BK Murli 13 October 2016 Nepali

BK Murli 13 October 2016 Nepali

२०७३ आश्विन २७ गते विहिबार 13.10.2016 वापदादा मधुवन

“मीठे बच्चे– मायासँग नडराऊ, जति भुलाउने कोसिस गरोस् तर नथाक, अमृतबेला उठेर यादमा रहने पूरा-पूरा पुरूषार्थ गर।”  

प्रश्न:

पुरूषार्थमा नम्बर अगाडि कुनचाहिँ बच्चाहरूले लिन्छन्?

उत्तर:

जो बाबामा पूरा-पूरा बलि चढ्छन् अर्थात् कुर्बान जान्छन्, सबैभन्दा अगाडि उनीहरू नै जान्छन्। बाबामा बच्चाहरू कुर्बान जान्छन् र बच्चाहरूमा बाबा कुर्बान जानुहुन्छ। तिमीले आफ्नो कखपन, पुरानो तन-मन-धन बाबालाई दिन्छौ र बाबाले तिमीलाई विश्वको बादशाही दिनुहुन्छ। त्यसैले उहाँलाई गरिब निवाज भनिन्छ। गरिबलाई नै दान दिन बाबा आउनुभएको छ।

गीतः–

नयनहीन को राह दिखाओ....

ओम् शान्ति।

मीठे-मीठे अति मीठे, यस्तो भनिन्छ नि! बेहदको बाबा अनि बेहदको प्यार छ। भन्नुहुन्छ– मीठा-प्यारा सिकीलधे बच्चाहरूले गीत सुन्यौ। मार्ग एक बाबाले नै देखाउनुहुन्छ। भक्ति मार्गमा बाटो देखाउने कोही हुँदैन। ठक्कर खाइरहन्छन्। अहिले मार्ग त मिलेको छ फेरि पनि मायाले बाबासँग बुद्धियोग लाग्न दिँदैन। बुझेका पनि छौ– एक बाबालाई याद गरेमा हाम्रो सबै दुःख दूर हुन्छन्, चिन्ता गर्ने कुनै कुरा रहँदैन, फेरि पनि बिर्सिन्छन्। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म पतित-पावन बाबालाई याद गर। बाबा ज्ञानको सागर हुनुहुन्छ नि। उहाँ नै गीता ज्ञान दाता हुनुहुन्छ। स्वर्गको बादशाही अथवा सद्गति दिनुहुन्छ। कृष्णलाई ज्ञानको सागर भन्न सकिँदैन। सागर एउटै हुनुहुन्छ। यस धर्तीको चारैतर्फ सागर नै सागर छ। सारा सागर एउटै हो। फेरि त्यसलाई बाँडिएको छ। तिमी विश्वको मालिक बन्छौ, त्यसपछि सारा सागर, धर्तीको मालिक तिमी बन्छौ। यस्तो कसैले भन्न सक्दैन, यो हाम्रो टुक्रा हो। हाम्रो सीमा भित्र नआऊ। यहाँ त सागरमा पनि विभाजन गरिदिएका छन्। तिमीले बुझेका छौ– सारा विश्व नै भारतवर्ष थियो, जसको तिमी मालिक थियौ। गीत पनि छ– बाबा हजुरसँग हामी विश्वको बादशाही लिन्छौं, जुन कसैले छिन्न सक्दैन। यहाँ हेर पानीको लागि पनि लडाई छ। एक अर्कालाई पानी दिनको लागि लाखौं रूपैया दिनुपर्छ। तिमी बच्चाहरूलाई सारा विश्वको राजाई कल्प पहिले जस्तै मिलिरहेको छ। बाबाले ज्ञानको तेस्रो नेत्र दिनुभएको छ। ज्ञान दाता हुनुहुन्छ नै परमपिता परमात्मा। यस समय आएर ज्ञान दिनुहुन्छ। सत्ययुगमा लक्ष्मी-नारायणको पासमा यो ज्ञान हुँदैन। हो, यस्तो भनिन्छ– अघिल्लो जन्ममा ज्ञान लिएर यो बनेका हुन्। तिमी नै थियौ। तिमीले भन्छौ– बाबा हजुर उही हुनुहुन्छ। हजुरले हामीलाई विश्वको मालिक बनाउनु भएको थियो। बाबा भन्नुहुन्छ– मेरो मत कुनै लम्बा-चौडा छैन। त्यो पढाइ कति लम्बा-चौडा हुन्छ। यो त धेरै सहज छ। रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई तिमीले बुझेर अरुलाई पनि बताऊ– कसरी ८४ को चक्र लगायौं? अब फर्केर जानु छ, बाबाको पासमा। यो पनि बाबाले बताउनुभएको छ– मायाको तुफान धेरै आउँछ, त्यससँग नडराऊ। बिहान उठेर बस, बुद्धि अरु-अरु कुरामा जान्छ। दुई मिनेट पनि याद रहँदैन। बाबा भन्नुहुन्छ– थाक्नु हुँदैन। ठीक छ, एक मिनेट याद रह्यो, फेरि भोलि पनि बस, पर्सी पनि बस। मनमा यो पक्का अवश्य गर– हामीलाई याद गर्नु छ। यदि कोही विकारमा जान्छ भने फेरि त धेरै तुफान आउँछन्। पवित्रता नै मुख्य हो। आज यो दुनियाँ पतित वेश्यालय बनेको छ। भोलि पावन शिवालय हुनेछ। जान्दछौ– यो पुरानो शरीर हो। बाबालाई याद गरिरह्यौ भने कुनै पनि समय शरीर छुटे पनि स्वर्गमा जान सक्छौ। बाबासँग केही न केही ज्ञान त सुन्यौ नि। यस्ता पनि छन्, जो यहाँबाट भागन्ती भएका छन् फेरि पनि आएर आफ्नो वर्सा लिइरहेका छन्। यो पनि सम्झाइएको छ– अन्त मति सो गति हुन्छ। मानौं, कसैले शरीर छोड्यो, संस्कार ज्ञानको लिएर गयो भने बचपनमा नै यतातर्फ उसको आकर्षण हुन्छ। अंगहरू त साना छन्, बोल्न सक्दैन, तर आकर्षित हुन्छ। बचपनबाट नै संस्कार राम्रो हुन्छ। सुखदायी बन्छ। आत्मालाई नै बाबा सिकाउनु हुन्छ नि। जस्तै बाबा मिलेट्रीहरूको उदाहरण सम्झाउनु हुन्छ। संस्कार लिएर जान्छन्, लडाईमा फेरि भर्ती हुन्छन्। जस्तै शास्त्र पढ्नेहरू संस्कार लिएर जान्छन्, अनि बचपनमा नै शास्त्र कण्ठ हुन्छ। उनको महिमा पनि निक्लिन्छ। यहाँबाट जो जान्छन्, बचपनमा महिमा निक्लिन्छ। आत्माले नै ज्ञान धारण गर्छ नि। बाँकी रहेको हिसाब-किताब चुक्ता गर्नुपर्ने हुन्छ। स्वर्गमा त आउँछन् नि। बाबाको पासमा आएर मालेकम् सलाम गर्छन्। प्रजा त धेरै बन्छन्। बाबासँग त वर्सा लिन्छन्। अन्त्यकालको लागि भनिएको छ नि– अहो! प्रभु तिम्रो लीला...।

