो बनेको छु, त्यसको हिसाब न्यारापनबाट लगाउन सक्छौ। यदि अलिकति न्यारा छौ, बाँकी फँसेका छौ भने प्यारो पनि त्यति नै हुन्छौ। जो सदा बाबाको प्यारा छन् उनीहरूको निशानी हो— स्वतः याद। प्यारो वस्तुको स्वतः सदा याद आइरहन्छ नि। त्यसैले यो कल्प-कल्पको प्रिय चीज हो। एक पटक बाबाको बनेका होइनौ, कल्प-कल्प बनेका छौ। त्यसैले यस्तो प्रिय वस्तुलाई कसरी भुल्न सक्छौ। बिर्सन्छौ तब जब बाबाभन्दा पनि अधिक कुनै अरु व्यक्ति वा वस्तु प्रिय सम्झिन पुग्छौ। यदि सदा बाबालाई प्रिय सम्झन्छौ भने बिर्सन सक्दैनौ। यस्तो सोच्नु पर्दैन— याद कसरी गरुँ, बिर्सने कसरी— यो आश्चर्य अनुभव गर्छौ। त्यसैले नाम अधरकुमार छ तर हौ त ब्रह्माकुमार। ब्रह्माकुमार विजयी हौ नि? अधरकुमार त अनुभवी कुमार हुन्। सबै अनुभव गरिसके। अनुभवीले कहिल्यै पनि धोखा खाँदैन। विगतको पनि अनुभवी र वर्तमानको पनि अनुभवी। एक-एक अधरकुमारले आफ्नो अनुभवद्वारा अनेकौंको कल्याण गर्न सक्छन्। यो हो नै विश्व कल्याणकारी ग्रुप। अच्छा!

    माताहरूसँगः— प्रवृत्तिमा रहेर पनि एक बाबा दोस्रो न कोही— यही स्मृतिमा रहन्छौ, यो चेकिंग गर्ने गर्छौ? किनकि प्रवृत्तिको वायुमण्डलमा रहेर पनि त्यो वायुमण्डलको असर नहोस्, सदा बाबाको प्यारमा रहनू, यसको लागि यही कुराको चेकिङ्ग हुनुपर्छ। निमित्त मात्र प्रवृत्ति हो, बाबाको यादमा रहनु छ। परिवारको सेवाको जतिसुकै पार्ट खेल्नु परे पनि ट्रस्टी भएर खेल्नु पर्छ। ट्रस्टी भयौ भने नष्टोमोहा हुन पुग्छौ। गृहस्थीपन भयो भने मोह आउँछ। बाबा याद नआउनु अर्थात् मोह छ। बाबाको यादमा हर प्रवृत्तिको कार्य पनि सहज हुन्छ किनकि यादबाट शक्ति मिल्छ। त्यसैले बाबाको यादको छत्रछायाँ मुनि रहन्छौ नि हैन? छत्रछायाँ मुनि रहनेहरू हर विघ्न देखि अलग हुन्छन्। माताहरू त बापदादालाई अति प्रिय लाग्छ किनकि माताहरूले धेरै सहन गरेका छन्। त्यसैले बाबाले यस्ता बच्चाहरूलाई सहन गरेको फल सहयोग र स्नेह दिइरहनु भएको छ। सदा साथी भएर रहनु। यस जीवनमा कति श्रेष्ठ साथी मिल्न गयो। जहाँ साथी छ, त्यहाँ भाग्य त छदै छ, त्यसैले सदा सुहागवती भव!

    यू.पी. र गुजरात जोनको विशेषताः— सबै स्थानहरूको आ-आफ्ना विशेषता छन्। यू.पी. पनि कम छैन भने गुजरात पनि कम छैन। दिल्ली पछि यू.पी. निस्कियो। जुन आदिमा स्थापनाका निमित्त बनेका छन् उनीहरूको पनि ड्रामामा विशेष पार्ट छ। फेरि पनि आदि वालाहरूले डबल चिट्ठा त लिएका छन् नि। साकार र निराकार— डबल चिट्ठा मिलेको छ। यो पनि कुनै कम पार्ट हो र! कल्प-कल्पको चरित्रमा सदा साथ रहनेको पनि यादगार छ। यो पनि विशेष भाग्य हो।

    अहिले पनि बापदादा अव्यक्त रुपमा सबै पार्ट खेल्नु हुन्छ तर पनि साकार त साकार नै हो। साकारमा आउनेको आफ्नो विशेषता अनि उनीहरूको फेरि आफ्नो विशेषता छ। यी अव्यक्तबाट साकारको स्नेह खिँच्नेवाला हुन्। कति छन् जसले साकारको साथ रहनेहरूले भन्दा पनि धेरै अनुभव अहिले गर्छन्। त्यसैले सबै एक-अर्को भन्दा अगाडि छन्। अच्छा!

