BK Murli 8 September 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 8 September 2016 Nepali

    २०७३ भाद्र २३ गते विहिबार 08.09.2016 बापदादा मधुवन

    “मीठे बच्चे– बाबा आउनुभएको छ तिमीलाई यस्तो श्रेष्ठ कर्म सिकाउन, जसबाट तिमी २१ जन्मको बादशाहीको वर्सा लिन सक्छौ, अटल अखण्ड राज्यको मालिक बन्न सक्छौ।”  

    प्रश्न:

    गृहस्थी र संन्यासीहरूको कुन एक सिद्धान्तमा धेरै ठूलो अन्तर छ?

    उत्तर:

    गृहस्थीहरूको सिद्धान्त हो– भगवान अवश्य कुनै न कुनै रूपमा आउनुहुन्छ र संन्यासीहरूको सिद्धान्त हो– ब्रह्मलाई याद गर्दा-गर्दै ब्रह्ममा लीन भइन्छ। अब बाबा सम्झाउनु हुन्छ– ब्रह्ममा कोही लीन हुँदैन। आत्मा अमर छ, ऊ लीन कसरी हुन्छ? भगवान यदि आउनुहुन्छ भने अवश्य टिचर बनेर शिक्षा दिनुहुन्छ। प्रेरणाद्वारा त ज्ञान दिनुहुन्न नि।

    गीतः–

    तुम्हें पाके हमने.....