अहिले तिमीले बुझेका छौ– अहो! बाबा हजुरको लीला, ड्रामा प्लान अनुसार यस्तो छ। बाबा हजुरको कार्य सबै मनुष्यको भन्दा भिन्न छ। जसले बाबाको राम्रो सेवा गर्छन्, उनलाई फेरि इनाम पनि धेरै राम्रो मिल्छ। विजय मालामा आउँछन्। यो हो रुहानी ज्ञान, जो बाबाले रुह आत्माहरूलाई दिनुहुन्छ। मनुष्य सबैले त शरीरलाई नै याद गर्छन्, शिवानन्द, गंगेश्वरानन्द... आदि यो ज्ञान दिन्छन्। यहाँ त भनिन्छ– निराकार शिवबाबाले ज्ञान दिनुहुन्छ। म सर्वोच्च हुँ। म आत्माको नाम हो शिव। शिव परमात्माए नमः भनिन्छ। फेरि ब्रह्मा विष्णु शंकरलाई भनिन्छ देवताए नमः, यी पनि रचना हुन्। उनीहरूबाट कुनै वर्सा मिल्न सक्दैन। तिमी आपसमा भाइ-भाइ हौ। भाइलाई याद गरेर वर्सा मिल्दैन। यी पनि तिम्रो भाइ हुन्, विद्यार्थी हुन् नि। पढिरहेका छन्, यिनीसँग वर्सा मिल्दैन। यी स्वयं नै वर्सा लिइरहेका छन् शिवबाबासँग। पहिला यिनले सुन्छन्। बाबालाई भन्छु– बाबा म त हजुरको पहिलो बच्चा हुँ। हजुरबाट कल्प-कल्प वर्सा लिन्छु। कल्प-कल्प हजुरको रथ बन्छु। शिवको रथ हो ब्रह्मा। ब्रह्माद्वारा विष्णुपुरीको स्थापना। तिमी ब्राह्मण पनि सहयोगी हौ, फेरि तिमी मालिक बन्छौ। अहिले तिमीले जान्दछौ– हामी ५ हजार वर्ष पहिले जस्तै बाबाद्वारा राज्य भाग्य लिन्छौ, जसले कल्प पहिले राज्य भाग्य लिएका छन्, उनै आउँछन्। हरेकको पुरूषार्थबाट थाहा हुन्छ– को महाराजा-महारानी बन्छ, को प्रजा बन्छ? अन्तिममा तिमीलाई सबै साक्षात्कार हुनेछ। सारा कुरा पुरूषार्थमा भरपर्छ। कुर्बान पनि हुनुपर्ने हुन्छ। बाबा भन्नुहुन्छ– म गरिब निवाज हुँ। तिमी गरिबहरू नै ममा कुर्बान हुन्छौ। दान हमेसा गरिबलाई नै दिइन्छ। मानौं कसैले कलेज बनाउँछ, उसले कुनै गरिबलाई दान गरेको हुँदैन। त्यो कुनै ईश्वर अर्थ हुँदैन, तर दान त गर्छन् नि। कलेज खोल्छन् भने त्यसको फल मिल्छ। अर्को जन्ममा राम्रो पढ्नेछ। यो आशीर्वाद मिल्छ। यहाँ नै सबैभन्दा धेरै दान-पुण्य हुन्छ। यस समय त धेरै दान हुन्छ। तिमीले बाबालाई दान गर्छौ। बाबाले तिमीलाई दान गर्नुहुन्छ। तिमीसँग कखपन लिएर तिमीलाई विश्वको बादशाही दिनुहुन्छ। यस समय तिमीले तन-मन-धन सबै बाबालाई दानमा दिन्छौ। उनीहरूले त मरेपछि बकस दिएर जान्छन्। फलानो आश्रमलाई दिनू या यो आर्य समाजले लिऊन्। वास्तवमा दान गरिबलाई दिनुपर्छ, जो भोकै हुन्छन्। अहिले भारत गरिब छ नि। स्वर्गमा कति धनवान हुन्छन्। तिमीले जान्दछौ– वहाँ अनाज धन आदि जति तिम्रो पासमा हुन्छ, त्यति अरु कसैको पासमा हुन सक्दैन। वहाँ त केही पनि पैसा लाग्दैन। मुठ्ठी चामल दान गर्छौ, त्यसको रिटर्नमा २१ जन्मको लागि महल मिल्छ। जागिर पनि मिल्छ। अहिले तत्व पनि तमोप्रधान हुनाको कारण दुःख दिन्छन्। वहाँ तत्व सतोप्रधान हुन्छन्। तिमीले जान्दछौ– सत्ययुगमा को-को आउँछन्। फेरि द्वापरमा फलानो-फलानो आउँछन्। कलियुगको अन्त्यमा साना-साना हाँगाहरू मठ पंथ आदि निस्किरहन्छन् नि। अहिले तिम्रो बुद्धिमा कल्प-वृक्ष, ड्रामा आदिको ज्ञान छ। बाबाको पार्टलाई पनि जान्दछौ। महाभारत लडाईमा देखाउँछन्– ५ पाण्डव बचे। ठीक छ, फेरि के भयो? अवश्य जसले राजयोग सिक्छन्, उनै गएर राज्य गर्छन् नि। पहिले तिमीले पनि जानेका कहाँ थियौ र। बाबा पनि गीता आदि पढ्थे। नारायणको भक्ति गर्थें। गीतासँग पनि धेरै प्यार थियो। ट्रेनमा जाँदा पनि गीता पढ्थे। अहिले हेर्छु केही पनि बुझेको थिइनँ, डिब्बीमा ठीकरी। भक्तिमार्गमा जे जति गर्दै आयौं, त्यसबाट उद्धार त भएन। दुनियाँमा त कति झगडा छ। यहाँ पनि त सबै पवित्र बन्न सक्दैनन्, त्यसैले झगडा हुन्छ। बाबाले शरण लिनु पनि हुन्छ, फेरि भन्नुहुन्छ– बिमारी झन् बढ्नेछ। बच्चा आदि याद आउँछ, यसमा नष्टोमोहा हुनुपर्छ। सम्झनु छ– म मरिसकेँ। बाबाको बन्नु मतलब यस दुनियाँबाट मर्नु। फेरि शरीरको भान रहँदैन। बाबा भन्नुहुन्छ– देह सहित जति पनि सम्बन्ध छन्, उनलाई बिर्सिनु छ। यस दुनियाँमा जे जति देख्छौ, ती मानौं केही पनि छँदै छैन। यो पुरानो शरीर पनि छोड्नु छ। मलाई जानु छ घरमा। घर गएर फेरि आएर नयाँ सुन्दर शरीर लिनेछु। अहिले श्याम छ फेरि सुन्दर बन्छ। भारत अहिले श्याम छ, फेरि सुन्दर बन्छ। अहिले भारत हो काँडाको जंगल। सबैले एक अर्कालाई घोचिरहन्छन्। कुनै कुरा मन परेन भने गाली दिन्छन्, लड्न सुरू गर्छन्। तिमी बच्चाहरू घरमा पनि धेरै मीठो बन्नु छ। नत्र मनुष्यले भन्छन्– यसले त ५ विकार दान दिएर फेरि क्रोध किन गर्छ? सायद क्रोध चाहिँ दान दिएको रहनेछ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! झोलीमा ५ विकार दानमा देऊ अनि तिम्रो ग्रहण छुट्छ। चन्द्रमालाई ग्रहण लाग्छ नि। तिमी पनि अहिले सम्पूर्ण बन्छौ, त्यसैले बाबा भन्नुहुन्छ– यो विकार दानमा देऊ। तिमीलाई स्वर्गको बादशाही मिल्छ। आत्मालाई बाबाबाट वर्सा मिल्छ। आत्माले भन्छ– यस पुरानो दुनियाँमा बाँकी थोरै समय छ। काम उतार दिनु छ। ख्याल