BK Murli 15 October 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 15 October 2016 Nepali

    २०७३ आश्विन २९ गते शनिबार 15.10.2016 वापदादा मधुवन

    “मीठे बच्चे– यस पुरानो दुनियाँको अब अन्त्य हुँदैछ, त्यसैले संगमयुगमा तिमीलाई भविष्य राजाइको लायक बन्नु छ।”   

    प्रश्न:

    बच्चाहरूमा कुनचाहिँ सोख भयो भने गद्दीनशीन बन्न सक्छन्?

    उत्तर:

    अलराउन्ड सेवा गर्ने सोख भयो भने गद्दीनशीन बन्न सक्छन्, जसले अलराउन्ड सेवा गरेर धेरैलाई सुख दिन्छन्, उनीहरूलाई त्यसको प्राप्ति पनि मिल्छ। बच्चाहरू हमेसा हरेक सेवामा हाजिर रहनुपर्छ। यस्तो होसियार बन, जसद्वारा माता पितालाई प्रत्यक्ष गर। मम्मा बाबा भन्छौ, त्यसैले उनीहरू जस्तो बनेर देखाऊ।

    गीतः–

    इस पाप की दुनियाँ से.......

    ओम् शान्ति।

    केवल मीठा-प्यारा ब्रह्माकुमार कुमारीहरूले नै यो जान्दछन्– पापको दुनियाँ र पुण्यको दुनियाँ केलाई भनिन्छ। पतित दुनियाँ केलाई, पावन दुनियाँ केलाई भनिन्छ। भन्न त मनुष्यले भन्छन्– हे पतित दुनियाँलाई पावन बनाउनेवाला आउनुहोस्, तर जान्दैनन्। यो पनि आत्माले नै भन्दछ, हे पतित-पावन..... सबै मनुष्यले बोलाइरहन्छन्। तर यो कसैलाई थाहा छैन, पावन दुनियाँ केलाई भनिन्छ? यो कहिले र कसरी स्थापना हुन्छ? अहिले नलेजफुल ज्ञान सागर बाबालाई केवल तिमीले नै जान्दछौ। अरु कसैले बिलकुल जान्दैनन्, पावन दुनियाँ फेरि पतित कसरी बन्छ? पतित दुनियाँ फेरि पावन कसरी बन्छ? पतित दुनियाँमा को रहन्छ र पावन दुनियाँमा को रहन्छ? यी सबै कुरा तिमीले जान्दछौ। पावन दुनियाँ सत्ययुगलाई भनिन्छ। अवश्य पावन दुनियाँमा त एकै आदि सनातन देवी देवता धर्मको राज्य थियो, यसैले भारत सबैभन्दा प्राचीन देश भनेर गायन छ। अहिले तिमीले बुझेका छौ– हामीलाई फेरि पावन दुनियाँमा जानको लागि पतित-पावन बाबाले युक्तिहरू बताइरहनु भएको छ। बाबा भन्नुहुन्छ– एक सेकेन्डमा युक्ति बताउँछु। बाबा आउनुहुन्छ नै नयाँ दुनियाँको राज्य भाग्य दिन। यो हो बेहदको बाबाबाट बेहदको वर्सा। बाबा नै आएर राजयोग सिकाउनु हुन्छ। हामी राजयोग सिकिरहेका छौं। बाबा भन्नुहुन्छ– तिमी नै सतोप्रधान थियौ फेरि सतोप्रधान बन्नु छ। आदि सनातन देवी देवता धर्म थियो, नकि हिन्दु। देवी देवता धर्म नै पहिलो धर्म थियो। फेरि पुनर्जन्म लिँदै आउँछन्। जसरी क्रिश्चियनहरू पुनर्जन्म लिएर वृद्धि भएका हुन्। बौद्धिहरूको धर्म स्थापना गर्नेवाला बुद्ध, उनी भए धर्म स्थापक। एक बुद्धबाट कति बौद्धी निस्किएका छन्। क्राइस्ट एक थिए। अहिले हेर कति क्रिश्चियन भएका छन्। सबै धर्मको यसरी नै चल्दै आएको छ। जब आदि सनातन देवी देवता धर्म थियो, अरु कोही थिएनन्। अरुको बारेमा त जान्दछन्। 

