BK Murli 26 September 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 26 September 2016 Nepali

    २०७३ आश्विन १० गते सोमबार 26.09.2016 बापदादा मधुवन

    “मीठे बच्चे– आफूभन्दा ठूलोलाई सम्मान दिनु पनि दैवी गुण हो। जो समझदार र राम्ररी सम्झाउनेवाला छन्, उनीहरूलाई अनुसरण गर्नु छ।”  

    प्रश्न:

    सत्ययुगमा कुनै पनि भक्तिको रसम-रिवाज हुँदैन, किन?

    उत्तर:

    किनकि ज्ञानसागर बाबाले ज्ञान दिएर सद्गतिमा पठाइदिनुहुन्छ। भक्तिको फल मिल्छ। ज्ञान पाएपछि भक्तिसँग सम्बन्ध बिच्छेद जस्तै हुन्छ। जब हो नै ज्ञानको प्रारब्धको समय। फेरि भक्ति, तप, दान, पुण्य गर्ने आवश्यकता नै किन! वहाँ यो कुनै रसम-रिवाज हुन सक्दैन।

    ओम् शान्ति।

    पतित-पावन शिव भगवानुवाच। अहिले बाबा बसेर बच्चाहरूलाई सुनाउनुहुन्छ। बच्चाहरूलाई सम्झाइएको छ जब म यहाँ आउँछु, पतितहरूलाई पावन बनाउन ज्ञान सुनाउँछु, अरु कसैले यो ज्ञान सिकाउन सक्दैन। उनीहरूले पनि भक्ति नै सिकाउँछन्। ज्ञान केवल तिमी बच्चाहरूले मात्र सिक्छौ, जसले आफूलाई ब्रह्माकुमार-कुमारीहरू सम्झन्छौ। देलवाडा मन्दिर तिम्रो सामुन्ने खडा छ। वहाँ पनि राजयोगको तपस्यामा बसेका छन्। जगत् अम्बा पनि छिन्, प्रजापिता पनि छन्। कुमारी कन्या, अधर कुमारी पनि छन्। बाबाले राजयोग सिकाइरहनु भएको छ। माथि राजाईको चित्र पनि खडा छ। बाबाले कुनै भक्ति सिकाउनुहुन्न। भक्ति पनि उनको गर्छन्, जसले सिकाएर गए। तर उनीहरूलाई थाहा छैन– कसले राजयोग सिकाएर राजाई स्थापना गरेर जानुभएको हो। तिमी बच्चाहरूले अहिले जान्दछौ– भक्ति अलग चीज हो, ज्ञान अलग चीज हो। ज्ञान सुनाउनेवाला हुनुहुन्छ नै एक, अरु कसैले सुनाउन सक्दैन। ज्ञानका सागर एउटै हुनुहुन्छ। उहाँ नै आएर पतितहरूलाई पावन बनाउनुहुन्छ। अरु जति पनि सत्संग छन्, त्यहाँ कसैले पनि ज्ञान सिकाउन सक्दैन। हुन त आफूलाई श्री श्री १०८ जगतगुरू, भगवान पनि भन्छन् तर यस्तो केही भन्दैनन्, म सबैको परमपिता ज्ञानको सागर हुँ, उनीहरूलाई कसैले परमपिता परमात्मा त भन्दैन। यो त जान्दछन्– परमपिता पतित-पावन हुनुहुन्छ। यी प्वाइन्टहरू बुद्धिमा राम्ररी राख्नुपर्छ। मनुष्यहरूले भन्दछन्– यी ब्रह्माकुमारीहरूले त भक्तिलाई छुटाइदिन्छन्। तर ज्ञान पाएपछि, भक्ति त छुटि नै हाल्छ। यस्तो होइन– जब भक्ति सुरू गर्छौं, हामीले ज्ञानलाई छोडिदिन्छौं, त्यतिबेला यो थाहा हुँदैन। त्यो त स्वाभाविक रुपमा रावण राज्यमा आउँछ। अहिले तिमीलाई ज्ञान मिलेको छ– बाबाले हामीलाई राजयोग सिकाइरहनु भएको छ। राजयोगको ज्ञान हो, यसलाई भक्ति भनिदैन। भगवान ज्ञानका सागर हुनुहुन्छ, उहाँले कहिल्यै भक्ति सिकाउनुहुन्न। भक्तिको फल हो नै ज्ञान। ज्ञानद्वारा नै हुन्छ सद्गति। कलियुगको अन्त्यमा सबै दुःखी छन्। त्यसैले यस पुरानो दुनियाँलाई दुःखधाम भनिन्छ। यी कुरालाई अहिले तिमीले बुझ्दछौ। बाबा आउनुभएको छ भक्तिको फल अर्थात् सद्गति दिन। राजयोग सिकाइरहनु भएको छ। यो हो पुरानो दुनियाँ, जसको विनाश हुन्छ। हामीलाई राजाई चाहिन्छ नयाँ दुनियाँमा। यो राजयोगको ज्ञान हो। ज्ञान सिकाउनेवाला एउटै परमपिता परमात्मा शिव हुनुहुन्छ। उहाँलाई नै ज्ञानका सागर भनिन्छ, कृष्णलाई होइन। कृष्णको महिमा भिन्नै छ। अवश्य अघिल्लो जन्ममा यस्तो कर्म गरेका थिए, त्यसैले राजकुमार बनेका हुन्। 

