BK Murli 5 September 2016 In Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 5 September 2016 In Nepali

    २०७३ भाद्र २० गते सोमबार 05.09.2016 बापदादा मधुवन

    “मीठे बच्चे– बेहदका बाबा यस बेहदको महफिलमा गरिब बच्चाहरूलाई गोदमा लिनको लागि आउनुभएको छ। उहाँलाई देवताहरूको महफिलमा आउने आवश्यकता छैन।”  

    प्रश्न:

    बच्चाहरूले कुनचाहिँ दिन धेरै धूमधमासँग मनाउनुपर्छ?

    उत्तर:

    जुन दिन मरजीवा जन्म भयो, बाबामा निश्चय भयो त्यो दिन धेरै धूमधामसँग मनाउनुपर्छ। त्यही दिन तिम्रो लागि जन्माष्टमी हो। यदि आफ्नो मरजीवा जन्म दिन मनायौ भने बुद्धिमा याद रहन्छ– म पुरानो दुनियाँबाट अलग भएँ। म बाबाको बनेँ अर्थात् वर्साको अधिकारी बनेँ।

    गीतः–

    महफिल में जल उठी शमा.....

    ओम् शान्ति।

    गीत-कविता, भजन, वेद-शास्त्र, उपनिषद, देवताहरूको महिमा आदि तिमी बच्चाहरूले धेरै सुन्दै आएका छौ। अहिले तिमीलाई समझ मिलेको छ– यो सृष्टिचक्र कसरी घुम्छ? विगतलाई पनि बच्चाहरूले जानेका छौ। वर्तमान दुनियाँको हालत के छ, त्यो पनि देखिरहेका छौ। त्यो पनि यथार्थमा अनुभव गरेका छौ। बाँकी जे कुरा हुनु छ, त्यो अहिले यथार्थमा अनुभव गरेका छैनौ। विगतमा जे भएको थियो, त्यसको अनुभव गरेका छौ। बाबाले नै सम्झाउनु भएको छ। बाबा बाहेक कसैले सम्झाउन सक्दैन। अथाह मनुष्य छन् तर उनीहरूले केही पनि जान्दैनन्। रचयिता र रचनाको आदि-मध्य-अन्त्यको बारेमा केही पनि जान्दैनन्। अहिले कलियुगको अन्त्य हो, यो कुरा पनि मनुष्यले जान्दैनन्। हो, पछि गएर अन्त्यलाई जान्नेछन्। मूललाई जान्नेछन्। तर सारा ज्ञानलाई जान्दैनन्। पढ्ने विद्यार्थीहरूले नै जान्न सक्छन्। यो हो मनुष्यबाट राजाहरूका राजा बन्नु। त्यो पनि आसुरी राजाहरू होइन। दैवी राजाहरू, जसलाई आसुरी राजाहरूले पूजा गर्छन्। यी सबै कुरा तिमी बच्चाहरूले नै जान्दछौ। विद्वान्, आचार्य आदिले अलिकति पनि जान्दैनन्। भगवान, जसलाई महाज्योति भनेर पुकार्छन्, उहाँलाई जान्दैनन्। गीत गाउनेहरूले पनि केही जान्दैनन्। केवल महिमा गाउँछन्। भगवान पनि कुनै समय यस दुनियाँको महफिलमा आउनुभएको थियो। महफिल अर्थात् जहाँ धेरै जम्मा हुन्छन्। महफिलमा खान, पिउन, मदिरा आदि मिल्छ। अहिले यस महफिलमा तिमीलाई बाबाद्वारा अविनाशी ज्ञान रत्नहरूको खजाना मिलिरहेको छ अथवा यस्तो भनौं– हामीलाई वैकुण्ठको बादशाही बाबाद्वारा प्राप्त भइरहेको छ। यस सारा महफिलमा बच्चाहरूले नै बाबालाई जान्दछन्– बाबा हामीहरूलाई सौगात दिन आउनुभएको छ। बाबाले महफिलमा के दिनुहुन्छ, मनुष्यले महफिलमा एक अर्कालाई के दिन्छन्! रात-दिनको फरक छ। बाबाले मानौं हलुवा खुवाउनुहुन्छ। उनीहरूले सस्तो वस्तु चना खुवाउँछन्। हलुवा र चना दुवैमा कति फरक छ। एक अर्कालाई चना खुवाइरहन्छन्। कसैले कमाउँदैन भने भनिन्छ यसले त चना चबाइरहेको छ। 

