BK Murli 24 Ocyober 2016 Murli Nepali

BK Murli 24 Ocyober 2016 Murli Nepali

२०७३ कात्तिक ०८ गते सोमबार 24.10.2016 बापदादा मधुवन

“मीठे बच्चे– अब यस मृत्युलोकको अन्त्य छ, अमरलोकको स्थापना भइरहेको छ, त्यसैले तिमीले मृत्युलोक वासीलाई याद गर्नु छैन।”  

प्रश्न:

बाबाले आफ्ना गरिब बच्चाहरूलाई कुनचाहिँ स्मृति दिलाउनुहुन्छ?

उत्तर:

प्यारा बच्चाहरू! जब तिमी पवित्र थियौ, त्यतिबेला धेरै सुखी थियौ। तिमी जस्तो धनवान अरु कोही थिएन, तिमी अपार सुखी थियौ। धर्ती, आकाश सबै तिम्रो हातमा थियो। अहिले बाबा तिमीलाई फेरि धनवान बनाउन आउनुभएको छ।

गीतः–

नयनहीन को राह दिखाओ प्रभू...

ओम् शान्ति।

मीठा-प्यारा रुहानी बच्चाहरू, आत्माहरूले गीत सुन्यौ। कसले भन्यो? आत्माहरूका रुहानी बाबाले। रुहानी बाबालाई रुहानी बच्चाहरूले भने– बाबा। उहाँलाई ईश्वर पनि भनिन्छ, पिता पनि भनिन्छ। कुनचाहिँ पिता? परमपिता। बाबा हुनुहुन्छ दुईवटा। एक लौकिक, अर्को पारलौकिक। लौकिक पिताका बच्चाहरूले पारलौकिक पितालाई पुकार्छन्। हे बाबा, बाबाको नाम के हो? शिव। उहाँलाई निराकार रुपमा पुजिन्छ। उहाँलाई भनिन्छ सुप्रीम फादर। लौकिक पितालाई सुप्रीम भनिँदैन। सबैभन्दा उच्च, सबै आत्माहरूका पिता एउटै हुनुहुन्छ। सबै जीव आत्माहरूले उहाँ बाबालाई याद गर्छन्। आत्माहरूले यो बिर्सेका छन्– हाम्रो बाबा को हुनुहुन्छ? पुकार्छन्– हे परमपिता! हामी नयन हीनलाई नयन दिनुहोस् ताकि हामीले आफ्नो बाबालाई चिन्न सकौं। भक्ति मार्गमा हामी अन्धो बनेर ठक्कर खाइरहेका छौं, अब यस ठक्करबाट छुटाउनुहोस्। बाबा नै कल्प-कल्प आएर दुनियाँलाई स्वर्ग बनाउनुहुन्छ। अहिले कलियुग हो, सत्ययुग आउनेवाला छ। कलियुग र सत्ययुगको बीचलाई संगम भनिन्छ। यो हो पुरूषोत्तम संगम। बेहदका बाबा आएर, जो भ्रष्टाचारी बनेका छन्, उनलाई श्रेष्ठाचारी, पुरूषोत्तम बनाउनुहुन्छ। लक्ष्मी-नारायण पुरूषोत्तम थिए। लक्ष्मी-नारायणको राजवंशको राज्य थियो। यो बाबा आएर स्मृति दिलाउनुहुन्छ। तिमी आजभन्दा ५ हजार वर्ष पहिले स्वर्गवासी थियौ, अहिले नर्कवासी हौ। आजभन्दा ५ हजार वर्ष पहिले यहाँ स्वर्ग थियो, भारतवर्षको धेरै महिमा थियो। सुनका, हीराका महल थिए। अहिले केही छैन। त्यतिबेला अरु कुनै धर्म थिएनन्, केवल सूर्यवंशी थिए। चन्द्रवंशी पछाडि आउँछन्। बाबा सम्झाउनु हुन्छ– तिमी नै सूर्यवंशी थियौ। अहिलेसम्म पनि लक्ष्मी-नारायणको मन्दिर बनाइरहन्छन्। तर लक्ष्मी-नारायणको राज्य कहिले थियो? कसरी राज्य पाए? यो कसैलाई थाहा छैन, पूजा गर्छन् तर जान्दैनन्, त्यसैले अन्ध-विश्वास भयो नि। शिवको, लक्ष्मी-नारायणको पूजा गर्छन्, तर उनको बारेमा केही पनि जान्दैनन्। स्वयं भन्छन् हामी पतित छौं। हे पतित-पावन बाबा आउनुहोस्, आएर हामीलाई दुःखबाट, रावण राज्यबाट मुक्त गर्नुहोस्। बाबा आएर सबैलाई मुक्त गर्नुहुन्छ। बच्चाहरूले जान्दछन्– सत्ययुगमा एकै राज्य थियो। कांग्रेसी अथवा बापुजी पनि यही माँग्दथे– हामीलाई फेरि रामराज्य चाहियो। हामी स्वर्गवासी बन्न चाहन्छौं। अहिले नर्कवासीहरूको के हालत छ, देखिरहेका छौ। यसलाई भनिन्छ– हेल, आसुरी दुनियाँ। यही भारत दैवी दुनियाँ थियो। अहिले आसुरी दुनियाँ बनेको छ। 

