BK Murli 30 October 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:








    BK Murli 30 October 2016 Nepali

    २०७३ कात्तिक १४ गते आईतबार 30.10.2016 बापदादा मधुवन

    दीपावलीको शुभ अवसरमा अव्यक्त बापदादाद्वारा उच्चारित महावाक्य


    आज दीपकहरूका मालिक आफ्नो दीपमालालाई हेर्न आउनुभएको छ, जुन चैतन्य दीपकहरूको यादगार जड दीपकहरूको दीपमाला मनाइरहन्छन्। भक्तहरूले जड चित्र र जड दीपकहरूको साथमा दीपावली मनाउँछन् र तिमी चैतन्य दीपकहरू सदा बलेका दीपक, दीपकहरूको मालिकसँग, बालक बनेर मिलन मनाइरहेका छौ अर्थात् दीपावली मेला मनाइरहेका छौ। हरेक दीपक कति सुन्दर जगमगाइरहेका छन्। बापदादा हरेक बच्चाहरूको मस्तकमा बलेको दीपकलाई नै देखिरहनु भएको छ। यति ठूलो दीपमाला कहीँ हुनै सक्दैन। जति नै अनेक स्थूल दीपक बालून् तर यस्तो दीपमाला जो अविनाशी, अमर ज्योति स्वरुप छन्, यस्तो दीपमाला कहीँ हुन सक्छ? यस्तो दीपावली, दीपराज र दीपरानीहरू– यस्तो मेला कहिल्यै देखेका छौ? देख्ने पनि तिमी र मनाउने पनि तिमी। बापदादाले केवल गुजरातका दीपकहरूलाई मात्र देखिरहनु भएको छैन। बापदादाको सामुन्ने देश-विदेशका चारैतिरका चैतन्य दीपक छन्। (१००० भन्दा अधिक भाइ-बहनीहरू आएका छन्, त्यसैले तल ३-४ स्थानमा मुरली सुनिरहेका छन्) तल बस्नेहरू पनि तल छैनौ। बापदादाको नयनमा छौ। यहाँ स्थूलमा स्थान छैन, तर बापदादाको नयनमा यस्ता दीपकहरूलाई सदा स्थान छ। 

