BK Murli 23 October 2016 Nepali

BK Murli 23 October 2016 Nepali

२०७३ कात्तिक ०७ गते आईतबार 23.10.2016 बापदादा मधुवन 

सहयोगी नै सहजयोगी


आज बापदादा आफ्ना स्वराज्य अधिकारी राजऋषि भविष्यका राज्यवंशी बच्चाहरूलाई देखिरहनु भएको छ। सबै सहजयोगी अर्थात् राजऋषि हौ। बापदादा सबै बच्चाहरूलाई वर्तमान वरदानी समयमा विशेष वरदान कुनचाहिँ दिनुहुन्छ? सहजयोगी भव! यो वरदान अनुभव गर्छौ? योगी त धेरै बन्छन् तर सहजयोगी केवल संगमयुगी तिमी श्रेष्ठ आत्माहरू बन्छौ, किनकि वरदाता बाबाको वरदान छ। ब्राह्मण बन्यौ अर्थात् यस वरदानको वरदानी बन्यौ। सबैभन्दा पहिला पहिलो जन्मको वरदान यही सहजयोगी भवको वरदान हो। आफैंले आफैंसँग सोध– वरदानी बाबा, वरदानी समय र तिमी पनि वरदान लिनेवाला श्रेष्ठ आत्माहरू हौ। यस वरदानलाई सदा बुद्धिमा याद राख्नु– यो हो वरदानलाई जीवनमा ल्याउनु। यस्तो वरदानलाई सदा प्राप्त गरेको आत्मा, प्राप्ति स्वरुप आत्मा सम्झन्छौ? वा मेहनत पनि गर्नुपर्छ? सदा वरदानी आत्मा हौ? यस वरदानलाई सदा कायम राख्ने विधि जान्दछौ? सबैभन्दा सहज विधि कुनचाहिँ हो? जान्दछौ नि? सदा सबैको सेवामा सहयोगी बन। सहयोगी नै सहज योगी हुन्। केही ब्राह्मण आत्माहरू सहज योगको अनुभव सदा गर्न पाउँदैनन्। योग कसरी लगाउने? कहाँ लगाउने? यसै प्रश्नमा अहिलेसम्म पनि छन्। सहज योगमा प्रश्न हुँदैन। साथ-साथै वरदान हुन्छ, वरदानमा मेहनत हुँदैन। सहज, सदा स्वतः नै रहन्छ अर्थात् सहज योगी वरदानी आत्मा स्वतः निरन्तर योगी हुन्छन्। रहँदैनन् यसको कारण? प्राप्त भएको वरदानलाई वा ब्राह्मण जन्मको यस अलौकिक उपहारलाई सम्हाल्न आउँदैन। स्मृतिद्वारा समर्थी राख्नमा अलबेला बन्छौ। नत्र ब्राह्मण अनि सहज योगी छैन भने ब्राह्मण जीवनको विशेषता नै के रह्यो र? वरदानी भएर पनि सहज योगी छैनौ भने अब कहिले बन्छौ? यो नशा र निश्चय सदा याद राख– यो हाम्रो जन्मको वरदान हो। यसै वरदानलाई सर्व आत्माहरूप्रति सेवामा लगाऊ। 