बाबा सम्झाउनु हुन्छ– तिमीले ८४ जन्म लिएका छौ, नकि ८४ लाख। यो त शास्त्रहरूमा गफ लगाइदिएका छन्। आजभन्दा ५ हजार वर्ष पहिले सद्गति मार्ग थियो। वहाँ न भक्ति, न दुःखको नामनिशान थियो, त्यसलाई सुखधाम भनिन्छ। बाबा सम्झाउनु हुन्छ– तिमी वास्तवमा शान्तिधामका निवासी हौ। तिमी यहाँ पार्ट खेल्न आएका हौ। पुनर्जन्म ८४ हुन्छन्, नकि ८४ लाख। अहिले बेहदको बाबा आउनु भएको छ, तिमी बच्चाहरूलाई बेहदको वर्सा दिन। बाबाले तिमी आत्माहरूसँग कुरा गर्नुहुन्छ। अरु सत्सङ्गहरूमा मनुष्यले मनुष्यलाई भक्तिको कुरा सुनाउँछन्। आधाकल्प जब विश्व स्वर्ग थियो, एउटा पनि पतित थिएन। अब एउटा पनि पावन छैन। यो हो पतित दुनियाँ। बाबा सम्झाउनु हुन्छ– गीतामा कृष्ण भगवानुवाच लेखिदिएका छन्। कृष्ण भगवान होइनन्, न उनले गीता सुनाएका हुन्। यिनीहरूले आफ्नो धर्म शास्त्रलाई पनि जान्दैनन्। आफ्नो धर्मलाई नै बिर्सिएका छन्। मुख्य धर्म हुन् ४, पहिला आदि सनातन देवी-देवता धर्म सूर्यवंशी, त्यसपछि चन्द्रवंशी, दुवैलाई मिलाएर भनिन्छ देवी-देवता धर्म। वहाँ दुःखको नाम थिएन। २१ जन्म तिमी सुखधाममा थियौ। फेरि रावणराज्य, भक्तिमार्ग सुरू हुन्छ। शिवबाबा कहिले आउनुहुन्छ? जब रात हुन्छ। सबै घोर अन्धकारमा आउँछन्, अनि बाबा आउनुहुन्छ। खेलौनाको पूजा गरिरहन्छन्। कसैको पनि जीवनी जान्दैनन्। भक्ति मार्गमा अनेक धक्का खान्छन्, तीर्थमा जाऊ, फेरा लगाऊ। कुनै प्राप्ति छैन। बाबा भन्नुहुन्छ– म आएर तिमीलाई ब्रह्माद्वारा यथार्थ ज्ञान सुनाउँछु। पुकार्छन्– हामीलाई सुखधाम र शान्तिधामको बाटो बताउनुहोस्। बाबा भन्नुहुन्छ– आजभन्दा ५ हजार वर्ष पहिले मैले तिमीलाई धेरै धनवान बनाएको थिएँ। यति धन दिएँ, फेरि कहाँ गुमायौ? तिमी कति धनवान थियौ। भारतवर्ष जस्तो अरु को कहलाउन सक्छ? भारत नै सबैभन्दा उच्च खण्ड थियो। वास्तवमा सबैको यो तीर्थ हो किनकि पतित-पावन बाबाको जन्मभूमि हो। जति पनि धर्मका छन्, सबैको बाबा आएर सद्गति गर्नुहुन्छ। अहिले रावणको राज्य सारा सृष्टिमा छ, केवल लंकामा मात्र होइन। जब सूर्यवंशी राज्य थियो, यो विकार थिएन। भारतवर्ष पावन थियो, अहिले पतित छ। सबै नर्कवासी छन्। सत्ययुगमा जो दैवी सम्प्रदायका थिए, उनीहरू फेरि ८४ जन्म भोगेर आसुरी सम्प्रदाय बनेका छन्, फेरि दैवी सम्प्रदाय बन्नु छ। भारतवर्ष धेरै धनवान थियो। अहिले गरिब बनेको