BK Murli In Nepali 14 August 2016
३० श्रावण आईतबार 14.08.2016 बापदादा मधुवनयोद्धा होइन दिलतख्तनशीन बनआज दूरदेशमा रहने परदेशी बाबा आफ्ना बच्चाहरूसँग मिल्न आउनुभएको छ। बच्चाहरूलाई पनि स्वदेशको स्मृति गराउन आउनुभएको छ, समर्थ बनाएर साथ लिएर जान आउनुभएको छ। स्वदेश स्मृतिमा आयो नि हैन? यो पराय देश र पराय राज्य हो, जसमा पुरानै पुरानो देखिन्छ। व्यक्ति हेर वा वस्तु हेर सबै के देखिन्छ? सबै जीर्ण भइसकेका छन्। चारैतिर अन्धकार छाएको छ।यस्तो देशमा तिमीहरू सबै बन्धनमा बाँधिएका बन्धनयुक्त आत्मा बन्यौ, तब बाबा आएर स्वरुप र स्वदेशको स्मृति दिलाएर बन्धन-मुक्त बनाएर स्वदेशमा लैजानुहुन्छ। साथ-साथै स्वराज्यको अधिकारी बनाउनु हुन्छ। सबै बच्चाहरू आफ्नो स्वदेशमा जानको लागि तयार छौ? वा जसरी तिमीहरूले एक ड्रामा देखाउँछौ— स्वर्गमा जानको लागि चाहेर पनि केही मात्र तयार हुन्छन्। त्यत्तिकै कुरा बनाएर “जान्छौं-जान्छौं” भन्नेवाला त होइनौ? हिसाब-किताब समाप्त गरेका छौ वा अझै केही बाँकी रहेको छ? आफ्नो हिसाब-किताब समाप्त गरेको समाप्ति समारोह मनायौ वा अहिलेसम्म तयारी नै गरिरहेका छौ? यस्तो त सम्झदैनौ— अन्त्यमा यो समाप्ति समारोह मनाउनेछौं?समाप्ति समारोह अहिलेदेखि मनायौ भने अन्त्यमा सम्पूर्णता समारोह मनाउनेछौ। यो पुरानो हिसाब-किताब समाप्त गर्नु छ। त्यो अहिले गर्यौ भने लामो समयको बन्धनमुक्त, धेरै समयको जीवनमुक्त पद पाउन सक्छौ। नत्र भने अन्तसम्म युद्ध गर्नेवाला योद्धा नै रहन्छौ। जो अन्त्यसम्म योद्धा जीवनमा रहन्छ, उसको प्रारब्ध के हुन्छ? योद्धा जीवन त बचपनको जीवन हो। अब त स्वराज्य अधिकारी भयौ। स्मृतिको तिलक, बाबाको दिल-तख्तनशीन भयौ। तख्तनशीन योद्धा हुन्छन् र? युद्धको प्रारब्ध तख्त र ताज मिल्यो। के यो वर्तमान प्रारब्ध वा प्रत्यक्षफल प्राप्त भएको छैन? संगमयुगको प्रारब्ध पायौ वा पाउनु छ? गीत के गाउँछौ? जे पाउनु थियो, त्यो पायौं वा पाउनु छ? जबकि वर्तमानको साथमा भविष्यको सम्बन्ध छ, भविष्य प्रारब्ध २५०० वर्ष छ भने के बर्तमान प्रारब्ध अन्त्यमा ५-६ महिना हुन्छ वा ५ दिन वा ५ घण्टा हुन्छ वा संगमको धेरै समय हुन्छ? यदि संगमयुगको प्रारब्ध लामो समय हुँदैन भने भविष्य प्रारब्ध लामो समय कसरी हुन्छ! वहाँको २५०० वर्ष, यहाँको २५ वर्ष पनि हुँदैन? डाइरेक्ट बाबाको बच्चा बनेर संगमयुगको सदाकालको वर्सा पाएनौ भने के नै पायौ र? सर्व खजानाहरूको खानीको मालिकको बालक बनेर खजानाहरूले सम्पन्न बनेनौ भने मालिकको बच्चा बनेर के गर्यौ?