BK Murli 19 September 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 19 September 2016 Nepali

    २०७३ आश्विन ०३ गते सोमबार 19.09.2016 वापदादा मधुवन

    “मीठे बच्चे– तिमीले अब रुहानी कारोबार गर्नु छ, आत्मा सम्झिएर हर कर्म गर्नाले आत्मा निर्विकारी बन्दै जान्छ।”   

    प्रश्न:

    स्वर्गको वर्सा लिने र स्वर्गमा उच्च पद पाउने आधार के हो?

    उत्तर:

    ब्रह्माकुमार÷कुमारी बन्यौ अर्थात् स्वर्गको वर्सा त मिल्छ। तर उच्च पदको आधार हो पढाइ। यदि बाबाको बनेर राम्रोसँग पढाइ पढिरह्यौ, पूरा पवित्र बन्यौ भने राजाई पद मिल्छ। जसले पूरा पढ्दैन, कर्मबन्धन छ, पूरा पवित्र बनेको छैन, शरीर छुट्यो भने प्रजामा पनि साधारण पद पाउँछ।

    ओम् शान्ति।

    रुहानी बच्चाहरूलाई रुहानी बाबाले सम्झाइरहनु भएको छ। यहाँ रुहानी कारोबार हुन्छ। बाँकी सारा दुनियाँमा जिस्मानी कारोबार हुन्छ। वास्तवमा कारोबार चल्छ आत्माहरूको। आत्माले नै यस शरीरद्वारा पढ्छ, चल्छ, विकर्म गर्छ। त्यसैले पतित-आत्मा, पाप-आत्मा भनिन्छ। आत्माले नै सबैथोक गर्छ। यस समय सबै मनुष्य देह-अभिमानी छन्, म आत्मा हुँ– यो सम्झिनुको सट्टा, सम्झन्छन् म फलाना हुँ। यो व्यापार गर्छु। यो फलानो कामी, क्रोधी छ। शरीरको नै नाम लिन्छन्। यसलाई भनिन्छ– देह-अभिमानी दुनियाँ, झर्ने कलाको दुनियाँ। सत्ययुगमा यस्तो हुँदैन। वहाँ देही-अभिमानी हुन्छन्। तिमीलाई देही-अभिमानी बनाइन्छ। आफूलाई आत्मा निश्चय गर। म आत्माले यस शरीर रुपी चोला धारण गरेर पार्ट खेल्छु। ती कलाकारहरूले पनि भिन्न-भिन्न कपडा बदली गरेर पार्ट खेल्छन्। बाबा भन्नुहुन्छ– तिमी आत्माहरू पहिले शान्तिधाममा थियौ। तिम्रो घर हो शान्तिधाम। जस्तै त्यो हदको नाटक हुन्छ, यो फेरि हो बेहदको नाटक। सबै आत्माहरू परमधामबाट आएर, शरीर धारण गरेर पार्ट खेल्छन्। आत्माहरूको वास्तविक घर हो परमधाम। ती कलाकारहरूको त घर यहाँ नै हुन्छ। केवल ड्रेस बदलेर पार्ट खेल्छन्। बाबा बसेर सम्झाउनु हुन्छ, तिमी आत्मा हौ। बाबाले त बच्चे-बच्चे नै भन्नुहुन्छ। संन्यासीले बच्चे-बच्चे भन्दैनन्। बाबा भन्नुहुन्छ– म पतित-पावन तिमी सबै आत्माहरूको बाबा हुँ, जसलाई तिमी 

    परमपिता भन्दछौ। परमपिता त निराकार हुनुहुन्छ। ब्रह्मा, विष्णु, शंकरलाई पनि परमपिता भनिँदैन। उनीहरूमा पनि आत्मा छ। उनलाई भनिन्छ ब्रह्मा देवता नमः, विष्णु देवता नमः... देवताहरूले के गर्छन्? यो कसैलाई थाहा छैन। बाबा नै आएर सम्झाउनु हुन्छ– तिमी कसरी ड्रामा प्लान अनुसार पार्ट खेल्छौ। दुनियाँ एउटै छ। यस्तो होइन– तल कुनै पाताल वा माथि पनि दुनियाँ छ। दुनियाँ एउटै हौ, जसको चक्र घुमिरहन्छ। मानिसहरूले त भनिदिन्छन्– चन्द्रमामा जग्गा लिन्छौं। बाबा सम्झाउनु हुन्छ–बच्चाहरू कति निर्धन बनेका छन्। तिमीहरूको लागि नै भनिन्छ, कति धनवान, समझदार थियौ। यी लक्ष्मी-नारायणको सारा विश्वमा राज्य थियो, जसलाई कसैले लुट्न सक्दैन। वहाँ कुनै विभाजन आदि हुँदैन। यहाँ त कति विभाजन छ। आपसमा टुक्रा-टुक्राको लागि लडिरहन्छन्। तिमी सारा विश्वको मालिक थियौ। सारा आकाश, पृथ्वी, समुद्र सबै तिम्रो थियो, तिमी त्यसको मालिक थियौ। अब त विभाजन भएको छ। यो कसैलाई थाहा छैन, भारतवर्ष नै विश्वको मालिक थियो।

