BK Murli 4 September 2016 In Nepali

BK Murli 4 September 2016 In Nepali

२०७३ भाद्र १९ गते आइतबार 04.09.2016 बापदादा मधुवन

बिन्दुको महत्व


आज स्नेहका सागर बाबा आफ्ना स्नेही आत्माहरूसँग मिल्न आउनुभएको छ। बाबाको स्नेहमा टाढा-टाढादेखि भाग्दै मिलन स्थानमा आइपुग्यौ। बापदादा यस्ता स्नेही आत्माहरूलाई स्नेहको रिटर्न स्नेह र सहयोग सदा दिनुहुन्छ। अहिले पनि दिइरहनु भएको छ र दिइरहनु हुनेछ। 

सबै स्थानहरूका स्नेही आत्माहरू अहिले पनि सूक्ष्म फरिश्ताको रुपमा यस मिलन सभामा सम्मुख छन्। बापदादा डबल सभा देखिरहनु भएको छ। एक साकारी शरीरधारी यस धर्तीमा बसेका छौ। दोस्रो आकारी रुपधारी, जसलाई यस धर्तीको स्थानको आवश्यकता छैन, धर्ती देखि माथि लाइट रुपमा लाइटको आसनधारी, जो थोरै स्थानमा धेरै देखिइरहेका छन्। त्यसैले दुवै सभाहरूलाई देखेर बापदादा हर्षित भइरहनु भएको छ। 

बापदादा बच्चाहरूको स्नेहको शक्ति देखिरहनु भएको छ। स्नेहको शक्तिको आधारमा सेकेण्डमा जति टाढाबाट पनि समीप आइपुग्छन्। जति स्नेहको शक्ति महान् छ, त्यति सम्मुख पुग्ने स्पीड महान् हुन्छ। कति अमूल्य रत्नहरू अगाडि आइरहेका छन्। एक-एक रत्नको महिमा महान् छ। कुन-कुन महारथीको वर्णन गरौं। महाज्योतिमा पुतली आइरहेका छन्। सबै बच्चाहरूलाई बापदादा सदा सहजयोगी भवको वरदान दिइरहनु भएको छ। केवल एक बिन्दुलाई याद गर। सबै भन्दा सरल मात्रा बिन्दु हो। बापदादा केवल बिन्दुको नै हिसाब बताउनु हुन्छ। स्वयं पनि बिन्दु रुप बन। याद पनि बिन्दुलाई गर। ड्रामाको हर दृश्यलाई जानेर बिन्दुको मात्रा लगाइदेऊ। एक बिन्दुको मात्रामा तिमी, बाबा र रचना, सबै आउँछ। जान्नु नै के छ? “बिन्दु”। गर्ने पनि के? “बिन्दुलाई याद”। यसै बिन्दुको मात्राको महत्वलाई जानेर सदा सहजयोगी बन्न सक्छौ। जति नै ठूलो विस्तार होस् तर समाहित बिन्दुमा हुन्छ। बीज बिन्दु, त्यसैमा सारा वृक्ष समाहित छ। आत्मा बिन्दु त्यसैमा ८४ जन्मको संस्कार समाहित छ। ५ हजार वर्षको ड्रामालाई अब संगमको अन्तमा समाप्त गरिरहेका छौ। अब ड्रामाको चक्र पूरा भयो अर्थात् जुन चक्र बित्यो त्यसलाई फुलस्टप अर्थात् बिन्दु लगाएर, बिन्दु बनेर अब घर जानु छ। बिन्दुको साथ बिन्दु बनेर जानु छ। घर पनि सबै बिन्दुहरूको घर हो। संकल्प, कर्म संस्कार सबै मर्ज अर्थात् बिन्दु लागेको हुन्छ। समाप्तिको मात्र हो नै बिन्दु। सर्व गुण, सर्व ज्ञानको खजानाहरूको सागर तर सागर पनि हुनुहुन्छ बिन्दु। सम्बन्ध र सम्पर्कमा पनि आऊ, सबैको मस्तकमा के चम्किरहेको छ? बिन्दु। सर्व कार्यकर्ता को हो? बिन्दु नै हो नि। चाहे धर्तीबाट चन्द्रमासम्म पुगे तापनि बिन्दु पुग्यो। चाहे तिमी साइलेन्सको शक्तिबाट ३ लोकसम्म पुग्छौ तापनि को पुग्छ? बिन्दु। साइन्सको शक्ति या साइलेन्सको शक्ति, निर्माण गर्ने शक्ति वा निर्वाणमा जाने शक्ति, हो त बिन्दु नै! बीजबाट यति सारा वृक्ष विस्तार हुन्छ तर विस्तार पछि समाहित कसमा हुन्छ? बीज अर्थात् बिन्दुमा। अनादि अविनाशी हो नै बिन्दु। तिमी पनि तीनै समयको ज्ञान, तीनै लोकको ज्ञान प्राप्त गर्छौ तर प्राप्त गर्नेवाला को हो? “बिन्दु”। आदि देखि अन्तसम्म भेराइटी पार्ट बजायौ तर पार्टधारी को हो? कसले पार्ट बजायो? बिन्दुले। महत्व सारा बिन्दुको हो। बिन्दुलाई जान्यौ भने सबैथोक जान्यौ। सबैथोक पायौ। बिन्दु रुपमा स्थित भएर जुन संकल्प गर, जुन भावना राख, जुन बोली बोल, जुन कर्म गर, जसरी बिन्दु महान् छ, त्यसैगरी सबै कुराहरू महान् हुन जान्छ अर्थात् स्वतः श्रेष्ठ हुन जान्छ। 

