BK Murli 25 October 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:








    BK Murli 25 October 2016 Nepali

    २०७३ कात्तिक ०९ गते मंगलबार 25.10.2016 बापदादा मधुवन

    “मीठे बच्चे– बाबालाई याद गर्ने भिन्न-भिन्न युक्तिहरू रच, पुरूषार्थ गरेर चार्ट राख, नथाक। तुफानमा अडोल रहने गर।”  

    प्रश्न:

    बच्चाहरूले आफ्नो कुनचाहिँ अनुभव एक आपसमा सुनाउनु पर्छ?

    उत्तर:

    १) मैले बाबालाई कति समय, कसरी याद गर्छु? भोजनको समय बाबाको याद रहन्छ या अनेक प्रकारका विचार आउँछन्? बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! ट्राई गरेर हेर। भोजनमा बाबा सिवाए अरु केही याद त आउँदैन! फेरि एक आपसमा अनुभव सुनाऊ। २) कुनै पनि दर्दनाक सीन देखेर मेरो स्थिति कस्तो रह्यो? यसको पनि अनुभव सुनाउनु पर्छ।

    गीतः–

    लाख जमाने वाले....

    ओम् शान्ति।

    मीठा-प्यारा बच्चाहरू! अब बेहदका बाबालाई कसरी बिर्सिन सक्छौ, जसबाट बेहदको वर्सा मिल्छ, जसलाई आधाकल्पदेखि याद गरेका छौ? यो त सम्झाइएको छ– मनुष्यलाई कहिल्यै भगवान भनिँदैन। अहिले बेहदको बाबा मिलेको छ, उहाँको यादमा नै करामत छ। जति पतित-पावन बाबालाई याद गरिन्छ, त्यति पावन बन्दै गइन्छ। तिमीले आफूलाई अहिले पावन भन्न सक्दैनौ, जबसम्म अन्त्य हुँदैन। जब सम्पूर्ण पावन बन्छौ, यो शरीर छोडेर जान्छौ, अनि सम्पूर्ण पवित्र शरीर लिन्छौ। जब सत्ययुगमा नयाँ शरीर मिल्छ, तब सम्पूर्ण भनिन्छ। फेरि रावणको अन्त्य हुन्छ। सत्ययुगमा रावणको पुतला बनाइदैन। तिमी बच्चाहरू बस्दा, हिँड्दा-डुल्दा बुद्धिमा यो याद रहनुपर्छ– अब हामीले ८४ को चक्र पूरा गरेका छां, फेरि नयाँ चक्र सुरू हुन्छ। त्यो हो नै नयाँ पवित्र दुनियाँ। नयाँ भारतवर्ष, नयाँ दिल्ली। बच्चाहरूले जान्दछन्– पहिला जमुनाको किनार हुन्छ, जहाँ परिस्तान बन्नु छ। बच्चाहरूलाई धेरै राम्रोसँग सम्झाइन्छ, सबैभन्दा पहिला त बाबालाई याद गर। भगवान बाबाले पढाउनुहुन्छ। उहाँ नै बाबा, टीचर, गुरू हुनुहुन्छ, यो याद राख। बाबाले यो पनि सम्झाउनु भएको थियो– तिमीले बाजोली खेल्छौ। वर्णहरूको चित्र पनि धेरै आवश्यक छ। सबैभन्दा माथि हुनुहुन्छ शिवबाबा, फेरि चोटी ब्राह्मण। यो बुझाउनको लागि बाबाले भन्नुहुन्छ, यो बुद्धिमा राख– हामीले ८४ जन्मको बाजोली खेल्छौं। अहिले संगम हो, बाबा धेरै समय रहनु हुन्न। फेरि पनि १०० वर्ष त लाग्छ। उथल-पुथल पूरा भएपछि फेरि राज्य सुरू हुन्छ। महाभारत लडाई त उही हो, जसमा अनेक धर्म विनाश, एक आदि सनातन देवी-देवता धर्मको स्थापना भइरहेको छ। तिम्रो कलाबाजी त अद्भुत छ। तिमीलाई थाहा छ– फकिरहरू कलाबाजी खेल्दै, तीर्थमा जान्छन्। मनुष्यहरूको श्रद्धा त रहन्छ नि। त्यसैले उनीहरूलाई केही न केही दिन्छन्। पालना उनीहरूको भइरहन्छ किनकि यस्तो मनुष्यले आफ्नो साथमा के लिन्छन् र। बाबा त यी सबै कुराको अनुभवी छन्। बाबाले अनुभवी रथ लिनुभएको छ। गुरू पनि गरे। धेरै कुरा देखेका पनि छन्। तीर्थ पनि गरेका छन्। अब बाबा भन्नुहुन्छ– बाजोली त याद गर्न सक्छौ। हामी अहिले ब्राह्मण हौं, फेरि देवता, क्षत्रिय बन्छौं। यो हो सारा यहाँको कुरा। बाबाले यसरी सम्झाउनुभएको छ– अरु धर्म त उप-कथा जस्तै हुन्। बाबाले तिमीलाई नै तिम्रो ८४ जन्मको कहानी बताउनुभएको छ। जो समझदार छन्, उनले हिसाब गरेर बुझ्न सक्छन्। इस्लामीहरूले त लगभग कति जन्म लिन्छन्? एक्युरेट हिसाबको त आवश्यकता छैन। यी कुरामा त कुनै चिन्ताको कुरा छैन। सबैभन्दा धेरै चिन्ता यो रहन्छ– मैले बाबालाई याद गरिराखू। एउटै चिन्ता छ, एकलाई याद गर्ने। घरी-घरी मायाले अरु चिन्तामा पारिदिन्छ। यसमा मायाले धेरै चिन्तित बनाइदिन्छ। बच्चाहरूले याद गर्नै पर्छ। अब हामी घर जानु छ। स्वीट होम कसैलाई याद आउँदैन। माग्छन् पनि शान्ति देवा भनेर। भगवान्लाई भन्छन्– हामीलाई शान्ति दिनुहोस्। 