    अहिले तिमी बच्चाहरूले जान्दछौ– बेहदका बाबाले हामीलाई स्वर्गको राजाईको वरदान दिइरहनु भएको छ। शिवबाबा यस महफिलमा आउनुहुन्छ नि। शिवजयन्ती पनि त मनाउँछन् नि। तर उहाँले आएर के गर्नुहुन्छ, यो कसैलाई पनि थाहा छैन। उहाँ बाबा हुनुहुन्छ। बाबाले अवश्य केही खुवाउनुहुन्छ, दिनुहुन्छ। माता-पिताले जीवनको पालना त गर्नुहुन्छ नि। तिमीले पनि जान्दछौ– उहाँ माता-पिता आएर जीवनलाई सम्हाल गर्नुहुन्छ। आफ्नो बनाउनुहुन्छ। बच्चाहरूले स्वयं भन्छन्– बाबा हामी हजुरको १० दिनका बच्चा हुँ अर्थात् १० दिनदेखि हजुरको बनेको छु। त्यसैले सम्झनुपर्छ– म बाबाद्वारा स्वर्गको बादशाही लिने हकदार बनिसकेको छु। गोद लिनुभएको छ। जीवन छँदै कसैलाई गोदमा लिइन्छ भने अन्धश्रद्धा वश त लिइँदैन। माता-पिताले पनि बच्चालाई गोदमा दिन्छन्। सम्झन्छन्– हाम्रो बच्चा उनीसँग धेरै खुशी हुन्छ, अझै प्यारसँग सम्हाल गर्छन्। तिमी पनि लौकिक पिताका बच्चाहरूले यहाँ बेहदको बाबाको गोद लिन्छौ। बेहदका बाबाले कति रूचिसँग गोद लिनुहुन्छ। बच्चाहरूले पनि लेख्छन्– बाबा हामी हजुरका भयौं। केवल टाढैबाट त भनिँदैन। यथार्थमा गोद लिइन्छ, त्यसैले उत्सव पनि गरिन्छ। जसरी जन्मदिन मनाउँछन् नि। त्यस्तै यहाँ पनि बच्चाहरूले जान्दछन्, भन्छन्– हामी हजुरका हौं त्यसैले ६-७ दिन पछि नामाकरण पनि मनाउनुपर्छ नि। तर कसैले पनि मनाउँदैनन्। आफ्नो जन्माष्टमी त धेरै धूमधामसँग मनाउनुपर्छ। तर मनाउँदैनन्। ज्ञान पनि छैन मैले जयन्ती मनाउनु छ। १२ महिना भएपछि मनाउँछन्। अरे, पहिला मनाएनौ, १२ महिना पछि किन मनाउँछौ? ज्ञानै छैन भने निश्चय हुँदैन। एकपटक जन्म दिन मनाएपछि त्यो त पक्का हुन्छ। फेरि यदि जन्मदिन मनाएर पनि भाग्यो भने बुझिन्छ– यो मर्यो। जन्मदिन पनि कसैले त धेरै धूमधामसँग मनाउँछन्। कोही गरिब छ भने गुड, चना पनि बाँड्न सक्छ। धेरै पर्दैन। बच्चाहरूलाई पूरा समझमा आउँदैन त्यसैले खुशी हुँदैन। 

