BK Murli 3 October 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 3 October 2016 Nepali

    २०७३ आश्विन १७ गते सोमबार 03.10.2016 वापदादा मधुवन

    “मीठे बच्चे– महावीर बन, मायाको तुफानसँग लड्नुको सट्टा अचल-अडोल बन।”  

    प्रश्न:

    ब्रह्मा बाबाको सामुन्ने अनेक हंगामा भए तैपनि कहिल्यै दुःखी हुनु भएन, किन?

    उत्तर:

    किनकि ब्रह्मा बाबालाई नशा थियो– मैले बाबाबाट वर्सा लिनु छ। यो त सबै कल्प पहिले जस्तै भइरहेको छ, केही पनि नयाँ होइन। गाली त सबैभन्दा अधिक शिव बाबालाई मिल्यो। फेरि कृष्णलाई पनि गाली दिन्छन्। यदि मैले पनि गाली खानु पर्यो त के ठूलो कुरा भयो? दुनियाँले हाम्रो कुरालाई जान्दैनन्, त्यसैले अवश्य गाली दिन्छन्। बाबा कुनै पनि कुरामा दुःखी हुनुभएन। यसैगरी बाबालाई अनुसरण गर।

    गीतः–

    भोलेनाथ से निराला....

    ओम् शान्ति।

    यो भक्तिमार्ग वालाको गीत हो। ज्ञान मार्गमा गीत आदि गाइदैन, नत बनाइन्छ, न आवश्यक छ। किनकि गायन गरिएको छ– बाबासँग सेकेण्डमा जीवनमुक्तिको वर्सा मिल्छ। यसमा गीत आदिको कुरा नै छैन। तिमीले जान्दछौ– हामीलाई बेहदको बाबासँग बेहदको वर्सा मिल्छ। जो भक्ति मार्गको रसम-रिवाज छ, त्यो यसमा आउन सक्दैन। बच्चाहरूले कविता आदि बनाउँछन्, त्यो पनि अरुलाई सुनाउनको लागि। त्यो पनि जबसम्म तिमीले सम्झाउँदैनौ, कसैले बुझ्न सक्दैन। अब तिमी बच्चाहरूलाई बाबा मिल्नुभएको छ, त्यसैले खुशीको पारा चढ्नुपर्छ। बाबाले ८४ जन्मको चक्रको ज्ञान पनि सुनाउनु भएको छ। खुशी हुनुपर्छ– अहिले हामी स्वदर्शन चक्रधारी बनेका छौं। बाबाद्वारा विष्णुपुरीको मालिक बनिरहेका छौं। निश्चयबुद्धि नै विजयी बन्छ। जसलाई निश्चय हुन्छ, ऊ सत्ययुगमा अवश्य जान्छ। त्यसैले तिमी बच्चाहरूलाई सदैव खुशी रहनु पर्छ, बाबालाई अनुसरण गर। बच्चाहरूले जान्दछन्– निराकार बाबा जबदेखि यस तनमा प्रवेश हुनुभयो, यिनको पासमा पनि धेरै हंगामा भए। भाइहरूको झगडा, शहरको झगडा, सारा सिन्धको झगडा चल्यो। बच्चाहरू ठूलो भएपछि भन्छन्, चाँडो विवाह गर। विवाह विना काम कसरी चल्छ? गीता पढ्न मिस गर्दैनथँ, जब थाहा भयो– गीताका भगवान शिव हुनुहुन्छ, अनि त्यो गीता पढ्न छुट्यो। फेरि नशा चढ्यो– म त विश्वको मालिक बन्छु। यो त शिव भगवानुवाच हो, त्यसैले त्यो गीतालाई छोडिदिएँ र फेरि पवित्रताको विषयमा ठूलो हंगामा भयो। भाइ, काका, मामा आदि कति थिए। यसमा बहादुरी चाहिन्छ नि। तिमी हौ नै महावीर महावीरनी। एक सिवाय अरु कसैको पर्बाह छैन। पुरूष हुन् रचयिता। रचयिता स्वयं पावन बनिरहेका छौ, त्यसैले रचनालाई पनि पावन बनाउनु छ। पवित्र हंस र अपवित्र बकुल्लो, सँगै कसरी रहन सक्छौ? रचयिताले त झट्ट हुकुम गर्छन्– मेरो मतमा चल्नु छ भने चल, नत्र निक्लेर जाऊ। तिमीलाई थाहा छ– लौकिक बच्ची विवाह भएकी थिइन्। 