    ओम् शान्ति।

    मीठा-प्यारा रुहानी बच्चाहरूले यो गीत सुन्यौ। रुहानी बच्चाहरूले नै भन्छन्– बाबा। बच्चाहरूले जान्दछन्– यहाँ बेहदका बाबा बेहदको सुख दिनेवाला हुनुहुन्छ अर्थात् उहाँ सबैका बाबा हुनुहुन्छ। उहाँलाई सबै बेहदका बच्चा आत्माहरूले याद गर्छन्। कुनै न कुनै प्रकारले याद गर्छन् तर उनलाई थाहा छैन– हामीलाई उहाँ परमपिता परमात्माबाट कुनै बादशाही लिनु छ। तिमीले जान्दछौ– हामीलाई बाबाले जुन सत्ययुगी विश्वको बादशाही दिनुहुन्छ, त्यो अटल, अखण्ड, अडोल हुन्छ। त्यो हाम्रो बादशाही २१ जन्म कायम रहन्छ। सारा विश्वमा हाम्रो राजाई रहन्छ, जसलाई कसैले छिन्न सक्दैन, लुट्न सक्दैन। हाम्रो राजाई अडोल हुन्छ किनकि वहाँ एकै धर्म हुन्छ, द्वैत हुँदैन। त्यो हो अद्वैत राज्य। बच्चाहरूले जब गीत सुन्छौ, आफ्नो राजाईको नशा बुद्धिमा आउनुपर्छ। यस्तो-यस्तो गीत घरमा रहनुपर्छ, जसबाट बाबा र वर्साको झट्ट याद आउँछ। बाबाको यादको मस्तीको गीत हुनुपर्छ। तिम्रो सबै कुरा गुप्त छ। ठूलो मानिसहरूको त धेरै ठाँटबाँट हुन्छ, तिम्रो कुनै ठाँट छैन। तिमीले देखेका छौ– जसमा बाबाले प्रवेश गर्नुभएको छ, उनमा पनि कुनै ठाँटको कुरा छैन। कपडा आदि सबै उही छन्। तिमीले बुद्धिद्वारा बुझेका छौ– बाबाले यिनमा प्रवेश गर्नुभएको छ, हामीलाई यो राज्य भाग्य दिन। यो पनि बच्चाहरूले जान्दछन्– सारा सृष्टिमा यस समय जति पनि मनुष्य मात्र छन्, सबै देह-अभिमानमा आएर गलत काम गर्छन्, त्यसैले बेसमझ भनिन्छ। सबैको बुद्धिलाई ताला लागेको छ। तिमी कति समझदार, विश्वको मालिक थियौ। अहिले मायाले बिल्कुल बेसमझ बनाइदिएको छ, जसकारण कुनै कामको रहेनौं। बाबाको पासमा जानको लागि यज्ञ-तप धेरै गर्छन् तर केही पनि मिल्दैन। यत्तिकै धक्का खाइरहन्छन्। परमात्मालाई कसैले पनि जान्दैनन्, सर्वव्यापी भनिदिन्छन्, यो पनि कति गलत हुन जान्छ। पिता शब्द बुद्धिमा आउँदैन। मुश्किल कसैले भन्छन् पनि, तर भन्ने मात्र। यदि परमपितालाई बुझे भने त बुद्धि एकदम चम्किने थियो। बाबाले स्वर्गको वर्सा दिनुहुन्छ। उहाँ हुनुहुन्छ स्वर्गको स्थापना गर्नेवाला परमपिता फेरि हामी कलियुगी नर्कमा किन परेका छौं! अब हामीले मुक्ति-जीवनमुक्ति कसरी पाउन सक्छौं, यो कसैको बुद्धिमा आउँदैन। अहिले तिमीलाई समझ मिलेको छ। बाबाले हामीलाई यो स्मृति दिलाउनुभएको छ, जब नयाँ दुनियाँ थियो, त्यतिबेला हाम्रो राज्य थियो। एकै मत, एकै भाषा, एकै महाराजा-महारानी थिए। सत्ययुगमा महाराजा-महारानी, त्रेतामा राजा-रानी भनिन्छ। फेरि द्वापरमा वाम मार्ग सुरू हुन्छ, फेरि हरेकको कर्ममा भर पर्छ। कर्म अनुसार एक शरीर छोडेर अर्को लिन्छन्। बाबा भन्नुहुन्छ– म तिमीलाई यस्तो कर्म सिकाउँछु, जसबाट २१ जन्म बादशाही नै पाइरहन्छौ। हुन त वहाँ पनि हदको पिता मिल्छ तर वहाँ यो ज्ञान रहँदैन– यो राजाईको वर्सा बेहदका बाबाले दिनुभएको हो। फेरि द्वापरदेखि रावण राज्य सुरू हुन्छ अनि विकारी सम्बन्ध हुन जान्छ। फेरि जस्तो-जस्तो कर्म त्यस्तै फल मिल्छ। देवता वाम मार्गमा जान्छन्। फेरि सत्ययुगका सबै समाप्त हुन्छन्। फेरि कर्म अनुसार जन्म लिन्छन्। यहाँ पूज्य राजाहरू थिए भने पुजारी राजाहरू पनि थिए। सत्ययुगमा राजा-रानी र प्रजा सबै पूज्य हुन्छन्। फेरि जब द्वापरमा भक्ति सुरू हुन्छ, यथा राजा-रानी तथा प्रजा पुजारी बन्छन्। ठूलो राजा जो सूर्यवंशी थिए, उनै पुजारी बन्छन् फेरि वैश्यवंशी बन्छन्। अहिले तिमी पावन बन्छौ। यसको प्रारब्ध फेरि २१ जन्म चल्छ फेरि भक्ति मार्ग सुरू हुन्छ। जो-जो पूज्य देवी-देवता आएर गए, उनीहरूको मन्दिर बनाएर उनको पूजा गर्छन्। यो केवल यहाँ नै हुन्छ। यो ८४ जन्मको कहानी, जुन बाबाले सुनाउनुहुन्छ, यो पनि यहाँको लागि नै हो। अरु धर्मका आउँछन् नै पछि, फेरि त वृद्धि हुँदै-हुँदै धेरै हुन्छन्। भेराइटी भिन्न-भिन्न देवी-देवताहरूको रसम रिवाज थियो, त्यो यहाँका गुरूहरूको होइन। आधाकल्प पछि रावणराज्य सुरू