    जन्मदिन मनायो भने याद पनि पक्का हुन्छ। तर त्यो बुद्धि छैन। आज फेरि पनि बाबा सम्झाउनु हुन्छ– जो-जो नयाँ बच्चा बनेका छन्, उनीहरूलाई निश्चय छ भने जन्मदिन मनाऊ। फलानो दिन मलाई निश्चय भयो, जसबाट जन्माष्टमी सुरू हुन्छ। त्यसैले बच्चाहरूले बाबा र वर्सालाई पूरा याद गर्नुपर्छ। बच्चाहरूले कहिल्यै कहाँ बिर्सिन्छन् र– म फलानाको बच्चा हुँ। यहाँ भन्छन्– बाबा हामीलाई हजुरको याद रहँदैन। अज्ञानकालमा त यस्तो कहिल्यै भन्दैनौ। याद नहुने प्रश्नै उठ्दैन। तिमीले बाबालाई याद गर्छौ। बाबाले त सबैलाई याद गर्नुहुन्छ नै। सबै मेरा बच्चाहरू काम-चितामा जलेर भस्म भएका छन्। यस्तो अरु कोही गुरू वा महात्मा आदिले भन्दैनन्। यो भगवानुवाच नै छ– मेरा सबै बच्चाहरू हुन्। भगवान्का त सबै बच्चाहरू हुन् नि। सबै आत्माहरू परमात्मा बाबाका बच्चा हुन्। बाबाले पनि शरीरमा आएपछि भन्नुहुन्छ– यी सबै आत्माहरू मेरा बच्चा हुन्। काम चितामा चढेर भस्मीभूत तमोप्रधान भएका छन्। सबै कति तमोप्रधान भएका छन्। काम-चितामा बसेर सबै काला बनेका छन्। जो पूज्य नम्बरवन गोरा थिए, उनै अहिले पुजारी काला बनेका छन्। सुन्दर नै श्याम हुन्छन्। यो काम-चितामा चढ्नु अर्थात् साँपमाथि चढ्नु हो। वैकुण्ठमा साँप आदि हुँदैनन्, जसले कसैलाई डसुन्। यस्तो कुरा हुन सक्दैन। बाबा भन्नुहुन्छ– ५ विकारको प्रवेशता हुनाले तिमी त जंगली काँडा जस्तै बनेका छौ। भन्छन्– बाबा हामी मान्दछौं, यो हो नै काँडाको जंगल। एक-अर्कालाई डसेर सबै भस्मीभूत भएका छन्। भगवानुवाच– म ज्ञानसागरका बच्चाहरू, जसलाई मैले कल्प पहिला पनि आएर स्वच्छ बनाएको थिएँ, उनै अहिले पतित काला भएका छन्। बच्चाहरूले जान्दछन्– हामी गोरोबाट कालो कसरी बन्छौं। सारा ८४ जन्मको इतिहास-भूगोल संक्षेपमा बुद्धिमा छ। यतिबेला तिमीले जान्दछौ, कसैले ५-६ वर्षदेखि लिएर आफ्नो जीवनी जान्दछन्– नम्बरवार बुद्धि अनुसार। हरेकले आफ्नो बितेको जीवनी पनि जान्दछन्– मैले के-के नराम्रो काम गरेँ? मोटो रुपमा त बताइन्छ मैले के-के गरेँ। पहिलाको जन्मको त बताउन सक्दैनन्। 