    आज दीपराज आफ्ना सर्व दीपरानीहरूलाई अमर ज्योतिको बधाई दिइरहनु भएको छ। “सदा अमर भव”। विदेशीहरू पनि मुस्कुराइरहेका छन्। (डेनिश दिदी अमेरिकाबाट आउनुभएको छ) तिमी एक छैनौ, एकमा अनेक छन्। चारैतिरका देशका पनि स्मृतिको प्यारमा छन्। यसै प्यारको आधारमा टाढा भएर पनि सम्मुख छन्। बापदादाले बेहद दीपकहरूको दीपमाला देखिरहनु भएको छ। मधुबनको आँगनमा आज अनेक बच्चाहरू फरिश्ताको रुपमा हाजिर छन्। साकार रुपको सभा त धेरै सानो छ तर आकारी फरिश्ताको सभा धेरै ठूलो छ। यो ठूलो हल, जुन बनाइरहेका छौ, त्यो पनि सानो हुनेछ। सागरका बच्चाहरूको अगाडि जति नै ठूलो हल बनाऊ, सागर समान हुनेछ, फेरि के गर्छौ? आकाश र धर्ती, यसै बेहदको हलमा समाहित हुन सक्छौ। बेहद बाबाका बच्चाहरू चार पर्खालहरूको हदमा कसरी समाहित हुन सक्छन्? यस्तो पनि समय आउनेछ– बेहदको हलमा यी चार तत्वहरूले चार पर्खालहरूको काम गर्नेछन्। कुनै मौसमको तल माथिको कारण छतको वा पर्खालहरूको आवश्यकता नै हुँदैन। कहाँसम्म ठूलो हल बनाउँछौ? यो प्रकृति भविष्यको रिहर्सल तिमीलाई यहाँ नै अन्त्यमा देखाउनेछ। चारैतिर जति नै कुनै तत्वद्वारा हलचल होस्, तर जहाँ तिमी प्रकृतिको मालिक हुन्छौ, वहाँ प्रकृति दासी बनेर सेवा गर्नेछ। केवल तिमी प्रकृतिजित बन। प्रकृतिले तिमी मालिकको अहिलेदेखि नै आह्वान गरिरहेको छ। यो दिव्य दिवस, जसमा प्रकृतिले मालिकहरूलाई माला पहिराउनेछ, कुनचाहिँ माला पहिराउनेछ? चन्दनको माला पहिरिन्छौ वा हीरा रत्नहरूको? प्रकृतिले सहयोगको नै माला पहिराउनेछ। जहाँ तिमी प्रकृतिजित ब्राह्मणहरूको पाउ हुन्छ, स्थान हुन्छ, वहाँ कुनै पनि नोक्सान हुन सक्दैन। एक दुई भवन अगाडि नोक्सान हुन्छ, तर तिमी सुरक्षित हुनेछौ। सामुन्ने देखिन्छ– यो भइरहेको छ, तुफान आइरहेको छ, धर्ती हल्लिरहेको छ, तर वहाँ अति संकट, यहाँ सहज हुनेछ। वहाँ कराउँछन्, यहाँ अचल हुन्छौ। सबै तिमीतिर स्थूल-सूक्ष्म सहारा लिनको लागि भाग्नेछन्। तिम्रो स्थान आश्रम बन्नेछ। सबैको मुखबाट, “अहो प्रभु, हजुरको लीला अपरमअपार छ” यो बोली निस्किनेछ। “धन्य होस्, धन्य होस्। तपाईंहरूले पाउनुभयो, हामीले चिनेनौं, गुमायौं”। यो आवाज चारैतिरबाट आउनेछ, फेरि तिमीले के गर्छौ? विधाताका बच्चाहरू विधाता र वरदाता बन्नेछौ। तर यसमा पनि शरण लिनेहरू स्वतः नै नम्बरवार हुन्छन्। जो अहिलेदेखि अन्त्यसम्म वा स्थापनाको आदिबाट अहिलेसम्म पनि सहयोग भावमा रहेका छन्, विरोध भावमा छैनन्, मान्नु नमान्नु अलग कुरा हो तर ईश्वरीय कार्यमा वा ईश्वरीय परिवारप्रति विरोध भावको सट्टा सहयोगको भाव, कार्य राम्रो छ वा कार्यकर्ता राम्रा छन्, यही कार्यले परिवर्तन गर्न सक्छ, यस्तो भिन्न-भिन्न सहयोगी भावना राख्ने, यस्तो आवश्यकताको समय यस भावनाको फल समीप नम्बरमा प्राप्त गर्छन् अर्थात् शरण लिने अधिकारी नम्बरवन बन्छन्। बाँकी यस भावनामा पनि प्रतिशतवाला उसै प्रतिशत प्रमाण एसलमको अंचली लिन सक्नेछन्। बाँकी हेर्नेहरू हेरि नै रहनेछन्। जो अहिले पनि भन्छन्– हेरौंला, तपाईंहरूको के कार्य हो! वा हेरौंला तपाईंलाई के मिलेको छ! जब केही होला, अनि हेरौंला, यस्तो समयको प्रतीक्षा गर्नेहरू, शरण लिने प्रतीक्षाको अधिकारी बन्न सक्दैनन्। त्यतिबेला पनि हेरि नै रहनेछन्। मेरो पालो कहिले आउँछ, यसै प्रतीक्षामा नै रहन्छन्। र, तिमीले टाढा प्रतीक्षा गर्ने आत्माहरूलाई पनि मास्टर ज्ञानसूर्य बनेर शुभ-भावना, श्रेष्ठ बन्ने कामनाका किरणहरू चारैतिरका आत्माहरूमाथि विश्व कल्याणकारी बनेर छर्नेछौ। फेरि जस्तै विराधी आत्माहरू हुन्, आफ्नो पश्चातापको अग्निमा स्वयंलाई जलेको, बेचैन अनुभव गर्नेछन्। र, तिमी शीतला देवी बनेर रहम, दया, कृपाको शीतल बूँदद्वारा विरोधी आत्माहरूलाई पनि शीतल बनाउनेछौ अर्थात् सहाराको गला लगाउनेछौ। त्यतिबेला तिम्रो भक्त बनेर “ओ माँ, ओ माँ” पुकार्दै विरोधीबाट परिवर्तन भएर भक्त बन्नेछन्। ऊ हो तिम्रो लास्ट भक्त। त्यसैले विरोधी आत्माहरूलाई पनि अन्त्यमा भक्तपनको अंचली अवश्य दिनेछौ। वरदानी बनेर भक्त भव’ को वरदान दिनेछौ। फेरि पनि हो त तिम्रै भाइ। त्यसैले ब्रदरहुडको नाता निभाउनेछौ, यस्तो वरदानी बनेका छौ? जसरी प्रकृतिले तिम्रो आह्वान गरिरहेको छ, यसैगरी तिमीहरू सबैले पनि आफ्नो यस्तो सम्पन्न स्थितिको आह्वान गरिरहेका छौ? यही दीपमाला मनाऊ। उनीहरूले लक्ष्मीको आह्वान गर्छन्, तिमीले के आह्वान गर्छौ? उनीहरूले त धन देवीको आह्वान गर्छन्, तिमीहरू सबै धनवान भव’ को स्थितिको आह्वान गर। यस्तो दीपमाला मनाऊ। बुझ्यौ– के गर्नु छ? अच्छा! 