    क्रिश्चियन धर्म क्राइस्ट, इस्लाम धर्म इब्राइमले स्थापना गरे। ठीक छ, जो सत्ययुगमा आदि सनातन देवी देवता धर्म थियो, त्यो कसले स्थापना गर्यो? सत्ययुगमा देवी देवताहरूको राजधानी थियो नि। त्यसैले अवश्य कसैले राज्य स्थापना गरेको हुनुपर्छ। सत्ययुगमा देवी देवता धर्म थियो, जुन अहिले बाबाले स्थापना गर्नुहुन्छ। त्यसैले बाबालाई आउनै पर्छ संगमयुगमा। अहिले सबै मनुष्य पतित दुनियाँमा बसेका छन्। पुरानो दुनियाँमा करोडौं मनुष्य छन्। नयाँ दुनियाँमा त यति धेरै मनुष्य हुन सक्दैनन्। वहाँ एक धर्म थियो। इस्लामी, बौद्धी, क्रिश्चियन आदि कोही थिएनन्। त्यो देवता धर्म अहिले प्रायः लोप छ। त्यो कसरी भगवान्ले स्थापना गर्नुभएको थियो, यो कसैले जान्दैनन्। देवता धर्म नाम नै भुलेका छन्, हिन्दू धर्म भनिदिन्छन्। अहिले बाबाले सम्झाइरहनु भएको छ– म आउँछु नै तब, जब पुरानो दुनियाँको परिवर्तन गर्नुपर्ने हुन्छ। अहिले यस पुरानो दुनियाँको अन्त्य हो। यो केवल तिमी ब्राह्मणहरूले नै जान्दछौ। यस महाभारी लडाईंद्वारा नै पुरानो दुनियाँको अन्त्य भएको थियो। गीतामा देखाउँछन्, सबै खत्तम भए। कोही रहेन। ५ पाण्डव बाँचे, उनीहरू पनि पहाडमा गलेर मरे। तर यस्तो हुँदैन। यो त बाबाले स्थापना गर्नुहुन्छ। प्रलय अथवा जलमग्न त हुँदैन। बाबालाई पुकार्छन्– हे पतित-पावन आउनुहोस्, हाम्रो दुःख हरेर सुख दिनुहोस् किनकि अहिले रावण राज्य छ। रामराज्य चाहन्छन् भने अवश्य रावणराज्य छ नि। बाबा सम्झाउनु हुन्छ– अब रामराज्यको स्थापना, रावणराज्यको विनाश हुन्छ। म जुन युक्ति सिकाउँछु, जसले सिक्छन्, उनीहरू नै गएर नयाँ दुनियाँमा राज्य गर्छन्। यो ज्ञान वहाँ केही पनि रहँदैन। अहिले तिम्रो बुद्धिमा सारा ज्ञान छ। जसको बुद्धिमा छ, उसले अरुलाई सम्झाउँछ। नम्बरवार त हुन्छन् नै। सेवाधारी बच्चाहरूको बुद्धिमा सारा ज्ञान टप्किरहन्छ। अवश्य सत्ययुगमा पहिला देवी देवता धर्मका थिए। यो पनि तिमीले जान्दछौ। बाबा पहिला सुरूमा ब्राह्मणलाई नै रच्नुहुन्छ, प्रजापिता ब्रह्माद्वारा। यो ज्ञान यज्ञ हो नि, त्यसैले अवश्य ब्राह्मण सम्प्रदाय नै चाहिन्छ। ब्राह्मण सम्प्रदाय अवश्य संगममा नै हुन्छ। 