    अहिले तिमीले जान्दछौ– राजयोगको ज्ञान लिएर हामी नयाँ दुनियाँमा स्वर्गको राजकुमार-राजकुमारी बन्छौं। स्वर्गलाई सद्गति, नर्कलाई दुर्गति भनिन्छ। हामीले आफ्नै लागि राज्य स्थापना गरिरहेका छौं। बाँकी जसले यो ज्ञान लिँदैनन्, पावन बन्दैनन् भने राजधानीमा आउन सक्दैनन् किनकि सत्ययुगमा धेरै कम देवात्माहरू हुन्छन्। कलियुगको अन्त्यमा जो यति मनुष्य छन्, ती अवश्य मुक्तिधाममा हुन्छन्। गुम हुँदैनन्, सबै घर जान्छन्। अहिले त बच्चाहरूलाई घर याद आउँछ– अब ८४ जन्मको चक्र पूरा हुन्छ। नाटक पूरा हुन्छ। अनेक पटक चक्कर लगाएका छौं। यो कुरा तिमी ब्राह्मण बच्चाहरूले नै जान्दछौ। ब्राह्मण त बन्दै जान्छन्। १६१०८ को माला हुन्छ। सत्ययुगमा त धेरै हुँदैनन्। सत्ययुगलाई नमूनाको रुपमा पनि देखाउँछन् नि। ठूलो चीजको नमूना सानो हुन्छ। जसरी सुनको द्वारिका देखाउँछन्। भनिन्छ– द्वारिकामा कृष्णको राज्य थियो। अब द्वारिकामा भन्नुपर्छ वा दिल्लीमा? जमुनाको किनार त यहाँ दिल्लीमा छ। वहाँ त सागर छ। यो कुरा त बच्चाहरूले बुझेका छौ– जमुनाको किनारमा थियो राजधानी। द्वारिका राजधानी होइन। दिल्ली प्रसिद्ध छ। जमुना नदी पनि हुनुपर्छ। जमुनाको महिमा छ। परिस्तान दिल्लीलाई नै भनिन्छ। ठूलो राजगद्दी दिल्लीको नै हुन्छ। अब त बच्चाहरूले बुझेका छन्– भक्तिमार्ग समाप्त भएर ज्ञानमार्ग आउँछ। यहाँ दैवी राजधानी स्थापना भइरहेको छ। बाबा भन्नुहुन्छ– पछि गएर तिमीलाई सबै थाहा हुन्छ। को-को कति पास हुन्छन्। विद्यालयमा पनि थाहा हुन्छ, फलाना-फलाना यति नम्बर ल्याएर पास भएका छन्। अब अर्को कक्षामा जान्छन्। अन्तिम समयमा धेरै थाहा हुनेछ। को-को पास भएर ट्रान्सफर हुन्छन्। क्लास त उच्च छ नि। बेहदको क्लास हो। सेवा केन्द्रहरू दिन-प्रतिदिन बढ्दै जान्छन्। कोही आएर ७ दिनको कोर्स राम्ररी लिन्छन्। एक दुई दिनको कोर्स पनि कम हुँदैन। देख्छन्– कलियुगको विनाश सामुन्ने खडा छ, अब सतोप्रधान बन्नु छ। बाबाले भन्नुभएको छ– बुद्धियोग मसँग लगायौ भने सतोप्रधान बन्छौ। पवित्र दुनियाँमा आउँछौ, पार्ट त अवश्य खेल्नु नै छ। 