    उनलाई मिल्यो ज्ञान, अनि भनिन् वाह! बाबा भन्नुहुन्छ– पवित्र बन, म किन नबनौं? जवाफ दिइन् पतिलाई– म विष दिन्न। बस्, यसै कुरामा नै धेरैको झगडा चल्यो। ठूला-ठूला घरका बच्चीहरू निक्लिएर आए, कसैको पनि पर्बाह गरेनन्। जसको तकदिरमा छैन, बुझ्न पनि सक्दैनन्। पवित्र रहनु छ भने रहन सक्छौ, नत्र गएर आफ्नो प्रबन्ध गर। यति हिम्मत पनि त चाहिन्छ नि। बाबाको सामुन्ने कति हंगामा भए। बाबालाई कहिल्यै दुःखी भएको देख्यौ! अमेरिकासम्म अखबारमा निक्लियो। केही पनि नयाँ होइन। यो त कल्प पहिले जस्तै हुन्छ, यसमा डराउने कुरा के छ? हामीले त आफ्नो बाबासँग वर्सा लिनु छ। आफ्नो रचनालाई बचाउनु छ। बाबाले जान्नुहुन्छ– सारा रचना यस समय पतित छन्। मैले नै सबैलाई पावन बनाउनु छ। बाबालाई नै सबैले भन्छन्– हे पतित-पावन, मुक्तिदाता आउनुहोस्। उहाँलाई नै दया लाग्छ। रहमदिल हुनुहुन्छ नि। बाबा सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! कुनै पनि कुरामा नडराऊ। डरायौ भने यति उच्च पद पाउन सक्दैनौ। अत्याचार, माताहरूमाथि नै हुन्छ। यो पनि निशानी हो। द्रोपदीलाई नंगन गर्छन्। बाबाले २१ जन्मको लागि नंगन हुनबाट बचाउनुहुन्छ। दुनियाँले यी कुरालाई जान्दैनन्। सद्गति दाता त म हुँ नि। जबसम्म मनुष्यको दुर्गति हुँदैन, म आएर कसरी सद्गति दिऊँ? पतित तमोप्रधान सृष्टि पनि बन्नु छ। हर चीज नयाँबाट पुरानो अवश्य हुन्छ। पुरानो घरलाई छोड्नै पर्छ। नयाँ दुनियाँ गोल्डेन एज, पुरानो दुनियाँ आइरन एज। सदैव नयाँ त रहन सक्दैन। तिमी बच्चाहरूले जान्दछौ– यो सृष्टिको चक्र हो। देवी देवताहरूको राज्य फेरि स्थापना भइरहेको छ। बाबा भन्नुहुन्छ– फेरि तिमीलाई गीता ज्ञान सुनाउँछु। यहाँ रावण राज्यमा दुःख छ। 

    रामराज्य केलाई भनिन्छ? यो पनि कसैलाई थाहा छैन र बुझेका पनि छैनन्। बाबा भन्नुहुन्छ– म स्वर्ग अथवा रामराज्यको स्थापना गर्न आएको छु। तिमी बच्चाहरूले अनेक पटक राज्य लियौ अनि फेरि गुमायौ। यो सबैको बुद्धिमा छ। २१ जन्म स्वर्गमा रहन्छौ, त्यसलाई भनिन्छ २१ पीढी अर्थात् जब बूढो हुन्छौ, तब शरीर छोड्छौ। अकाले मृत्यु कहिल्यै हुँदैन। अब तिमी मानौं त्रिकालदर्शी बनेका छौ। अहिले तिमीले जान्दछौ– हामीले जन्म-जन्मान्तर भक्ति गर्छौं। रावण राज्यमा पनि चमक-दमक हेर कति छ। यो हो पछाडिको देखावटी। रामराज्य सत्ययुगमा हुन्छ। वहाँ यो विमान आदि सबै थिए, फेरि त्यो सबै लोप भए। फेरि यस समय सबै निक्लेका छन्। अहिले यो सबै सिकिरहेका छन्। जसले सिकेका छन्, त्यो संस्कार लिएर जान्छन्। फेरि आएर वहाँ विमान बनाउँछन्। यसले तिमीलाई भविष्यमा सुख दिन्छ। यो विमान आदि भारतवासीले पनि बनाउन सक्छन्। कुनै नयाँ कुरा होइन। बुद्धि त छ नि। यो साइन्स तिमीलाई फेरि काममा आउँछ। अहिले यो साइन्स दुःखको लागि छ, फेरि वहाँ सुखको लागि हुन्छ। वहाँ त हर चीज नयाँ हुन्छ। अहिले त नयाँ दुनियाँको स्थापना भइरहेको छ। बाबाले नै नयाँ दुनियाँको राजधानी स्थापना गरिरहनु भएको छ। त्यसैले बच्चाहरू महावीर बन्नु छ। दुनियाँमा यो कसैले कहाँ जानेका छन् र– भगवान आउनु भएको छ। 

    बाबा भन्नुहुन्छ– गृहस्थ व्यवहारमा कमल फूल समान पवित्र रहनु छ। यसमा डराउने कुरा छैन, गालीसम्म त देलान्। गाली यिनलाई पनि धेरै दिएका थिए। कृष्णले गाली खाए, यस्तो देखाउँछन्। अब कृष्णले त गाली खान सक्दैनन्। गाली त कलियुगमा खान्छन्। तिम्रो रुप जो अहिले छ, फेरि कल्पपछि यसै समय हुन्छ। बीचमा हुन सक्दैन। जन्म बाई जन्म अनुहार बदलिँदै जान्छ। एक आत्मालाई ८४ जन्ममा उस्तै अनुहार प्राप्त हुँदैन। सतो रजो तमोमा आउँदै जान्छन्, अनुहार बदलिँदै जान्छ। यो ड्रामा बनेको छ। ८४ जन्ममा जुन चेहेरावाला जन्म लिएका छौ, उही लिन्छौ। अहिले तिमीले जान्दछौ– यिनको अनुहार परिवर्तन भएर अर्को जन्ममा यो लक्ष्मी-नारायण हुन्छन्। तिम्रो बुद्धिको ताला खुलेको छ। अब यो हो नयाँ कुरा। बाबा पनि नयाँ, कुरा पनि नयाँ। यो कुरा कसैको समझमा छिटै आउँदैन। तकदिरमा छ भने केही बुझ्नेछन्। महावीर कुनै तुफानसँग डराउँदैन। यो अवस्था अन्तिममा हुनु छ। त्यसैले गायन गरिएको छ– अतीन्द्रिय सुख सोध्नु छ भने गोप गोपिनीहरूसँग सोध। बाबा आउनुभएको हो नै तिमी बच्चाहरूलाई स्वर्गको लायक बनाउन। कल्प पहिले जस्तै नर्कको विनाश त हुनु नै छ। सत्ययुगमा त एकै धर्म हुन्छ। चाहन्छन् पनि– एकता होस्। एक धर्म हुनुपर्छ। यो पनि कसैलाई थाहा छैन– रामराज्य, रावण राज्य अलग-अलग हो। यहाँ विकार विना जन्म हुन सक्दैन। विकारी छन् नि। बाबामा निश्चय छ भने अब श्रीमतमा पूरा चल्नुपर्छ। हरेकको अवस्था पनि हेरिन्छ। त्यस अनुसार राय पनि दिइन्छ। बाबाले पनि बच्चालाई भने– यदि विवाह गर्नु छ भने गएर गर। धेरै मित्र-सम्बन्धी आदि बसेका छन्, उनले विवाह गराइदिन्छन्। त्यसैले हरेकको अवस्था हेरिन्छ। सोध्दछन्– बाबा यस हालतमा छौं, हामी पवित्र रहन चाहन्छौं, हाम्रो सम्बन्धीले हामीलाई घरबाट निकाल्न चाहन्छन्। 