    आसुरी सम्प्रदाय हुन्छ कलियुगमा, दैवी सम्प्रदाय हुन्छ सत्ययुगमा। त्यसैले अवश्य संगममा नै दैवी सम्प्रदायको स्थापना भएको हुनुपर्छ। बाजोली खेल्दा पाउ र टुपी एकै ठाउँमा मिल्छ। तिमी ब्राह्मण हौ फेरि याद आउँछ। विराट रुपको चित्र पनि आवश्यक छ। यसको ज्ञान धेरै राम्रो छ। भन्छन् पनि– बाबा म हजुरको ६ महिनाको बच्चा हुँ। ४ दिनको बच्चा हुँ। कोही भन्छन्– म एक दिनको बच्चा हुँ अर्थात् आज नै बाबाको बनेको हुँ। मुख वंशावली बनेको हुँ। जो जीवन छँदै बाबाको बन्छन्, भन्छन्– बाबा म हजुरको हुँ। सानो बच्चाले त भन्न सक्दैन। यो ज्ञान हो ठूलाको लागि। भन्छन्, बाबा म हजुरको सानो बच्चा हुँ। साना बच्चाहरूलाई चित्रमा सम्झाउन सहज हुन्छ। दिन प्रतिदिन ज्ञानको विस्तार भइरहन्छ। यो चित्रको युक्ति ड्रामा प्लान अनुसार ५ हजार वर्ष पहिलेजस्तै निस्किएको छ। यसमा यो कुनै प्रश्न उठ्न सक्दैन, सुरूमा किन निस्किएन, अहिले किन? ड्रामा अनुसार जुन युक्ति, जब निस्कनु पर्ने हुन्छ, तब निस्कन्छ। विद्यालयमा पढाइको नम्बरवार दर्जा हुन्छ। यस्तो कहाँ हुन्छ र, पहिले नै ठूलो परीक्षा पास गरुन्। पहिले केवल अल्फ र बे को बारेमा पढाइन्थ्यो नि। यो त बाबाको बच्चा बन्नाले नै बाबा स्वर्गको बादशाही दिनुहुन्छ। बाबालाई बाबा मानेपछि फेरि कहाँ निश्चय टुट्छ र। यहाँ त बाबा बाबा भनेर निश्चय टुट्छ। तिमीले जान्दछौ– उहाँ त बेहदको बाबा हुनुहुन्छ। तिमी बेहदको बाबाबाट बेहदको वर्सा लिइरहेका छौ, त्यसैले उहाँको श्रीमतमा चल्नु छ। बाबा भन्नुहुन्छ– अरु सबै कुरालाई छोडेर मलाई याद गर अनि वर्सालाई याद गर। हिँड्दा-डुल्दा यो याद रह्यो भने खुशी पनि रहन्छ। तर यो याद किन टिक्दैन? तिम्रो त ग्यारेन्टी छ, बाबा म हजुरको बनें, अब मेरो अरु कोहीसँग ममत्व रहँदैन। म हजुरकै मतमा चल्नेछु। बाबा पनि भन्नुहुन्छ– श्रीमतमा चलेनौ भने भूल भइरहन्छ। श्रीमतमा चल्नाले खुशीको पारा चढ्छ। आत्मालाई अतीन्द्रिय सुख मिल्छ, त्यसैले कति खुशी हुन्छ। आत्माले जान्दछ– परमपिता परमात्माले हामीलाई राज्य भाग्य दिनुभएको थियो, जसलाई गुमाइदियौं, अहिले फेरि बाबाले दिइरहनु भएको छ। त्यसैले अपार खुशी हुनुपर्यो नि। भित्रको खुशी देखिन्छ नि। यी लक्ष्मी-नारायणको चेहराबाट देखिन्छ। हुन त अज्ञान कालमा कोही कोही धेरै खुशीमा हुन्छन्। कुराकानी गर्नमा पनि राम्रा हुन्छन्। 

    मनुष्य सृष्टिमा सबैभन्दा उच्च पद कसको हुन्छ? हुन त सबैभन्दा उच्च हुनुहुन्छ शिव परमात्मा, जसलाई सबैले फादर भनेर पुकार्छन्। तर उहाँको कर्तव्यलाई जान्दैनन्। जब बाबा आउनुहुन्छ तब आएर आफ्नो परिचय दिनुहुन्छ। अहिले तिमी बच्चाहरूले जान्दछौ– हामीलाई बाबाबाट वैकुण्ठको राजाई मिल्छ। खुशी हुनुपर्छ नि। हामी नरबाट नारायण बन्छौं। हात त कसैले उठाउँछन् तर केही पनि बुझ्दैनन्। जसलाई निश्चय हुन्छ, उनीहरूलाई यो खुशी रहन्छ– अब हामीले ८४ जन्म पूरा गर्यौं। अब हामी बाबाको मतमा चलेर विश्वको मालिक बन्छौं। यस पढाइको नशा कति हुनुपर्छ! राष्ट्रपति, गभर्नर आदिलाई नशा हुन्छ नि। ठूला ठूला मानिसहरू आउँछन् उनलाई भेट्न। पोजिसन नजानिकन उनले कसैलाई भेट्दैनन्। बाबा पनि कहिल्यै अरु कसैसँग मिल्नुहुन्न। बाबाको पोजिसनलाई केवल तिमी बच्चाहरूले नै जान्दछौ, त्यो पनि नम्बरवार पुरूषार्थ अनुसार जान्दछौ। कहलाउन त ब्रह्माकुमार कहलाउँछौ तर बुद्धिमा यो रहन्छ– हामी शिवबाबाको सन्तान हौं। उहाँबाट हामी स्वर्गको वर्सा लिइरहेका छौं। न बाबालाई, न वर्सालाई याद गर्न सक्छन्। याद रहे त भित्र खुशी पनि रहन्थ्यो नि। 

