BK Murli 3 September 2016 In Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 3 September 2016 In Nepali

    २०७३ भाद्र १८ गते शनिबार 03.09.2016 बापदादा मधुवन

    “मीठे बच्चे– अहिले तिमी अमरलोकको यात्रामा छौ, तिम्रो यो बुद्धिको रुहानी यात्रा हो, जुन तिमी सच्चा सच्चा ब्राह्मणले नै गर्न सक्छौ।”  

    प्रश्न:

    आफूले आफैंसँग वा आपसमा कुनचाहिँ वार्तालाप गर्नु नै शुभ सम्मेलन हो?

    उत्तर:

    आफूले आफैंसँग कुरा गर– म आत्मा अब यस पुरानो फोहोरी शरीरलाई छोडेर फर्केर घर जान्छु। यो तन कुनै कामको छैन, अब त बाबासँग जान्छु। आपसमा भेट हुँदा यही वार्तालाप गर– सेवामा वृद्धि कसरी गर्ने, सबैको कल्याण कुन हिसाबले होस्, सबैलाई मार्ग कसरी बताउने यही शुभ सम्मेलन हो।

    गीतः–

    दिल का सहारा टूट न जाये

    ओम् शान्ति।

    मीठा-प्यारा रुहानी बच्चाहरूले, सबै सेन्टरका ब्रह्मा मुख वंशावली सर्वात्तम ब्राह्मण कुल भूषणहरूले आफ्नो कुललाई जान्दछन्। जो जुन कुलको हुन्छ उसले आफ्नो कुललाई जान्दछ। चाहे निम्न कुलको होस् वा राम्रो उच्च कुलको, हरेकले आफ्नो कुललाई जान्दछ र सम्झन्छ– यसको कुल राम्रो हो। कुल भन वा जाति भन, दुनियाँमा तिमी बच्चाहरू सिवाय अरु कसैले जान्दैन– ब्राह्मण नै सर्वात्तम कुल हो। पहिलो नम्बर कुल भनिन्छ तिमी ब्राह्मणहरूको। ब्राह्मण कुल अर्थात् ईश्वरीय कुल। पहिले हुन्छ निराकार कुल फेरि आउँछ साकारी सृष्टिमा। सूक्ष्मवतनमा त कुल हुँदैन। साकारमा सर्वोच्च तिमी ब्राह्मणहरूको कुल छ। तिमी ब्राह्मण आपसमा भाइ-बहिनी हौ। बहिनी र भाइ भएकाले विकारमा जान सक्दैनौ। तिमीले अनुभवद्वारा भन्न सक्छौ– यो पवित्र रहने धेरै राम्रो युक्ति हो। हरेकले भन्छ– हामी ब्रह्माकुमार कुमारी हौं। शिववंशी त सबै हुन् फेरि जब साकारमा आउँछन्, प्रजापिताको नाम भएकाले भाइ-बहिनी हुन जान्छन्। प्रजापिता ब्रह्मा छन् भने अवश्य रचयिता पनि हुनुहुन्छ, एडाप्ट गर्नुहुन्छ। तिमी कोख वंशावली होइनौ, मुख वंशावली हौ। मनुष्यले कोख वंशावली र मुख वंशावलीको अर्थ पनि जान्दैनन्। मुख वंशावली अर्थात् धर्मको बच्चा। कोख वंशावली अर्थात् जन्म लिएको बच्चा। तिम्रो यो जन्म अलौकिक हो। बाबालाई लौकिक, अलौकिक, पारलौकिक भनिन्छ। प्रजापिता ब्रह्मालाई अलौकिक बाबा भनिन्छ। लौकिक पिता त सबैका छन्। उनीहरू त सामान्य हुन्। पारलौकिक बाबा पनि सबैको हुनुहुन्छ। भक्ति मार्गमा त हे भगवान, हे परमपिता सबैले भनिरहन्छन्। तर यी बाबालाई कहिल्यै कसैले पुकार्दैनन्। यी बाबा ब्राह्मण बच्चाहरूका हुन्। दुवैलाई त सबैले जान्दछन्। 

