BK Murli 2 September 2016 In Nepali

BK Murli 2 September 2016 In Nepali

२०७३ भाद्र १७ गते शुक्रबार 02.09.2016 बापदादा मधुवन

“मीठे बच्चे– आफ्नो सच्चा-सच्चा चार्ट (प्रगति विवरण) राख्यौ भने अवस्था राम्रो रहन्छ, चार्ट राख्नाले कल्याण हुँदै जान्छ।”  

प्रश्न:

कुनचाहि स्मृतिले पुरानो दुनियाँबाट सहजै किनारा गराइदिन्छ?

उत्तर:

हामी कल्प-कल्प बाबासँग बेहदको वर्सा लिन्छौं। अहिले फेरि हामीले शिवबाबाको गोद लिएका छौं, वर्सा लिनको लागि। बाबाले हामीलाई आफ्नो बनाउनुभएको छ। हामी सच्चा-सच्चा ब्राह्मण बनेका छौं। शिवबाबाले हामीलाई गीता सुनाइरहनु भएको छ। यस स्मृतिले पुरानो दुनियाँबाट किनारा गराइदिन्छ।

ओम् शान्ति।

तिमी बच्चाहरू यहाँ बसेका छौं शिवबाबाको यादमा। तिमी जान्दछौं– उहाँले हामीलाई फेरि सुखधामको मालिक बनाइरहनु भएको छ। बच्चाहरूको बुद्घिमा भित्र कति खुशी हुनुपर्छ। यहाँ बसी-बसी बच्चाहरूलाई खजाना मिल्छ। अनेक प्रकारका कलेजहरूमा, विश्व-विद्यालयमा कसैको पनि बुद्घिमा यो कुरा रहँदैन। तिमीले नै जान्दछौ– बाबाले हामीलाई स्वर्गको मालिक बनाइरहनु भएको छ। यो खुशी रहनुपर्छ नि। यस समयमा अरु सबै चिन्तन हटाएर एक बाबालाई नै याद गर्नुपर्छ। यहाँ जब बस्छौ, बुद्घिमा नशा रहनुपर्छ– हामी अहिले सुखधामको मालिक बनिरहेका छौं। सुख र शान्तिको वर्सा हामीले कल्प-कल्प लिन्छौं। मनुष्यले त केही पनि जान्दैनन्। कल्प पहिले पनि धेरै मनुष्यहरू अज्ञान अन्धकारमा कुम्भकर्णको निद्रामा सुतेर खतम भएका थिए। फेरि पनि त्यस्तै हुन्छ। बच्चाहरूले जान्दछन्– हामीलाई बाबाले एडप्ट गर्नु भएको छ वा हामीले शिवबाबाको धर्म गोद लिएका छौं, जसले आदि सनातन देवी-देवता धर्मको स्थापना गरिरहनु भएको छ। अहिले हामी ब्राह्मण हौं। हामीहरूले सच्चा-सच्चा गीताको पाठ सुनिरहेका छौ। हामीले बाबासँग फेरि राजयोग र ज्ञानबलद्वारा वर्सा लिन्छौं। यस्ता-यस्ता विचार भित्र आउनुपर्छ नि। बाबा पनि आएर खुशीको कुरा बताउनु हुन्छ नि। बाबाले जान्नुहुन्छ– बच्चाहरू काम-चितामा बसेर कालो भस्मीभूत भएका छन्, त्यसैले अमरलोकबाट मृत्युलोकमा आउँछु। तिमीले फेरि भन्छौ– हामी मृत्युलोकबाट अमरलोक जान्छौं। बाबा भन्नुहुन्छ– म मृत्युलोकमा जान्छु, जहाँ सबैको मृत्यु हुन्छ, उनीहरूलाई फेरि अमरलोकमा लैजान्छु। शास्त्रमा त के-के लेखिदिएका छन्। उहाँ सर्वशक्तिवान हुनुहुन्छ, जे चाह्यो त्यो गर्न सक्नुहुन्छ। तर बच्चाहरूले जान्दछन्– उहाँलाई बोलाइन्छ नै हे पतित-पावन बाबा आउनुहोस्, हामीलाई आएर पतितबाट पावन बनाउनुहोस्। दुःख हरेर सुख दिनुहोस, यसमा जादुको कुनै कुरा छैन। बाबा आउनुहुन्छ नै काँडाबाट फूल बनाउन।

