BK Murli 26 October 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 26 October 2016 Nepali

    २०७३ कात्तिक १० गते बुधबार 26.10.2016 बापदादा मधुवन

    “मीठे बच्चे– आत्मा र शरीर दुवै पतित र कालो बनेका छन्, बाबाको यादद्वारा यिनलाई पावन बनाऊ किनकि अब पावन दुनियाँमा जानु छ।”  

    प्रश्न:

    भगवान कुन बच्चालाई मिल्छ, बाबाले कुनचाहिँ हिसाब बताउनुभएको छ?

    उत्तर:

    जसले सुरूदेखि भक्ति गरेको छ, उसलाई नै भगवान मिल्छ। बाबाले यो हिसाब बताउनुभएको छ– सबैभन्दा पहिला तिमीले भक्ति गर्छौ, त्यसैले तिमीलाई नै पहिला भगवान्द्वारा ज्ञान मिल्छ, जसबाट फेरि तिमीले नयाँ दुनियाँमा राज्य गर्छौ। बाबा भन्नुहुन्छ– तिमीले आधाकल्प मलाई याद गर्यौ, अब म आएको छु, तिमीलाई भक्तिको फल दिन।

    गीतः-

    मरना तेरी गली में....

    ओम् शान्ति।

    बच्चाहरूले गीत सुन्यौ। जब कोही मर्यो भने पिताको पासमा जन्म लिन्छ। जान्दछौ– हामी आत्मा हौं। त्यो भयो शरीरको कुरा। एक शरीर छोडेर फेरि अर्को पिताको पासमा जान्छ। तिमीले कति साकारी पिता बनाएका छौ। वास्तवमा हौ निराकारी बाबाका बच्चा। तिमी आत्मा परमपिता परमात्माको बच्चा हौ, रहन्छौ पनि वहाँ, जसलाई निर्वाणधाम वा शान्तिधाम भनिन्छ। बाबा पनि वहाँ रहनुहुन्छ। यहाँ आएर तिमी लौकिक बाबाको बच्चा बन्छौ, अनि फेरि उहाँ बाबालाई बिर्सिन्छौ। सत्ययुगमा तिमी सुखी बन्छौ, त्यसैले उहाँ पारलौकिक बाबालाई बिर्सिन्छौ। सुखमा उहाँ बाबाको याद गर्दैनौ। दुःखमा याद गर्छौ, आत्माले याद गर्छ। लौकिक बाबालाई याद गर्दा बुद्धि शरीरतिर जान्छ। उहाँ बाबालाई याद गर्दा भन्छन्– ओ बाबा, हुन् दुवै पिता। सही अक्षर बाबा नै हो। उहाँ पनि बाबा, यी पनि बाबा। आत्माले रुहानी बाबालाई याद गर्दा बुद्धि वहाँ गइहाल्छ। यो बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। अहिले तिमीले जान्दछौ– बाबा आउनुभएको छ, हामीलाई आफ्नो बनाउनुभएको छ। बाबा भन्नुहुन्छ– पहिला सुरूमा मैले तिमीलाई स्वर्गमा पठाएँ। तिमी धेरै धनवान थियौ फेरि ८४ जन्म लिएर ड्रामा प्लान अनुसार अहिले तिमी दुःखी भएका छौ। ड्रामा अनुसार यो पुरानो दुनियाँ खतम हुनु छ। तिम्रो आत्मा र यो शरीर रुपी वस्त्र सतोप्रधान थिए फेरि गोल्डेन एजबाट आत्मा सिलभर एजमा आयो अनि शरीर पनि सिलभरमा आयो फेरि कपर एजमा आयो। अहिले त तिम्रो आत्मा बिल्कुलै पतित भएको छ, त्यसैले शरीर पनि पतित छ। जस्तै १४ क्यारेटको सुन कसैले मन पराउँदैन, कालो हुन्छ। तिमी पनि अहिले कालो आइरन एजेड बनेका छौ। अब आत्मा र शरीर, जो यस्तो कालो बनेका छन्, फेरि पवित्र कसरी बन्न सक्छ? आत्मा पवित्र बनेपछि शरीर पनि पवित्र मिल्छ। त्यो कसरी हुन्छ? के गंगा स्नान गरेर? हुँदैन, पुकार्छन् नै हे पतित-पावन आउनुहोस् भनेर। आत्माले यो भन्दा बुद्धि पारलौकिक बाबातिर जान्छ। 