सेवामा सहयोगी बन्नु– यही विधि हो सहजयोगीको। अमृतबेलादेखि लिएर सहयोगी बन। सारा दिनको दिनचर्याको मूल लक्ष्य एक शब्द राख– सहयोग दिनु छ। सहयोगी बन्नु छ। अमृतबेला बाबासँग मिलन मनाएर बाबा समान मास्टर बीजरुप बनेर, मास्टर विश्व कल्याणकारी बनेर सर्व आत्माहरूलाई आफ्नो प्राप्त भएका शक्तिहरूद्वारा आत्माहरूको वृत्ति र वायुमण्डल परिवर्तनको लागि सहयोगी बन। बीजद्वारा सारा वृक्षलाई रुहानी जल दिएर सहयोगी बन। जसबाट सर्व आत्माहरू रुपी पातहरूलाई प्राप्तिको पानी मिलेको अनुभव होस्। यसरी अमृतबेलादेखि लिएर जति पनि सारा दिनमा कार्य गर्छौ, हर कार्यको लक्ष्य “सहयोग दिनु” हुनुपर्छ। चाहे व्यवहारको कार्यमा जान्छौ, प्रवृत्तिलाई चलाउनेको कार्यमा रहन्छौ। तर सदा यो चेक गर– लौकिक व्यवहारमा पनि स्वप्रति वा साथीहरूप्रति शुभ-भावना र कामनाले वायुमण्डल रुहानी बनाउने सहयोग दिएँ? वा यस्तै साधारण रीतिबाट आफ्नो ड्युटी पूरा गरेर आएँ। जस्तो जसको कर्तव्य हुन्छ, ऊ जहाँ पनि जान्छ, आफ्नो कर्तव्य अनुसार कार्य अवश्य गर्छ। तिमीहरू सबैको विशेष कर्तव्य नै हो– “सहयोगी बन्नु”। यो कसरी भुल्न सक्छौ! हर कार्यमा सहयोगी बन्नु छ अनि सहजयोगी स्वतः बन्छौ। कुनै पनि सेकेण्ड सहयोगी बन्ने बाहेक अरु नहोस्। चाहे मनसामा सहयोगी बन, चाहे वाचाबाट सहयोगी बन। चाहे सम्बन्ध-सम्पर्कद्वारा सहयोगी बन। चाहे स्थूल कर्मद्वारा सहयोगी बन। तर सहयोगी अवश्य बन्नु छ किनकि तिमी सबै दाताका बच्चा हौ। दाताको बच्चाले सदा दिइरहन्छन्। के दिनु छ? “सहयोग”। स्व परिवर्तनको लागि पनि स्वयंको सहयोगी बन। कसरी? साक्षी बनेर स्वप्रति पनि सदा शुभ-चिन्तनको वृत्ति र रुहानी वायुमण्डल बनाउन पनि सहयोगी बन। जब प्रकृतिले आफ्नो वायुमण्डलको प्रभावमा सबैलाई अनुभव गराउन सक्छ– जस्तै सर्दी, गर्मी प्रकृतिले आफ्नो वायुमण्डलमा प्रभाव पार्छ। त्यसैगरी प्रकृतिजित सदा सहयोगी, सहज योगी आत्माहरूले आफ्नो रुहानी वायुमण्डलको प्रभाव अनुभव गराउन सक्दैनौ? सदा स्वप्रति र सर्वप्रति सहयोगको शुभ-भावना राख्दै सहयोगी आत्मा बन। त्यो यस्तो छ वा यस्तो गर्छ, यो नसोच। जस्तोसुकै वायुमण्डल होस्, व्यक्ति होस्, “मैले सहयोग दिनु छ”। 

यसरी सबै ब्राह्मण आत्माहरू सदा सहयोगी बन्यौ भने के हुन जान्छ? सबै सहज योगी स्वतः हुनेछौ किनकि सबै आत्माहरूलाई सहयोग मिल्नाले कमजोर पनि शक्तिशाली हुन्छन्। कमजोरी समाप्त भएपछि सहयोगी त बन्छन् नि! कुनै पनि प्रकारको कमजोरीले मुश्किल वा मेहनतको अनुभव गराउँछ। शक्तिशाली छौ भने सबै सहज हुन्छ। के गर्नु छ? सदा चाहे तनद्वारा, मनद्वारा, धनद्वारा, मनसाद्वारा, वाणीद्वारा वा कर्मद्वारा सहयोगी बन्नु छ। यदि कसैले मनद्वारा गर्न सक्दैनन् भने तन र धनद्वारा सहयोगी बन। मनसा, वाणीद्वारा हुँदैन भने कर्मद्वारा सहयोगी बन। सम्बन्ध जोडिदिने वा सम्पर्क राखिदिने सहयोगी बन। केवल सन्देश दिने सहयोगी नबन, आफ्नो परिवर्तनद्वारा सहयोगी बन। आफ्नो सर्व प्राप्तिहरूको अनुभव सुनाउने सहयोगी बन। आफ्नो सदा हर्षितमुख अनुहारद्वारा सहयोगी बन। कसैलाई गुणहरूको दानद्वारा सहयोगी बन। कसैलाई उमंग-उत्साह बढाउने सहयोगी बन। जसमा सहयोगी बन्न सक्छौ, त्यसमा सहयोगी सदा बन। यही सहज योग हो। बुझ्यौ के गर्नु छ? यो त सहज छ नि। जो छ, त्यो दिनु छ। जो गर्न सक्छौ, त्यो गर। सबै गर्न सक्दैनौ भने एउटा त गर्न सक्छौ? जुनसुकनै एउटा विशेषता छ भने पनि त्यस विशेषतालाई कार्यमा लगाऊ अर्थात् सहयोगी बन। यो त गर्न सक्छौ नि, यो त सोच्दैनौ– ममा कुनै विशेषता छैन। कुनै गुण छैन। यो हुनै सक्दैन। ब्राह्मण बन्नु नै ठूलो विशेषता हो। बाबालाई जान्नु ठूलो विशेषता हो। त्यसैले आफ्नो विशेषताद्वारा सदा सहयोगी बन। अच्छा! 