    अहिले तिमी बच्चाहरूलाई थाहा छ– यो पुरानो दुनियाँ खतम हुँदैछ। यो पनि तिम्रो बुद्धिमा छ, अरु मनुष्य त घोर अन्धकारमा छन्। शान्ति सत्ययुगमा नै हुन्छ। एक धर्म, एक भाषा, रसम-रिवाज पनि एकै हुन्छ। वहाँ हुन्छ नै शान्तिको राज्य। अद्वैतको कुरा नै हुँदैन। वहाँ त एकै राजाई हुन्छ र सतोप्रधान हुन्छ। रावणराज्य हुँदै हुँदैन, जसकारण लडाई होस्। त्यसैले तिमी बच्चाहरूलाई खुशीको पारा चढ्नुपर्छ। शास्त्रहरूमा जुन गायन छ, अतीन्द्रिय सुख गोप-गोपिनीसँग सोध। गोप-गोपिनी त तिमी नै हौ नि। तिमी सम्मुखमा बसेका छौ। तिम्रो पासमा पनि नम्बरवार छन्, जसलाई याद रहन्छ– बाबा हाम्रो बाबा पनि हुनुहुन्छ, टीचर पनि हुनुहुन्छ, गुरू पनि हुनुहुन्छ। यो त आश्चर्य छ नि। जीवनभरी साथ दिनुहुन्छ। गोदमा लिनासाथ पढाई सुरू गरिदिनुहुन्छ। यो याद रह्यो भने पनि खुशी धेरै रहन्छ। तर मायाले फेरि यो पनि भुलाइदिन्छ। मनुष्यहरूलाई यो पनि सम्झाउनुपर्ने हुन्छ, मनुष्यले सोध्छन्– थोरै समय बाँकी छ भन्नुहुन्छ, के प्रमाण छ? भन, हेर्नुहोस्– यसमा लेखिएको छ भगवानुवाच। यज्ञ पनि रचिएको छ। यो हो ज्ञान यज्ञ। अब कृष्णले त यज्ञ रच्न सक्दैनन्। 

