BK Murli 12 October 2016 Nepali

BK Murli 12 October 2016 Nepali

२०७३ आश्विन २६ गते वुधबार 12.10.2016 वापदादा मधुवन

“मीठे बच्चे– तिमी जस्तो सौभाग्यशाली कोही छैन, किनकि जुन बाबालाई सारा दुनियाँले पुकारिरहेको छ, उहाँले तिमीलाई पढाइरहनु भएको छ। तिमी उहाँसँग कुरा गर्छौ।”  

प्रश्न:

जुन बच्चाहरूलाई विचार सागर मन्थन गर्न आउँछ, उनीहरूको निशानी के हुन्छ?

उत्तर:

उनीहरूको बुद्धिमा सारा दिन यही धुन लागिरहन्छ– कसरी सबैलाई बाटो बताऔं? कसरी अरुको कल्याण गरौं? उनीहरूले सेवाको नयाँ-नयाँ योजना बनाइरहन्छन्। उनीहरूको बुद्धिमा सारा ज्ञान टप्किरहन्छ। उनीहरूले आफ्नो समय खेर फाल्दैनन्।

ओम् शान्ति।

बच्चाहरूको अगाडि निराकार परमपिता परमात्मा बोलिरहनु भएको छ, यो बच्चाहरूले नै जान्दछन्। भगवान्लाई उँच भनिन्छ। उँचा उहाँको ठाउँ छ। रहने स्थान त प्रसिद्ध छ। बच्चाहरूले जान्दछन्– हामी मूलवतनमा रहनेवाला हौं। मनुष्यलाई यी सबै कुराको बारेमा थाहा छैन, परम पिताले बोल्नुहुन्छ भनेर। तिमी बच्चाहरू बाहेक अरु कुनै मनष्यलाई थाहा छैन– निराकार भगवान्ले बोल्नुहुन्छ। निराकार भएको कारणले कसैको बुद्धिमा आउँदैन– भगवानुवाच कसरी हुन सक्छ? थाहा नभएको कारणले गीतामा कृष्णको नाम राखिदिएका छन्। अहिले बच्चाहरूको अगाडि बोलिरहनु भएको छ। सम्मुख नभएसम्म त सुन्न सकिँदैन। टाढा रहेर त सुन्छन् तर निश्चय हुँदैन। सुन्न त सुन्छन् भगवानुवाच। यथार्थसँग तिमीले जान्दछौ। भगवान त शिवबाबा हुनुहुन्छ। प्राक्टिकलमा जान्दछौ– बाबाले हामीलाई ज्ञान सुनाइरहनु भएको छ। तिम्रो बुद्धि तुरून्त माथि जान्छ। शिवबाबा सबैभन्दा उँच रहनेवाला हुनुहुन्छ। जसरी कुनै ठूलो व्यक्ति, रानी आदि आएमा थाहा हुन्छ फलानो ठाउँमा रहन्छिन्, यस समय यहाँ आएकी छन्। तिमी बच्चाहरूले पनि जान्दछौ– बाबा आउनु भएको छ, हामीलाई लैजान। हामी पनि बाबाको साथमा फर्केर जान्छौं। हामी परमधाममा रहनेवाला हौं। तिमीलाई अहिले बाबा र घर याद आउँछ। बाबा नै सृष्टिको रचयिता हुनुहुन्छ। बाबाले आएर तिमी बच्चाहरूलाई मूलवतन, सूक्ष्मवतन, स्थूलवतनको रहस्य सम्झाउनु भएको छ। जसको बुद्धिमा छ उसैले बुझ्दछ। वास्तवमा हामीले पुरूषार्थ गरिरहेका छौं– भविष्य २१ जन्मको लागि, बाबासँग वर्सा लिन। पुरूषार्थ त गर्नु नै छ। पुरूषार्थ कहिल्यै पनि छोड्नु छैन। विद्यालयका बच्चाहरूलाई थाहा हुन्छ– जबसम्म परीक्षा हुँदैन, तबसम्म हामी पढि नै रहनु छ। लक्ष-उद्देश्य रहन्छ। हामीले ठूलो भन्दा ठूलो परीक्षा पास गर्छौं। एक कलेज छोडेर दोस्रो तेस्रोमा जान्छौं। 