    यस्ता दीपमालाका दीपकहरूलाई, सदा सर्व खजानाहरूले सम्पन्न धनवान भव बच्चाहरूलाई, सदा अमर ज्योति भव बच्चाहरूलाई, सदा हर आत्मालाई शुभ भावनाको फल दिने, वरदानी महादानी बच्चाहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

    दीदी-दादीसँगः– बापदादाले आज के देखिरहनु भएको छ? विशेष आज, अहिले ब्रह्मा बाबाले देखिरहनु भएको छ। आज ब्रह्मा बाबासँग जगदम्बा पनि आएकी छिन्। ब्रह्मा बाबा र दुवैले के देखिरहनु भएको छ? आजको दिन माँलाई पनि याद गर्छन् नि! त्यसैले जगत माँ र ब्रह्मा बाबाले के देखिरहनु भएको छ? आज विशेष रुपमा जगदम्बा वा चैतन्य होनहार लक्ष्मी, आफ्ना विशेष सहयोगी आफूसमान साथीहरूसँग मिल्नको लागि आएकी छन्। बचपनको सखी हुन् नि। याद छ नि बचपन? आज सखीहरूलाई बापदादाको सदा सहयोगमा जी हाजिर’ जी हजुर’ को यथार्थ पाठ कर्तव्यमा देखेर खुशी भइरहेकी छन्। आज मम्मा-बाबाले आफ्नो राजवंशलाई देखिरहनु भएको छ। राज्य दरबार सामुन्ने आइरहेको छ। कति सजिसजाउ दरबार छ। अष्ट देवता आ-आफ्नो सिंहासनमा विराजमान छन्। तिमी कहाँ बसेका छौ? जति सेवाको सीटमा समीप छौ, त्यति नै राज्य सिंहासनमा पनि समीप हुन्छौ। यहाँ तपस्या र सेवा नै आसन हो अनि वहाँ राज्य भाग्यको सिंहासन। त्यसैले जो सदा तपस्या र सेवाको आसनमा छन्, उनीहरू सदा सिंहासनधारी हुन्छन्। जति यहाँ सेवाको सदा सहयोगी, त्यति वहाँ राज्यको सदा साथी। जसरी यहाँ हर कर्ममा बापदादाको यादमा साथी छौ, त्यस्तै वहाँ हर कर्ममा बचपनदेखि लिएर राज्य गर्दा हर कर्ममा साथी हुन्छौ। आयुमा पनि समान छौ, त्यसैले पढाइमा, खेलमा, घुम्नमा, राज्य गर्नमा, हर कर्ममा साथी हुन्छौ। यदि यहाँ कुनै-कुनै कर्ममा यादद्वारा साथी बन्छौ भने वहाँ पनि सबै कर्ममा साथी बन्दैनौ। कुनै-कुनै कर्ममा साथी हुन्छौ, कुनैमा अलग। कुनैमा नजिक हुन्छौ, कुनैमा टाढा। जो सदा समीप, सदा साथी, सदा सहयोगी, सदा तपस्या र सेवाको आसनमा रहन्छन्, उनै वहाँ पनि सदा साथ रहन्छन्। स्मृतिमा आउँछ हैन? जस्तै यहाँ अलौकिक जीवनमा, आध्यात्मिक जीवनमा, किशोर जीवनदेखि लास्टसम्म साथी रह्यौ नि, बचपनको साथी र अन्त्य सम्मको साथी। त्यसैगरी ब्रह्माको रुपमा जो आदिदेखि अन्त्य हर कर्ममा, हर चरित्रमा हर सेवाको समयमा साथी रहेका छौ, उनी भविष्यमा पनि साथी हुन्छन्। अच्छा! 