    बच्चाहरूलाई यो पनि बुद्धिमा रहनु पर्छ– हामी ब्राह्मण यस बेहद यज्ञका हौं। बाबाले हामीलाई निमित्त बनाउनुभएको छ। जब तिमीले राम्रोसँग ज्ञान र योगको धारणा गर्छौ, आत्मा सम्पूर्ण बन्छ, तब यस संसारलाई आगो लाग्नेछ। मनुष्यहरूलाई नै थाहा हुन्छ नि– यो बेहदको कर्मक्षेत्र हो, जहाँ सबै आएर खेल गर्छन्। बनिबनाउ बनिरहेको छ... बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! चिन्ता उनको गरिन्छ, जसको बारेमा केही थाहा हुँदैन। जे भयो त्यो ड्रामामा थियो, फेरि त्यसको चिन्तन किन गर्ने? हामी ड्रामालाई हेर्छौं। ड्रामामा जब कुनै यस्तो दर्दनाक सीन छ भने मनुष्य हेरेर रुन्छन्। अब त्यो त भयो झुटो ड्रामा। यो त सत्य ड्रामा हो। सत्य-सत्य गर्छन्। तिमीलाई कुनै दुःखको आँसु आउनु हुँदैन। साक्षी भएर तिमीले हेर्नु छ। जान्दछौ– यो ड्रामा हो, यसमा रुने के आवश्यकता छ? पास्ट इज पास्ट। कहिल्यै विचार पनि गर्नु हुँदैन। तिमी अगाडि बढ्दै बाबालाई याद गरिराख र सबैलाई बाटो बताउँदै गर। बाबाले त राय दिइरहनुहुन्छ। त्रिमूर्तिको चित्र तिम्रो पासमा धेरै छन्। स्पष्ट लेखिएको छ– उहाँ शिवबाबा, यो वर्सा। तिमी बच्चाहरूलाई यो चित्र हेरेर धेरै खुशी हुनुपर्छ। बाबासँग हामीलाई विष्णुपुरीको वर्सा मिल्छ। पुरानो दुनियाँ त खतम हुनु छ। यो चित्र सामुन्ने राखिदेऊ, यसमा खर्च त केही पनि हुँदैन। वृक्ष पनि धेरै राम्रो छ। दिनहुँ सबेरै उठेर विचार सागर मन्थन गर। आफ्नो टीचर आफैं बनेर पढ। बुद्धि त सबैको छ। चित्र आफ्नो घरमा राखिदेऊ। हरेक चित्रमा फस्टक्लास ज्ञान छ। भनिएको छ– विनाश हुनेछ। तिम्रो बाबासँग प्रीत छ नि। शिवबाबा दलाल बनेर हाम्रो मगनी गराउनुहुन्छ। जब सतगुरू मिल्यो दलालको रुपमा, त्यसपछि कति राम्रो-राम्रो कुरा बुझ्न-बुझाउनको लागि मिलेको छ। फेरि पनि मायाको पम्प धेरै छ। १०० वर्ष पहिले यो बिजुली, ग्याँस आदि कहाँ थियो र। पहिले भाइसराय आदि ४ घोडाको, ८ घोडाको गाडीमा आउँथे। पहिले धनवान मानिस गाडीमा चढ्थे। अब त विमान आदि निक्लेका छन्। पहिले यो केही थिएन। १०० वर्ष भित्र यो के के भएको छ। मनुष्यले सम्झन्छन्– यही स्वर्ग हो। अहिले तिमी बच्चाहरूलाई थाहा छ– स्वर्ग त स्वर्ग हो। यो सबै पाई पैसाको चीज हुन्, यसलाई बनावटी पम्प भनिन्छ। अब तिमी बच्चाहरूलाई यही एक चिन्ता रहनुपर्छ– मैले याद गर्नु छ, जसमा नै मायाले विघ्न पार्छ। बाबाले आफ्नो उदाहरण पनि सुनाउँछन्। भोजन खाँदा धेरै कोसिस गर्छु– यादमा रहेर खाऊँ फेरि पनि बिर्सिहाल्छु। त्यसैले सम्झन्छु– बच्चाहरूलाई त मेहनत धेरै हुन्छ होला। ठीक छ, तिमीले ट्राई गरेर हेर। बाबाको यादमा रहेर देखाऊ। हेर सारा समय याद टिक्न सक्छ? अनुभव सुनाउनु पर्छ। बाबाको याद सारा समय टिक्न सक्दैन। धेरै किसिम-किसिमको कुरा याद आउँछन्। बाबा स्वयं आफ्नो अनुभव बताउँछन्। बाबाले जसमा प्रवेश गर्नुभएको छ, यिनी पनि पुरूषार्थी हुन्, यिनीमाथि त धेरै झंझट छ। ठूलो कहलाउनु, धेरै दुःख पाउनु। कति समाचार आउँछन्। विकारको कारण कति पिट्छन्। घरबाट निकालिदिन्छन्। बच्चीहरूले भन्छन्– म ईश्वरको शरणमा आएको छु। कति विघ्न पर्छन्। कसैको पासमा शान्ति छैन। तिमी बच्चाहरूलाई पालना मिल्छ। अब पुरूषार्थ गरेर, श्रीमतमा चलेर शान्तिमा रहनु छ। यी बाबाले यहाँ पनि कति यस्तो घर देखेका छन्, जहाँ आपसमा मेल-मिलाप धेरै रहन्छ। सबै ठूलोको आज्ञामा चल्छन्। भन्छन्– हाम्रो पासमा त मानौं स्वर्ग नै छ। 