    बाबा सम्झाउनु हुन्छ, आत्मालाई जुन पार्ट मिलेको छ, त्यो कहिल्यै मेटिँदैन। चलि नै रहन्छ। अहिले तिमी फेरि मनुष्यबाट देवता बनिरहेका छौ। फेरि ८४ जन्म लिन्छौ। तिम्रो पार्ट चलि नै रहन्छ, कहिल्यै बन्द हुँदैन। कसैले मोक्ष आदि पाउँदैन। जति अनेक गुरू, अनेक शास्त्र, उति अनेक मत हुन्छन्। मनुष्यहरूमा कति अशान्ति छ। जहाँ पनि जाऊ, भन्छन्– मनलाई शान्ति कसरी मिल्न सक्छ? यो देह-अभिमानमा आएर भन्छन्। बाबा सम्झाउनु हुन्छ– मन र बुद्धि, यी हुन् आत्माको अंगहरू। बाँकी यी सबै शरीरका इन्द्रियहरू हुन्। आत्माले भन्छ– मेरो मनलाई शान्ति कसरी मिल्छ? वास्तवमा यो भन्नु गलत हो। तिमी आत्मा हौ, तिम्रो स्वधर्म नै शान्त हो। तिमीले यस्तो भन्नुपर्छ– म आत्माले शान्ति कसरी अनुभव गर्ने? यसमा कर्म त गर्नु नै छ। यो कुरा बाबा नै बसेर सम्झाउनु हुन्छ। दुनियाँमा यो ज्ञान कसैलाई छैन। त्यो हो भक्ति मार्ग। उनलाई ज्ञानको बारेमा थाहा छैन। ज्ञान त एक बाबाले नै दिनुहुन्छ। बाबा स्वयं भन्नुहुन्छ– म कल्प-कल्प, कल्पको संगमयुगमा आउँछु। कलियुगको अन्त्यमा सबै पतित छन्। यो हो रावणराज्य। रावणलाई जलाउँछन् पनि भारतवासीले नै। बाबा पतित-पावनको जन्म पनि यहाँ हुन्छ। त्यस्तै रावणको जन्म पनि यहाँ नै हुन्छ। रावण, जसले सबैलाई पतित बनाउँछ, त्यसैले उसलाई जलाउँछन्। यो कुरा कसैको बुद्धिमा छैन। यहाँ कृष्ण जयन्ती पनि मनाउँछन्। कृष्णको लीला, भजन आदि गर्छन्। अहिले बाबा भन्नुहुन्छ– वास्तवमा कृष्ण लीला केही पनि होइन। कृष्णले के गरे? भन्छन्– कंसपुरीमा जन्म लिए। अब कंस त डेविललाई भनिन्छ। सत्ययुगमा डेविल कहाँबाट आउने? तिमीले जान्दछौ– कृष्णको आत्मा, जो सत्ययुगमा थियो, उसले आफ्नो ८४ जन्म भोगेर यस समय पतितबाट पावन बनिरहेको छ। 