    जन्म-जन्मान्तरको जीवनी कसैले बताउन सक्दैन। बाँकी ८४ जन्म कसरी लियौं, त्यो कुरा बाबा बसेर उनीहरूलाई सम्झाउनु हुन्छ, जसले पूरा ८४ जन्म लिएका छन्, उनीहरूकै स्मृतिमा आउँछ। घर जानको लागि मैले तिमीलाई मत दिन्छु। त्यसैले बाबा भन्नुहुन्छ– यो ज्ञान सबै धर्मको लागि हो। यदि मुक्तिधाम घर जान चाहन्छौ भने बाबाले नै लैजान सक्नुहुन्छ। बाबाले बाहेक अरु कसैले पनि आफ्नो घर लैजान सक्दैनन्। कसैसँग यो युक्ति छैन, जसले बाबालाई याद गरेर वहाँ पग्छन्। पुनर्जन्म त सबैले लिनु छ। बाबा विना त कसैले लैजान सक्दैन। मोक्षको ख्याल त कहिल्यै पनि गर्नु छैन। यो त हुनै सक्दैन। यो त अनादि बनिबनाउ ड्रामा हो, यसबाट कोही पनि निस्कन सक्दैन। सबैका एउटै बाबा मुक्तिदाता, गाइड हुनुहुन्छ। उहाँ नै आएर युक्ति बताउनु हुन्छ– मलाई याद गर्यौ भने तिम्रा विकर्म विनाश हुन्छन्। नत्र सजाय खानुपर्छ। पुरूषार्थ गर्दैनन् भने बुझिन्छ यहाँका होइनन्। मुक्ति-जीवनमुक्तिको मार्ग तिमी बच्चाहरूले नम्बरवार पुरूषार्थ अनुसार जान्दछौ। हरेकको सम्झाउने तरिका आ-आफ्नै छ। तिमीले पनि भन्न सक्छौ– यतिबेला पतित दुनियाँ छ। कति मारामार आदि हुन्छ। सत्ययुगमा यो हुँदैन। अहिले कलियुग हो। यो त सबै मनुष्यले मान्दछन्। सत्ययुग, त्रेता गोल्डन एज, सिल्भर एज अरु-अरु भाषाहरूमा पनि कुनै नाम अवश्य छन्। अंग्रेजी त सबैले जान्दछन्। शब्दकोष पनि हुन्छ, अंग्रेजी हिन्दीको। अंग्रेजहरूले धेरै समय राज्य गरेर गए, त्यसैले उनीहरूको अंग्रेजी काममा आउँछ। 

    मनुष्यले यतिबेला यो कुरा त मान्दछन्– म भित्र कुनै गुण छैन, बाबा हजुर आएर दया गर्नुहोस्। फेरि हामीलाई पावन बनाउनुहोस्, हामी पतित छौं। अहिले तिमी बच्चाहरूले बुझेका छौ– पतित आत्माहरू एउटा पनि फर्केर जान सक्दैनन्। सबै सतो-रजो-तमोमा आउनु नै छ। अब बाबा यस पतित महफिलमा आउनुहुन्छ। कति ठूलो महफिल छ! म देवताहरूको महफिलमा कहिल्यै आउँदिनँ। जहाँ ३६ प्रकारको भोजन मिल्छ, वहाँ म आउँदै आउँदिनँ। जहाँ बच्चाहरूलाई रोटी पनि मिल्दैन, उनीहरूको पासमा आएर गोदमा लिन्छु, बच्चा बनाएर वर्सा दिन्छु। धनवान्लाई गोदमा लिन्न, उनीहरू त आफ्नै नशामा चूर रहन्छन्। स्वयं भन्छन्– हाम्रो लागि त स्वर्ग यहीँ छ, फेरि कोही मर्यो भने भन्छन् स्वर्गवासी भयो। त्यसैले अवश्य यो नर्क भयो नि। तिमीले किन सम्झाउँदैनौ? अहिलेसम्म अखबारमा पनि युक्तियुक्त तरिकाले कसैले राखेका छैनन्। बच्चाहरूले पनि जान्दछन्– हामीलाई ड्रामाले पुरूषार्थ गराउँछ। हामीले जुन पुरूषार्थ गर्छौं, त्यो ड्रामामा निश्चित छ। पुरूषार्थ गर्नु पनि अवश्य छ। ड्रामामा भर पर्नु हुँदैन। हर कुरामा पुरूषार्थ अवश्य गर्नु छ। कर्मयोगी, राजयोगी हौ नि। ती हुन् कर्मसंन्यासी, हठयोगी। तिमीले त सबैथोक गर्छौ। घरैमा बसेर बाल-बच्चाहरूलाई पालना गर्छा। उनीहरू त भाग्छन्। राम्रो लाग्दैन। तर त्यो पवित्रता पनि यहाँ चाहिन्छ नि। फेरि पनि ठीकै छ। अहिले त पवित्र पनि रहँदैनन्। यस्तो होइन, उनीहरू कुनै पवित्र दुनियाँमा जान सक्छन्। बाबा सिवाय कसैले लिएर जान सक्दैन। अहिले तिमीले जान्दछौ– शान्तिधाम त हाम्रो घर हो। तर जाने कसरी? धेरै पाप गरेका छन्। ईश्वरलाई सर्वव्यापी भनिदिन्छन्। यसबाट इज्जत कसको गुमाउँछन्? शिवबाबाको। कुकुर, बिरालो, कण-कणमा परमात्मा हुनुहुन्छ भनिदिन्छन्। अब रिपोर्ट कसलाई गर्ने! बाबा भन्नुहुन्छ– म नै समर्थ छु। मसँग धर्मराज पनि छन्। यो सबैको लागि विनाशको समय हो। सबै सजाय आदि भोगेर फर्केर जान्छन्। ड्रामाको बनोट नै यस्तो छ। सजाय खानैपर्छ। यो त साक्षात्कार पनि हुन्छ। गर्भजेलमा पनि साक्षात्कार हुन्छ। तिमीले यो-यो काम गरेका थियौ, त्यसैले त्यसको सजाय मिल्छ। यसैले त भन्दछन्– यस जेलबाट निकाल्नुहोस्। मैले फेरि यस्तो पाप गर्दिनँ। बाबा यहाँ सम्मुख आएर यी सबै कुरा तिमीलाई सम्झाउनु हुन्छ। गर्भमा सजाय खान्छन्। त्यो पनि जेल हो, दुःख महसुस हुन्छ। वहाँ सत्ययुगमा दुवै जेल हुँदैनन्, जहाँ सजाय खान परोस्।