कुनै पनि उतार दिनुपर्छ। बाबा जान्नुहुन्छ– अनेक प्रकारका ख्याल आउँछन्। धन्दाको ख्याल आउँछ। भक्ति मार्गमा भक्ति गर्दा ग्राहक, धन्दा आदि याद आयो भने फेरि चुट्की बजाउँछन्। म नारायणको यादमा बसेको छु फेरि यो कुरा याद किन आयो! यहाँ पनि यस्तो हुन्छ। जब यस रुहानी सेवामा राम्रोसँग लाग्छौ भने फेरि सम्झाइन्छ– ठीक छ, छोडिदेऊ धन्दा आदिलाई। बाबाको सेवामा लाग। भनिन्छ– छोड्यो भछुट्छ। देह-अभिमान छोड्दै जाऊ। केवल बाबालाई याद गर्यौ भने बाँदरबाट मन्दिर लायक बन्छौ। कुमालकोटीको, कछुआको पनि सबै उदाहरण बाबाले दिनुहुन्छ, जुन फेरि भक्ति मार्गमा उनीहरूले दृष्टान्त दिन्छन्। अहिले तिमीले जान्दछौ– कीरा को हुन्? तिमी हौ ब्राह्मणी। तिमीले भूँ-भूँ गर्छौ। यो दृष्टान्त अहिलेको हो। उनले बताउन सक्दैनन्। पर्व आदि सबै यस समयका हुन्। सत्ययुग त्रेतामा कुनै चाड-पर्व हुँदैनन्। यो सबै हो भक्ति मार्गको। अहिले हेर कृष्ण जयन्ती थियो। कृष्ण माटोको बनाए, उनको पूजा गरेर फेरि तलाउमा डुबाइदिए। अहिले तिमीले बुझेका छौ– यो के गर्छन्! यो हो अन्धश्रद्धा। तिमीले कसैलाई सम्झाउँछौ, तर उनले बुझ्दैनन्। कुनै रोग लाग्यो भने भन्छन्– हेर तिमीले कृष्णको पूजा छोडिदियौ, त्यसैले यो हालत भएको हो। यस्ता धेरै आश्चर्यवत् सुनन्ती, कथन्ती भागन्ती हुन्छन्। त्यसैले ब्राह्मणहरूको माला बन्न सक्दैन। सबैभन्दा उच्च यो ब्राह्मण कुल भूषण हो। तर उनको माला बन्न सक्दैन। तिम्रो बुद्धिमा छ– यो शिवबाबाको माला हो, फेरि हामी गएर सत्ययुगमा नम्बरवार विष्णुको मालाको दाना बन्छौं। तिम्रो एक-एक शब्द यस्तो छ, जुन कसैले बुझ्न सक्दैन। बाबाले पढाइरहनु हुन्छ। वृद्धि भइरहन्छ। प्रदर्शनीमा कति आउँछन्। भन्छन् पनि– हामी आएर बुझ्न्छौं, फेरि घरमा गएपछि खलास। वहाँको वहाँ रह्यो। भन्छन्– प्रभुसँग मिल्नको लागि बाटो धेरै राम्रो बताउँछन्। तर म त्यसमा चलूँ, वर्सा लिऊँ– यो बुद्धिमा आउँदैन। धेरै राम्रो सेवा गरिरहेका छन् ब्रह्माकुमारीहरूले। अरे! तिमीले पनि बुझ्नु पर्यो नि। जिस्मानी सेवा गरिरहन्छौ। अब यो रुहानी सेवा गर। सोसाइटीको सेवा त सबै मनुष्यले गरिरहन्छन्। फोकटमा त कुनै सेवा गर्दैनन्। नत्र खान्छन् कहाँबाट। अहिले तिमी बच्चाहरूले धेरै राम्रो सेवा गर्छौ। तिमीलाई धेरै दया लाग्छ। हाम्रो देश के थियो फेरि रावणले कस्तो गतिमा पुर्यायो! अहिले हामी बाबाको श्रीमतमा चलेर वर्सा अवश्य लिन्छौं। 