    बाँकी ब्रह्मामा अलमलिन्छन् किनकि ब्रह्मा त छन् नै सूक्ष्मवतनमा। यहाँ त देखाउँदैनन्। चित्रमा पनि ब्रह्मालाई दार्ही जुँगा भएका देखाउँछन् किनकि प्रजापिता ब्रह्मा यहाँ सृष्टिमा छन्। सूक्ष्मवतनमा त प्रजा रच्न सकिँदैन। यो पनि कसैको बुद्धिमा आउँदैन। यी सबै कुरा बाबाले सम्झाउनु हुन्छ। यो रुहानी यात्रा पनि गाइएको छ। रुहानी यात्रा त्यो हो, जहाँबाट फेरि फर्किएर आउनु पर्दैन। अरु यात्राहरू त सबैले जन्म-जन्मान्तर गरिरहन्छन् र गएर फर्किएर आउँछन्। त्यो हो जिस्मानी यात्रा, यो तिम्रो हो रुहानी यात्रा। यस रुहानी यात्रा गर्नाले तिमी मृत्युलोकमा फर्विंmदैनौ। बाबाले तिमीलाई अमरलोकको यात्रा सिकाउनु हुन्छ। उनीहरू काश्मिरतिर अमरनाथको यात्रामा जान्छन्। त्यो कुनै अमरलोक होइन। अमरलोक एक छ आत्माहरूको, दोस्रो हुन्छ मनुष्यहरूको, जसलाई स्वर्ग अथवा अमरलोक भन्न सकिन्छ। आत्माहरूको हो निर्वाणधाम। अमरलोक सत्ययुग र मृत्युलोक हो कलियुग। निर्वाणधाम हो शान्तिलोक, जहाँ आत्माहरू रहन्छन्। बाबा भन्नहुन्छ– तिमी अमरपुरीको यात्रामा छौ। पैदल जाने ती हुन् जिस्मानी यात्राहरू। यो हो रुहानी यात्रा, जसलाई सिकाउनेवाला एकै रुहानी बाबा हुनुहुन्छ र एकै पटक आएर सिकाउनु हुन्छ। त्यो त जन्म जन्मान्तरको कुरा हो। यो हो मृत्युलोकको अन्त्यको यात्रा। यो तिमी ब्राह्मण कुल भूषणले नै जान्दछौ। रुहानी यात्रा अर्थात् यादमा छौ। गायन पनि छ– अन्त्य मति सो गति। तिमीलाई याद आउँछ नै बाबाको घर। बुझेका छौ– अब नाटक पूरा हुन्छ। यो पुरानो वस्त्र, पुरानो तन हो। आत्मामा खाद पर्नाले शरीरमा पनि खाद पर्छ। जब आत्मा पवित्र बन्छ, हामीलाई शरीर पनि पवित्र मिल्छ। यो पनि तिमी बच्चाहरूले जान्दछौ। बाहिरकाले त केही जान्दैनन्। तिमीले देखेका छौ– कसै कसैले बुझ्दछन् पनि। कसैको बुद्धिमा यो ज्ञान छैन। बुझेको छ भने अवश्य कसैलाई सम्झाउँछ। 

    मनुष्य जब यात्रामा जान्छन्, पवित्र रहन्छन्। फेरि घरमा आएर अपवित्र बन्छन्। महिना, दुई महिना पवित्र रहन्छन्। यात्राको पनि सिजन हुन्छ। सदैव त यात्रामा जान सक्दैनन्। ठण्डी वा बर्सात्को समयमा कोही जान सक्दैन। तिम्रो यात्रामा त ठण्डी वा गर्मीको कुनै कुरा छैन। बुद्धिद्वारा स्वयं बुझ्न सक्छौ– हामी गइरहेका छौं, बाबाको घरमा। जति हामी याद गर्छौं, त्यति विकर्म विनाश हुन्छ। बाबाको घरमा गएर फेरि हामी नयाँ दुनियाँमा आउँछौं। यो बाबाले नै सम्झाउनु हुन्छ। यहाँ पनि नम्बरवार बच्चाहरू छन्। वास्तवमा यात्रालाई भुल्नु हुँदैन तर मायाले भुलाइदिन्छ। त्यसैले लेख्छन् पनि– बाबा हजुरको याद भुलिन्छ। अरे! यादको यात्रा, जसबाट तिमी सदा निरोगी, सम्पन्न बन्छौ, यस्तो दबाई तिमीले भुल्छौ। उनीहरूले यो पनि भन्छन्– बाबालाई याद गर्नु, बडो सहज छ। आफूसँग कुरा गर्नु छ– हामी आत्मा पहिले सतोप्रधान थियौं, अहिले तमोप्रधान बनेका छौं। अहिले शिवबाबाले हामीलाई युक्ति त धेरै राम्रो बताउनु हुन्छ। बाँकी अभ्यास गर्नु छ। आँखा बन्द गरेर विचार गरिँदैन। (बाबाले गरेर देखाउनुभयो) यसरी आफैंसँग कुरा गर– हामी सतोप्रधान थियौं, हामीले नै राज्य गर्दथ्यौं। त्यो दुनियाँ गोल्डन एज थियो, फेरि सिल्भर कपर, आइरन, एजमा आयो। अब आइरन एजको अन्त्य छ, बाबा आउनुभएको छ। बाबाले हामी आत्माहरूलाई भन्नुहुन्छ– मलाई याद गर। आफ्नो घरलाई पनि याद गर, जहाँबाट आएका हौ। फेरि अन्त मति सो गति हुन्छ। तिमी वहाँ नै जानु छ। यो युक्ति बाबा बताउनु हुन्छ– सबेरै उठेर आफूसँग कुरा गर। बाबा गरेर देखाउनुहुन्छ– म पनि सबेरै उठेर विचार सागर मन्थन गर्छु। सच्चा कमाइ गर्नुपर्छ नि। सुबहको साँई... त्यसैले उहाँ साँईलाई याद गर्नाले तिम्रो बेडा पार भएर जान्छ। बाबा जे गर्नुहुन्छ, जसरी गर्नुहुन्छ त्यो बच्चाहरूलाई पनि सम्झाउनु हुन्छ। यसमा खिटपिटको कुरा छैन। यो कमाइको धेरै राम्रो युक्ति हो। अल्फलाई याद गर्नाले विश्वको बादशाही त मिलि नै हाल्छ। 