आत्मिक इनर्जी पनि बिन्दु हो, जुन स्थापनाको इनर्जी हो र विनाशकारी पनि एटमिक इनर्जी बिन्दु हो। विनाश पनि बिन्दुबाट हुन्छ। स्थापना पनि बिन्दुबाट हुन्छ। सृष्टि चक्रको आदिमा पनि बिन्दु बनेर उत्रिन्छौ र अन्तमा पनि बिन्दु बनेर जान्छौ। त्यसैले आदि अन्त्यको स्वरुप पनि बिन्दु भयो। कति सहज भयो। एक बिन्दुलाई याद गर्न मुश्किल छ र? विद्यालयमा पनि साना बच्चा बिन्दुको मात्रा सहज लगाउन सक्छन्। जहाँ पेन्सिललाई राखे पनि बिन्दु लेखिन्छ। यति सहज मात्रा याद रहँदैन? यस भन्दा सजिलो अरु के बताउन सकिन्छ? यस भन्दा सहज केही छ? भक्तिमा त लम्बा चौडा आकार याद गर्छन्। बुद्धिमा भावनाद्वारा चित्र बनाउँछन्, तब भक्ति सिद्ध हुन्छ। यहाँ त ज्ञानद्वारा केवल के सामुन्ने राख्छन्? बिन्दु। यसै बिन्दुको स्मृतिद्वारा स्वयं नै सिद्धि स्वरुप बन्छौ। त्यसैले सहज के भयो? बुद्धिमा बिन्दु लगाउन या आकार इमर्ज गर्न? यसैले सहजयोगी बन। बिन्दुलाई जान्यौ भने सदा सहज हुन्छ। स्नेहको रिटर्न सहज साधनद्वारा सहजयोगी भव। सबै सहजयोगी बन्यौ नि। विस्तारमा जान्छौ भने मुश्किलमा जान्छौ किनकि विस्तारमा जानाले प्रश्न चिन्ह धेरै लाग्न जान्छ। त्यसैले जसरी प्रश्न चिन्हको मात्रा स्वयं नै टेढो हुन्छ। के-के को प्रश्न चिन्हको टेढो मार्गमा जान्छौ। बिन्दु बनेर विस्तारमा गयौ भने सार मिल्छ। बिन्दुलाई भुलेर विस्तारमा जान्छौ भने जंगलमा जान्छौ। जहाँ कुनै सार छैन। बिन्दु रुपमा स्थित रहनेवाला सारयुक्त, योगयुक्त, युक्तियुक्त स्वरुपको अनुभव गर्छन्। उनीहरूको स्मृति, बोली र कर्म सदा समर्थ हुन्छ। बिन्दु नबनी विस्तारमा जानेवाला सदा किन, के को व्यर्थ बोली र कर्ममा समय र शक्तिहरू पनि व्यर्थ गुमाउँछन् किनकि जंगलबाट निक्लिनुपर्छ। सदा के याद राख्छौ? एउटै कुरा– बिन्दु। सहज छ नि? यसमा भाषा जान या नजान, बिन्दु त सबै भाषामा हुन्छ। अरु केही जान्न नसके पनि बिन्दु शब्दलाई त जान्दछौ। 