छ, त्यसैले भिख मागिरहेको छ। बाबाले तिमी गरिब बच्चाहरूलाई स्मृति दिलाउनुहुन्छ– प्यारा बच्चाहरू, तिमी कति सुखी थियौ। तिमीलाई जस्तो सुख कसैलाई मिल्न सक्दैन। धर्ती, आकाश सबै तिम्रो हातमा थियो। शास्त्रहरूमा कल्पको आयु लामो बताएर सबैलाई कुम्भकर्णको आसुरी निद्रामा सुताइदिएका छन्। यो शिवबाबाले स्थापना गर्नुभएको शिवालय थियो। वहाँ पवित्रता थियो, त्यस नयाँ दुनियाँमा देवी-देवताहरूले राज्य गर्थे। मनुष्यले त यो पनि जान्दैनन्– राधा कृष्णको आपसमा के सम्बन्ध छ? दुवै अलग-अलग राजधानीका थिए फेरि स्वयंवरपछि लक्ष्मी-नारायण बने। यो ज्ञान कुनै मनुष्य मात्रमा छैन। आध्यात्मिक ज्ञान केवल एक बाबाले नै दिनुहुन्छ। बाबा भन्नुहुन्छ– अब आत्म-अभिमानी बन। म आफ्नो परमपितालाई याद गर। यादद्वारा तमोप्रधानबाट सतोप्रधान बन्छौ। तिमी यहाँ आउँछौ मनुष्यबाट देवता अथवा पतितबाट पावन बन्न। अब यो हो रावण राज्य। भक्तिमा रावण राज्य सुरू हुन्छ। सबै भक्तहरू रावणको पञ्जामा छन्। सारा दुनियाँ ५ विकार रुपी रावणको कैदमा छन्, शोक बाटिकामा छन्। बाबा आएर सबैलाई मुक्त गरेर, गाइड बनेर साथमा लैजानु हुन्छ। त्यसको लागि यो महाभारत लडाई हो, जो ५ हजार वर्ष पहिले भएको थियो, अहिले बाबाले फेरि स्वर्ग बनाइरहनु भएको छ। यस्तो होइन– जोसँग धन धेरै छ, ऊ स्वर्गमा छ। अहिले हो नै नर्क। पतित-पावन बाबालाई भनिन्छ, नकि नदीलाई। यो सबै हो भक्ति मार्ग। यो कुरा बाबा नै आएर सम्झाउनु हुन्छ। अब यो त जान्दछौ– एउटा छन् लौकिक पिता, दोस्रो हुनुहुन्छ पारलौकिक, तेस्रो छन् अलौकिक। अब पारलौकिक बाबा शिवबाबाले ब्रह्माद्वारा ब्राह्मण धर्म स्थापना गर्नुहुन्छ। ब्राह्मणलाई देवता बनाउनको लागि राजयोग सिकाउनु हुन्छ। आत्मा नै पुनर्जन्म लिन्छ। आत्माले नै भन्छ– म एक शरीर छोडेर अर्को लिन्छु। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर्यौ भने तिमी पावन बन्छौ। कुनै पनि देहधारीलाई याद नगर। अब मृत्युलोकको अन्त्य छ, अमरलोकको स्थापना भइरहेको छ। बाँकी सबै अनेक धर्म समाप्त हुन्छन्। सत्ययुगमा एकै देवी-देवता धर्म थियो, फेरि चन्द्रवंशी राम-सीता त्रेतामा थिए। तिमी बच्चाहरूलाई सारा चक्रको याद दिलाउनुहुन्छ। शान्तिधाम र सुखधामको स्थापना बाबाले नै गर्नुहुन्छ। मनुष्यले मनुष्यलाई सद्गति दिन सक्दैन। ती सबै हुन् भक्ति मार्गका गुरू। 