अर्थात् हामी पढि नै रहनु छ। ठूलो व्यक्तिको बच्चा छ भने अवश्य ठूलो परीक्षा पास गर्ने ख्याल गर्छ। तिमीले जान्दछौ– हामी धेरै ठूलो पिताका सन्तान हौं। दुनियाँमा कसैलाई थाहा छैन– हामी शिवबाबाको सन्तान हौं। तिमी धेरै महान् सर्वोच्च पिताका सन्तान हौ। धेरै ठूलो पढाइ पढ्छौ। जान्दछौ– यो सर्वोच्च पढाइ हो। पढाउनेवाला बाबा हुनुहुन्छ त्यसैले कति खुशीमा रहनुपर्छ। यो जसलाई पनि सम्झाउन सक्छौ। हामी महान् बाबाका बच्चा हौं। महान् सतगुरूको मतमा हामी चल्छौं। टिचरको, गुरूको मतमा चल्नुपर्छ नि। उनलाई अनुयायी भनिन्छ। यहाँ पिताको मतमा पनि चल्नु छ, टिचरको मतमा पनि चल्नु छ र गुरूको मतमा पनि चल्नु छ। तिमीले जान्दछौ– उहाँ हाम्रो पिता, टिचर, सतगुरू हुनुहुन्छ। उहाँको मतमा अवश्य चल्नु छ। उहाँ त एउटै हुनुहुन्छ, सर्वोच्च हुनुहुन्छ शिवबाबा, उहाँले बोल्नुहुन्छ। 

बाबा बच्चाहरूसँग सोध्नुहुन्छ– शिवबाबा त बोल्नुहुन्छ, ठीक छ। शंकरले बोल्छन्? ब्रह्माले बोल्छन्? विष्णुले बोल्छन्? (कसैले भने शिव र ब्रह्माले बोल्नुहुन्छ, विष्णु वा शंकरले बोल्दैनन्) विष्णुका दुई रुप लक्ष्मी-नारायण भन्छौ भने फेरि के बोल्दैनन्? लाटा छन्? (ज्ञान सुनाउँदैनन्) मैले ज्ञानको कुरा गरेको होइन, बोल्ने कुरा सोधेको हुँ। विष्णु, लक्ष्मी-नारायणले बोल्छन्? शंकरले बोल्दैनन् त्यो ठीक छ। बाँकी तीनले किन बोल्दैनन्? विष्णुका दुई रुप लक्ष्मी-नारायण हुन् भने अवश्य बोल्छन् नि। मनुष्य शिवबाबाको लागि सम्झन्छन्– उहाँ निराकारले कसरी बोल्नुहुन्छ? तिमी बच्चाहरूले जान्दछौ– शिवबाबा पनि यिनमा आएर बोल्नुहुन्छ। ब्रह्मालाई पनि बोल्नुपर्ने हुन्छ। एडप्टेड हुन् नि। संन्यासीहरूले पनि आफ्नो नाम संन्यास गरेपछि बदल्छन्। तिमीले पनि संन्यास गरेका छौ। त्यसैले तिम्रो नाम बदल्नुपर्छ। पहिले बाबाले नाम राख्नुभयो। तर देख्नुभयो– नाम राखेकाहरू पनि छोडेर गए– आश्चर्यवत सुनन्ती, कथन्ती, भागन्ती भए। त्यसैले कतिवटा नाम राख्ने, कतिको राख्ने? आजकल त माया पनि तेज छ। बुद्धिले भन्छ– जब लक्ष्मी-नारायणको राज्य थियो, त्यसलाई विष्णुपुरी भनिन्थ्यो। यो लक्ष्य-उद्देश्य बुद्धिमा छ। विष्णुका दुई रुप लक्ष्मी-नारायणले राज्य गर्छन् भने किन बोल्दैनन्! बाबाले यहाँको कुरा गर्नुहुन्न। मनुष्यले त भन्छन्– निराकारले कसरी बोल्नुहुन्छ? उनीहरूलाई थाहा छैन– निराकार कसरी आउनुहुन्छ? उहाँलाई पतित-पावन भनिन्छ। उहाँ ज्ञानको सागर पनि हुनुहुन्छ, चैतन्य पनि हुनुहुन्छ, प्यारको सागर पनि हुनुहुन्छ। अब प्यार प्रेरणाबाट त हुँदैन, उहाँले पनि यिनीमा प्रवेश गरेर बच्चाहरूलाई प्यार गर्न सक्नुहुन्छ नि। तब भनिन्छ हामी परमपिताको गोदमा आउँछौं। बाबा हजुरसँगै खाऊँ, हजुरसँगै सुनूँ.... बुद्धि उहाँतिर गइहाल्छ। श्रीकृष्ण बुद्धिमा आउँदैन। त्यसैले बाबाले बच्चाहरूलाई बसेर सम्झाउनु हुन्छ। तिमी जस्तो सौभाग्यशाली कोही छैन। तिमीले जान्दछौ– हामी कति उच्च पार्टधारी हौं। यो खेल हो नि। यसभन्दा पहिले त तिमीले केही पनि जान्दैनथ्यौ। अहिले बाबाले प्रवेश गर्नुभएको छ, त्यसैले ड्रामा प्लान अनुसार यिनीद्वारा सुनिरहेका छौं। 