    जसरी ड्रामामा कल्प पहिला पार्ट खेलिसकेका छौ। तिमीहरूले नै राज्य गथ्र्यौ, फेरि वृद्धि हुँदै जान्छ। वृक्ष वृद्धि हुँदै जान्छ। हिन्दूहरू देवी-देवता धर्मका हुन्। तर पावन नभएका हुनाले उनले पावन देवताहरूलाई पुज्दछन्। जसरी क्रिश्चियनहरूले क्राइस्टलाई पुज्छन्। आदि सनातन देवी-देवता धर्म हुन्छ– सत्ययुगमा। सत्ययुगको स्थापना गर्नेवाला हुनुहुन्छ बाबा। अवश्य सत्ययुगमा यी देवताहरूको राज्य थियो। त्यसैले एक जन्म पहिले यिनीहरूले पुरूषार्थ गरेको हुनुपर्छ। अवश्य त्यो संगम नै हुनुपर्छ, जब पुरानो दुनियाँ परिवर्तन भएर नयाँ दुनियाँ हुन्छ। कलियुग परिवर्तन भएर सत्ययुग आउनु छ, त्यसैले कलियुगमा पतित हुन्छन्। बाबाले सम्झाउनुभएको छ, यी लक्ष्मी-नारायणको चित्र बनाउँछौ वा परिचय छपाउँछौ भने त्यसमा लेखिदिनुपर्छ– यिनीहरूले यो सहज राजयोगको ज्ञानद्वारा अघिल्लो जन्ममा यो पुरूषार्थ गरेका हुन्। केवल राजा-रानी त हुँदैनन्। प्रजा पनि त बन्छन् नि। अज्ञानमा त मनुष्यले केही पनि जान्दैनन् केवल पूजा गरिरहन्छन्। अहिले तिमीले जान्दछौ– उनीहरूले पूजा गर्दा केवल लक्ष्मी-नारायणलाई नै हेरिरहन्छन्। ज्ञान केही पनि हुँदैन। मानिसहरूले सम्झन्छन्– भक्ति विना भगवान मिल्दैन। तिमीले कसैलाई भगवान आउनुभएको छ भन्यौ भने हाँसोमा उडाउँछन्। भगवान त आउनुहुन्छ कलियुगको अन्त्यमा, अहिले कहाँबाट आउनुहुन्छ! कलियुगको अन्त्यमा पनि किन भनिन्छ, यो पनि जान्दैनन्। उनीहरूले त कृष्णलाई द्वापरमा लिएर गएका छन्। मनुष्यले जे आउँछ, बोलिदिन्छन्, नबुझिकनै। त्यसैले बाबा भन्नुहुन्छ– तिमी बिल्कुलै बेसमझ बनेका छौ। बाबालाई सर्वव्यापी भनिदिन्छन्। भक्ति बाहिरबाट त धेरै सुन्दर देखिन्छ। भक्तिको आकर्षण कति छ! तिमीसँग त केही पनि छैन। अरु कहीँ पनि सत्संग आदिमा गयौ भने अवश्य हल्ला हुन्छ। गीत गाउँछन्। यहाँ त बाबाले रिकर्ड बजाउन पनि मन पराउनुहुन्न। पछि गएर सायद यो पनि बन्द हुनेछ। 