अहिले तिमी हौ ईश्वरीय सन्तान। बाबासँग राज्य भाग्य लिइरहेका छौ। यो राजधानी स्थापना भइरहेको छ। प्रजा त धेरै बन्नु छ। करोडौंमा कोही मात्र राजा बन्छन्। सत्ययुगलाई भनिन्छ फूलको बगैंचा। अहिले छ काँडाको जंगल। रावण राज्य परिवर्तन भइरहेको छ। विनाश हुनु छ। यो ज्ञान अहिले तिमीलाई मिलिरहेको छ। लक्ष्मी-नारायणलाई यो ज्ञान रहँदैन। प्रायः लोप हुन्छ। भक्ति मार्गमा बाबालाई कसैले पनि यथार्थ रुपमा जान्दैन। बाबा हुनुहुन्छ रचयिता। ब्रह्मा, विष्णु, शंकर पनि रचना हुन्। सर्वव्यापी भन्नाले वर्साको हक खतम भएर जान्छ। बाबा आएर सबैलाई वर्सा दिनुहुन्छ। ८४ जन्म उसैले लिन्छ, जो पहिला सुरूमा सत्ययुगमा आउँछ। क्रिश्चियनहरूले मुश्किलले ४० जन्म लिन्छन्। एक भगवान्लाई खोज्नको लागि कति धक्का खान्छन्। अब तिमी धक्का खाँदैनौ। एक बाबालाई याद गर्यौ भने तमोप्रधानबाट सतोप्रधान बन्छौ। यो हो यात्रा। यो हो ईश्वरीय विश्व-विद्यालय। तिम्रो आत्माले पढ्छ। साधु-सन्तले भनिदिन्छन्– आत्मा निर्लेप छ। तर आत्माले नै कर्म अनुसार अर्को जन्म लिन्छ। आत्माले नै राम्रो वा नराम्रो कर्म गर्छ। यस समय (कलियुगमा) तिम्रो कर्म विकर्म हुन्छन्। सत्ययुगमा तिम्रो कर्म, अकर्म हुन्छन्। वहाँ विकर्म हुँदैन। त्यो हो पुण्य आत्माहरूको दुनियाँ। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) एक बाबासँग बेहदको वर्सा लिनु छ। श्रेष्ठ कर्म गर्नु छ। बाबा मिलेको छ, त्यसैले अब कुनै पनि प्रकारको धक्का खानु छैन।

२) बाबाले जुन स्मृति दिलाउनु भएको छ, त्यसलाई स्मृतिमा राखेर अपार खुशीमा रहनु छ। कुनै पनि देहधारीलाई याद गर्नु छैन।

वरदान:

मनन शक्तिद्वारा व्यर्थको बोझलाई समाप्त गर्ने सदा शक्तिशाली भव:-   

आत्मामा व्यर्थको नै बोझ छ। व्यर्थ संकल्प, व्यर्थ वाणी, व्यर्थ कर्मले आत्मा भारी हुन्छ। अब यस बोझलाई खतम गर। यस बोझलाई समाप्त गर्नको लागि सदा सेवामा बिजी बन, मनन शक्तिलाई बढाऊ। मनन शक्तिद्वारा आत्मा शक्तिशाली बन्छ। जसरी भोजन पचेपछि रगत बन्छ, फेरि त्यसले शक्तिको काम गर्छ। त्यस्तै मनन गर्नाले आत्माको शक्ति बढ्छ।

स्लोगन:

जसले आफ्नो स्वभावलाई सरल बनाउँछ, उसको समय व्यर्थ जाँदैन।    

 
***OM SHANTI***

Google+ Followers