    अहिले बाबाले सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू मलाई याद गर्यौ भने विकार निस्कन्छ। यी तिम्रा शब्दहरू धेरैले मान्छन्। भगवान्को नाम त छ। केवल भूल गरेका छन्, कृष्णको नाम राखिदिएका छन्। अहिले बाबाले पनि बच्चाहरूलाई सम्झाउनु हुन्छ– यो जुन कुरा सुन्छौ, सुनेर अखबारमा छपाऊ। शिवबाबाले यतिबेला सबैलाई भन्नुहुन्छ– ८४ जन्म भोगेर तमोप्रधान बनेका छौ। अहिले फेरि मैले राय दिन्छु– मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ, फेरि तिमी मुक्ति-जीवनमुक्ति धाममा जान्छौ। बाबाको यो आदेश छ– मलाई याद गर्यौ भने खाद निस्कन्छ। बच्चाहरूलाई कति सम्झाऊँ, कति बुझाऊँ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) हर कुराको लागि पुरूषार्थ अवश्य गर्नु छ। ड्रामा भनेर बस्नु छैन। कर्मयोगी, राजयोगी बन्नु छ। कर्म संन्यासी, हठयोगी होइन।

    २) सजाय नखाइकन बाबासँग घर जानको लागि यादमा रहेर आत्मालाई सतोप्रधान बनाउनु छ। श्यामबाट सुन्दर बन्नु छ।

    वरदान:

    आफ्नो श्रेष्ठ स्वरुप वा श्रेष्ठ नशामा स्थित रहेर अलौकिकताको अनुभव गराउने अन्तर्मुखी भव:-  

    जसरी सिताराहरूको सँगठनमा विशेष सिताराहरूको चमक टाढैबाट न्यारा र प्यारा लाग्छ, त्यसैगरी तिमी सिताराहरूलाई साधारण आत्माहरूका बीचमा एक विशेष आत्मा देखियोस्, साधारण रुपमा भएर असाधारण वा अलौकिक स्थिति भयो भने सँगठनको बीचमा अल्लाह देखिन्छ। यसको लागि अन्तर्मुखी बनेर फेरि बहिर्मुखतामा आउने अभ्यास होस्। सदैव आफ्नो श्रेष्ठ स्वरुप वा नशामा स्थित भएर ज्ञानसागरको साथै पावरफुल बनेर ज्ञान दियौ भने अनेक आत्माहरूलाई अनुभवी बनाउन सक्छौ।

    स्लोगन:

    रावणको जायदाद साथमा राख्यौ भने दिलमा दिलाराम बस्न सक्नुहुन्न।  




    ***OM SHANTI***