BK Murli 10 September 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 10 September 2016 Nepali

    २०७३ भाद्र २५ गते शनिबार 10.09.2016 बापदादा मधुवन

    “मीठे बच्चे– यस बेहदको ड्रामामा हीरो हीरोइनको पार्ट तिम्रो छ, बाबाको होइन। बाबाको पासमा केवल पतितलाई पावन बनाउने कला छ।”   

    प्रश्न:

    ब्रह्माको चित्रलाई देखेर जसले प्रश्न उठाउँछन्, उनीहरूलाई कुनचाहिँ रहस्य सम्झाउनु छ?

    उत्तर:

    उनीहरूलाई सम्झाऊ– उनी आदि सो अन्त्यवाला आत्मा हुन्। जो पहिलो राजकुमार श्रीकृष्ण हुन्, उनैको अन्तिम जन्ममा बाबा आउनुहुन्छ। यो पतित तन हो, उनी फेरि पावन बन्नु छ। यिनी कुनै भगवान होइनन्। भगवान त सदा पवित्र हुनुहुन्छ। उहाँले यिनको तनको आधार लिनुभएको छ।

    गीतः–

    मुखडा देख ले प्राणी.....

    ओम् शान्ति।

    बाबाले बच्चाहरूलाई सम्झाउनुभएको छ– शान्तिको लागि कुनै बाहिर द्वार-द्वार धक्का खानु छैन। जसरी हठयोगी संन्यासीले सम्झन्छन्– गृहस्थ व्यवहारमा रहँदा शान्ति मिल्न सक्दैन। शान्ति जंगलमा मिल्छ। तर बाबा सम्झाउनुहुन्छ– शान्ति वहाँ पनि मिल्न सक्दैन। यसमा एउटा कहानी वा दृष्टान्त सुनाउँछन्– रानीको गलामा हार थियो, तर खोज्दथिन् बाहिर... यस्तो शान्ति त तिम्रो गलामा छ। बाहिर कहाँ खोज्दछौ? बाबा आएर सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! तिम्रो आत्माको स्वधर्म हो नै शान्ति। यो शरीर त तिम्रो कर्मेन्द्रिय हो, जसद्वारा तिमीले पार्ट खेल्नु पर्छ। आत्मा त अविनाशी छ। आत्मा कुनै सानो ठूलो हुँदैन, न विनाश हुन्छ। हो, आत्मा पतित बन्छ, उसलाई नै पावन बन्नुपर्छ। आत्मालाई पहिले किशोर शरीर मिल्छ फेरि युवा, वृद्ध हुन्छ। आत्मा हुन्छ नै एकरस। पहिला सुरूमा त आत्मालाई जान्नुपर्छ। म आत्मा नै बेरिस्टर आदि बन्छु। यसलाई भनिन्छ आत्म-अभिमानी भव। बाबा सम्झाउनुहुन्छ– बच्चाहरू तिमी देह-अभिमानी बनेका छौ त्यसैले आफूलाई शरीर सम्झन्छौ, यो भुल्दछौ– म आत्मा हुँ, यो मेरो शरीर हो। आफूलाई अनुभूति गर्नु छ। ८४ जन्म पनि आत्माले लिन्छ। अहिले बाबाले सम्झाउनुभएको छ– जो ब्राह्मण बनेका छन्, उनीहरू नै फेरि देवता बन्नेवाला छन्। यस्तो पनि होइन– सबैले ८४ जन्म लिन्छन्। कोही पहिला आउँछन्, कोही ५०-१०० वर्षपछि पनि आइरहन्छन्। कसैको ८०-८२, कसैको कति जन्म हुन्छ। मनुष्यले त ८४ लाख जन्म भनिदिन्छन्। यसबाट पनि सन्तुष्ट हुँदैनन् फेरि भनिदिन्छन्– कण-कणमा भगवान हुनुहुन्छ। अहिले भगवान भन्नुहुन्छ– म कुनै मनुष्य तनमा पनि छैन भने जनावर, ढुङ्गा-माटो, कण-कणमा कसरी हुन सक्छु? बाबाले सम्झाउनुभएको छ– नम्बरवन नै लास्ट नम्बर तमोप्रधान बन्छन्। म स्वयं भन्छु– म धेरै जन्मको अन्त्यमा साधारण तनमा प्रवेश गर्छु। 