    जसरी कन्याको विवाह गराउँदा उनलाई गुप्त दान पनि दिइन्छ। पेटी बाँधेर चाबी हातमा दिन्छन्। बाबाले पनि तिमीलाई विश्वको बादशाहीको चाबी हातमा दिनुहुन्छ। तिमी नयाँ सत्ययुगी विश्वको उद्घाटन गर्छौ। स्वर्गमा पनि तिमी जान्छौ। बाबा तिमीलाई लायक बनाउनु हुन्छ। भक्त त स्वर्गमा जान लायक बन्न सक्दैनन्। जबसम्म बाबा ज्ञान दिनुहुन्न, पवित्र बन्दैनौ। त्यसैले नारदको उदाहरण छ। हुन त भक्तहरू राम्रा राम्रा धेरै छन् तर आत्मा त पतित छ नि। जन्म जन्मान्तर उनीहरू पतित बन्दै आएका छन्। जबसम्म बाबा मिल्नुहुन्न, स्वर्गमा जान सक्दैनन्। तिमीलाई बाबाले ब्रह्माद्वारा आफ्नो बच्चा बनाउनु भएको छ, तिमी गएर नयाँ दुनियाँमा राज्य गर्नेछौ। अरु कसैले राजाई स्थापना गर्दैनन्। न कसैलाई थाहा छ। बाबा नै संगम युगमा आएर भविष्य २१ जन्मको राजाई स्थापना गरिरहनु भएको छ। यी बाबालाई कसैले पनि जान्दैनन्। अहिले तिमी जानेका छौ– वास्तवमा ५ हजार वर्ष पहिले भगवान आउनुभएको थियो। गीताको ज्ञान सुनाउनुभएको थियो, जसद्वारा मनुष्य देवता बनेका थिए। गीता हो नै आदि सनातन देवी देवता धर्मको शास्त्र। सत्ययुगमा त कुनै शास्त्र हुँदैन। बाबा भन्नुहुन्छ– म संगमयुगमा नै आउँछु। फेरि आएर सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउँछु, उनीहरू नै देवी देवता बन्छन्। फेरि ८४ को चक्र लगाएर जब अन्त्यमा आइपुग्छन्, उनीहरूलाई नै सम्झाउँछु। बीचमा कहिल्यै पनि म आउँदिनँ। यस्तो होइन– क्राइस्ट आदि जसले धर्म स्थापना गर्छन्, यस दुनियाँको लागि, उनीहरू बीचमा आउँछन्? (उनीहरू त आफ्नो समयमा आउँछन्)। म आउँछु नै संगममा, नयाँ दुनियाँ स्थापना गर्न। क्राइस्टको आत्मा आएर प्रवेश गरेर आफ्नो धर्म स्थापना गर्छ। उहाँ बाबाले त राजाई स्थापना गर्नुहुन्छ। यो कसैलाई थाहा छैन– यी लक्ष्मी-नारायणको राजाई कहिले र कसले स्थापना गर्नुभयो? यो जसले लक्ष्मी-नारायणको मन्दिर आदि बनाउँछन, उनीहरूसँग सोध्नुपर्छ। तिमी सभामा पनि सोध्न सक्छौ। यो रहस्य तिम्रो बुद्धिमा छ। बाबाले ब्रह्माद्वारा स्थापना गर्नुहुन्छ कल्प-कल्प, अरु कसैले जान्न सक्दैन। शब्द पनि छन्, तर यथार्थसँग कसैको बुद्धिमा बस्दैन। कुनै कुनै बच्चाहरूमा ग्रहचारी पनि बस्छ। देह-अभिमान हो पहिलो नम्बरको ग्रहचारी। 

    बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! देही-अभिमानी भव। यो लक्ष्मी-नारायणको चित्र र सिँढीको चित्र सम्झाउनको लागि धेरै राम्रा चीज हुन्। धेरैको यसबाट कल्याण हुन सक्छ। तर ड्रामामा सायद समय भएको छैन, त्यसैले विघ्न पर्छन्, राजधानी स्थापना हुनमा। बाबा स्वयं भन्नुहुन्छ– धेरै विघ्न पर्छन्। माया बडो प्रबल छ। मेरा बच्चाहरूलाई झट्ट नाकबाट पक्डन्छ। यसलाई राहुको ग्रहचारी भनिन्छ। भारतमा खास यस समय विकाररुपी राहुको पूरा ग्रहचारी बसेको छ। तिमी सेकेन्डमा सिद्ध गर्न सक्छौ, यही भारत पावन हीरा जस्तो थियो। अहिले विकारी कौडी समान बनेको छ, फेरि हीरा जस्तो बन्नु छ। कहानी सारा यहाँको हो। बाबा आएर हीरा जस्तो बनाउनु हुन्छ। फेरि पनि कति प्रकारका विघ्न पर्छन्। देह-अभिमानको त धेरै ठूलो विघ्न पर्छ। लक्ष्मी-नारायणको चित्रमा पनि कसैलाई सम्झाउन धेरै सहज छ। बच्चाहरूलाई सेवाको धेरै सोख हुनुपर्छ। सेवा पनि धेरै किसिमका छन् नि। धेरैलाई सुख दिन्छन् भने त्यसको बदलामा धेरै मिल्छ। कसैले अलराउन्ड हड्डी सेवा गर्छन्। खुशी रहनुपर्छ– हामी अलराउन्ड बन्नु छ। बाबा म सेवामा हाजिर छु। राम्रा-राम्रा बच्चाहरू रुहानी सेवा गर्नेहरूले खाना आफ्नो हातले पकाउँछन्। तिमीलाई थाहा छ– बच्चाहरू पनि यति होसियार बन्छन्, जसले गद्दी लिन्छन्। यहाँ त घर सम्हाल्नको लागि माताहरू छन्। अब माताहरू कुमारीहरू यस सेवामा खडा हुनुपर्छ। मम्माले जस्तै सेवा गरेर देखाउनुपर्छ। प्रत्यक्ष गर्नुपर्छ। बाँकी केवल मम्मा, मम्मा गर्नाले के फाइदा? उनी जस्तै बन्नुपर्छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुड मर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) देह-अभिमानको ग्रहचारी नै यज्ञमा विघ्नरुप बन्छ, त्यसैले जति हुन सक्छ देही-अभिमानी बन्ने पुरूषार्थ गर्नु छ।

    २) आफ्नो पढाइ र सत्ययुगी पदको पोजिसनको खुशी वा नशामा रहनु छ, श्रीमतमा चल्नु छ। कुनै पनि भूल गर्नु छैन।

    वरदान:

    फरियादलाई यादमा परिवर्तन गर्नेवाला स्वतः र निरन्तर योगी भव:-  

    संगमयुगको विशेषता हो अहिले पुरूषार्थ, अहिले नै प्रत्यक्ष फल। अहिले स्मृति स्वरुप अहिले नै प्राप्तिको अनुभव। भविष्यको ग्यारेन्टी त छ नै तर भविष्य भन्दा श्रेष्ठ भाग्य अहिलेको छ। यस भाग्यको नशामा रह्यौ भने स्वतः याद रहन्छ। जहाँ याद हुन्छ, वहाँ फरियाद हुँदैन। के गर्ने, कसरी गर्ने, यो हुँदैन। थोरै मदत दिनु, यो हो फरियाद। त्यसैले फरियादलाई छोडेर स्वतः योगी, निरन्तर योगी बन।

    स्लोगन:

    जसले स्वयंलाई मेहमान (पाहुना) सम्झेर चल्छ, उसले नै महान् स्थितिको अनुभव गर्छ।   



    ***OM SHANTI***