बाबा भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू, तिमीले जान्दछौ– बाबा निराकार हुनुहुन्छ। उहाँ हामी आत्माहरूको पिता हुनुहुन्छ। यी कुरा कुनै पनि शास्त्र आदिमा लेखिएको छैन। अहिले तिम्रो बुद्धि विशाल भएको छ। विद्यार्थीहरूले पढ्छन्, बुद्धिमा सारा इतिहास-भूगोल आउँछ। तर यो कसैको बुद्धिमा छैन– बाबा कहाँ हुनुहुन्छ! यथार्थ रुपमा तिमी बच्चाहरूले नै जान्दछौ र प्राक्टिकलमा त्यो खुशी छ। बाबा परमधामबाट आउनुहुन्छ, हामीलाई पढाउनु हुन्छ। सारा दिन आपसमा यही रुह-रिहान हुनुपर्छ। यस ज्ञान बाहेक अरु सबै हो सत्यानाश गर्ने कुरा। शरीर निर्वाह अर्थ तिमीले धन्दा आदि पनि गर्नु छ र साथ-साथै यो रुहानी सेवा पनि। 

तिमीले जान्दछौ– वास्तवमा यो भारतखण्ड स्वर्ग थियो। यी लक्ष्मी-नारायणको राज्य थियो। जति पनि देवताहरूका चित्र छन्, यसको यथार्थ ज्ञान बुद्धिमा आएको छ। नम्बरवन लक्ष्मी-नारायणको चित्र उठाऊ, विचार गर– वास्तवमा यिनले यहाँ राज्य गर्थे र एउटै धर्म थियो। रात पूरा भएर दिन सुरू भयो अर्थात् कतियुग पूरा भएर सत्ययुग सुरू भयो। कलियुग हो रात। सत्ययुग हो दिन। विचार सागर मन्थन गर्नु छ– यिनले यो राज्य कसरी पाए? जसरी भनिन्छ सागरमा ढुंगा खसाउँदा लहर उठ्छन्। त्यस्तै तिमीले पनि ज्ञानको ढुंगा हान, मनुष्यलाई सम्झाऊ। यो चिन्तन गर, यहाँ देवी-देवताहरूको राज्य थियो नि, जसले फेरि भक्ति मार्गमा मन्दिर बनाउँछन्। त्यसलाई फेरि लुटेर लगे। हिजोको कुरा हो। अहिले भक्ति मार्ग हो, अवश्य त्यसभन्दा पहिले ज्ञान मार्ग थियो। यी सबै कुरा अहिले तिम्रो बुद्धिमा छ। बाबाले पनि आएर आफ्नो बारेमा बताउनुहुन्छ। तिमीलाई यो याद किन रहँदैन। बाबाले आएर हामीलाई यो सारा ज्ञान सुनाउनुहुन्छ, बुझ्नुपर्छ नि। सबैलाई यही कुरा सुनाऊ। यो चित्र हो लक्ष्य-उद्देश्य। यी लक्ष्मी-नारायण त सबैभन्दा महान् राजा रानी हुन्, जसले राज्य गरेर गए। विश्व स्वर्ग थियो नि। हिजोको कुरा हो। फेरि यिनले यो राजगद्दी कसरी गुमाए? बच्चाहरूले यी सबै कुरा सुने पनि कहिल्यै बुद्धिमा टप्किदैन। बुद्धिमा याद पनि आउँदैन। यदि याद भए त अरुलाई पनि सम्झाउन सकिन्छ। हुन त धेरै सहज छ। तिमी यहाँ आउँछौ लक्ष्मी-नारायण जस्तो बन्न। सम्झाइएको छ– ५ हजार वर्षको कुरा हो। यसभन्दा पुरानो केही छैन। पुरानोभन्दा पुरानो भारतको कहानी यो हो। वास्तवमा सच्चा-सच्चा कहानी यो हुनुपर्छ। सबैभन्दा