बुझ्यौ– के गर्नु छ? बिन्दु शब्द नै कमालको शब्द हो। जादूको शब्द हो। बिन्दु बनेर अर्डर गर्यौ भने सबै तयार हुन्छन्। संकल्पको ताली बजाऊ, सबै तयार हुन्छन्। बिन्दुको ताली प्रकृतिले पनि सुन्छ, सर्व कर्मेन्द्रियहरूले पनि सुन्छन् र सर्व साथीहरूले पनि सुन्छन्। बिन्दु बनेर ताली बजाउन आउँछ? अच्छा! 

सदा अनादि अविनाशी स्वरुपमा स्थित रहने, बिन्दुको महत्वलाई जानेर सदा महान रहने, बिन्दु स्वरुप भएर सर्व खजानाहरूको सारलाई पाउने, सार-युक्त, योगयुक्त, जीवनमुक्त आत्माहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई, गुडमर्निङ्ग, नमस्ते। 

टिचर्सहरूसँगः– सबै रुहानी सेवाधारी हौ? रुहानी सेवाधारीको अर्थ नै हो रुहानी खजानाहरूले सम्पन्न, तब नै रुहानी सेवाधारी बन्न सक्छौ। सेवाधारी अर्थात् दिनेवाला। सेवाद्वारा सुख दिनेवाला– यसलाई भनिन्छ सेवाधारी। दिनेवाला अवश्य स्वयं सम्पन्न हुन्छ तब त अरुलाई दिन सक्छ! सेवाधारी अर्थात् मास्टर सुख दाता, मास्टर शान्ति दाता, मास्टर ज्ञान दाता। दाता सदा सम्पन्नमूर्त हुन्छन्। जस्तो स्वयं हुन्छन्, त्यस्तै अरुलाई बनाउँछन्। यदि स्वयंमा कुनै पनि शक्तिको कमी छ भने अरुलाई पनि सर्व शक्तिवान बनाउन सक्दैनन्। रुहानी सेवाधारी अर्थात् सर्व शक्तिवान। रुहानी सेवाधारी अर्थात् एभररेडी र अलराउण्ड। अलराउण्ड सेवाधारी नै सच्चा सेवाधारी हुन्। सच्चा सेवाधारीको सर्व लक्षण आफूमा अनुभव गर्छौ? जो सम्पन्न हुन्छ ऊ सदा सन्तुष्ट हुन्छ र सर्वलाई सन्तुष्ट गर्छ। कुनै पनि प्रकारको अप्राप्तिले असन्तुष्टता पैदा गर्छ। सर्व प्राप्ति छ भने सदा सन्तुष्ट। सन्तुष्ट रहनु र सन्तुष्ट गर्नु, त्यसको विधि हो सम्पन्न र दाता। दुवै कुरा चाहिन्छ। कोही सम्पन्न छ तर दाता छैन भने पनि सन्तुष्ट गर्न सक्दैन। दाता पनि र सम्पन्न पनि, यो खुशी त सबैलाई छ नि– हामी विशेष आत्माहरू हौं? सारा विश्वमा कति थोरै आत्माहरू सदा बाबाको सेवामा तत्पर रहने वाला निमित्त बन्छन्। जो करोडौंमा कोही, कोहीमा कोही आत्माहरू निमित्त बन्छन्, त्यसमा मेरो पार्ट छ। मेरो नाम छ, यो कति ठूलो खुशी हो। करोडौंमा कोही यो हाम्रो गायन हो, यो रुहानी नशा रहन्छ? रुहानी नशाले सदा जति उच्च त्यति नम्र बनाउँछ। देहभानको नशाले हुन्छ सानो तर घमण्डबाट, अभिमानबाट उच्च सम्झन्छ। सच्चा नशामा रहने सदा नम्रचित्त हुन्छ। नम्रताबाट नै सबैलाई आफ्नो अगाडि झुकाउँछ। सुखदाता, नम्रचित आत्मा बन्न सक्छ। अभिमानले नम्रचित बन्न दिँदैन। नम्रचित छैन भने सेवा हुन सक्दैन। सेवाधारीको विशेषता सदा नम्रचित्त स्वयं झुकेको हुन्छ, तब अरुलाई झुकाउन सक्छ। रुहानी सेवाधारी! रुहानी शब्द सदा याद राख। हिँड्दा, डुल्दा, बोल्दा कर्ममा रुहानियत देखियोस्। साधारणता होइन, रुहानियत। 