    हे बाबा, हेर बाबा अक्षर नै कति मीठो छ। यहाँ नै बाबा-बाबा भन्छन्। अहिले तिमी आत्म-अभिमानी बनेर बाबाको बनेका छौ। बाबा भन्नुहुन्छ– मैले तिमीलाई स्वर्गमा पठाएको थिएँ, नयाँ शरीर धारण गरेका थियौ। अब तिमी के बनेका छौ? यो कुरा सदैव भित्र रहनुपर्छ। बाबालाई नै याद गर्नुपर्छ। याद सबैले गर्छन् नि– हे बाबा, हामी आत्माहरू पतित बनेका छौं, अब आउनुहोस्, आएर पावन बनाउनुहोस्। ड्रामामा यो पनि पार्ट छ, त्यसैले त बोलाउँछन्। ड्रामा प्लान अनुसार आउँछु पनि तब, जब पुरानोबाट नयाँ दुनियाँ बनाउनु पर्ने हुन्छ। अवश्य संगममा नै आउनुहुन्छ। तिमी बच्चाहरूलाई निश्चय छ– परम प्रिय बाबा नै हुनुहुन्छ। भनिन्छ पनि– स्वीट, स्वीटेस्ट... अब स्वीट को हुनुहुन्छ? लौकिक सम्बन्धमा पहिला फादर हुन्छन्, जसले जन्म दिन्छन्। फेरि हुन्छन् टीचर। टीचरबाट पढेर तिमीले पद पाउँछौ। नलेज इज सोर्स अफ इनकम भनिन्छ। ज्ञान हो नलेज, योग हो याद। बेहदको बारेमा कसैलाई थाहा छैन। चित्रहरूमा क्लियर देखाइएको पनि छ– ब्रह्माद्वारा स्थापना शिवबाबाले गराउनुहुन्छ। कृष्णले कसरी राजयोग सिकाउँछन्? राजयोग सिकाइन्छ नै सत्ययुगको लागि। त्यसैले अवश्य संगममा बाबाले सिकाउनु हुन्छ। सत्ययुगको स्थापना गर्नेवाला हुनुहुन्छ बाबा। ब्रह्माद्वारा गराउनुहुन्छ, गर्ने-गराउने हुनुहुन्छ नि। उनीहरूले त त्रिमूर्ति ब्रह्मा भनिदिन्छन्। तर सर्वोच्च शिव हुनुहुन्छ नि। उनी साकार हुन्, उहाँ निराकार हुनुहुन्छ। सृष्टि पनि यही हो। यस सृष्टिको नै चक्र घुम्छ, दोहोरिइरहन्छ। सूक्ष्मवतनको सृष्टिको चक्र भनिदैन। विश्वको इतिहास-भूगोल दोहोरिन्छ। गायन पनि छ– सत्ययुग, त्रेता, द्वापर, कलियुग। बीचमा अवश्य संगमयुग हुनुपर्छ। नत्र कलियुगलाई सत्ययुग कसले बनाउने! नर्कवासीलाई स्वर्गवासी बनाउन बाबा संगममा नै आउनुहुन्छ। जति पुरानो दुनियाँ, त्यति दुःख धेरै। आत्मा जति तमोप्रधान बन्दै जान्छ, त्यति दुःखी हुन्छ। देवताहरू हुन्छन् सतोप्रधान। उहाँ त सर्वोच्च अधिकारी, ईश्वरीय सरकार हुनुहुन्छ। 