ठूलो कहानी यो हो। यिनको राज्य थियो, अहिले त्यो राज्य छैन। अलिकति पनि कसैलाई थाहा छैन। तिम्रो बुद्धिमा नम्बरवार टप्किन्छ। बाबा भन्नुहुन्छ– मलाई याद गर। त्यो पनि पूरा कसैले याद गर्दैन। बाबा बिन्दु हुनुहुन्छ, हामी पनि बिन्दु हौं, यति पनि बुद्धिमा टिक्दैन। कसै-कसैको बुद्धिमा त राम्रोसँग टप्किन्छ। 

कसैलाई बसेर सम्झाउँदा ४-५ घन्टा पनि लाग्छ। यो धेरै आश्चर्यजनक कुरा हो। जसरी सत्य नारायणको कथा बसेर सुन्छन् नि। जसलाई मन पर्छ उनीहरूले २-३ घन्टा बसेर पनि सुन्छन्। यसमा पनि यस्तै हो, जसलाई धेरै रुचि हुन्छ उसको मनमा अरु केही पनि आउँदैन। यही कुरामा विचार चलाउँदा आनन्द आउँछ। यो कुरा राम्रो लाग्छ। सम्झन्छन्– यसै सेवामा लागूँ, अरु सबै धन्दा आदि छोडिदिऊँ। तर यसरी त कोही बस्नु छैन। त्यसैले तिमी बच्चाहरूले यो सत्य-नारायणको कहानी सुनिरहेका छौ। अहिले तिम्रो बुद्धिमा कति राम्रो कुरा रमण हुन्छ। हामी यो सामग्री दिनको लागि तयार छौं। सामग्री सधैं तयार रहनुपर्छ। तिमीले यो चित्र देखाएर पनि कसैलाई सम्झाउन सक्छौ– यी लक्ष्मी-नारायणलाई यो राज्य कसरी मिल्यो? कति वर्ष अगाडि यी विश्वको मालिक थिए? त्यस समयमा विश्वमा कति मनुष्य थिए? अहिले कति छन्? केही न केही पत्थर हान्दै जानुपर्छ, जसले गर्दा विचार सागर मन्थन चलोस्। आफ्नो यस कुलको छ भने तुरून्त लहर पुग्छ। आफ्नो कुलको छैन भने केही पनि बुझ्दैन, गइहाल्छ। अवस्था हेर्नुपर्छ। तिमीले यस मीठो-मीठो ज्ञान बाहेक केही पनि बोल्नु छैन। यदि ज्ञान बाहेक अरु केही बोल्छौ भने सम्झ त्यो खराब छ, त्यसमा केही पनि सार छैन। मेरो पासमा यस्ता धेरै बच्चाहरू छन्, जसलाई सुन्ने धेरै सोख हुन्छ। बाबाले सम्झाउनु हुन्छ– नराम्रो कुरा त कहिल्यै पनि सुन्नु हुँदैन। कल्याणको कुरा नै सुन। नत्र फोकटमा आफ्नो सत्यानश गर्छौ। बाबाले त आएर तिमीलाई ज्ञान नै सुनाउनुहुन्छ। सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनु हुन्छ। भन्नुहुन्छ– अरु कुनै पनि कुरा नगर, यसमा धेरै समय खेर फाल्छौ। फलानो यस्तो छ, उसले यस्तो गर्छ... यसलाई खराब भनिन्छ। दुनियाँको कुरा अलग छ, तिम्रो त एक-एक सेकेण्डको समय धेरै मूल्यवान छ। तिमीले कहिल्यै पनि यस्ता कुरा नसुन, नगर। यसभन्दा त बेहदको बाबालाई याद गर्यौ भने तिम्रो धेरै कमाई हुन्छ। जहाँ-तहाँ गएर बाबाको परिचय देऊ। यो रुहानी सेवा गर्दै जाऊ। 