सन्तुष्ट आत्मालाई नै सेवाधारीको टाइटल मिल्न सक्छ। सन्तुष्टता छैन भने सेवा लिन्छन्। सेवा लिनेवाला हौ या सेवा गर्नेवाला हौ? रुहानी सेवाधारी लिनेवाला होइन, आज यो भयो, हिजो यो भयो.... यस्ता कुराको पछाडि समय गुमाएर सेवा त लिँदैनौ? यी सबै बचपनको कुरा हुन्। अब बचपन समाप्त भयो। अहिले जे लियौ त्यसको रिटर्न गर्नु छ। अब कुनै पनि कचहरी हुनु हुँदैन। ठूला बडाको एक्स्ट्रा समय लिने होइन, किस्सा कहानी समाप्त। यदि अहिलेसम्म पनि सेवा लिनेवाला हौ भने आजदेखि समाप्त गरिदेऊ। बिन्दु लगाइदेऊ। बित्यो सो बित्यो, बिन्दु लाग्यो नि। समाप्तिको बिन्दु लगाएर जाऊ। बिन्दु लगाएर सदा सन्तुष्ट रहनु र सबैलाई सन्तुष्ट गर्नु, यही पाठ सदा याद राख। 

निर्मलाशान्ता दादीसँगः– महान् आत्मा अर्थात् सफलतामूर्त। सदा सफलतामूर्त हौ नि हैन? जो जति हल्का रहन्छ, त्यति सहज र स्वतः कार्य हुन जान्छ। जसले धेरै कार्यको बोझ उठाउँछ, बोझको कारण निर्णय शक्तिले काम गर्न सक्दैन। यसैले सफलतामा फरक पर्न जान्छ। कार्य गर्नु पहिला सदा स्वयं डबल लाइट– वायुमण्डल पनि लाइट, स्वयं पनि लाइट, साथी पनि सबै लाइट अनि लाइट हाउसको कार्य भइ नै हाल्छ। 

कुनै पनि कार्य जब सुरू गर्छौ भने लक्ष्य ठीक राख्छौ, फेरि बीचमा त्यो लक्ष्य मर्ज हुन जान्छ। आदि शक्तिशाली हुन्छ, मध्यमा प्रतिशत कम हुन जान्छ। जसरी आदिमा प्लान गर्ने समयमा अटेन्शन राख्छौ, त्यसैगरी जब प्राक्टिकल कार्यमा बिजी हुन जान्छौ, त्यतिबेला पनि अटेन्शन रहोस्। आदि-मध्य-अन्त्य एक समान रह्यो भने सफलता सहज हुन्छ। 

यस पटक मेलामा शान्ति कुण्ड बनाऊ। जसबाट सबैलाई लागोस्– यहाँ आवाज भएर पनि शान्ति छ। वृत्ति र अनुभूति नै परिवर्तन होस्। (बापदादा कलकत्तामा आउनुहोस्) अवश्य, हुन्छ त्यो समयले देखाउँछ किनकि बच्चाले बोलाउने बाबा नआउने यो हुन सक्दैन। तर कुन तरिकाबाट आउनुहुन्छ यो हेर्नु। केही नयाँ हुनुपर्छ नि। ठीक छ। जो बनाउँछौ त्यसमा सफल हुन्छौ किनकि सच्चा दिलमा साहेब राजी। यो मेला पनि बाबाको दर्शन गर्ने स्थान हो। भक्तहरूले दर्शन गर्छन् र बच्चाहरूले मिलन मनाउँछन्। राम्रो छ, यो पनि एक साधन हो स्वको लागि र अन्य आत्माहरूको लागि। ब्राह्मण पनि उमंग उत्साहमा आउँछन् र अन्यको पनि सेवा हुन जान्छ। स्वको पनि सेवा अरुको पनि सेवा। 