    आज यू.पी. वालाहरूलाई मौका छ। नदीहरूको किनारामा यू.पी. धेरै छ। यमुना नदीको किनारामा राजधानी र रास देखाउँछन् तर यू.पी.को पतित-पावनी प्रख्यात छ, अर्थात् यू.पी.लाई सेवाको स्थान देखाइएको छ। त्यसैले यस्तो कोही यू.पी.बाट अवश्य निस्कन्छ जो अनेकौंको सेवाको निमित्त बनोस्। यस्तो कोही तयार हुन्छ। जसरी अमेरिकामा एक जनाबाट अनेकौंको सेवा भइरहेको छ, त्यस्तै यू.पी.बाट पनि कोही निस्कन्छ जुन एकबाट अनेकौंको सेवा हुन पुग्छ। आवाज त फैलिन्छ नि। जब विदेशबाट आवाज आउछ अनि सबै जाग्छन्। अहिले एकदम ठूला भी.आई.पी निस्केका छैनन्। अहिलेसम्म जुन भी.आई.पी. निस्केका छन्, तिनीहरूभन्दा प्रसिद्ध त उही विदेशकै मानिन्छ नि! जो प्राक्टिकल अनेकौंलाई सन्देश दिलाउनको लागि निमित्त बनिरहेका छन्। भारत पनि अगाडि जान सक्छ, तर यो अहिले सम्मको कुरा हो। आखिर जय-जयकार त भारतमा नै हुनु छ नि। विदेशबाट पनि जय-जयकारको नारा लगाउँदै-लगाउँदै पुग्नु त भारतमा नै छ नि। तिनीहरूको मुखबाट पनि यही निस्कन्छ— हाम्रो भारत। भारतमा बाबा आउनुभएको छ— यस्तो भनिदैन यू.एन.मा बाबा आउनुभएको छ। विदेश यतिखेर रेसमा अगाडि गइरहेको छ। अहिलेको कुरा हो, भोलि अर्को पनि बदलिन सक्छ। एक-अर्कालाई देखेर अरु पनि अगाडि बढ्छन्। अब यू.पी.को कुनै भी.आई.पी. ल्याऊ। पतित-पावनीले कसैलाई पावन गरेर छू मन्त्र गर।

    गुजरात वृद्धिमा नम्बरवन हुन पुग्यो। भी.आई.पीज पनि मंचमा आउँछन्। यस्ता भी.आई.पीज होस् जसले बेहदको सेवा गरोस्। गुजरातकोले गुजरातमा गरे, त्यो त सानो माइक भयो। चारैतर्फ गरुन् उसलाई भनिन्छ ठूलो माइक। अच्छा!


    वरदान:

    आफ्नो चंचल वृत्तिलाई परिवर्तन गरेर सतोप्रधान वायुमण्डल बनाउने जिम्मेवार श्रेष्ठ आत्मा भव:-  

    जुन बच्चाले आफ्नो चंचल वृत्तिहरूलाई परिवर्तन गर्छन् उनीहरूले सतोप्रधान वायुमण्डल बनाउन सक्छन् किनकि वृत्तिद्वारा वायुमण्डल बन्छ। वृत्ति चंचल तब हुन्छ जब वृत्तिमा यति धेरै ठूलो कार्यको स्मृति रहँदैन। यदि कुनै अति चंचल बच्चा व्यस्त हुँदा पनि चंचलता छोडदैनन् भने उसलाई बाँधिदिन्छन्। त्यस्तै यदि ज्ञान-योगमा व्यस्त हुँदा पनि वृत्ति चंचल भएमा एक बाबासँग सर्व सम्बन्धहरूको बन्धनमा वृत्तिलाई बाँधिदियौ भने चंचलता सहज समाप्त हुन जान्छ।

    स्लोगन:

    अलबेलापनको लहरलाई समाप्त गर्ने साधन हो बेहदको वैराग्य।  



    ***OM SHANTI***