“सफलता हाम्रो जन्म सिद्ध अधिकार हो”। यस्तो भनेर पनि सदा सफलताको अनुभव गरेनौ भने जन्म सिद्ध अधिकारी बनेर के गर्यौ? भाग्य विधाता, दुवै बाबाका बच्चा बन्यौ, फेरि पनि सदापद्मापद्म भाग्यशाली बनेनौ भने दुई बाबाका बच्चा बनेर के गर्यौ? श्रेष्ठ कर्मको वा श्रेष्ठ चरित्र बनाउने अति सहज विधि वरदाता बनेर बाबाले दिनुभयो फेरि पनि सिद्धि स्वरुप बनेनौ भने के गर्यौ?के युद्ध गर्नु, मेहनत गर्नु, बिस्तारै-बिस्तारै आरामसँग चल्नु— यही मन पर्छ? युद्धको मैदान मन पर्छ? दिलतख्त मन पर्दैन? यदि तख्त नै मन पर्छ भने तख्तनशीनको पासमा माया आउनसक्दैन। तख्तबाट उत्रेर युद्धको मैदानमा जान्छौ, तब मेहनत गर्नुपर्छ। जस्तै कति बच्चा हुन्छन्, झगडा नगरी रहन सक्दैनन्। अरु कोही पाएनन् भने आफंसँग केही न केही गरिरहन्छन्। युद्धको संस्कारले राज्य तख्त छुटाएर युद्धकोमैदानमा लिएर जान्छ। अब युद्धको संस्कार समाप्त गर। राज्यको संस्कार धारण गर। प्रारब्धी बन, तब लामो समयको भविष्य प्रारब्धी पनि बन्नेछौ। अन्त्यसम्म योद्धापनको जीवन भयो भने के बन्छौ? चन्द्रवंशी बन्नुपर्छ।सूर्यवंशीको निशानी— सदा खुशीको रास गर्नेवाला। सदा अतीन्द्रिय सुखको झूलामा झूल्नेवाला। चन्द्रवंशी रामलाई कहिल्यै झूलामा झुलाउँदैनन्। रास गरेको देखाउँदैनन्। युद्धको तीर कमान नै देखाउँछन्। अन्त्यमा राज्य भाग्य मिल्छ। आधा समयको राज्य, बहुकाल त भएन नि! सदा झूलामा झुलिराख। सबैसँग रास मिलाउँदै खुशीको रास गर्दै गर। यसलाई भनिन्छ— संगमयुगको प्रारब्ध स्वरुप। पुरूषार्थी हौं, यो शब्द पनि कहिलेसम्म?उत्तिखेरै पुरूषार्थी, उत्तिखेरै प्रारब्धी। संगमयुगको पुरूषार्थी, सत्ययुगको प्रारब्धी होइन। संगमयुगको प्रारब्धी बन्नु छ। उत्तिखेरै बीज रोप, उत्तिखेरै फल खाऊ। जब वैज्ञानिकहरूले पनि हर कार्यमा प्राप्तिको गतिलाई तीव्र बनाइरहेका छन् भने शान्तिको शक्तिवालाले आफ्नो गतिलाई त्यसभन्दा पनि धेरै तीव्र गर्छौ हैन वा एक जन्ममा गरेर अर्को जन्ममा पाउँछौ?