    बाबा भन्नुहुन्छ– यी गीत आदिको सार सबै तिमीलाई सम्झाउँछु। तिमीले अर्थ जान्दछौ। यो पढाइ हो। बच्चाहरूले जान्दछन्– हामीले राजयोग सिकिरहेका छौं। यदि कम पढियो भने प्रजामा गइन्छ, जो धेरै होशियार छन्, उनीहरूको अनुसरण गर्नुपर्छ किनकि उनीहरूको पढाइमा धेरै ध्यान हुन्छ। त्यसबाट फाइदा हुन्छ। जो राम्ररी सम्झाउनेवाला छन्, उनीहरूबाट सिक्नुपर्छ। जसले राम्ररी सम्झाउँछन्, उनीहरूलाई सेवाकेन्द्रमा याद गर्छन् नि। ब्रह्माकुमारी त बसेका हुन्छन् फेरि पनि भन्छन् फलानी आऊन्। सम्झन्छन्– यिनी धेरै होशियार छन्। त्यसैले उनलाई आदर पनि गर्नुपर्छ। ठूलोलाई सम्मान पनि यसरी गर्नुपर्छ। यिनी ज्ञानमा म भन्दा तीक्ष्ण छन्, अवश्य यिनलाई उच्च पद मिल्छ, यसमा अहंकार आउनु हुँदैन। ठूूलाको ठूलै इज्जत हुन्छ। राष्ट्रपतिको अवश्य धेरै इज्जत हुन्छ। हरेकको नम्बरवार इज्जत हुन्छ। एक-अर्कालाई सम्मान त गर्छन् नि। वकिलहरूमा पनि नम्बरवार हुन्छन्। ठूलो मुद्दामा धेरै होशियार वकिल राख्छन्। कसै-कसैले त लाख रुपैयाँको मुद्दा पनि लिन्छन्। नम्बरवार अवश्य हुन्छन्। आफू भन्दा होशियार छन् भने सम्मान गर्नुपर्छ। सेवाकेन्द्र सम्हाल्नु छ। सबै काम पनि गर्नु छ। बाबालाई सारा दिन ख्याल चलिरहन्छ नि। प्रदर्शनी कसरी बनाउने, पूरा ध्यान दिनुपर्छ। म तमोप्रधानबाट सतोप्रधान कसरी बनूँ। बाबा आउनुभएकै हो सतोप्रधान बनाउन। पतित-पावन बाबा नै हुनुहुन्छ। यहाँ फेरि भन्छन् पतित-पावनी गंगा, त्यसमा जन्म-जन्मान्तर स्नान गर्दै आएका छौं। पावन त कोही पनि बनेको छैन। यो सबै हो भक्ति। भन्दछन्– पतित-पावन आउनुहोस्। उहाँ आउनुहुन्छ नै अवश्य संगममा, एक पटक नै आउनुहुन्छ। हरेकको आ-आफ्नो रसम-रिवाज हुन्छ। जसरी नेपालमा अष्टमीमा बलि चढाउँछन्। कुनै एकै पटकमा मरेन भने त्यो बलि हुँदैन, त्यो देवीलाई चढाउँदैनन्। यो सबै हो भक्ति मार्ग। हरेकको आ-आफ्नो कल्पना हुन्छ। कल्पनामा अनुयायी बन्छन्। यहाँ त नयाँ कुरा छन्। यी कुरालाई त बच्चाहरूले मात्र जान्न सक्छन्। एउटै बाबाले बसेर सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउनुहुन्छ। तिमीलाई खुशी हुन्छ– म स्वदर्शन चक्रधारी हुँ, अरु कसैले बुझ्न सक्दैन। सभामा तिमीलाई मैले भन्छु– सर्वोत्तम ब्राह्मण कुल भूषण, स्वदर्शन चक्रधारी, त्यसको अर्थ तिमीले जान्दछौ। नयाँ कोही भयो भने अल्मलिन्छ, यो के भन्यो? स्वदर्शन चक्रधारी त विष्णु हुन्। यो नयाँ कुरा भयो नि। त्यसैले तिमीलाई भन्छन्, बाहिर मैदानमा आयौ भने थाहा हुन्छ। 