यस्ता सदा सहयोगी अर्थात् सहजयोगी, सदा आफ्नो श्रेष्ठ वृत्तिद्वारा वायुमण्डल बनाउने सहयोगी आत्मा, कमजोर आत्माहरूलाई उत्साह दिलाउने सहयोगी आत्मा, यस्ता अमृतबेलादेखि हर समय सहयोगी बन्ने आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 

पार्टीहरूसँग

साइलेन्सको शक्तिद्वाराक दैवी स्वराज्यको स्थापना

साइलेन्सको शक्तिबाट सारा विश्वमा दैवी राजस्थानको जग राखिरहेका छौ नि। उनीहरू आपसमा लड्छन् र तिमी दैवी राजस्थान बनाइरहेका छौ, के बन्ने हो? यो उनीहरूलाई के थाहा, उनीहरू त आ-आफ्नो प्रयत्न गरिरहन्छन् तर भावी के छ– त्यसलाई त तिमीले जान्दछौ? सबै बच्चाहरूले साइलेन्सको शक्तिबाट दैवी स्वराज्य बनाइरहेका छौ नि? उनीहरूको छ सेनाको शक्ति या बाहुबल, शास्त्रहरूको शक्ति र तिम्रो हो साइलेन्सको शक्ति। यसै शक्तिद्वारा दैवी राज्य स्थापना हुने नै छ – यो त अटल निश्चय छ नि। उनीहरूले पनि सम्झन्छन्– वर्तमान समय कुनै ईश्वरीय शक्ति हुनुपर्छ, जसले कार्य गरोस्। तर गुप्त हुनाको कारणले जान्न सक्दैनन्। तिमीले जान्दछौ र गरि पनि रहेका छौ। पंजाबमा वृद्धि त भइरहेको छ नि! पंजाब पनि सेवाको आदि स्थान हो। आदि स्थानबाट कुनै विशेष कार्य हुनुपर्छ। रुहानी बाबाको बच्चा हुनाको नाताले रुहानी सेवा गर्नु हरेक बच्चाको कार्य हो। जो बाबाको कार्य त्यही बच्चाहरूको कार्य। जसरी रुहानी बाबाको कर्तव्य हो रुहानी सेवा गर्नु, त्यस्तै बच्चाहरू पनि यसै कार्यमा तत्पर रहनु छ। यो रुहानी सेवाले हर कदममा प्रत्यक्ष फल प्राप्त गराउँछ। प्रत्यक्ष फल हो खुशी। जति सेवा गर्छौ, त्यति खुशीको खजाना बढ्दै जान्छ। एकको पदमगुणा मिल्छ। यस्तो सम्झन्छौ? तिम्रो कर्तव्य नै हो– रुहानी सेवा। लौकिकमा जुनसुकै पोजिशन होस् तर अलौकिकमा रुहानी सेवाधारी हौ। यदि कुनै डाक्टर छौ भने रुहानी र जिस्मानी डबल डाक्टर बन। त्यो सेवा गरेर पनि मूल कर्तव्य हो रुहानी डाक्टर बन्नु। बारम्बार रोगी आऊन्, यो भन्दा त रोग नै खतम होस्, सदाको लागि। यस्तो दबाई दिनुपर्छ नि। रोगी आउँछन् नै सदा रोगबाट मुक्ति पाउनको लागि। रुहानी सेवाद्वारा सदा रोगबाट मुक्ति मिल्छ। अच्छा। 