    साथमा धर्मराज पनि छन्। बाबा भन्नुहुन्छ– तिमी शिवालयमा रहनेवाला थियौ, अहिले वेश्यालयमा छौ। तिमी पावन थियौ, अहिले पतित बनेका छौ। त्यसैले भन्छौ– हामी त पापी हौं। आत्माले भन्छ– म निर्गुणमा कुनै गुण छैन। कुनै पनि देवताको मन्दिरमा गयौ भने उनको अगाडि यस्तो भन्नुपर्छ। वास्तवमा भन्नुपर्छ बाबाको अगाडि। उहाँलाई छोडेर भाइहरूको पछि लाग्छन्, यी देवताहरू भाइहरू हुन् नि। भाइहरूसँग त केही मिल्दैन। भाइहरूको पूजा गर्दै-गर्दै तल गिर्दै आयौ। अब तिमी बच्चाहरूलाई थाहा छ– बाबा आउनुभएको छ, उहाँबाट हामीलाई वर्सा मिल्छ। बाँकी मनुष्यले त बाबालाई चिनेकै छैनन्। सर्वव्यापी भनिदिन्छन्। कसैले फेरि भन्छन्– अखण्ड ज्योति तत्व हुनुहुन्छ। कसैले भन्छन्– उहाँ नाम-रुपदेखि न्यारा हुनुहुन्छ। अरे, अखण्ड ज्योति स्वरुप हुनुहुन्छ भने फेरि नाम रुपदेखि न्यारा कसरी भन्न मिल्छ? बाबालाई नचिनेको हुनाले नै पतित बनेका छन्। तमोप्रधान पनि बन्नु नै छ। फेरि जब बाबा आउनुहुन्छ, तब सबैलाई पावन बनाउनुहुन्छ। आत्माहरू निराकारी दुनियाँमा सबै बाबासँग रहन्छन्। फेरि यहाँ आएर सतो रजो तमोको पार्ट खेल्छन्। आत्माले नै बाबालाई याद गर्छ। बाबा आउनु पनि हुन्छ, भन्नुहुन्छ– ब्रह्मा तनको आधार लिन्छु। यो हो भाग्यशाली रथ। आत्मा विनाको रथ कहाँ हुन्छ र? भन्दछन्– भागीरथले गंगा ल्याए। अब यो कुरा त हुन सक्दैन। केही पनि बुझ्दैनन्– हामीले के भनिरहेका छौं! 

    अहिले तिमी बच्चाहरूलाई सम्झाइएको छ– यो हो ज्ञान वर्षा। यसबाट के हुन्छ? पतितबाट पावन बनिन्छ। गंगा जमुना त सत्ययुगमा पनि हुन्छन्। भन्दछन्– कृष्ण जमुनाको कण्ठमा खेलपाल गर्छन्। यस्तो कुनै कुरा होइन। उनी त सत्ययुगका राजकुमार हुन्, उनको धेरै सम्हालसँग पालना हुन्छ किनकि फूल हुन् नि। फूल कति राम्रो सुन्दर हुन्छन्। फूलसँग सबैले आएर सुगन्ध लिन्छन्। काँडासँग कहाँ सुगन्ध लिन्छन्। अहिले त हो नै काँडाको दुनियाँ। जंगललाई बाबा आएर फूलको बगैंचा बनाउनुहुन्छ। त्यसैले उहाँको नाम बबुलनाथ पनि राखिदिएका छन्। काँडाबाट फूल बनाउनुहुन्छ। त्यसैले महिमा गाउँछन्– काँडालाई फूल बनाउनेवाला बाबा। अब तिमी बच्चाहरूको बाबासँग कति लभ हुनुपर्छ। तिमीलाई थाहा छ– अब हामी बेहदको बाबाको बनेका छौं। अहिले तिम्रो सम्बन्ध उहाँसँग पनि छ भने लौकिकसँग पनि छ। पारलौकिक बाबालाई याद गर्नाले तिमी पावन बन्छौ। आत्माले जान्दछ– उहाँ हाम्रो लौकिक बाबा र यहाँ पारलौकिक बाबा हुनुहुन्छ। भक्ति मार्गमा पनि आत्माले जान्दछ– उहाँ हाम्रो लौकिक पिता र यहाँ परमपिता। अविनाशी बाबालाई याद गर्छन्। उहाँ बाबा कहिले आएर स्वर्ग स्थापना गर्नुहुन्छ, यो कसैलाई थाहा छैन। बाबा आउनुहुन्छ नै पतितहरूलाई पावन बनाउन। अवश्य संगममा आउनुहुन्छ। शास्त्रहरूमा त कल्पको आयु लाखौं वर्ष लेखेर मनुष्यहरूलाई बिल्कुल घोर अन्धकारमा पारिदिएका छन्। भन्छन्– जसले धेरै भक्ति गर्छ, उसलाई भगवान मिल्छ। त्यसैले सबैभन्दा धेरै भक्ति गर्नेलाई अवश्य पहिला मिल्नु पर्छ। बाबाले हिसाब पनि बताउनु भएको छ। सबैभन्दा पहिला भक्ति तिमीले गर्छौ, तिमीलाई नै सबैभन्दा पहिला भगवान्द्वारा ज्ञान मिल्नु पर्छ, जसद्वारा फेरि तिमीले नै नयाँ दुनियाँमा राज्य गर्छौ। बेहदका बाबाले तिमी बच्चाहरूलाई ज्ञान दिइरहनुभएको छ, यसमा मेहनतको कुनै कुरा छैन। बाबा भन्नुहुन्छ– तिमीले आधाकल्प याद गर्यौ। सुखमा त कसैले याद गर्दैन। अन्त्यमा जब दुःखी हुन्छन्, अनि म आएर सुखी बनाउँछु। अहिले तिमी धेरै ठूलो मानिस बन्छौ। मुख्य मन्त्री, प्रधान मन्त्री आदिको बंगला कति फस्टक्लास हुन्छन्। सारा फर्निचर यस्तै फस्टक्लास हुन्छन्। तिमी त कति ठूलो मानिस (देवता) बन्छौ। दैवी गुणवाला देवता स्वर्गको मालिक बन्छौ। वहाँ तिम्रो लागि महल पनि हीरा जुहारतको हुन्छन्। वहाँ तिम्रो फर्निचर सुनजडित फस्टक्लास हुन्छन्। 