उनीहरू आवाजको गतिभन्दा पनि तेज जान चाहन्छन्। सबै कार्य सेकेण्डको गति भन्दा पनि तीव्र गर्न चाहन्छन्। यति सारा दुनियाँको विनाश कति कम समयमा गर्नको लागि तयार भएका छन्। स्थापनाको निमित्त बनेका आत्माहरू सेकेण्डमा गर्ने, सेकेण्डमा प्राप्त गर्ने— यस्तो तीव्र गतिको अनुभवी भएका छैनन्। त्यसैले बुझ्यौ— अब के गर्नु छ? प्रत्यक्षफल खाऊ। प्रत्यक्षफल मीठो लाग्दैन? मेहनत गर्नेवाला फल राम्रो लाग्छ? मेहनतको सुख्खा फल खाएर त यस्तो कमजोर बन्यौ। नयनहीन, बुद्धिहीन, श्रेष्ठ कर्महीन बन्यौ। अब ताजा प्रत्यक्षफल खाऊ। मेहनतलाई मोहम्बतमा परिवर्तन गर। अच्छा!यस्ता सदा राज्य वंशको संस्कारवाला, सदा सर्व खजानाको अधिकारी अर्थात् बालक सो मालिक, सदा संगमयुगी प्रारब्ध संस्कारवाला, प्रत्यक्षफल खाने, यस्ता सदा प्राप्ति स्वरुप,सदा सर्व बन्धनमुक्त, संगमयुगी जीवनमुक्त, यस्ता तख्त, ताजधारी बच्चाहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।पार्टीहरूको साथ व्यक्तिगत भेटघाट१) सदा रुहानी नशामा स्थित रहन्छौ? रुहानी नशा अर्थात् आत्म-अभिमानी बन्नु। सदा हिँड्दा-डुल्दा आत्मालाई देख्नु— यही हो रुहानी नशा। रुहानी नशामा सदा सर्व प्राप्तिको अनुभव सहजै हुन्छ। जसरी स्थूल नशावालाले पनि आफूलाई प्राप्तिवान सम्झन्छन्। त्यस्तै यस रुहानी नशामा रहनेवालासर्व प्राप्ति स्वरुप बन्छौ। यस नशामा रहनाले सबै प्रकारकोदुःख दूर हुन्छ। दुःख र अशान्तिको बिदाई मिल्छ। जब सदाकालको लागि सुखदाता, शान्तिदाताका बच्चा बन्यौ भने दुःखअशान्ति त बिदाई भयो नि हैन? अशान्तिको नाम निशान पनि छैन। शान्तिको सागरका बच्चा अशान्त कसरी हुन सक्छन्। रुहानी नशाअर्थात् दुःख र अशान्तिको समाप्ति। त्यसको बिदाईको समारोह मनायौ? किनकि दुःख अशान्तिको उत्पत्ति हुन्छ अपवित्रताबाट। जहाँ अपवित्रता छैन, वहाँ दुःख अशान्ति कहाँबाट आउँछ? पतित-पावन बाबाका बच्चा मास्टर पतित-पावन भयौ। जसले अरुलाई पतितबाट पावन बनाउँछ, ऊ स्वयं पनि त पावन हुन्छ नि। जो पावन पवित्र आत्मा हो, उसको पासमा सुख र शान्ति स्वतः नै हुन्छ। पावन आत्मा, श्रेष्ठ आत्मा विशेष आत्मा हौ।विश्वमा महान आत्मा हौ किनकि बाबाको बन्यौ। सबैभन्दा ठूलो महानता हो पावन बन्नु। त्यसैले आज पनि यसै महानताको अगाडि शिर झुकाउँछन्। त्यो जड चित्र कसको हो? अहिले मन्दिरमा गयौ भने के सम्झन्छौ? कसको पूजा भइरहेको छ? स्मृतिमा आउँछ— यो हाम्रै जड चित्र हो। यस्तो आफूलाई महान् आत्मा सम्झेर चल्ने गर। यस्तो दिव्य दर्पण बन, जसमा अनेक आत्माहरूलाई आफ्नो असली चेहरा देखियोस्।