    बच्चाहरू जान्दछन्– हामी राजयोग सिकिरहेका छौं। बाबा बीजरुप, नलेजफुल हुनुहुन्छ त्यसैले हामीले पनि वृक्षको बारेमा पूरा बुझेका छौं। यो पनि मोटो रुपमा ज्ञान छ। आदिमा यो वृक्ष कसरी बढ्छ, फेरि कसरी त्यसको आयु पूरा हुन्छ। अरु वृक्ष त तुफान आदि लाग्नाले गिर्छन्। तर यस मनुष्य सृष्टि वृक्षको पहिलो फाउन्डेसन सड्छ। त्यो देवी देवता धर्म प्रायः लोप हुन जान्छ। यो पनि हुनु नै छ। यो जब गुम हुन्छ, तब भनिन्छ– एक धर्मको फेरि स्थापना र अनेक धर्मको विनाश। कल्प कल्प यो धर्म प्रायः लोप हुन्छ। आत्मामा खाद पर्यो भने गहना झुटो हुन्छ। बच्चाहरूले सम्झन्छन्– हामीमा खाद थियो, अब हामी स्वच्छ बन्छौं, तब अरुलाई मार्ग बताउँछौं। दुनियाँ त तमोप्रधान छ। पहिले सतोप्रधान स्वर्ग थियो। त्यसैले बच्चाहरूले सबेरै-सबेरै उठेर आफूसँग कुरा अर्थात् रुहरिहान गर्नुपर्छ। विचार सागर मन्थन गर्नुपर्छ। फेरि अरुलाई सम्झाउनुपर्छ– यो ८४ जन्मको चक्र हो। ८४ जन्म कसरी लिन्छन्, कसले लिन्छन्? अवश्य जो पहिले आएका छन्, उनीहरूले नै लिन्छन्। बाबा पनि यहाँ आउनुहुन्छ। आएर ८४ को चक्र सम्झाउनु हुन्छ। बाबा कहाँ आउनुभएको छ– यो पनि जान्दैनन्। बाबा आएर आफ्नो परिचय स्वयं दिनुहुन्छ। भन्नुहुन्छ– म तिमीलाई राजयोग सिकाउँछु, मनमनाभव। मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। यस्तो ज्ञान कसैले दिन सक्दैन। हुन त गीता आदि सुनाउँछन्। वहाँ पनि मानिस गइरहन्छन्। तर भगवान कुनै समयमा त आउनुभएको हुनुपर्छ, तब त ज्ञान सुनाउनुभयो। जब आउनुहुन्छ, तब त सुनाउनुहुन्छ नि। उनीहरूले त बसेर गीताको पुस्तक लिएर सुनाउँछन्। यहाँ त भगवान ज्ञानको सागर हुनुहुन्छ। उहाँले केही हातमा लिएर पढ्नु छैन। उहाँले सिक्नुहुन्न। कल्प पहिले पनि आएर तिमी बच्चाहरूलाई संगममा सिकाउनुभएको थियो। बाबाले नै आएर राजयोग सिकाउनु हुन्छ। यो हो यादको यात्रा। 