तिमीले जान्दछौ– हामी नै सुखधामका देवता थियौं, सतोप्रधान थियौं। हरेकलाई सतोप्रधानबाट तमोप्रधानमा आउनु नै छ। बच्चाहरूलाई यहाँ बस्दा त अझै आनन्द आउनुपर्छ। याद आउनुपर्छ। बाबालाई नै सारा दुनियाँले याद गर्छन्– हे मुक्तिदाता, गाइड, हे पतित-पावन आउनुहोस्। बोलाउँछन् तब, जब रावण राज्यमा हुन्छन्। सत्ययुगमा कहाँ बोलाउँछन् र? यो कुरा बडो सहज, बुझ्ने कुरा छ। यो कसले सुनाएको हो? बाबाको पनि महिमा गरिन्छ, शिक्षक, सतगुरूको पनि महिमा गरिन्छ– तीनै एक नै हुन्। यो तिम्रो बुद्घिमा छ। उहाँ बाबा, शिक्षक, सतगुरू पनि हुनुहुन्छ। शिवबाबाको धन्दा नै हो पतितलाई पावन बनाउने। पतित अवश्य दुःखी हुन्छन्। सतोप्रधान सुखी, तमोप्रधान दुःखी हुन्छन्। यी देवताहरूको कति सतोगुणी स्वभाव छ। यहाँ मनुष्यहरूको कलियुगी तमोगुणी स्वभाव छ। बाँकी अवश्य मनुष्यहरू नम्बरवार असल अथवा खराबका हुन्छन्। सत्ययुगमा यस्तो कहिल्यै भनिँदैन– यो खराब छ। यो यस्तो छ। वहाँ नराम्रो लक्षण कसैको हुँदैन। त्यो हो नै दैवी सम्प्रदाय। हो, धनी-गरिब हुन सक्छन्। बाँकी राम्रो वा नराम्रो गुणहरूको तुलना वहाँ हुँदैन, सबै सुखी रहन्छन्। दुःखको कुरा हुँदैन। नाम नै छ सुखधाम। त्यसैले बच्चाहरूले बाबासँग पूरा वर्सा लिने पुरूषार्थ गर्नुपर्छ। आफ्नो चित्र अथवा लक्ष्मी-नारायणको चित्र पनि राख्न सक्छौ। भन्छन्– यिनीहरूलाई सिकाउने कोही त हुनुपर्छ। यो त भगवानुवाच हो नि। भगवानको आफ्नो शरीर छैन। उहाँले आएर लोन लिनुहुन्छ। गायन पनि गरिएको छ– भागीरथ, त्यसैले अवश्य रथमा विराजमान हुनुहुन्छ। बयलमा कहाँ आउनुहुन्छ र। शिव र शंकरलाई मिलाइदिएका छन्, त्यसैले बयल दिएका छन्। बाबा भन्नुहुन्छ– तिमीलाई कति खुशी हुनुपर्छ, हामी बाबाको बनेका छौं। बाबाले पनि भन्नुहुन्छ– तिमी मेरा हौ।