    टीचरहरूसँगः– गुजरातका सच्चा सेवाधारी। सच्चा सेवाधारी भनौं वा रुहानी सेवाधारी भनौं। रुहानी सेवाधारी अर्थात् सच्चा सेवाधारी। गुजरातका रुहानी सेवाधारीहरूको विशेषता के हो? (एभररेडी) एभररेडी स्थूल सेवामा त छौ, किनकि सेवाका जो भिन्न-भिन्न साधन छन्, त्यसमा जहाँ बोलाइन्छ, वहाँ पुग्छौ। तर मनसाद्वारा पनि जो संकल्प धारण गर्न चाह्यो, त्यसमा पनि सदा एभररेडी छौ? जो सोच्यो, त्यो गर, त्यसै समय। यसलाई भनिन्छ– एभररेडी। मनसाद्वारा पनि एभररेडी, संस्कार परिवर्तनमा पनि एभररेडी। रुहानी सम्बन्ध र सम्पर्क निभाउनमा पनि एभररेडी। यस्तो एभररेडी छौ या समय लाग्छ? संस्कार मेटाउन वा संस्कार मिलाउन समय लाग्छ? यसमा पनि एभररेडी बन किनकि गुजरातको रास प्रसिद्ध छ। त्यो रास त धेरै राम्रो गर्छौ, तर रास मिलाउनु, बाबासँग संस्कार मिलाउनु– यो हो बाबाको संस्कारसँग रास मिलाउने रास। एक हुन्छ रास गर्नु, अर्को हुन्छ रास मिलाउनु। जसरी रास गर्नमा होसियार छौ, त्यसैगरी बाबासँग संस्कार मिलाउन, आपसमा श्रेष्ठ संस्कार मिलाउन पनि होसियार छौ? संस्कार मिलाउनु– यही सबैभन्दा विशेष रास हो। यस्तो रास गर्छौ हैन? आज सबैले यही संकल्प गर– सदा संस्कारहरूको रास मिलाएर चल्छौं। आजको दिन लक्ष्मीको साथसाथै तिम्रो पनि पूजा हुन्छ। माँको साथसाथै बच्चाहरूको पनि हुन्छ। कुन रुपमा हुन्छ? लक्ष्मीको साथमा गणेशको पनि पूजा गर्छन्। गणेश बच्चा हुन् नि। त्यसैले केवल लक्ष्मीको मात्र पूजा हुँदैन, तिमीहरू सबै गणेश अर्थात् बुद्धिवान हौ। तीनै कालको नलेजफुल, यसलाई भनिन्छ– गणेश अर्थात् बुद्धिवान, समझदार। र, गणेशलाई नै विघ्न विनाशक’ भनिन्छ। जो तीन लोक र त्रिमूर्तिको नलेजफुल छ, उही विघ्न-विनाशक हो। त्यसैले नलेजफुल पनि हौ र विघ्न-विनाशक पनि हौ, यसैले पूजा हुन्छ। आज तिमीहरूको पूजाको दिन हो। तिमीहरू सबैको दिन हो नि। सदा कुनै पनि परिस्थितिमा विघ्न रुप नबन, विघ्न-विनाशक बन। यदि अरु कोही विघ्न रुप बन्यो भने तिमी विघ्न-विनाशक बन अनि विघ्न खतम भएर जान्छ। यस्तो वातावरण छ, यस्तो परिस्थिति छ, त्यसैले यो गर्नुपर्यो, यो बोली विघ्न विनाशकको होइन। विघ्न विनाशकले वातावरण, वायुमण्डललाई परिवर्तन गर्छ। यस्तो विघ्न विनाशक हौ? गुजरात विघ्न विनाशक भयो भने फेरि कुनै पनि विघ्नको बातचित नै हुँदैन। नाम निशान पनि हुँदैन। जब तिम्रो रचना, हदको सूर्यले अन्धकारलाई समाप्त गर्न सक्छ भने तिमी बेहदको मास्टर ज्ञान सूर्यले के यो समाप्त गर्न सक्दैनौ? जसरी गुजरात सेवामा नम्बरवन छ, त्यस्तै विघ्न-विनाशकमा नम्बरवन बन्यौ भने प्राइज दिनेछु। धेरै राम्रो प्राइज दिनेछु। जो बाबालाई सौगात मिल्छ, त्यो तिमी गुजरातलाई दिनेछु। अच्छा! 