    तिम्रो बुद्धिले नै जान्दछ– ब्रह्मा मुख वंशावली सिवाय अरु कुनै मनुष्य छैन, जोसँग यो ज्ञान होस्। सबैमा सर्वव्यापीको ज्ञान भरिएको छ। यो कसैले जान्दैन– परमात्मा बिन्दु हुनुहुन्छ। ज्ञान सागर पतित-पावन हुनुहुन्छ। केवल यत्तिकै गाइरहन्छन्। गुरूहरूले जे सिकाउँछन्, त्यसलाई सत् सत् गरिरहन्छन्। अर्थ केही पनि जान्दैनन्। न त्यसमा कहिल्यै विचार चलाउँछन्– यो सत्य हो वा होइन। बाबा सम्झाउनु हुन्छ– तिमी बच्चाहरूले हिँड्दा-डुल्दा यादको यात्रामा अवश्य रहनु छ। नत्र विकर्म विनाश हुन सक्दैन। कर्म जे गरे पनि बुद्धिमा बाबाको याद रहोस्। श्रीनाथको द्वारेमा भोजन बनाउँछन् भने बुद्धिमा त्यही श्रीनाथ रहन्छ नि। बसेका हुन्छन् नै मन्दिरमा। जान्दछन्– हामी श्रीनाथको लागि बनाउँछौं। भोजन बनायो, भोग लगायो फेरि पनि घरमा भएका बच्चाहरू याद आइरहन्छन्। वहाँ भोजन बनाउँछन्। मुख बन्द– कुराकानी गर्दैनन्। मनसाबाट कुनै विकर्म बन्दैन। उनीहरू श्रीनाथको मन्दिरमा बसेका छन्। यहाँ त शिवबाबाको पासमा बसेका छौ। यहाँ पनि बाबा युक्ति बताइरहनुहुन्छ। प्यारा बच्चाहरू! कुनै फाल्टु कुरा नगर। सदैव बाबासँग मीठो-मीठो कुराकानी गर्नु छ। जस्तो बाबा त्यस्तै बच्चाहरू। बाबाको स्मृतिमा हरन्छ– चक्र कसरी घुम्छ, त्यसैले त तिमी बच्चाहरूलाई आएर सुनाउनुहुन्छ। तिमी बच्चाहरूले जान्दछौ– हाम्रो बाबा मनुष्य सृष्टिको बीजरुप, चैतन्य हुनुहुन्छ। कति सहज कुरा छ। तर फेरि पनि बुझ्दैनन् किनकि पत्थरबुद्धि छन् नि। त्यस बीजलाई हामी चैतन्य भन्दैनौं। उहाँ ज्ञानको सागर, चैतन्य हुनुहुन्छ। उहाँ एकै हुनुहुन्छ। ती बीज त अनेक प्रकारका हुन्छन्। भगवानलाई भनिन्छ मनुष्य सृष्टिको बीजरुप। त्यसैले बाबा हुनुभयो नि। आत्माहरूको बाबा परमात्मा हुनुहुन्छ त्यसैले सबै भाइ-भाइ ठहरिए, बाबा पनि वहाँ रहनुहुन्छ, जहाँ तिमी आत्माहरू निवास गर्छौ। 