सच्चा-सच्चा महावीर तिमी हौ। सारा दिन यही धुन रहोस्– कोही होस्, जसलाई बाटो बताऊँ। बाबा भन्नुहुन्छ– म अल्फलाई याद गर्यौ भने बे बादशाही मिल्छ। कति सहज छ। यसरी-यसरी गएर सेवा गर्नु छ। बच्चाहरूले सेवामा धेरै ध्यान दिनुपर्छ। आफ्नो र अरुको कल्याण गर्नुपर्छ। बाबा पनि तिमी बच्चाहरूलाई सम्झाउनको लागि नै आउनुभएको हो नि। तिमी बच्चाहरू पनि आएका हौ पढ्न र पढाउन। समय खेर फाल्न र केवल रोटी पकाउन मात्रै त आएका होइनौ। सारा दिन बुद्धि सेवामा चल्नुपर्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) जुन कुरा आफ्नो कामको छैन त्यसलाई सुनेर वा बोलेर आफ्नो समय खेर फाल्नु छैन। जति हुन सक्छ पढाइमा पूरा-पूरा ध्यान दिनु छ।

२) सदा खुशी र उमंगमा रहनु छ– हामीलाई पढाउनेवाला को हुनुहुन्छ! पुरूषार्थ गर्न कहिल्यै छोड्नु हुँदैन। मुखबाट ज्ञान रत्न नै निकाल्नु छ।

वरदान:

विस्तारको रंगी-बिरंगी कुराबाट किनारा गरेर मुश्किललाई सहज बनाउने सहजयोगी भव:-  

जब बाबालाई देख्नुको सट्टा कुरालाई देख्न थाल्यौ भने कति प्रश्न उठ्छन् अनि सहज कुरा पनि मुश्किल अनुभव हुन थाल्छ, किनकि कुरा हो वृक्ष र बाबा हुनुहुन्छ बीज। जसले विस्तार भएको वृक्षलाई हातमा उठाउँछन्, उनीहरूले बाबालाई किनारा गर्छन्, अनि विस्तार एक जाल बन्छ जसमा फँस्दै जान्छन्। कुराको विस्तारमा रंगी-विरंगी कुरा हुन्छन्, जसले आफूतिर आकर्षित गर्छ। त्यसैले बीजरुप बाबाको यादले बिन्दु लगाएर त्यसबाट किनारा गर्यौ भने सहजयोगी बन्छौ।

स्लोगन:

म र मेरोपनको मिलावटलाई समाप्त गर्नु नै सच्चा सुन बन्नु हो।    



***OM SHANTI***

Google+ Followers