    दीपावली र नयाँ वर्षको मुबारकः– सदा तिमीहरूको नयाँ वर्ष त के हर घडी नयाँ छ, त्यसैले हर घडी नयाँ उमंग, नयाँ उत्साह, नयाँ सेवाको योजना। हर घडी नयाँ भन्दा नयाँ। यसै नवीनताको सदाको लागि बधाई। अरुको लागि नयाँ वर्ष हो, तिम्रो लागि नवयुग हो र नवयुगमा हर घडी उत्साह हुनाले उत्सव हुन्छ। हर घडी दीपावली हुन्छ। हर घडी उत्सव हुन्छ किनकि उत्सवको अर्थ नै हो उत्साह दिलाउनेवाला। त्यसैले हर घडी, हर सेकेण्ड उत्साह दिलाउनेवाला होस्। त्यसैले उनीहरूले त वर्ष-वर्ष उत्सव मनाउँछन्, तर तिमीले हर घडी उत्सव मनाउँछौ। यो ब्राह्मण जीवन नै तिम्रो उत्सव हो जसमा सदा हर घडी खुशीमा झुलिराख। यस्तो नयाँ दिन भन, नयाँ वर्ष भन, नयाँ सेकेण्ड भन, संकल्प भन, हरेक नयाँ रुपको बधाई। दीपावली पनि मनायौ, नयाँ वर्ष पनि मनायौ, दुवैको संगम भयो। गुजरातवाला लकी छौ, संगमयुगमा पनि संगम’ मनायौ। अच्छा! अविनाशी बधाई। 


    वरदान:

    आफ्नो अनादि आदि स्वरुपको स्मृतिद्वारा निर्बन्धन बन्ने र बनाउनेवाला मरजीवा भव:-  

    जसरी बाबाले लोन लिनुहुन्छ, बन्धनमा आउनु हुन्न, यसैगरी तिमी मरजीवा जन्म लिने बच्चाहरू शरीरको, संस्कारहरूको, स्वभावको बन्धनहरूबाट मुक्त बन। जब चाह्यो जस्तो चाह्यो त्यस्तै संस्कार आफ्नो बनाऊ। जसरी बाबा निर्बन्धन हुनुहुन्छ, यस्तै निर्बन्धन बन। मूलवतनको स्थितिमा स्थित भएर फेरि तल आऊ। आफ्नो अनादि आदि स्वरुपको स्मृतिमा रहने गर, अवतरित आत्मा सम्झेर कर्म गर्यौ भने अरुले पनि तिम्रो अनुसरण गर्नेछन्।

    स्लोगन:

    यादको वृत्तिद्वारा वायुमण्डललाई शक्तिशाली बनाउनु– यही मनसा सेवा हो।   

     

    ***OM SHANTI***