भएपछि सारा रसम रिवाज नै बद्लिन्छ फेरि पूज्यबाट पुजारी बन्छन्। पूजा पनि पहिला अव्यभिचारी एक शिवको गर्छन्। उहाँको मन्दिर बनाउँछन् फेरि लक्ष्मी-नारायणको बनाउँछन्। एकले लक्ष्मी-नारायणको मन्दिर बनायो भने अर्कोले पनि बनाउँछ। फेरि राम सीताको मन्दिर बनाउन थाल्छन्, फेरि कलियुगमा हेर गणेश, हनुमान, चण्डिका देवी आदि-आदिका अनेक देवीहरूको चित्र बनाइरहन्छन्। भक्ति मार्गको लागि सामग्री पनि हुनुपर्छ नि। जस्तै बीज कति सानो हुन्छ, वृक्ष कति ठूलो हुन्छ। त्यस्तै भक्तिको विस्तार हुन्छ। धेरै शास्त्र बनाउँछन्। अहिले बाबा बच्चाहरूलाई भन्नुहुन्छ– यो भक्ति मार्गको सामग्री सबै खतम हुनु छ। अब म बाबालाई याद गर। भक्तिको प्रभाव पनि धेरै छ नि। कति आकर्षक छ। नाँच-तमासा, गायन-कीर्तन आदि कति खर्च गर्छन्। बाबा भन्नुहुन्छ– अब म बाबा र वर्सालाई याद गर। आदि सनातन धर्मलाई याद गर। अनेक प्रकारको भक्ति तिमीले जन्म-जन्मान्तर गर्दै आयौ। गृहस्थ धर्मकाले नै भक्ति सुरू गर्छन्। संन्यासीहरूले त भक्ति गर्नु छैन। यज्ञ-तप, दान-पुण्य, तीर्थ आदि यो सबै गृहस्थीहरूको काम हो, नकि संन्यासीहरूको। ती हुन् नै निवृत्ति मार्गवाला। उनीहरूको लागि कायदा छ– घरबार छोडेर गएर जंगलमा रहनु र ब्रह्म तत्वलाई याद गर्नु। ती हुन् नै तत्व ज्ञानी, ब्रह्म ज्ञानी। तत्व अथवा ब्रह्मलाई नै ईश्वर भनिदिन्छन्। जसरी हिन्दूहरू वास्तवमा हुन् आदि सनातन देवी-देवता धर्मका। तर हिन्दुस्तानमा रहन्छन् त्यसैले आफ्नो धर्म हिन्दू मानेका छन्। त्यसैगरी संन्यासीले पनि आत्माहरूको रहने स्थान तत्वलाई परमात्मा मानेका छन्। ब्रह्म वा तत्वलाई नै याद गर्छन्। वास्तवमा संन्यासी जब सतोप्रधान हुन्छन्, जंगलमा गएर रहन्छन्, शान्तिमा। यस्तो होइन उनीहरू ब्रह्ममा गएर लीन हुनु छ। बाबा भन्नुहुन्छ– यो उनीहरूको मिथ्या ज्ञान हो। लीन कोही पनि हुन सक्दैन। आत्मा त अविनाशी हो नि, ऊ कसरी लीन हुन सक्छ! भक्ति मार्गमा कति मेहनत गरिरहन्छन्। फेरि भन्छन्– भगवान कुनै न कुनै रूपमा कुनै समयमा आएर मिल्नुहुन्छ। अब कुनचाहिँ सही? उनले भन्छन्– ब्रह्मसँग योग लगाएर ब्रह्ममा लीन हुन्छौं। गृहस्थीले भन्छन्– भगवान कुनै न कुनै रूपमा आउनुहुन्छ। पतितहरूलाई पावन बनाउनु हुन्छ। यस्तो होइन माथिबाटै प्रेरणाद्वारा सिकाउनुहुन्छ। टिचरले घरमा बसेर प्रेरणा गर्नुहुन्छ र! प्रेरणा शब्द नै होइन। प्रेरणाबाट कुनै काम हुँदैन। हुन त शंकरको प्रेरणाद्वारा विनाश भनिन्छ तर हो यो ड्रामाको भावी। उनीहरूले यो मिसाइल आदि बनाउनु नै छ। प्रेरणाको कुरा नै होइन। मनुष्यले त भनिदिन्छन्– भगवान्को प्रेरणाले सबै हुन्छ या भन्छन्– शंकरको आँखा खुलेपछि प्रलय भयो। यो सबै कथा हुन्, अर्थ केही पनि जान्दैनन्। कुनै पनि मन्दिरमा जान्छौ भने भन्छन्– अचतम् केशवम्... अर्थ केही बुझ्दैनन्। कसैले पनि आफ्नो अग्रजहरूको महिमा जान्दैनन्। धर्म स्थापकलाई गुरू भनिदिन्छन्। वास्तवमा उनलाई गुरू भन्नु गलत हो। क्राइस्ट कुनै गुरू कहाँ हुन् र। उनले त केवल धर्म स्थापना गर्छन्। गुरू उनलाई भनिन्छ, जसले सद्गति गर्छन्। उनी त धर्म स्थापना गर्न आउँछन्। उनको पछाडि उनका वंशावली आउँछन्। सद्गति त कसैको गर्दैनन्। त्यसैले उनलाई गुरू कसरी भन्न सकिन्छ? गुरू त एकै हुनुहुन्छ, जसलाई सर्वको सद्गति दाता भनिन्छ। भगवान बाबा नै आएर सबैको सद्गति गर्नुहुन्छ। मुक्ति-जीवनमुक्ति दिनुहुन्छ। उहाँलाई कहिल्यै कसैले बिर्सिन सक्दैनन्। मनुष्यले हे भगवान, हे ईश्वर भनेर एक बाबालाई नै याद गर्छन् किनकि उहाँ हुनुहुन्छ सर्वका सद्गति दाता। बाबाले सम्झाउनु हुन्छ– यो सारा रचना हो। रचयिता बाबा म नै हुँ– सबैलाई सुख दिने, वर्सा दिने एकै बाबा हुनुहुन्छ। भाइले भाइलाई वर्सा दिन सक्दैनन्। वर्सा हमेसा पिताबाट मिल्छ। म सबै बेहदका बच्चाहरूलाई बेहदको वर्सा दिन्छु, त्यसैले नै मलाई याद गर्छन्– हे परमात्मा क्षमा गर्नुहोस्। तर केही पनि बुझ्दैनन्। 