    यो हो रूद्र ज्ञान यज्ञ। शिवलाई रूद्र पनि भनिन्छ। जब भक्ति पूरा हुन्छ, अनि भगवान्ले रूद्र यज्ञ रच्नुहुन्छ। सत्ययुगमा यज्ञ अथवा भक्तिको कुरा नै हुँदैन। यस समय नै बाबाले यो अविनाशी रूद्र ज्ञान यज्ञ रच्नुहुन्छ, जसको फेरि पछि गायन चल्छ। भक्ति त सदैव चल्दैन। भक्ति र ज्ञान, भक्ति हो रात, ज्ञान हो दिन। बाबा आएर दिन बनाउनुहुन्छ, त्यसैले बच्चाहरूको पनि बाबासँग कति लभ हुनुपर्छ। बाबाले हामीलाई विश्वको मालिक बनाउनुहुन्छ। परम प्रिय बाबा हुनुहुन्छ नि। उहाँ भन्दा प्यारो वस्तु कुनै हुन सक्दैन। आधाकल्पदेखि याद गर्दै आयौं, बाबा! आएर हाम्रो दुःख हर्नुहोस्। अहिले बाबा आउनुभएको छ। सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू, तिमी आफ्नो गृहस्थ व्यवहारमा रहनु नै छ। यहाँ बाबाको पासमा कहिलेसम्म बस्छौ? साथमा त परमधाममा नै रहन सक्छौ। यहाँ त रहन सक्दैनौ। यहाँ त ज्ञान पढ्ने हो। ज्ञान पढ्ने थोरै हुन्छन्। लाउड स्पीकरमा कहिल्यै पढाइ हुन्छ र? शिक्षकले प्रश्न कसरी सोध्छन्? लाउड स्पीकरमा जवाफ कसरी दिन सक्छन्? त्यसैले थोरै-थोरै विद्यार्थीलाई पढाउँछन्। कलेज त धेरै छन्, फेरि सबैको परीक्षा हुन्छ। रिजल्ट निक्लिन्छ। यहाँ त एक बाबाले नै पढाउनुहुन्छ। यो पनि सम्झाउनुपर्छ, दुई पिता हुनुहुन्छ– लौकिक र पारलौकिक। दुःखमा स्मरण उहाँ पारलौकिक बाबाको गर्छन्। अहिले उहाँ बाबा आउनुभएको छ। महाभारत लडाई पनि सामुन्ने खडा छ। उनीहरूले सम्झन्छन्– महाभारत लडाईमा कृष्ण आए, यो त हुन सक्दैन। बिचाराहरू अलमलिएका छन्। फेरि पनि कृष्ण, कृष्ण गरिरहन्छन्। अब परम प्रिय शिव पनि हुनुहुन्छ भने कृष्ण पनि हुन्। तर उहाँ हुनुहुन्छ निराकार, उनी हुन् साकार। निराकार बाबा सबै आत्माहरूको बाबा हुनुहुन्छ। हुन् दुवै परम प्रिय। कृष्ण पनि विश्वको मालिक हुन् नि। अब तिमीले जज गर्न सक्छौ– बढी प्रिय को हुनुहुन्छ? शिवबाबाले नै यस्तो लायक बनाउनुहुन्छ नि। कृष्णले के गर्छन्? बाबाले नै त उनलाई यस्तो बनाउनुहुन्छ नि। त्यसैले गायन पनि धेरै उहाँ बाबाको हुनुपर्छ। बाबाले सम्झाउनु भएको छ– तिमीहरू सबै पार्बती हौ। यो शिव अमरनाथले तिमीलाई कथा सुनाइरहनु भएको छ। तिमीहरू नै सबै अर्जुन हौ, तिमीहरू नै सबै द्रौपदी हौ। 