    निर्वाणधाममा बाबा र बच्चाहरू रहन्छन्। यस समय तिमी प्रजापिता ब्रह्माका सन्तान भाइ र बहिनी हौ, त्यसैले शिववंशी ब्रह्माकुमार-कुमारी कहलाउँछौ। यो पनि तिमीले लेख्नु छ– हामी सबै ब्रह्माकुमार-कुमारी भाइ-बहिनी हां। बाबाले ब्रह्माद्वारा सृष्टि रच्नुहुन्छ भने भाइ बहिनी भयौं नि। कल्प-कल्प यसरी नै रचना गर्नुहुन्छ। एडाप्ट गर्दै जानुहुन्छ। मनुष्यलाई प्रजापिता ब्रह्मा भनिँदैन। भन्न त बाबा भन्छौ तर उनी हुन् हदका, यिनलाई प्रजापिता भनिन्छ किनकि धेरै प्रजा छन् अर्थात् धेरै बच्चाहरू छन्। त्यसैले बेहदको बाबाले बच्चाहरूलाई सबै कुरा बसेर सम्झाउनु हुन्छ। यो दुनियाँ बिलकुल बिग्रिएको फोहोरी छ। अब तिमीलाई वाह वाहको दुनियाँमा लिएर जानुहुन्छ। तिमीहरूमा पनि धेरै छन् जसले बिर्सिन्छन्। यदि यो याद भएको भए बाबाको पनि याद रहने थियो र गुरूको पनि याद रहने थियो– अब फर्केर जानु छ। पुरानो शरीर छोडिदिन्छौ किनकि यो तन अब कामको छैन। आत्मा अहिले पवित्र हुँदै जान्छ त्यसैले शरीर पनि पवित्र हुनु छ। आपसमा यस्ता-यस्ता कुरा बसेर गर्नुपर्छ, यसलाई भनिन्छ शुभ सम्मेलन, जसमा राम्रा-राम्रा कुरा हुन्छन्। सेवा कसरी वृद्धि होस्। कल्याण कसरी गर्ने! उनीहरूको त फोहोरी सम्मेलन हो, गफ मारिरहन्छन्। यहाँ गफ आदिको कुरा छैन। सच्चा सच्चा सम्मेलन यसलाई भनिन्छ। तिमीलाई यो कहानी सुनाइएको छ– यो कलियुग हो, सत्ययुगलाई स्वर्ग भनिन्छ। पहिले स्वर्ग थियो, तिमीहरूले नै ८४ जन्म भोग्छौ। अहिले अन्त्यमा छौ। अहिले तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। यसमा कुनै गंगा स्नान आदि गर्नु छैन। भगवानुवाच– म सबैको बाबा हँ। कृष्ण सबैका पिता हुन सक्दैनन्। एक दुई बच्चाका पिता श्रीनारायण हुन् नकि श्रीकृष्ण। श्रीकृष्ण त कुमार हुन्। यी प्रजापिता ब्रह्माका त धेरै बच्चाहरू छन्। कहाँ कृष्ण भगवानुवाच, कहाँ शिव भगवानुवाच। भूल कति ठूलो गरिदिएका छन्। प्रदर्शनी जहाँ गरे पनि मुख्य कुरा यो हो– गीताको भगवान उहाँ हुनुहुन्छ वा उनी? पहिले पहिले यो सम्झाउनुपर्छ– भगवान शिवलाई भनिन्छ। यो बुद्धिमा बसाउनु छ। यसमा गम्भीर जाँच हुनुपर्छ। गीताको भगवानको चित्र पनि बडो स्थायी हुनुपर्छ। तल लेखिदिनुपर्छ– निर्णय गर्नुहोस् र आएर बुझ्नुहोस्। फेरि लेखाएर सही लिनुपर्छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) आपसमा शुभ सम्मेलन गरेर सेवाको वृद्धिको योजना बनाउनु छ। आफ्नो र सबैको कल्याणको युक्ति रच्नु छ। कहिल्यै पनि कुनै व्यर्थ (फाल्तु) कुरा गर्नु छैन।

    २) बिहान-सबेरै उठेर आफूले आफैंसँग कुरा गर्नु छ, विचार सागर मन्थन गर्नु छ। भोजन बनाउँदा एक बाबाको यादमा रहनु छ। मन बाहिर नभड्कियोस्, यो ध्यान राख्नु छ।

    वरदान:

    त्रिकालदर्शी बनेर व्यर्थ संकल्प वा संस्कारहरूको परिवर्तन गर्ने विश्व कल्याणकारी भव:-  

    जब मास्टर त्रिकालदर्शी बनेर संकल्पलाई कर्ममा लगाउँछौ, कुनै पनि कर्म व्यर्थ हुँदैन। यस व्यर्थलाई बदलेर समर्थ संकल्प र समर्थ कार्य गर्नु– यसलाई भनिन्छ सम्पूर्ण स्टेज। केवल आफ्ना व्यर्थ संकल्प वा विकर्मलाई मात्र भस्म गर्नु छैन, शक्ति रुप बनेर सारा विश्वको विकर्मको बोझ हल्का गर्ने वा अनेक आत्माहरूको व्यर्थ संकल्पलाई मेटाउने मेशीनरी तीव्र गर तब भनिन्छ विश्व कल्याणकारी।

    स्लोगन:

    नष्टोमोहा बन्नु छ भने सेवा अर्थ स्नेह राख, स्वार्थ वश होइन।   



    ***OM SHANTI***