    अब के गरौं? यो पनि सोध्ने कुरा हो र, पवित्र रहनु छ। यदि रहन सक्दैनौ भने गएर विवाह गर। ठीक छ, मानौं कसैको मगनी भएको छ। राजी गर्नु छ, केही छैन। विवाह हुँदा पनि भन्छन्– उहाँ तिम्रो पति, गुरू हुनुहुन्छ। ठीक छ, त्यतिबेला तिमीले उनीसँग लेखाउन सक्छौ। मान्दछु– हजुर मेरो गुरू, ईश्वर हुनुहुन्छ, लेखाऊ। ठीक छ– अब म तिमीलाई हुकुम दिन्छु, पवित्र रहनु छ। हिम्मत चाहिन्छ नि। लक्ष्य धेरै उच्च छ। दुवै सँगै कसरी रहन सकिन्छ, यो सबैलाई देखाउनु छ। प्राप्ति धेरै बेजोडको छ। आगो तब लाग्छ, जब प्राप्तिको बारेमा थाहा हुँदैन। बाबा भन्नुहुन्छ– यति ठूलो प्राप्ति हुन्छ भने एक जन्म पवित्र रहन के ठूलो कुरा छ र? म तिम्रो पति ईश्वर हुँ। मेरो आज्ञामा पवित्र रहनुपर्छ। बाबाले युक्ति बताइदिनुहुन्छ। यहाँ यो काइदा छ, स्त्रीलाई भन्छन्– तिम्रो पति ईश्वर हुनुहुन्छ, उहाँको आज्ञामा चल्नुपर्छ। पतिको पाउ दबाउनुपर्छ किनकि सम्झन्छन्– लक्ष्मीले नारायणको पाउ दबाएकी थिइन्। यो रिवाज कहाँबाट निकालेका हुन्? यी झुटो चित्रहरूबाट। सत्ययुगमा त यस्तो कुरा हुँदैन। नारायण कहिल्यै थाक्छन् र, जसकारण लक्ष्मी बसेर पाउ दबाउँछिन्? थकावटको कुरा हुन सदैन। यो त दुःखको कुरा हुन जान्छ। वहाँ दुःख कहाँबाट आयो? कति झूटो कुरा लेखिदिएका छन्। बाबालाई बचपनदेखि नै वैराग्य रहन्थ्यो, त्यसैले भक्ति गर्थे। बाबाले बच्चाहरूलाई युक्ति धेरै राम्रो बताउनुहुन्छ। कुनै बच्चालाई सम्बन्धीले दिक्क पार्छन्। ठीक छ विवाह गर। स्त्री तिम्रो भइन्। फेरि कसैले केही गर्न सक्दैन। आपसमा मिलेर पवित्र बस, साथी भयौ। बेलायतमा वृद्ध भएपछि सम्हाल गर्नको लागि साथी राख्छन्। सिभिल विवाह गर्छन्। विकारमा जाँदैनन्। तिमीले जान्दछौ– हामी एक बाबाका बच्चा हौं, आपसमा भाइ-बहिनी भयौं। बाबासँग वर्सा लिन्छौं। बाबालाई बोलाउँछन् पनि– पतित दुनियाँमा। हे पतित-पावन, सबै सीताहरूका राम। मनुष्य राम-राम जपिरहन्छन्, सीतालाई कहाँ याद गर्छन् र। उनीभन्दा ठूलो त लक्ष्मी हुन्। तर याद त एक बाबालाई गर्छन्। लक्ष्मी-नारायणलाई फेरि पनि जान्दछन्, शिवलाई त कसैले जान्दैनन्। आत्मा बिन्दु छ, त्यसैले आत्माहरूका बाबा पनि बिन्दु नै हुनुहुन्छ नि। आत्मामा सारा ज्ञान छ। 