    आफ्नो पद फेरि लिइरहेको छ। त्यसैगरी तिमी कृष्णपुरीमा रहन्थ्यौ। ८४ जन्म लिएर अब फेरि आफ्नो पद लिइरहेका छौ। जयन्ती मनाउनु छ वास्तवमा शिवबाबाको। जो शिवबाबा सबैलाई नर्कबाट स्वर्गमा लैजानुहुन्छ, उहाँको कुनै लीला त छैन। भन्दछन्– हे पतित-पावन बाबा आउनुहोस्, आएर हामीलाई नर्कबाट स्वर्गमा लैजानुहोस्। हजुर हाम्रो बाबा हुनुहुन्छ त्यसैले हामी स्वर्गमा हुनुपर्ने, हामी पतित दुनियाँमा किन छौं? यसैले बोलाउँछन्– हे परमपिता हामीलाई यस दुःखको दुनियाँबाट मुक्त गर्नुहोस्। यो पनि ड्रामामा निश्चित छ। बाबा भन्नुहुन्छ– यस ड्रामालाई कसैले जान्दैन। शास्त्रहरूमा ड्रामाको आयु लामो लेखिदिएका छन्। नयाँ दुनियाँ पुरानो बन्नु नै छ। सतो रजो तमोमा आउनु नै छ। यो हो बेहदको कुरा। अहिले तिमी फेरि विश्वको मालिक बनिरहेका छौ। जो नयाँ दुनियाँमा थिए, उनैले ८४ जन्मको पार्ट खेल्छन्। अहिले तिमी पवित्र बन्छौ, बाँकी सबै मनुष्य पतित छन्, त्यसैले त पावनको अगाडि गएर नमन गर्छन्। पावनलाई पावनले नमन किन गर्छन् र। संन्यासी पावन हुन्छन्, त्यसैले त पतित मनुष्य उनको अगाडि शिर झुकाउँछन्। कन्या पवित्र हुन्छन्, त्यसैले सबै उनको अगाडि शिर झुकाउँछन्। उही कन्या विवाह गरेर पराई घर गएपछि टाउको टेक्नुपर्छ। अहिले बेहदको बाबा आउनुभएको छ सबैलाई पावन बनाउन। उनीहरू सबै छन् कलियुगमा। तिमी छौ अहिले संगममा। अब तिमी पतित दुनियाँमा जानु छैन। यो हो नै कल्याणकारी युग। बाबा आएर सबैको कल्याण गर्नुहुन्छ। तिमी अहिले कृष्ण जयन्ती मनाउँछौ, नत्र मनुष्यले सम्झन्छन्– यी त नास्तिक हुन्। नास्तिक वास्तवमा उनलाई भनिन्छ, जो आफ्नो बाबालाई र रचनाको आदि-मध्य-अन्त्यलाई जान्दैनन्। यस समय सबै अनाथ बनेका छन्, घर-घरमा झगडा छ, एक अर्कालाई मार्न पनि बेर लगाउँदैनन्। 

    त्यसैले यसलाई नास्तिकहरूको दुनियाँ भनिन्छ, बाबालाई नचिन्नेवाला। तिमी हौ चिन्नेवाला। अहिले तिमीले बुझेका छौ– हामी पत्थरबुद्धि थियौं, बाबाले हामीलाई पारसबुद्धि बनाइरहनु भएको छ। अरु कुनै मेहनतको कुरा छैन। बाबाले केवल भन्नुहुन्छ– एक घण्टा पढ। आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर। शरीरलाई याद गर्छौ भने लौकिक सम्बन्धीहरूको याद आउँछ। देही-अभिमानी रह्यौ भने म बाबाको याद रहन्छ। यो त हो नै पतित दुनियाँ। विषय सागरमा गोता खाइरहन्छन्। विष्णुलाई क्षीरसागरमा देखाउँछन्। भन्छन्– वहाँ घिउको नदी बग्छन्। यहाँ त तेल पनि मिल्दैन। फरक छ नि। त्यसैले तिमी बच्चाहरूलाई कति खुशी हुनु पर्छ। बाबा नै खिवैया हुनुहुन्छ नि। गायन पनि गर्छन्– नइयाँ मेरी पार लगाओ। यो सबै नाउ हुन्, खिवैया एक बाबा नै हुनुहुन्छ। यो शरीर यहाँ नै छोडिदिन्छौं। बाँकी आत्माहरूलाई पार लिएर जानुहुन्छ शान्तिधाम। वहाँबाट फेरि पठाइदिनुहुन्छ सुखधाममा। परमपिता परमात्मालाई नै खिवैया भनिन्छ। बाबाको नै महिमा गाउँछन्, अनेक प्रकारले। अहिले तिमी पवित्र बनेर पवित्र दुनियाँको मालिक बन्छौ। श्री श्री शिवबाबा आउनु भएको छ श्रेष्ठ बनाउन। स्वयं भगवान भन्नुहुन्छ– यो भ्रष्टाचारी दुनियाँ हो। अहिले तिमी परमपिता परमात्माको श्रीमतमा चलेर श्रेष्ठाचारी बन्छौ। कति यो गुप्त, रमाइलो कुरा छ, जुन तिमी बच्चाहरूको नै समझमा आउँछ। अरुलाई समझमा आउँदै आउँदैन। तिमीले जान्दछौ– अहिले देवी-देवता धर्मको कलमी लागिरहेको छ। जति पनि देवी-देवता धर्मका अरु धर्ममा गएका छन्, उनै आएर फेरि ब्राह्मण बन्छन्। ब्रह्माकुमार-कुमारी नबनेसम्म बाबासँग स्वर्गको वर्सा लिन सकिँदैन। 