    जसले पूरा ८४ जन्म लिएको छ ऊ त अवश्य पतित छ। पावन त हुन सक्दैन। बाबा स्वयं भन्नुहुन्छ– पहिलो नम्बरमा हुन् श्रीकृष्ण, पहिलो राजकुमार। श्रीनारायण त पछि बन्छन्, जब ठूला हुन्छन्। त्यो पनि २०-२५ वर्ष कम हुन जान्छ। उनको पनि पूरा ८४ जन्म भनिदैन। नम्बरवन हुन् श्रीकृष्ण। हुन त उनै हुन्, फेरि स्वयंवरपछि नारायण बन्छन्। तर हिसाब त बच्चाहरूले गर्नु छ नि। पूरा ८४ जन्म, ५ हजार वर्ष श्रीकृष्णको नै भनिन्छ। त्यसैले बाबा बसेर सम्झाउनु हुन्छ– म कल्प-कल्प उही तनमा आउँछु, जसको आदिदेखि लिएर अन्त्यसम्म पार्ट छ। अरु कसैमा आउन सक्दिनँ। हिसाब छ नि। ब्रह्मा नै पहिलो नम्बर ठहरिए। म अरु कसैमा कसरी आउन सक्छु! तिमीसँग धेरैले सोध्दछन्– एक ब्रह्मामा मात्र किन आउनुहुन्छ! तर यो हिसाब छ नि। यी बुझ्ने कुरा हुन्। गाइएको पनि छ– ब्रह्माद्वारा स्थापना गर्नुहुन्छ। विष्णु वा शंकरद्वारा स्थापना गर्नुहुन्न। यो अरु कसैको काम होइन। मनुष्यले रचयिता र रचनालाई जान्दैनन्। यो पनि ड्रामामा निश्चित छ। बनिबनाउ बनिरहेको छ यो अहिलेको कुरा हो, जे हुनु छ त्यही हुन्छ। त्यो बद्लिन सक्दैन। आज जे हुन्छ फेरि ५ हजार वर्षपछि हुन्छ। बाबाले सम्झाउनुभएको पनि थियो– कुनै पनि यस्ता कुरा देख्यौ भने भन– यो कुनै नयाँ कुरा होइन। ५ हजार वर्ष पहिले पनि भएको थियो। एकदम यस्तै लेखिदेऊ। फेरि उनीहरू आएर सोधून्, लेख्दा केही फरक पर्दैन। यो लडाईं पहिले भएको थियो, नथिंग न्यू। महाभारतको लडाईं ५ हजार वर्ष पहिले पनि भएको थियो। क्रिश्चियनले आएर राज्य छिने, नथिंग न्यू। फेरि कल्पपछि पनि यस्तै हुन्छ। यो विश्वको इतिहास भूगोल दोहोरिइरहन्छ। अहिले फेरि आदि सनातन देवी-देवता धर्मको स्थापना भइरहेको छ। जसको ८४ जन्म पूरा भएका छन्, उनीहरू नै पहिलो नम्बरमा लक्ष्मी-नारायण बन्छन्। यो सबै रहस्य बाबा नै बसेर सम्झाउनुहुन्छ। बाबा भन्नुहुन्छ– म मनुष्य सृष्टिको बीजरुप हुँ, यसलाई उल्टो वृक्ष भनिन्छ। यस कल्प वृक्षको आयु ५ हजार वर्ष हो। 