२) सदा चढ्ती कलामा गइरहेका छौ? हर कदममा चढ्ती कलाको अनुभवी। संकल्प, बोली, कर्म, सम्पर्क र सम्बन्ध सबैमा सदा चढ्ती कला किनकि समय नै हो चढ्ती कलाको। अरु कुनै पनि युगमा चढ्ती कला हुँदैन। संगमयुग नै चढ्ती कलाको युग हो। जस्तो समय त्यस्तै अनुभव हुनुपर्छ। जुन सेकेण्ड बित्यो, त्यस पछिको सेकेण्ड चढ्ती कला। यस्तो होइन दुई महिना पहिला जस्तो थियो, त्यस्तै नै अहिले होस्। हर समय परिवर्तन। परिवर्तन पनि चढ्ती कलाको। कुनै पनि कुरामा रोकिनेवाला होइन। चढ्ती कलावाला रोकिँदैन, उसले सदा अरुलाई पनि चढ्ती कलामा लिएर जान्छ।प्रश्नः— जो सदा उड्ता पंक्षी हुन्छ, उसको निशानी के हुन्छ?उत्तरः— ऊ चक्रवर्ती हुन्छ। अलराउण्ड पार्टधारी। उड्ती कलावाला यस्तो निर्बन्धन हुन्छ, जो जहाँ सेवा हुन्छ, वहाँ पुग्छ र हर प्रकारको सेवामा सफलतामूर्त बन्छ। जस्तै बाबा अलराण्ड पार्टधारी हुनुहुन्छ, साथी पनि बन्न सक्नुहुन्छ भने बाबा पनि बन्न सक्नुहुन्छ। त्यसैगरी उड्ती कलावाला जुनसमय जुन सेवाको लागि आवश्यकता हुन्छ, त्यसमा सम्पन्न पार्ट बजाउन सक्छ। यसैलाई भनिन्छ— अलराउण्ड उड्ता पंक्षी। अच्छा!प्रश्नः— साकार ब्रह्माको अनेक भुजाहरू प्रसिद्ध किन छ? यो कसको यादगार हो?उत्तरः— यो तिमी बच्चाहरूको सहयोगी स्वरुपको यादगार हो। जसरी शरीरको विशेष कार्यकर्ता हात हुन्, त्यसैगरी बापदादाको कर्तव्यमा कार्यकर्ता निमित्त रुपमा तिमी सबै बच्चाहरू हौ। जो बच्चा सदा यथार्थ रुपमा साथ निभाउने साथी वा सहयोगी छ, उसलाई भनिन्छ— राइट हेण्ड।प्रश्नः— राइट हेण्डको विशेषता के हुन्छ?उत्तरः— १) राइट हेण्ड सदा स्वच्छ अर्थात् शुद्ध र श्रेष्ठ हुन्छ। जसरी कुनै पनि श्रेष्ठ वा शुद्ध कार्य शरीरको दाहिने हातद्वारा नै गरिन्छ। त्यसैगरी बापदादाका सहयोगी राइट हेण्ड सदा बोलीमा, कर्ममा र सम्पर्कमा श्रेष्ठ र शुद्धअर्थात् पवित्र रहन्छन्। २) जसरी हातहरूद्वारा कार्य गराउने शक्ति आत्मा हो, हातहरू गर्नेवाला हुन् र आत्मा गराउनेवाला हो। त्यस्तै राइट हेण्ड सहयोगीले सदैव आफ्नो गराउनेवाला बाबालाई स्मृतिमा राखेर निमित्त गर्नेवाला बन्छन्। स्वयंलाई गराउनेवाला सम्झिँदैनन्, त्यसैले उनको हर कर्ममा न्यारापन, निरहंकारीपन र नम्रतापनको नव-निर्माणको श्रेष्ठता भरिएको हुन्छ। ३) राइट हेण्ड विशेषशक्तिशाली हुन्छन्। राइट हेण्ड सहयोगी आत्माले सदैव विश्व-कल्याण, विश्व-परिवर्तकको कार्यको जिम्मेवारीको बोझ सहज रीतिबाट उठाउन सक्छन्। ४) उनको कार्यको गतिमा अर्थात् स्पीडमा तीव्रता हुन्छ। उनीहरू हर विषयको धारणामा वा प्राक्टिकल स्वरुपलाई ल्याउनमा तीव्र पुरूषार्थी हुन्छन्, सदा तयार रहन्छन्।