    अहिले तिमी ब्रह्माकुमार÷कुमारीहरूले स्वर्गको वर्सा लिइरहेका छौ। जति पुरूषार्थ गर्छौ, गराउँछौ उति उच्च पद पाउँछौ। सबैले त त्यति गर्न सक्दैनन्। पूरा पढेनन् भने त्यसको नतिजा के हुन्छ? यदि शरीर छुट्यो भने स्वर्गमा त आउँछन्। तर प्रजामा बिल्कुलै साधारण। यदि बाबाको बनेर राम्रोसँग पढ्छन् भने राजाई पद पाउन सक्छन्। पढेनन् भने बुझिन्छ उनको तकदिरमा छैन। पवित्र रहन्छन्, पढ्छन् भने उच्च पद पाउँछन्। अपवित्र भएमा बाबालाई याद गर्न सक्दैनन्। यस्ता पनि धेरै छन्– कर्मबन्धनको हिसाब छुटेको छैन। यदि गाडीको दुवै पांग्रा ठीक छ भने राम्ररी चल्छन्। दुवै पवित्र रहन्छन् भने ज्ञान चितामाथि बस्न सक्छन्, नत्र खिटपिट हुन्छ। 

    कति बच्चाहरूले भन्छन्– बाबा हामीले त जान्दछौं श्रीकृष्ण सत्ययुगको पहिला राजकुमार हुन्, त्यसैले किन कुनै उत्सव नमनाऔं? ठीक छ, म कृष्णको आत्मालाई बोलाउन पनि सक्छु। आएर खेल-पाल गर्छ, रास गर्छ, अरु के गर्छ! गोप-गोपिनी त यहाँ नै हुन्छन्। वहाँ त राजकुमार-राजकुमारी आपसमा मिल्छन् अनि रास गर्छन्। सुनको मुरली बजाउँछन्। यो सबै खेल-पाल तिमीले अन्तिममा देख्नेछौ। यो सबै पार्ट चल्नेछ। सुरुमा देखाइएको थियो फेरि तिमी पुरूषार्थमा लाग्यौ। अब फेरि अन्तिममा साक्षात्कार हुन सुरु हुन्छ। कस-कसले कुन पद पाउँछन्, यो तिमीले जान्दछौ। बाबा बसेर यो सबै रहस्य सम्झाउनु हुन्छ। तिमीसँग सोध्दछन्– वेद, शास्त्रलाई मान्नुहुन्छ? भन– हो, हामी किन मान्दैनौं? यो सबै भक्ति मार्गका सामग्री हुन्, यिनमा कुनै ज्ञान छैन। ज्ञान दिनेवाला त एक हुनुहुन्छ। ज्ञान मिलेपछि भक्ति आफैं छुट्छ। तिमी मन्दिरमा जाँदा पनि बुद्धिमा रहन्छ– यी लक्ष्मी-नारायणले फेरि अब नयाँ दुनियाँमा राज्य गर्नेछन्। बाबा बच्चाहरूलाई सम्झाउनु हुन्छ, दुवैतिर तोड निभाउनु छ। गृहस्थ व्यवहारमा रहेर पवित्र बन्नु छ। श्रीमतले भन्छ– पूरा पवित्र बन, पूरा वैष्णव बनेर विष्णुपुरीको राज्य प्राप्त गर। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) योगद्वारा कर्मबन्धनको हिसाब-किताब चुक्ता गरेर पावन बन्नु छ। ज्ञान-चितामा बस्नु छ। पूरा-पूरा वैष्णव अर्थात् पवित्र बन्नु छ।

    २) आफ्नो शान्त स्वधर्ममा स्थित रहनु छ। सबैलाई शान्तिधामको याद दिलाउनु छ। कहिल्यै पनि अशान्त हुनु छैन।

    वरदान:

    मायाको विघ्नहरूलाई खेल समान अनुभव गर्ने मास्टर विश्व-निर्माता भव:-  

    जसरी बुज्रुगको अगाडि सानो बच्चाले आफ्नो बचपनको अलबेलापनको कारण केही बोलिदिन्छ वा कुनै यस्तो कर्तव्य गर्छ भने पनि बुज्रुग मानिसले सम्झन्छन्– यो निर्दोष, अन्जान, सानो बच्चा हो। कुनै असर हुँदैन। यसैगरी जब तिमीले आफूलाई मास्टर विश्व-निर्माता सम्झियौ भने यो मायाको विघ्न बच्चाहरूको खेल जस्तै लाग्छ। माया कुनै पनि आत्माद्वारा समस्या, विघ्न वा परीक्षा पेपर बनेर आयो भने त्यसमा आत्तिनु हुँदैन, उसलाई निर्दोष सम्झिनु छ।

    स्लोगन:

    स्नेह, शक्ति र ईश्वरीय आकर्षण स्वयंमा भर्यौ भने सबै सहयोगी बन्छन्।   



    ***OM SHANTI***