लण्डन ग्रुपसँग बापदादाको भेटघाटः–

लण्डनका राम्रा-राम्रा रत्न ठाउँ-ठाउँमा गएका छन्। सबै विदेशका सेवाकेन्द्र एकबाट दोस्रो, दोस्रोबाट तेस्रो, यसरी खुल्छन्। अहिले जम्मा कति सेवा केन्द्र छन्? (१९८२मा) (५०)। त्यसैले ५० ठाउँको आधार लण्डन हो। वृक्ष सुन्दर भयो नि। जुन फेदबाट ५० हाँगा-बिँगाहरू निस्के, त्यो वृक्ष कति सुन्दर भयो। विदेशको वृक्ष पनि विशाल, राम्रो, फलीभूत भएको छ। बापदादा पनि बच्चाहरूको, केवल लण्डन होइन सबै बच्चाहरूको सेवाको उमंग-उत्साह देखेर खुशी हुनुहुन्छ। विदेशमा लगन राम्रो छ। यादको पनि र सेवाको पनि, दुवैको लगन राम्रो छ। केवल एउटा कुरा छ– मायाको सानो रुपबाट पनि चाँडै डराउँछन्। जसरी यहाँ इण्डियामा केही ब्राह्मण छन्, जो मुसासँग पनि तर्सिन्छन्, साङ्लासँग पनि तर्सिन्छन्। त्यसैगरी विदेशी बच्चाहरू पनि डराउँछन्। सानोलाई ठूलो सम्झन्छन् तर केही होइन। कागजको शेरलाई सच्चा शेर सम्झन्छन्। जति लगन छ, त्यति डराउने संस्कार थोरै मैदानमा आउँछ। विदेशी बच्चाहरू मायासँग डराउनु छैन, खेल्नुपर्छ। कागजको शेरसँग खेल्नुपर्ने हुन्छ या डराउनुपर्छ? खेलौना भयो नि? खेलौनासँग डराउनेलाई के भनिन्छ? जति मेहनत गर्छौ त्यस हिसाबबाट डबल विदेशी सबै नम्बरवन सीट लिन सक्छौ किनकि अर्को धर्मको पर्दा भित्र, डबल पर्दा भित्र बाबालाई चिनेका छौ। एक त साधारण स्वरुपको पर्दा र दोस्रो धर्मको पनि पर्दा छ। भारतवासीहरूलाई त एउटै मात्र पर्दालाई जान्नु छ तर विदेशी बच्चाहरू दुवै पर्दालाई जान्नेवाला हुन्। हिम्मतवाला पनि धेरै छन्, असम्भवलाई सम्भव पनि बनाएका छन्। क्रिश्चियन या अन्य धर्मकाले सम्झन्छन्– हाम्रो धर्मका ब्राह्मण कसरी बन्न सक्छन्, असम्भव छ। असम्भवलाई सम्भव बनाएका छौ, जान्नमा पनि होशियार, मान्नमा पनि होशियार छौ। दुवैमा नम्बरवन हौ। बाँकी बीचमा मुसो आयो भने आत्तिन्छौ। छ सहज मार्ग तर आफ्नो व्यर्थ संकल्पहरूको मिसावट गर्नाले सहज मुश्किल हुन जान्छ। यसमा पनि छलाङ्ग लगाऊ। मायालाई चिन्ने आँखा तेज गर। 