    यस पतित दुनियाँलाई रावण राज्य भनिन्छ। त्यो हो पावन दुनियाँ। विकारको कुरा हुँदैन। निराकार बाबाले विकारी दुनियाँ रच्नुहुन्छ र? विकारमा नै दुःख हुन्छ। संन्यासीहरूको हो नै हठयोग, निवृति मार्ग। कर्म संन्यास त कहिल्यै हुँदैन। त्यो तब हुन्छ, जब आत्मा शरीरबाट अलग हुन्छ। गर्भ जेलमा फेरि कर्मको हिसाब सुरू हुन्छ। बाँकी कर्म संन्यास भन्नु गलत हो, हठयोग आदि धेरैले सिक्छन्, गुफाहरूमा गएर बस्छन्। आगोमा पनि हिँड्छन्। रिद्धि सिद्धि पनि धेरै छ। जादुगरीबाट धेरै चीजहरू पनि निकाल्छन्। भगवान्लाई पनि जादुगर, रत्नागर, सौदागर भनिन्छ। तर त्यसबाट कसैलाई गति सद्गति त मिल्न सक्दैन। त्यो त एकै सच्चा सतगुरू आएर सबैलाई गति सद्गति गर्नुहुन्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) काँडाबाट फूल बनाउनेवाला परमप्रिय एक बाबा हुनुहुन्छ, उहाँलाई धेरै प्यारसँग याद गर्नु छ। सुगन्धित फूल बनेर सबैलाई सुख दिनु छ।

    २) यो पढाइ आम्दानीको स्रोत हो। यसबाट २१ जन्मको लागि तिमी धेरै ठूलो मानिस बन्छौ, त्यसैले यसलाई राम्रोसँग पढ्नु र पढाउनु छ। आत्म-अभिमानी बन्नु छ।

    वरदान:

    संगठनमा एकमत र एकरस स्थितिद्वारा सफलता प्राप्त गर्ने सच्चा स्नेही भव   

    संगठनमा एकले भन्यो, अर्कोले मान्यो– यो हो सच्चा स्नेहको रेसपन्ड। यस्तो स्नेही बच्चाहरूको उदाहरण देखेर अरु पनि सम्पर्कमा आउनको लागि हिम्मत राख्छन्। संगठन पनि सेवाको साधन बन्न जान्छ। जहाँ मायाले देख्छ– यिनीहरूको युनिटी राम्रो छ, घेराउ छ, त्यहाँ आउने हिम्मत राख्दैन। एकमत र एकरस स्थितिको संस्कारले नै सत्ययुगमा एक राज्यको स्थापना गर्छ।

    स्लोगन:

    कर्म र योगको सन्तुलन राख्नेवाला नै सफल योगी हो।   

     
    ***OM SHANTI***