तिमीले जान्दछौ– अहिले हामी हौं संगमयुगी, बाँकी सबै हुन् कलियुगी। हामी पार गइरहेका छौं। जो बाबाको यादमा राम्रोसँग रहन्छन्, उनीहरू बसी-बसी याद गर्दा-गर्दै शरीर छोडिदिन्छन्। फेरि आत्मा फर्केर आउँदैन। बसी-बसी बाबाको यादमा गयो। यहाँ हठयोग आदिको कुनै कुरा छैन। जस्तै देख्छौ– ध्यानमा बसी-बसी जान्छन्, त्यस्तै तिमी पनि बसी-बसी यो शरीर छोडिदिन्छौ। सूक्ष्मवतन गएर फेरि बाबाको पासमा जान्छौ। जसले यादको यात्राको धेरै मेहनत गर्छ, उसले यसरी नै शरीर छोडिदिन्छ। साक्षात्कार हुन्छ। जस्तै सुरूमा तिमीलाई धेरै साक्षात्कार भयो, त्यसैगरी अन्तिममा पनि तिमीले धेरै देख्न्छौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) मन्दिर लायक बन्नको लागि देह-अभिमान छोडिदिनु छ। रुहानी सेवामा लाग्नु छ।

२) अब घर जाने समय हो, त्यसैले जति पनि हिसाब-किताब छ, धन्दा आदिको ख्याल चल्छ, त्यसलाई उतारिदिनु छ। यादको यात्राको मेहनत गर्नु छ।

वरदान:

मेहमानपनको वृत्तिद्वारा प्रवृत्तिलाई श्रेष्ठ, स्टेजलाई उच्च बनाउने सदा उपराम भव:-  

जो स्वयंलाई मेहमान (पाहुना) सम्झिएर चल्छ, ऊ आफ्नो देह रूपी घरसँग पनि निर्मोही हुन्छ। मेहमानको आफ्नो केही पनि हुँदैन, कार्यमा सबै वस्तु लगाउँछ तर आफ्नोपनको भाव हुँदैन। उसले सबै साधनलाई अपनाएर पनि जति न्यारा, त्यति बाबाको प्यारो हुन्छ। देह, देहको सम्बन्ध र वैभवहरूबाट सहज उपराम हुन्छ। जति मेहमानपनको वृत्ति रहन्छ, त्यति प्रवृत्ति श्रेष्ठ र स्टेज उच्च रहन्छ।

स्लोगन:

आफ्नो स्वभावलाई निर्मल बनायौ भने हर कदममा सफलता समाहित छ।   



***OM SHANTI***

Google+ Followers