बाबालाई पद पाउने खुशी हुँदैन। शिक्षक त शिक्षक हुन्छन्, उनले त पढाउनु छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म सुखको सागर हुँ। अहिले तिमीलाई अतीन्द्रिय सुखको अनुभव हुन्छ, किनकि मैले तिमीलाई एडप्ट गरेको छु। एडप्सन त किसिम-किसिमका हुन्छन्। पुरूषले पनि कन्यालाई एडप्ट गर्छन्। उनले सम्झिन्छन्– यो मेरो पति हो। अहिले तिमीले जान्दछौ– शिवबाबाले हामीलाई एडप्ट गर्नुभएको छ। दुनियाँमा यी कुरालाई बुझ्दैनन्। उनीहरूको त्यो एडप्सन हो– एक अर्कामा काम-कटारी चलाउने। मानौं, कुनै राजाले बच्चालाई गोदमा लिन्छ, एडप्ट गर्छ सुखको लागि, तर त्यो हो अल्पकालको सुख। संन्यासीले पनि एडप्ट गर्छन् नि। उनीहरूले भन्छन्– यहाँ हाम्रो गुरू हुनुहुन्छ, उनले भन्छन् यी मेरा चेला हुन्। कति एडप्सन छन्। पिताले बच्चालाई एडप्ट गर्छन्। उनलाई सुख त दिन्छन् फेरि विवाह गराएर मानौं दुःखको वर्सा दिन्छन्। गुरूको एडप्सन कति फस्टक्लास हुन्छ। यो फेरि हो ईश्वरको एडप्सन, आत्माहरूलाई आफ्नो बनाउने। अहिले तिमी बच्चाहरूले सबैको एडप्सनलाई देखिसकेका छौ। सन्यासी भएर, फेरि पनि गाउँछन्– हे पतित-पावन आउनुहोस्, आएर मलाई एडप्ट गरेर पावन बनाउनु होस्। सबै भाइ-भाइ हुन्, तर आएर आफ्नो बनाएपछि। भन्छन्– बाबा म दुःखी भएको छु। रावण राज्यको पनि अर्थ बुझ्दैनन्। पुतला बनाएर जलाइरहन्छन्। जस्तै कसैले दुःख दियो भने भन्छन्– यसमाथि मुद्दा चलाउनुपर्छ। तर यो कहिलेबाट दुस्मन बनेको हो? आखिर यो दुस्मन मर्छ वा मर्दैन? यो दुस्मनको बारेमा तिमीलाई नै थाहा छ। यसमाथि जित प्राप्त गर्नको लागि तिमीलाई एडप्ट गरिन्छ। यो पनि तिमी बच्चाहरूले जान्दछौ– विनाश हुनु छ, परमाणु बम्ब पनि बनेका छन्। यो ज्ञान यज्ञबाट नै विनाश ज्वाला निस्किएको हो। अहिले तिमी जान्दछौ– रावणमाथि विजय प्राप्त गरेर फेरि नयाँ सृष्टिमा राज्य गर्छौं। बाँकी त सबै गुडियाको खेल हो। रावणको पुतलाले त धेरै खर्च गराउँछ।

मनुष्यले धेरै पैसा फाल्तुमा गुमाउँछन्। कति रात-दिनको फरक छ। उनीहरू भट्किँदै दुःखी हुँदै, धक्का खाइरहन्छन्। र, हामी अहिले श्रीमतमा श्रेष्ठाचारी, सत्ययुगी स्वराज्य पाइरहेका छौं। श्रेष्ठ भन्दा श्रेष्ठ सत्ययुग स्थापना गर्ने शिवबाबाले हामीलाई श्रेष्ठ देवता विश्वको मालिक बनाउनु हुन्छ। श्री श्री शिवबाबाले हामीलाई श्री बनाउनु हुन्छ। श्री श्री केवल एकलाई मात्र भनिन्छ। देवताहरूलाई श्री भनिन्छ किनकि उनीहरू पुनर्जन्ममा आउँछन् नि। वास्तवमा श्री विकारी राजाहरूलाई पनि भन्न सकिँदैन।

अहिले तिम्रो कति विशाल बुद्घि हुनुपर्छ। तिमीले जान्दछौ– हामी यस पढाइद्वारा डबल शिरताज बन्छां। हामी नै डबल शिरताज थियौं, अहिले त सिंगल ताज पनि छैन। पतित छौं नि। यहाँ प्रकाशको ताज कसैलाई लगाउन सकिँदैन। यी चित्रहरूमा, जहाँ तिमी तपस्यामा बसेका छौ, वहाँ प्रकाशको ताज दिनु हुँदैन। तिमी डबल शिरताज भविष्यमा बन्नु छ। तिमी बच्चाहरूले जान्दछौ– हामी बाबाद्वारा डबल सिरताज महाराजा-महारानी बन्नको लागि आएका छौं। यो खुशी हुनुपर्छ। शिवबाबालाई याद गर्नुपर्छ अनि पतितबाट पावन बनेर स्वर्गको मालिक बन्छौ। यसमा कुनै कष्टको कुरा छैन। यहाँ तिमी विद्यार्थी बसेका छौ। वहाँ बाहिर मित्र-सम्बन्धीहरू आदिसँग जाँदा विद्यार्थी जीवन बिर्सिन्छ। फेरि मित्र सम्बन्धीहरू याद आउँछन्। मायाको प्रभाव हुन्छ नि। होस्टलमा रहनाले राम्रो पढ्छन्। बाहिर आउँदा-जाँदा सँगदोषले खराब हुन्छन्। यहाँबाट बाहिर गएपछि विद्यार्थी जीवनको नशा हराउँछ। पढाउने ब्राह्मणीहरूलाई पनि वहाँ बाहिर त्यति नशा रहँदैन, जति यहाँ रहन्छ। यो हेड अफिस मधुबन हो। विद्यार्थीहरू शिक्षकको सामुन्ने रहन्छन्। गोरखधन्दा आदि केही छैन। रात-दिनको फरक छ। कसैले त सारा दिनमा शिवबाबालाई याद पनि गर्दैनन्। शिवबाबाको सहयोगी बन्दैनन्। शिवबाबाको बच्चा बनेका हौ भने सेवा गर। यदि सेवा गर्दैनौ भने मानौं कपूत बच्चा हौ। बाबाले त जान्नुहुन्छ नि। यिनको कर्तव्य हो– बाबालाई याद गर भन्ने। अनुसरण गर्यौ भने धेरै-धेरै कल्याण हुन्छ। विकारी सम्बन्ध त भ्रष्टाचारी छ। त्यसलाई छोड्दै जाऊ, उससँग सम्बन्ध नराख। बाबाले त सम्झाउनु हुन्छ, तर कसैको भाग्यमा पनि हुनुपर्छ नि। बाबा भन्नुहुन्छ– चार्ट राख्नु छ, यसबाट पनि धेरै कल्याण हुन्छ।