    उहाँलाई भनिन्छ ज्ञानका सागर। तिमी आत्मा पनि ज्ञानसागर बन्छौ। ज्ञानसागर बसेर तिमी आत्माहरूलाई सम्झाउनु हुन्छ। आत्मा चैतन्य हो। तिम्रो आत्मा ज्ञानसागर बनिरहेको छ। सारा सृष्टिको आदि मध्य अन्त्यको ज्ञान तिमीलाई छ। मीठा-प्यारा बच्चाहरूले हिम्मत राख्नु पर्छ। हामी बाबाको श्रीमतमा चल्नु पर्छ नि। बेहदका बाबाले बेहदका बच्चाहरूलाई स्वर्गको मालिक बनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– तिमीले पनि आफ्नो रचनालाई हातमा राख। यदि बच्चाले तिम्रो आज्ञा मान्दैन भने बच्चा, बच्चा होइन। ऊ त कपूत ठहरियो। आज्ञाकारी, बफादार बच्चा छ भने वर्साको हकदार बन्न सक्छ। बेहदको बाबाले पनि भन्नुहुन्छ– मेरो श्रीमतमा चल्यौ भने तिमी यस्तो श्रेष्ठ बन्छौ। नत्र प्रजामा जान्छौ। बाबाले तिमीलाई नरबाट नारायण बनाउन आउनुभएको छ। यो हो सच्चा सत्यनारायणको कथा। तिमी राजाई प्राप्त गर्न आएका छौ। मम्मा बाबा राजा रानी बन्नुहुन्छ, त्यसैले तिमीले पनि हिम्मत गर। बाबाले त अवश्य आफू समान बनाउनुहुन्छ नि। प्रजा बन्न राजी हुनु हुँदैन। पुरूषार्थ गर्नु छ– हामी बाबासँग पूरा वर्सा लिन्छौं, समर्पित हुन्छौं। तिमीले उहाँलाई आफ्नो बच्चा बनायौ भने उहाँले तिमीलाई २१ जन्मको लागि वर्सा दिनुहुन्छ। बाबा बच्चाहरूमा समर्पित हुनुहुन्छ। बच्चाहरूले भन्छन्– बाबा यो तन-मन-धन सबै हजुरको हो। हजुर बाबा पनि हुनुहुन्छ भने बच्चा पनि हुनुहुन्छ। त्वमेव माताश्च पिता त्वमेव। एक बाबाको महिमा कति धेरै छ। दुनियाँमा यी कुरालाई कसैले जान्दैन। यहाँको नै सारा कुरा हो। तिमी बच्चाहरूले जान्दछौ– यो उही ५ हजार वर्ष पहिलेको जस्तै लडाई हो। अहिले स्वर्गको स्थापना भइरहेको छ। त्यसैले बच्चाहरू सदैव धेरै खुशीमा रहनु पर्छ। भगवानले तिमीलाई एडाप्ट गर्नुभएको छ, त्यसैले तिमीलाई खुशी हुनु पर्छ। फेरि तिमी बच्चाहरूको शृंगार बाबाले गरिरहनु भएको छ। पढाउनु पनि हुन्छ। बेहदको बाबा ज्ञानको सागर हुनुहुन्छ। हामीलाई सारा सृष्टिको आदि मध्य अन्त्यको रहस्य सम्झाउनु हुन्छ। जसले बाबालाई नै जान्दैनन्, ती हुन् नास्तिक। तिमीले बाबा र रचनालाई जान्दछौ, तिमी हौ आस्तिक। लक्ष्मी-नारायण आस्तिक हुन् या नास्तिक? तिमीले के भन्छौ? तिमी स्वयं भन्छौ– सत्ययुगमा परमात्मालाई कसैले याद गर्दैनन्। वहाँ हुन्छ सुख, सुखमा परमात्माको स्मरण गर्दैनन्, किनकि परमात्मालाई जान्दैनन्। यस समय तिमी आस्तिक बनेर वर्सा पाइरहेका छौ। फेरि वहाँ याद नै गर्दैनौ। यहाँ याद गर्छन् तर उहाँलाई जान्दैनन्। त्यसैले नास्तिक भनिन्छ। वहाँ जान्दैनन्, त्यसैले याद पनि गर्दैनन्। उनीहरूलाई यो पनि थाहा हुँदैन– यो वर्सा हामीलाई शिवबाबासँग मिलेको हो। तर उनलाई नास्तिक भनिदैन किनकि पावन हुन्छन्। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) श्रीमतमा चल्ने पूरा-पूरा हिम्मत राख्नु छ। कुनै पनि कुरामा डराउनु वा दुःखी हुनु छैन।

    २) आफ्नो रचना आफ्नो हातमा राख्नु छ। उनलाई विकारबाट बचाउनु छ। पावन बन्ने सल्लाह दिनु छ।

    वरदान:

    धर्म र कर्म दुवैको सन्तुलन ठीक राख्नेवाला दिव्य वा श्रेष्ठ बुद्धिवान भव:-  

    कर्म गर्दा धर्म अर्थात् धारणा पनि सम्पूर्ण होस्, तब धर्म र कर्म दुवैको सन्तुलन ठीक हुनाले प्रभाव बढ्छ। यस्तो होइन– जब कर्म समाप्त हुन्छ अनि धारणा स्मृतिमा आओस्। बुद्धिमा दुवै कुराहरूको सन्तुलन ठीक होस्, तब भनिन्छ श्रेष्ठ वा दिव्य बुद्धिवान। नत्र साधारण बुद्धि, कर्म पनि साधारण, धारणा पनि साधारण हुन्छ। त्यसैले साधारणतामा समानता बनाउनु छैन, श्रेष्ठतामा समानता होस्। जसरी तिम्रो कर्म श्रेष्ठ छ, त्यस्तै धारणा पनि श्रेष्ठ हुनुपर्छ।

    स्लोगन:

    आफ्नो मन-बुद्धिलाई अनुभवको सीटमा सेट गरिदियौ भने कहिल्यै अपसेट हुँदैनौ।   



    ***OM SHANTI***