    स्वस्तिकमा ४ भाग एकै खालको देखिन्छ। युग पनि बराबर छन्, त्यसमा फरक पर्दैन। बाबा सम्झाउनु हुन्छ– हेर दुनियाँमा त के के भइरहेको छ। कोही चन्द्रमामा जान्छन्, कोही आगोमा, कोही पानीमा हिँड्न सिक्छन्। यी सबै फाल्तु कुरा हुन्, यसबाट केही पनि फाइदा छैन। मनुष्य पावन बनेर मुक्ति जीवनमुक्तिमा त जान सक्दैनन्। जे गरे पनि घर जान सक्दैनन्। आत्माले आफ्नो घर र बाबाको घर भुलेको छ। आत्माले आफैंलाई नै बिर्सिएर देह-अभिमानी बनेको छ। फेरि मन्दिरमा गएर महिमा गाउँछन्। हजुर सर्वगुण सम्पन्न, हामी नीच पापी हौं। आफ्नो ग्लानि गर्छन्। बाबा त कहिल्यै पुजारी बन्नुहुन्न। फेरि सेकेन्ड नम्बरमा भनिन्छ शंकर पनि सदा पूज्य छन्। उनी पनि पुजारी बन्दैनन्, उनको यहाँ पार्ट छैन। यस स्टेजमा पार्ट छ ब्रह्मा र विष्णुको। ब्रह्मा र विष्णुको के के पार्ट छ, यो दुनियाँमा कसैलाई पनि थाहा छैन। त्रिमूर्ति ब्रह्मा भनिदिन्छन्, अर्थ केही पनि बुझ्दैनन्। यो पनि गाउँछन्– ब्रह्माद्वारा स्थापना, कसले गर्छ? उहाँको चित्र छैन। भन्छन् तर उहाँ कहाँ हुनुहुन्छ, शिव के चीज हो? यो पनि जान्दैनन्। आत्माको लागि भन्छन्– भृकुटीको बीचमा चम्कन्छ अजब सितारा... म आत्मा अविनाशी हुँ, शरीर विनाशी छ। कति शरीर लिन्छन्, केही पनि थाहा छैन। मनुष्य कति दुःखी छन्, पुकारिरहन्छन्– ओ गड फादर। जबदेखि दुःख सुरू भयो, पुकार्दै आएका छन्। यो पनि सम्झाइएको छ– भारतवर्षमा जब रावण राज्य सुरू हुन्छ। यस्तो होइन अरु धर्ममा पनि रावणराज्य भयो। उनीहरू त आफ्नो समयमा सतो, रजो, तमोमा आउनु नै छ। यो कहानी सारा यहाँको हो। ती त उप-कथा हुन्। बाबा बीचमा नै आउनुहुन्छ। भारतवर्ष जब तमोप्रधान बन्छ तब फेरि सारा वृक्ष तमोप्रधान बन्छ। उनीहरूलाई पनि सुख-दुःख भोग्नु छ। वृक्षमा नयाँ-नयाँ पात निस्कन्छन्। ती बडो सुन्दर हुन्छन्। नयाँलाई फेरि सतो, रजो, तमोमा अवश्य आउनु छ। अन्त्यमा जो आउँछन्, उनीहरूको केही मान रहन्छ। एक जन्ममा पनि सतो रजो तमोबाट पास गर्न सक्छन्, तर त्यसको कुनै महत्व हुँदैन। 

    महत्व त उनीहरूको हुन्छ, जसले हीरो हीरोइनको पार्ट खेल्छन्। यस्तो भनिँदैन बाबाले नै हीरो-हीरोइनको पार्ट खेल्नुहुन्छ। बाबाको लागि भन्न सकिँदैन। उहाँले त आएर पतितहरूलाई पावन बनाउनुहुन्छ। स्वयं पतित बन्नुहुन्न। तिमीले पतितबाट पावन बन्ने मेहनत गर्छौ। श्रीमतमा राजयोगबाट नै राज्य लिएका थियौ। अहिले तिमीले फेरि लिइरहेका छौ। बाबा भन्नुहुन्छ– मैले त राज्य गर्दिनँ, तिमीलाई राजाहरूको राजा बनाउँछु। मनुष्यहरूले दुनियाँमा भन्न त धेरै भन्छन्। भगवानुवाच– म तिमीलाई राजाहरूको राजा बनाउँछु। तर त्यसको अर्थ न स्वयं बुझेका छन्, न कसैलाई बुझाउन सक्छन्। भगवानुवाच, अवश्य भगवान आउनुभएको थियो, त्यसैले त भनिएको हुनुपर्छ नि– हे बच्चाहरू! यहाँ नै शिवजयन्ती, शिवरात्रि मनाउँछन्। बाबा आउनुहुन्छ पनि भारतखण्डमा नै। भारत नै अविनाशी खण्ड हो। यसको महिमा धेरै ठूलो छ। जसरी बाबाको महिमा अपरम अपार छ। त्यस्तै भारतको महिमा पनि अपरम अपार छ। भारतमा नै परमपिता परमात्मा आएर सबै मनुष्य मात्रलाई सद्गति गर्नुहुन्छ। सबैलाई सुख दिनुहुन्छ। उहाँको जन्म स्थल भारत हो। भारत नै प्राचीन देश हो। भगवान राजयोग सिकाउन भारतमा नै आउनुभएको थियो। तर कृष्णलाई भगवान भनिदिनाले उहाँको महिमा रहेन। भगवान त हुनुहुन्छ नै एक, उहाँलाई नै सद्गुरू भनिन्छ। बाँकी गुरू त धेरै छन्। कसैले धन्दा सिकाउनेलाई पनि गुरू भनिदिन्छन्। आजकल त सबैलाई अवतार मानिदिन्छन्। केही पनि बुझ्दैनन्। जब बिलकुल पतित बन्छन् तब पुकार्छन्– बाबा आएर हामीलाई पावन बनाउनुहोस्। 