कोही एक घण्टा पनि मुश्किलले यादमा रहन्छन्। ८ घण्टा त अन्त्यमा पुग्नु छ। कर्मयोगी त हौ नि। कसै-कसैलाई उमंग कहिलेकाहीँ आउँछ अनि चार्ट राख्छन्। यो राम्रो हो। जति बाबालाई याद गर्छौ, फाइदा नै छ। गाइएको पनि छ– अन्त्यकाल जसले हरिलाई स्मरण वल-वलको अर्थ के हो? जसले राम्रोसँग याद गर्दैन, जन्म-जन्मान्तरको बोझ जुन छ, उसलाई वल-वल (पटक-पटक) जन्म दिएर, साक्षात्कार गराएर फेरि सजायँ दिइन्छ। जस्तै काशी कलवट खाँदा तुरून्तै पापको साक्षात्कार हुन्छ। महसुस गर्छन्– मैले पापको सजायँ खाइरहेको छु। धेरै सजायँ खान्छन्। बाबाको सेवामा जसले विघ्न पार्छ, ऊ सजायँको लायक छ। बाबाको सेवामा बाधा पार्छन्, जसको राइट हेण्ड धर्मराज छ। बाबा भन्नुहुन्छ– आफूसँग प्रतिज्ञा गर किनकि बाबाको यादद्वारा नै तिमी पावन बन्छौ। नत्र हुँदैन। बाबाले प्रतिज्ञा गराउनु हुन्छ, गर नगर, तिम्रो ईच्छा। जसले गर्छ उस्ले पाउँछ। धेरै छन् जसले प्रतिज्ञा गर्छन्, फेरि पनि नराम्रो काम गरिरहन्छन्। भक्ति मार्गमा गाइरहन्छन्– मेरो त एक, दोस्रो न कोही। तर त्यो कुरा अहिले बुद्घिमा आउँछ– आत्माले किन यसरी गाउँदै आएको हो? सारा दिन गाइरहन्छन्– मेरो त एक गिरधर गोपाल यो त संगममा बाबा आएर आफ्नो घर लैजानु हुन्छ, कृष्णपुरीमा जानको लागि तिमी पढ्छौ नि। प्रिन्सेज कलेज हुन्छन्, जहाँ प्रिन्स-प्रिन्सेजहरूले पढ्छन्। त्यो त हो हदको कुरा। कहिले बिरामी हुन्छन्, कहिले मर्छन् पनि। यो त हो प्रिन्स-प्रिन्सेज बन्ने ईश्वरीय विश्व-विद्यालय। राजयोग हो नि। तिमी नरबाट नारायण बन्छौ। तिमीले बाबासँग वर्सा लिएर सत्ययुगका प्रिन्स-प्रिन्सेज बन्छौ। बाबा कति मज्जाका कुरा बसेर सुनाउनु हुन्छ। याद रहनुपर्छ नि। कोही त यहाँबाट बाहिर निस्किएपछि फँस्छन। बाबालाई याद पनि नम्बरवार गर्छन्। जसले धेरै याद गर्छ, उसले अरुलाई पनि याद गराउँछ। बुद्घिमा यही रहनुपर्छ– कसरी धेरैको कल्याण गरुँ! बाहिरका प्रजाका दास-दासी, यहाँका फेरि राजाका दास-दासी बन्छन्। पछि गएर सबै साक्षात्कार हुँदै जान्छ। तिमीले पनि महसुस गर्छौ– अवश्य मैले पूरा पुरूषार्थ गरेको छैन।