    बाबा भन्नुहुन्छ– म कुनै यिनीहरूको पुकार सुनेर आउँदिनँ। यो त ड्रामामा बनेको छ। ड्रामामा मेरो आउने पार्ट पनि निश्चित छ। अनेक धर्म विनाश, एक धर्मको स्थापना वा कलियुगको विनाश, सत्ययुगको स्थापना गर्नुपर्ने हुन्छ। म आफ्नो समयमा आफैं आउँछु। यो भक्ति मार्गको पनि ड्रामामा पार्ट छ। अब भक्ति मार्गको पार्ट पूरा भयो, त्यसैले आएको हुँ। कल्प पहिले पनि बाबा हजुर ब्रह्मा तनमा आउनुभएको थियो। यो ज्ञान अहिले तिमीलाई मिल्छ। फेरि कहिल्यै मिल्दैन। यो हो ज्ञान, त्यो हो भक्ति। ज्ञानको प्रारब्ध हो चढ्ती कला। भनिन्छ सेकेण्डमा जीवनमुक्ति। जनकलाई सेकेण्डमा जीवनमुक्ति मिलेको थियो नि। यो पनि शब्द छ। राधा गएर अनुराधा बन्छिन्। जनक पनि गएर फेरि सीताको पिता अनु जनक बन्छन्। यस ज्ञानद्वारा एक उदाहरण दिएका छन्। तर केही पनि बुझ्दैनन्। भन्छन्– जनकले सेकेण्डमा जीवनमुक्ति पाए। के एक जनकले मात्रै जीवनमुक्ति पाए? जीवनमुक्ति त सबैले पाउँछन् नि। सारा विश्वले पाउँछ। सद्गति वा जीवनमुक्ति एकै शब्द हो। जीवनमुक्ति अर्थात् जीवनलाई मुक्त गर्नुहुन्छ– यस रावण राज्यबाट। बाबाले जान्नुहुन्छ– बच्चाहरूको कति दुर्गति भएको छ, बिल्कुल दुःखी भएका छन्। उनीहरूको फेरि सद्गति हुनु छ। पहिला मुक्तिमा गएर फेरि जीवनमुक्तिमा आउँछन्। शान्तिधामबाट फेरि सुखधाममा आउँछन्। यो चक्रको रहस्य बाबाले सम्झाउनु भएको छ। बाबा भन्नुहुन्छ– यस समय सारा सृष्टिको वृक्ष जीर्ण, तमोप्रधान भएको छ त्यसैले कसैले पनि आफूलाई आदि सनातन देवी-देवता धर्मको मान्दैनन्। आदि सनातन देवी-देवता धर्मका थिए किनकि देवताहरू पवित्र थिए। हामी अपवित्र पतित आफूलाई देवता कसरी कहलाउने? त्यसैले भनिन्छ– यी विकारहरूलाई छोड्दै जाऊ। यो विकार आदि आधाकल्प देखिको छ। अब एक जन्ममा यिनलाई छोड्न मेहनत लाग्छ। मेहनत विना कहाँ विश्वको मालिक बनिन्छ र। बाबालाई याद गर्यौ भने आफूलाई तिमीले राजतिलक दिन्छौ अर्थात् राजाईको अधिकारी बन्छौ। जति राम्रोसँग याद गर्छौ, श्रीमतमा चल्छौ, तिमी राजाहरूको राजा बन्छौ। पढाउनेवाला टिचर त आउनु भएको छ पढाउन। यो पाठशाला हो नै मनुष्यबाट देवता बन्ने। नरबाट नारायण बनाउने कथा सुनाउँछन्। यो कथा कति प्रसिद्ध छ। यसलाई अमरकथा, सत्य नारायणको कथा, तीजरीको कथा पनि भनिन्छ। हेर गीत कति राम्रो छ। बाबाले हामीलाई विश्वको मालिक बनाउनु हुन्छ, जुन मालिकपना कसैले लुट्न सक्दैन। कुनै भूकम्प आदि जाँदैन। वहाँ विघ्नको कुनै कुरा नै हुँदैन। यस्तो अटल, अखण्ड, पवित्रता, सुख-शान्तिको राज्य पाइरहेका छौ। कल्प पहिले जसरी हर ५ हजार वर्षपछि विश्व स्वर्ग बन्छ। तिमीले जान्दछौ– हामी नै देवता थियौं फेरि ८४ जन्म लिँदा-लिँदा आएर यो बन्छौं। फेरि हामी नै देवता बन्छौं। यसलाई भनिन्छ– स्वदर्शन चक्रधारी। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) आफूले आफैंलाई राजतिलक दिनको लागि यादको मेहनत गर्नु छ। सबै विकारहरूलाई छोडिदिनु छ।