संगमयुगको यही समय हो श्रेष्ठ तकदिर बनाउने। सारा कल्पको लागि सर्वश्रेष्ठ तकदिर अहिले नै बनाउन सक्छौ। संगममा नै बाबाद्वारा सर्व अधिकार प्राप्त हुन्छ। अधिकारी आत्मा हौ, श्रेष्ठ आत्मा हौ, श्रेष्ठ प्रारब्ध पाउने आत्मा हौ। सदा यो स्मृतिमा राख्यौ भने समर्थ हुन्छौ। समर्थ हुनाले मायाजीत बन्छौ। समर्थ आत्मा विघ्न-विनाशक हुन्छ। संकल्पमा पनि विघ्न आउन सक्दैन। मास्टर सर्वशक्तिवान सदा विघ्न-विनाशक हुन्छ। 

बिदाईको समयः– सबैले सुन्न त धेरै सुन्यौ, सुन्न बाँकी केही रहेको छ र? केवल एउटै कुरा रहन गएको छ– त्यो कुनचाहिँ? पाउनु थियो, सो पाएँ काम के बाँकी रह्यो! सबै समाप्त भयो या केही बाँकी छ? अब केवल एउटा कुरा बापदादा देख्न चाहनुहुन्छ। सबै १६ शृंगारधारी सजिसजाउ सजनीहरू अर्थात् १६ कला सम्पन्न। १६ शृंगार नै १६ कला हो। सबै १६ कला सम्पन्न अर्थात् १६ शृंगारधारी बन्यौ। अहिलेसम्म कोही ८ कला, कोही १० कला, कोही ११ कला तर सबै १६ कला बन। आ-आफ्नो नम्बर अनुसार सबै १६ कला त हुन्छौ नि। जसरी अरु धर्मका पनि आफ्नो हिसाबले गोल्डन स्टेज हुन्छ। यहाँ पनि सबैको आफ्नो हिसाबले १६ कला हुन्छन् नि! भन्नु, गर्नु र सोच्नु सबै समान छ भने सम्पन्न बन्छौ। बापदादा अब यसै स्वरुपमा सबैलाई देख्न चाहनुहुन्छ। त्यो कहिले हुन्छ? यसको लागि सबै तयारी पनि गर्छन्, संकल्प पनि गर्छन्, इच्छा पनि यही एक छ। बाँकी के रहन गयो? स्टेजमा जब बस्छौ भने के सुनाउँछौ– अब सम्पन्न बन्नु छ! इच्छा पनि सबैलाई छ, बाँकी के रहन जान्छ? यदि अरु सबै इच्छाहरूबाट इच्छा मात्रम् अविद्या भयौ भने यो इच्छा पूरा हुन्छ। साना-साना इच्छाहरूले यस एक इच्छालाई पूर्ण गर्न दिँदैन। अच्छा! 


वरदान:

सोच्नु, बोल्नु र गर्नु तीनैलाई समान बनाउने सर्वोत्तम पुरूषार्थी भव:-  

सबै शिक्षाको सार हो– कुनै पनि कर्म हेर्दा, उठ्दा, बस्दा, हिँड्दा सुत्दा फरिश्तापन देखियोस्। हर कर्ममा अलौकिकता होस्। कुनै पनि लौकिकता कर्म वा संस्कारमा नहोस्। सोच्नु, गर्नु, बोल्नु सबै समान होस्। यस्तो होइन– सोचेको त थिएँ, यो नगरौं तर भयो। जब तीनै एक समान र बाबा समान होस् तब भनिन्छ श्रेष्ठ वा सर्वोत्तम पुरूषार्थी।

स्लोगन:

जिम्मेवारी उठाउनु अर्थात् एक्स्ट्रा आशीर्वादको अधिकारी बन्नु हो।   

 
***OM SHANTI***

Google+ Followers