    बाबा नै आएर सच्चा-सच्चा अमर कथा सुनाउनुहुन्छ। अहिले तिम्रो बुद्धिमा छ– हामी ८४ जन्ममा कसरी आउँछौं। पहिले राम्रो जन्म फेरि झर्दै आउँछौं। दुनियाँको पनि झर्ने कला हुन्छ। मनुष्यको बुद्धि सतो, रजो, तमो बन्छ। सत्ययुगदेखि फेरि थोरै थोरै कला कम हुन थाल्छ। चढ्ती कला तेरे भाने सर्वका भला। सर्वका सद्गति दाता त एक बाबा हुनुहुन्छ नि। ती गुरूहरूले त केवल शास्त्र सुनाउँछन्। सुन्दै सुन्दै गिर्दै नै आएका छन्। बेहदका बाबा आएर बच्चाहरूसँग सोध्नुहुन्छ– मैले तिमीलाई यति धनवान बनाएर गएको थिएँ, यति हीरा जुहारतका महल दिएर गएँ, ती सबै कहाँ गए? लौकिक पिताले बच्चाहरूलाई पैसा दिन्छन् तर बच्चाहरूले पैसा बर्बाद गरिदिए भने पिताले बोलाएर सोध्छन्– तिमीले यति पैसा कहाँ बर्बाद गर्यौ? बच्चाहरूको पासमा पैसा हुनाले धेरै उडाउँछन्। पिता धर्मात्मा हुन्छन्, बच्चाहरू विदेश गएर लाखौं रुपयाँ उडाएर आउँछन्। पिताले केही गर्न सक्दैनन्। पिताले छोड्न पनि सक्दैनन् किनकि हजुर बुवाको सम्पत्ति हो। तर भित्र-भित्रै जलिरहन्छन्। पिता मरेपछि, कुनै कुनै त यस्ता गन्दा बच्चा हुन्छन्, १२ महिनामा सारा सम्पत्ति उडाइदिन्छन्। ती हुन् हदका कुरा। यो हो फेरि बेहदको कुरा। बेहदका बाबा भन्नुहुन्छ– तिमी कति धनवान थियौ, विश्वको मालिक थियौ। फेरि कंगाल किन बन्यौ? त्यतिका धन कहाँ गयो? बच्चाहरूसँग नै सोध्नुहुन्छ– यति धनवान बनाएँ, सबै पैसा कहाँ गयो? फेरि बाबा नै बसेर सम्झाउनु हुन्छ। भक्तिमार्गमा कति खर्च गर्छन्। शास्त्र आदिका पछाडि कति खर्च गर्छन्। ढोग्दै आयौं, निधार पनि घोटियो। पैसा आदि सबैथोक गुमाएर बसेका छौं, यो हो ड्रामा। मैले तिमीलाई धनवान बनाउँछु। रावणले तिमीलाई कंगाल बनाउँछ। तिमीहरूलाई नै बाबा सम्झाउनुहुन्छ नि। पहिले सुनको पंछी थियो, यति धन थियो जुन अरु धर्मकाले लुटेर लिएर गए। विचार त गर भारत के थियो! यो पनि ड्रामा बनेको छ। भारत नै स्वर्ग, भारत नै नर्क। अहिले हो नर्क, त्यसैले बाबाले सिँढी पनि यस्तो बनाउन लगाउनुभएको छ, जसमा कसैले पनि बुझ्न सक्छ हामी पतित छौं। साना-साना बच्चाहरूलाई चित्रमा सम्झाइन्छ नि। 