धेरै चमत्कार देख्नेछौ। जसले राम्ररी पढ्छ ऊ नै राजा बन्छ। बाबाले कति भनिरहनु हुन्छ– सेन्टरलाई प्रदर्शनी दिन्छु ताकि बच्चाहरूलाई सिकाएर होशियार बनाउन्। तब बाबाले बुझ्नुहुन्छ– बी.के. ले सेवा गर्न जानेका छन्। सेवा गर्यौ भने उच्च पद पाउँछौ। त्यसैले बाबा प्रदर्शनीको चित्र बनाउन धेरै जोड दिइरहनु भएको छ। यो चित्र बनाउन त धेरै साधारण छ। हिम्मत गरेर प्रदर्शनीको चित्र बनाउनमा मदत गर्नुपर्छ, तब सम्झाउन बच्चाहरूलाई सहज हुन्छ। बाबा सम्झनुहुन्छ– टिचर्स, मेनेजर ठण्डा छन्। कुनै-कुनै ब्राह्मणीहरू मेनेजर बने भने देह-अभिमान आउँछ। आफूलाई धेरै समझदार सम्झन्छन्, म धेरै राम्रो चल्छु। अरुलाई सोध्यो भने १० कुरा सुनाउँछन्। मायाले धेरै चक्करमा पार्छ। बच्चाहरू त सेवा, केवल सेवामा रहनुपर्छ। बाबा दयावान, दुःख हर्ता सुख कर्ता हुनुहुन्छ त्यसैले बच्चाहरू पनि बन्नु छ। केवल बाबाको परिचय दिनु छ। बाबा भन्नुहुन्छ– म एकलाई याद गर्यौ भने नर्कवासीबाट स्वर्गवासी बन्छौ। कति सहज छ। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने पतितबाट पावन बनेर तिमी शान्तिधाम, सुखधाममा आउँछौ। निश्चय छ भने फेरि लेखाउनुपर्छ। लेख्छन् पनि, अवश्य ब्रह्माकुमार कुमारीहरूले शिवबाबासँग वर्सा लिन्छन्। सम्झन्छन्– यस्तो बाबाको त अवश्य बन्नुपर्छ। शरण पर्नुपर्छ। तिमी बाबाको शरण परेका छौ नि अर्थात् गोदमा आएका छौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः

१) बाबा समान दयावान, दुःख हर्ता सुख कर्ता बन्नु छ।

२) सँगदोषबाट आफ्नो धेरै-धेरै सम्हाल गर्नु छ। एक बाबालाई नै अनुसरण गर्नु छ। धेरैको कल्याण गर्ने सेवा गर्नु छ। कहिल्यै अहंकारमा आएर आफूलाई धेरै समझदार सम्झनु हुँदैन।

वरदान:

कर्मद्वारा गुणहरूको दान गर्ने डबल लाइट फरिश्ता मूर्त भव:-  

कर्मद्वारा गुणहरूको दान गर्ने डबल लाइट फरिश्ता मूर्त भव:-जो बच्चाले कर्मणाद्वारा गुणहरूको दान गर्छ, उसको चलन र चेहरा दुवै फरिश्ताको जस्तो देखिन्छ। उसले डबल लाइट अर्थात् प्रकाशमय र हल्कापनको अनुभूति गर्छ। उसलाई कुनै पनि बोझको महसुसता हुँदैन। हरेक कर्ममा मदतको अनुभव हुन्छ, मानौं कुनै शक्तिले चलाइरहेको छ। हरेक कर्मद्वारा महादानी बनेको हुनाले उसलाई सबैको आशीर्वाद वा सबैको वरदानको प्राप्तिको अनुभव हुन्छ।

स्लोगन:

सेवामा सफलताको सितारा बन, कमजोर होइन।  


***OM SHANTI***


Google+ Followers