    अब बाबा तिमीलाई यस्तो स्वर्गमा लैजानु हुन्छ, जहाँ सबै प्रकारको सुख हुन्छन्। देवताहरूको ३६ प्रकारको भोजन गायन गरिएको छ। अहिले तिमीले स्वर्गको वर्सा बाबासँग लिन्छौ। वहाँ त कति स्वादिष्ट वैभव खाइरहन्छन् र पवित्र हुन्छन्। अब तिमी त्यस दुनियाँको मालिक बन्छौ। राजा-रानी, प्रजामा फरक हुन्छ नि। पहिले राजाहरू धेरै ठाँटमा रहन्थे। उनीहरू त हुन् पतित, रावणको राज्यमा छन्। विचार गर– सत्ययुगमा के होला! सामुन्ने चित्र लक्ष्मी-नारायणको राखिएको छ। कृष्णको लागि झूटो कुरा लेखेर बदनाम गरिदिएका छन्। झुटो मतलब झूटो, सत्यको रत्ती छैन। अहिले तिमीले बुझेका छौ– हामी स्वर्गको मालिक थियौं, फेरि ८४ जन्म लिएर बिल्कुल शूद्र बुद्धि बनेका छौं। के हालत भएको छ। अब फेरि पुरूषार्थ गरेर के बन्छौ! बाबाले सोध्नु पनि हुन्छ नि– तिमी के बन्छौ? सबैले हात उठाउँछन् सूर्यवंशी बन्छौं भनेर। हामीले त माता-पितालाई पूरा अनुसरण गर्छौं। कम पुरूषार्थ कहाँ गर्छौं र। सारा मेहनत याद र आफू समान बनाउनमा छ। त्यसैले बाबा भन्नुहुन्छ– जति हुन सक्छ सेवा गर्न सिक। छ धेरै सहज। यो शिवबाबा, यो विष्णुपुरी, लक्ष्मी-नारायणको राज्य हुन्छ। यी त धेरै अनुभवी छन्। सिँढीको चित्रमा तिमीले सम्झाउन सक्छौ। 