गलत बुझ्दछौ। कागजलाई वास्तविक सम्झनु गलत बुझाइ भयो नि। नत्र डबल विदेशीहरूको विशेषता पनि धेरै छन्। केवल एक यो कमजोरी छ। फेरि आफूलाई हेरेर धेरै हाँस्छौ, जब जान्नेछौ– यो कागजको शेर हो, सच्चा होइन अनि हाँस्छौ। चेक पनि गर्छौ, चेन्ज पनि गर्छौ, तर त्यतिबेला डराउनाले तल आउँछौ या बीचमा आउँछौ। फेरि माथि जानको लागि मेहनत गर्छौ। सहजको सट्टा मेहनतको अनुभव हुन्छ। त्यसो त अलिकति पनि मेहनत हुँदैन। बाबाको बन्यौ, अधिकारी आत्मा बन्यौ, खजानाको, घरको राज्यको मालिक बन्यौ, अरु के चाहियो? अब के गर्छौ? डराउने संस्कारहरूलाई यहाँ नै छोडेर जाऊ। बुझ्यौ! बापदादाले पनि खेल देखिरहनु हुन्छ, हाँसिरहनुहुन्छ। बच्चाहरू गहिराइमा पनि जान्छन्, तर गहिराइको साथ-साथै कहीँ-कहीँ डराउँछन् पनि। लास्ट सो फास्टको पनि संस्कार छ। पहिला विदेशीहरूमा विशेष फँस्ने संस्कार थियो। अहिले छ फास्ट जाने संस्कार। एकमा फँस्दैनन्। अनेकमा फँस्छन्। यही एउटै जीवनमा कति पिंजडा हुन्छन्। एउटा पिंजडाबाट निक्लेर दोस्रोमा फँस्छन्। दोस्रोबाट निक्लेर तेस्रोमा फँस्छन्। जति फँस्ने संस्कार थियो, त्यति नै फास्ट जाने संस्कार छ। केवल एउटा कुरा छ। सानो चीजलाई ठूलो नबनाऊ। ठूलोलाई सानो बनाऊ। यो पनि हुन्छ र! यो प्रश्न नहोस्। यो के भयो? यस्तो पनि हुन्छ? यसको सट्टा जे हुन्छ, कल्याणकारी हुन्छ। प्रश्न खतम हुनुपर्छ। फुलस्टप। बुद्धिलाई यसमा धेरै नचलाऊ, नत्र शक्ति खेर जान्छ, आफूलाई शक्तिशाली अनुभव गर्दैनौ। प्रश्न धेरै आउँछ। अब मधुबनको वरदान भूमिमा प्रश्न सबै खतम गरेर, फुलस्टप लगाएर जाऊ। प्रश्न चिन्ह मुश्किल हुन्छ, फुलस्टप सहज छ। सहजलाई छोडेर मुश्किललाई किन अपनाउँछौ! त्यसमा एनर्जी वेस्ट हुन्छ र फुलस्टपमा लाइफ नै बेस्ट हुन्छ। वहाँ वेस्ट, वहाँ बेस्ट। के गर्नु छ? अब वेस्ट नगर। हर संकल्प बेस्ट, हर सेकण्ड बेस्ट। अच्छा– लण्डन निवासीहरूसँग रुहरिहान भयो। 

लण्डनका सबै सिकीलधे बच्चाहरूले बापदादाको पद्मापद्म गुणा यादप्यार स्वीकार गर। साकारमा मधुबनमा आउन सकेनौ, तर बापदादा सदा बच्चाहरूलाई सम्मुख देख्नुहुन्छ। 

जति पनि सेवाधारी बच्चा छन्, एक-एकको नाम के लिऊँ। जो छौ, सबै सहयोगी आत्माहरू हौ, सबै बेफिक्र बनेर खुशीमा रहने गर किनकि सबैको साथी स्वयं बाबा हुनुहुन्छ। अच्छा, ओम् शान्ति। 


वरदान:

निन्दा-स्तुति, जय-पराजयमा समान स्थिति राख्ने बाबा समान सम्पन्न वा सम्पूर्ण भव:-  

जब आत्माको सम्पूर्ण वा सम्पन्न स्थिति बन्छ, अनि निन्दा-स्तुति, जय-पराजय, सुख-दुःख सबैमा समानता रहन्छ। दुःखमा पनि अनुहार वा मस्तकमा दुःखको लहरको सट्टा सुख वा हर्षको लहर देखियोस्, निन्दा सुनेर पनि अनुभव होस्– यो निन्दा होइन, सम्पूर्ण स्थितिलाई परिपक्व बनाउनको लागि यो महिमा योग्य शब्द हो– यस्तो समानता रहोस् तब भनिन्छ बाबा समान। अलिकति पनि वृत्तिमा यो नआओस्– यो दुस्मन हो, गाली गर्नेवाला हो र यो महिमा गर्नेवाला हो।

स्लोगन:

निरन्तर योग अभ्यासमा अटेन्शन दियौ भने फस्ट डिभिजनमा नम्बर प्राप्त गर्छौ।  

 
***OM SHANTI***

Google+ Followers