    २) ब्रह्माबाबा समान साधारण र गुप्त रहनु छ। बाहिरी ठाँट आदि गर्नु छैन। आफ्नो भविष्य राजाईंको नशामा रहनु छ।

    वरदान:

    साथी र साक्षीपनको स्मृतिद्वारा सर्व बन्धनहरूबाट मुक्त हुने सर्व शक्ति सम्पन्न भव:-  

    सर्व शक्तिहरूले सम्पन्न बनेर अधीनतादेखि टाढा हुनको लागि दुई शब्द सदा याद रहोस्– एक साक्षी, दोस्रो साथी। यसबाट बन्धनमुक्त अवस्था छिटै बन्छ। सर्वशक्तिवान बाबाको साथ छ त्यसैले सर्व शक्तिहरू स्वतः प्राप्त हुन्छ र साक्षी बनेर चल्नाले कुनै पनि बन्धनमा फँस्दैनौ। निमित्त मात्र यस शरीरमा रहेर कर्तव्य गर्यो अनि साक्षी भयो– यसको विशेष अभ्यास बढाऊ।

    स्लोगन:

    अशुद्ध र शुद्ध दुवैको युद्ध हुन्छ भने ब्राह्मण नभएर क्षत्रिय हौ।   



    ***OM SHANTI***