    तिमी बच्चाहरूलाई यो कल्प-वृक्ष, सृष्टि-चक्र देख्नासाथ बुद्धिमा सारा ज्ञान आउनुपर्छ। यो जुन लक्ष्मी-नारायण छन्, यिनीहरूको राजधानी कहाँ गयो! कसले लडाई गर्यो? जसले हरायो। अब त त्यो राज्य छँदै छैन। यी ईश्वरीय कुरालाई कसैले जान्दैनन्। तिमी बच्चाहरूलाई यो पनि साक्षात्कार भएको छ– कसरी गुफा, खानीहरूमा गएर सुन, हीरा आदि लिएर आउँछन्। यो विज्ञान तिम्रो सुखको लागि हुनेछ। यहाँ छ दुःखको लागि, वहाँ हवाई जहाज पनि पूर्ण सुरक्षित हुन्छन्। बच्चाहरूले सुरू-सुरूमा यो सबैथोक साक्षात्कार गरेका छन्। अन्तिममा फेरि तिमीले धेरै साक्षात्कार गर्नेछौ। यो पनि तिमीले साक्षात्कार गरेका छौ– चोरहरू लुट्न आउँछन्, फेरि तिम्रो शक्तिको रुप देखेर भाग्छन्। त्यो सबै कुरा पछिको हो। चोरले लुट्न त आउँछन्, तिमी बाबाको यादमा उभियौ भने ऊ एकदम भाग्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब खुब पुरूषार्थ गर। मुख्य कुरा हो पवित्रताको। एक जन्म पवित्र बन्नु छ। मृत्यु त सामुन्ने खडा छ। प्राकृतिक आपद धेरै कडा आउनेछन्, जसमा सबै खतम हुन्छन्। शिवबाबाले यिनीद्वारा सम्झाउनु हुन्छ, यिनको आत्माले पनि सुन्छ। यी बाबाले सबै बताउँछन्। शिवबाबालाई त अनुभव छैन। बच्चाहरूलाई अनुभव हुन्छ। मायाको तुफान कसरी आउँछ? पहिलो नम्बरमा यी छन्, त्यसैले यिनलाई सबै अनुभव हुन्छ। यसमा डराउनु छैन, अडोल रहनु छ। बाबाको यादमा रहनाले नै शक्ति मिल्छ। कुनै बच्चाहरूले चार्ट लेख्छन्, फेरि लेख्दा-लेख्दा छोडिदिन्छन्। बाबाले सम्झनुहुन्छ– यो थाकेको छ। पारलौकिक बाबा, जसबाट यति बडो वर्सा मिल्छ, यस्तो बाबालाई कहिल्यै पत्र पनि लेख्दैनन्। याद नै गर्दैनन्! यस्तो बाबालाई त कति याद गर्नुपर्छ। शिवबाबा म हजुरलाई धेरै याद गर्छु। बाबा हजुरको याद विना म कसरी रहन सक्छु! जुन बाबासँग विश्वको बादशाही मिल्छ, यस्तो बाबालाई कसरी बिर्सिन्छु! तिमीले कार्ड लेख्यौ भने त्यो पनि त याद भयो नि। लौकिक बाबाले पनि बच्चाहरूलाई चिठ्ठी लेख्छन्– नूरे रत्न.... स्त्रीले पतिलाई कसरी चिठ्ठी लेख्छन्! यहाँ त दुवै सम्बन्ध छ। यो पनि याद गर्ने युक्ति हो। कति मीठो बाबा हुनुहुन्छ! हामीसँग के माग्नुहुन्छ? केही पनि माग्नुहुन्न। उहाँ त दाता हुनुहुन्छ, दिनेवाला हुनुहुन्छ नि। उहाँले केही पनि लिनुहुन्न। भन्नुहुन्छ– प्यारा बच्चाहरू! म आएको छु, विश्वलाई फूलको बगैंचा बनाएर जान्छु। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) सूर्यवंशी बन्नको लागि माता-पितालाई पूरा-पूरा अनुसरण गर्नु छ। यादमा रहने र आफू समान बनाउने मेहनत गर्नु छ।

    २) पुरूषार्थ गरेर श्रीमतमा चलेर शान्त रहनु छ। ठूलोको आज्ञा मान्नु छ।

    वरदान:

    ज्ञानद्वारा रावणको बहुरुपलाई जानेर उसको आकर्षणबाट मुक्त रहने हिम्मतवान भव:-  

    जो बच्चाहरूले ज्ञानद्वारा रावणको बहुरुपलाई राम्रोसँग चिनिसकेका छन्, उनको अगाडि माया नजिक पनि आउन सक्दैन। चाहे सुनको, चाहे हीराको रुप धारण गरोस्, तर उसको आकर्षणमा आउँदैनन्। यस्तो सत्य सीता बनेर मर्यादाको रेखाभित्र रहने लक्ष्य राखेर हिम्मतवान बन। फेरि यो रावणको बहुसेना आक्रमण गर्नुको सट्टा तिम्रो सहयोगी बन्छन्। प्रकृतिका ५ तत्व र ५ विकार परिवर्तन भएर तिम्रो सेवाको लागि आउँछन्।

    स्लोगन:

    सेवामा सफलता प्राप्त गर्नको लागि निर्माणचित्तको विशेषतालाई धारण गर।   

     
    ***OM SHANTI***