    नक्सा विना बच्चाहरूले के बुझ्ने? बाबा नै आएर पतितबाट पावन बन्ने सहज युक्ति बताउनुहुन्छ। सहज भन्दा सहज पनि छ, गार्हो भन्दा गार्हो पनि छ। सत्ययुगमा देही-अभिमानी रहन्छन्। आत्माले सम्झन्छ– अब शरीर ठूलो भयो, यो पुरानो चोला छोडेर अर्का लिनु छ। जसरी साक्षात्कार हुन्छ– अब गएर बच्चा बन्नु छ, पुरानो देह छोडिदिन्छन्। यहाँ कोही मर्यो भने रून्छन्। बेण्ड बाजा पनि लिएर जान्छन्। सत्ययुगमा त खुशीसँग एउटा शरीर छोडेर अर्का लिन्छन्, त्यसैले खुशी मनाउँछन्। यहाँ कति अफसोच गर्छन्। कोही मर्यो भने भन्छन् स्वर्ग जानुभयो। यसको मतलब नर्कमा थिए नि! अहिले तिमीले पुरूषार्थ गरिरहेका छौ, स्वर्गवासी बन्नको लागि। बाबाले तिमीलाई स्वर्गवासी बनाउनुहुन्छ। बाबा आउनुहुन्छ नै जीवनमुक्ति दिन। रावणको बन्धनबाट छुटाएर जीवनमुक्त गर्नुहुन्छ। बाबा भन्नुहुन्छ– म कल्प पहिले जसरी नै आएर राजयोग सिकाउँछु। कल्प-कल्प ब्रह्माकै तनमा आउँछु। तिमी ब्राह्मण अवश्य बन्नु छ। यज्ञमा ब्राह्मण त अवश्य चाहिन्छ नि। यो हो राजस्व अश्वमेध अविनाशी ज्ञान यज्ञ। यस रथलाई स्वाहा गर्नु छ। अश्व यस रथलाई भनिन्छ। राजस्व, स्वराज्यको लागि यी सबै अश्व (शरीर) यसमा स्वाहा हुनु छ। आत्मा त स्वाहा हुँदैन। आत्मा हिसाब-किताब चुक्ता गरेर फर्किएर जान्छ। फेरि सबैको नयाँ पार्ट सुरू हुन्छ। यसलाई इतिहास-भूगोल दोहोरिएको भनिन्छ। बाबा आउनुहुन्छ नै नयाँ दुनियाँ स्थापना गरेर पुरानो दुनियाँ समाप्त गर्न। यो एउटै महाभारत लडाईं हो, जुन शास्त्रहरूमा गायन गरिएको छ। त्यसैले सम्झाउनुपर्छ– यस लडाईंबाट यो स्वर्गको द्वार खुल्छ, यसैले यसको गायन शास्त्रहरूमा छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) बितेको कुराको कहिल्यै पनि चिन्तन गर्नु छैन। जे कुरा बित्यो, नथिंग न्यु सम्झिएर भुल्नु छ।

    २) यस राजस्व अश्वमेध यज्ञमा आफ्नो तन-मन-धन सबै स्वाहा गरेर सफल गर्नु छ। यस अन्तिम जन्ममा सम्पूर्ण पावन बन्ने मेहनत गर्नु छ।

    वरदान:

    न्यारा र प्यारापनको योग्यताद्वारा लगावमुक्त बन्ने सहजयोगी भव:-  

    सहजयोगी जीवनको अनुभव गर्नको लागि ज्ञान सहित न्यारा बन। केवल बाहिरबाट न्यारा बन्नु छैन, मनको लगाव नहोस्, जति जो न्यारा बन्छ उति प्यारा अवश्य बन्छ। न्यारा अवस्था प्यारो लाग्छ। जो बाहिरी लगावबाट न्यारा छैन ऊ प्यारा बन्नुको सट्टा चिन्तित हुन्छ त्यसैले सहजयोगी अर्थात् न्यारा र प्यारापनको योग्यता भएको, सबै लगावहरूबाट मुक्त।

    स्लोगन:

    स्व पुरूषार्थ र सेवाको सन्तुलनद्वारा बन्धन, सम्बन्धमा परिवर्तन हुन्छ।  

      

    ***OM SHANTI***