    तिम्रो हो ज्ञानमार्ग। तिमीले ५ विकारमाथि विजय पाउँछौ। यी असुरहरू (५ विकारहरू) सँग तिम्रो लडाईं छ। फेरि तिमी देवता बन्छौ त्यसपछि कुनै लडाईंको कुरा हुँदैन। जहाँ असुर हुन्छन् वहाँ देवता हुँदैनन्। तिमी हौ ब्राह्मण, देवता बन्नेवाला, जो पुरूषार्थ गरिरहेका छौ। रूद्र ज्ञान यज्ञमा ब्राह्मण अवश्य चाहिन्छ। ब्राह्मण विना यज्ञ हुँदैन। रूद्र हुनुहुन्छ शिव, फेरि कृष्णको नाम कहाँबाट आयो। तिमी दुनियाँदेखि बिलकुलै भिन्न छौ। र, तिमी छौ पनि कति थोरै। चराहरूले सागरलाई निले। शास्त्रहरूमा कति दन्त्य कथाहरू छन्। बाबा भन्नुहुन्छ– अब ती सबैलाई भुलेर म एकलाई याद गर। आत्माले नै बाबालाई याद गर्छ। बाबा त एक हुनुहुन्छ नि। हे परमात्मा वा प्रभु भन्दा त्यतिबेला लिंग याद आउँदैन। केवल ईश्वर वा प्रभु भनिदिन्छन्। आत्मालाई बाबाद्वारा आधा कल्पको लागि सुख मिलेको छ, त्यसैले फेरि भक्ति मार्गमा याद गर्छन्। अहिले तिमीलाई ज्ञान मिलेको छ– आत्मा के हो, परमात्मा के हो? हामी सबै आत्माहरू मूलवतनका निवासी हौं, त्यहाँबाट नम्बरवार पार्ट खेल्न आउँछौं। पहिला आउँछन् देवी-देवताहरू। भन्दछन्– क्राइस्ट भन्दा पहिला देवी-देवता धर्म थियो। ५ हजार वर्षको कुरा हो। तर उनीहरूले भनिदिन्छन्– ५० हजार वर्षको यो पुरानो चीज हो। तर ५० हजार वर्षको पुरानो चीज कुनै हुन सक्दैन। ड्रामा हो नै ५ हजार वर्षको। मुख्य धर्म हो नै यो। यी धर्महरूका नै भवन आदि हुनुपर्छ। सबैभन्दा पहिला त रजोगुणी बुद्धिका थिए। अहिले त अझै तमोगुणी बुद्धि भएका छन्। प्रदर्शनीमा कति सम्झाउँछौ। कसैको समझमा कहाँ आउँछ र! ब्राह्मणहरूको नै कलमी लाग्नु छ। त्यसैले बच्चाहरूलाई सम्झाइएको छ– ज्ञान अलग चीज हो, भक्ति अलग चीज हो। ज्ञानबाट सद्गति हुन्छ। त्यसैले भन्छन् पनि– हे पतित-पावन आउनुहोस्, दुःखबाट मुक्त गर्नुहोस्। फेरि गाइड बनेर साथै लैजानुहुन्छ। बाबा आएर आत्माहरूलाई लैजानुहुन्छ। शरीर त सबै समाप्त हुन्छन्। विनाश हुन्छ नि। शास्त्रहरूमा एउटै महाभारतको गायन गरिएको छ। भन्दछन् पनि– यो त्यही महाभारतको लडाईं हो। त्यो त हुन्छ नै। सबैलाई बाबाको परिचय दिइराख। तमोप्रधानबाट सतोप्रधान बन्ने उपाय त एउटै छ। बाबा भन्नुहुन्छ– म एकलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ र आत्मा मसँग जान्छ। सबैलाई सन्देश दिइरह्यौ भने धेरैको कल्याण हुन्छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) जो पढाइमा होसियार छन्, राम्ररी सम्झाउँछन्, उनीहरूकै संगत गर्नु छ, उनीहरूलाई सम्मान दिनु छ। कहिल्यै पनि अहंकारमा आउनु हुँदैन।

    २) ज्ञानका नयाँ-नयाँ कुरालाई राम्ररी बुझ्नु वा बुझाउनु छ। यसै खुशीमा रहनु छ– म स्वदर्शन चक्रधारी हुँ।

    वरदान:

    भोलापनको साथै अलमाइटी अथोरिटी बनेर मायासँग सामना गर्नेवाला शक्ति स्वरुप भव:-   

    कहिलेकाहीँ भोलापनले धेरै नोक्सान पारिदिन्छ। सरलताले भोला रुप धारण गर्छ। तर यस्तो भोला नबन, जसकारण सामना गर्न नसकियोस्। सरलताको साथै समाहित गर्ने र सहन गर्ने शक्ति चाहिन्छ। जसरी बाबा भोलानाथको साथै अलमाइटी अथोरिटी हुनुहुन्छ, त्यस्तै तिमी पनि भोलापनको साथ-साथै शक्ति स्वरुप बन्यौ भने मायाको थप्पड लाग्दैन, मायाले सामना गर्नुको सट्टा नमस्कार गर्छ।

    स्लोगन:

    आफ्नो दिलमा यादको झण्डा लहरायौ भने प्रत्यक्षताको झण्डा लहराउनेछ।   



    ***OM SHANTI***