प्रश्नः— लेफ्ट हेण्ड सहयोगी भुजाहरूको निशानी के हुन्छ?उत्तरः— १) उनीहरूमा स्वच्छताको साथ-साथै अस्वच्छता अर्थात् संकल्प, वाणी र कर्ममा कहिलेकाहीँ केही न केही अशुद्धि पनि रहन जान्छ अर्थात् सम्पूर्ण स्वच्छ हुँदैनन्। २) उनीहरूको पुरूषार्थको गतिमा तीव्रता कम रहन्छ। गर्नेछु, सोच्नेछु। लेफ्ट अर्थात् लेट गर्छन्। साथ दिन्छन्, कार्य गर्छन् तर पूरा जिम्मेदारी उठाउने हिम्मत राख्दैनन्। सदा उल्लास, हिम्मत राख्छन्, तर निराधार हुँदैनन्। ३) उनीहरूको स्टेज धेरै समय वकिल अर्थात् लयरको हुन्छ। कायदा धेरै सोच्छन् तर फायदा कम पाउँछन्। स्वयं, स्वयंको न्यायाधीश बन्न सक्दैनन्। हरेक सानो कुरामा पनि अन्तिम निर्णयको लागिन्यायाधीशको आवश्यकता अनुभव गर्छन्। अब आफूलाई चेक गर— राइट हेण्ड हँ या लेफ्ट हेण्ड?प्रश्नः— सबै बच्चाहरूको दिलमा जो विश्व परिवर्तनको शुभ संकल्प छ, त्यो संकल्प पूरा कहिले हुन्छ?उत्तरः— जब स्वयंलाई सम्पूर्ण परिवर्तन गर्छौ। जति स्वयंको परिवर्तनमा कमी हुन्छ, त्यति नै विश्व-परिवर्तनको गति कम हुन्छ। स्वयंको परिवर्तनबाट नै समयको परिवर्तन गर्नसक्छौ। स्वयंलाई हेर्यौ भने समयको बारेमा स्वतः नै थाहा हुन्छ किनकि परिवर्तनको समयको घडी तिमी हौ। विश्वको अर्थात् सर्व आत्माहरूको अटेन्शन अब तिमी निमित्त आत्माको समयको घडीमा छ— अब बाँकी कति समय छ?वरदान:मनन शक्तिद्वारा शक्तिशाली बनेर विघ्नहरूको फोर्सलाई समाप्त गर्ने सर्व आकर्षण मुक्त भव:-वर्तमान समय मनन शक्तिद्वारा आत्मामा सर्व शक्तिहरू भर्ने आवश्यकता छ। यसको लागि अन्तर्मुखी बनेर हर प्वाइन्ट मनन गर्यौ भने मक्खन निक्लिन्छ र शक्तिशाली बन्छौ। यस्ता शक्तिशाली आत्माहरूले अतीन्द्रिय सुखको प्राप्तिको अनुभव गर्छन्। उनीहरूलाई अल्पकालको कुनै पनि वस्तुले आफूतिर आकर्षित गर्न सक्दैन। उनको मगन अवस्थाद्वारा जो रुहानियतको शक्तिशाली स्थिति बन्छ, त्यसबाट विघ्नहरूको फोर्स समाप्त हुन जान्छ।
स्लोगन:
ब्राह्मण संसारमा सबैको सम्मान प्राप्त गर्नेवाला नै तख्तनशीन बन्छ।
***Om Shanti***